कतारमा विश्वकप नजिकिएसँगै आप्रवासी कामदारलाई विदा दिँदै घर पठाइँदै

एजेन्सी । कतारी अधिकारीहरुले मध्य दोहामा रहेका सयौं आप्रवासी कामदारलाई उनीहरू बसेको स्थानलाई खालि गर्न दबाव दिइएको छ । कामदारलाई विदामा बस्न दबाव दिइएपछि विश्वकप फुटबलको प्रतिस्पर्धाका लागि लाखौँ विदेशी पाहुनाहरूलाई स्वागत गर्ने पर्खाइमा रहेको कतारको छविलाई भने धुमिल पारेको स्थानइि बासिन्दा र कामदारहरुले शनिबार बताएका छन् । नोभेम्बर २० देखि सुरु हुने प्रतियोगितासुरु हुनुभन्दा चार हप्ता अघि स्थानीय बासिन्दाका अनुसार बुधबार अबेर राति नगरपालिका कर्मचारी र सुरक्षा गार्डहरू करिब १२ वटा भवनमा पसेका थिए । सरकारले ती भवनहरु ‘बस्न अयोग्य’ भएको, उचित सूचना दिइएको र सबै विस्थापितका लागि ‘सुरक्षित र उपयुक्त आवास’ को विकल्प खोजिएको जनाएको छ । प्रभावित क्षेत्र, मुख्यतया अल–मन्सौरा को आसपास, हालका वर्षहरूमा व्यापक रूपमा पुनः विकास गरिएको छ र केहि विश्व कप प्रशंसकहरू त्यस जिल्लाको अपार्टमेन्टमा बस्नेछन् । उक्त अपार्टमेन्टमा बस्दै कतारका भौतिक संरचना निर्माणका लागि काम गर्दै आएका दर्जनौं श्रमिकहरू सडकमा निकालिएका छन् । बङ्गलादेशी सवारी चालक युनुस शनिबार बिहानै अल मन्सुराको एउटा सडकमा ‘फ्ल्याट बेड’को ट्रकको पछाडि सुतेको उनले बताए । उनले भने, ‘पहिलो रात अस्तव्यस्त थियो र सबैलाई अन्य ठाउँमा जान पर्याप्त ठाउँ थिएन । जे होस्, यो ट्रक मेरो जीवन हो र म यसलाई छोड्ने छैन जबसम्म मसँग सुरक्षित विकल्प आउने छैन । यहाँ म मेरो सवारी साधनलाई रोकेर राख्न सक्छु पार्क गर्न सक्छु ।’ अल मन्सौरामा रहेको २४ घण्टा सेवा चल्ने एक स्टोरका दक्षिण एसियाली म्यानेजरले एएफपीसँग कुरा गर्दै आफूले कामदारहरूलाई दुईवटा भवनबाट निकालिएको देखेको बताएका छन् । कतारको २८ लाख जनसङ्ख्यामध्ये ८० प्रतिशतभन्दा बढी भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल, फिलिपिन्स साथै अफ्रिकी मुलुक केन्या र युगान्डालगायत देशबाट आई कामको शिलशिलामा स्थायी तथा अस्थायी बसोबास गर्ने गरेका छन् । कतारले विश्वकपका लागि अधिकांश चम्किला नयाँ रङ्गशाला र यातायात पूर्वाधार निर्माण गर्ने विदेशी कामदारहरूको व्यवहारको बारेमा गहन जाँचको सामना गर्नुपरेको छ । यहाँ जबजस्ती विदामा बस्न लगाइएका कादारहरूले तलब नपाएको भन्दै ऊर्जाको धनी राज्यको आलोचना हुँदै आएको छ । अन्तर्राष्ट्रिय सङ्घसङ्गठनहरूले हालैका वर्षहरूमा स्थितिमा व्यापक सुधार भएको र कतारले आफ्नो सुधारलाई जोड दिएको बताएका छन्, तर अधिकार समूहहरूले अझै धेरै गर्न आवश्यक रहेको बताएका छन् ।

फिलिपिन्स आँधीमा परी ४७ जनाको मृत्यु, साठी जना बेपत्ता

एजेन्सी । भीषण वर्षापछिको बाढी पहिरोमा परी फिलिपिन्समा ४७ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी बेपत्ता भएका छन् । बिहीबार रातिदेखि शुक्रबार बिहानसम्म परेको आँधीहुरीसहितको मुसलधारे वर्षाले दक्षिणी फिलिपिन्सका तीनवटा शहर अधिक प्रभावित भएका छन् । मुस्लिम मिन्डानाओ (बीएआरएमएम) को बाङ्सामोरो स्वायत्त क्षेत्रका आन्तरिक एवं स्थानीय सरकार मन्त्री नागुइब सिनारिम्बोका अनुसार दातु ओडिन सिनसुआतमा ४२ जनाको मृत्यु भएको छ । पूर्वी प्रान्त क्यामेरिन्स सुरमा शनिबार बिहान आएको आँधी नाल्गामा परेर पाँच जनाले ज्यान गुमाएका छन् । बाढी प्रभावित क्षेत्रमा उद्धारका काम जारी रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने जानकारी उनले दिएका छन् । कुसियोङमा एघार जना बालबालिकाको शव उद्धारकर्मीले माटोको ढिस्कोबाट निकालेका उनले बताए । कुसियोङका ६० जना हराइरहेका छन् । मागुइन्डानाओ प्रान्तीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यालयका प्रमुख नसरुल्लाह इमामले स्थानीय बासिन्दाको उद्धारका निम्ति सेना र प्रहरी तैनाथ गरिएको बताएका छन् । हालसम्म सात हजारभन्दा बढी बाढी पीडितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । फिलिपिन्समा यो वर्षको बाढीपहिरामा परी दुई सय ४० जनाभन्दा बढीको मृत्यु भइसकेको छ ।

टेस्ला माथि आपराधिक अनुसन्धान, ‘अटोपाइलट’ मा घातक र झुटाे विज्ञापन

काठमाडौं । विश्वको नम्बर वान ब्राण्ड बनेको ‘टेस्ला’ गाडीको उत्पादक कम्पनी टेस्ला इन्कर्पोरेशन माथि संयुक्त राज्य अमेरिकामा आपराधिक अनुसन्धान शुरु गरेको छ । कम्पनीको इलेक्ट्रिक सवारीहरू आफैं चलेर दुर्घट्ना भएको भन्दै तीन जना अनुभवी प्रयोगकर्ताहरुले गरेको दावीका आधारमा यस्तो अनुसन्धान शुरु गरिएको हो । गत वर्ष एक दर्जन भन्दा बढी टेस्लाका गाडीहरु दुर्घटनामा परेपछि अमेरिकी न्याय विभागले अनुसन्धान थालेको थियो । टेस्लाको ड्राइभर सहायता प्रणाली ‘अटोपाइलट’ मा केही घातक बस्तु प्रयोग गरिएको र गाडी दुर्घटनाका बेलामा ती बस्तु सक्रिय हुने गरेको आशंका गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । गत हप्ता मात्र मस्कले टेस्लामा चाँडै नै “फुल सेल्फ–ड्राइभिङ’’ सफ्टवेयरको अपग्रेड गरिने बताएका थिए । त्यसपछि कानुनको पालना गर्न मात्र गाडीको ड्राभिङ सिटमा मान्छे बस्नु पर्ने तर गाडी गुड्न ड्राइभरको कुनै भूमिका नहुने, कार आफै गुड्ने बताएका छन् । कम्पनीका मालिक तथा प्रमुख कार्यकारी अधिकृत एलोन मस्कले टेस्लामा प्रयोग भएको ‘अटोपाइलट’ लाई मानव चालक भन्दा ‘सम्भवतः राम्रो’ भनेर बताएका छन् । सन् २०१६ मा आयोजित टेस्ला मार्केटिङ सम्मेलनमा मास्कले यस्तो व्याख्या गरेको थिए । एलाेन मस्क टेस्ला टेक्नोलोजी स्टेयरिङ, ब्रेकिङ, गति र लेन परिवर्तनहरूमा सहयोग गर्न डिजाइन गरिएको हो तर यसको सुविधाहरूले “गाडीलाई स्वायत्त बनाउन होइन’’ कम्पनीले आफ्नो वेबसाइटमा लेखेको छ । तर टेस्लाले यो पनि भनेको छ कि चालकले आफ्नो हात सधैं स्टेरिङमा राख्नुपर्छ, ताकि सम्भावित दुर्घटनाबाट बच्न सकियोस् । न्याय विभागले थालेको अनुसन्धानबारे एलोन मस्कले सञ्चार माध्यमहरुसँग बोल्न मानेका छैनन् । टेस्लाको सञ्चार विभागले सन् २०२० पछि सञ्चार माध्यमले सोधेका जिज्ञासामा जवाफ दिन छोडेको पनि समाचारमा उल्लेख छ । अगस्ट २०२१ मा अमेरिकी राष्ट्रिय राजमार्ग ट्राफिक सेफ्टी एडमिनिस्ट्रेशनले दुर्घटनाहरूको शृङ्खलाको अनुसन्धान पनि खोलेको छ । त्यसमा पनि टेस्लाको अटोपाइलत सिस्टममाथि शंका गरिएको छ । यस वर्षको जुलाईमा क्यालिफोर्नियाको साधन विभागले पनि टेस्लामा अटोपाइलट र पूर्ण स्व–ड्राइभिङ क्षमता छ भनी झूटो विज्ञापन भैरहेको आरोप लगाएको थियो । टेस्लाले उक्त आरोपको विपक्षमा अदालत जाने र त्यसको लागि कागजी प्रमाण जुटाइरहेको बताएको छ ।