संक्रमण बढेपछि अमेरिकामा २४ घण्टामा दुई हजार उडान रद्द

वासिङ्टन । संयुक्त राज्य अमेरिकामा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि स्थानीय समयानुसार आइतबार बिहानसम्म करिब २ हजार उडानहरू रद्द गरिएका छन् । आज बिहान ८ः३० बजेसम्म अमेरिकाभित्र वा बाहिर जम्मा एक हजार ९५६ उडानहरू रद्द गरियो । जबकि अमेरिकाभित्र र बाहिर अन्य ८७० उडानहरू ढिलाइ भएको फ्लाइटअवेयरलाई उद्धृत गर्दै द हिलले जानकारी दिएको छ । द हिलका अनुसार, साउथवेस्टले आज २६४ उडान, जेटब्लुले १६९ उडान र डेल्टाले १६१ उडान रद्द गरेको जनाएको छ । अमेरिकन एयरलाइन्सले आज १३६ उडान र युनाइटेडले ९४ उडान रद्द गरेको मिडिया आउटलेटले जनाएको छ । आइतबार र क्रिसमसको पूर्वसन्ध्या लगायत विगत १० दिनहरूमा, एयरलाइन्सहरुले अमेरिकामा १४ हजार भन्दा बढी उडानहरू रद्द गरेका छन् फ्लाइटअवेयर तथ्याङ्कले जानकारी दिएको छ । रासस/एएनआई

नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि

नयाँ दिल्ली । दिल्ली सरकारका स्वास्थ्यमन्त्री सत्यन्द्र जैनले नयाँ दिल्लीमा कोरोना भाइरसको घातक मानिएको ओमिक्रोन भेरियन्ट समुदाय स्तरमै पुगेको बताएका छन् । हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए । अनुसन्धानबाट ओमिक्रोनको सङ्क्रमण समुदायमा पुगेको पाइएको छ भन्दै उनले यहाँ पछिल्ला समयमा फैलिएको कोरोना सङ्क्रमणका ४० प्रतिशतभन्दा बढी सङ्क्रमितहरु त ओमिक्रोनकै भएको बताए । उनले भने– अनुसन्धानबाट यो देखिएको छ कि यहाँका सङ्क्रमितहरुमा ओमिक्रोनको सङ्क्रमण बढी देखिएको छ । त्यस्तो संक्रमण बाहिरबाट आएका मानिस र यहीँ रहेकामा नै देखिएको छ । त्यसैले यो भेरियन्ट समुदायसम्म नै पुगेको पाइएको छ । कतै पनि नगएका नागरिकमा यस्तो संक्रमण पाइएको छ, अनि यस्तो अवस्थामा हामीले निकालेको निष्कर्ष यो हो कि यहाँका समुदायस्तरकै नागरिकसम्म नै यसको सङ्क्रमण पुगेको छ । भारतमा ओमिक्रोनको सङ्क्रमण भित्रिएको धेरै भएको छैन, तर यहाँका नागरिकमा निकै नी तिब्र गतिमा यो फैलिएको छ उनले भनेका छन् । (रासस/सिन्ह्वा)

ओमिक्रोन जोखिम धेरै उच्च भएको डब्ल्यूएचओको भनाइ

जेनेभा । ओमिक्रोनले अझै पनि धेरै उच्च जोखिम खडा गरेको र यसले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्लुएचओले बुधबार चेतावनी दिएको छ । धेरै देशहरूमा अत्याधिक मात्रामा कोरोनाभाइरस ओमिक्रोन संस्करणले प्रकोप बढेको जनाएको छ । गत हप्तामा विश्वव्यापी रूपमा कोरोना सङ्क्रमण ११ प्रतिशतले बढेको छ । नेदरल्याण्ड्स र स्विट्जरल्याण्ड ओमिक्रोन भेरियन्टले तनाव भएको छ । ती देशहरुमा विश्व स्वास्थ्य संगठनले सावधानी अपनाउन आग्रह गरेको छ । ओमिक्रोन चिन्ताको नयाँ संस्करणसँग सम्बन्धित समग्र जोखिम धेरै उच्च रहेको संयुक्त राष्ट्रसंघ स्वास्थ्य एजेन्सीले कोभिड १९ साप्ताहिक महामारी अपडेटमा जानकारी दिएको छ । डब्ल्यूएचओले बेलायत, दक्षिण अफ्रिका र डेनमार्कको प्रारम्भिक तथ्याङ्कमा प्रतिव्यक्ति विश्वको तुलनामा सङ्क्रमणको उच्च दर रहेको जनाएको छ । डेल्टाको तुलनामा ओमिक्रोनको लागि अस्पतालमा भर्ना हुने जोखिम कम भएको भएपनि तर ओमिक्रोनको गम्भीरता बुझ्न थप डाटा आवश्यक रहेको जनाइएको छ । ती अध्ययनहरूको बावजुद, ओमिक्रोनको द्रुत बृद्धिले अझै पनि ठूलो संख्यामा अस्पताल भर्ना हुने, विशेष गरी खोप नभएका समूहहरूमा, र स्वास्थ्य प्रणालीमा व्यापक अवरोध ल्याउने जनाइएको छ । फ्रान्समा युरोपकै हालसम्मकै सर्वाधिक उच्च एक लाख ८० हजार नयाँ दैनिक कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । युरोपका सबै देशले ओमिक्रोन भेरियन्ट नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् । इट्ली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड सबैमा उच्च सङ्ख्यामा सङ्क्रमणहरू पुष्टि भएका छन् । क्रिसमसका कारण परीक्षणका परिणामहरू आउन ढिलो हुनुलाई आँकडा बढ्नुको आंशिक कारण मानिएको छ। विश्व स्वास्थ्य सङ्गठनले युरोपमा बढ्दो सङ्क्रमणले स्वास्थ्य प्रणालीमा थेग्नै नसक्ने किसिमको चाप उत्पन्न गराउनसक्ने चेतावनी दिएको छ ।मङ्गलवार फ्रान्समा १ लाख ७९ हजारभन्दा बढी सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित सङ्ख्यामा कीर्तिमान कायम गर्नेमा फ्रान्ससहित इटली, ग्रीस, पोर्चुगल र इङ्ग्ल्यान्ड पनि छन् । चाडपर्वलगत्तै आइरहेको बढ्दो सङ्क्रमणको विवरण तीव्र गतिमा फैलिने ओमिक्रोन भेरियन्टका कारण निम्तिएको ठानिन्छ । अध्ययनहरूले डेल्टाभन्दा ओमिक्रोन भेरियन्ट कमजोर रहेको र त्यसका कारण अस्पताल भर्ना हुनुपर्ने अवस्था ३० देखि ७० प्रतिशत कम हुने देखाएका छन् । इटलीमा सङ्क्रमितको सङ्ख्या ७८ हजार नाघेको छ जुन महामारी यताकै उच्च हो । त्यहाँ २०२ जनाको मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको सङ्ख्या १ लाख ३६ हजार ७ सय ५३ पुगेको छ। पोर्चुगलमा सङ्क्रमितको नयाँ कुल सङ्ख्या मङ्गलबार १७ हजार १ सय ७२ पुगेको छ । ग्रीसमा २१ हजार ६७५ वटा सङ्क्रमणका घटना पुष्टि भएपछि त्यहाँका स्वास्थ्यमन्त्रीले शान्त रहन अनुरोध गरेका छन् साइप्रसमा २ हजार २४१ नयाँ सङ्क्रमणका घटना पुष्टि भएको छ जुन एकदिनको सर्वाधिक उच्च सङ्ख्या हो । यसैबीच इङ्ग्ल्यान्डमा कीर्तिमानी १ लाख १७ हजार ०९३ हजार सङ्क्रमणका विवरण स्वास्थ्य अधिकारीहरूले दिएका छन् । क्रिसमसका कारण युकेभरिको तथ्याङ्क भने आएको छैन । रासस /एएफपी