चितवनको भाटभटेनीमा अज्ञात समुहको ग्रीनेड बम प्रहार, बाहिरी भागमा क्षति
काठमाडौं । चितवनमा रहेको भाटभटेनीकमा अज्ञात समुहले ग्रीनेड बम प्रहार गरेको छ । भाटभटेनीमा आइतबार बिहान पौने ४ बजे बम विस्फोट भएको हो । बम विस्फोटनबाट भवनको बाहिरी भागमा क्षति पुगेको भाटभटेनीका सिइयो पानु प्रसाद पौडेल बताए । भवनको पुर्वीभागको सिसामा क्षति पुगेको छ, तर भित्री भागमा कुनै असर नपरेको सिइयो पौडेलले जानकारी दिए । बम विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
हिमालयन डिष्टिलरीको नाफा २७८ प्रतिशत बढ्यो, ९ महिनामा १९ करोड ३२ लाख
काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले नाफा २७८ प्रतिशत बढाएको छ । कम्पनीले गत चैतसम्म १९ करोड ३२ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६ करोड ९३ लाख रुपैयाँ मात्र नाफा गरेको थियो । मदिरा बिक्रीबाट आम्दानी बढेपछि यसको सकरात्मक असर नाफामा परेको हो । गोल्डेन ओक ब्राण्डको मदिराको बिक्री बढेपछि नाफा पनि वृद्धि भएको हो । गोल्डेन ब्लाक ब्राण्डको मदिरा बिक्री वितरण थालेको हिमालयनले जनाएको छ । रोयल ट्रेजर ब्राण्डको मदिराको बिक्री अपेक्षाकृत बढन् नसकेको कम्पनीले जानकारी दिएको छ । नाफा बढेपछि प्रतिसेयर आम्दानी ५० रुपैयाँ कटेको छ । समीक्षा अवधिमा कम्पनीले ७६ करोड २७ लाख रुपैयाँ खुदआम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा ५० करोड ६८ लाख रुपैयाँ मात्र थियो ।
कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद बिक्री सोमबारदेखि
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको हकप्रद सेयर सोमबारदेखि बिक्री खुला भएको छ । बैंकको संस्थापक र सर्वसाधारण गरी १७ लाख ६२ हजार १८८ कित्ता हकप्रद सेयर लिलामी सोमबारदेखि बिक्री खुला हुन लागेको हो । संस्थापकतर्फ १४ लाख ६१ हजार २७० र सर्वसाधारणको ३ लाख ९१८ कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्न लागेको बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । प्रतिसेयर १०० रुपैयाँ भन्दा बढी प्रस्ताव गर्नुपर्ने छ । न्युनतम १०० कित्ता खरिदका लागि बोलपत्र पेश गर्नुपर्ने प्रभुले जनाएको छ ।
शिखर इन्स्योरेन्सको नाफा ३१ करोड, ईपीएस ३९ रुपैयाँ
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनामा नाफा बढाएको छ । गत चैतसम्म कम्पनीले ३१ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा शिखरको नाफा २६ करोड ६३ लाख रुपैयाँ थियो । ९ महिनामा कम्पनीले ५० करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ४३ करोड ७५ लाख रुपैयाँ गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६६ पैसा पुगेको छ । समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क आम्दानी २३ प्रतिशत बढेर २ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २ अर्ब रुपैयाँ थियो । कम्पनीको जोखिम जगेडा कोष बढेर ९४ करोड ५० लाख रुपैयाँ पुगेको छ । तराई बाढी र डुवानका कारण ३० करोड रुपैयाँको दावी भुक्तानी परेको छ । सो दावी मध्य कम्पनीको हिस्सा १ करोड रुपैयाँ मात्र रहेको छ ।
बीमा कम्पनीका सञ्चालक समितिको निर्णयमा भर परेर सेयरमा लगानी नगर्नुहोस्- चिरञ्जीवी चापागाईंसँगको भिडियो अन्तरवार्ता
काठमाडाैं । बीमा समितिको अध्यक्ष चिरञ्जीबी चापागाईंले बीमा कम्पनीहरुको सेयर मूल्यमा अस्वभाविक उतारचढाव आउनुमा बीमा कम्पनीका सञ्चालक समितिको अपरिपक्व निर्णयहरु जिम्मेवार भएको बताएका छन् । विकासन्युजको नियमित स्तम्भ विकास वहसमा बोल्दै उनले लगानीकर्ताहरुलाई सञ्चालक समितिको निर्णयमा मात्र विश्वस गरेर सेयर किन्ने निर्णय नलिन सुझाव दिएका छन् । सञ्चालक समितिका निर्णयहरु गलत भएकै कारण एभरेष्ट इन्स्योरेन्स, यूनाईटेड इन्स्योरेन्स लगायतका बीमा कम्पनीहरुको लगानीकर्ता मर्कामा परेको बताएका छन् । वर्षौ साधारणसभा नभएको कम्पनीको १०० रुपैयाँको सेयरलाई १८/२० हजार रुपैयाँ तिर्नु लगानीकर्ता आफैको कमजोरी भएको उनले बताएका छन् । बीमा समितिको अध्यक्ष भएर आएपछि बीमा क्षेत्रको धेरै समस्या हल गरेको, बीमाको पहुँचमा उल्लेख्य वृद्धि गरेको उनको भनाई छ ।
बीपीसीको नाफा ४ प्रतिशत घट्यो, ९ महिनामा ६५ करोड ७७ लाख
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) को नाफा ४ प्रतिशत घटेको छ । चालु आर्थिक वर्षको चैतसम्म बीपीसीले ६५ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ६८ करोड ३५ लाख रुपैयाँ नाफा गरेको थियो । सञ्चालन आम्दानीमा भएको गिरावटले यसको असर नाफामा परेको हो । नाफा घटेपछि कम्पनीको प्रतिसेयर आम्दानीमा कमी आई ३६ रुपैयाँ ३३ पैसामा झरेको छ । गत वर्षको सोही अवधिमा ३७ रुपैयाँ ७५ पैसा थियो । कम्पनीले थप निष्सकासन (एफपीओ) जारी गरेका कारण संचित कोष ९९ प्रतिशत बढेर ४ अर्ब ६४ करोड ८९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा संचित कोषमा २ अर्ब ३३ करोड रुपैयाँ थियो । कम्पनीले बिजुली बिक्रीबाट मात्र ५३ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । यसबाहेक हिमाल पावर लिमिटेडबाट ४९ करोड ६० लाख रुपैयाँ लाभांश पाएको छ । बीपीसीले ३० मेगावाटको न्यादी, ३७.६ मेगावाटको कावेली ए आयोजना निर्माण गरिरहेको छ । यस्तै ८ मेगावाटको चिनोखोला, १०० मेगावाटको मनाङ–मस्र्याङदी, २०० मेगावाटको मुगु–कर्णाली जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । अागामी ५ वर्षमा २ अर्ब रुपैयाँ जलविद्युतमा लगानी गरी १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले ३ वटा चिनियाँ कम्पनीको साझेदारीमा एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि गठन भइसकेको छ । संयुक्त कम्पनीले ८६२ मेगावाट क्षमताको २ आयोजना खरिद गरिसकेको छ ।
जोशी हाइड्रोपावरले जेठ ८ गतेदेखि आईपीओ निष्कासन गर्दै, १८०० कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ ८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दालाई ३ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको ३ लाख ७१ हजार ४०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द छिटोमा जेठ २२ र ढिलोमा असार ११ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । पहिलो चरणमा इलामको इलाम नगरपालिका, साखेजुङ, पुवामजुवा, र माईपोखरीका स्थानियबासिन्दाले आईपीओका लागि आवेदन दिन पाउने भएका छन् । न्युनतम ५० देखि अधिकतम १ हजार ८०० कित्तासम्म आवेदन दिन पाउने सिद्धार्थले जानकारी दिएको छ । आईपीओ निष्कासनका लागि इक्रा एनपी आईपीओ ग्रेड ५ प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले ३ मेगावाटको पुवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।आयोजना बनाउन प्रतिमेगावाट लागत १८ करोड ४५ लाख रुपैयाँ रहेको छ । आयोजना बनाउन ५५ करोड ३५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कम्पनीमा संस्थापकको ५१ र ४९ प्रतिशत सर्वसाधारणको लगानी छ । जसमध्ये १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र ३९ प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ । कम्पनीको जारीपुँजी ३७ करोड १४ लाख रुपैयाँ छ । हाल कम्पनीको चुक्तापुँजी १८ करोड ९४ लाख रुपैयाँ छ । आईपीओ निष्कासनपछि जोशीको चुक्तापूँजी बढेर २२ करोड ६५ लाख १४ हजार रुपैयाँ पुग्ने छ । आयोजना प्रभावितलाई सकेपछि सर्वसाधारणलाई आईपीओ निष्कासन हुने कम्पनीले जानकारी दिएको छ । आयोजनाबाट वार्षिक ९ करोड ८५ लाख युनिट बिजुली उत्पादन हुने छ ।
सन्दिप लामिछाने पहिलो पटक आईपीएल खेल्दै, दिल्लीले दियो मौका
काठमाडौं । नेपालका बलर सन्दिप लामिछानेले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट(आईपीएल) खेल्दैछन् । उनी पहिलो रोयल च्यालेन्जर ब्याङ्ग्लोरसँगको ११ सदस्य टोलीमा समावेश भएका हुन् । लामिछानेले यसभन्दा अगाडीको ११ सदस्यको टोलीमा स्थान बनाउन सकेका थिएनन् । आईपीएलको शीर्ष चारबाट बाहिरी सकेको दिल्लीले लामिछानेलाई मौका दिएको हो । दिल्लीले अहिले ७औँ ओभरको खेल चलिरहँदा २ विकेट गुमाएर ४५ रन बनाएको छ ।