विकासन्युज

बन्यो विशाल कम्युनिस्ट पार्टी, देशभर दीप प्रज्वलन

काठमाडौं । दुई ठुला कम्युनिस्ट पार्टी एमाले र माओवादीले एकताको औपचारीक घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सामुहिक दिप प्रज्वलन गरी पार्टी एकताको औपचारीक घोषणा गरेका हुन् । नयाँ पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल रहेका छन् भने तेस्रो वरियातामा माधव कुमार नेपाल रहेका छन् । नारायणकाजी श्रेष्ठलाई पार्टीको प्रवक्ता बनाउने तयारी रहेको छ भने महासचिवमा विष्णु पौडेल रहेका छन् । पार्टीको केन्द्रिय सदस्य ४४१ जना हुने भएको छ । जसमा माओवादीको तर्फबाट २०० जना र एमालेबाट २४१ जना हुनेछन् । यस्तै स्थायी कमिटी सदस्य ४५ जना रहेका छन् । एमालेबाट २६ जना र माओवादीबाट १९ जना रहेका छन् । एकतापछि नेपालको इतिहासमै सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी बनेको छ । दुबै पाटीको जनमत मिसाउदा ५५ प्रतिसत भन्दा बढी जनमत प्राप्त पार्टी बनेको छ । एकतापछि देशभर दुबै दलका नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गरी खुशियाली मनाइरहेका छन् ।

महालक्ष्मी विकास बैंकद्धारा बानेश्वरको रुद्रमती विद्यालयलाई सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकको पुतलीसडक शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत बानेश्वरको रुद्रमती माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले उक्त विद्यालयका विद्यार्थीहरुलाई ३५ हजार रुपैयाँ बराबरको कापी, कलम, र ब्याग उपलब्ध गराएको छ । यसैगरी, बैंकको सिमरा शाखाको आयोजनामा जितपुरस्थित सिमरा कलेजको भवनमा महालक्ष्मी छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सिमरा कलेजका गरिब तथा जेहेन्दार १ छात्र तथा १ छात्रालाई यो शैक्षिक सत्रको लागि छात्रवृत्ति स्वरुप २५ हजार रुपैयाँ वितरण गरेको बैंकले जनाएको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।

‘स्काईवर्थ वर्ल्डकप अफर’ सञ्चालनमा, विभिन्न टिभी खरिदमा २५ प्रतिशत क्यासब्याक

काठमाडौं । के एल दुगड समूह अन्तर्गतको स्मार्ट अप्लाइन्सेस कम्पनीले ‘स्काईवर्थ वर्ल्डकप अफर’ संचालनमा ल्याएको छ । फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले स्काइवर्थका विभिन्न टेलिभिजनहरुको खरिदमा २५ प्रतिशतसम्म छुटको योजना अगाडि सारेको छ । कम्पनीले नेपाली बजारमा बिक्री गरिरहेको गुगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४के यूएचडी टेलिभिजनमा विशेष क्यासब्याक अफर ल्याएको हो । यस ब्रान्डका गुगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४ के यूएचडी टिभीको खरिदमा ग्राहकले २५ प्रतिशतसम्म नगद (फिर्ता) छुट पाउने छन् । कम्पनीले बिक्री गर्दै आएको गुगल एन्ड्रोइड टेलिभिजनमा ४३यू५, ४९यू५ र ५५जी६ रहेको छ भने, स्मार्ट टिभीहरुको मोडल ३२एस३ए३१टी र ४३एस३ए३१टी रहेको छ । त्यस्तै एलइडी टेलिभिजनमा २४ई३ए१२जी, ३२ई२, ३९ई३१००, ४३ई३ए१२जी र ५५ई३ रहेको छ । कम्पनीले बिक्रीगर्ने ४के यूएचडीको मोडल नम्बर ६५ई६००० रहेको छ । कम्पनीले नजिकिदै गरेको विश्वकप २०१८ आफ्नै घरमा बसेर टेलिभिजनमा हेर्ने उपभोक्तालाई मध्यनजर गर्दै यो योजना ल्याएको हो । स्काइवर्थको क्वालिटिसँग फुटवलको आनन्द लिउँन भन्ने उद्देश्यले विशेष अफर योजना ल्याएको हो । यो ‘स्काइवर्थ वल्र्डकप अफर’ निश्चित अवधीको लागि मात्र दिइएको कम्पनीले जनाएको छ ।

राष्ट्र बैंकले भन्यो : निक्षेप भन्दा बढी कर्जा प्रवाहले वित्तीय असन्तुलन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेपको तुलनामा कर्जा लगानी बढी भएको भन्दै यसले वित्तीय असन्तुलन निम्त्याएको ठहर गरेको छ । समीक्षा अवधिमा कर्जाको वृद्धिदर निक्षेप परिचालनभन्दा लगातार उच्च रहँदै आएको छ । कर्जा प्रवाह १९.५ प्रतिशत वृद्धि भएको छ । निक्षेप परिचालनको १५.३ प्रतिशत मात्र रहेको छ । सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय असन्तुलनमा सहजता ल्याउने अपेक्षा राष्ट्र बैंकले गरेको छ । चालु आवको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचलानको तुलनमा ९५ अर्ब १८ करोड रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । ९ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचालन २ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ मात्र गरेका छन् । यस्तै ३ खर्ब २२ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । हालसम्म बैंकले २६ खर्ब २ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ९ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । चैतसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.७, ३५.८ र ४४.९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.१ प्रतिशत छ । निजी क्षेत्रतर्पm प्रवाहित मध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको १६.२, विकास बैंकको २४.७ र वित्त कम्पनीको १० प्रतिशत बढेको छ । चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको मध्ये ६१.४ कर्जा घर जग्गाको धितोमा र १४.८ चालू धितोमा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७०.९ प्रतिशत अर्थात ४५ अर्ब ७५ करोड रुपैयाँ वृद्धि भई १ खर्ब १० अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज १० र ओभरड्राफ्ट कर्जा १४ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १३.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत चैत मसान्तमा १५ अर्ब ११ करोड रुपैयाँ पुनरकर्जा लगानीमा छ । भूकम्प पीडितहरूलाई २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न शून्य ब्याजमा उपलब्ध गराउने व्यवस्था अन्तर्गत गत चैतमा १ अर्ब ५० करोड रुपैयाँ पुनरकर्जा उपयोगमा रहेको छ । सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६ हजार ९५६ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ७ अर्ब ८४ करोड रुपैयाँ कर्जा बक्यौता छ । ४१ करोड ८० लाख ब्याज अनुदान प्रदान गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

एप्पल वर्ल्डले ल्यायाे पुरानो मोबाइल साट्ने अफर, ६० प्रतिशतसम्म छुट

काठमाडौं । मोबाइल पुरानो भएको छ अनि साट्ने सोचमा हुनुहुन्छ भने दरबारमार्गमा रहेको एप्पल वर्ल्ड मोबाइल तपाईको गन्तव्य बनेको छ । मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वर्ल्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर शुरु गरेको छ । यस अघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती देखिएको भन्दै एप्पल वर्ल्डले २ साताकालागि एक्स्चेञ्ज अफर शुरु गरेको हो । यसबाट मोबाइल सट्टापट्टा गर्न चाहनेहरुलाई सजिलो हुने विश्वास लिइएको छ । जेठ ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वर्ल्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा-पट्टा गर्न सकिनेछ । पुरानो स्मार्टफोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको व्यवस्था गरिएकोे एप्पल वर्ल्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिए । एप्पल वर्ल्डमा मोबाइल खरिद गर्नेहरुलाई विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको पनि व्यवस्था गरिएको छ । एकै छानामुनी विश्व बजारमा पाइने २५ भन्दा बढी ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पल वर्ल्ड मोबाइलले डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत हुन्छ ।

जनता बैंकद्धारा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १२९५ जनाले गरे परिक्षण

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले हालै लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा कूल १२९५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । सो मध्ये ३० जना बिरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको थियो भने २९ जना महिलाहरुलाई पाठेघर सम्बन्धि अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको छ । उक्त अपरेशनमा जनता बैंकले आर्थिक सहयोग गर्ने छ । बैंकले बैशाख २८ गतेदखि ३० गतेसम्म आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक/कान/घाँटी र सामान्यचिकित्सा सम्बन्धि स्वास्थ्य शिविर राखेको थियो । साथै, ५०० जनाभन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको थियो । आँखाको अपरेशन गरेका बिरामीहरुको चौथो दिनमा शिविरमै फलोअप राखिएकोमा सबै बिरामीहरुको अवस्था सामान्य रहेको थियो । उक्त स्वास्थ्य शिविरको समापनको अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँसम्म आई यति धेरै जनताहरुको स्वास्थ्य उपचारमा सहयोग गरेकोमाजनता बैंक तथा सहयोगि संस्थाहरुप्रति हार्दिक आभार व्यक्त गरेका थिए । उक्त शिविरमा नेपाल नेत्रज्योती संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पताल प्रा.लि. जावलाखेलका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्राविधिक सेवा प्रदान गरेका थिए । स्वस्थ्य नारी पहलमार्फत विपन्न ग्रामिण महिलाहरुको स्वास्थ्य सुधारमा महत्वपूर्ण सहयोग पुर्याउने उद्देश्यले बैंकले स्त्री तथा प्रसूति रोग सम्बन्धि यस्ता शिविरहरु अन्य क्षेत्रमा पनि गर्दै जाने योजना बनाएको छ ।

अखिलमा नयाँ नेतृत्व आउँदै कस्ले मार्ला बाजी !

काठमाडौ । अनेरास्ववियुको बैशाख ४ र ५ गते बस्ने केन्द्रिय बैठकले नयाँ नेतृत्व चुन्ने भएको छ । पुर्व अध्यक्ष नविना लामा संघिय सांसद बनेपछि अनेरास्ववियुमा नयाँ नेतृव्व आउन लागेको हो । नयाँ नेतृत्वको लागि अध्यक्षमा सुदेश पराजुलीको चर्चा उत्कर्शमा पुगेको छ । किर्तिपुरमा बस्ने केन्द्रिय कमिटी बैठकले पराजुलिलाई अध्यक्ष बनाउने संभावना बढेको हो । सो बैठकबाट अध्यक्ष नबिना लामाले राजीनामा गरेर नया अध्यक्ष चयन गर्ने कार्यसुची छ । अध्यक्षका लागि उपाध्यक्षहरु रश्मि आचार्य, महेस बर्तौला, महासचिव ऐन महर र सचिब सुदेश पराजुलीबिच प्रतिस्पर्धा छ । आचार्य, बर्तौला र महर केपि ओलि समुहका हुन भने पराजुली माधब नेपाल झलनाथ खनाल समुहका हुन । ओलि समुहका तीन जनाबिच प्रतिस्पर्धा चलिरहदा पराजुलीले बाजि मार्ने पक्क भएको हो । पराजुलीलाई अखिल भित्र मिलनसार तथा बौद्धिक व्यक्तित्व मानिन्छ । अध्ययनशिल, कुसल संगठक र बौद्धिक व्यक्तित्वका धनी पराजुलीलाई अध्यक्ष बनाउनु पर्ने माग गर्दै सामाजिक संजालमा अभियान चलिरहेको छ । माधब नेपाल र झलनाथ खनालले समेत पराजुलीलाई अध्यक्ष बनाउन प्रयास गरिरहेका छन् । अध्यक्षमा ओलि समूह बाट शैलेश लामा र सुनिता बरालले पनि दाबी गरेका छन् । महासचिवमा भने नेपाल समूह बाट वसिम आलम र आरती लामाको चर्चा छ । ओलि समूह बाट भने महासचिवमा मकर खड्का, आरसी लामिछाने, समिक बडालले दाबी गरेका छन । ओलि समूह आपस जुधिरहदा नेपाल समुहका पराजुलिको पल्ला भारी हुन लागेको हो । अध्यक्षमा दाबी गरिरहेका ओलि समुहका नेताहरुले नै अन्तिममा पराजुलीलाई सघाउने सम्भावना पनि बढेको नेताहरुले बताएका छन्।

वोमी माइक्रोफाइनान्सको सबैभन्दा बढी कारोबार, यस्तो छ कारण

काठमाडौं । केही दिनयता सेयर बजारका लगानीकर्ताहरु वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा आकर्षित भएका छन् । संस्थाले चुक्ता पुँजी बढाउन हकप्रद सेयर जारी गर्ने भएपछि लगानीकर्ता वाेमीकाे सेयरमा लोभिएका हुन् । बिहीबार अाेमीकाे सेयर मूल्य प्रतिकित्ता १८३० रुपैयाँमा काराेबार भएकाे छ । करिब १८३० रुपैयाँको प्रतिकित्ता सेयर १०० रुपैयाँमै आउने भएपछि लगानीकर्ताहरु यस कम्पनीमा आकर्षित भएका हुन् । बिहीबारको बजारमा सबैभन्दा बढी यस कम्पनीको सेयर कारोबार भएको छ । यस संस्थाको एकैदिन २ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार पनि यस संस्थाको सबैभन्दा बढी सेयर किनबेच भएको थियाे। यस संस्थाले आगामी जेठ १६ गतेदेखि हकप्रद सेयरकोे आवेदन खुला गर्दै छ । संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत १० कित्ता बराबर २ कित्ताको अनुपातमा अंकित मूल्य एक सय रुपैंयाँको २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । साताको अन्तिम कारोबार भएको बजार सामान्य अंकले बढेको छ । बजार १.६४ अंकले बढेर १३३९ अंकमा पुगेको छ । सो दिन कूल १५४ कम्पनीको ५ लाख ७९ हजार कित्ता सेयर २८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ ।