विकासन्युज

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्पराज कँडेल नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर पुष्पराज कँडेल नियुक्त भएका छन् । मंगलबारको मन्त्रिपरिषदको निर्णयबाट कडेल उपाध्यक्षमा नियुक्त भएका हुन् । यसअघि कडेल नेकपा एमाले लेखा समितीका संयोजक रहेका थिए । उनीसँगै ६ जना योजना आयोगका सदस्यमा नियुक्त भएका छन् । सदस्यमा नियुक्त हुनेहरुमा दिलबहादुर गुरुङ, रामकुमार फुयाँल, सुशील भट्ट, मीनबहादुर शाही कृष्णप्रसाद ओली, र उषा झा रहेका छन् ।

गोर्खाज फाइनान्सको संचालकमा गुरुङ्ग र लिम्बु नियुक्त

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको संचालक पदमा खड्गबहादुर गुरुङ्ग र देवीप्रसाद लिम्बु नियुक्त भएका छन् । कम्पनीको ३६२औँ संचालक समितिको बैठकले संस्थाको सर्वसाधारण समूहको तर्फबाट गुरुङ्ग र स्वतन्त्र संचालक पदमा लिम्बुलाई नियुक्त गरेको हो । बैठकले सोमबारदेखि नै लागू हुने गरी दुई जनालाई सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले बताएको छ ।

२ बर्षपछि लिफ्ट चढेर २२ तल्ले धरहराबाट उपत्यकाको अवलोकन

काठमाडौं । ‘२ बर्षपछि लिफ्ट चढेर २२ तल्ले धरहराबाट उपत्यकाको अवलोकन गर्न पाइन्छ,’ यो भनाई हो राष्ट्रिय पुननिर्माण प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान महर्जनको । प्राधिकरणले आगामी २ बर्षभित्रै निर्माण सम्पन्न हुने धरहरा निर्माणका लागि एक हप्ताभित्रै ग्लोबल टेण्डर निकाल्न लागेको छ । करिब ४ अर्ब लागतमा निर्माण हुने धरहराको डिजाइन तयार भैसकेको छ । चार अर्ब भित्रै भ्याट र मूल्य वृद्धि समेत समेटिनेछ । ‘पुरानो ढाँचा, नयाँ निर्माण सामग्री र आधुनिक भवनसहितको धरहरा निर्माणका लागि एक साता भित्रै ग्लोबल टेण्डर निकाल्दैछौं, धरहरा सम्बन्धी सबै विवाद सकिएको छ’, प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख महर्जनले भने । ग्लोबल टेण्डर निकालेको २ महिना भित्र निर्माणकर्ता कम्पनी परिचालित हुनेछन् । जमिनमाथी ८१.२ मिटर अग्लो हुने धराहराको २२ औं तल्लासम्म लिफट् हुनेछ र सोही तल्लाबाट उपत्यकाको अवलोकन गर्न सकिनेछ । एकै पटक ५४ जनाले धरहराबाट अवलोकन गर्न सक्नेछन् । धरहरा निर्माणका लागि एक अर्ब रुपैंयाँ नेपाल टेलिकमले उपलब्ध गराउने र मै बनाउँछु धरहरा अभियानबाट २४ करोड रुपैंयाँ संकलन भैसकेको पनि मानन्धरले बताए । नयाँ धरहरामा पुरानो धहराको ६ रोपनी, सुन्धाराको १० रोपनी र गोश्वारा हुलाकको १२ रोपनी गरि २८ रोपनी समेटिनेछ । टक्सार विभागको १२ रोपनी जमिन भने धरहरामा समेटिने छैन् । अण्डर ग्राउण्ड २ तलासहित धरहरा ६९.२ मिटर उचाईको हुनेछ । त्यसमाथी ३६ फिटको गुम्बज निर्माण गरिनेछ । २२ तल्ले धरहराको बिच भागमा लिफ्ट रहनेछ । धरहराको वरिपरि कुनै पनि प्रकार ठुला व्यवसायीक संरचना निर्माण गरिने छैन् । सुुन्धारा क्षेत्रलाई पुननिर्माण गरेर संरक्षण गरिनेछ । धरहरा आपसापसमा सामान्य कफि सप, लाईब्रेरी जस्ता व्यवसाय भने सञ्चालन हुनेछन् । ढलेको धरहरा काँचको पर्दामा प्राधिकरणले भूकम्पका कारण ढलेको धरहरालाई काँचको पर्दाले छोपेर राख्ने योजना बनाएको छ । त्यसमा सर्वसाधारणले भित्रै प्रवेश गरेर हेर्न भने सक्नेछन् ।

नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट, ७३ करोडको सेयर किनबेच

काठमाडौं । मंगलबारको सेयर बजारमा नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट देखिएको छ । सो दिनको परिसूचक १५.९९ अंकले ओरालो लागेर १३९४ अंकमा झरेको हो । सोमबारको तुलनामा परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । मंगलबार जम्मा ७३ करोड ९२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ, जुन अघिल्लो दिनको तुलनामा ७७ करोड रुपैयाँ कम हो । सोमबारको बजारमा कुल १ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बजारमा सेयर किन्ने भन्दा बेच्ने बढी भएपछि सेयर बजार ओरालो लागेको विश्लेषकहरु बताउँछन् । दोहोरो अंकले ओरालो लागेको बजारमा ट्रेडिङ समूह बाहेक सबै समूह राताम्मे भएका छन् । सबैभन्दा बढी विकास बैंक समूहको सूचक २७ अंकले ओरालो लागेका छन् । सो दिन सबैभन्दा बढी सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५.३७ प्रतिशत गुमाएका छन् । त्यस्तै, प्रोगेसिभ फाइनान्स र कन्काई विकास बैंकका लगानीकर्ताले ५/५ प्रतिशत गुमाएका छन् । दोहोरो अंकले घटेको बजारमा पनि नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६.५३ प्रतिशत कमाएका छन् ।

सेञ्चुरी कमर्शियल बैंकको १०३ प्रतिशत नाफाले लगानीकर्तालाई लोभ्यायो, सबैभन्दा बढी कारोबार

काठमाडौं । सेञ्चुरी बैंकले ३ महिनामा १०३ प्रतिशत नाफा बढाएपछि मंगलबार लगानीकर्ता लोभिदा बढी कारोबार भएको छ । बैंकले चैतसम्म नाफा बढाएर ६३ करोड रुपैयाँ पुर्याएपछि लगानीकर्ता आर्कषक नाफामा लोभिएका हुन् । बैंकले गत पुस मसान्तमा ३२ करोड नाफा कमाएको थियो । कारोबार बढेसंगै सेञ्चुरीको सेयर मूल्य ५ रुपैयाँ बढेर प्रतिकित्ता १९८ रुपैयाँमा भएको छ । सोमबार १९३ रुपैयाँमा कारोबार भएको थियो । बजार घटिरहेका बेला सेञ्चुरीको मंगलबार २ करोड ७६ लाख रुपैयाँ बराबरको १ लाख ३९ हजार ३९९ रुपैयाँमा सेयर किनबेच भएको छ । सस्तो सेयर भएको र नाफा राम्रो गरेपछि लगानीकर्ताले सेञ्चुरीको सेयर किनेको एक ब्रोकरले बताए । नेपाल बैंकको नाफा राम्रो देखिएपछि सोमबार लगानीकर्ताले बढी सेयर किनेका थिए । बैंकले तीन महिनामै आफ्नो खुद ब्याज आम्दानी ७६ करोडबाट बढाएर एक अर्ब २२ करोड पुर्याएको छ । १३ करोड राइट ब्याकबाट प्राप्त गरेको छ । बैंकले २०७४ चैत मसान्तमा ४ अर्ब १९ करोेड ब्याज आम्दानी गरेर २ अर्ब ९७ करोड ब्याज खर्च गरेको छ । ५२ अर्ब निक्षेप संकलन गरेको बैंकले ५० अर्ब कर्जा लगानी गरेकोे छ । बैंकको खराब कर्जा ०.७६ प्रतिशत छ । सेञ्चुरीको प्रति सेयर आम्दानी १०.४२ रुपैंयाँ छ ।  

२८ करोड ६० लाख ठगेर ८७ जना सहकारी संचालक फरार

काठमाडौं । २८ करोड ६० लाख ठगि गरेर ८७ जना सहकारी सञ्चालक फरार भएका छन् । १२ जिल्लाका सहकारी सञ्चालकहरु आर्थिक अधिकारको दुरुपयोग गरी सम्पर्क बिहिन भएका हुन् । सहकारी विभागका कानून अधिकृत बालकृष्ण निरौंलाका अनुसार रकम हिनामिना गरी फरार रहेका व्यक्तिमाथी प्रहरीले निगरानी गरिहेकाे बताए । डिभिजन सहकारी कार्यालय काठमाडौंका सुचना अधिकृत आनन्द सारुले काठमाडौंमा १९ जना सहकारी संचालक विरुद्ध प्रहरीमा उजुरी गरिसकेको जानकारी दिए । रकम ठगी गरी फरार हुनेहरुमा काठमाडौंमा १९ भक्तपुर र नुवाकोटमा १/१, कैलालीमा ६ बाँकेमा ५ धनुषामा ४, कञ्चनपरमा ४, रुपन्देहीमा ६, ललितपुरमा ६, कास्कीमा ४ र सर्लाहीमा ३ जना गरी ८७ जना सञ्चालक फरार रहेका छन् । रकम हिनामिना गर्नेहरुमध्ये सबैभन्दा धेरै काठमाडौंका सहकारी सञ्चालकहरुले ७ करोड ५६ लाख हिनामिना गरेका छन् । धादिङका सञ्चालकले २ करोड ५४ लाख, बाँकेकाले ७ करोड, धनुषाकाले ४ करोड ५० लाख, कञ्चनपुरले ९ लाख हिनामिना गरेका छन् । त्यसैगरी रुपन्देहीका ६ सञ्चालकले ४ करोड ६७ लाख, सर्लाहीका २ करोड ४ लाख हिनामिना गरेका छन् । यी व्यक्तिहरुलाई सहकारी विभागले कारबाहि गर्न सकेको छैन । यसले वित्तिय सुरक्षामाथी असर परेको महालेखा परिक्षकको कार्यलयले जनाएको छ ।    

सनराइज बैंकले स्वास्थ्य बीमा अन्तर्गत बज्रचार्यलाई दियाे २१ हजार रुपैयाँ

काठमाडौं । सनराइज बैंक लिमिटेडले स्वास्थ्य बीमा अन्तर्गत गाःबहाल शाखाका ग्राहक राजेन्द्र बज्रचार्यलाई २१ हजार १९९ रुपैयाँ बराबरको सहयोग गरेको छ । बैंकले बिरामी बज्रचार्यलाई शल्यक्रिया गर्दाको क्रममा लागेको सो मात्राको उपचार खर्च प्रदान गरेको हो । उक्त रकम बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशाराणा अधिकारी र नायब महाप्रबन्धक अपछकुमार यादबले निजका पत्नी श्रीमती मैया बज्रचार्यलाई प्रदान गरेका हुन् । आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” प्रदान गर्दै आएको छ । उक्त बीमा अन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च रु. १ लाखमा नवढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ । सन्राइज बैंक लिमिटेडले उल्लेखित स्वास्थ्य बीमा सुविधाको अतिरिक्त आफ्ना बचत खाताका ग्राहकहरुको लागि “सामुहिक दुर्घटना बीमा सुविधा” समेत प्रदान गर्दै आइरहेको छ । यस सुविधा अन्तर्गत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिनेछ । ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाट नै उल्लेखित दुबै बीमा सुविधाहरु पाउने समेत बैंकले जनाएको छ ।

शान्ती मिसनमा गएका नेपाल आर्मीमाथी बालिका बलात्कारमा सहभागी भएको आरोप

काठमाडौं । शान्ती मिसनमा गएको नेपाली आर्मीमाथी बालिका बलात्कारमा सहभागी भएको आरोप लागेको छ । बेलायती अनलाइन पत्रिका डेलि मेलले यू एनका प्रवक्ता स्टेफन डुजेरिसलाई आधार मान्दै समाचार उल्लेख गरेको छ । प्रवक्ता डुजेरिसले बलात्कारकार घटनालाई जघन्या अपराध भएको बताएका छन् । उनले भनेका छन् “बलात्कार घटनामा जो संलग्न रहेको छ उसले जघन्य अपराध गरेको छ ।” नेपालमा आर्मीले भने घटना अनुसन्धानको लागि सहमति जनाइसकेको छ । आर्मीका प्रवक्ता गोकुल भण्डारीका अनुसार दक्षिणी सुडानमा अहिले १७३६ जना नेपाल आर्मी सेवारत रहेका छन् । दुई जना बालिकाले युएन मिसन आर्मी कहाँ आएर आफुहरु बलात्कृत भएको उजुरी दिएपछि सो घटना बाहिर आएको हो । युएन आर्मीका अधिकारीहरुले गत अप्रिल १३ तारिखमा दुई बालिकामाथी भएको बलात्कार घटनामा नेपाली टुर्पको संलग्नता रहेको दाबी गरेको छ । तर कति जना नेपाली आर्मी सहभागी रहेको भन्ने स्पष्ट गर्न सकेको छैन । यसअघि गत फेब्रवरी महिनामा घानाका महिलाहरुमाथी दुव्र्यावहार गरेको आरोपमा ४६ जना आर्मीहरुलाई फिर्ता बोलाइएको थियो । अहिले युएनका करिब १४८०० टुर्प र प्रहरी दक्षिणी सुडानमा सेवारत रहेका छन् ।