विकासन्युज

सामसङको आधिकारिक सेवा केन्द्र नारायणघाटमा

काठमाडौं । सामसङले आधिकारिक सेवा केन्द्र नारायणघाटको तेजमान प्लाजा, पुल्चोकबाट लायन्स् चोक, नारायणघाट, केएलमलको देश्रो तल्लामा शुरु गरेको छ । सो केन्द्रको उद्घाटन आइएमएस सेल्स हेड रामश्रेष्ठ र आईएमएस सर्भिस म्यानेजर कुनाल गुरुङले गरेका छन् । कार्यक्रममा बोल्दै आईएमएस सेल्स हेड श्रेष्ठले ग्राहकहरुलाई, विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै आईएमएसको मुख्य उदेश्य रहेको बताएका छन् । प्रत्येक सेवा केन्द्रको स्थापनासंगै धेरै भन्दा धेरै सामसङ स्मार्ट फोनका ग्राहकहरुलाई बिक्रि पछिको सेवा प्रदान गरिने उनले बताए ।

हुण्डाईले लन्च गर्यो नयाँ ईलेक्ट्रीक कार, मूल्य ५२ लाख ५६ हजार रुपैयाँ

काठमाडौं । हुण्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रा.लि.ले नेपाली बजारमा नयाँ ईलेक्ट्रीक कारको लन्च गरेको छ । कम्पनीले नेपाल अटोमोबाइल डिलर्स एशोसियशन (नाडा) अटो शोको अवसरमा ‘हुण्डाई आईओनिक’ नामक नयाँ ईलेक्ट्रीक कार बजारमा भित्र्याएको हो । इलेक्ट्रीक गाडीको सेग्मेन्टकै पहिलो गाडी आईओनिकको बजार मूल्य ५२ लाख ५६ हजार रुपैयाँ तोकिएको छ । एक पटक फुल चार्ज गरेपछि यो गाडी २५० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ । विद्युतीय गाडीको विस्तारका लागि हुन्डाईले विभिन्न स्थानमा चार्जिङ सेन्टर स्थापना गर्ने लक्ष्य लिएको छ । यो कार १ रुपैयाँ ५० पैंसा बराबरबको विद्युतको चार्जले १ किलोमिटर गुड्ने कम्पनीको भनाई छ । कम्पनीका अनुसार यो कार ३ प्रकारको चार्जरबाट चार्ज हुन्छ । स्टेप १ को चार्जरले चार्ज गर्दा १०–१२ घन्टा, स्टेप २ को चार्जरले चार्ज गर्दा ४ घन्टामा फुल चार्ज हुन्छ र स्टेप ३ को चार्जरले ३० मिनेटमा ८० प्रतिशत चार्ज हुन्छ ।

दशैंमा नयाँ जुत्ताः नेपाली जुत्ता घर जानुस् ५० प्रतिशतसम्म छुट पाउनुस्

काठमाडौं । के तपाई दशैंमा नयाँ जुत्ता किन्ने सोचमा हुनुहुन्छ ? त्यसो भए नेपाली जुत्ता घर जानुस् जहाँ पाउनु हुनेछ ५० प्रतिशतसम्म छुट । स्वदेशी लगानी, स्वदेशी शिप र स्वदेशी परिश्रमबाट निर्मित नेपाली जुत्ताहरुमा ६ महिनाको वारेन्टीसहित २० देखि ५० प्रतिशतसम्म छुट पनि उपलब्ध छ । नेपाली जुत्ता घरमा ४ सय रुपैंयाँदेखि ५ हजार मूल्यसम्मका जुत्ता पाइन्छन् । ‘सबै नेपालीका खुट्टामा नेपाली जुत्ता होस भन्ने हाम्रो कामना हो, दशैंमा नयाँ जुत्ता किन्नेहरुले नेपाली जुत्ता लगाएर स्वदेशी उत्पादनलाई माया गरुन भनेर ५० प्रतिशतसम्म छुट दिएका छौं’, जुत्ता घर प्रालीका अध्यक्ष होमनाथ उपाध्यायले भने । नेपाली जुत्ता घर अब तपाईको नजिकैसम्म आईपुगिसकेको छ । काठमाडौं उपत्यका र पोखरामा गरि ६ वटा आउटलेट विस्तार भैसकेका छन् । काठमाडौंमा जमलको नाँचघरमा, माछापोखरीको बुद्धमलमा शोरुम छ । महाराजगंज चक्रपथबाट गंगाला अस्पताल जानेबाटोमा १०० मिटर अगाडी दायाँ तर्फ छ, बागबजारमा अद्धैत मार्गस्थितमा(विश्वभाषा क्याम्पस पछाडी), कुमारीपाटीमा कुमारी बैंकको ठिक अगाडी नेपाली जुत्ता घरका आउटलेट छन् । पोखरामा सिद्धार्थ चोक स्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । नेपाली जुत्ता घरमा बिएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विंग्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिन्छ । एकापसमा प्रतिष्पर्धा गरिरहेका नेपाली ब्राण्डहरुले सामुहिक बिक्रि केन्द्रको अवधारणामा जुत्ता घरको आरम्भ गरेका हुन् । ‘नेपाली जुत्ता पारखीहरुका लागि सबै कम्पनीका जुत्ताहरु एकै ठाउँमा किन्ने अवसरका लागि हामीले जुत्ता घर खोलेका थियौं, दशैंमा सुबिधा पनि दिनुपर्छ भनेर छुट अफर पनि ल्याएका छौं’, उपाध्यायले भने । बजार विस्तारमा प्रतिष्पर्धा गरिरहेका ब्राण्डहरुले एउटै शोरुमबाट आ आफ्ना उत्पादनहरुको प्रवद्र्धन गरिरहेका छन् ।

पन्चर ग्यारेन्टी र आयु मेसिनबाटै हेर्न मिल्ने टायर ल्याउँदै छौं: सुरेन्द्रकुमार उप्रेती

सुरेन्द्रकुमार उप्रेती, कोषाध्यक्ष नाडा, प्रवन्ध निर्देशक एसटीसी हामीले विगत १९ वर्षदेखि नेपालमा विभिन्न ब्राण्डका टायर, ट्यूव, स्पेयर र ल्यूव जस्ता सवारी साधनमा लाग्ने पार्टपुर्जाहरु नेपाली बजारमा बिक्री गर्दै आइरहेका छौं । हामीले नेपाली बजारका ९० प्रतिशत हिस्सा ओगटेका छौं । ल्यूब्रिकेन्ट व्यवसायबाट सुरु गरेर १४ वटा कम्पनी विकास गरिसकेका छौं । हाम्रो ४ प्रदेशमा शाखा रहेको छ । ति शाखाबाट करिब ५०० खुद्रा बिक्रेतालाई सेवा दिइरहेका छौं । त्यस्तै १२४ भन्दा बढी हाम्रा डिलरहरु रहेका छन् । बजारमा उत्पादन राम्रो भएर नै हाम्रा ग्राहक सन्तुष्ट रहेका छन् । हामी सेवा प्रदायक कम्पनी भएकाले अरुले भन्दा राम्रा सेवा प्रदान गर्दै आइरहेका छौं । कम्पनीलाई डिजिटल मोडलमा सञ्चालन गरिरहेका छौं । कुनैपनि ग्राहकले हाम्रो सामाग्री बुकिङ गर्नु परेमा एप्सबाटै गर्न सक्नेछन् । अनलाइनमा हाम्रो सम्पुर्ण उत्पादनको बारेमा उल्लेख गरिएको सोहि मेन्यू हेरेर अर्डर गर्न सक्छन् । हामीसँग रहेका सबै ग्राहकहरु गुणस्तरमा नै विश्वास गरेका हुन्छन् । यदि कुनै टायर करौतिले काटेर ल्याए पनि हामी सजिलै परिवर्तन गर्दिन्छौं । हाम्रो उत्पादनमा हामी पुर्ण ग्यारेन्टी दिन्छौं । टायर भनेको खिएर सकिनु पर्छ, यो अन्य कुनै कारणले सकिनु हुदैंन । ग्राहकले खिएको मात्र पैसा तिर्ने हो, अरु हामी ग्यारेन्टी गर्दछौं । हामीले स्कुटरदेखि अटो रिक्सासम्म सबै किसिमका सवारी साधनको टायर बिक्री वितरण गर्दछौं । हामीले ट्यूव ट्यूवलेस सबै प्रकारका टायरहरु बिक्री गर्दै आएका छौं । नेपालमा पहिलो पटक २ प्रकारका टायर ल्याउँदैछौं । जुन १०० प्रतिशत पन्चर प्रुफ, तपाईले किला ठोकेर निकाल्दा पनि केहि नहुने टायर ल्याउँदैछौं । अर्को हामीले टायरभित्र यस्तो सेन्सर जडान गर्दैछौं जसले टायर कुन कन्डिसनमा गुडिरहेको छ भन्ने जानकारी दिन्छ । अहिलेकै अवस्थामा टायर कति किलोमिटर गुड्न सक्छ भन्ने कुरा सबै अग्रिम थाहा पाउन सकिन्छ । टायर कति पटक खाल्डाखुल्डीमा पर्यो भन्ने सबै रेकर्ड हुन्छ । यसको लागि अहिले हामीले जर्मनमा टेष्ट गरिरहेका छौं । यो प्रविधिको टायर नेपालमा आइपुग्न ८ महिना जति लाग्नेछ । संख्याको हिसाबले मोटरसाइकलको टायर बिक्री हुने भएपनि हेभी सवारी साधनको टायरले नै धेरै व्यापारको भाग ओगट्ने गर्दछ । मोटरसाइकलमा २ वटा मात्रै टायर लाग्छ । उदाहरणको लागि एउटा समान्य ट्रकमा १२ वटा टायर लाग्छ । यो वर्ष हामीले नाडा अटो शोमा भाग लिएनौं । विगतका वर्षहरुमा हामीले राखेका थियौं तर कम्पनीको मापदण्ड पुरा गर्न नसक्दा हामी समस्यामा पर्यौ । (कुराकानीमा आधारित)

कतै तपाईंलाई एक्जाम फोबिया त भएको छैन ?

काठमाडौं। विनाकारण वा कुनै स्थिति-परिस्थितिहरूको सामना गर्नुपर्दा आवश्यकभन्दा बढी भयभीत हुने रोगलाई फोबिया भनिन्छ। हामी सबैजना एक न एक प्रकारको चिन्ताबाट हरेक दिन गुज्रीरहेका हुन्छौ। यस्ता चिन्ता डरहरु मानिसको अगाडी यस्तो समयमा उत्पन्न हुन्छ जुन समयमा मानिस रहिरहेको वातवरण तनाबमा हुन्छ जस्तै परिक्षा। परिक्षा यस्तो समय हो जतिबेला हामीले नचाहे पनि माहोल तनावयुक्त आँफै बनिदिन्छ। यो प्राय तपाईं हामी सबैले देख्दै आईरहेका पनि हौ कि परिक्षाको समयमा विद्यार्थीहरु अचानक आँफै कमजाेर महसुस गर्छन् र हरेक प्रश्नको उत्तर गलत भएको महसुस गर्छन्। परीक्षा फोबिया अधिकांश विद्यार्थीहरूमा पाइने मानसिक समस्या हो। परीक्षाको समयमा विद्यार्थीहरु अत्यन्तै चिन्तित हुने र कसरी अध्ययन गर्न, कसरी राम्रो गर्ने र राम्रो ग्रेड प्राप्त गर्न भनेर योजनाहरू बनाउँदछन्। केही विद्यार्थीहरूलाई परीक्षा यस्तो गार्हो लाग्छ कि उनीहरु बिरामी समेत हुने गर्दछन् किनभने उनीहरु परीक्षासँग सामना गर्न डराउँछन्। परिक्षा फोबिया भएका मानिसहरुलाई परिक्षाको समयमा पसिना आउने, मुटुको धड्कन तीब्र हुने जस्ता लक्षण देखिन सक्छन् जसको कारण उनीहरुले पुरै परिक्षा पनि बिगार्न सक्छन्। के हो परिक्षा फोबिया? – आगामी परिक्षाहरूको बारेमा धेरै चिन्ता – मूल्याङ्कन हुने डर – परिणाम नराम्रो हुन्छ भन्दै आँफै सोच्दै चिन्ता गर्नु – धेरै विद्यार्थीहरूको अनुभव सम्भावित कारण १. वातावरणीय कारण – आमाबाबुको उच्च अपेक्षा – आमाबाबुले आफ्नो अपुरा सपनाहरु छोराछोरीलाई लागू गर्नु चाहनु – आमाबाबुले बच्चाको स्कोर मार्फत उच्च सामाजिक स्थितिको लागि प्रतिस्पर्धा गर्नु – आमाबाबुले छोराछोरीहरुलाई सधैं अरुको छोराछोरीहरुसँग दाँज्नु – शिक्षकसँगको डर – शिक्षकहरूबाट हुने अपमानजनक टिप्पणीहरूबाट डराउनु २. गलत अध्ययन गर्ने तरिका – कोर्सबुक कण्ठ पार्ने प्रयास गर्नु – नोटहरु नबनाउनु – एकपटक अध्ययन गरेको कुरा फेरी दोहोराएर नपढ्नु – परिक्षाको अघिल्लाे रातभर बसेर पढ्नु – विषयवस्तु नबुझी अध्ययन गर्नु ३. मनोवैज्ञानिक कारणहरु – नकारात्मक विचार र आफुले आफुलाई कमजोर सोच्नु – परिक्षालाई ठुलो बोझको रुपमा लिनु – कमजोर आत्मबल – आफुले जती गरे पनि बिफल हुन्छु भन्ने सोच्नु – हारसँगको डर – परीक्षा र परिणामहरूको बारेमा नकरात्मक हुनु – परिक्षामा राम्रो अंक नल्याए बेईज्जत हुने सोच परिक्षा फोबियाको लक्षणहरु परिक्षा फोबियाको लक्षणहरु सामान्य नर्भस हुनु देखी लिएर अचानक प्यानिक अट्याक पनि हुने हुन्छ जसले परिक्षा नै बिग्रिन सक्छ। १. शारीरिक लक्षणहरू – टाउको दुख्नु,पेट दुख्नु, अत्याधिक पसिना आउनु, मुटुको धड्कन बढ्नु, बेहोसी महसुस गर्नु जस्ता सबै लक्ष्ण देखिन सक्छन्। परिक्षा फोबियाले तपाईंलाई प्यानिक अट्याक आउन सक्छ जसको कारण तपाईंलाई सास फेर्न असहज बनाउछ। २. भावनात्मक लक्षणहरू – रिस उठ्नु, कमजोर महसुस गर्नु र निराश हुनु परिक्षा फोबिया प्रति हुने सामान्य भावनात्मक प्रतिक्रिया हुन। ३. व्यावहरीक लक्षण – पढाईमा एकाग्रता ल्याउन नसक्नु, नकरात्मक सोच्नु, आफुलाई अरुसँग दाँज्नु परिक्षा फोबियामा देखिने व्यावहरीक लक्षण हो। परीक्षाको लागि कसरी तयारी गर्ने १. नियमित अध्ययन गर्ने बानीहरू विकास गर्नुहोस् – नियमित रुपमा कक्षाहरुमा भाग लिने, सबै गृहकार्यहरु समयमा गर्ने, नोटहरु राम्रोसँग तयार गर्ने, स्कुल कलेजको हरेक कार्यमा संलग्न हुने। एकटक पढिसकेको कुरा फेरी दोहोर्याएर पढ्नलाई पर्याप्त समय छुट्टाउनुहोस् जसकारण परिक्षाको समयमा आतिनु नपरोस। अन्तिम समयमा आएर पढ्ने बानी हटाउनुहोस्। २. आहारको महत्वलाई पनि ध्यान दिनुहोस् – परीक्षाको समयमा तपाईं आफ्नो आहारको सन्तुलनको बारेमा सावधान रहनु जरुरी छ। खानामा चाहिने तत्वमा कमी आए त्यसले तपाईंको क्षमतामा असर गर्नसक्छ। ३. पर्याप्त सुत्ने – परिक्षाको समयमा पर्याप्त निन्द्रा पनि एकदमै जरुरी हुन्छ। धेरै वा थोरै सुत्दा पनि त्यसले तपाईको क्षमतामा असर गर्ने गर्छ। ४. ब्रेक लिदै पढ्नुहोस् – बीचमा छोटो ब्रेक लिँदै पढ्नुहोस्। यो समयमा आफ्नो परिवारको साथ आफ्ना भावनाहरू साट्नुहोस् र आफ्नो मानसिक अवस्था कुराहरु गर्नुहोस्। परिवारको साथ समय बिताउँदा ठूलो तनाव कम हुने गर्दछ। ५. तालिका बनाएर पढ्ने बानी गर्नुहोस् तपाईंको अध्ययनको लागि एक समय छुट्याउनुहोस् र यस समयमा ध्यान दिएर पढ्ने गर्नुहोस्। समय तालिकालाई लचीला राख्नुहोस् ताकि तपाईलाई आवश्यक परेको खण्डमा अरु कार्य गर्न पनि सम्भव रहोस्। ६. हरेक दिन लामो लामो सास फेर्ने गर्नुहोस् ध्यान गर्ने बानी तपाइँको चिन्ता कम गर्नसक्ने एकदमै राम्रो उपाय हो। प्रतिदिन कम्तिमा १० मिनेट मनन् गर्न बानी बसाल्नुहोस्। यसले तपाईंको एकाग्रता शक्ति बढाउँन मद्दत गर्दछ। ७. मनोबैज्ञानिक डाक्टरसँग सल्लाह लिनुहोस् यदि तपाईंको चिन्ता अनियन्त्रित हुन्छ भने मनोवैज्ञानिक वा चिकित्सकलाई परामर्श गर्न संकोच नगर्नुहोस् । डा.मान्सी आर्या

काठमाडौं स्टिलको एफई ५०० ब्राण्डका फलामे छड पुनः बजारमा

  काठमाडौं । काठमाडौं स्टिल प्राइभेट लिमिटेडको नेपाल गुणस्तर चिन्ह अंकित एफई ५०० ब्राण्डका गुणस्तरीय फलामे छड पुनः बजारमा आएको छ । ब्राण्डमा प्राविधिक त्रुटी आएपछि कम्पनीले स्टिलकाे बजारमा बिक्री वितरण गरेको थिएन । कम्पनीले हाल दुई उत्पादकहरु एफई ५०० र एफई ५००डी ब्राण्डका फलामे डण्डीहरु उत्पादन गरिरहेको छ । कम्पनीले उत्पादनहरुमा मानविय वा प्राविधिक त्रुटीका कारण कुनै कमी कमजोरी पाईएमा बिक्री प्रवन्धक मार्फत जानकारी गराउन आग्रह गरेको छ । कम्पनीले उपभोक्ताको हितलाई उच्च प्राथमिकता दिई गुणस्तरीय उत्पादनलाई पुनः बजारमा ल्याएको हो ।

निजगढ विमानस्थल बनाउन दुई लाख रुख काटिने

काठमाडौं । सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया अगाडि बढेपछि वातावरण विनाश हुने भन्दै हल्ला चलाइएपछि सरकारले वातावरणीय रुपमा कम क्षति हुने गरी मात्रै आयोजना शुरु गर्ने जनाएको हो । सो विमानस्थलको कूल क्षेत्रफल ८ हजार हेक्टर भएपनि विमानस्थलका लागि २ हजार हेक्टर मात्रै प्रयोग गरिनेछ ।विमानस्थलको पेरीफेरीमा अत्याधुनिक शहरसहितका संरचना निर्माण गर्न उक्त परिमाणको जमिन आवश्यक पर्दछ । सरकारले अन्तर्राष्ट्रिय स्तरमै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल जस्तै निजगढलाई ‘हब’ बनाउन खोजेको छ । छिमेकका २२ मुलुकको ट्रान्जिट बनाउने गरी तयारी गरिएको छ । वातावरणीय प्रभाव मूल्यांकन सकिएको, निर्माण ढाँचाका विषयमा समेत करिब करिब सहमति हुने अवस्थामा पुगेपछि वातावरण संरक्षणको नाममा अनावश्यक चलखेल सुरु भएको छ । विसं २०५१ मा त्यस्तै हल्ला चलाएर अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण हुन नदिइए जस्तै यतिखेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका सम्बन्धमा पनि वातावरण विनाश हुने र त्यसले ठूलो भयावह सिर्जना गर्ने तर्क गर्न थालिएको छ । ७ लाख बढी रुख काटिने र त्यसले वातावरणीय रुपमा ठूलो जोखिम निम्त्याउने तर्क शतप्रतिशत गलत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताए । मन्त्री अधिकारीले भने, “विमानस्थलका लागि तत्काल २ हजार हेक्टर जमिन आवश्यक पर्दछ । १ लाख ९५ हजार रुख मात्रै काटिन्छ । कमभन्दा कम वातावरणको क्षति गरेर विमानस्थल निर्माण गर्ने योजना छ । वातावरण विनाश हुन्छ भनेर गरिएको हल्लामा कुनै तुक छैन ।” मन्त्रालयले विमानस्थल बनाउन चाहिने ५ हजार ५५६ हेक्टर जग्गा खाली गर्न रुख काट्नु पर्ने अनुमानसहित वन तथा वातावरण मन्त्रालयमा रुख कटान आदेशका लागि मन्त्रिपरिषद्मा पठाउन पत्राचार गरेको छ । मन्त्रालयले विमानस्थल निर्माणका लागि कम्पनी छनोटको प्रक्रिया अगाडि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्राचारसमेत गरेको छ । कोरियन कम्पनी एलएमडब्लुले तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार ‘एयरपोर्ट सीटी’ सहितको पूर्वाधार बनाउनको लागि ८० वर्गकिलोमिटर अर्थात् ८ हजार हेक्टर जग्गा आवश्यक पर्नेछ । तत्काल विमानस्थलको पेरीफेरीमा शहर बनाउने योजना नभएको मन्त्रालयको भनाइ छ । सरकारले सो आयोजनाको लागि चार किल्ला तोकेर ८ हजार हेक्टर जग्गा क्षेत्रफल निर्धारण गरेको छ । राजपत्रमा सो सम्बन्धी सूचनासमेत प्रकाशित भइसकेको र जग्गामा विमानस्थलको क्षेत्राधिकार स्थापित भइसकेको छ । वन तथा वातावरण मन्त्रालयले स्थलगत रुपमा नै अध्ययन गरिसकेको छ । नीति नियम भित्रै रहेर काम गर्ने योजना बनाइएको जानकारी दिँदै मन्त्री अधिकारीले विमानस्थल नै बन्ने प्रक्रिया अगाडि बढेपछि गरिएका प्रचारले गलत सन्देश प्रवाह गरेको बताए । गत जेठमा वन तथा वातावरण मन्त्रालयले स्वीकृत गरेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनले विमानस्थल क्षेत्रमा २४ लाख रुख विरुवा रहेको जनाएको छ । ती सबै रुख बिरुवा काटिने, हात्तीलगायत जङ्गली जनावरको जैैविक मार्ग बिग्रने भन्दै पछिल्लो दिनमा हल्ला चलाइएको छ । मन्त्री अधिकारी विमानस्थलको आसपास वृक्षारोपण गरी हरियाली बनाइने, वातावरण संरक्षणका लागि गर्नुपर्ने सबै काम गरिने भएकाले गलत हल्लाको पछि नलाग्न आग्रह गर्नुहुन्छ । विमानस्थलको संरचना बन्ने क्षेत्रफल भनेको २ हजार ५५३ हेक्टर मात्रै हो । जहाजको उडान तथा अवतरणका लागि मात्रै उक्त क्षेत्रफलको जग्गा खाली गराइन्छ । विमानस्थलको संरचनाका लागि आवश्यक पर्ने जग्गा बाहेक अन्य क्षेत्रको कुनै पनि रुख बिरुवा काटिने छैन । वातावरणीय अध्ययन प्रतिवेदनअनुसार ठूला १ लाख ९५ हजार रुख काट्नुपर्नेछ । साना बुट्यान र झाडीको संख्या भने ५ लाख ७५ हजारसम्म पुग्न सक्छ । हाल विमानस्थलको लागि भनेर चर्चिएको क्षेत्र मध्ये एक तिहाई भूभागमा मात्रै विमानस्थल निर्माण गरिनेछ । त्यसबाहेक उक्त क्षेत्रको कुनै पनि रुख काटिदैन । विमानस्थलको संरचनाभन्दा बाहिर रहने क्षेत्रमा हरियाली कायम गरिनेछ । मन्त्री अधिकारीले वातावरण विनाश गर्न लागियो, अनावश्यक रुख पनि काटिने भयो भनेर गरिएको आशंकामा कुनै सत्यता नभएको बताए । विमानस्थल निर्माण हुने स्थानमा कसरी कमभन्दा कम वातावरणको क्षति गर्ने बारेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारी र वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतबीच नियमित छलफल भइरहेको र निष्कर्षमा पुग्ने तयारी छ । वन विभागले आयोजना स्थलमा काटिने रुखको एकिन संख्या, ति रुख कटानको लागत, बिक्रीबाट हुने आम्दानीलगायतका विषयमा स्थलगत निरिक्षण एवं अध्ययन गरिरहेको छ । विभागले तयार पारेको प्रतिवेदन मन्त्रालयमा उपलब्ध गराउने र सोही आधारमा प्रस्ताव तयार पारेर मन्त्रिपरिषद्मा पेश गरिनेछ । सो विमानस्थलमा कूल तीन हजार ६०० मिटर लामो र ४५ मिटर फराकिलो धावनमार्ग निर्माण गर्ने सरकारको योजना छ । सो विमानस्थलले वार्षिक रुपमा ६ करोड यात्रुको चाप धान्ने गरी तयारी गरिएको छ । सरकारले रुख काट्ने र विमानस्थल आसपासको सडक निर्माणको जिम्मा यसअघि नै नेपाली सेनालाई दिइसकेको छ । सरकारले सो परियोजना सार्वजनिक निजी साझेदारी ढाँचामा निर्माण गर्ने निर्णय गरेको छ । अर्थ मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको केही समय पहिले बसेको संयुक्त बैठकले आयोजनाको ढाँचा र प्रक्रिया निर्धारण गरी काम शुरु गर्ने निर्णय गरेको थियो । सरकारले सार्वजनिक सूचना मार्फत उपयुक्त कम्पनीलाई विमानस्थल निर्माणका लागि आह्वान गर्ने छ । आयोजना प्रभावित क्षेत्रको ११० बिघा जग्गाको कित्ताकाट, मूल्याङ्कन र मुआब्जा दर निर्धारण भइसकेको छ । अझै केही स्थानीयवासीको जग्गाको मूल्याङ्कन भने बाँकी छ । जग्गा प्राप्तिमा देखिएको समस्या समाधानका लागि सरकारले एक उच्चस्तरीय समिति गठन गरेको छ । आयोजना २०५१ देखि चर्चामा आएको हो । कोरियन कम्पनीले स्थलगत अध्ययन गरेर प्रतिवेदन बुझाएको लामै भए पनि काम भने शुरु हुन सकेको थिएन । पछिल्लो पटक वर्तमान सरकारले आयोजनालाई गति दिएपछि आलोचना शुरु भएको छ । मन्त्री अधिकारी रचनात्मक आलोचनालाई सम्मान गर्ने बताउछन् । विमानस्थल निर्माणको प्रक्रिया शुरु भएपछि सतहमा आएका हल्ला भने काम नलाग्ने उनी बताउछन । राष्ट्रिय योजना आयोगमा यही भदौ २६ गते बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा उक्त विमानस्थलको भौतिक प्रगति ३९.४ प्रतिशत र वित्तिय प्रगति १७.६ प्रतिशत रहेको उल्लेख गरिएको थियो । रासस

वर्कसप दर्ता नगरे करोडौंको लगानी डुब्ने, दक्ष कामदार र न्यूनतम प्राविधिक पूर्वाधार हुनैपर्ने

काठमाडौं । नेपाल अटो वर्कसप व्यवसायी संघले कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका २०७४ सम्बन्धी छलफल कार्यक्रम सम्पन्न भएकाे छ । हिट्को प्रालिका प्रबन्ध निर्देशक प्रदीपमान प्रधानले ग्यारेजका लागि आवश्यक इक्विपमेन्ट उपलब्ध गराउनुका साथै सञ्चालन र मर्मतका लागि आवश्यक तालिम समेत प्रदान गरिने बताए । नाडा अटो शोकै सन्दर्भमा कम्पनीले पोर्टेबल अन्डर च्यासिस वासर, मोटरसाइकल लिफ्ट र पार्किङ लिफ्ट समेत पहिलो पटक नेपालमा भित्र्याएको उनले बताए । सो अवसरमा विभिन्न क्षेत्रमा चार पांग्रे सवारी साधनको वर्कसप सञ्चालन गरिरहेका वर्कसप व्यवसायी, नेपालमा एटीएस-एल्गीका वर्कसप इक्विपमेन्ट उपलब्ध गराउदै आएको हिट्को प्रालि र एटीएस-एल्गीका प्रतिनिधिलगायत अन्य सरोकारवालाहरुको समेत सहभागिता थियो । हिट्को अटोमोबाइलले नेपाली बजारमा ८० प्रतिशत हिस्सा ओगटेको छ । विगत ३४ बर्षयता हिट्कोले एटीएस-एल्गीका ग्यारेज इक्विपमेन्ट उपलब्ध गराउँदै आएको छ । पहिले सामान्य अवस्थामा कुनै सरकारी निकायमा दर्ता गरेको वा नगरेकै भरमा पनि वर्कसप सञ्चालन भइरहेकोमा अब आधुनिक उपकरण र दक्ष जनशक्तिका साथ वर्कसप सञ्चालन गर्नुपर्ने अवस्था रहेको गुरुङले बताए । यद्पी यस क्षेत्रमा कार्यरत हजारौँ व्यवसायीहरुको करोडौं लगानी डुब्ने सम्भावना भएकोले बेलैमा सचेत भएर कार्य गर्न उनले आग्रह गरे । पहिले नै सञ्चालनमा रहेका वर्कसप पनि यातायात व्यवस्था विभागमा समयमै पञ्जिकरण नभएमा स्वतः खारेज हुने भएकाले सबैलाई आवश्यक प्रक्रिया पुरा गरी दर्ता गर्न समेत उनले अनुरोध गरे । सरकारले गत चैत १६ गते जारी गरेका १० वटा निर्देशिका मध्ये चर्चामा रहेको यातायात क्षेत्रमा सिन्डिकेट खारेजीका साथै वर्कसप सञ्चालन सम्बन्धी निर्देशिका समेत थियो । यस अनुसार अब वर्कसपमा न्यूनतम प्राविधिक पूर्वाधार हुनुका साथै दक्ष कामदार र इक्विपमेन्ट समेत हुनु पर्नेछ । त्यसैगरी, वर्कसप दर्ता गरेर मात्र सञ्चालन गर्न सकिने छ । नेपाल वर्कसप व्यवसायी संघका अध्यक्ष शरणकुमार गुरुङले गत २०७४ चैत १६ मा जारी भएको वर्कसप सञ्चालन निर्देशिका र यसमा भएका विभिन्न प्रावधानहरुको बारेमा जानकारी गराएका थिए । त्यतिबेला ६ महिनाको समय दिएर सो निर्देशिका जारी भएको र निर्देशिका अनुसार वर्कसपहरुलाई व्यवस्थित गर्ने समय आएको जानकारी दिँदै उनले यसका लागि गर्नुपर्ने आवश्यक कार्यका वारेमा जानकारी गराएका थिए ।