काठमाडौं । बाइसौं धान दिवसको अवसर पारेर थुप्रै नेता तथा सांसदहरूको धान रोपाँइ तथा हिलो खेल्ने कार्यक्रम तय भएको बताएका छन् ।
राष्ट्रपति , उपराष्ट्रपति, प्रधानमन्त्री , दलका नेता तथा कृषिमन्त्रीले धान दिवशको उपलक्ष्यमा शुधकामना दिइसकेका छन् । अधिकांश सांसद र नेताहरूले हिलो खेल्ने र विभिन्न धान रोपाँइसँग सम्बन्धित कार्यक्रममा सहभागी हुने जनाएका छन् ।
नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवाली, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एमाले सचिव गोर्कण विष्ट, नेपाली कांग्रेसका नेता राजेन्द्र केसी लगायतका नेताहरू आज खेतमा भेटिने छन् ।
उपमहासचिव ज्ञवाली एमाले गुल्मी काठमाडौं सम्पर्क मन्चले फर्पिङ्गमा आयोजना गरेको धान रोपाइँ तथा हिलो खेल्ने कार्यक्रममा सहभागी हुने ज्ञवालीको सचिवालयले जानकारी दिएको छ । ज्ञवाली दिउसो २ वजे कार्यक्रम स्थलमा पुग्ने आयोजक संस्थाले बताएको छ ।
माओवादीका महासवि देव गुरुङ पनि उपत्यकाकै धानखेतमा हुनेछन । उनी आज पार्टीको कीर्तिपुरको स्थानीय कमिटीले आयोजना गर्ने रोपाइँ कार्यक्रममा आज मध्यान्ह १ बजे सहभागी हुन लागेका हुन् ।
कांग्रेस नेता रामहरि खतिवडाले आफू बिहान कीर्तिपुरको धान रोपाँइ तथा हिलो खेल्ने कार्यक्रममा सहक्भागी भएर सदन फर्किइसकेको बताउँछन् ।
एमाले सचिव विष्टले पनि पार्टीको सम्पर्क मञ्चको कार्यक्रममा फर्पिङ पुग्नै लागेको जानकारी दिए ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० का सांसद तथा कांग्रेस नेता राजेन्द्र केसी पनि कीर्तिपुरको टौदह र पुष्पलाल पार्कमा हुने धान रोपाइँ कार्यक्रममा उपस्थित हुने छन्।
विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय भएर २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।
देशको १३ लाख ९४हजार ९०७ हेक्टर भूमिमा धानखेती हुँदै आएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार देशभरि जम्मा १५ प्रतिशत मात्रै धान रोपिएको छ ।