विकासन्युज

तिहार बिदामा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने

काठमाडौं ।  तिहार पर्वको बिदामा सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुने भएको छ । तिहार बिदामा सर्वोच्च अदालत ११ बजेदेखि ३ बजेसम्म खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ । सर्वोच्चले जारी गरेको सूचनामा दीपावलीमा कात्तिक ७ गते भाइटीका र शनिबारको दिनबाहेक अरू दिन बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ हुने उल्लेख छ । ‘सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिन बाहेक अन्य दिनमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने छ,’ सूचनामा उल्लेख छ ।  

बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री

भक्तपुर । तिहार सुरु भएसँगै बारीदेखि बजारसम्म मखमली र सयपत्री फूलका मूल्य तेब्बर दरमा वृद्धि भएको छ ।      सोमबार लक्ष्मी पुजाको दिन सयपत्री फूल र माला तेब्बरभन्दा बढी मूल्यमा बिक्री भइरहेको छ । भक्तपुरको सबभन्दा बढी फूल उत्पादन हुने सूर्यविनायक नगरपालिका–७ गुण्डुमा किसानले एकसाता अगाडि ३०० रुपैयाँ प्रतिकिलो बिक्री गरेको सयपत्री फूल आज ७०० रुपैयाँ मा बिक्री गरेका छन् । व्यापारीले बजारमा त्यही फूललाई एक हजार रुपैयाँसम्ममा बिक्री गरेका छन् ।      एक किलो सयपत्री फूलको माला बजारमा एक हजार ५०० रुपैयाँमा व्यापारीले बिक्री गरिरहेको मध्यपुरथिमि नगरपालिका–५ संगम कोलोनी निवासी प्रकाश झाले बताए । उनले सोमबार एउटा सयपत्रीको माला एक हजार ५०० रुपैयाँका दरले खरिद गरेको जानकारी दिए ।      राधेराधे सडक पेटीमा गाडामा सयपत्री फूल र माला बिक्री गरेका व्यापारी प्रमिला लामाले हिजो आइतबारदेखि किसानले फूलको मूल्य वृद्धि गरेकाले महँगोमा बिक्री गर्नुपरेको बताए । उनले काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, पाँचखाललगायत क्षेत्रबाट खुला रूपमा गरिएको फूलखेतीको फूल एक साता अगाडि किलोको ३०० रुपैयाँमा बिक्री गरेकोमा आइतबार ६०० रुपैयाँमा आइपुगेकाले महँगोमा बिक्री गर्नुपरेको बताए ।      खुला रूपमा खेती गरेको सयपत्री फूल किलोको ८०० रुपैयाँ मा र भक्तपुरमा टनेलमा उत्पादन गरेका फूल किलोको एक हजार ३०० रुपैयाँमा सोमबार बिक्री भएको छ । भक्तपुरमा टनेलमा उत्पादन भएका सयपत्री फूल साता दिनसम्म नबिग्रने भएकाले महँगो भएको बताउँदै उनले मखमली फूलको प्रतिमाला १०० मा बिक्री गरेको जानकारी दिए ।      एक साता अगाडि किसानले घरघमा आएका व्यापारीलाई २५ देखि ३० रुपैयाँमा बिक्री गरेको मखमली फूलको माला आइतबारबाट किसानले नै ४० देखि ४५ रुपैयाँमा बिक्री गरेकाले व्यापारीले १०० रुपैयाँसम्ममा बिक्री गरेको बताए । दुई दिनमै फूल र मालाको मूल्य तेब्बर रूपमा वृद्धि भएको उनले बताए ।      गुण्डुकी पुष्प व्यवसायी गुण्डुको फूल गुणस्तरीय हुने भएकाले माग बढी रहेको बताउँदै यहाँको फूल किसानबाटै किलोको ४०० रुपैयाँ देखि ५०० सम्ममा बिक्री भएको बताए । बिचौलियाले फूल र माला बजार पुर्याउँदा उपभाक्तासम्म पुग्दा तेब्बरभन्दा बढीले मूल्य वृद्धि भएको उनको भनाइ छ ।      पुष्प व्यवसायी अनिता बस्नेतले यसवर्ष गुण्डुबाट मात्रै करिब पाँच करोडको फूल तथा माला बिक्री भएको जानकारी दिए । उनले सयपत्री फूल र मखमली फूलको माला गरी यसवर्ष पाँच करोड रुपैयाँभन्दा बढीको बिक्री भएको बताउँदै एउटै परिवारले एक लाख रुपैयाँदेखि पाँच लाखसम्मको फूल तथा माला बिक्री गरेको बताए । गुण्डुमा करिब ७०० रोपनी जग्गामा मखमली र करिब ३०० रोपनी जग्गामा सयपत्री फूलको खेती भइरहेको बताउँदै गुण्डुकै अर्का पुष्प व्यवसायी उर्मिला नगरकोटीले व्यापारी र बिचौलयाले गाउँ मै आएर फूल र माला खदिमा प्रतिस्पर्धा भएपछि किसानले मूल्य बढाएको जानकारी दिए ।      ​​​​​​​बजारमा फूल र मालासँगै लक्ष्मी पुजाको लागि आवश्यक मानिएको भोगटे र बिमिरोको मूल्य बढेको छ । भोगटे ६० रुपैयाँमा बिक्री हुँदै आएकोमा आज १५० रुपैयाँसम्ममा बिक्री भएको र बिमिरो ३० रुपैयाँमा बिक्री हँुदै आएकोमा आज १०० देखि १५० रूपैयाँमा बिक्री भइरहेको छ । बजारमा तिहारका लागि अत्यावश्यक मानिएको फूल, माला, भोगटे, बिमिरो, भाई मसला र फलफूलको मूल्य आकासिएपछि उपभोक्ता भने मारमा परेका छन् । रासस  

व्यवसायी प्रसिद्ध पाण्डेले २ अर्ब लगानीमा खोले सुविधा सम्पन्न रिसोर्ट, बेलायतको आईएचजीको व्यवस्थापन

काठमाडौं । सांग्रिला हस्पिटालिटी ग्रुपले चितवनको मेघौलीमा सुविधा सम्पन्न रिसोर्ट निर्माण गरेको छ । ग्रुपले लस्ट होराइजन सफारी रिसोर्ट एन्ड स्पा निर्माण सम्पन्नको अन्तिम तयारी गरिरहेको छ ।  कम्पनीले चितवनको मेघौलीमा लक्जरी होटल/रिसोर्ट निर्माण गरिरहेको छ ।  जुन नेपालको पहिलो राष्ट्रिय निकुञ्ज चितवन नेशनल पार्कको नजिक अवस्थित छ । यस परियोजनाका लागि कम्पनीले बेलायतको इन्टर कन्टिनेन्टल होटल ग्रुप (आईएचजी)सँग मार्केटिङ र म्यानेजमेन्ट सम्झौता गरेको छ । यो विश्वका प्रमुख होटल समूहहरूमध्ये एक हो । यस रिसोर्टमा ३८ प्लस २ (स्वीट) कोठाहरू रहनेछन् । दोस्रो चरणमा थप ४० लक्जरी कोठा निर्माण गर्ने योजना कम्पनीको छ ।  जुन डिसेम्बर २०२६ सम्म सो काम पूरा गर्ने लक्ष्य कम्पनीको छ ।  अहिले रिसोर्टको भौतिक कामहरं सम्पन्न भए पनि मेकानिकल, विद्युतीय तथा प्लम्बिङ र फिनिसिङ कार्यहरू जारी छन् । सुरुमा यो परियोजना निर्माणका लागि १ अर्ब २९ करोड ५० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिए पनि अहिलेसम्म लागत ४९ प्रतिशत बढेर कुल १ अर्ब ९२ करोड ६० लाख रुपैयाँ पुगेको बताइएको छ ।  कामको सुस्सताले लागत पनि बढेको बताइएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले नयाँ लागत संरचना अनुसार ऋण–इक्विटी अनुपात करिब ७२ः२८ रहेको उल्लेख गरेको छ । सन् २०२५ जुनसम्म आवश्यक इक्विटीको करिब ५६ प्रतिशत अर्थात् ३० करोड रुपैयाँमात्र लगानी भइसकेकाले वित्तीय जोखिम मध्यम रहेको इक्राले विज्ञप्तिमा उल्लेख गरेको छ । कम्पनीले ९३ करोड ३० लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेको छ । जसका लागि कम्पनीले दीर्घकालीन ऋणका लागि एलबी प्लस र खल्पकालिन ऋणका लागि ए फोर रेटिङ पाएको छ ।  चितवनको मेघौली क्षेत्रमा धेरै होटलहरू सञ्चालनमा आइसकेकाले प्रतिस्पर्धा तीव्र हुँदै गएको विज्ञप्तिमा उल्लेख छ । ऋण भार कम भएका पुराना र स्थापित होटलहरूले मूल्यमा दबाब सिर्जना गर्न सक्ने भएकाले नयाँ परियोजनाको अफटेक जोखिम बढ्न सक्ने रेटिङ एजेन्सीको भनाइ छ ।  सांग्रिला हस्पिटालिटी ग्रुपले काठमाडौं र पोखरामा होटल सञ्चालन गर्दै आएको छ । कम्पनीका लगानीकर्ता प्रसिद्ध बहादुर पाण्डे हुन्, जो सांग्रिला हस्पिटालिटी ग्रुपका सञ्चालक हुन् ।  सन् २०२२ डिसेम्बरमा होटल व्यवस्थापनका लागि लस्ट होराइजन र आईएचजीबीच सम्झौता भएको थियो । सम्झौताअनुसार रिसोर्ट इन्टरकन्टिनेन्टल रिसोर्ट चितवन मेघौली ब्राण्डमा सञ्चालन हुने भएको छ । सांग्रिलाले पोखराको बेगनासमा पनि लक्जरी रिसोर्ट बनाएको छ ।  सांग्रिला हस्पिटालिटी ग्रुप होटल क्षेत्रमा परिचित छ । जसको संस्थापक श्यामबहादुर पाण्डे हुन् । उनको गत वर्षमात्रै निधन भएको थियो । अहिले उनका दुई छोराहरु प्रसिद्ध र प्रवीणले उनको व्यवसाय सम्हालिरहेका छन्। 

तिहार लागेसँगै सुनसान देखिए उपत्यकाका सडक

काठमाडौं । तिहार शुरु भएसँगै काठमाडौं उपत्यकाका सडकहरु सुनसान देखिन थालेका छन् । साेमबार तिहारको तेस्रो दिन कुकुर तिहार मनाइँदैछ ।  तिहारमा केही काठमाडौंलाई कर्मथलो बनाएर बसेकाहरु गाउँ फर्किएका छन् भने कोही कार्यालय बन्द हुँदा घरमै आराम गरिरहेका छन् । जसकारण पनि उपत्यकाका सडकमा सुनसान देखिन्छ । सडकमा सवारीसाधनहरुको चाप धेरै कम रहेको छ । मानिसहरु बजारमा सामान किनमेलमा व्यस्त देखिन्छन् । तिहार नेपालीहरुको बडा दशैँपछिको दोस्रो ठूलो चाड हो ।

आन्दोलनरत नर्सका समस्या समाधान गर्न सात वटै प्रदेशमा कार्यदल गठन

काठमाडौं । संघर्षरत नर्सहरूको समस्या सम्बोधन गर्न सरकारले सातवटै प्रदेशमा कार्यदल गठन गर्ने भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सात वटै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको हो । नेपाल नर्सिङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशको स्वास्थ्य हेर्ने मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र आन्दोलनरत नर्स प्रतिनिधि समेतको कार्यदल ७ वटै प्रदेशमा गठन गर्ने र सो कार्यदलले स्थलगत अनुगमन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने निर्णय भएको जनाइएको छ ।  प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीस्तरीय निर्णयबाट नर्सिङहरूको सेवा, सुविधाका विषयमा छलफल गर्न समिति गठन गरेकी थिइन् । जसमा प्रधानमन्त्री कार्कीले अल्पकालीन एवं दीर्घकालीन सुझावसहितको कार्यान्वयन योजना प्रतिवेदन ७ दिनभित्र पेस गर्नुपर्ने बताएकी छन् ।  समितिको दोस्रो बैठक कात्तिक ९ गते बिहान ११ बजे बोलाइएको छ । उक्त बैठकमा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन्ससहित निजी क्षेत्रका प्रतिनिधिलाई पनि अनिवार्य उपस्थित हुन समितिले भनेको छ।

नर्सहरूको पारिश्रमिक बढाउन माग गर्दै नर्सिङ संघले गर्यो आन्दोलनको घोषणा

काठमाडौं । निजी अस्पतालमा कार्यरत आन्दोलनरत नर्सहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नेपाल नर्सिङ संघले आन्दोलनका कार्यक्रम  घोषणा गरेका छन् । आइतबार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आफ्ना मागहरू पुरा पेश गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । आन्दोलन कार्यक्रम अन्तर्गत कार्तिक ४ गते मंगलबारदेखि ११ गते सम्म देश भरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरूमा कालो पट्टी बाँधेर काम गर्ने जनाइएको छ । यस्तै १२ गतेदेखि १८ गते सम्म दिनको २ घण्टा अत्यावश्यक सेवा बाहेकका नर्सिङ सेवा बन्द गर्ने, १८ गते सम्म मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन अनुसार थप कार्य तालिका प्रकाशित गरिने नर्सिङ संघले जनाएको छ ।  संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पत्राचार भए अनसार निजी अस्पताल तथा शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक र सेवा सुविधा नेपाल सरकार सरह नघट्ने गरी प्रदान गर्नुपर्ने, हाल सम्म श्रमिकको रुपमा हेरिएको दक्ष नर्सिङ जनशक्तिलाई स्वास्थ्य ऐन अन्तर्गत व्यवस्थापन गरिनुपर्ने माग राखेका छन् ।  यति गर्दा पनि अटेरी भएमा कडा आन्दोलन गर्ने नर्सिङ संघका महासचिव देवका आचार्यले बताइन् । उनका अनुसार आइतबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ । निजी अस्पताल तथा मेडिकल सञ्चालकहरू बैठकबाट निस्केपछि छलफल निष्कर्षमा पुग्न सकेन ।

आज पनि बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको छ । आज सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो आइतबार प्रतितोला दुई लाख ५३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । त्यस्तै, आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर तीन हजार २८० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार २५५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।  

डलर कमजोर, सुन बलियो ! विश्व बजार किन सुनतिर दौडिरहेको छ ?

काठमाडौं ।  सुनको मूल्य प्रतिऔंस ‍‍४ हजार ३०० अमेरिकी डलर माथि पुगेको छ । यसले यो वर्षको असाधारण वृद्धिदरलाई ६० प्रतिशतभन्दा बढी पुर्‍याएको छ । यो वृद्धिदर विश्लेषकहरूको अनुमानभन्दा निकै छिटो भएको हो । सन् २०२४ को सुरुमा सुरु भएको वृद्धिदेखि हालसम्म सुनको मूल्य लगभग दोब्बर भइसकेको छ । सुनको मार्केट क्याप ३० ट्रिलियन डलरभन्दा माथि पुगेको छ । विश्व इतिहासमा पहिलो पटक कुनै एसेट (सम्पत्ति) यो स्तरमा पुगेको हो । सुनको वर्चस्व कति बलियो छ भन्ने कुरा यसैबाट बुझ्न सकिन्छ कि यसको मार्केट क्याप अहिले विश्वकै सबैभन्दा मूल्यवान कम्पनी एनभीडीयाको भन्दा सात गुणा बढी छ । सुनको चर्को मूल्यवृद्धि सँगै विभिन्न देशमा सुन किन्नेहरू सुन व्यापारीका पसल अगाडि लामो लाइनमा उभिएका देखिएका छन् । वास्तवमा सुनको मूल्य पछिल्ला केही वर्षदेखि नै लगातार उकालो लागिरहेको छ – यी हालका कारणहरू देखा पर्नु अघि नै । सबैभन्दा ठोस कारण भनेको सुनसँग सम्बन्धित एक्सचेन्ज–ट्रेडेड फन्ड (ईटीएफ) हरूबाट बढ्दो माग हो । ईटीएफ बजारमा कारोबार गर्न मिल्ने यस्तो लगानी कोष हो, जसले लगानीकर्तालाई एकैपटक धेरै सम्पत्तिमा लगानी गर्ने अवसर दिन्छ । यी फन्डहरूले सुन, सेयर वा बन्डजस्ता सम्पत्तिहरूको मूल्य चाल ट्र्याक गर्छन् र सेयर बजारमा कारोबार गर्न सकिन्छ । यसले लगानीकर्ताहरूका लागि सुनजस्ता वस्तुमा लगानी गर्न सजिलो बनाएको छ । २००३ मा पहिलो सुन ईटीएफ सुरु हुनुअघि सामान्य लगानीकर्ताले सुनमा प्रत्यक्ष लगानी गर्न कठिन मानिन्थ्यो । तर अहिले सुन ईटीएफ सजिलै उपलब्ध भएकाले सुनलाई अरू वित्तीय सम्पत्तिजस्तै किनबेच गर्न सकिन्छ । यसले सुनलाई केवल ‘सुरक्षित सम्पत्ति’ का रूपमा होइन, लाभदायक लगानीका रूपमा पनि हेर्ने दृष्टिकोण बदल्दैछ । पहिलो विश्वका धेरै देशका केन्द्रीय बैंकहरूले आफ्ना विदेशी मुद्रासञ्चय (रिजर्भ) मा सुनको हिस्सा बढाइरहेका छन् । त्यसैले पनि सुनको मूल्य बढिरहेको हो । त्यस्तै, अमेरिकी फेडरल रिजर्भले नीतिगत ब्याजदर घटाउने अपेक्षा र अमेरिकी डलर कमजोर हुँदै गएपछि लगानीकर्ताहरू सुरक्षित विकल्पका रूपमा सुनतर्फ आकर्षित भइरहेका छन् । चीन र रसियाको मागले सुन अझै तातियो खुद्रा लगानीकर्ताका अतिरिक्त केही उदाउँदो अर्थतन्त्रहरू— विशेषगरी चीन र रसियाले आफ्नो विदेशी मुद्रा सञ्चिति अमेरिकी डलरबाट सुनमा स्थानान्तरण गर्न थालेका छन् । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) का अनुसार उदाउँदो बजारहरूमा केन्द्रीय बैंकद्वारा सञ्चित सुनको मात्रा २००६ देखि हालसम्म १६१ प्रतिशतले बढेर करिब १० हजार ३०० टन पुगेको छ । तुलनाका लागि १९५५ देखि २००५ सम्म ५० वर्षमा यो वृद्धि केवल ५० प्रतिशत मात्र थियो। शोधहरूले देखाउँछ — यो रूपान्तरणको कारण अमेरिकी डलर, युरो, येन र पाउण्डजस्ता प्रमुख मुद्राहरू प्रयोग गर्ने मुलुकहरूले लगाएका वित्तीय प्रतिबन्धहरू हुन् । रसियाले सन् २००६ देखि नै सुन किन्ने कार्य तीव्र पारेको हो र २०१४ मा क्राइमिया कब्जा गरेपछि अझ बढाएको हो । अहिले त्यसले विश्वकै ठूला सुन भण्डारहरूमध्ये एक राखेको छ। उता चीनले पनि अमेरिकी सरकारी बन्डहरू बिक्री गर्दै सुन किन्ने क्रम तीव्र पारेको छ । यो प्रक्रिया ‘डि–डलराइजेसन’ भनेर चिनिन्छ । यसको उद्देश्य अमेरिकी मुद्रामा निर्भरता घटाउने हो । यसै क्रममा उदीयमान अर्थतन्त्रहरूले पश्चिमी मुद्राहरूमा सम्भावित वित्तीय प्रतिबन्धको जोखिम देखेका छन् । सुनमा यस्तो जोखिम हुँदैन । त्यसैले भविष्यमा वित्तीय प्रतिबन्ध नीतिगत रूपमा कम प्रभावकारी हुन सक्छ । सुन अझै बढ्न सक्छ ? रसिया र चीनको मागका साथै ईटीएफमा लगानीकर्ताको आकर्षणले सुनको मूल्य अझै बढ्न सक्ने सम्भावना छ । यी दुई कारणले दीर्घकालीन रूपमा सुनको माग बलियो बनाउँछन् । मूल्य बढ्दै जाँदा गुमाइने डरको प्रभावले ईटीएफमा अझ बढी लगानी बढाउँछ । विश्व सुन परिषदका अनुसार सेप्टेम्बर महिनामा रेकर्ड तोड्ने गरी ईटीएफमा लगानी भित्रिएको छ । सेप्टेम्बर त्रैमासमा मात्र २६ अर्ब अमेरिकी डलर बराबर सुन ईटीएफमा पुगेको थियो, जबकि २०२५ का पहिलो नौ महिनामा कुल ६४ अर्ब अमेरिकी डलर प्रवाह भएको छ । केन्द्रीय बैंकहरूको माग भने मूल्यभन्दा बढी भू–राजनीतिक कारणले निर्धारण हुने भएकाले यो माग अझै स्थिर रहन्छ । यी सबै संकेतका आधारमा गोल्डम्यान स्याच्सका विश्लेषकहरूले सुनको मूल्य लक्ष्य पुनः संशोधन गर्दै सन् २०२६ को अन्त्यसम्म प्रतिऔंस अमेरिकी डलर ४ हजार ९०० पुग्ने अनुमान गरेका छन् । मस्कले पाउने इतिहासकै ‘सबैभन्दा ठूलो कर्पोरेट तलब प्याकेज’मा आईएसएसको अवरोध अमेरिका–चीनबीचको आर्थिक द्वन्द्वले विश्व बजार अस्थिर बनाउने संकेत