ठमेलमा नयाँ रेष्टुराँ खुल्यो
काठमाडौं। नेपालको प्रमुख पर्यटकीयस्थल राजधानीको ठमेलको प्रवेशद्वारमा नै ओजी लाउन्ज नामको आधुनिक रेष्टुराँ एण्ड डिस्को सञ्चालनमा आएको छ । सो रेष्टुराँको आइतबार साँझ शुभारम्भ गर्दै नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले ठमेल अन्तराष्ट्रिय स्तरकै पर्यटकीय केन्द्र भएकाले यस रेष्टुराँले पर्यटकलाई थप सुविधा र मनोरञ्जन प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले आर्थिक समृद्धिका लागि पर्यटन प्रवद्र्धन गरी युवावर्गलाई रोजगारी दिनुपर्ने विचार व्यक्त गरे । रेष्टुराँका सञ्चालक दिनेश श्रेष्ठले पारिवारिक वातावरणमा स्वच्छ मनोरञ्जन र स्वादिलो खानाको सुविधाका लागि रेष्टुराँले सेवा दिने बताए । ७० जना ग्राहकको क्षमता रहेको सो रेष्टुराँमा गीत–सङ्गीत, दुई तलामा लाइभ वार, स्पोर्ट वार, विभिन्न परिकारका खानाको सुविधा रहेको र मध्यमवर्गले समेत सुविधा लिन सक्ने मूल्य राखिएको बताइएको छ । रासस
शिखर इन्स्योरेन्सको प्रिमियम आम्दानी २ अर्ब ७७ करोड
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ७७ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ३८.५ प्रतिशतले बढी हो । कम्पनीले आर्थिक वर्ष २०७३/७३ मा २ अर्ब प्रिमियम संकलन गरेको थियो । गत आर्थिक वर्षको नाफा भने केही दिनपछि एकिन हुने कम्पनी सचिव सुरज राजवहाकले बताए । ‘पुर्नबीमा र दावी भुक्तानीको हिसावपछि मात्र नाफा कति भयो भनेर भन्न सकिन्छ’ उनले भने । कम्पनीको चुक्ता पुँजी ८१ करोड ७६ लाख रुपैयाँ छ । १३ वर्षअघि स्थापना भएको शिखर इन्स्योरेन्स हाल बजारको लिडर कम्पनीको रुपमा स्थापित भएको छ । कम्पनीको चुक्ता पुँजी, नाफा, प्रिमियम, ग्राहक संख्या लगायत धेरै सूचकांङकमा शिखर इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले बताए ।
ट्वीनटर भाडामा ल्याउने योजनामा पनि धक्का, अत्यावश्यक उडान नै रोकिने गरी सरकारको असहयोग
काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा पनि चीनबाट ल्याएका जहाज पाइलट अभाव, कम क्षमतामा उड्ने र सबै गन्तव्यमा नजाने भएपनि हाल संचलनमा रहेकै ट्वीनअटर नामका जहाज भाडामा ल्याउने योजना अगाडि सारेको छ । निगमले आन्तरिक उडानमा दुइतीन वटा ट्वीअटर जहाज भाडामै ल्याएर संचालन गर्ने योजनाका विषयमा छलफल अगाडि बढाएको छ । निगमको फाइल तस्बिर निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार जहाज खरिद गरेर ल्याउदाँ धेरै ऋण लाग्ने, खरिद गर्न निगमको लागि सहज नभएकोले आन्तरिक उडानमा पनि जहाज भाडामै ल्याउने योजनामा छलफल सुरु भएको छ । निगमका अनुसार सरकारले अन्तर्राष्ट्रिय उडानमा २ महिनाको लागि जहाज भाडामा ल्याउन खोज्दा त सहयोग गरेन अब आन्तरिक उडानमा कस्ले सहयोग गर्ला ? निगमका अनुसार भुटान एयरलाइन्सको जहाज भाडामा ल्याउने सबै प्रक्रिया रद्ध हुनु भनेको थप जहाज भाडामा ल्याउन असहज छ भन्नु हो । निगमलाई भुटान एयरलाइन्सको जहाज भाडामा ल्याउन नदिएर अत्यावश्यक उडान नै कटौती गर्नुपर्ने भएको छ । निगमले हाल उडान गरिरहेको दैनिक अन्तर्राष्टिय उडान कटौती गर्नुपर्ने भएको छ । अब निगमले दुई वटा उडानलाई सातामा एक मात्रै बनाउने गरी सेड्युल तयार पारेको छ । निगमका अनुसार ३ वटा जहाजको उडान अब २ वटा एयरवसबाट मात्रै गर्नुपर्ने भएको छ । निगमसँग भएको उडानमा रहेको एउटा ठूलो जहजा मर्मतको लागि सिंगापुर गएको छ । यो जहाज नभएकै कारण निगमले भुटान एयरलाइन्सलाई भाडामा ल्याएर चलाउन खोजेको थियो । निगमका अनुसार भुटान एयरलाइन्स भाडामा ल्याउन दिएको भए बाटो खुला हुने थियो । यो जहाज आउन नपाएपछि अब बनाउने योजना के हुन्छ भन्ने वारेमा अहिले नै भन्न नसकिने पनि उल्लेख छ । जहाज अभावमा आन्तरिक उडान निकै समस्यामा रहेको छ । आन्तरिक उडानमा जहाज नभएर जति माग आए पनि पुर्याउँनै सकिएको छैन । निगमसँग हाल आन्तरिकमा उडान योग्य ट्वीअटर जहाज जम्मा २ वटा मात्रै छ । दुईवटा जहाजले सबै दुर्गम क्षेत्रका विमानस्थलसम्म सेवा दिन असम्भव भएकोले पनि निगमले थप जहाजको आशा भाडामै ल्याउने गरी तयारी गरेको हो । निगमले सन् १९७१ देखि उडान सुरु गरेको यो ट्वीअटर जहाज क्यानेडियन हो । यसको उडान क्षमता निकै अब्बल छ । निगमले उडाएका र नेपालमा भएका सबै वायुवायानको तुलनामा आन्तरिक उडानमा ट्वीअटर नै सबैभन्दा उपयुक्त जहाज हो । निगमले उडाएकै जस्तो ट्वीअटरमार्फत तारा एयरले दुर्गम क्षेत्रमा उडान गरिरहेको छ । अन्य वायुसेवासँग ट्वीअटर जहाज छैन । ट्वीअटर जहाज वा सो सरहको क्षमता नभएकै कारण अन्य वायुसेवाले दुर्गम क्षेत्रमा नियमित उडान गर्न पनि सकेका छैनन् । निगम सरकारी वायुसेवा भएको र यसले नाफा मात्रै नभएर सेवामूलक उडान पनि गर्नुपर्ने भएकोले यसले घाटा सहेरै भएपनि दुर्गम क्षेत्रका विमानस्थलमा समेत नियमित उडान गर्दै आएको छ । निगमले अहिले पनि ट्वीनअटरमार्फत दर्जन गन्तव्यमा आन्तरिक उडानको सेवा दिएको छ । चिनियाँ जहाजको समस्या प्रशिक्षक पाइलट नै नहुनु निगमसँग हाल २ वटा ५८ सिट क्षमतको एमए ६० र २ वटा १८ सिट क्षमताको वाई १२ नामक ४ वटा चिनियाँ जहाज छन् । अझै यही प्रकृतिको २ वटा वाई १२ आउँदै छ । निगमसँग जहाज भए पनि उडाउन नसकिएको यो ४ वटा चिनियाँ जहाजको प्रमुख समस्या पाइलट अभाव नै हो । निगमसँग प्रशिक्षक पाइलट नभएको र चीनले प्रशिक्षक पाइलट तयार नगरिदिएकोले पनि उडानमा समस्या भएको उल्लेख छ । निगमसँग हाल १ जना विदेशी र एक जना नेपाली प्रशिक्षक पाइलट तयारी अवस्थामा छन् । यी पाइलटले नयाँ पाइलट तयार पार्नुपर्ने हुन्छ । अब बर्षातको समय सकिएपछि चिनियाँ जहाजको टेस्ट फ्लाइट गर्ने र नियमित उडानको तयारी निगमले गरेको पनि कंसाकारले जानकारी दिए ।
भुटान एयरलाइन्स भाडामा ल्याउने प्रक्रिया खारेज, मन्त्रालयको असहयोगले निगम अप्ठ्यारोमा
काठमाडौं । नेपला वायुसेवा निगमले भुटानको जहाज भाडामा ल्याएर जहाज उडान गरेको प्रस्तवको प्रक्रिया नै खारेज भएको छ । तालुक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनले प्रस्ताव स्वीकृत नगरेपछि निगमलाई अप्ठ्यारोमा परेको हो । निगमले सरकारी नियकाले नै सहयोग नगरेको र अवाश्यव प्रक्रिया अगाडि बढाउन नदिएपछि यो प्रक्रिया खारेज भएको वायुसेवा निगमले जानकारी दिएको छ । मन्त्रालयले स्वीकृति नदिएकै कारण तत्काल जहाज भाडामा ल्याउने प्रस्ताव अहिलेलाई रोकिएको छ । आयात गर्न लाग्ने नियम लगाएर प्राधिकरणले जहाज ल्याउन रोक लगायो भने मन्त्रालयले पनि सहयोग नै नगरेको कारण यो प्रक्रिया नै रद्ध भएको उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट ।
स्थानिय तहमा पुग्यो ७५ अर्ब, सवा २ खर्बको बजेटमा एक तिहाइ सम्वन्धित तहमा
काठमाडौं । अर्थ मन्त्रालयले स्थानीय तहमा विनियोजन गरेको बजेटमध्ये ७५ अर्ब रुपैयाँ सम्वन्धित निकायमा पुगेको छ । आइतबार महालेख नियन्त्रकको कार्यालयलाई स्थानीय तहको संचित कोषमा रकम हस्तान्तरण गर्न निर्देशन दिएको अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख केवलप्रसाद भणडरीले बताए । स्थानीय तहका लागि केन्द्र सरकारले बजेटमा विनियोजन गरेको एकतिहाई रकम निकासा दिन कोष तथा लेखा नियन्त्रक कार्यालय कोलेनिका हरुलाई सरकारले निर्देशन दिएको छ । महालेखा नियन्त्रणका कार्यालयलेसाउन १ आईतबारदेखि नै ७९ वटा कोलेनिकालाई निकासा दिन निर्देशन दिएको हो । आज आईतबार बाट स्थानीइ तहका लागि उनीहरुको बजेट निकासा दिनु भन्ने आदेश कोलोनिकालाई गएको हो । स्थानीय तहलाई निःसर्त र ससर्त अनुदानवापत छुट्याइएको २ अर्ब २५ अर्ब रुपैयाँमध्ये एकतिहाई सम्बन्धित निकायमै पुगेको उल्लेख छ । नयाँ पत्रिका दैनिकबाट ।
राजधानीका सडकै ज्यानमारा, एम्बुस बन्दै भ्वाङहरू
काठमाडौं । मुलुककै राजधानी रहेको काठमाडौं महानगरपालिका र आसपासका नगरपालिकाका जनप्रतिनिधिले नगरलाई अत्याधुनिक र अन्तर्राष्ट्रियस्तरको बनाउनेलगायत मीठा कुरा गरेका छन् । कसैले स्मार्ट सिटी र स्याटेलाइट सिटी त कसैले मोनोरेल सञ्चालन र फ्लाइओभर निर्माण, कसैले निशुल्क वाइफाईको व्यवस्थाजस्ता आश्वासन दिएर नगरलाई सुविधासम्पन्न बनाउने सपना बाँड्न भ्याइसके । तर, काठमाडौं महानगरपालिकाकै बासिन्दा धूवाँधूलो, हिलो र ढलबाट मुक्त हुन सकेका छैनन् । ढल व्यवस्थित गर्न नसक्दा पानी पर्नासाथ सडक नै पोखरीजस्तो बन्ने अनि यात्रु नालीमा डुब्ने मात्र होइन, ज्यानै जानेसम्मका घटना भइरहेका छन् । सडक निर्माणका क्रममा महिनौंदेखि त्यत्तिकै राखिएका ठूल्ठूला भ्वाङ नागरिकका लागि एम्बुसजस्ता बनेका छन् । विद्यालयबाट फर्किंदै गरेकी छात्रा सत्या सापकोटा सडककै भेलमा झुक्किएर नालीमा पसिन् । झन्डै सय मिटर परसम्म लेदोपानीसँगै बगेकी सत्याले हात हल्लाएपछि स्थानीयले उद्धार गरे । सत्या त बाँच्न सफल भइन् तर खेल्दाखेल्दै ढलमा परेकी नेपालटारकी ११ वर्षीया विनीता फुयाँलले ज्यानै गुमाउनुपर्यो । शुक्रबारका यी दुई घटना राजधानीभित्रका प्रतिनिधि मात्र हुन् । यस्ता दर्जनौं घटना बर्सेनि भइरहेका छन् तर स्थानीय निकायदेखि केन्द्र सरकारसम्म मूकदर्शक बनिरहेका छन् । पछिल्लो समय मेलम्ची खानेपानी आयोजनाका लागि सडकमा खन्ने तर तत्काल नपुर्ने वा कालोपत्रे नगरेका कारण घाम लागे धूलोले र पानी परे हिलोले हिँड्न सक्ने अवस्था छैन । यसको असर यति मात्र होइन, उक्त माटो पसेर ढल थुनिने, त्यसपछि सडकभरि पानी जम्ने अवस्था छ । तीनकुने, पुतलीसडक, जमल, बौद्ध, त्रिपुरेश्वर, कालिमाटीलगायत दर्जनौं ठाउँ केही वर्षयता पानी पर्नासाथ पोखरीजस्तै जलमग्न हुने गरेका छन् । मेलम्ची खानेपानीका लागि खनिएका ठाउँमा जम्ने पानीले पनि यात्रु र सवारी साधन थुप्रै पटक समस्यामा परेका छन् । त्यस्तै, तीनकुनेबाट माइतीघरसम्म फराकिलो सडक बने पनि बागमती र धोवीखोलाका कारण यात्रु र चालकले सास्ती पाइरहेकै छन् । बागमतीमा हाल बनाइरहेको पुलमा सावधानी अपनाउन नसक्दा एक लेनको सडकसमेत खाल्डो परेको छ । यसै साँघुरो, त्यसमाथि एक लेन सडकमा खाल्डो परेपछि अहिले सवारी जामले यात्रु आक्रान्त छन् । जामका अतिरिक्त रातको समयमा यात्रा गर्नेका लागि सावधान गराउने काम पनि भएको छैन । यसले चालक र यात्रु खाल्डोमा पर्ने खतरा बढेको छ । अन्नपूर्ण पोस्टबाट ।
मन्त्रीबाट हटेको ४० दिनसम्म क्वार्टर छाडेनन् पूर्व पर्यटन मन्त्रीले, फेरि मन्त्री बन्ने दाउमा
काठमाडौं । गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरुले मन्त्री क्वाटर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री क्वार्टर छोडेका छैनन् । मन्त्रीबाट हटेपछि उनी बसेको भी फाइब को क्वार्टरमा सामान राख्नुका साथै साँचो समेत आफैं लिएर हिँड्ने गरेका छन्। नेपाल फोरम लोकतान्त्रिकका उपाध्यक्षसमेत रहेका देवले पुन मन्त्री हुने आशा राख्दै मन्त्री मन्त्री क्वार्टरबाट आफ्नो सामान सारेका छैनन्। मन्त्रीबाट हटेको दुई तीन दिन भित्रै आफ्नो सामान सारेर साँचो बुझाउनुपर्ने भए पनि मन्त्रीबाट हटेको ४० दिन बितिसक्दा पनि पूर्वपर्यटन मन्त्री देवले मन्त्रीक्वार्टर छोडेका छैनन्। मन्त्रीबाट हटेको करिब २० दिन क्वार्टरमा बसेका देव अहिले पनि सामान मात्र राखेर साँचो लिएर हिँडेका छन्। नेपाल समाचारपत्र दैनिकबाट ।
नारायणगढ मुग्लिन सडकखण्डमा २९ ठाउँमा पहिरोको जोखिम
चितवन । प्रधानमन्त्री, गृहमन्त्री र यातायातमन्त्रीलाई लामो गाडीको पछाडि सिटमा राखेर चलाए मात्र यो बाटो बन्छ नत्र बन्दैनु, नारायणगढ काठमाडौं चल्ने बसका सहचालक रामहरि भट्टराईले भने । दिनहुँ खाल्डाखुल्डी र धुलाम्मे सडकको यात्रा गर्नुपर्दा उनले यसरी आक्रोश पोखेका हुन्। नारायणगढ मुग्लिन सडकखण्डको दयनीय अवस्थाबाट आजित उनले सास्ती सुनाउँदै सरकारको आलोचनासमेत गरे । बाटो राम्रो छैन, दुईटा गाडी छिर्दैन, भैंसी पुरिने खाल्डो छु, उनले भने ज्यानको माया मारेर हिँड्नुपरेको छ । खाल्डाखुल्डीका कारण सवारी जाम बढी हुने गरेको उनको भनाइ छ । यसबाहेक कति बेला पहिरो जाने हो भन्ने टुंगो हुँदैन । पहिरोको जोखिम क्षेत्रमा जाम हुँदा बढी डर लाग्नेको गरेको उनले सुनाए । २८ महिना बितिसक्दा पनि सडक विस्तारको काम सकिएको छैन । सुरुको सम्झौताअनुसार २०१७ को अप्रिलमा काम सक्नुपर्ने भए पनि भूकम्पको कारण देखाएर म्याद थपिएको थियो । त्यसपछि सेप्टेम्बरसम्म काम सक्नुपथ्र्यो । त्यसपछि पनि दुईपटक म्याद थपिएको छ । त्यसपछिको सम्झौताअनुसार २०१७ को डिसेम्बर २१ मा काम सक्नुपर्ने हो । सडक विभागले यही असार २३ गते मात्र म्याद थपको निर्णय गरेअनुसार फेब्रुअरी २० लाई अन्तिम मानिएको छ । अहिलेसम्म काम ५१.४ प्रतिशत मात्र सम्पन्न भएको छ । वर्षातको समयमा काम नहुने निर्माण कम्पनीले जनाएका छन् । विस्तारको काम सुरु भएसँगै सडकको अवस्था बिग्रिँदा यात्रा कठिन भएको छ । ठाउँठाउँमा पहिरो खस्ने गरेको छ । खाल्डो नपुर्दा जोखिम बढेको छ । दासढुंगा, सेती दोभान, घुमाउने, सिमलताल, जलवीरेलगायत क्षेत्र पहिरोको जोखिममा छन् । उक्त सडकखण्डका २९ स्थानलाई पहिरोको जोखिमयुक्त क्षेत्र मानिएको छ । ४४ घरधुरी पनि पहिरोकै जोखिममा छन् । सडक विस्तारको काम सुरु गरेपछि नै पहिरो खस्न थालेको स्थानीय बताउँछन् । आयोजनाको काम थालेपछि २०७२ साल माघ २४ गते पहिलोपटक पहिरो खसेको थियो । इच्छाकामना ६ कालिखोलाका गौबहादुर गुरुङले हिजोआज पहिरो खसेको दृश्य सामान्यजस्तैु लाग्न थालेको बताए । बाटो बनाउनेले नै बिगारेका हुन्, भत्किने भए पहिल्यै भत्किन्थ्यो, उनले भने । अन्नपूर्ण पोस्टबाट