विकासन्युज

इजरायलमा पढ्न ९७ हजार घर परिवारबाट १०० जना मात्रै छनौट

काठमाडौं । इजरायलमा कृषि शिप सम्बन्धि बढ्न जानको लागि सय जना विद्यार्थीहरु छनौट गरिएको छ । मापदण्ड पुगेका ३ सय ७४ जना विद्यार्थीबाट १०० जना छनोट गरिएको हो । इजरायली दुतावास र साना किसान बैंकले संयुक्त रुपमा काठमाडौंमा मंलबार गरेको साना किसान कृषि तालिम कार्यक्रममा इजरायल पढ्न जाने विद्यार्थीको बारेमा प्रकाश परिएको थियो । दुतावासको अनुसार ९७ हजार घर परिवारबाट छानिएका विद्यार्थीहरुमध्ये गोला प्रथाबाट २ सय छानिएका थिए । त्यसमध्ये पनि स्वास्थ्य परिक्षण, प्लस टु पास लगायतका मापदण्ड पुरा गरेका एक सय विद्यार्थी मात्र छनोटमा परेका हुन् । यस वर्ष इजरायलमा ५ सय ४० जना विद्यार्थीहरु कृषि शिप सम्बन्धि पढ्न जाने कार्यक्रम रहेकाे दुतावासले जानकारी गराएको छ । दुतावासकोअनुसार आगामी सेप्टेम्बरसम्म इजरायल गइसक्ने १८ देखि २२ वर्ष उमेर सुहका विद्यार्थीले त्यहाँ १० देखि ११ महिनासम्म कृषि शिप सम्बन्धि तालिम लिनेछन् । जसमा २५ प्रतिशत महिला सहभागी छन् । हालसम्म २ हजार एक सय ४३ जनाले इजरायलबाट कृषि तालिम लिइसकेका छन् । ५ सय ४३ जना अहिले पनि इजरायमै छन् । साना किसान बैंकका अधिकृत मनिष महतोका अनुसार स्वदेश फर्केका ४० देखि ४५ प्रतिशतले अहिले पनि कृषि क्षेत्रमा काम गरिरहेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले कार्यक्रमलार्इ सम्बोधन गरेका थिए । कार्यक्रममा उनले कृषि क्षेत्रमा काम गर्न चाहनेहरुका लागि सरकारले सहयोग गर्ने बताए । कृषि मर्यादित र सम्मानित पेशा भएको भन्दै उनले स्वदेशमै केही गर्छु भन्ने सोंच भएकाहरुलाई राज्यले सहयोग गर्ने जानकारी गराए ।  

दुई करोड ६० लाख नक्कली नोटसहित ६ जना पक्राउ

काठमाडौं । प्रहरीले दुई करोड ६० लाख ८६ हजार रुपैयाँ नक्कली नेपाली नोटसहित तीन दिनभित्र छ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले तीन दिनभित्र छ जनालाई पक्राउ गरेको हो । उनीहरुलाई आजै साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भइरहेको महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले जनाएको छ । रासस

सिद्धार्थ बैंकको थप ४ नयाँ शाखा सञ्चालनमा, संख्या ११२ पुग्यो

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले शाखा विस्तार गर्ने क्रममा थप ४ शाखाहरुको स्थापना गरेको छ । बैंकले गौरादह र पथरी, कैलालीको लम्की र जुम्लामा गरी एकै साथ ४ वटा शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप थप शाखा सञ्चालनमा ल्याएको हो । यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोबारको संचालन हुनेछ । त्यस्तै, यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् । साथै, स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । हाल बैंकले ११२ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंक अफ काठमाण्डू र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंक्यास्योरेन्स सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंक्यास्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख-बजार व्यवस्थापन विभागका रितेश लामिछाने र इन्स्योरेन्सका तर्फबाट सहायक महाप्रबन्धक सरेज बुढाथोकी छेत्रीले हस्ताक्षर गरेका छन् । यस सेवा अन्तर्गत बैंकका सम्पूर्ण ग्राहकहरुले बैंकका ७९ शाखाहरुबाट जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

नबिल बैंकले एकैसाथ खोल्यो ५ नयाँ शाखा, कहाँ कहाँ ?

काठमाडौं । नबिल बैंकले हालै थप ५ नयाँ शाखाहरु स्थापना गरेको छ । बैंकले रुपेन्देहीको सम्सरीमाई, जुम्लाको तिला, सुर्खेतको बराहताल, बझाङ्गको वित्थडचिर र डढेलधुराको आलितालमा गरी ५ वटा शाखाबाट कारोबार शुरु गरेको हो । व्यवसायिक र प्रभावकारी बैंकिङ्ग सुविधाहरु प्रदान गर्न र समाजमा बसेका समुदायको बैंकिङ्ग आवश्यकता नविनत्म रुपले परिपुर्ति गर्ने उद्देश्यले बैंकले देशका विभिन्न ठाँउहरुमा आफ्नो शाखा कार्यालयको संजालहरु विस्तार गर्दै लगिरहेको छ । हाल यस बैंकले ६७ वटा शाखा, १११ वटा एटिएम र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु मार्फत् सेवा प्रदान गरिरहेको छ ।

कृषि सामाग्री कम्पनीले थप ६० हजार टन रासायनिक मल ल्याउदै, असारमा अभाव नहुने

काठमाडौं । सरकार स्वामित्वको कृषि सामाग्री कम्पनी लिमिटेडले ६० हजार टन रासायनिक मल ल्याउने भएको छ । आयात गर्न कम्पनीले विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर ) आब्हान गरेको हाे। कृषि बालीको लागि अत्यावश्यक मलको अभाव हुन नदिने मल खरिद गर्न कम्पनीले ग्लोबल टेन्डर गरेको हो । कम्पनीका सूचना अधिकारी विष्णुप्रसाद पोखरेलले ६० हजार टन रासायनिक मल ल्याउन ग्लोबल टेन्डर गरेको बताए । टेण्डर अनुसार ३० हजार टन युरिया, २५ हजार टन डीएपी र ५ हजार टन पोटासको आयात गरिनेछ । ‘बीचमा कुनै समस्या नआए ती रासायनिक मल कात्तिक भित्रै भित्रिसक्नेछ,’ उनले भने ‘किसानमाझ मलको कुनै पनि अभाव हुन नदिन आगामी वर्षको लागि बेलैमा टेन्डर आहवान गरेका हौं ।’ उनको अनुसार उक्त टेन्डर भर्ने म्याद खुलेको ४५ दिनसम्म रहनेछ । त्यसपछि आएका प्रस्तावको २१ दिनभित्रमा मुल्याङकन गरि सकिनेछ । सम्पुर्ण प्रक्रिया पुरा गरी अबको ५ महिनामाभित्रमा मल आउने उनको दावी छ । फागुनमा समेत कम्पनीले ५५ हजार टन रासायनिक मलको ग्लोबल टेन्डर खोलेको थियो । उक्त डेन्डरअन्तर्गत पनि ३० हजार टन युरिया र २५ हजार टन डीएपी मल ल्याउने कम्पनीको भनाइ छ । उक्त मलको लागि अबको दुई हप्ताभित्रै बीडमा आएका अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौताको तयारी भइरहेको सूचना अधिकारी पोखरेलले बताए । ‘सम्झौता गरिएको मल साउन र भदौदेखि मुलुकमा भित्रन शुरु गर्नेछ,’ उनले भने । हाल अन्तर्राष्ट्रिय बजारमा युरियाको मुल्य प्रतिटन २५४, डीएपी ४१३ र पोटासको मुल्य २१० अमेरिकी डलर छ । स्टकमा ७१ हजार ७८० टन रासायनिक मल हाल कृषि सामाग्री कम्पनीसँग स्टकमा ७१ हजार ७८० टन रासायनिक मल रहेको छ । जसमा ४१ हजार १२७ टन युरिया, २७ हजार डीएपी र ३ हजार ४५५ टन पोटास रहेको उनले जानकारी गराए । आउदो असारमा मलको अभाव नहुने उनले स्पष्टपारे । ‘कहीँबाट मल अभावको गुनासो आएको छैन,’ उनले भने ‘त्यस्तै आवश्यकताअनुसारका कम्पनीले मल निरन्तर भित्रिइरहेको छ ।’ कम्पनीको अनुसार हाल मुलुकमा ७ लाख ८५ हजार टन युरिया मलको माग छ । यद्यपि वैधानिक रुपमा करिब ३ लाख टन मात्र अयात भइरहेको छ । बाँकी केही मलहरु चोरी पैठारीबाट आउने गरेका छन् । मागअनुसार पर्याप्त मात्रामा मलको उपलब्धता हुन नसक्दा विगतदेखिनै सिजमा किसानहरुले मल अभाव वेहोर्दै आउन परेको देखिन्छ ।

युएस ब्राण्डद्धारा ह्विलपुलका उत्पादन नेपाली बजारमा

काठमाडौं । ह्विलपुल कर्पोरेशनका उत्पादन नेपाली बजारमा आएको छ । काठमाडौंस्थित केरोना ट्रेडलिङ्क प्रा.लि.सँगको सहकार्यमा युएस ब्राण्डले घरायसी सामानहरु बजारमा ल्याएको हो । काठमाडौंमा आयोजित एक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले ह्विलपुल थ्रि डि इन्भर्टर एयर कन्डिसन सार्वजनिक गरेका छन् । यससँगै इन्भटर, एसि, डिप फ्रिज, माइक्रो ओभन, वाशिङ मेशिन लगायतका सामानहरु बजारमा आएको छ । यी सामानहरु सस्तो र गुणस्तरीय रहेको ट्रेडलिङ्ककी व्यवस्थापन निर्देशक बेबी दाहाल चापागाईँले बताइन् ।

राष्ट्रिय बीमा संस्थाको प्रशासकमा ३ जनाको नाम शिफारिश

काठमाडौं । राष्ट्रिय बीमा संस्थाको प्रशासकमा ३ जनाको नाम शिफारिश भएको छ ।  शिफारिश समितिले व्यवसायिक योजना र अन्तरवार्ताका आधारमा क्रमश कविप्रसाद पाठक, झापा, डा. डिल्लीराज अर्याल गुल्मी र बुद्धकाजी श्रेष्ठ काठमाडौंलाई शिफारिश गरेको हो । सरकारले वर्णानुक्रमअनुसार प्रक्रिया अघि बढाए पाठक प्रशासक बन्ने छन् । अर्थमन्त्रीले मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि निर्णय हुने छ । यस्तै लक्ष्मण पोखरेल, गुल्मी र सुरेन्द्र थापा पाल्पा शिफारिशमा परेनन् । प्रशासक नियुक्तिका लागि गठित छनौट तथा शिफारिश समिलिाई उम्मेदवारले आइतबार संस्थाको व्यवसायिक योजना प्रस्तुत गरेका थिए । सोमबार अन्तरवार्ता लिएको थियो ।