विकासन्युज

उपभोत्ता हक र राेजगारी सम्बन्धी विधेयक संसदबाट पारित

काठमाडौ । प्रतिनिधिसभाले ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले सोसम्बन्धी प्रस्ताव पेश गरेका थिए। यसअघि मन्त्री खनालले ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहितको खाद्य अधिकारसम्बन्धी विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्तुत गरेका थिए । छलफलमा सांसदद्वय प्रेम सुवाल र विमला विकले भाग लिएका थिए । सांसदले उठाएका विषयमा जवाफ दिँदै मन्त्री खनालले खाद्य सम्प्रभुता प्रत्याभूत गर्न विधेयक सफल हुने विश्वास गरे। विधेयकको दफा १ देखि १९ सम्म समितिले गरेको संशोधनलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरी अंग बनाउने प्रस्ताव पारित ग¥यो । यसैगरी विधेयकको दफा २ देखि ४६ सम्मका संशोधन पनि स्वीकृत गरी विधेयकको अंग बनाउने प्रस्ताव पारित भएको थियो । उपभोक्ता संरक्षण विधेयक पारित प्रतिनिधिसभाले ‘उपभोक्ता संरक्षण विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले सोसम्बन्धी प्रस्ताव पेश गरेका थिए । यसअघि मन्त्री यादवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । छलफलमा सांसद नरबहादुर थापा र प्रेम सुवालले खान नहुने चीजको विज्ञापन गर्न नपाउने व्यवस्था गरिनुपर्ने माग गरे । रोजगारीको हकसम्बन्धी विधेयक पारित प्रतिनिधिसभको बैठकले रोजगारीको हकसम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सोसम्बन्धी प्रस्ताव पेश गरेका थिए । यसअघि मन्त्री विष्टले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको रोजगारीको हकसम्बन्धी विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। छलफलमा सांसदद्वय सुवाल र दुर्गा पौडेलले आफ्ना धारणा राखेका थिए । सांसदको जिज्ञासाको जवाफ दिँदै मन्त्री विष्टले देशभित्रको श्रमशक्तिलाई मुलुकमै रोजगारी दिने आधार तय गरी विधेयक ल्याइएको स्पष्ट पारे । बैठकले समितिले विधेयकको दफा १ देखि १३ सम्म गरेको संशोधनलाई अंग बनाउने प्रस्ताव स्वीकृत गरेको थियो । रासस

विश्व युद्ध लडेको जीप नेपालमा भित्र्याएकाछौं: ज्योति गैरे

एमएडब्लू इन्टरप्राइजेजले पहिलो पटक जीप ब्राण्डको गाडी नेपाल भित्राएको छ । अमेरिकाको दोस्रो ठुलो अटोमोबाइल कम्पनीको जिप ब्रान्डको गाडी नाडा अटो शोमा आर्कषणको केन्द्र बनेको छ । जीप ब्राण्डको गाडीलाई अमेरिकी सरकारले ‘आर्टिकुलेशन’ अवार्ड समेत दिएको छ । अन्य कारको तुलनामा यो जिप ब्राण्डको कार सस्तो र सुविधायुक्त छ । नेपालमा भरखरै भित्रिएको जीप ब्राण्डको गाडीका विषयमा केन्द्रत रहेर एमएएडब्ल्यू इन्टरप्राइजेजकी मार्केटिङ विभागकी ज्योति गैरेसँग विकासन्युजले गरेको कुराकानी ।   विश्वयद्धमा प्रयाेग भएकाे जीप गाडी कहिलेदेखि उत्पादन सुरू भएकाे हाे ? जीप विश्वयद्ध लडेको कार हो । दोस्रो विश्वयुद्ध लड्दा  यो कारले भरपूर सहयोग गरेको थियो । जसको कारण अमेरिकी सरकारले ‘आर्टिकुलेशन’ अवार्ड समेत दिएको थियो । अहिले यो कारलाई परिमार्जित गर्दै आधुनिक सुविधा सम्पन्न बनाइएको छ ।  सन् १९४५ देखि सवारीसाधन उत्पादन सुरु गरेको जिप ब्रान्डको सुविधायुक्त कार नेपालमा भित्र्याइएको हो । स्पोर्टस् युटिलिटी भेहिकल (एसयुभी) सेग्मेन्टका कारलाई सबैले जिप भन्ने गरेका छन् । जिपले पहिलो उत्पादन नै एसयुभी कारबाट सुरु गरेको हो ।विभिन्न कम्पनीको जिप ब्राण्डको कार भित्र्याउने प्रयास गरेको भएपनि सो ब्राण्डले एमएडब्लू इन्टरप्राइजेजलाई विश्वास गरेर आधिकारिक विक्रेताको रुपमा दिएको छ । अन्यमा भन्दा जीप कारमा के फरक छ ? अन्य कार अफरोड वा राजमार्गमा चलाउँदा घच्याकघुचुक र थर्किने बढी हुन्छ । तर यो जिप ब्राण्डको कार भने यस्तो हुदैन । अप्ठ्यारो बाटोमा जिप दौडिँदा पनि चिल्लो सडकमा दौडिएजस्तो लक्जरी अनुभव हुन्छ ।  कारकाे मूल्य  कति छ  ? जिप कम्पासको मूल्य ६८ लाख ५० हजार देखी ९६ लाख ५० हजार रूपैयाँसम्म छ । सो मूल्य बजारले अपेक्षा गरेभन्दा कम नै निर्धारण गरेको छ । नेपालमा अाउने जीप ब्राण्डको कार कुन देशमा उत्पादन हुने गरेकाे छ ?  नेपाल भित्रने जीप कार भारतमा उत्पादन हुने गरेको छ । भारतबाटै नेपालसहित २६ वटा देशमा  कार निर्यात हुने गरेको छ । अन्तर्राष्ट्रिय बजारलाई तुलना गर्ने हो भने नेपाली मूल्य डेढ करोड रुपैयाँजति हुनुपर्ने भएपनि नेपालका लागि सस्तोमा उपलब्ध गराएको छ । नाडा अटो शोमा ग्राहकलाई के अफर दिएको छ? हामीले हाम्रा ग्राहकहरुलाई ५० हजार भन्दा माथिको एक्सेरीइज, एक वर्षको सडक कर र एक वर्षको इन्स्योरेन्स अफरको रुपमा दिएका छौँ । हालसम्म करीब २ ५० जनाले गाडी खरिदका लागि जानकारी लिएका छन् । अहिले बुक गराएकाहरुलाई दशैं अघि नै कार उपलब्ध हुने छ । नाडा अटो शोमा कति कार बिक्री  गर्ने लक्ष्य लिएको छ ?  नाडा अटो शोमा एक सयवटा कार बुक गराउने लक्ष्य कम्पनीले लिएको छ । नाडामा अटो शोमा ६० जनाले गाडी खरिदका लागि बुक गरिसकेका छन् । र जीप ब्राण्डको कारको पार्टसपुर्जा सजिलै नेपालमा उपलब्ध हुने छ ।

असारभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्ने

काठमाडौं । काण्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको बैठकले काण्ठमण्डप पुनर्निर्माणमा हालसम्म भएका कार्यप्रगतिको समीक्षा गरेको छ । बैठकले २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्नेगरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । शुक्रबार समितिका संयोजक एवं तीन नम्बर प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले काष्ठमण्डपको काम योजनाबद्ध ढंगले यथाशीघ्र अघि बढाउन निर्देशन दिए ।  पुनर्निर्माण कार्यको गुणस्तर कायम गर्नका लागि समयसमयमा निर्माण सामग्रीको प्रयोगशाला परीक्षण गराउन पनि सुझाव दिए । समितिका संयोजक शाक्यले पुनर्निर्माणलाई अघि बढाउन पुरानो डीएसपी कार्यालय रहेको स्थानमा काठको वर्कसप संचालन भएको र इन्द्रजात्रालगत्तै अर्को ठूलो वर्कसप स्थापना गरी संचालन गरिने जानकारी दिए । संयोजक शाक्यले काष्ठमण्डप पुनर्निर्माणमा प्रयोग गरिने सामग्रीको परीक्षण गरिएको र आगामी दिनमा पनि युनेस्को र पुरातत्व विभागको मापदण्ड अनुरुप परीक्षण गरिने बताए । समीक्षा बैठकमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी, पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाललगायतको पनि उपस्थिति थियो । काण्ठमण्डप पुनर्निर्माणका लागि आवश्यक सबै रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउनेछ भने पुरातत्व विभागले आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।

भूकम्प प्रभावित सम्पदा क्षेत्रका बस्तीको मौलिकता कायम राखिने, पूर्वाधार विकास सरकारकै लगानीमा

काठमाडौं । राष्ट्रिय पुननिर्माण प्राधिकरणको शुक्रबार बसेकोकार्यकारी समितिको बैठकले काठमाडौं उपत्यकाभित्रका खोकना, बुङमती, सांखु, किलागलजस्ता परम्परागत बस्तीहरु तथा उपत्यका बाहिरका नुवाकोट, गोरखाका दरबार क्षेत्र एवं दोलखाको भीमसेन बजारजस्ता क्षेत्रहरुमा परेका बस्तीहरुको पुनर्निर्माण गर्दा बस्तीको मौलिक स्वरुपलाई यथावत कायम गर्ने गरी पुनर्निर्माण गर्ने निर्णय गरेको छ । बैठकले ती क्षेत्रमा आवश्यक पर्ने बाटो, खानेपानी, ढलनिकास लगायतमा पूर्वाधारहरुको पुनर्निर्माण गर्नका लागि सरकारले प्राधिकरणमार्फत् नै लगानी गर्ने निर्णय पनि गरेको छ । त्यस्ता बस्तीहरुमा रहेका निजी आवास पुनर्निर्माण गर्नुपर्ने घरधनीहरुलाई मौलिक/पुरातात्विक शैलीमा पुनर्निर्माण गर्न थप ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी, कार्यकारी समितिले २ वा २ भन्दा बढी घरधनीले संयुक्त स्वामित्वमा घर निर्माण गर्न चाहेको खण्डमा निजहरुलाई संयुक्त स्वामित्वका आधारमा घरधनीको संख्या गणना गरी अनुदान रकम उपलब्ध गराउनेसमेत निर्णय गरेको छ । साथै, काठमाडौं उपत्यकाभित्रका बस्तीहरुमा लाभग्राही सूचीमा परेका घरहरुको पुनर्निर्माण गर्दा जोडिएको घर भत्कने स्थिति भए उक्त घरधनीलाई समेत लाभग्राही सूचीमा समावेश गरी अनुदान रकम दिने निर्णय पनि प्राधिकरण कार्यकारी समितिले गरेको छ ।

के तपाईले भूकम्प पीडित भएर पनि घर बनाउन पैसा पाउनु भएको थिएन, २ हजार पीडित थपिए

काठमाडौं / राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले २ हजार ३ सय ४५ गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राही कायम गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा शुक्रबार बिहान बसेको बैठकले भूकम्प अति प्रभावित १४ जिल्ला र प्रभावित १६ जिल्लाबाट २०७४ मंसिर मसान्तसम्म दर्ता भएका १३ हजार ३ सय ७९ गुनासो फर्छर्यौट गरेको हो । बैठकले ९ हजार ८ सय ३७ गुनासोकर्तालाई प्रबलीकरण लाभग्राहीमा सूचीकृत गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी, ८ सय ५९ गुनासोकर्तालाई संभावित लाभग्राही कायम गरेको छ । कार्यकारी समितिले १४ जिल्लाका अति प्रभावित ७ हजार ८ सय ८४ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ । त्यसैगरी, प्रभावित १६ जिल्लाका ३ हजार ६ सय १७ गुनासोकर्ताको स्थलगत प्रमाणीकरण गर्ने, २ सय २० जनाको अर्को स्थानमा बस्न योग्य घर भए÷नभएको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणित गराउने निर्णय पनि गरेको छ । पुनर्निर्माण लाभग्राहीले आफ्नो घर पुनर्निर्माण गर्न प्राधिकरणबाट तीन किस्तामा तीन लाख र प्रबलीकरण लाभग्राहीले दुई किस्तामा एक लाख रुपैयाँ अनुदान पाउँछन् ।

कियाको इलेक्ट्रिक कार ३६० रुपैंयाको चार्जले २१२ किलोमिटर यात्रा, चार्जिङ स्टेशन विस्तार गर्दै

काठमाडौं । नाडा अटो शोमा किया कम्पनीले दुई मोडेलको इेक्ट्रिक कार प्रर्दशन गरेको छ । ३ घण्टामै फुल चार्ज गर्न सकिने किभ ‘सोउलइभ’ नामक कार मेलाको आकर्षणको केन्द्रमा रहेको छ । दुई मोडेलमा उपलब्ध रहेको कारको मूल्य कम्पनीले ५८ लाख र ५६ लाख रुपैंया तोकेको छ । कम्पनीका अनुसार सन्डुप भएको कारको मूल्य ५६ लाख पर्नेछ भने सन्डुप नभएको कारको मूल्य ५६ लाख रुपैंया तोकेको छ । १ लाख मिलोमिटर सम्मको ग्यान्टी रहेको कारको ब्याट्री डीसी फास्ट चार्जरले ३० मिनेटमै फुल चार्ज गर्न सक्छ । ब्याट्री फुल चार्ज गर्नको लागि न्युनतम २७ युनिट विद्युत लाग्नेछ । कम्पनीका अनुसार हाल १ युनिट विद्युतको मूल्य १३.५ रुपैयाँ लाग्नेछ । गाडीको ब्याट्री चार्ज गर्नको लागि सामान्यतय ३ फेजको विद्युत आवश्यक पर्नेछ । ग्राहकले आफ्नो घरमा पनि ब्याट्री चार्ज गर्न सक्नेछन् । कम्पनीका प्रोडक्ट स्पेशललिष्ट प्रदिप बत्र्यौलाका अनुसार ३ फेजको विद्युतमा १० एम्पियरको मिटरबाट ब्याट्री सजिलै चार्ज गर्न सकिनेछ । कम्पनीले ब्यट्रीमा ५ देखि ७ वर्षसम्मको ग्यारेन्टी समेत गर्नेछ । अटो लोनमा सवारी खरिद गर्न चाहाने ब्यक्तिले ९.९५ प्रतिशतमा ब्याजदरमा कर्जा सुविधा लिन सक्नेछन् । कम्पनीले लामो यात्राका लागि विभिन्न स्थानमा चार्जिङ स्टेशन राख्ने समेत तयारी गरेको छ । जस अनुसार पृथ्वी राजमार्गको कुरिनटार रिभरसाइड रिसोर्टमा चार्जिङ स्टेशनको व्यवस्था समेत गरिसकेको छ ।

काठमाडौंको चोभारमा सिटिजन्स बैंकको एटीएम

काठमाडौं । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको चोभारमा रहेको सशस्त्र प्रहरी बलको कार्यालय नजिकै एटीएम सेवा सञ्चालनमा ल्याएको छ । काठमाडौं क्षेत्र नं १० का सभासद राजन के.सी, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा र ब्रान्ड एम्बेसडर तथा राष्ट्रिय क्रिकेट टिमका उप-कप्तान ज्ञानेन्द्र मल्लले संयुक्त रुपमा उक्त सेवाको सुरुवात गरेका हुन् । उक्त नयाँ सञ्चालित एटीएमले चोभार क्षेत्र वरपरका जनता लाभान्वित हुने बैंकले विश्वास लिएको छ । हाल बैंकले ७९ वटा शाखा, ७३ वटा एटीएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

तामाकोशी जलविद्युतकाे सेयरमा तीन गुणा बढीको आवेदन, दशैँपछि मात्रै बाँडफाँट

दोलखा । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सेयर दशैँपछि बाँडफाँड हुने भएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेको सेयर बाँडफाँड दशैँपछि गरिने सो आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए । जिल्लावासीका लागि जारी भएको सेयर भदौ २१ गतेमात्र सकिएको थियो । सेयरका लागि तीन गुणाभन्दा बढीको आवेदन परेको छ । सो आयोजनाको साधारण शेयर कात्तिक अन्तिम साता आउने न्यौपानेले बताए । प्रवद्र्धक माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि चुक्तापूँजीको १५ प्रतिशत अर्थात् एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्कासन गर्नेछ । स्थानीयवासीका लागि कम्पनीले एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ बराबरको एक करोड पाँच लाख ९० हजार कित्ता सेयर निष्कासन गरेको हो । करीब तीन अर्ब रुपैयाँ बराबरको आवेदन परेको छ । रासस प्रवक्ता न्यौपानेका अनुसार दुई लाख १५ हजार दोलखावासीले आवेदन दिएका छन् । दुई लाख ८२ हजारले आवेदन दिन पाउने भए पनि ७५ प्रतिशतले मात्र आवेदन परेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १० प्रतिशत सेयर निष्कासन गरेको छ । स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म सेयरका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । रासस