विकासन्युज

राष्ट्रिय वाणिज्य बैंकद्धारा बागमती सफाइ मह-अभियानलाई सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह अन्तर्गत स्वयंम्सेवा र वातावरण संरक्षणका लागि बागमती सफाइ महाअभियानको २१७ औं हप्ताको अवसरमा बागमती सफाइ अभियानलाई गमबुट, टोपी, बाक्लो पन्जा लगायतको सामग्री सहयोग उपलब्ध गराएको छ । राष्ट्रिय वाणिज्य बैंकका नायब महाप्रवन्धक सुशिल श्रेष्ठले सहरी विकास मन्त्री प्रभु साहलाई एक समारोहका बीच सो सामग्री हस्तान्तरण गरेका हुन्। बागमती सफाइ अभियानको तर्फबाट सामग्री ग्रहण गरेपछि मन्त्री साहले हरेक संस्थाहरुले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरी समाज सेवाको लागि केही रकम खर्च गर्नुपर्ने बताए । बागमती सफाइ अभियानको तर्फबाट अभियन्ता टंक आचार्यले राष्ट्रिय वाणिज्य बैंकले बिगत देखिनै संस्थागत सामाजीक उत्तरदायित्व निर्वाह अन्तर्गत समाजमा विभिन्न सहयोग गरिरहेको र आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । सो कार्यक्रममा बैंकका तर्फबाट विभागीय प्रमुखहरु नरेश अर्याल, देवेश लोहनी, प्रवन्धक राजकुमार थापा, बागमती सफाइ अभियानका अभियन्ता किशोर सिंह शाही, किशोर थापा लगायतको उपस्थिति रहेको थियो ।

मर्चेण्ट बैंकरको चुक्ता पुँजी तीन गुणा बढ्यो, कार्य क्षेत्रमा पनि व्यापक विस्तार

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकरहरुको चुक्ता पुँजी तीन गुणा भन्दा बढिले वृद्धि गरेको छ । बोर्डले मर्चेण्ट बैंकरहरुको चुक्ता पुँजी वृद्धि गर्नुका साथै कार्यक्षेत्र  व्यापक बढाईदिएको छ । अब निष्काशन तथा बिक्री प्रबन्धकको न्यूनतम चुुक्ता पूँजी ३ करोडबाट बढेर ५ करोड पुगेको छ । त्यस्तै, धितोपत्र प्रत्याभूति कर्ता(अण्डरराईटर) को पुँजी ४ करोडबाट ७ करोड पुगेको छ । त्यस्तै, शेयर रजिष्ट्रारको १ करोडबाट ३ करोड, लगानी व्यवस्थापकको १ करोड बढाएर ५ करोड र संस्थागत परामर्शदाताको चुक्ता पुँजी ३ करोड पुर्याएको छ । बोर्डले धितोपत्र व्यवसायी (मर्चेन्ट बैङ्कर)नियमावलीलाई संसोधन गरेर चुक्ता पुँजी बढाएको हो । संसोधन प्रस्तावलाई अर्थ मन्त्रालयले साउन १ गते स्विकृति दिर्एको थियो भने बोर्डले साउन ३ गतेबाट लागु गर्नेछ । नियमावलीमा मर्चेन्ट बैंकरको कार्य क्षेत्रमा संस्थागत परामर्शदाताको कार्य थप गरी कार्य क्षेत्र बढाउनुका साथै मर्चेन्ट बैंकरको हालको चुक्तापूँजी तीन गुणाभन्दा बढीले बृद्धि गरिएको छ । अब मर्चेण्ट बैंकरले सङ्गठित संस्थाको संरचना हेरफेर, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोष संचालन, सम्पत्ति व्यवस्थापन लगायतका बिषयमा परामर्श सेवाप्रदान गर्ने सम्बन्धी संस्थागत परामर्शदाताको रुपमा समेत काम गर्न सक्नेछन् । यस अघि मर्चेण्ट बैंकरले निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति(अण्डरराइटिङ्ग), शेयर रजिष्ट्रेशन र लगानी व्यवस्थापनको काम मात्रै गर्न पाउँथे ।

टिभिएसको नयाँ शोरुम भैरहवामा, बाईक तथा स्कुटरको खरिदमा १० हजार रूपैयाँ छुट

काठमाडाैं । जगदम्बा मोटर्सले टिभिएसको नयाँ शोरुम भैरहवामा खोलेको छ । उक्त शोरुमको उद्घाटन सिदार्थ नगरपालिकाका हरि प्रसाद अधिकारिले गरेका हुन्  । शोरुम उद्घाटनकाे अवसरमा जगदम्बा मोटर्सका उपाध्यक्ष दिपक अग्रवालले देश भरि एकै छानामुनि थ्रि एस सेल्स सर्भिस र स्पेयर्स पार्ट्स अत्याधुनिक सुबिधा सम्पन्न शोरुम खोल्ने क्रममा  भैरहवामा ग्राहकलाई सेवा दिने हेतुले उपस्थित भएको जनाएका छन् । साथै, यस उपलक्ष्यमा साउन १ गते बाट ३ गते सम्म कुनै पनि बाईक तथा स्कुटरको खरिदमा नगद १० हजार रूपैयाँ छुट हुने  उपाध्यक्ष अग्रवालले बताए । त्यस्तै ग्राहकको सेवामा ५ बर्ष वारेन्टी उपलब्ध गराउने र फाइनान्सका साथै बाइकको एक्सचेन्जमा पनि  राम्रो भ्यालुएसन दिने कम्पनीले जनाएका छन् । साे अवसरमा २९ वटा बाइक र ७ वटा स्कुटर बिक्रि भएको जानकारी जगदम्बा अटो भैरहवा शोरुम प्रमुख अशोक गौतमले जानकारी दिए । शंकर ग्रुपले विशेषगरी सिमेन्ट, स्टील, प्लास्टिक, टेक्सटाईलस्, खाद्य पदार्थ, प्याकेजिङ्ग, इलेक्ट्रोनिक्स र अटोमोबाईलको उत्पादन तथा विक्रि गर्दै आएको छ । कम्पनीले सन् २०१५ मा जगदम्बा ब्राण्डलाई नयाँ उचाईमा पुर्याउने ‌‌उदेश्यले जगदम्बा मोटर्स मार्फत कार्य संचालन सुरु गरेको टि भि एस मोटर कम्पनी भारतको तेस्रो ठुलो दुई पाङग्रे बिक्रेता र विश्वकै उत्कृष्ट १० मा पर्न सफल कम्पनी हो । टि भि एस मोटर कम्पनीको बार्षिक उत्पादन क्षमता ३० लाख दुई पाङग्रे र १.२ लाख तीन पाङग्रेसवारीसाधन रहेको जानकारी दिइएको छ । टिभिएस सोरुममा नेपालमा विक्री थालनी गरिएको टिभिएसका सम्पूर्ण बाइक तथा स्कुटरहरु, अपाचे १६० सि सि, अपाचे १८० , अपाचे २०० सिसि, फिनिक्स १२५ सि सि , स्ट्राइकर १२५ सि सि, र स्टारसिटी प्लस ११० सि सि, स्पोर्ट १०० सि सि, र स्कुटर सेग्मेंटमा ११० सी सीका जुपिटर, विगो, जेस्ट, उपलब्ध रहेको  छ । उक्त सोरुमले आफ्नो उत्कृष्ट सेवा र स्पेयर पार्टस मार्फत नेपाली मोटर बाइक पारखीहरुमा उत्साह थप्ने विश्वास लिएको छ । यस सोरुमको संचालन संगै टिभिएस मोटर कम्पनी नेपाल भरी आफ्नो अत्याधुनीक सुबिधा सम्पन्न शोरुम, सर्टिफाइड सर्भिस प्वाइन्ट सञ्जाल विस्तार गर्न यिनै सोरुमहरुबाट सेल्स, सर्भिस र स्पेयर्स प्रदान गर्ने जनाएको छ ।  

१२ अर्ब राजश्वलाई ७०० अर्ब पुर्याएको नदेख्नेले कर फछ्र्याेट आयोग मात्रै देखेः डा. रामशरण महत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले १२ अर्बको राजश्वलाई ७ सय अर्ब पुर्याएको नेदेखेर कर फछ्र्याेट आयोग गठन गरेको मात्रै देख्नु गलत भएको बताएका छन् । सोमबार रिपोर्टस क्लबमा पुगेर पुर्व मन्त्री डा. महतले भने–‘‘१२ अर्ब राजश्व उठ्ने मुलुकमा हामीले अर्थात म अर्थमन्त्री र कांग्रेसको सरकार हुँदा अहिले ७ सय अर्बको राजश्व उठेको छ, यो हामीले कडा कानून नल्याएको भए संभव हुन्थ्यो र ?’ महतले भने प्रतिप्रश्न गरे,‘त्यतिकै मिथ्या आरोप लगाएर हुन्छ ? मैले त डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छु, अहिले कर फछ्र्याेट आयोग बनाएको मात्रै देख्ने ? ।’   उनले कर फछ्र्योट आयोगका पदाधिकारीहरुलाई आफूले लुकाएको भनेर आरोप लगाउनु नै हाँस्यस्पद र मिथ्या भएको टिप्पणी पनि गरे । महतले भने,‘मैले लुकाएँ भनेर बाहिर हल्ला चलाइएको छ, यो जत्तिको हाँस्यस्पद अरु के हुन्छ ? आफ्नो भाषाअनुसार अरुलाई जज गर्नु हुँदैन् ।’ उनले भने,‘मलाई लगाईएको आरोप गलत हो, आफू कालो हुनेले अरुलाई पनि कालो नै देख्छ, मलाई लगाईएको आरोपको म जहाँ सुकै गएर भएपनि फेस गर्न तयार छु ।’ कर फछ्र्याेटको विषय अदालतमा पुगिसकेकोले त्यसका बारेमा कुनै प्रतिक्रिया या टिप्प्णी नगर्ने पनि उनले बताए । यद्यपी उनले कर फर्छोट आयोग गठन, भ्याट कानून अन्र्तर्गत नयाँआधारमा ऐन, पुँजी लाभकर ऐन, उदार अर्थतन्त्र लगायतका महत्वपूर्ण कामहरु आफू अर्थमन्त्री हुँदा भएको जनाए । डा. महत नै सदस्य रहेको अर्थ समितिको बैठक चलिरहेका बेला उनी भने कर फछ्र्याेट आयोगको पक्षमा वकालत गर्न रिपोर्टस क्लब पुगेका थिए । डा. महत अर्थ मन्त्री हुँदा गठन भएको आयोगले नै अनधिकृत रुपमा २१ अर्ब राजश्व छुट दिएको हो ।

महानगरपलिकाले तोक्यो १५४ प्रकारको कर, नागरिकता सिफारिस शुल्क १० हजार रुपैयाँ

काठमाडौं । महानगरपालिका १५४ प्रकारको कर, दस्तुर, सेवा शुल्क तोकेको छ । महानगरपालिकाले अंकिकृत नागरिकताको सिफारिस गर्दा प्रतिव्यक्ति १० हजार रुपैयाँ लिने भएको छ । त्यस्तै, नागरिकको आर्थिक अवस्था सिफारिस गर्दा ५००० शुल्क लिने भएको छ । घरका विद्युत जडानको सिफारिस गर्दा १ हजार देखि ५ हजार रुपैयाँ लिने भएको छ । धारा जडान गर्दा पनि १ हजारदेखि ५ हजार रुपैयाँ तिर्नु पर्ने भएको छ । जग्गा दर्ता सिफारिस गर्न प्रतिआना ५ हजार रुपैयाँ तिर्नुपर्नेछ । घरजग्गा नामसारी सिफारिस गर्दा १ हजार रुपैयाँ, घर कायम सिफारिस गर्दा १५०० रुपैयाँ लिने भएको छ । मान्छे जीवित रहेको सिफारिस गर्न ५०० रुपैयाँ तिर्नुपर्नेछ । व्यवसाय दर्ता प्रमाणित गर्न १५०० रुपैयाँ तिर्नु पर्नेछ भने बन्द गर्न सिफारिस माग्दा २००० तिर्नुपर्ने भएको छ । विद्यायल खोल्न तथा कक्षा वृद्धि गर्न सिफारिस लिँदा पनि २० हजार रुपैयाँ तिर्नुपर्नेछ । कुन शिर्षकमा कति कर  पूर्ण विवरणको लागि यहाँ क्लिक गर्नुहोस् ।

नेपाल टेलिकमद्धारा ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा आईसीटी सेन्टर स्थापना

काठमाडौं । भूकम्पबाट अति प्रभावित ६ जिल्लाका सामुदायिक विद्यालयहरुमा नेपाल टेलिकमको सहयोगमा आ.व. २०७३/७४ मा सूचना प्रविधि केन्द्र (आईसीटी सेन्टर) स्थापना गरिएको छ । नेपाल टेलिकमले यी विद्यालयमा आईसीटी सेन्टर स्थापनाका लागि कम्प्युटर, प्रिन्टर लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराई मासिक रुपमा ३० जीबी डाटा भोल्युमको इन्टरनेट सुविधा २ वर्षसम्म निःशुल्क उपलब्ध गराउने व्यवस्था समेत गरेको छ । कम्पनीले शारदा मा.वि. प्याउली भोजपुर, रत्नचुण्डेश्वर मा.वि. पानीमुण्डे बनेपा, सगरमाथा मा.वि. ओखलढुङ्गा, कन्यादेवी आधारभूत विद्यालय कल्याणपुर नुवाकोट र सेतिदेवी मा.वि. सालु रामेछापमा आईसीटी सेन्टर स्थापना गर्न सहयोग गरेको हो । सोलुखुम्बुको जीवन ज्योति मा.वि. नेलमा पनि केही समयमै आवश्यक उपकरण जडान गरी सेवा सञ्चालन गर्ने तयारी छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिति २०७२ बैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट अति प्रभावित १४ जिल्ला मध्ये काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक अन्य ११ जिल्लामा आईसीटी सेन्टर स्थापना गर्ने निर्णय गरेको थियो । सो अनुरुप नुवाकोट, काभ्रेपलाञ्चोक, ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, धादिङ, रसुवा, गोरखा र भोजपुर जिल्लाका एक/एक वटा सामुदायिक विद्यालयमा आईसीटी सेन्टर स्थापना गरिएको छ । यी आईसीटी सेन्टरमा विद्यार्थी तथा शिक्षकले इन्टरनेट मार्फत विभिन्न सुविधा उपभोग गर्न सक्ने छन् ।

कर फछ्र्योट ऐन २०३३ खारेज गर्न सरकारलाई निर्देशन, बाँकी असुल गर्न ९ सदस्यीय समिति गठन

काठमाडौं । अर्थसमितिले कर फछ्र्योट ऐन २०३३ खारेज गर्न सरकारलाई निर्देशन दिएको छ । उक्त ऐनका आधारमा सरकारले बारम्बार कर फछ्र्योट आयोग गठन गर्ने र राज्यलाई अर्बौ नोक्सानी गर्ने काम गरेको निष्कर्षसहित समितिले सरकारलाई उक्त ऐन खारेज गर्न निर्देशन दिएको हो । राजाले प्रत्यक्ष शासन गरेको पञ्चायती कालमा बनेको उक्त ऐन व्यवसायमा लागेको राजपरिवारका सदस्य, नातेदार, राजालाई खुशी बनाएर राजश्व नतिरी व्यापार गर्ने व्यापारी, प्रधानमन्त्री तथा मन्त्रीको आडमा कर नतिरी व्यापार गर्नेहरुलाई निश्चित अवधिपछि कर माफी दिने उदेश्यले २०३३ सालमा कर फछ्र्योट ऐन बनेको थियो । प्रजातन्त्र र गणतन्त्र आएपछि पनि सोही ऐनको प्रयोग गर्दै सरकारले पटक पटक कर फछ्र्योट आयोग गठन गरि कर मिनाहा गर्दै आएका थिए । पटक पटक अर्थमन्त्री भएका डा रामशरण महतले यो ऐनको सबैभन्दा धेरै प्रयोग गरी राज्यलाई ठूलो क्षति गराएका थिए । पछिल्लो समय उनले नै गठन गरेको कर फछ्र्योट आयोगले ठूला र शक्ति केन्द्रमा प्रभाव पार्ने कम्पनीहरुलाई करिव २१ अर्ब रुपैयाँ कर छुट दिने निर्णय गरेको थियो । उक्त निर्णय विवादमा परेपछि सो आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेशप्रसाद ढकाल  फरार छन् भने सदस्य सचिव चूणामणि शर्मालाई अन्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा मुद्दा हालेको छ । शर्मा विगत ढेड महिनादेखि जेलमा थुनिएका छन् । अर्थसमितिले विवादीत कर बक्यौता असुली गर्न संसाद्हरु रहेको ९ सदस्यीय राजश्व छली तथा कर असुली उपसमिति गठन गरेको छ । त्यसमा गौरा प्रसाई, दिपक कुईकेल, रत्न शेरचन, सुरेन्द्र पाण्डे, शेरबहादुर तामाङ, जगदीश्वर नरसिंह केसी, शक्ति बस्नेत, श्रीकान्ति पासी र श्रीप्रसाद जबेगु सदस्य रहेका छन् । समितिले २ महिना भित्र अध्ययन गरेर प्रतिवेदन बुझाउनेछ । समितिका सभापति प्रकाश ज्वालाले आयकर ऐन २०५८ लागु भएपछि गठन भएका तीन वटै कर फछ्र्याेट आयोगका काम कारवाहीको अध्ययन गर्न उप समिति गठन गरिएको बताए । कर फर्छ्योट आयोगको कर्तुत : देशको ढुकुटीमाथि महाअपराध, कसले कति कर छुट पाए ? सूचिसहित

अग्नि ग्रुपको नयाँ क्षेत्रीय कार्यालय ईटहरीमा, शोरुम तथा सर्भिस सेन्टरको स्थापना

काठमाडौं । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्राक्टरहरुको लागि अग्नि ग्रुपले आफ्नो क्षेत्रीय शाखा कार्यालय विराटनगर लाइन, ईटहरीमा शुभारम्भ गरेको छ । महिन्द्राका युटिलिटि भेइकल्स तथा ट्र्याक्टरहरुका लागि पूर्वाञ्चलमा स्थापना गरिएको सो शाखाले आफ्ना डिलर एवम् ग्राहकहरुलाई नजिक ल्याई सरल एवं सहज सुविधा प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ । स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जकाटु ह्वीलर सवारी, सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् । ईटहरी स्थित नयाँ शोरुम तथा सर्भिस सेन्टरले ईटहरी तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवा तथा सुविधा दिने कम्पनीको प्रतिवद्धता रहेको छ । शाखाको शुभारम्भ अग्नि ग्रुपका अध्यक्ष अर्जुन शर्माले साउन २ गते गरेका छन् । अर्जुन शर्माले “कम्पनी केवल सवारी विक्रीगर्न तर्फमात्र केन्द्रित नभई ग्राहमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्वसुलभतातर्फ पनि विशेष ध्यान केन्द्र्रित रहेको कुरा” उल्लेख गरेका छन् । चाहिएको वेला सर्वसुलभ तरिकाबाट समयमै ग्राहकरुलाई स्पेयरपार्टहरु उपलब्ध गराई ग्राहकलाई सन्तुष्टि दिनु कम्पनीको प्रमुख उद्देश्य रहदैं आएको जानकारी दिए ।