चुडामणि शर्मा, लुम्बध्वज महत र उमेश ढकाललाई ९ अर्ब ६ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुयोग अनुसन्धान आयोगले कर फछ्र्याेट आयोगका सदस्य सचिव चुडामणि शर्मा, अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश प्रसाद ढकाल विरुद्ध ९ अर्ब ६ करोडको भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ । आयोगले तीनै जना विरुद्ध बिहीबार बिशेष अदालत काठमाडौंमा मुद्धा दायर गर्ने तयारी गरेको भएपनि समय अभाव भएपछि फर्किको थियो । आयोगका सहायक प्रवक्ता खग्रेन्द्र प्रसाद रिजालका अनुसार बिहीबार मुद्दा दाय गर्न अदालत गएको टोली समय नपुगेपछि फर्किको हो । शुक्रबार कार्यालय समय सुरु भए लगत्तै बिशेष अदालत काठमाडौंमा मुद्दा दायर हुनेछ । कर फछ्र्याेट आयोगका माध्यमबाट राज्यलाई २१ अर्ब नोक्सानी पुर्याएको भन्दै अख्तियारले छानविन थालेको थियो । सो क्रममा १२५ वटा फाइलको अध्ययन गर्दा ९ अर्ब ६ करोड रुपैंयाँ हिनामिना गरेको देखिएको थियो । सोही आधारमा आयोगले तीन जनालाई जनही ३ अर्ब २ करोडका दर भ्रष्टाचार गरेको ठहरसहित बिशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो । सर्वाेच्च अदालतले शर्मालाई शुक्रबार नै अदालतमा हाजिर गराउन अख्तियारका नाममा आदेश पनि दिएको छ ।
सनराइज बैंकद्धारा मृतकका परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी
काठमाडौं । सनराइज बैंक लिमिटेडले मृतकका परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ । बैंकले “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” अन्तर्गत सडक दुर्घटनामा परि मृत्यु भएका बैंकका मृतक ग्राहकको नाममा रहेको निक्षेप रकमको ४ गुणा अर्थात ५ लाख रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको हो । बैंकले निक्षेप ग्राहक भानुभक्त तिम्सिनाको नाती थुर्पिनाथ तिम्सिनाको छोरा झापाको बिर्तामोडमा बस्ने हरि तिम्सिनाको आकस्मिक निधन भएकोमा सो व्यवस्था अन्तर्गत मृतकको नाममा उक्त रकम हस्तान्तरण गरेको हो । उक्त रकम बराबरको चेक बैंकका सुरुङ्गा शाखाका शाखा प्रबन्धक प्रमोद कुमार दासले मृतकको हकवाला श्रीमती रीता पौडेललाई हस्तान्तरण गरेका छन् । बैंकले आफ्ना बचत खाताका ग्राहकहरुको सुविधाको निमित्त शिखर ईन्स्योरेन्स कम्पनी लिमिटेड संगको सहकार्यमा “बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी अशक्तता भएमा ५ लाखमा नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म रकम प्रदान गरिने व्यबस्था रहेको छ ।
हुण्डी रोक्न डेपुटी गभर्नरको प्रस्तावः रेमिटेन्सबाट पैसा पठाउनेको खातामा बोनस रकम
काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर चिन्तामणी शिवाकोटीले हुण्डी करोबार रोक्न बिशेष प्रस्ताव अघि सारेका छन् । उनले बिहिबारको अर्थ समिति बैठकमा हुण्डी कारोबार रोक्न पैसा पठाउने कामदारको खातामा सरकारले निश्चित प्रतिशत बोनस रकम थपिदिनुपर्ने प्रस्ताव अघि सारेका हुन् । अर्थ समिति बैठकमा हुण्डी कारोबार रोकथामबारे आफ्नो धारणा राख्दै कार्यवाहक गभर्नर समेत रहेका शिवाकोटीको प्रस्तावमा लेखिएको छ–‘विदेशबाट आएको रेमिटेन्स रकम बैंक खातामा जम्मा गरेको प्रमाणको आधारमा खातावाललाई सरकारका तर्फबाट थप निश्चित प्रतिशत रकम थपिदिने व्यवस्था गर्ने ।’ शिवाकोटीले विदेशबाट रेमिटेन्स पठाउने इजाजत प्राप्त संस्थालाई रेमिटेन्स भित्र्याए वापत नगदै अनुदान दिने वा सो रकमान्तर गर्दा लागेको बैंक शुल्क सरकारले व्यहोर्ने व्यवस्था समेत आवश्यक पर्ने बताए । विदेश गएको नेपाली कामदारले आफ्नो कमाई वित्तिय प्रणाली मार्फत पठाए नपाएको बुझ्न विमानस्थलमै काउण्टर राख्ने र निजले पैसा पठाएको विवरण अनिवार्य पेश गर्न लगाउनुपर्ने धारणा पनि राखे । विदेशी बैंकको रेमिटेन्स खाता खोल्ने सुबिधा नेपालमै उपलब्ध गराउने, विनिमय दरमा सरकारले छुट सुबिधा उपलब्ध गराउनुपर्ने, रेमिटेन्स कारोबारको शुल्क घटाउनुपर्ने र घरसम्म रेमिटेन्स पुर्याउन बैंकिङ पहुँच विस्तार गर्नुपर्नेमा पनि जोड दिएका छन् । उनले हुण्डी कारोबार नियन्त्रणका लागि नेपाल राष्ट्र बैंकले अध्ययन टोली गठन गरिसकेको पनि बताएका थिए । वैदेशिक रोजगारीमा जानु अघि नेपालमै बैंक खाता अनिवार्य खोल्नुपर्ने, १० लाखको जिवन बीमा लागु गरिएको, कोरिया जाने कामदारलाई हुण्डी कारोबारमा फस्न नदिने कार्यथलोबाटै बैंकिङ प्रणाली मार्फत पैसा पठाउने व्यवस्था मिलाउन नेपाल सरकारले नै पहल गर्नुपर्ने धारणा पनि राखेका थिए । हाल कोरियाबाट १० प्रतिशत रकम मात्रै वित्तिय प्रणाली मार्फत आईरहेको छ ।
केएल मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला शुरु
काठमाडौं । चाबहिलको केएल टावरमा संचालनमा आएको केएल मोबाइल हबमा मोबाइल एक्सचेन्ज मेला सुरु भएको छ । मोबाइल हब सँचालनमा आएको अबसर पादै सुरु भएको मोबाइल मेला सँगै एक्सचेन्ज मेला पनि सुरु गरेको हो । जस्तोसुकै मोबाइल पनि एक्सचेन्ज गरिने बताउँदै केएल मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले पुराना मोबाइलको राम्रो भ्यालु पाइनुका साथै नयाँ मोबाइल खरिद गर्न चाहनेहरुका लागि गिफ्ट ह्याम्पर लगायत हात खाली नजाने उपहारको ब्यबस्था गरिएको बताए । मोबाइल एक्सचेन्जका लागि ग्राहकहरुले आफ्नो परिचय खुल्ने परिचय पत्रको फोटोकपी ल्याउनुपर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । ब्राण्डेड मोबाइलको कारोबार र मल्टिब्राण्ड मोबाइल सोरुमको रुपमा कारोबार सुरु गरेको मोबाइल हबले नेपालमै नम्बर १ बन्ने लक्ष लिएको प्रबन्ध निर्देशक ग्लाइडरले बताए । मोबाइल हबमा बिश्वबजारमा पाइने २३ भन्दा बढी कम्पनीका मोबाइलको कारोबार गरिरहेको छ भने बिभिन्न कम्पनीका मोबाइलबारे जानकारी दिन टच एण्ड फिलको सुबिधा पनि दिएको छ । १ हजारको मोबाइलको खरिदमा ५ हजार भन्दा बढीको उपहार पाइने ब्यबस्था गरेको छ । लक्की ड्र मार्फत मलेशिया र सिंगापुरको भ्रमण गर्न पाइने तथा हरेक मोबाइलको खरिदमा दुइवटा फिल्मको टिकट र क्लब डेजाभुको २ जनालाइ प्रबेश टिकट उपलब्ध गराउने मोबाइल हबका निर्देशक संगम राईले जानकारी दिएका छन् ।
नेपालमा पहिलो पटक स्क्रिन प्रिन्ट प्रर्दशनी हुँदै
चितवन । उद्योग वाणिज्य संघ चितवनको परिसरमा आगामी साउन २ र ३ गते नेपालमा नै पहिलो पटक स्क्रिन प्रिन्ट प्रर्दशनी २०१७ हुने भएको छ । बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी स्क्रिन प्रिन्ट हुने कुराको जानकारी गराइएको छ । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा हुन लागेको उक्त प्रदर्शनीमा स्क्रिन प्रिन्ट, गार्मेन्ट प्रिन्ट, सब्लीमेशन प्रिन्टका नयां प्रविधि र प्रयोग बारे जानकारी गराइने उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष एवम् प्रर्दशनीका संयोजक राजन गौतमले बताए । नेपालभरी छरिएर रहेका सो प्रकृतिका व्यवसायी हरुलाई एकिकृत गर्दै कच्चा पदार्थ, उपकरण, नयां प्रविधि र नयाँ व्यवसायीलाई आकर्षण गर्नका लागि कार्यक्रम फलदायी हुने विश्वास लिएको उनले बताए । व्यवसायबारे जानकार नहुँदा उपभोक्ताले समेत सहज सेवा लिन नसकेको अवस्थामा प्रर्दशनीले व्यवसायको विस्तारसंगै नयाँ व्यवसायी उत्पादनमा पनि सहयोग पुग्ने अपेक्षा आयोजकको छ । निशुल्क प्रवेशको व्यवस्था गरिएको प्रर्दशनीमा विहान १० बजेदेखि ५ बजेसम्म सञ्चालन हुने संयोजक गौतमले जानकारी दिएका छन् ।
हितग्राही खाता एक लाख पुर्याउनेमा एनआईबिएल क्यापिटल पहिलो
काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लि. ले आफ्नो हितग्राही खाता एक लाख पुर्याएको छ । देशकै पहिलो पटक सो मात्राको हितग्राही खाता पुुर्याएको यस क्यापिटल आफ्नो ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने निक्षेप सदस्य संस्था भएको छ । यस संस्थाले मर्चेन्ट बैंकिङ तथा सामुहिक लगानी कोष अन्तर्गत कोष व्यवस्थापकको समेत कार्य गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेको छ । साथै, निक्षेप खाताको बजार हिस्सा मध्ये ११ दशमलब ५५ खाता यसै संस्था मार्फत संचालन गर्न सफल रहेको छ । नेपालको धितोपत्र बजारको लागि एकिकृत मोवाईल एप सार्वजनिक गरि प्रयोग गर्ने पहिलो संस्था समेत रहेको छ । उक्त एपमा निक्षेप सदस्यले आफ्नो हिताग्राही खाताको विवरण, म्युचुअल फण्डको खुद सम्पत्ति मूल्य तथा लगानी व्यवस्थापन सेवा लिएका सेवाग्राहीहरुले समेत आफ्नो लगानीको विवरण हेर्न सक्ने व्यवस्था मिलाइएको संस्थाले जनाएकाे छ । यस क्यापिटलले बैंक/वित्तीय संस्था, लघुुवित्त कम्पनी, जीवन तथा निर्जिवन बीमा कम्पनी लगायत होटल गरी जम्मा ३० वटा कम्पनीका करिव ५ लाख ७२ हजार ३ सय शेयर धनीहरुलाई शेयर रजिस्टर सम्बन्धी सेवा पुर्याउदै आएको जानकारी दिइएको छ ।
बजार सामान्य अंकले घट्दा ४ कम्पनीका लगानीकर्ताले कमाए ९ प्रतिशत बढी
काठमाडौं । बिहीबारको सेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ४ दशमलब ८९ अंकले घटेर १५८२ अंकमा पुगेको छ । बुधबारको तुलनामा आजको बजारमा नेप्सेमा गिरावट आएता पनि सेयर कारोबारमा भने वृद्धि भएको छ । बिहीबार बजारमा ७४ करोडको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १० करोड रुपैयाँ बढी हो । बुधबारको बजारमा जम्मा ६४ करोड रुपैयाँ को सेयर किनबेच भएको थियो । सामान्य अंकले घटेको बजारमा पनि चार कम्पनीका लगानीकर्ताले करिब१० प्रतिशत कमाएका छन् । सबैभन्दा बढी कुबेर मर्चेन्ट फाइनान्सका लगानीकर्ताले ९.६० प्रतिशत कमाएका छन् । त्यस्तै, ग्लोबल आईएमई समुन्नट स्किम १ को ९.४५, दिब्याश्रोरी हाइड्रोपावरको ९.१८ र नेशनल माइक्रोफाइनान्स वित्तीय संूस्थाको ९.१० प्रतिशतले सेयर मूल्य बढेको छ । सो दिन अन्य समूहको परिसूचक उकालो लागेको छ भने बाँकी सबै समूहको परिसूचक ओरालो लागेका छन् । अन्य समूहको परिसूचक ११ अंकले उकालो लागेको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक ५३ अंकले ओरालो लागेको छ ।
अब हुण्डी भन्दा रेमिटेन्स च्यानलबाट पैसा पठाउन सस्तो हुने, कारोबार शुल्क पुनरावलोकन गर्न निर्देशन
काठमाडौं । अब विदेशमा रहेका नेपालीहरुले हुण्डीबाट पैसा पठाउनु भन्दा रेमिटेन्स कम्पनीको च्यानलबाट पठाउन सस्तो हुने भएको छ । रेमिटेन्स कम्पनीको कारोबार शुल्क महंगो भएकाले हुण्डी कारोबार बढेको निष्कर्षसहित शुल्क पुनरावलोकन हुन लागेको हो । व्यवस्थापिका संसदको अर्थ समितिले रेमिटेन्स कम्पनीको च्यानलबाट पैसा पठाउँदा लाग्ने शुल्क र विनिमय दर पुुनरावलोकन गर्न निर्देशन दिएको हो । ‘रेमिटेन्स कम्पनीको च्यानलबाट पैसा पठाउँदा कारोबार शुल्क महंगो र विनिमय दर पनि कम हुने भएकाले हुण्डी कारोबारले प्रोत्साहन पाईरहेको देखियो, त्यसैले रेमिटेन्स कम्पनीको कारोबार शुल्क र विनिमय दर पुनरावलोकन गर्न निर्देशन दिएका छौं’, अर्थ समितिका सभापति प्रकाश ज्वालाले भने । अर्थ समिति बैठकमा नेपाल राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणी शिवाकोटीले पनि रेमिटेन्स कम्पनीको करोबार शुल्क बढि भएकाले हुण्डीले प्रोत्साहन पाएको बताउँदै रेमिटेन्स कम्पनीहरुलाई अनुदानको व्यवस्था गर्नुपर्ने धारणा राखेका थिए । उनले दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स(युएइ)बाट हुण्डी मार्फत धेरै कारोबार भैरहेको पनि बताएका थिए । अर्थ समिति बैठकले हुण्डी कारोबार नियन्त्रणको कार्ययोजना बनाउन, विदेश जाने कामदारको बैंक खाता अनिवार्य गर्न, श्रम सम्झौतामै बैंकिङ च्यानल मार्फत पैसा पठाउने प्रतिवद्धता गराउन पनि निर्देशन दिएको छ । त्यस्तै विदेश जाने नेपाली कामदारले बैंकिङ च्यानलबाट पठाएको पैसाको निश्चित प्रतिशत कोषमा जम्मा गर्ने र केहि ब्याज दिने व्यवस्था गरेर त्यस्तो रकमलाई व्यक्तिको सेयरका रुपमा उत्पादन मुलक क्षेत्रमा लगानी गर्ने वातावरण मिलाउन पनि निर्देशन दिएको छ । बैठकमा पुर्व अर्थमन्त्री डा. रामशरण महत, सुरेन्द्र पाण्डेले हुण्डी कारोबार नियन्त्रण गर्न सरकारले कारोबार शुल्क घटाउनु पर्ने बताएका थिए । आइएमईका अध्यक्ष चन्द्र ढकालले पनि पाकिस्तानमा जस्तै रेमिटेन्सको कारोबार गर्ने कम्पनीलाई सरकारले अनुदान दिएर कारोबार लागत घटाउनुपर्ने धारणा राखेका थिए । आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलका अनुसार हाल विदेशबाट नेपालमा रेमिटेन्स पठाउन न्युनतम ५ डलरदेखि ८ डलरसम्म शुल्क कायम रहेको छ ।