कमोडिटीज मार्केट्समा मारवाडीदेखि एनआरएनको मोह, ५ कम्पनीले दिए निवेदन
काठमाडौं । पाँच वटा कमोडिटिज एक्सचेञ्ज कम्पनीहरुले सैद्धान्तिक स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कमोडिटिज एक्सचेञ्ज कम्पनी सञ्चालनका लागि आवेदन दिन बोर्डले उपलब्ध गराएको समय अवधीभित्र ५ वटा कम्पनीले निवेदन दिएका हुन् । नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेका अनुसार नेपाल कमोडिटिज एक्सचेञ्ज लिमिटेड, मर्कन्टाइल एक्सचेञ्ज लिमिटेड, कमोडिटिज फ्युचर्स एक्सचेञ्ज लिमिटेड, मल्टी डेरिभेटिभ एक्सचेञ्ज नेपाल लिमिटेड र राइजल कमोडिटी एण्ड एक्सचेञ्ज लिमिटेडले आवेदन दिएका हुन् । ती कम्पनीहरुले न्युनतम ५० करोडको पुँजी संरचना तयार पारेर सैद्धान्तिक सहमतिका लागि धितोपत्र बोर्डमा बुझाएका हुन् । बोर्डले सैद्धान्तिक सहमति दिएपछि मात्रै ती कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ताको प्रक्रिया आरम्भ गर्नेछन् । ‘पाँच वटा कम्पनीहरुले आवेदन दिएका छन्, हामी अध्ययन गरिरहेका छौं, त्यसपछि कम्पनी स्थापनाका लागि सैद्धान्तिक सहमति दिन्छौं’, बोर्डका सहायक प्रवक्ता घिमिरेले भने । कमोडिटिज एक्सचेञ्ज कम्पनीमा मारवाडी समुदायदेखि एनआरएनहरुले सम्म रुचि देखाएका छन् । नेपालको ठुला व्यवसायीक घराना दुगड, अग्रवाल, जैन, हुलासचन्द र मुरारका अर्गनाइजेशनले मर्कन्टाइल एक्सचेञ्जमा लगानी गरेका छन् । नेपाल कमोडिटिज एक्सचेञ्जमा एनआरएनहरुको लगानी रहनेछ । त्यस्तै, कमोडिटिज कम्पनीमा बिभिन्न बाणिज्य बैंक तथा इन्स्योरेन्स कम्पनीहरुले समेत लगानी गरेका छन् । धितोपत्र बोर्डले २०७४ मंसिर ९ गतेदेखि कमोडिटिज् मार्केट्स सम्बन्धी नियमावली कार्यान्वयनमा ल्याएको थियो । सो नियमावली अनुसार कमोडिटिज सम्बन्धी कारोबार गर्ने कम्पनीले ५० करोड पुँजी पुर्याएर २५ हजार दस्तुरसहित कम्पनी दर्ताका लागि धितोपत्र बोर्डमा निवेदन दिनुपर्ने थियो । त्यस्ता कम्पनीले प्रबन्ध पत्र, सम्भाव्यता अध्ययन रिपोर्ट, तीन बर्षको व्यवसाय सञ्चालन योजना, लगानीको श्रोतसहितको विवरण खोलेर निवेदन दिनुपर्ने व्यवस्था थियो । बोर्डले पुर्व स्वीकृति दिएपछि मात्रै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न पाइन्छ । बोर्डले वस्तु विनिमयबजार सञ्चालन गर्ने संगठित संस्थाको चुक्तापुँजी ५० करोड रुपैयाँ, वेयर हाउसको १५ करोड, राफसाफ तथा फस्र्यौट व्यवसायको सात करोड, लगानी व्यवस्थापकको पाँच करोड, लगानी परामर्शदाताको एक करोड तथा वस्तु कारोबार दलालको ५० लाख रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । यी सामानको कारोबार गर्न पाइन्छ वस्तु विनिमय बजारमा कृषिजन्य उत्पादनमा कपास, अलैँची, जिरा, खुर्सानी, मरीच, काजू, सुपारी, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ती, जुट, बेसार, फलफूल, तथा सोबाट निर्मत जुस, धातुजन्य वस्तुमा आल्मुनियम, तामा, शिशा, निकल, पित्तल, फलाम, स्टिल, जिंक रहेको छ । त्यस्तै सुन, चाँदी, प्लाटिनम र खनिज तेलमा कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयल, तेलतर्फ नरिवल, पाम, तोरी, भटमास, सूर्यमुखी, आलस तथा चिनी, सख्खर, चिया, अण्डा र जडीबुटीजस्ता वस्तुसमेत कारोबार गर्न सकिनेछ । यस्तै बजारको कुल सेयर पूँजीको ५ प्रतशितभन्दा बढी स्वामित्व ग्रहण गर्न नपाउने व्यवस्थासमेत गरिएको छ । वस्तु विनिमय बजारको अनुमति लिएको ३ वर्षसम्म शेयर बिक्री गर्न नपाइने र त्यसपछि स्वामित्व लिएको व्यक्तिले हस्तान्तरण गर्न चाहेमा बोर्डको स्वीकृति लिनुपर्ने तथा विदेशी संस्थाले रणनीतिक साझेदारको रुपमा बजारको कुल शेयर पूँजीको बढीमा ५१ प्रतिशतसम्म मात्रै स्वामित्व ग्रहण गर्नुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
उपसचिव लीला अधिकारी र ईन्जिनियर बीजेन्द्र श्रेष्ठ जेल जाने पक्का, १० लाख बिगो सहित मुद्दा दायर
काठमाडौं । भ्रष्टाचार आरोपमा पक्राउ परेका उपसचिव लीला अधिकारी र ईन्जिनियर बीजेन्द्र श्रेष्ठ दुबै विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ । खानेपानीको ट्याङ्कीको अन्तिम विल भुक्तानी र कार्य अनुभवपत्र दिलाइदिने भन्दै ५ लाख घुस रकम लिदालिदैं पक्राउ उनीहरु बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । अनुसन्धानको क्रममा उनीहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम कसुर गरेको देखिन आएकोले उनीहरुलाई जनही ५ लाख बिगो कायम गरिएको छ । अख्तियारका सहप्रवक्ता दीर्घराज मैनालकिा अनुसार अब उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ र सोही दफाको उपदफा १ को देहाय घ बमोजिम ६ महिना देखी १ वर्ष महिना सम्म कैद सजाय हुन सक्नेछ । “हामीले अहिलेसम्म यो २७० जना भन्दा बढी भ्रष्ट्रचारको आरोपमा पक्राउ गरिसकेका छौं, उनीहरुबाट १० अर्ब भन्दा बढी बिगो दाबी समेत गरेका छौं यसरी मुद्दा दायार भएका कुनैपनि व्यक्तिले यन्मुक्ति पाउदैनन्,” सहप्रवक्ता मैनालीले विकासन्युसँग भने । यसअघि उपसचिव अधिकारी बुढानिलकण्ठ नगरपालिकाका प्रशासकिय अधिकृत रहेका थिए भने इन्जिनियर श्रेष्ठ सोहि नगरपालिकाका इन्जिनियर रहेका थिए । उनीहरुलाई अख्तियारले चैत २६ गते पक्राउ गरेको थियो । यो पनि हेर्नुहोस् ५ लाख घुससहित उप-सचिव लिला अधिकारी र इन्जिनियर वीरेन्द्र श्रेष्ठ पक्राउ, दुई वटा कार पनि बरामद आक्रामक बन्दै अख्तियार, भ्रष्ट्राचार गरेको आरोपमा २६० जना पक्राउ, १० अर्ब ४६ करोड भ्रष्ट्राचार गरेको ठहर
लक्ष्मी बैंकको सहयोगमा सर्पदंशका विरामीलाई निःशुल्क उपचार
काठमाडौं । उपमहानगरपालिका क्षेत्रका वासिन्दालाई सर्पले टोकेमा अब इटहरी उपमहानगरपालीकाले निः शुल्क उपचार गर्ने भएको छ । इटहरी उपमहानगर क्षेत्रका स्थायी वासिन्दा भएकाहरुलाई सर्पले टोकेमा इटहरी उपमहानगरपालिकाले उपचार गरिदिने उपमेयर लक्ष्मी गौतमले बताएकी हुन् । सुनसरीको इटहरीमा रहेको सामुदायीक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकले करिव दुई लाख बराबरको स्वास्थ्य उपकरण हस्तान्तरण गर्ने काकर्यक्रममा गौतमले सो कुरा बताएकी हुन् । सर्पदंशका बिरामीहरुलाई सेवा दिदै आएको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैंकको सामाजिक कोष अन्तर्गत एक थान इलेक्ट्रिक अक्सिजन, साईडबेड मनिटर र बेड हस्तान्तरण गरको छ । विभिन्न सहयोगी हात तथा नेपाली सेनाको प्रमुख सक्रियतामा सामुदायिक सर्पदंश केन्द्रको सञ्चालन भईरहेको छ । नेपाली सेनाको हाताभित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रलाई लक्ष्मी बैकको तर्फबाट सहयोग गर्दै सिईओ सुदेश खालिंगले आगामी दिनहरुमा पनि आवश्यकता अनुसार सहयोग गर्दै जाने बाताए । त्यसै गरि उपचार केन्द्रका अध्यक्ष दिवश पोखरेलले बिभिन्न सामाजिक संघसस्थाबाट सहयोग भएको भए पनि बैंक क्षेत्रबाट भने यो पहिलो भएकाले अरु बैंकबाट पनि यस्ता सामाजिक संस्थामा सहयोग गर्नु पर्ने बताए । पुर्वकै केन्द्र इटहरी भएकाले यस उपचार केन्द्रमा भेन्टिलेटरको पनि आवश्यत्ता रहेको अध्यक्ष पोखरेलले बताए । जटिल प्रकृतिको बिरामी आउदा अन्यत्र पठाउनु पर्ने बाध्यता भएकाले यस्को आवश्यकता रहेको बताए । पोखरेलका अनुसार अहिले सम्म करिब सात हजार भन्दा बढि सर्पदंशका बिरमीहरुले सेवा लिई सकेको पनी जानकारी दिए ।
सर्लाहि र मोरङ्गमा लक्ष्मी बैंकको दुई नयाँ शाखा
काठमाडौं । लक्ष्मी बैंकले सर्लाहिको लालबन्धि र मोरङ्गको बेलबारी गाउपालीकामा दुई नयाँ शाखाहरु संचालनमा ल्याएकोे छ । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा सोमबार(आज)देखि उक्त शाखाबाट कारोबार शुरु गरेको छ । यी दुई शाखासहित यस बैंकको शाखा संजाल ८०, ३ हस्पिटल सेवा काउन्टर, १०१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स्, ५१ शखा रहित बैंकिङ्ग अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु पुगेको छ । बैंकले यी शाखाहरुका साथ आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यमअर्थात शाखाकार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ । त्यस्तै, आगामी दिनहरुमा बैंकले अझ धेरै शाखा अनि सेवाहरु देशभरि विस्तार गर्ने लक्ष्य लिएको छ ।
मिर्मिरे माइक्रोफाइनान्सको जेठ २ देखि २५ गतेसम्म बुक क्लोज
काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडको आगामी जेठ २ गतेदेखि २५ गतेसम्म बुक क्लोज हुने भएको छ । यस संस्था वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त २४ दिन कम्पनीको बुक क्लोज गर्न लागेको हो । यस बैंक आगामी जेठ २५ गते सातौँ वार्षिक साधारणसभामा जाँदै छ । सभामा कम्पनीले सेयरधनीलाई ३०.८० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.६२ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गर्ने भएको छ । आगामी जेठ १ गतेसम्म नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा कारोबार गरेकाले मात्र सो मात्राको लाभांश पाउने कम्पनीले जनाएको छ ।
गणपति माइक्रोफाइनान्स र एशियन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लि. र एशियन लाइफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्बन्धी सहमती पत्रमा वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) अच्युतराज साप्कोटा र एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट शाखा प्रबन्धक बद्रीनाथ पौडेलले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार यस वित्तीय संस्थाका ग्राहकहरुले यस वित्तीय संस्थाका जुनसुकै शाखाबाट यस इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमा सम्बन्धी सम्पुर्ण सेवा सजिलै लिन सक्नेछन् । संस्थाले २० वटा शाखाहरुबाट लघुवित्तका साथै बीमा सम्बन्धी सेवा पनि प्रदान गर्न लागेको सीईओ अच्युतराज साप्कोटाले जानकारी गराए ।
नेपाल जनरल इन्स्योरेन्सको महाप्रवन्धकमा एसके टमोट नियुक्त
काठमाडौं । नेपाल जनरल इन्स्योरेन्स कम्पनीको महाप्रबन्धकमा एस के टमोट नियुक्त भएका छन् । स्थापनाको क्रममा रहेको यस कम्पनीमा उनले गत सातादेखि नै जिम्मेवारी समालेका छन् । टमोट करिव चार वर्षअघि सिद्धार्थ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृृत भएका थिए । यूनाईटेड, सिद्धार्थ, रिलायन्स लगायत विभिन्न बीमा कम्पनीहरुमा करिव चार दशक कार्य गरेका टमोटसँग बीमाको प्राविधिक तथा व्यवस्थापकिय विषयमा राम्रो ज्ञान भएको जानकारहरु बताउँछन् । बीमा समितिबाट दुई महिनाअघि लाइसेन्स पाएको यस कम्पनी आगामी जेठ महिनाभित्र सञ्चालनमा आउने तयारीमा जुटेको छ । एक अर्ब रुपैयाँ जारी पुँजी रहेको यस कम्पनीमा प्रवद्र्धकले ७० करोड रुपैयाँ लगानी गरिसकेका छन् भने ३० करोड रुपैयाँको साधारण सेयर निष्काशन गर्ने कम्पनीको योजना छ । कम्पनीको कार्यालय हात्तिसारमा रहने भएको छ । २०६३ सालमा कम्पनी रजिष्ट्रारमा दर्ता भएको यो कम्पनी बीमा समितिले लाइसेन्स नदिदा करिव १२ वर्ष सञ्चालनमा आउन सकेको थिएन । झपट बोहोराले नेतृत्व गरेको यस कम्पनीले बबरमहलमा कार्यलय राखेर धेरै महिना कर्मचारी समेत पालेको थियो । बीमा समितिका पूर्व अध्यक्ष फत्तबहादुर केसीले होच्याएर व्यवहार गरेपछि र व्यवसाय गर्न अनुमति नदिएपछि बोहरा बीमा कम्पनी त्यागेर राजनीतिमा होमिए । उनी हाल ७ प्रदेशको अर्थ तथा योजना मन्त्री छन् ।
जागिरे र फुर्सद नुहुनेलाई घरमै बसेर डीग्रीको व्यवस्था, एक नम्बर विश्वविद्यालय बनाउने छौं : प्रा.डा लेखनाथ शर्मा
विश्वमा ३० वर्षअघि सञ्चालनमा आएको खुला विश्वविद्यालय नेपालमा गत वर्षदेखि शुरू हुँदै छ । यो वर्षदेखि विभिन्न संकायमा स्नातकोत्तरदेखि एमफीलसम्मको अध्ययन शुरू भएको छ । विश्वविद्यालयले नयाँ विषय अध्यापन शुरू गरेको छ, जुन कुरा अन्य विश्वविद्यालयमा छैन। विश्वविद्यालयमा नयाँ ढंगबाट अध्ययन र अध्यापन हुने भएकाले घरमै बसेर अध्ययन गर्न सकिने सुविधा छ । यसबाट धेरै विद्यार्थी लाभान्वित हुने देखिएको छ । खुला विश्वविद्यालय सञ्चालनका लागि गैरआवासिय नेपाली डा. प्रमोद ढकालको पनि योगदान रहेको छ । खुला विश्वविद्यालयको सञ्चालन र भावी योजनामा केन्द्रीत भएर उपकुलपति प्रा.डा लेखनाथ शर्मासंग विकास न्युजका लागि राजाराम न्यौपानेले गरेको कुराकानीको सारसंक्षेप: प्रा.डा लेखनाथ शर्मा, उपकुलपति, खुला विश्वविद्यालय खुला र अन्य विश्वविद्यालयमा के फरक छ ? खुला शिक्षा र दर्शनको आधारमा सञ्चालन हुने विश्वविद्यालय नै खुला हो । खुला शिक्षा भन्ने वित्तिकै निजी जस्तै भर्ना हुने र परीक्षामा सामेल भएर प्रमाणपत्र पाउने जस्तै हो भन्ने जनमानसको बुझाई रहेकाे छ । हामीले गरेको अन्तक्रियामा सबैले यसै भने । खुला शिक्षा भन्दा पनि अहिले दुरशिक्षा हो । खुला भनेको कुनै पनि प्रमाणपत्र विना शिक्षा हासिल गर्नु हो । पढ्दै पढ्दै गएर उच्च शिक्षा हासिल गर्न मिल्ने किसिमको शिक्षा नै खुला शिक्षा हो । हामीले अहिले नै त्यसो गरियो भने आम जनमानसले कसरी प्रभाबकारी हुन्छ भनेर प्रश्न गर्छन् । अहिले हामी खुला भन्दा पनि दुरशिक्षाको दर्शन र विधिमा छौँ । हामीसँग स्रोत र साधन पनि कमी छ । पछि गएर खुला किसिमको शिक्षाको विकास हुनेछ । परम्परागत विश्वविद्यालयमा शिक्षक र विद्यार्थीबीच निश्चित समयमा निश्चित स्थानमा, निश्चित विषयमा पठ्नपाठ्न हुन्छ । तर खुला विश्वविद्यालयमा मुडल मार्फत शिक्षक र विद्यार्थीबीच निश्चित समय हुदैन, निश्चित स्थान पनि हुदैन, निश्चित विषयको मात्र छलफल हुदैन । यस विश्वविद्यालयमा विद्यार्थीलाई मुडलको युजर आईडी दिएको हुन्छ । अन्य विश्वविद्यालयभन्दा फरक व्यवस्था छ । शिक्षामन्त्री कुलपति हुने व्यवस्था छ । अरू विश्वविद्यालयमा कुलपति प्रधानमन्त्री हुन्छन् । अरू विश्वविद्यालयको जस्तो सेवा आयोगको व्यवस्था यहाँ छैन, शिक्षाअध्यक्षको काम उपकुलपतिले गर्ने व्यवस्था छ । प्राज्ञिक परिषद्को अध्यक्ष उपकुलपति र आर्थिक प्रशासनिक काम कुलसचिव (रजिस्ट्रार)ले गर्छन् । खुला विश्वविद्यालयमा विद्यार्थीले कसरी अध्ययन गर्नेछन् ? मुडलको युजर आईडीमा जुनसुकै स्थानमा रहेर पनि आफ्नो अनुकुलता अनुसार बुझ्न सकिन्छ । नबुझेका कुरा विद्यार्थीले पढाई भैरहेको बेला मुडलमार्फत प्रश्न गर्न सक्छ । गरेका प्रश्नको उत्तर दिन सक्ने कोही छ भनेर सोध्छौ । तर त्यसको उत्तर राम्रो आएन भने शिक्षकले नै प्रश्नको उत्तर दिने छन् । हामीले कुनै पनि विषयको पढाई हुनु भन्दा पहिले नै यो दिन यो विषयको यो शिक्षकले पढाउने छन् भनेर मुडलमा जानकारी हालेका हुन्छाैँ र विद्यार्थी त्यो समयमा आउन सकेन भने पनि उसले त्यो सामाग्री पछि मुडलमा हेर्न सक्छन् र नबुझेका प्रश्न गर्न सक्छन् । त्यसको उत्तर हामीले जति सक्दो चाडो दिने छौँ। मुडल भनेको यस्तो चौतारी हो कि त्यसैभित्र शिक्षकले कसरी पढाउने, के विषयमा पढाउने, विद्यार्थीलार्इ कस्तो खालको असाइन्मेट दिने र यो हप्ता तपाईले यो यो कुरा सिक्नु हुने छ, र यसरी सिक्न सकिने छ भनेर नै लेखिएको हुन्छ । मुडल भित्र पनि छलफल गर्नका लागि फोरमहरु हुन्छ । पहिले यहाँ बसेर पढाएको सात वटै प्रदेशमा र विद्यार्थीले प्रयोग गरेको मोवाईल वा अन्य सामाग्रीबाट विद्यार्थीको र शिक्षकबीच मुडल मार्फत प्रत्यक्ष कुराकानी हुन्छ । परीक्षा कसरी सञ्चालन हुन्छ ? विद्यार्थी प्रदेशको कार्यलयहरुमा आएर बेला बेलामा असाइन्मेटहरु गरिरहन पर्छ । हामीले कुनै बेला कुन विद्यालयमा पठ्नपाठन कसरी भएको छ । र, त्यहाँ कसरी हुनुपर्छ विद्यालयलाई सुझाव दिनु होला भनेर हामीले भन्छाै र हामीलाई उहाँहरुले बुझाउन हुन्छ वा मुडलमा पढाउनु हुन्छ । हाम्रो परीक्षा यस विश्वविद्यालयले तोकेको केन्द्रहरुमा अन्य विश्वविद्यालयको जसरी नै सञ्चालन हुन्छ । अहिले हामीले ९०० विद्यार्थीहरुलाई प्रवेश परीक्षामा सामेल गरेका छौ । पहिले यस विश्वविद्यालय कसरी आउछन् भनेर धेरैले प्रश्न गर्थे । अहिले विद्यार्थी आएर सबै जना दंग परेका छन् । देशैभरीका वा सातै प्रदेशकाले यसलाई आवश्यक ठानेर आएका छन् । हामीले प्रदेशमा नै विद्यार्थीको चाप हेरेर प्रवेश परीक्षाको व्यवस्था मिलाएका छौँ । नेपालमा धेरै विश्वविद्यालयहरु हुँदाहुँदै किन चाहियो खुला विश्वविद्यालय ? नेपालमा पढाईबाट बञ्चित भएकालाई समावेस गराउन यो विश्वविद्यालय आएको हो । सबै विश्वविद्यालय सहर केन्द्रीत भए । पेसा ब्यवसायी वा काम गरेर पढ्ने विद्यार्थीहरुले पढ्न पाएनन् । पैसा हुनेहरुले मात्र शिक्षा हासिल गर्ने ब्यवस्थाको पनि यसले अन्त्य गर्छ । कुनै एकजना ब्यक्ति पढ्नका लागि कोठा लिएर बस्याे भने उसका लागि कोठा भाडा, क्याम्पसको शुल्क र क्याम्पस जाने समय लगाएतका कुराहरु बचत हुन्छ । विद्यार्थीले गरेको काम सँगसगै पढार्इ पनि अगाडि बढाउन सक्छ । त्यसैले पनि सबै शिक्षाको पहुचमा आउनेछन् । धेरै शुल्क तिर्न नसक्नेलाई सस्तो शुल्कमा डिग्री, काम गर्दै पढ्दै गरेर उच्च शिक्षा लिन सकिने, देशबाहिर लाखौँ मानिस छन्, जसले उच्च शिक्षाको चाहना राखेका हुन्छन्, विदेशमै बसेर उनीहरूले पढ्न सक्नेछन्, गृहिणीले घरमै बसेर अध्ययन गर्न सक्नेछन्, पहिले बीचमै पढाइ छाडेका र अहिले निरन्तरता दिन चाहनेले घरमै बसीबसी अध्ययन पूरा गर्न सक्ने भएकाले यो विश्वविद्यालको स्थापना भएको हो । आउँदा दिनमा विश्वविद्यालयका लागि चुनाैती के छन् ? विद्याथीले यो कस्तो खालको शिक्षा हो कसरी पढाई हुन्छ भनेर राम्रोसँग बुझेका छैन। हामी निजी घर भडामा लिएर बसेका छौ । राम्रो अन्य विश्वविद्यलय भन्दा स्थापना कालमा केही धेरै खर्च लाग्छ । हामीले बनाएका आइटीहरु सपोर्ट गर्छ कि गर्दैन भन्ने कुरा पनि छ । गरेन भने फेरी त्यसलाई बनाउनु पर्यो । अन्य विश्वविद्यालयहरु भन्दा यो विलकुलै फरक छ । यसमा अनलाईन मार्फत सामाग्री बनाउने र मुडलमा पनि राख्न पर्ने हुन्छ । यो नेपालको लागि आफैमा नयाँ हो । सरकाले पनि कति पैसा दिन्छ भन्ने पनि एकिन छैन । हामीले अनुमान गरेर शुल्क निधारण गरेका छौ । हामीले अनुमान गरेको भन्दा कम रकम आयो भने पनि हामीले त मिलाएर सञ्चालन गर्नै पर्यो । धेरैले खुला विश्वविद्यालय महंगो भयो भनेका छन् नि, यहाँ के भन्नुहुन्छ ? परम्परागत विश्वविद्यालयहरुमा भन्दा खुला विश्वविद्यालय मंहगो छैन । सबै सिकाईका सामाग्रीहरु सुरक्षित राख्न पर्यो । अन्य विश्वविद्यालयमा जस्तो विद्यार्थीलाई यसो गर भनेर भएन। विद्यार्थीका लागि चाहिने सामाग्री निर्माण पनि यसमा महंगो पर्न जान्छ । समयअनुसार कोर्ष पनि परिवर्तन गरिरहन पर्यो । हामीले अहिले जम्मा लाग्ने खर्चको ४० प्रतिशत मात्र विद्यार्थीसँग उठाउन लागेको हो । एउटा विद्यार्थीलाई उसको मागअनुसार भर्ना भएको समयले १ देखि ५ वर्ष सम्म आफ्नो अनकुलता हेरेर म यति समय भित्र पास गर्छु भन्न पनि सक्छ । एउटै विद्यार्थीलाई ५ वर्ष सम्म हेर्दा विश्वविद्यालयले तोकेको तलब दिनै पर्यो । हामीलाई विद्यार्थीसँग धेरै लिएर हामीलाई कुनै फाईदा गर्ने भन्ने छैन । सरकारले यो विश्वविद्यालयमा बजेट पुग्ने गरी दियो भने हामी विद्यार्थीलाई निःशुल्क पढाउछाैँ । विद्यार्थीलाई दुई पटक किन पिट्ने पहिलो पटक पढ्न पाएन र दोस्रो पटक पढ्न पाए पनि गुणस्तरीय भएन भने त्यो विद्यार्थीले दोहोरो पिटाई खायो त ? हाम्रो संविधानमा पनि उच्च शिक्षा निःशुल्क पनि भनेको छैन । त्यसैले पनि विद्यार्थीहरुलाई दिने शिक्षाको गुणस्तरका आधारमा लाग्ने शुल्क लिनै पर्यो । जहिले पनि अनुसन्धानको समयमा जुनसुकै चिज पनि मंहगो हुन्छ । हामी पनि त्यहि फेजमा भएर मंहगो जस्तो देखिएको हो । तर यो मंहगो छैन । खुला विश्वविद्यालय नयाँ विषय पढेकाहरुले के अवसर पाउँछन् ? हामीले उत्पादन गरेका विद्यार्थीहरु सहरमा गएर कोठा लिएर अरु काम सबै छाडेर पढ्न पर्ने बाध्यता हटेर काम,व्यापारव्यवासाय सञ्चालन गर्दै पढ्ने वातावरण नै पहिलो अवसर हो । दक्षता, क्षमता पनि बृद्धि हुँदै जान्छ र गरिरहेको काममा पनि पोस्टीङ हुन्छ । पेशा परिवर्तन गर्नका लागि पनि हाम्रो शिक्षाले सहयोग गर्छ । प्राविधिक, बजार र कामको क्षेत्रलाई पनि मिल्ने किसिमको शिक्षा प्रधान गर्ने हो । यस किसिमको शिक्षाले रोजगारीमा जान र आफैले रोजगारी सिर्जना गर्ने सक्ने हुन्छ । खुला विश्वविद्यालयलाई समाजले सामाजिक मान्यता दिन्छ कि दिँदैन ? अन्य देशमा के छ ? नेपाल खुला विश्वविद्यालय भनेको सरकारी विश्वविद्यालय हो । हामी अन्तरक्रियामा जाँदा पनि सबैले सोधेको यो प्रश्न हो । नेपाल सरकारले ऐन बनाएर त्यहि ऐन अन्तर्गतको संगठन हो । सरकाले नै बनाएको संबैधानिक संस्था हो । सामाजिक रुपमा खुला विश्वविद्यालयले मान्यता पाउँछ कि पाउँदैन भने प्रश्न हो । हामीले दिएको शिक्षा, सञ्चालमा ल्याएको पाठ्यक्रम र दिएको ज्ञानले काम गरेन वा बजारमा बिकेन भने सामाजिक रुपमा मान्यता नपाएको भन्ने पाटोको कुरा रहला तर अक्सफोर्ड, क्याब्रिज जस्ता विश्वविद्यालयहरुले पनि गुणस्तरीय शिक्षा दिएर सामाजिक मान्यता पाएका हुन । राम्रो बनाउने र राम्रो शिक्षा दिने दायित्व हाम्रो हो । त्यो भैसके पछि हाम्रो शिक्षा विश्व बजारमा बिक्छ । अन्य देशको तुलनामा हामी धेरै पछाडी छौ । सबैभन्दा पहिला खुला विश्वविद्यालय बेलायतबाट शुरु भएको थियो । ३० वर्ष अगाडी छिमेकी देशहरु भारतमा इन्दिरा गान्धी र चीनमा रेडियो टेलिभिजन खुला विश्वविद्यालयहरु सञ्चालमा आएका थियो । बंगलादेश, पाकिस्तान र कोरिया लगाएतका ६० भन्दा धेरै देशमा खुला विश्वविद्यालय सञ्चालन भैरहेको छ । अब परम्परागत शिक्षा प्रणालीबाट खुला शिक्षा प्रणालीमा जान्छ ? अब विस्तारै बन्द कोठा भित्र बसेर हुने पठनपाठन घट्दै जान्छ । विश्व नै प्रविधिको विकासलाई पछ्याइ रहेको छ । विश्व बजारमा मानिसले गर्ने कामलाई व्यवस्थित गर्दै कलकारखाना, अस्पताल र होटेल लगाएतका ठाँउमा रोवटको प्रयोग भैसकेको छ । हामी पनि मानिसको जनजीवनसँग जोडिएका कोर्ष ल्याएर अब लिएको शिक्षा पुर्णरुपमा व्यवहारमा लागु गराैँ भनेर खुला विश्वविद्यालयको अभ्यासमा आएको हो । कुन कुन विषयको पढाई हुन्छ खुला विश्वविद्यालयमा ? विश्वविद्यालयले अध्यापन गर्न लागेको ४ वटा विषय नेपालका लागि नयाँ हो । विश्वविद्यालयले लाइब्रेरी इन इनफरमेसन म्यानेजमेन्ट, पोस्टग्राजुयट डिप्लोमा इन डिस्टयान्स एन्ड ई-लर्निङ, मास्टर एण्ड ई-गर्भनेन्स र इन्फर्मेसन कम्युनिकेसन टेक्नोलोजी विषयको पढाइ शुरु गर्न लागेको छ । अहिले सामाजिकशास्त्र तथा शिक्षामा चार विषय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायमा दुई विषयको पढई शुरु हुन लागेको छ । आगामी शैक्षिक सत्रमा व्यवस्थापन तथा कानुन संकायमा ७ वटा विषय सञ्चालमा आउँदै छन् । पछि पछि शैक्षिक कार्यक्रम थपिदै जाने छन् ।