मेसी दि ग्रेट : जसले इतिहासका पानाहरू पुनः लेखे
काठमाडौं । अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसी फिफा विश्वकप इतिहासमा सर्वाधिक खेल खेल्ने तथा सबैभन्दा धेरै समय मैदानमा बिताउने खेलाडी हुन् । उनले कतार विश्वकप २०२२ को फाइनलमा जर्मनीका लोथर म्याथाउसको २५ खेलको कीर्तिमान तोड्दै नयाँ इतिहास रचेका थिए । त्यसयता उनले आफ्नो कीर्तिमानलाई अझ विस्तार गरेका छन् । आफ्नो व्यक्तिगत कीर्तिमानी छैटौं विश्वकप खेलका क्रममा अल्जेरियाविरुद्ध ३–० ले विजयी भएको खेलमा मेसीले विश्वकप खेलजीवनकै पहिलो ह्याट्रिकसमेत प्रहार गरे । मंगलबार राति कान्सास सिटी स्टेडियममा आफ्नो २००औं अन्तर्राष्ट्रिय खेलका लागि मैदान प्रवेश गरेकै मिनेटदेखि यी ३८ वर्षीय खेलाडीले इतिहासका पानाहरू फेरि लेख्न सुरु गरेका हुन् । अर्जेन्टिनाको सुरुवाती ११ (प्लेइङ ११) मा नाम समावेश भएसँगै मेस्सी ६ वटा विश्वकप खेल्ने पहिलो पुरुष खेलाडी बनेका छन् । यो कीर्तिमान बुधबार पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले र यदि मेक्सिकोका अनुभवी गोलकिपर गुइलेर्मो ओचोआ यस प्रतियोगिताको कुनै खेलमा मैदान उत्रिएमा उनीहरूले पनि बराबरी गर्नेछन् । खेलको १७औं मिनेटमा मेस्सीले पहिलो गोल गरे र केलियन एम्बाप्पेको १४ विश्वकप गोलको कीर्तिमानसँग बराबरी गरे । त्यसको केही घण्टाअघि मात्र न्यूयोर्कमा फ्रान्सले सेनेगललाई ३–१ ले हराउँदा फ्रान्सेली खेलाडी एम्बाप्पेले यी अर्जेन्टिनी स्टारलाई पछि पारेका थिए । आठ पटकका बालोन डी’ओर विजेता मेस्सीको छैटौं विश्वकपको यो सुखद सुरुवातमा चौथो मिनेटमै अवरोध आएको थियो, जब उनको पहिलो गोललाई रेफ्रीले रद्द गरिदिएका थिए । तैपनि मेस्सीले आफ्नो जादु देखाए र अल्जेरियाका गोलकिपर लुका जिदानले बल रिबाउन्ड गरेपछि गोलको दायाँतर्फ प्रहार गर्दै जाली चुमाए, जुन मेस्सीको १५औं विश्वकप गोल थियो । मेस्सीको दशकौं लामो विरासत सन् २००६ मा सुरु भएको थियो, जब १८ वर्षको उमेरमा उनले विश्वकपमा डेब्यु गरेका थिए । सोही वर्ष फ्रान्सेली लिजेन्ड जिनेदिन जिदानले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । यो ब्रह्माण्डको एउटा काव्यिक संयोग नै मान्नुपर्ला, मंगलबारकै दिन मेस्सीले सर्बिया र मोन्टेनेग्रोविरुद्ध अर्जेन्टिनाका लागि आफ्नो पहिलो विश्वकप खेल खेलेको ठीक २० वर्ष पुगेको छ । मेसीले ब्राजिलका रोनाल्डोको कीर्तिमान बराबरी गर्न नपाउँदै आफ्नो ह्याट्रिक पुरा गरे र मिरोस्लाभ क्लोजको १६ विश्वकप गोलको कीर्तिमानसँग पनि बराबरी गरे । यो उनको अन्तर्राष्ट्रिय खेलजीवनको १२०औं गोलसमेत थियो । ऐतिहासिक फुटबल खेलको आनन्द लिइसकेपछि करिब ७० हजार दर्शकको भीडले उठेर सम्मान (स्ट्यान्डिङ ओभेसन) दिइरहँदा अर्जेन्टिनी कप्तान मेस्सीको स्थानमा निको पाज मैदान प्रवेश गरे र मेस्सी मैदानबाट बाहिरिए । अर्को हप्ता ३९ वर्ष पुग्न लागेका मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी थिए भने अहिले विश्वकपमा ह्याट्रिक गर्ने सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । उनले यो उपाधि रोनाल्डोबाट खोसेका हुन्, जसले सन् २०१८ मा स्पेनविरुद्ध तीन गोल गरेका थिए । यी दक्षिण अमेरिकी लिजेन्ड लगातार पाँचवटा विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । डिफेन्डिङ च्याम्पियनले आफ्नो यात्रा उत्कृष्ट शैलीमा सुरु गरेसँगै जुन २७ मा जोर्डनविरुद्ध समूह चरणको अन्तिम खेल खेल्नुअघि अर्जेन्टिनाले आगामी सोमबार डलासमा अस्ट्रियाको सामना गर्दा मेस्सीले थप कीर्तिमानहरू तोड्ने अवसर पाउनेछन् । यदि मेस्सीले ‘अल्बिसेलेस्ते’ (अर्जेन्टिना टोली) लाई सफलतापूर्वक उपाधि रक्षा गराउन सकेमा उनी यो उपलब्धि हासिल गर्ने पहिलो अर्जेन्टिनी कप्तान बन्नेछन्, जुन लिजेण्ड डिएगो म्याराडोनाले समेत दाबी गर्न सकेका थिएनन् । ७० हजार दर्शकको ‘स्ट्यान्डिङ ओभेसन’ खेलको उत्तरार्धमा जब अर्जेन्टिनी प्रशिक्षकले मेसीलाई आराम दिँदै युवा खेलाडी निको पाजलाई मैदान छिराउने निर्णय गरे, तब कान्सास सिटी स्टेडियममा उपस्थित करिब ७० हजार दर्शकहरू आफ्नो सिटबाट जुरुक्क उठे । स्टेडियम मेस्सी... मेस्सी... को नाराले गुञ्जायमान भयो । दर्शकहरूको त्यो ताली र सम्मान (स्ट्यान्डिङ ओभेसन) ३–० को जितका लागि मात्र नभई फुटबलले पाएको एउटा जिउँदो इतिहासप्रतिको कृतज्ञता थियो । म्याराडोनाले समेत नगरेको कप्तानीको खोजीमा... लगातार पाँचवटा विश्वकप खेलमा गोल गर्ने पहिलो खेलाडी बनेका मेस्सी अर्को हप्ता ३९ वर्षमा प्रवेश गर्दैछन् । डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले आगामी सोमबार डलासमा अस्ट्रियाको सामना गर्नेछ भने जून २७ मा जोर्डनसँग खेल्नेछ । ३८ वर्षको उमेरमा पनि मेसीमा उपाधिका लागि मात्र नभई फुटबलप्रतिको निष्ठाका लागि पनि उत्तिकै भोक देखिन्छ । कीर्तिमानहरू त केवल उनका पाइला पछ्याउँदै आइरहेका छन् ।
मेसीको ह्याट्रिकसँगै अर्जेन्टिनाको शानदार जित
काठमाडौं । विश्वकपअन्तर्गतको समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा अर्जेन्टिनाले शानदार जित हासिल गरेको छ । अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हराएको हो । कप्तान लियोनल मेसीले ह्याट्रिक गर्दै अर्जेन्टिनालाई शानदार जित दिलाएका हुन् । मेसीले १७ औं मिनेट, ६० औं मिनेट र ७६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । मेसीले ह्याट्रिक गरेसँगै जर्मनीका मिरोस्लाब क्लोचको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबर गरेका छन् । मेसीले विश्वकपमा १६ गोल पुर्याइसकेका छन् । मेसी विश्वकपमा गोल गर्ने अर्जेन्टिनाकै सबैभन्दा बढी उमेरका खेलाडी बनेका छन् । आजको खेलसँगै ६ वटा फरक-फरक विश्वकप खेल्ने इतिहासकै पहिलो खेलाडी बन्ने रेकर्ड पनि उनैले राखे । अर्जेन्टिना २०२२ को विश्वकप विजेतासमेत हो ।
मेसीको पहिलो विश्वकप ह्याट्रिक
काठमाडौं । विश्वकपअन्तर्गतको समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा लियोनल मेसीले ह्याट्रिक गरेका छन् । मेसीले १७ औं मिनेट, ६० औं मिनेट र ७६ औं मिनेटमा गाेल गर्दै ह्याट्रिक गरेका हुन् । मेसीले ह्याट्रिक गरेसँगै जर्मनीका मिरोस्लाब क्लोचको सर्वाधिक गोलकर्ताको रेकर्ड बराबर गरेका छन् । मेसीले विश्वकपमा १६ गोल पुर्याइसकेका छन् । खेल कानसस सिटी स्टेडियममा भइरहेको हो । अर्जेन्टिना २०२२ को विश्वकप विजेता हो ।
अल्जेरियाविरुद्ध मेसीले गरे गोल
काठमाडौं । विश्वकपअन्तर्गतको समूह ‘जे’ अन्तर्गत अल्जेरियाविरुद्धको खेलमा अर्जेन्टिनाका लियोनल मेसीले गोल गरेका छन् । उनले पहिलो हाफको १७ औं मिनेटमा गोल गरेका हुन् । खेल कानसस सिटी स्टेडियममा भइरहेको हो । अर्जेन्टिना २०२२ को विश्वकप विजेता हो ।
इराकविरुद्ध नर्वेको जित, डेब्यू खेलमै हालान्डले गरे २ गोल
काठमाडौं । विश्वकपअन्तर्गतको समूह ‘आई’ को खेलमा इराकविरूद्ध नर्वेले शानदार जित हासिल गरेको छ । इराकमाथि ४ नर्वेले ४-१ को जित हासिल गरेको हो । बोस्टोन स्टेडियममा भएको खेलमा नर्वेका लागि अर्लिङ हालाण्डले दुई गोल गरे । उनले खेलको २९ औं मिनेटमा गोल गर्दै हालाण्डले सुरुवाती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा इराकका अयाम हुसैनले नर्वेविरुद्ध गोल गर्दै खेल बराबरीमा ल्याए । ४३ औं मिनेटमा पुनः हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २१ को अवस्थामा पुर्याए । उनले विश्वकपको डेब्यू खेलमा दुई गोल गरेका हुन् । दोस्रो हाफको ७१ औं मिनेटमा नर्वेका मार्टिन आर्डेगर्डले गोल गरे । ७६औं मिनेटमा लियो स्किरी ओस्टिगार्डले मार्टिन ओडेगार्डको पासमा गोल गर्दै नर्वेको अग्रता ३-१ मा पुर्याए । इन्जुरी समयको छैटौं मिनेटमा इराकका हुसेनले आत्मघाती गोल गरेपछि नर्वेको जित ४–१ मा सुनिश्चित भयो । जितसँगै नर्वेले तालिकामा ३ अंक जोडेको छ ।
विश्वकपको माहोल झन् रोमाञ्चक बनाउन टीसीएलका दुई नयाँ पार्टी स्पिकर सार्वजनिक
काठमाडौं । विश्वकप फुटबलको माहोल विश्वभर तातेका बेला इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली बजारमा आफ्ना नयाँ पोर्टेबल पार्टी स्पिकर टीपी२००के र टीपी३००के सार्वजनिक गरेको छ । शक्तिशाली अडियो, आकर्षक लाइट शो तथा आधुनिक कनेक्टिभिटी सुविधाले सुसज्जित यी स्पिकरहरू खेलप्रेमी र मनोरञ्जनका पारखीहरूलाई लक्षित गर्दै डिजाइन गरिएको कम्पनीले जनाएको छ । फुटबल समर्थकहरूका लागि खेल हेर्नु मात्र नभई त्यसको माहोल अनुभूति गर्नु पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले टीसीएलले उक्त अनुभवलाई घरमै जीवन्त बनाउने लक्ष्य राखेको छ । कम्पनीका अनुसार यी स्पिकरहरूले स्टेडियमजस्तै ध्वनि र ऊर्जा प्रदान गर्नेछन् । गोल हुँदा उठ्ने गर्जन, दर्शकहरूको उत्साह र कमेन्ट्रीको रोमाञ्च अब अझ स्पष्ट र शक्तिशाली रूपमा अनुभव गर्न सकिनेछ । टीसीएल टीपी२००के घरेलु म्याच भ्युइङ, पारिवारिक जमघट तथा साना पार्टीहरूका लागि उपयुक्त रहेको छ। यसमा २२० वाट अडियो पावर, १२ घण्टासम्मको ब्याट्री ब्याकअप तथा ५ वटा डायनामिक लाइट शो मोड समावेश छन् । त्यसैगरी, अझ दमदार ध्वनि अनुभव चाहने प्रयोगकर्ताका लागि टीसीएल टीपी३००के उत्कृष्ट विकल्पका रूपमा प्रस्तुत गरिएको छ । ३४० वाटसम्मको शक्तिशाली अडियो आउटपुट, गहिरो बास र १८ घण्टासम्मको प्लेटाइमले ठूला जमघट तथा आउटडोर सेलिब्रेसनलाई नयाँ स्तरमा पुर्याउने कम्पनीको दाबी छ। यसमा ८ वटा आकर्षक लाइट शो मोडहरू उपलब्ध छन् । दुवै मोडलमा ब्लुटुथ ५.४, बास बुस्ट, वायरलेस पार्टी लिंक (टीडब्ल्यूएस) तथा आईपीएक्स४ वाटर रेसिस्टेन्स जस्ता आधुनिक सुविधाहरू समावेश छन् । प्रयोगकर्ताले दुईवटा स्पिकरलाई वायरलेस रूपमा जडान गरी अझ फराकिलो साउन्ड अनुभव लिन सक्नेछन् । साथै, माइक्रोफोन र गिटार सपोर्टले कराओके तथा लाइभ मनोरञ्जनलाई पनि सहज बनाउने कम्पनीले जनाएको छ । विश्वकपको उत्साह, संगीत र मनोरञ्जनलाई एकै ठाउँमा समेट्ने उद्देश्यका साथ टीसीएलले यी उत्पादन बजारमा ल्याएको हो । कम्पनीका अनुसार साथीभाइसँगको फुटबल नाइट, पारिवारिक समारोह वा सप्ताहन्तको पार्टीलाई यी स्पिकरहरूले अझ रोमाञ्चक र स्मरणीय बनाउनेछन् । टीसीएल विश्वका अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डहरूमध्ये एक हो । नवप्रवर्तन, अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइनमार्फत कम्पनीले विश्वभर स्मार्ट मनोरञ्जन अनुभव प्रदान गर्दै आएको छ । नेपालमा टीसीएल ब्रान्डका उत्पादनहरू सिजी इलेक्ट्रोनिक्समार्फत आधिकारिक रूपमा वितरण हुँदै आएका छन् ।
विश्वकप फुटबल : ट्युनिसियामाथि स्वीडेनको जित
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले ट्युनिसियामाथि जित निकालेको छ । मेक्सिकोको मोन्टेरे रङ्गशालामा आज भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५-१ गोलको जित निकालेको हो । स्वीडेनका लागि यासिन अयारीले दुई गोल गर्दा अलेज्यान्डर इसाक, भिक्टोर ग्योकेरेस र माथिएस स्भानवर्गले समान एकरएक गोल गरे । ट्युनिसियाका लागि ओमार रेकिकले एक गोल फर्काए । खेल सुरुआती सातौँ मिनेटमा यासिन अयारीले गोल गर्दै स्वीडेनलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३०औँ मिनेटमा अलेज्यान्डरले गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे । खेलको पहिलो हाफको ४३ औँ मिनेटमा ट्युनिसियाका ओमारले एक गोल फर्काए । यसैगरी खेलको ५९औँ मिनेटमा भिक्टोरले स्वीडेनका लागि तेस्रो गोल गरे । खेलको ८६औँ मिनेटमा स्वीडेनका लागि माथिइस स्भानवर्गले एक गोल थपे । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा यासिनले व्यक्तिगत दोस्रो तथा टोलीको लागि पाँचौँ गोल गरेपछि स्वीडेनले ट्युनिसियमाथि ५-१ गोलको जित निकाल्यो । जितपछि स्वीडेनले शीर्ष तीन अंक जोडेको छ । समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २-२ को बराबरी खेल्दै समान एकरएक अंंक बाँडेका थिए ।
विश्वकप २०२६ लक्षित टेलिकमको अफर, ग्राहक गुनासोका लागि छुट्टै नम्बर
काठमाडौं । नेपाल टेलिकमले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै ‘फिफा वल्ड कप २०२६ टीभी प्याकेज’ सार्वजनिक गरेको छ । कम्पनीले उक्त प्याकेजसँग सम्बन्धित कुनै समस्या वा गुनासो भएमा २४सै घण्टा ग्राहक सेवा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ । टेलिकमका अनुसार ग्राहकहरूले प्याकेज खरिदका क्रममा समस्या आएमा वा कुनै गुनासो भएमा १९८ नम्बरमा सम्पर्क गर्न सक्नेछन् । त्यस्तै, वैकल्पिक रूपमा ०१–५९७००१९ नम्बरमा पनि सम्पर्क गरी सेवा लिन सकिने बताइएको छ । कम्पनीले प्राप्त गुनासोलाई प्राथमिकताका साथ समाधान गर्ने जनाएको छ । उक्त टीभी प्याकेज अन्तर्गत एनटीटीभी ग्राहकहरूले ९९९ रुपैयाँमा विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । साथै, वार्षिक १०० एमबीपीएस वा सोभन्दा माथिको इन्टरनेट स्पीडसहित प्रिमियम आईपीटीभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा अपग्रेड गर्ने ग्राहकहरूले यो प्याकेज बोनसका रूपमा निःशुल्क प्राप्त गर्न सक्नेछन् । बोनस प्याकेज प्राप्त गर्न ग्राहकहरूले आफ्नो मोबाइलबाट *१४१६# नम्बरमा डायल गरी आवश्यक निर्देशन अनुसार सेटटप बक्सको विवरण उपलब्ध गराउनुपर्नेछ । त्यसैगरी, एनटीटीभी ग्राहकहरूले आफ्नो टेलिभिजनमार्फत हिमालय स्पोर्ट्स च्यानल चयन गर्दा इन्ट्री स्क्रिन देखिनेछ । उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गरेपछि प्राप्त ओटीपी इन्टर गरेसँगै मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तुरुन्त सक्रिय हुने व्यवस्था गरिएको छ । कम्पनीका प्रवक्ता डा. कमल लामिछानेले ग्राहक सुविधालाई ध्यानमा राख्दै सहज सेवा प्रवाहको व्यवस्था गरिएको जानकारी दिएका छन् । साथै, नजिकको नेपाल टेलिकम सेवा केन्द्रबाट समेत उक्त प्याकेज सक्रिय गर्न सकिने जनाइएको छ ।
विश्वकप आयोजक अमेरिकाको उत्कृष्ट जित
काठमाडौं । तीन राष्ट्रमा आयोजना भइरहेको विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत अमेरिकामा आजदेखि सुरुआत भएको समूह डी को खेलमा घरेलु टोली अमेरिकाले पाराग्वेलाई पराजित गर्दै प्रतियोतिामा सुखद सुरुआत गरेको छ । अमेरिकाको लस एन्जलस स्टेडियममा आज भएको खेलमा अमेरिकाले पाराग्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै आफ्नो उद्घाटन खेलमा सुखद सुरुआत गरेको हो । अमेरिकाको जितमा डेमियन बोबाडिल्लाले खेलको सात मिनेटमै आत्मघाती गोलमार्फत अमेरिकालाई पहिलो अग्रता दिलाए । स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका खेलाडी बोबाडिल्लाले प्रहार गरेको बल आफ्नो गोलपोष्टमा प्रवेश गरेपछि अमेरिकाले पहिलो अग्रता लिएको हो । त्यसपछि खेलको ३१औँ मिनेटमा अमेरिकाका फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई दोस्रो अग्रता दिलाए । त्यस्तै खेलको पहिलो हाफको अतिरिक्त समयमा फोलिरिनले नै टोलीलाई तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरे । खेलको ७३औँ मिनेटमा पाराग्वेका मौरिसियोले एक सान्त्वना गोल फर्काए । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा अमेरिकाका जियोभानी रेयनाले गोल गर्दै आफ्नो टोलीको जित सुनिश्चित गरे । यसजितसँगै समूह डी मा रहेको अमेरिकाले शीर्ष तीन अक बटुलेको छ । समूह डी मा अमेरिकासँगै पाराग्वे, अस्ट्रेलिया र टर्की छन् ।
विश्वकप फुटबल: क्यानडा र बोस्नियाको खेल बराबरी
काठमाडौं । फिफा विश्वकप फुटबल-२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ । क्यानडाको टोरन्टो स्टेडियममा आज भएको विश्वकपको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एकरएकको बराबरी खेलेका हुन् । यससँगै दुवै टोलीले समान एक-एक अङ्क बाडेका छन् । खेलमा पहिलो अग्रता भने बोस्निया एन्ड हर्जगोभिनाले लिएको थियो । खेलको २१औँ मिनेटमा जोभो लुकिचले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका हुन् । बोस्निया एन्ड हर्जगोभिनाले खेलको पहिलो हाफमा लिएको एक शून्य गोलको अग्रता दोस्रो हाफमा पुगेपछि जोगाउन सकेन । खेलको ७८ औँ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो । क्यानडाका काइल लारिनले एक गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र अन्ततः खेल एक-एक गोलको बराबरीमा टुङ्गियो । आजै हुने विश्वकपको चौथो तथा समूह डी को पहिलो खेलमा आयोजक अमेरिका र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल ६ः४५ बजेदेखि सुरु हुँदैछ ।
विश्वकप फुटबल : चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित
काठमाडौं । फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ । मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा आज भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २(१ गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । दक्षिण कोरियाका लागि हवाङ इन बोम र ओ ह्युन ग्युले समान एकरएक गोल गरे । चेक रिपब्लिकका लागि भने लाडिस्लाभ क्रेज्चीले एक गोल फर्काए । खेलमा पहिलो अग्रता भने चेक रिपब्लिकले लिएको थियो । खेलको ५९ औँ मिनेटमा लाडिस्लाभले गोल गर्दै आफनो टोलीलाई पहिलो अग्रता दिलाए । चेक रिपब्लिकको १-० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलकोे ६७औँ मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो । दक्षिण कोरियाका हवाङले गोल गर्दै टोलीलाई पहिलो अग्रता गरे भने खेललाई एकरएक गोलका बराबरीमा ल्याए । त्यसैगरी, दक्षिण कोरियाका अर्का खेलाडी ओ ह्युनले खेलको ८०औं मिनेटमा गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए । त्यसपछि खेलमा गोल हुन सकेनन र अन्ततः दक्षिण कोरियाले चेक रिपब्लिकमाथि २-१ को जित हासिल गर्यो । जितसँगै दक्षिण कोरियाले शीर्ष तीन अङ्क बटुल्दै अङ्क तालिकाको दोस्रो स्थानमा छ । समूह ‘ए’अन्तर्गत गएराति भएको खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गर्दै जित निकालेको थियो । यससँगै समूह ‘ए’मा समान तीन अङ्क बटुलेको मेक्सिको गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ ।
विश्वकप फुटबल: उद्घाटन खेलमा मेक्सिकोको जित, ३ खेलाडीले पाए रातो कार्ड
काठमाडौं । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६ को उद्घाटन खेलमा सुखद सुरुआत गरेको छ । मेक्सिकोको सिटी रङ्गशालामा आज भएको खेलमा घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक-एक गोल गरे । खेल सुरुआतको ९ मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई सुरुआती अग्रता दिलाए । इरिक लिराले दिएको पासलाई सदुपयोग गर्दै जुलियनले गोल गरेका हुन् । खेलको ४९औं मिनेटमा दक्षिण अफ्रिकाका सेफेलो सिथोलले पहिलो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि दक्षिण अफ्रिका १० खेलाडीमा सीमित बन्यो । त्यसपछि खेलको ६७औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । खेलको ८४औं मिनेटमा दक्षिण अफ्रिकाका अर्का खेलाडी थेम्बा ज्वानेले रातो कार्ड पाए । त्यसपछि दक्षिण अफ्रिका नौ खेलाडीमा सीमित बन्यो । खेलको दोस्रो हाफको अतिरिक्त समयमा मेक्सिकोका सेजर मोन्टेसले पनि रातो कार्ड पाएर मैदान बाहिरिए । विश्वकपको उद्घाटन खेलमा तीन खेलाडीले रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । यस जितसँगै समूह ‘ए’मा रहेको मेक्सिकोले शीर्ष तीन अङ्क बटुलेको छ । आजै हुने समूह ‘ए’ अन्तर्गतको अर्को खेलमा चेक रिपब्लिक र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल आज बिहान ७:४५ बजे हुनेछ ।
विश्वकप उद्घाटनसँगै विवाद, टिकटको मूल्य ३० हजार डलर
काठमाडौं । उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबीच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेकामा दक्षिण अफ्रिका र आयोजक सह–देश मेक्सिकोबीचको खेलसँगै ४८ टोली सहभागी विश्वकपको सुरुआत भएको छ । करिब छ सातासम्म चल्ने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा भइरहेको हो । प्रतियोगिताको फाइनल जुलाई १९ मा न्युजर्सीमा हुनेछ । फिफाका अनुसार यो संस्करण इतिहासकै सबैभन्दा ठूलो विश्वकप हो । प्रतियोगिताबाट करिब १३ अर्ब अमेरिकी डलर बराबरको राजस्व उठ्ने अनुमान गरिएको छ । तर प्रतियोगिता सुरु हुनुअघि नै टिकट मूल्य अत्यधिक भएको भन्दै आलोचना तीव्र बनेको छ भने अमेरिकाको कडा अध्यागमन नीतिका कारण खेलाडी, रेफ्री र समर्थकहरूलाई भिसासम्बन्धी समस्या भएको रिपोर्ट सार्वजनिक भएको छ । फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मेक्सिको सिटीमा प्रतियोगिताको उद्घाटन अवसरमा बोल्दै आलोचनालाई अस्वीकार गरेका छन् । उनका अनुसार टिकट मूल्यमा विविधता राखिएको र केही खेलका लागि ६० डलरसम्मका सस्तो टिकट उपलब्ध गराइएको छ भने केही प्रिमियम टिकटको मूल्य ३० हजार डलरसम्म पुगेको छ । औसत टिकट मूल्य ५०० डलरभन्दा कम रहेको भन्दै उनले यसलाई अमेरिकी खेलकुद घटनामध्ये तुलनात्मक रूपमा सुलभ भएको दाबी गरे । भिसा विवादबारे टिप्पणी गर्दै इन्फान्टिनोले सोमाली रेफ्री ओमार आर्टनको घटनालाई ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । सुरक्षा चिन्ताका कारण उनलाई संयुक्त राज्य अमेरिकामा प्रवेश अनुमति नदिइएको र उनी प्रतियोगितामा सहभागी नहुने फिफाले पुष्टि गरेको छ । अमेरिकी विदेश मन्त्रालयले उनलाई ‘आतङ्कवादी सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क रहेको’ आरोप लगाएको थियो । इन्फान्टिनोले भिसा तथा सुरक्षासम्बन्धी सबै परिस्थितिमा फिफाको पूर्ण नियन्त्रण नहुने स्पष्ट पार्दै ती घटनालाई लिएर तत्काल आक्रोश व्यक्त गर्नु सधैँ समाधान नभएको बताए । उनले इरानको सहभागितालाई लिएर उठेका प्रश्नबारे पनि टिप्पणी गर्दै विभिन्न राजनीतिक तनावका बाबजुद इरानले विश्वकप खेल्न पाउनु फिफाका लागि उपलब्धि भएको उल्लेख गरे । हाल इरान र अमेरिका बीचको सैन्य तनाव जारी रहे पनि प्रतियोगितामा सहभागिता सुनिश्चित गर्न सम्भव भएको उनको भनाइ थियो । फिफा प्रमुखको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध पनि चर्चामा रहेको छ । इन्फान्टिनोले ट्रम्पको समर्थन बिना अमेरिकामा विश्वकप आयोजना गर्न कठिन हुने धारणा राखेका छन् । ट्रम्पले भने प्रतियोगिताका केही खेलमा सहभागी हुने योजना रहेको बताएका छन् । खेल मैदानतर्फ भने उद्घाटन खेलमा ८५ हजार दर्शक अट्ने एस्टाडियो एजटेकामा दक्षिण अफ्रिकाले घरेलु टोली मेक्सिकोको सामना गर्दैछ । दक्षिण अफ्रिकाका प्रशिक्षक ह्युगो ब्रुसले घरेलु समर्थकहरूको अत्यधिक आवाजलाई चुनौतीका रूपमा लिएर खेलमा ध्यान केन्द्रित गर्न आफ्ना खेलाडीहरूलाई आग्रह गरेका छन् । मेक्सिकोले अहिलेसम्म सात पटक विश्वकपको उद्घाटन खेल खेले पनि जित निकाल्न सकेको छैन । प्रशिक्षक जेभियर एगुइरेले यस पटक त्यो तथ्याङ्क तोड्ने लक्ष्य रहेको बताउँदै खेलाडीलाई विशेष प्रेरणा दिइएको उल्लेख गरे । उद्घाटन दिनको दोस्रो खेल दक्षिण कोरिया र चेक गणतन्त्रबीच गुआडालाजारामा हुनेछ । प्रतियोगिताका प्रमुख दाबेदारका रूपमा स्पेन, फ्रान्स र इङ्ल्यान्डलाई हेरिएको छ भने वर्तमान च्याम्पियन अर्जेन्टिना आफ्नो कप्तान लियोनेल मेस्सीको नेतृत्वमा उपाधि रक्षा गर्ने लक्ष्यमा मैदानमा उत्रिनेछ । रासस
फिफा विश्वकप २०२६ : इतिहासकै सबैभन्दा ठूलो प्रतियोगिता
चार वर्षको प्रतिक्षापछि फिफा विश्वकप २०२६ फुटबल प्रतियोगिता विगतका विश्वकपहरूभन्दा थप विशेष बन्दै संसारभरका फुटबलप्रेमीहरूको घरसङ्घारमा आइपुगेको छ । व्यापक रूपमा विश्वव्यापी सहभागिता हुने अपेक्षा गरिएको विश्वकपलाई अन्तरराष्ट्रिय पर्वका रूपमा लिने गरिएको छ । विश्वकप फुटबलले एक महिनाभन्दा बढी अवधिभर संसारभरिका फुटबलप्रेमीहरूलाई प्रतिस्पर्धात्मक खेलको माध्यमबाट एकीकृत गर्दै स्वच्छ मनोरञ्जन दिलाउनेछ । नेपालको समयअनुसार जेठ २९ गते मध्यराति १२ बजेर ४५ मिनेटदेखि शुभारम्भ हुने विश्वकप साउन ४ गते मध्यराति १२ बजेर ४५ मिनेट जाँदा सुरु हुने फाइनल खेलपछि टुङ्गिने खेलतालिका रहेको छ । विज्ञान र प्रविधिको विकाससँगै प्रविधिमैत्रीअनुरुप सञ्चालन गरिने विश्वकप फुटबलले समग्र रूपमा विश्वमा आर्थिक, सामाजिक, सांस्कृतिकलगायत विभिन्न क्षेत्रको विकासका लागि समेत यथोचित योगदान गर्ने आशा गरिएको छ । विगतभन्दा फरक यसपालि पहिलोपटक तीनवटा देश मिलेर संयुक्त रूपमा विश्वकपको आयोजना गर्दैछन् । अमेरिका, क्यानडा र मेक्सिकोले सञ्चालन गर्ने यस प्रतियोगिताको विशेषता भनेको फुटबलप्रेमी दर्शकहरूले धेरै खेल हेर्ने अवसर प्राप्त गर्नु हो । प्रतियोगिताको उद्घाटन खेल जेठ २९ गते मेक्सिको सिटीमा ‘ए’ समूहमा रहेको विश्वकपको सहआयोजक मेक्सिको तथा दक्षिण अफ्रिकाबीच हुँदैछ । जेठ ३० गते अर्को सहआयोजक क्यानडाले बोस्निया हर्जगोभिनियासँग टोरोन्टोमा तथा सहआयोजक अमेरिकाले पाराग्वेसँग क्यालिफोर्नियामा पहिलो खेल खेल्ने कार्यक्रम छ । यसरी विभिन्न तीन देशमा आयोजना हुने बेग्लाबेग्लै उद्घाटन खेलले विश्वमा रहेका सम्पूर्ण मुलुकहरूलाई नै फुटबलमय बनाउन महत्त्वपूर्ण योगदान गर्नेछ । विश्वकपका सहभागी मुलुकहरूको सङ्ख्यामा व्यापक मात्रामा वृद्धि गरिनु सन् २०२६ को अर्को उल्लेखनीय उपलब्धि मान्न सकिन्छ । विगतका विश्वकपहरूमा ३२ टोलीको मात्र सहभागिता हुने गर्दथ्यो भने अब ४८ मुलुकका टोलीले अन्तिम प्रतिस्पर्धामा सहभागिता जनाउने मौका पाएपछि थप थुप्रै टिम तथा खेलाडीहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने मौका पाएका छन् । विश्वकपको इतिहासमा खेल सङ्ख्या पनि अत्यधिक मात्रामा वृद्धि गरिएबाट प्रतियोगिताको रौनक अझ बढन पुगेको छ । प्रतियोगिताको सहभागी मुलुकभित्र व्यापक चासो र चिन्ता हुने गरेको विश्वकपको लहरले सम्पूर्ण विश्वलाई प्रभावित गर्नेछ । यो प्रतियोगिता विश्वकै लामो प्रतियोगिताका रूपमा स्थापित हुँदैछ । यसअघिका विश्वकपमा ६४ वटा खेल हुने गरेकामा अब खेल सङ्ख्या बढेर १०४ खेल हुने भएपछि यसको सकारात्मक असर ती खेल सञ्चालन हुने तीनवटै मुलुकका विभिन्न १६ वटा सहरमा पर्ने देखिएको छ । विभिन्न देशबाट खेल हेर्न ती शहरमा जाने पर्यटकको घुइँचोले समग्र आर्थिक अभिवृद्धिमा प्रभाव पर्न जानेछ । सन् २०२२ को कतारमा भएको विश्वकपमा भन्दा यसपटक ४० वटा बढी खेल हुने भएपछि फुटबलप्रेमीहरूलाई धेरै खेल हेर्न पाउने अवसर जुटेको छ । यसअघि समूहगत खेलका लागि सहभागी टिमहरूलाई आठ समूहमा विभाजन गर्ने गरिएको थियो भने यसपटक समूहको सङ्ख्या बढ्न गई ‘ए’ देखि ‘एल’ समूह गरी १२ वटा समूहमा विभाजन गरिएको छ । यसअनुसार प्रत्येक समूहमा चारवटा टोली रहेका छन् । प्रत्येक टोलीले खेल्ने लिग र नकआउट चरणका सम्पूर्ण खेलहरूले व्यापक रूपमा फुटबलको लहर ल्याउनेछ । सम्भावित प्रतिस्पर्धा प्रतियोगिताका सहभागी टिमहरूमध्ये गत विश्वकप विजेता अर्जेन्टिना यसपालि पनि उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रदैछ । विपक्षीलाई सन्तुलित रूपमा दबाब दिन यो टिम सफल मानिएको छ । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीको कुशल नेतृत्व यो टिमको प्रमुख शक्ति रहेको छ । सन् २०१० मा एकपटकमात्र विश्वकप जितेको स्पेनका खेलाडी पनि राम्रो फर्ममा रहेको विश्लेषकहरूले जनाएका छन् । फिफाको विश्व बरियतामा विभिन्न पटक शीर्षस्थानमा रहन सफल स्पेन वर्तमान युरोपेली च्याम्पियन पनि हो । स्पेनको टिम शक्तिशाली राष्ट्रिय टोलीमध्ये एक मानिएको छ । गत विश्वकपको उपविजेता फ्रान्स पनि विपक्षी टिममाथि आक्रमण गर्न पारङ्गत देखिएको छ । प्रतिभाशाली खेलाडीहरूले भरिएको फ्रान्सेली टिम तेस्रोपटक विश्वकप जित्ने लक्ष्य लिएर मैदानमा उत्रिँदैछ । विपक्षीतर्फ आक्रमण गर्ने सन्दर्भमा इङ्गल्यान्डको टिम पनि कम देखिएको छैन । यो टिम अनुभवी खेलाडीहरूले भरिएका छन् । इङ्गल्यान्डले सन् १९६६ मा एकपटकमात्र आफ्नै गृह मैदानमा विश्वकप जितेको थियो । यस्तै अनुभवी कप्तान क्रिष्टियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगलको टिम यो विश्वकपमा सन्तुलित टिममध्ये एक मानिएको छ । यो टिममा मिडफिल्ड होस् वा फूलब्याकजस्तो महत्त्वपूर्ण स्थानमा यथोचित व्यवस्थापन भएको देखिएको छ । विश्वकपमा बलियो टिमका रूपमा हेरिने गरिएको पोर्चुगलले एकपटक पनि विश्वकप जित्न सकेको छैन । सन् १९६६ मा पोर्चुगल तृतीयसम्म भएको थियो । त्यसैगरी, ब्राजिल पनि विश्वकपका सहभागी टिमहरूमा शक्तिशाली टिमहरूमध्ये पर्दछ । विश्वमा सबैभन्दा धेरैचोटी पाँचपटक विश्वकप जित्न सफल ब्राजिल अहिले छैटौँपटक उपाधि जित्ने दाउमा रहेको छ । अनुभवी खेलाडीहरूको कमी नदेखिएको ब्राजिलले विश्वकप फुटबल प्रतियोगिता आयोजना भएको प्रारम्भिक दिनदेखि नै प्रतिस्पर्धा गर्दै आइरहेको छ । चारपटक विश्वकप जितिसकेको जर्मनीजस्ता टिम पनि विश्वकपका बलिया दाबेदार मान्न सकिन्छ । तर सन् २०१८ तथा २०२२ मा समूह चरणबाटै बाहिरिएको जर्मनी यसपटक त्यस्तो पीडा फेरि नपरोस् भन्नेतर्फ सचेत रहेको छ । विश्वकपमा दुईपटक तृतीय भइसकेको क्रोयसिया तथा सन् २०२२ को विश्वकपमा तेस्रो स्थानका लागि भएको खेलमा क्रोयसियासँग एक गोलअन्तरले मात्र पराजित भएपछि विश्वव्यापी रूपमा चर्चित भएको मोरक्कोजस्ता टिमबाट पनि यसपटक अझ उत्कृष्ट नतिजाका लागि प्रयत्न हुने नै छ । यस्तै नेदरल्यान्डस्, बेल्जियमजस्ता टिमलाई पनि कम आँक्न सकिँदैन । धेरै पटक जित्नेहरू फिफा विश्वकप फुटबल हालसम्म सबैभन्दा धेरैपटक ब्राजिलले जितेको छ । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र सन् २००२ मा गरी पाँचपटक विश्वकप हासिल गरेको थियो । यस्तै जर्मनीले चारपटक उपाधि हात पारिसकेको छ । जर्मनी सन् १९५४, १९७४, १९९० र २०१४ मा विजेता बन्न सफल भएको थियो । उपाधि चारपटक नै जितेको इटालीले सन् १९३४, १९३८, १९८२ र २००६ मा ट्रफी कब्जामा लिएको थियो । तीनपटक जितिसकेको अर्जेन्टिनाले सन् १९७८, १९८६ तथा अघिल्लो विश्वकप २०२२ मा विजेता बनेको थियो । फ्रान्स र उरुग्वेले भने दुईदुईपटक विश्वकप जितेका छन् । फ्रान्सले सन् १९९८ र २०१८ मा तथा उरुग्वेले सन् १९३० तथा १९५० मा उपाधि हात पारेका थिए । अन्तरराष्ट्रिय फुटबल महासङ्घ फिफाको पछिल्लो विश्व वरियताक्रममा अर्जेन्टिना सबैभन्दा अग्रपङ्क्तिमा रहेको छ । दोस्रो स्थानमा स्पेन तथा तेस्रो स्थानमा फ्रान्स रहेका छन् । यस्तै इङ्ग्ल्यान्ड चौथो, पोर्चुगल पाँचौँ स्थानमा छन् । अत्यधिक गोल फिफा विश्वकपको इतिहासमा सबैभन्दा धेरै गोल गरेको इतिहास जर्मनीका मिरोस्लाभ क्लोसले कायम गरेका छन् । उनले सन् २००२, २००६, २०१० र २०१४ गरी चारवटा विश्वकपमा कुल १६ गोल गरेर कीर्तिमान राखेका थिए । विश्वकपमा धेरै गोल गर्नेहरूको सूचीमा दोस्रो स्थानमा रहेका ब्राजिलका रोनाल्डोले कुल १५ गोल गरेका थिए । तत्कालीन पश्चिम जर्मनीका गेर्ड मुलरले कुल १४ गोल, फ्रान्सका जष्ट फोन्टाइनले कुल १३ गोल गरेका थिए । हालसम्म पाँचवटा विश्वकप खेलिसकेका अर्जेन्टिनाका लिओनेल मेस्सीले कुल १३ गोल गरिसकेका छन् । एउटै प्रतियोगितामा सबैभन्दा धेरै १३ गोल फ्रान्सका जष्ट फोन्टाइनले सन् १९५८ को विश्वकपमा गरेका थिए । मेस्सीको छैटौँ विश्वकप अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले छैटौँपटक फिफा विश्वकपमा भाग लिएर इतिहास रच्दै छन् । सम्भवतः यसपालिको विश्वकप उनको लागि अन्तिम विश्वकप हुनेछ । मेस्सीले सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपमा १८ वर्षकै उमेरमा डेब्यु गर्ने अवसर प्राप्त गरेका थिए । उनले त्यतिखेर सर्बियाविरुद्ध पहिलो गोल गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिकामा दोस्रोपटक विश्वकप खेलेका मेस्सीले सन् २०१४ मा ब्राजिलमा विश्वकपको फाइनलमा आफ्नो टिमलाई प्रवेश गराउने अवसर पाए पनि जर्मनीसँगको नमीठो हार व्यहोरेका थिए । आफ्नो टिम फाइनलमा पराजित भए पनि प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा मेस्सीले गोल्डेन बुट जित्नु सामान्य सफलता थिएन । सन् २०१८ मा समेत विश्वकप खेलेका मेस्सीले सन् २०२२ मा कतारमा आयोजित विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाउन नेतृत्वदायी भूमिका खेलेका थिए । मेस्सीले प्रतियोगितामा सात गोल गर्नुका साथै दोस्रोपटक गोल्डेन बल जितेका थिए । करोडौँ पुरस्कार फिफा विश्वकपको अर्को महत्त्वपूर्ण विशेषता भनेको आकर्षक पुरस्कार पनि मानिएको छ । यसमा विजेता बन्ने टिमले करोडौँ रकम पुरस्कार पाउनेछन् । फिफाले विश्वकपका विजेता टिमलाई पुरस्कारबापत पाँच करोड डलर रकम प्रदान गर्नेछ । उपविजेताले तीन करोड तीन लाख डलर पाउनेछ । तेस्रो स्थान प्राप्त गर्ने टिमले दुई करोड ९० लाख डलर तथा चौथो हुने टिमले दुई करोड ७० लाख डलर पुरस्कार प्राप्त गर्नेछ । यसबाहेक खेलाडीहरूलाई सम्बन्धित मुलुकका सरकार तथा विभिन्न संस्थाका तर्फबाट पनि आकर्षक पुरस्कार प्रदान गरिने प्रचलन रहेको छ । फिफा विश्वकप विजेताले प्राप्त गर्ने ट्रफीको मूल्य पनि सामान्य छैन । फिफा विश्वकप ट्रफीको लागत करिब दुई लाख ४२ हजार ७०० डलर भएको अनुमान गरिएको छ । ट्रफीको तौल छ किलोभन्दा बढी रहेको छ । यसको निर्माण १८ क्यारेटको सुनबाट गरिएको हो । उक्त सुनको ट्रफी स्थायी रूपमा फिफाको स्वामित्वमा रहने नियम छ । यस्तो महत्तवपूर्ण ट्रफीलाई राष्ट्र प्रमुखहरू, फिफा अध्यक्ष र पूर्व विश्वकप च्याम्पियनहरूले मात्र छुन पाउने नियम रहेको छ । नयाँ परिवर्तन विश्वकप फुटबलका सिलसिलामा केही परिवर्तनहरू देख्न पाइने भएको छ । खेल सञ्चालनका लागि खटिने रेफ्रीहरूलाई सघाउन भिडियो सहायक रेफ्रीको व्यवस्था गरिएको छ । खेल सञ्चालनका क्रममा रेफ्रीले कुनै खेलाडीले समय खेर फालिरहेको देखेमा थ्रो–इन तथा गोलकिकको लागि पाँच सेकेन्ड काउन्टडाउन गर्न सक्ने नियम बनाइएको छ । त्यो समयभित्र खेल पुनः सुरु गर्न असफल भएमा विपक्षी टोलीलाई अवसर दिइने नियम बनाइएको छ । यसअनुसार खेलाडीले ढिलो गोलकिक प्रहार गरे विपक्षी टिमलाई कर्नर किकको अवसर प्रदान गरिने छ । खेल सञ्चालनका क्रममा रेफ्रीका निर्णयहरूको समीक्षा भिडियो सहायक रेफ्रीले गर्न सक्नेछन् । यसरी रेफ्रीले खेल सञ्चालन हुँदा देखाएका पहेँलो तथा रातो कार्डबारे पनि समीक्षा गर्न सकिने भएको छ । खेलका बेला कुनै पनि खेलाडीलाई मुख ढाक्न प्रतिबन्ध लगाइएको छ । खेलको समयमा कुनै खेलाडीले आफ्नो मुख हातले छोपेमा तुरुन्तै रातो कार्डको सामना गर्नुपर्ने भएको छ । कुनै खेलाडी परिवर्तन गरिँदा १० सेकेन्डभित्र मैदान छोडिसक्नुपर्ने व्यवस्था गरिएको छ । यस्तै खेलको बेला घाइते भएका खेलाडीलाई मैदान बाहिर उपचार गरिसकेपछि कम्तीमा ६० सेकेन्डसम्म मैदानबाट बाहिरै रहनुपर्ने नियम बनाईएको छ । गर्मीको चुनौती विश्वकप गर्मीयाममा सञ्चालन गरिने भएकाले खेल सञ्चालनका बेला खेलाडीहरूको सुविधाका लागि प्रत्येक खेलको प्रत्येक हाफमा तीन मिनेटको विश्राम दिइने भएको छ । प्रतियोगिता सञ्चालन गरिने सहरहरूमा हुने गरेको अत्यधिक गर्मी चिन्ताको विषय भएकाले खेल सुरु भएको २२औँ तथा ६७औँ मिनेटमा विश्राम दिइने व्यवस्था मिलाइएको छ । यस्तो विश्राम सबै खेलमा दिइने भएको छ । रङ्गशालाको तापक्रम जस्तोसुकै भए तापनि प्रत्येक खेलमा विश्राम दिइने नियम बनाइएको हो । यस अवधिमा खेलाडीलाई पानी पिउन, आराम गर्न तथा प्रशिक्षकलाई थप रणनीति बनाउन अनुमति दिइने छ । यसअघि तापक्रम ३१ डिग्री सेल्सियस नाघेको अवस्थामा मात्र विश्राम दिइने गरिन्थ्यो । नेपालको सहभागिता नेपालले विश्वकप फुटबलमा सहभागिताका लागि लामो समयदेखि प्रयास गर्दै आएको भए तापनि हालसम्म सफलता मिल्न सकेको छैन । नेपालले हालसम्म नौवटा विश्वकप छनोट प्रतिस्पर्धामा भाग लिए तापनि नतिजा सन्तोषजनक हुनसकेको छैन । नेपालमा फुटबलको संस्थागत विकास भएको लामो समय भइसकेको भए तापनि नेपालका लागि विश्वकप फुटबल ज्यादै कठिन प्रतियोगिताका रूपमा रहेको छ । नेपालमा २००७ साल अगाडि नै तत्कालीन राणा शासनकालमा फुटबल सङ्घको स्थापना भइसकेको थियो । नेपालले अन्तराष्ट्रिय फुटबल महासङ्घ फिफाको सदस्यता लिएको पनि ५० वर्ष नाघिसकेको छ । नेपालले विगत केही वर्षदेखि विश्वकपका लागि छनोट चरणमा खेल्दै आए तापनि त्यसभन्दा अगाडि भने बढ्न सकेको छैन । नेपाल विश्वकप २०२६ को छनोटमा प्रारम्भिक चरणमै रोकिएको थियो । नेपालले फिफाको विश्व वरियताक्रममा लगातार सुधार नगरेसम्म नेपालको फुटबल टिमले विश्वकपका प्रारम्भिक चरणभन्दा अघि बढन कठिनाइ देखिएको छ । विश्वकपमा पुग्न पहिले एसियाली कपमा स्थापित हुनुपर्ने जरुरी देखिएको छ । एसियाकै उज्वेकिस्तान, जोर्डन तथा बहराइनजस्ता मुलुकले एसियाली कपको अनुभवपछि विश्वकपमा सहभागी हुने अवसर पाएका हुन् । नेपालमा सबैभन्दा लोकप्रिय खेल फुटबललाई विश्वकप लक्षित दीर्घकालीन योजनालाई प्राथमिकतापूर्वक अघि बढाउनुपर्ने आवश्यकता टड्कारो महसुस गरिएको छ । नेपालले पहिलोपटक सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकप फुटबल प्रतियोगिताको छनोट चरणमा प्रतिस्पर्धा गरेको थियो । सन् १९८५ को मार्च २ तारिखका दिन काठमाडौँको दशरथ रङ्गशालामा नेपालले गरेको पहिलो प्रतिस्पर्धामा दक्षिण कोरियासँग शून्यका विरुद्ध दुई गोलले पराजय भोगेको थियो । सन् १९९० मा इटलीमा भएको विश्वकपका लागि नेपालले दक्षिण कोरिया, मलेसिया र सिङ्गापुरसँग खेलेका छवटा खेलमा नेपालले कुल २८ गोल खाएर सबै खेलमा पराजित भएको थियो । नेपाल सन् १९९४ को विश्वकपको छनोटबाट बाहिरिएको थियो । सन् १९९८ मा फ्रान्समा भएको विश्वकपको लागि ओमानमा भएको छनोट खेलमा नेपालले पहिलोपटक अङ्क प्राप्त गरेको थियो । नेपाल तथा मकाउबीच भएको खेलमा दुवै पक्षबाट एक–एक गोल भई खेल बराबरीमा टुङ्गिएकाले नेपालले पहिलो अङ्क पाएको थियो । नेपालको तर्फबाट विश्वकप छनोटमा पहिलो गोल प्रहार गर्ने कीर्तिमान हरि खड्काले राखेका हुन् । सो खेल प्रारम्भ भएको २२औँ मिनेटमा हरि खड्काले उक्त ऐतिहासिक गोल गरेका थिए । सोही छनोटका सिलसिलामा जापानमा मकाउसँगको खेल पनि एक–एक गोल भई बराबरीमा सकिएको थियो । दोस्रोपटक मुलुकका लागि गोल हान्ने खेलाडी दीपक अमात्य थिए । सन् २००२ मा दक्षिण कोरिया तथा जापानमा संयुक्त रूपमा आयोजित विश्वकपको छनोट चरणमा नेपालले पहिलोपटक मकाउलाई दुईवटा खेलमा हराउन सफल भएको थियो । नेपालले मकाउलाई पहिलो खेलमा एक गोलका विरुद्ध चार गोलले हराएको थियो । उक्त खेलमा निराजन रायमाझीले दुई तथा हरि खड्का तथा वसन्त थापाले एक–एक गोल गरेका थिए । दोस्रो खेलमा पनि नेपालले मकाउलाई एक गोलका विरुद्ध छ गोलले हराएर विजय हासिल गरेको थियो । उक्त खेलमा नेपालीका लागि निराजन रायमाझीले ह्याट्रिक गरेका थिए भने हरि खड्का, बालगोपाल महर्जन तथा दीपक लामाले एक–एक गोल गरेका थिए । नेपालले इराकविरुद्ध खेलेको पहिलो खेलमा निराजन रायमाझीले एक गोल गरेका थिए भने अर्को खेलमा निराजन रायमाझी र हरि खड्काले एक–एक गोल गरेका थिए । सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपको छनोट चरणमा नेपालले टिमोर लिष्टेलाई अनिल गुरुङ र जुमानु राईको गोलको मद्दतले पराजित गरेको थियो । दोस्रो खेलमा टिमोर लिष्टेलाई शून्यका विरुद्ध पाँच गोलले हराउँदै छनोट चरणको दोस्रो चरणमा प्रवेश गर्दा मुलुकका लागि गोल प्रहार गर्ने खेलाडीहरूमा अनिल गुरुङ, जुमानु राई, भोला सिलवाल, जगजित श्रेष्ठ र सुजल श्रेष्ठ थिए । दोस्रो चरणको पहिलो खेलमा नेपाल जोर्डनसँग पहिलो खेलमा शून्यका विरुद्ध नौ गोलको भारी अन्तरले हार्न पुगेको थियो भने दोस्रो खेलमा दुवै टिमबाट एक–एक गोल भई खेल बराबरीमा टुङ्ग्याउन नेपाल सफल भएको थियो । त्यतिखेर महत्तवपूर्ण गोल गर्न सफल खेलाडी भरत खवास थिए । सन् २०२२ मा कतारमा भएको विश्वकपको छनोट चरणको दोस्रो चरणमा सोझै खेल्ने अवसर पाएको नेपालले चाइनिज ताइपेइलाई दुई खेलमा पराजित गरेको थियो । पहिलो खेलमा अन्जन विष्टले शून्यका विरुद्ध दुई गोल प्रहार गरेका थिए भने दोस्रो खेलमा अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलको मद्दतले नेपाल शून्यका विरुद्ध दुई गोलले विजयी भएको थियो । सन् २०२६ को फिफा विश्वकपको प्रारम्भिक चरणमा नेपाल र लाओस दुवैतर्फबाट एक–एक गोल भई खेल बराबरीमा टुङ्गिएको थियो । नेपालका लागि उक्त गोल अन्जन विष्टले गरेका थिए । दोस्रो खेलमा मनिष डाँगीको गोलद्वारा नेपाल लाओसलाई शून्यका विरुद्ध एक गोलले हराउन सफल भएको थियो । यसरी नेपाल दोस्रो चरणमा प्रवेश गरेपछि यमनसँग दुई–दुई गोल गरेर बराबर गर्न सफल भएको थियो । ती गोल सञ्जीव विष्ट र जिलेस्पी कार्कीले गरेका थिए । तर यमन र बहराईनसँग भने नेपाल भारी गोलको अन्तरले पराजित भएको थियो । नेपालले संयुक्त अरब इमिरेटस युएई, बहराइन र यमन कुनै टिमलाई जित्न नसकी प्रतियोगिताबाट बाहिरिएको थियो । नेपाल युएईसँग दुवै गोलमा शून्यका विरुद्ध चार गोलको अन्तरले हारेको थियो । नेपाल बहराइनसंँग पनि दुवै खेलमा शून्यका विरुद्ध पाँच गोलले हार्न पुगेको थियो । त्यतिखेर नेपालले आफ्नो गृहमैदान काठमाडौंँको दशरथ रङ्गशालामा खेल्न पाउने एउटा खेलमैदानको स्थिति राम्रो नभएकाले बहराइनमै दुवै खेल खेल्न बाध्य भएको थियो । नेपाललाई यमनले पनि दुवै खेलमा हराएको थियो । नेपाल पहिलो खेलमा शून्यका विरुद्ध तीन गोलले तथा दोस्रो खेलमा शून्यका विरुद्ध चार गोलको अन्तरले पराजय हुनुपरेको थियो । अन्त्यमा, विश्वकै सबैभन्दा ठूलो प्रतियोगिता मानिएको फिफा विश्वकप फुटबल प्रतियोगिताको अवधि हालसम्मकै सबैभन्दा लामो ३९ दिनसम्म सञ्चालन हुँदैछ । यो प्रतियोगिता समग्रमा विगतका प्रतियोगिताहरूभन्दा थप रोचक तथा रोमाञ्चक हुनसक्ने सम्भावना देखिएको छ । फुटबलमा आधिपत्य जमाइरहेका टिमहरूको अग्रता यसपटक पनि जारी रहने आकलन गर्न सकिन्छ तर कम चर्चित टिमलाई नकार्न सकिँदैन । प्रतियोगितामा सहभागी मुलुक धेरै भएकाले अप्रत्याशित नतिजा पनि आउनसक्ने सम्भावना पनि छँदैछ तर समूह चरणमै प्रत्येक टिमले खेल्न पाउने तीन–तीन खेलमै कडा प्रतिस्पर्धा हुने देखिएको छ । विश्वकपका खेलहरू सुरु भइसकेपछि टिमहरूले प्रारम्भिक खेलहरूमा देखाउने खेलको आधारमा आगामी नतिजाको आकलन गर्न सकिनेछ । समग्रमा फिफा विश्वकप फुटबल सन् २०२६ ले विश्वभर छरिएका नागरिकहरूलाई फुटबलप्रति आकर्षित गर्दै विश्वलाई एक गाउँको रूपमा परिणत गर्न महत्त्वपूर्ण योगदान गर्नेछ । विश्वकपले फरक भूगोल, फरक भाषा तथा संस्कृति भएका मानिसहरूलाई खेलमार्फत जोड्दैछ । ठूलो होस् वा सानो भूभाग भएको राष्ट्र जोसुकै भए पनि एउटै मैदानमा स्वच्छ खेलको भावना राख्दै खेलिने यस प्रतियोगिताको माध्यमबाट शान्तिपूर्ण सहअस्तित्वको सन्देश प्रवाह हुनजाने आशा गरिएको छ । रासस
विश्वकपअघि भिसा विवाद
काठमाडौं । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त राज्य अमेरिकाले केही विदेशी अधिकारीलाई भिसा नदिएको विषय विवादको केन्द्रमा पुगेको छ । ह्वाइट हाउसको विश्वकप टास्क फोर्सले भने सुरक्षा कारण देखाउँदै सोमाली रेफ्री र इरानी टोलीका केही सहयोगी कर्मचारीलाई प्रवेश अनुमति नदिने निर्णय उचित भएको स्पष्ट पारेको छ । विश्वकपसम्बन्धी ह्वाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्र्यु गियुलियानीले मङ्गलबार वासिङ्टनमा आयोजित एटलान्टिक काउन्सिलको कार्यक्रममा अहिलेसम्म ३५ वटा राष्ट्रिय टोली सफलतापूर्वक अमेरिका प्रवेश गरिसकेको जानकारी दिए । उनले कुनै पनि खेलाडी वा प्रशिक्षकलाई प्रवेशबाट रोकिएको नभएको उल्लेख गर्दै केही अधिकारीलाई मात्र विशेष सुरक्षा कारणका आधारमा भिसा अस्वीकार गरिएको बताए । गियुलियानीका अनुसार विश्वकपजस्तो अन्तर्राष्ट्रिय प्रतियोगिताको अवसरलाई दुरुपयोग गरेर अमेरिका प्रवेश गर्ने सम्भावित जोखिम रोक्न प्रशासनले कडा सतर्कता अपनाएको छ । उनले सुरक्षा र खेलकुदबीच आवश्यक सन्तुलन कायम गरिएको बताए । अमेरिकी विदेश मन्त्रालयका एक अधिकारीले एएफपीसँगको कुराकानीमा सोमाली रेफ्री ओमार आर्टानलाई भिसा नदिइएको पुष्टि गर्दै उनीमाथि आतङ्कवादी सङ्गठनसँग सम्बन्धित व्यक्तिहरूसँग सम्पर्क रहेको आशङ्का रहेको दाबी गरे । यही कारणले उनी अमेरिकी अध्यागमन नियमअनुसार प्रवेशका लागि अयोग्य ठहरिनुभएको अधिकारीको भनाइ थियो । सन् २०२५ मा अफ्रिकी फुटबल महासङ्घले वर्षको उत्कृष्ट पुरुष रेफ्री घोषणा गरेका आर्टान विश्वकपमा रेफ्री गर्ने पहिलो सोमाली बन्ने अपेक्षा गरिएको थियो । तर उनलाई अमेरिका पुगेपछि मियामी विमानस्थलबाटै फर्काइएको थियो । सोमालिया हाल राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्ध सूचीमा समावेश देशमध्ये एक हो । ट्रम्प प्रशासनले यो नीतिलाई व्यापक आप्रवासन नियन्त्रण अभियानको हिस्सा बताउँदै आएको छ । यसैबीच, संयुक्त राज्य अमेरिकासँग जारी तनाव र सैन्य द्वन्द्वका कारण इरानले आफ्नो विश्वकप तयारीको आधार शिविर अमेरिका नभई मेक्सिकोमा सार्नुपरेको छ । इरानी फुटबल महासङ्घले समर्थकहरूका लागि छुट्याइएको टिकट कोटा रद्द गरिएको तथा टोलीका केही सहयोगी कर्मचारीले भिसा नपाएको जनाएको छ । गियुलियानीले भने सबै इरानी प्रशिक्षक र कोचिङ स्टाफलाई प्रवेश अनुमति दिइएको बताए । यद्यपि केही इरानी अधिकारीलाई सुरक्षा मूल्याङ्कनका आधारमा अनुमति नदिइएको उनले बताए । उनले ती व्यक्तिबारे विस्तृत जानकारी दिन अस्वीकार गर्दै आफूलाई प्रशिक्षक बताउने केही व्यक्तिको वास्तविक भूमिका फरक हुन सक्ने आशङ्का रहेको सङ्केत गरे । उनका अनुसार राष्ट्रपति ट्रम्पले प्रतियोगितामा सहभागी सबै टोलीका लागि समान अवसर सुनिश्चित गर्न चाहन्छन् । साथै, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) सँग प्रत्यक्ष सम्बन्ध रहेका व्यक्तिले विश्वकपको अवसर प्रयोग गरेर अमेरिका प्रवेश गर्न नसकून् भन्ने विषयमा पनि प्रशासन सचेत रहेको उनको भनाइ थियो । विश्वकप सुरक्षाबारे बोल्दै गियुलियानीले हालसम्म प्रतियोगितालाई लक्षित कुनै विश्वसनीय सुरक्षा खतरा नदेखिएको बताए । तथापि अमेरिकी गुप्तचर तथा सुरक्षा निकायको सक्रियता उल्लेखनीय रूपमा बढाइएको र प्रतियोगिताको अन्तिम खेल जुलाई १९ सम्म सुरक्षा अवस्थामाथि निरन्तर निगरानी जारी रहने उनले जानकारी दिए । रासस
विश्वकप सिजनमा सामसङको अफर : टिभीमा २५ प्रतिशतसम्म क्यासब्याक र फ्री सब्स्क्रिप्सन
काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना टिभी लाइनअपमा विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यो अफरले घरमै स्टेडियमजस्तै अनुभव लिन सहयोग गर्नेछ । यो अफर २०२६ जुलाई १९ सम्म मान्य रहनेछ । अफरअन्तर्गत छनोट गरिएका सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध गराइएको छ । यसले विश्वकपको अवसरमा अझ ठूलो र स्पष्ट स्क्रिनमा अपग्रेड गर्न उपयुक्त अवसर दिने कम्पनीले जनाएको छ । उत्कृष्ट इमर्सिभ अनुभवका लागि ७५ इन्च वा ८५ इन्च टिभी खरिद गर्ने ग्राहकहरूले ४९ हजार ९९० रुपैयाँ पर्ने साउन्डबार मात्र ९ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् । यसले दृश्यसँगै शक्तिशाली अडियो अनुभव प्रदान गर्ने दाबी कम्पनीको छ । त्यस्तै, विश्वकप सिजनलाई अझ मनोरञ्जनमूलक बनाउन सामसङले निःशुल्क वर्ल्डकप लाइभ सब्स्क्रिप्सनसँगै १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज पनि उपलब्ध गराइरहेको छ । ब्युएलइडी र यूएचडी मोडेलमा १२ महिनासम्मको निःशुल्क नेटटिभी प्याकेज रहनेछ भने एफएचडी र एचडी मोडेलमा ६ महिनासम्मको सुविधा दिइनेछ । साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित ‘सामसङ इन्स्टा फाइनान्स’ सेवामार्फत ग्राहकहरूले १२ वा २४ महिनाको इएमआई योजनामा टिभी खरिद गर्न सक्नेछन् । पुराना उपकरण साटेर नयाँ टिभी लिन चाहने ग्राहकहरूले आर्कोस्टोर वा देशभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेन्ज सुविधा पनि लिन सक्नेछन् । अफरबारे थप जानकारीका लागि नजिकको अधिकृत सामसङ स्टोरमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ ।
डीजीओ एपमा फिफा विश्वकप २०२६ प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ ५४९ रुपैयाँमै
काठमाडौं । फिफा विश्वकप २०२६ नजिकिँदै गर्दा नेपालको डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीजीओ (DGO) ले दर्शकका लागि अफर सार्वजनिक गरेको छ । डीजीओले अब मोबाइल प्रयोगकर्ताका लागि मात्र ५४९ रुपैयाँमा ‘मोबाइल पास’ उपलब्ध गराउने घोषणा गरेको हो । उक्त पासमार्फत दर्शकहरूले विश्वकपका सबै १०४ खेलहरू आफ्नै मोबाइलमा प्रत्यक्ष हेर्न सक्नेछन् । कम्पनीका अनुसार दर्शकहरूले नेपाली कमेन्टरीसहित १०८० पी फुल एचडी क्वालिटीमा खेलहरूको मजा लिन सक्नेछन् । साथै, आवश्यकता अनुसार नेपाली वा अंग्रेजी कमेन्टरी छनोट गर्ने सुविधा पनि उपलब्ध रहनेछ । डीजीओ एपमार्फत सहज रूपमा खरिद गर्न मिल्ने यो पासले दर्शकलाई झन्झटमुक्त अनुभव दिने कम्पनीको दाबी छ । केही क्लिकमै पास सक्रिय गर्न सकिने र सुरक्षित रूपमा आधिकारिक प्लेटफर्मबाटै सेवा लिन सकिने जनाइएको छ । डीजीओका प्रवक्ताका अनुसार नेपाली दर्शकलाई गुणस्तरीय र विश्वसनीय स्ट्रिमिङ अनुभव प्रदान गर्ने उद्देश्यले यस्तो योजना ल्याइएको हो । 'दर्शकहरूले कुनै शंकास्पद लिंक वा तेस्रो पक्षको भर नपरी आधिकारिक माध्यमबाट सुरक्षित रूपमा विश्वकप हेर्न सकून् भन्ने हाम्रो चाहना हो,' उनले भने । यसैबीच, कम्पनीले अनलाइनमा देखिने ‘फ्री स्ट्रिमिङ’ वा अनधिकृत एपहरूप्रति सचेत रहन आग्रह गरेको छ । यस्ता प्लेटफर्महरूले प्रयोगकर्ताको व्यक्तिगत तथा बैंकिङ जानकारीमा जोखिम निम्त्याउन सक्ने भन्दै आधिकारिक डीजीओ एप प्रयोग गर्न सुझाइएको छ । डीजीओले यो अफरमार्फत नेपालका फुटबल प्रेमीलाई सहज, सुरक्षित र किफायती रूपमा विश्वकपको रोमाञ्चक अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।
बोनससहित टेलिकमको विश्वकप अफर, ग्राहकलाई निःशुल्क प्याकेज
काठमाडौं । नेपाल टेलिकमले आगामी फिफा वल्ड कप २०२६ लाई लक्षित गर्दै ‘फिफा वल्ड कप २०२६ टीभी प्याकेज’ सार्वजनिक गरेको छ । कम्पनीले आईपीटीभी ग्राहकलाई लक्षित गर्दै उक्त प्याकेज उपलब्ध गराउन लागेको हो । टेलिकमका अनुसार आईपीटीभी ग्राहकहरूले ९९९ रुपैयाँमा उक्त प्याकेज खरिद गरी विश्वकपका रोमाञ्चक खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । एनटीटीभी ग्राहकहरूले टेलिभिजनमार्फत हिमालय स्पोर्ट्स च्यानल चयन गर्दा छुट्टै इन्ट्री स्क्रिन प्राप्त हुनेछ । त्यसमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गरेपछि प्राप्त हुने ओटीपी राखेपछि मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई सेवा तुरुन्त सक्रिय हुनेछ । यस्तै, ग्राहकहरूले नजिकको नेपाल टेलिकम ग्राहक सेवा केन्द्रबाट पनि उक्त प्याकेज सक्रिय गर्न सक्नेछन् । टेलिकमले जेठ २६ देखि साउन ३ सम्म विशेष बोनस अफर पनि ल्याएको छ । यस अवधिमा वार्षिक १०० एमबीपीएस वा सोभन्दा बढी गतिको इन्टरनेटसहित प्रिमियम आईपीटीभी प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा अपग्रेड गर्ने ग्राहकहरूले फिफा वल्ड कप २०२६ टीभी प्याकेज निःशुल्क प्राप्त गर्नेछन् । उक्त बोनस प्याकेज लिनका लागि ग्राहकहरूले आफ्नो मोबाइलबाट *१४१५३# डायल गर्न सक्नेछन् । टेलिकमले उच्च गुणस्तरीय प्रविधिसँगै खेलकुद मनोरञ्जन प्रदान गर्ने लक्ष्यका साथ यस्तो अफर ल्याएको जनाएको छ । थप जानकारीका लागि कम्पनीका ग्राहक सेवा केन्द्र, आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत जानकारी लिन सकिनेछ ।
डिशहोमको विश्वकप अफर २०२६ सार्वजनिक, सिजन पास खरिदमा ३ महिनासम्म निःशुल्क
काठमाडौं । नेपालको एक मात्र डीटीएच टेलिभिजन तथा इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि सुविधा योजना सार्वजनिक गरेको छ । यस योजनामार्फत ग्राहकहरूले थप आकर्षक लाभसहित विश्वकपको रोमाञ्चक खेलहरू उच्च गुणस्तरमा हेर्न सक्नेछन् । डिशहोमले सार्वजनिक गरेको विशेष योजनाअनुसार डिटिएच कम्बो तथा आइपिटिभि कम्बो सेवाका ग्राहकहरूले आफ्नो ६ महिना वा १२ महिनाको कम्बो प्याकेज रिचार्ज गरी रु. ९९९ मा फिफा विश्वकप २०२६ सिजन पास खरिद गरेमा थप ३ महिनासम्मको निःशुल्क सदस्यता सुविधा प्राप्त गर्नेछन् । उक्त योजना २०२६ जुन १ देखि जुलाई २१ सम्म लागू रहने कम्पनीले जनाएको छ । फिफा विश्वकप २०२६ अन्तर्गतका कुल १०४ खेलहरू हिमालय स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण हुनेछन् । ग्राहकहरूले ती खेलहरू डिशहोमका विभिन्न सेवा प्लेटफर्महरू– डिटिएच, आइपीटीभी, डिगो, केवल टिभी तथा टिटु टिभीमार्फत सहज रूपमा अवलोकन गर्न सक्नेछन्। इच्छुक ग्राहकहरूले आफ्नो नजिकको डिशहोम डिलरमार्फत वा डिशहोमको आधिकारिक वेबसाइटमार्फत सिजन पास खरिद गरी यस योजनाको लाभ लिन सक्नेछन् । साथै थप जानकारीका लागि डिशहोम ग्राहक सेवा केन्द्र ०१–५९७०३६५ मा सम्पर्क गर्न सकिनेछ । डिशहोमले विगतदेखि नै गुणस्तरीय डिजिटल मनोरञ्जन तथा सञ्चार सेवा प्रदान गर्दै आइरहेको छ । आगामी फिफा विश्वकप २०२६ लाई अझ विशेष र स्मरणीय बनाउने उद्देश्यसहित कम्पनीले ग्राहक केन्द्रित सेवा तथा सुविधालाई निरन्तर प्राथमिकतामा राख्ने जनाएको छ ।
विश्वकप सट्टेबाजी बजार ५० अर्ब डलर नाघ्ने अनुमान
काठमाडौं । आगामी विश्वकपले विश्वव्यापी सट्टेबाजी बजारमा अभूतपूर्व उछाल ल्याउने अपेक्षा गरिएको छ । सट्टेबाजी विज्ञहरूले प्रतियोगिताबाट मात्रै ५० अर्ब अमेरिकी डलरभन्दा बढी राजस्व सङ्कलन हुने अनुमान गरेका छन्, जसले यसलाई ‘सहरको सबैभन्दा ठूलो सर्कस’ जस्तो विशाल आर्थिक घटनाका रूपमा चित्रित गरेको छ । स्पोर्टराडारका प्रबन्धित व्यापार सेवाका प्रबन्ध निर्देशक ड्यारेन स्मलका अनुसार विश्वकप विस्तार, खेलाडी केन्द्रित सट्टेबाजी र डिजिटल प्लेटफर्महरूको वृद्धिले बजारलाई नयाँ उचाइमा पुर्याएको हो । उनका अनुसार कतार विश्वकपपछि टोली सङ्ख्या ३२ बाट ४८ मा विस्तार हुँदा सट्टेबाजी गतिविधिमा उल्लेखनीय वृद्धि हुने निश्चित छ । उनले अब परम्परागत टोली–आधारित सट्टेबाजीभन्दा पनि खेलाडीको व्यक्तिगत प्रदर्शन, सेलिब्रेटी प्रभाव र ‘प्लेयर प्रोप्स’ जस्ता विकल्पमा ग्राहकको रुचि तीव्र रूपमा बढेको बताए । यस अन्तर्गत गोल सङ्ख्या, पास, ट्याकलदेखि लिएर विशेष खेल परिस्थितिसम्ममा आधारित अनुकूल सट्टेबाजी विकल्पहरू लोकप्रिय बन्दै गएको उनको भनाइ छ । स्पोर्टराडारका अनुसार ग्राहकहरूले अब खेललाई कथात्मक शैलीमा हेर्ने गरेका छन्, जसमा गोलकर्ता, खेलको नतिजा र विशेष घटनाहरूलाई जोडेर ‘बेट बिल्डर’ तयार गर्ने प्रवृत्ति बढेको छ । अङ्ग्रेजी सट्टेबाज कम्पनी कोरलका जनसम्पर्क प्रमुख डेभिड स्टिभेन्सले आगामी विश्वकप अहिलेसम्मकै सबैभन्दा ठूलो सट्टेबाजी प्रतियोगिता बन्ने बताए । उनका अनुसार ‘बेट बिल्डर’ प्रणाली कम्पनीको सबैभन्दा छिटो बढिरहेको क्षेत्र हो, जसले युवा र नयाँ ग्राहकलाई आकर्षित गरिरहेको छ । स्मलका अनुसार स्पोर्टराडारसँग जोडिएका २५० खेल पुस्तक ग्राहकहरूबीच अर्जेन्टिना र फ्रान्समा सट्टेबाजीको उच्च प्रवाह देखिएको छ । तर इङ्ग्ल्यान्डप्रति पनि उल्लेखनीय चासो रहेको उनले उल्लेख गरे । डेभिड स्टिभेन्सका अनुसार इङ्ग्ल्यान्ड फ्रान्स र स्पेनपछि तेस्रो दाबेदारका रूपमा रहेको छ र थोमस टुचेलको नेतृत्वमा लामो प्रतीक्षाको अन्त्य भएमा सट्टेबाजहरूलाई ठूलो आर्थिक असर पर्न सक्नेछ । यद्यपि सट्टेबाजी बजारको विश्वव्यापी विस्तारले इङ्ग्ल्यान्डको जित अघिल्ला दशकहरूको तुलनामा कम आर्थिक जोखिमपूर्ण बन्न सक्ने विश्लेषण पनि गरिएको छ । खेलाडी विशेष सट्टेबाजीतर्फ किलियन एमबाप्पे र एर्लिङ हालान्ड शीर्ष गोलकर्ताका प्रमुख आकर्षण बनेका छन् । हालान्डमा मात्रै कुल सट्टेबाजीको २० प्रतिशतभन्दा बढी रकम लगानी भइसकेको बताइएको छ । यसैबीच, असामान्य तर रोचक प्रवृत्तिका रूपमा न्युजिल्यान्डका स्ट्राइकर बेन वेनसमेत शीर्ष गोलकर्ताको शीर्ष १० सम्भावित सूचीमा प्रवेश गरेपछि सट्टेबाजी विशेषज्ञहरूले यसलाई ‘असाधारण भए पनि रोचक’ भन्दै टिप्पणी गरेका छन् । विशेषज्ञहरूका अनुसार प्रतियोगिताको भौगोलिक विस्तारले पनि सट्टेबाजीमा प्रभाव पार्नेछ । युरोपका दर्शकका लागि समय क्षेत्रका कारण पश्चिमी तटका खेलहरू पछ्याउन कठिन हुने भए पनि दक्षिण अमेरिका, विशेषगरी ब्राजिल, बजार विस्तारको महत्त्वपूर्ण केन्द्र बन्ने अपेक्षा गरिएको छ । अमेरिका, क्यानाडा र मेक्सिकोमा हुने विश्वकपमा अमेरिकी टोलीप्रति कम विश्वास देखिए पनि ठूलो अपसेट भएमा राजनीतिक र सार्वजनिक उत्सवमा उच्च चासो देखिन सक्ने विश्लेषण गरिएको छ । सट्टेबाजी विशेषज्ञहरूले अमेरिकी जित सम्भव भएमा राष्ट्रपति डोनाल्ड ट्रम्पसमेत उत्सव केन्द्रमा रहने सम्भावनाबारे रोचक अनुमान व्यक्त गरेका छन् । रासस