काठमाडौं । नेपाल आर्थिक संघ र नेपालका वरिष्ठ उपाध्यक्ष डा भवानी प्रसाद ढुंगानाको नेतृत्त्वमा गएको संघको टोलीले माननीय अर्थ मन्त्री डा प्रकाश शरण महतलाई भेटी विभिन्न विषयमा जानकारी गराएको छ।
अगामी आर्थीक वर्ष २०८०/८१ को बजेट ल्याउन लागेको सन्दर्भमा, अनुसन्धानमा आधारित विषय वस्तुहरूलाई हृदयंगम गर्दै जनतालाई आशा जाग्ने किसिमले बजेट ल्याउन पर्ने कुरामा जोड दिइएको थियो ।
माननिय अर्थ मन्त्री डा प्रकाश शरण महतले नेपाल आर्थिक संघ देशको एक मात्र अर्थशास्त्रीहरूको सङ्गठन भएकोले सहकार्य गर्न तयार रहेको कुरा बताएका छन् । आर्थिक विषयमा जस्तै कृषि, रोजगारी बढाउन, उत्पादन बढाउन, पूँजीगत खर्च बढाउन, साथै अन्य विषयमा अनुसन्धान गरेर अगाडि बढ्न सक्दा धेरै उपयोगी हुने कुरा बताए ।
सोहि अवसरमा संघको तर्फबाट वरिष्ठ उपाध्यक्ष ढुंगानाले अर्थ मन्त्रीलाई मानार्थ सदस्यता प्रधान पनि गरेका थिए । उक्त अवसरमा उपाध्यक्ष्य प्रा डा गोबिन्द नेपालले अर्थ मन्त्रालय सँग सहकार्य गर्दै आएको बताउँदै अगामी दिनमा पनि आर्थिक क्षेत्रमा अनुसंधान जारी राख्ने कुरा बताए ।
त्यसैगरी, नेपाल आर्थिक संघका महासचिव डा गोपाल प्रसाद तिवारी देश विभिन्न जल्दा बल्दा आर्थिक विषयहरुमा नेपाल आर्थिक संघ सँग सहकार्य गर्दा त्यो पनि अनुसन्धान आधारित, सरकारलाई उयोगी बजेट आउन सक्छ । तेसैले अनुसंधानमा आधारित प्रतिवेदनहरू जसले देसको समग्र अर्थतन्त्र माथि उकास्ने सहयोग गर्ने र त्यस्मा अर्थ मन्त्रालयले राम्रोसंग अध्यान गरि बजेटमा समावेश गर्न सके वस्तुपरक हुने डा तिवारीले बताए ।
अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा पोश राज पांण्डेले नेपाल आर्थिक संघसँग सरकार पहिले देखिनै निति विश्लेषण तथा कार्यक्रम आयोजना गर्ने कार्यमा लागि परेको जनकारी दिए ।