विकासन्युज

देशभर विद्यार्थी भर्ना अभियान शुरु, सरकारले निःशुल्क पाठ्यपुस्तक दिने

भक्तपुर । ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने मूल नाराका साथ सरकारले देशभर एकैसाथ विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान शुरु गरेको छ । विद्यालयभन्दा बाहिर रहेका सबै बालवालिकालाई विद्यालयमा ल्याउन यसवर्ष हातहातमा पाठ्यपुस्तकसहित आजदेखि भर्ना अभियान शुरु भएको हो । शैक्षिकसत्र २०७५ मा भर्ना हुने विद्यार्थीलाई हातहातमा निःशुल्क पाठ्यपुस्तक वितरण गर्न सरकारले २ अर्ब २२ करोड २२ लाख बजेट विनियोजन गरिएको छ । शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले वैशाखको दोस्रो सातासम्म देशका विशिष्ट व्यक्तिबाट पाठ्यपुस्तकसहित विद्यार्थी भर्ना अभियान सञ्चालन गरिने जानकारी दिँदै अभियानमा छुटेका विद्यार्थीलाई वैशाखको तेस्रो हप्तामा घरदैलो अभियानमा भर्ना गराइने बताए । शिक्षा विभाग अनिवार्य शिक्षा शाखाका उपनिर्देशक नरहरि अर्यालले शैक्षिक सत्र २०७४ मा ९७।२ प्रतिशत विद्यार्थी भर्ना दर पु¥याएकोमा यसवर्ष यसलाई वृद्धि गर्न प्रभावकारी रुपमा अभियान शुरु भएको बताए । विभागका अनुसार ५ वर्षदेखि ९ वर्ष उमेर समूहका ८८ हजार २०७ बालबालिका अझै विद्यालय बाहिर रहेको र आधारभूत तह उमेर समूहका तीन लाख १३ हजार २८९ बालबालिका विद्यालय बाहिर रहेका छन् । प्राथमिक उमेर समूहको खुद भर्ना दर ९७।२ प्रतिशत र कक्षा १ देखि ९ सम्मको आधारभूत तहको खुद भर्ना दर ९२।३ प्रतिशत छ । सरकारले यसवर्ष खुद भर्ना दर शतप्रतिशत पु¥याउने लक्ष्य लिएको उपनिर्देशक अर्यालले जानकारी दिए। यसअघिका वर्षमा शिक्षा मन्त्रालय, शिक्षा विभाग, जिल्ला शिक्षा कार्यालय र शिक्षामा कार्यरत गैरसरकारी संस्था भर्ना अभियानमा सहभागी हुँदै आएकामा यसवर्ष भने सरकारले केन्द्र, प्रदेश र स्थानीय सरकार भर्ना अभियानमा सहभागी हुन निर्देशन जारी गरेको छ । यसवर्ष प्रधानमन्त्री केपी शर्मा ओली आफैँ विद्यार्थी भर्ना अभियानमा सक्रिय हुने भएका छन् । त्यस्तै मन्त्रीहरु, सचिव, सहसचिव, अधिकृत, उच्च राजनीतिक नेतृत्व, जनप्रतिनिधि, कलाकार, कर्मचारी र स्थानीय तहलाई भर्ना अभियानमा सक्रिय बनाइने भएको छ । उपनिर्देशक अर्यालका अनुसार आधारभूत तहमा सबैभन्दा बढी सर्लाही, धनुषा, रौतहट, पर्सा, बारा, कपिलवस्तु, मोरङ, सुनसरी, रूपन्देही, सप्तरी, सिरहा, महोत्तरी र बाँकेमा बालबालिका विद्यालयभन्दा बाहिर रहेकाले ती क्षेत्रमा विशेष रुपमा नै अभियान संचालन गरिनेछ । रासस

यस्तो छ २०७५ सालको आर्थिक राशिफलः धनु, कर्कट र मकर राशिलाई यो वर्ष सेयर बजार नफाप्ने

ज्यो.प. नारायणप्रसाद दुलाल मेष: मेष राशि भएका व्यक्तिहरूका लागि समग्रमा २०७५ साल शुभफलदायी नै रहनेछ । व्यापार व्यवसायका निम्ति वर्षको पूर्वार्ध उत्तम फलदायी रहनेछ । बैंकिङ क्षेत्रमा गरेको लगानीबाट अधिक सफलता मिल्नेछ । होटल व्यवसायबाट प्रसस्त फाईदा मिल्नेछ । सेयर बजारमा लगानी गर्नेहरूका लागि पनि निकै फाइदाजनक हुनेछ । शैक्षिक क्षेत्रबाट राम्रो प्रतिफल पाईनेछ । वैदेशिक क्षेत्र शुभ फलदायी रहनेछ । मेसिनरी सामानको व्यवसायबाट बढी फाइदा मिल्नेछ । कार्तिक महिनाबाट आयमा स्थिरताका साथै स्वाथ्यमा प्रतिकूलता रहन सक्नेछ । यात्रामा सजगता अपनाउनु नै उत्तम हुनेछ । कार्तिक र मङ्सिर महिनामा हानी हुनेछ भने असार,असोज, माघ र फाल्गुनमहिनामा अधिक लाभ मिल्नेछ । वृष वृष राशि भएका व्यक्तिहरूका लागि २०७५ साल अर्थदायीनै रहनेछ । व्यापार वा व्यवसायिक दृष्टिले विशेष लाभ हुनेछ । कार्तिक महिनाबाट अझ बढी उत्तम फलदायी रहने देखिन्छ । नयाँ व्यवसाय प्रारम्भ सुरु गर्न सकिनेछ । फैन्सी क्षेत्रमा गरेको लगानी लाभदायक हुनेछ । वस्त्रको कारोवारबाट विशेष सफलता मिल्नेछ । स्वास्थ्य तथा बीमाबाट भने नोक्सान हुनेछ । शनि अढैया वर्षभरि रहने भएकाले कार्यमा अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ । अनावश्यक झन्झट तथा झमेलाको सामना गर्नुपर्नेछ । वाहनबाट त्यति फाईदा नहोला । व्यवसायिक दृष्टिले असार पौष र आश्विन महिना कष्टदायी रहने छन् । भाद्र, मंसिर, माघ र चैत्र महिना फलदायी हुनेछन् । मिथुन मिथुन राशि हुनेहरूको लागि यो वर्षको मध्य भागमा केही कठीन परिस्थितिको सामना गर्नुपरे पनि समग्रमा अनुकूल नै रहनेछ । व्यावसायिक दृष्टिले यस वर्ष राम्रै प्रतिफल मिल्नेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ । कर्म क्षेत्र सबल रहने भएकाले पदोन्नतिका अवसर पनि प्राप्त हुनेछ । घर जग्गाको कारोबारबाट भने जस्तो आम्दानी गर्न सकिनेछ । सुखद् यात्राको योग पनि देखिन्छ । वैदेशिक लगानीका लागि समय राम्रो छ । तथा कृषि क्षेत्रबाट प्रशस्त आम्दानी गर्न सकिनेछ । सेयर बजारमा भने केही उतारचढाव हुनेछ । आर्थिक दृष्टिले श्रावण, असार, कार्तिक, पौष , फाल्गुन र माघ महिना खर्चदायी हुनसक्छ । बैशाख, जेठ, भदौ र मसिर महिना उत्तम रहने छन् । कर्कट कर्कट राशि हुनेहरूकालागि यो वर्षआर्थिक दृष्टिले वर्षको पूर्वार्ध उन्नतिकारक रहनेछ । विद्या,बुद्धि र सन्तान सुख मिल्नेछ । विज्ञान प्रविधीको सहयोगले व्यवसाय फस्टाउनेछ । फलाम तथा हार्डवेयरले फलिफाप गराउनेछ । कृषि क्षेत्रको व्यावसायबाट मनग्य धनार्जनगर्न सकिनेछ । घरजग्गाबाट मनग्य आम्दानी गर्न सकिनेछ । वर्षको उत्तरार्धमा खर्चमा वृद्धि हुनेछ । चिन्ता, शत्रुबाधा तथा गरेको कर्यमा ढिलासुस्ती हुनेछ । तपाई विरुद्ध षड्यन्त्रको योजना बन्नसक्छ । शेयर बजारको लगानी डुब्ने भय छ । नयाँ ठाउँमा लगानी गर्दा विचार पुर्याएर लगानी गर्नु पर्नेछ । व्यवसायिक दृष्टिले भाद्र, कार्तिक र फाल्गुन महिना फलदायी हुनेछ र श्रावण, कार्तिक र फागुन महिना खर्चिलो रहने देखिन्छ । सिंह सिंह राशि हुनेहरूकालागि २०७५ सालमा आँटेको र ताकेको कार्याहरू पूराहुनेछ । यो बर्ष आर्थिक हिसावले निकै राम्रो एवम् सुखद् रहनेछ । छ । गरेको कार्यमा सफलता मिल्नेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । मंगल कार्यको अवसर मिल्नेछ । बैंकिङ तथा वित्तिय क्षेत्रमा गरीएको लगानि मौलाउनेछ । कृषी तथा चौपायाको व्यापार फस्टाउनेछ । अनावस्यक खर्च नियन्त्रण हुनेछ । फेन्सी तथा सजावटी क्षेत्रको लगानी विशेष फलदायी हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै वैदेशिक यात्राको योग पनि देखिन्छन् । तपाईको राशिबाट वर्ष भरिनै पंचम भावमा शनिले गोचर गर्ने भएकाले अग्नी तथा चोरको भय रहनेछ ।वाहनको लगानिबाट भने नोक्सानी बेहोर्नु पर्नेछ । कन्या कन्या राशिका जातकहरूकालागी यो वर्ष शुभरअशुभ मिश्रीत फल मिल्नेछ । वर्षको पूर्वार्धमा समचार सुन्नमा आउने र देश बिदेशको यात्रा हुनेछ ।रोकिएका धन हात पर्नेछ । फेन्सी तथा कपडाको व्यापार फस्टाउनेछ ।आश्विन १९ गतेबाट फाल्गुन २० गतेसम्म मानशिक चिन्ता बढाउनेछ । गरेको कार्यमा नोक्सानी वेहोर्नु पर्नेछ । सेयर कारोवारको लगानी भने सुझबुझमा भरपर्छ । घरजग्गाको कारोवारमा मन्दि आउनेछ ।फाल्गुन २० बाट भौतिक सुख प्रदान गर्नेछ । जलीय पदार्थबाट विशेष लाभ रहनेछ । अढैयाशनिको प्रभावले गर्दा कार्यमा उल्झनआई आत्मघाती कार्यगर्न पुगिएला सचेत रहनुहोला ।साउन, असोज र चैत्रमा कुनैपनि कारोवारमा लगानी गर्नुपूर्व विशेष विचार गर्नुहोला । तुला तुला राशिका लागि यो वर्ष उन्नतिकारक रहनेछ । नयाँ कार्यको योजनाले पूर्णता पाउनेछ । आँटेको र ताकेको कार्यले पूर्णता पाउनेछ । व्यापार व्यवसायको आर्थिक संकट नाश हुनेछ । वैदेशिक लगानीबाट सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा गरिएको लागानीबाट राम्रै प्रतिफल पईनेछ । वित्तिय संस्थाको लगानी फस्टाउनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुनेछन् । खाद्यान्नको लगानी फलदाई हुनेछ । तर वर्ष भरिनै तृतीय भावमा शनिले गोचर गर्ने भएकाले मनमा निराशा र शरीरमा आलस्य आउनेछ । मानसिक चिन्ता पनि बढ्नेछ । धनमाल हराउने योग पनि भएकाले सजग रहनुहोला । आर्थिक दृष्टिले साउन, भदौ र पौष र महिना लाभदायी रहनेछन् भने कार्तिक, माघ र फागुन महिना अस्थीर रहने देखिन्छ । वृश्चिक वृश्चिक राशि हुनेहरूको लागि २०७५ सालको पूर्वार्धमा समस्यामा झेलिनु पर्नेछ भने उत्तरार्धमा इच्छा र आकांक्षा पूर्ण हुनेछन् । सेयर बजारबाट पनि मनग्य आम्दानी गर्नेछन् । धातुजन्य व्यावसायबाट अधिक सफलता मिल्नेछ । मित्र सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । व्यापार व्यावसायबाट अपार एवम् चमत्कारी ढंगले सफलता मिल्नेछ । यो वर्ष भरिनै शनिको अन्त्य शाढेशाति दशाको कारणले गर्दा झुटा आरोप लाग्ने, गरेको कार्यमा बिलम्ब हुने तथा चोट पटकको भय रहनेछ । आर्थिक दृष्टिले भद्रा, आश्विन, माघ महिनामा लाभदायक परिणाम प्राप्त हुनेछ भने आषाढ, कार्तिक र चैत्र महिना खर्चिला रहनेछन् । धनु २०७५ साल धनु राशि भएका व्याक्तिहरूलाई शुभ र अशुभ मिश्रीत फल मिल्नेछ । आश्विन १८ गतेसम्म धन, विद्या र बुद्धिको विकास हुनेछ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त आम्दानी गर्न सकिनेछ । वित्तीय क्षेत्रमा गरिएको लगानी फस्टाएर जानेछ । सेयर बजारमा लगानी नगरेकै राम्रो हुनेछ । खाद्यान्न तथा होटल व्यवसाय गर्नेहरूका लागि निकै फाइदाजनक देखिन्छ । आश्विन १९ गतेबाट खर्च बढ्नुका साथै विदेशीनु पर्नेछ । साढेसातिको प्रभाव वर्षभरिनै रहनाले उक्तसमय केहि संघर्षमय रहनेछ । जन्म कुण्डलिमा यदि शनि कमजोर भए अनावस्यकविविध समस्या आईपर्ने, अन्तिम समयमा काम बिग्रिने, झुटा आरोप लाग्ने तथाकार्यमा ढिलासुस्ती हुनेछ । आर्थिक दृष्टिले जेठ, असोज,कार्तिक र फागुन महिना शुभ रहनेछन् । यसैगरी वैशाख, श्रावण र मंसिर महिना भने खर्चिला रहनेछन् । मकर २०७५ साल मकर राशि हुनेहरूका लागि मिश्रित फल लिएर आएको छ । आश्विन १८ गतेसम्म राज्य तथा समाजिक कार्यमा प्रगति हुनेछ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । घर जग्गा तथा स्थायी सम्पतिबाट भने सफलता मिल्नेछ । फाग्गुन १९ गतेबाट खर्च भावमा जाने बृहस्पतिले मानसिक चिन्ता बढाउनेछ । पैसा फस्ने तथा धनमाल हराउने योग भएकाले अलि बढी सजग रहनु होला । सेयर बजारबाट नोक्सानी नै वेहोर्नु पर्नेछ । वर्षभरिनै शनिको अढैयाको प्रभावले कार्यमा ढिलासुस्ती र चोटपटकको भए रहनेछ । आर्थिक दृष्टिले असार, कार्तिक, मंसिर र चैत महिना शुभ छन् भनेवैशाख, श्रावण र पौष महिना खर्चिला रहनेछन् । कुम्भ कुम्भ राशि हुनेहरूका लागि २०७५ साल सानो प्रयासले ठूलो सफलता मिल्नेछ । उच्च पद प्राप्ति तथा भाग्यमा वृद्धि हुनेछ । व्यवसायिक सन्दर्भमा वैदेशिक यात्रा हुनेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । नयाँ कार्यको थालनी हुनेछ, आर्थिक पक्ष सबल नै रहनेछ । घर, जग्गामा गरेको लगानीबाट चमत्कारी परिणाम आउन सक्छ । शेयर बजारको कारोवार मध्यम रहनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानीबाट मनग्य फाईदा मिल्नेछ । वर्षको उत्तरार्धमा अनावस्यक खर्च र मानसिक चिन्ता बढ्नेछ । यान्त्रिक वस्तुका साथै अग्नि जन्य कुरा हानिकारक रहनेछन् । वैशाख साउन र मंसिर महिना विशेष लाभदायी रहनेछन् भने जेठ, असोज र माघ महिना कष्टदायी रहने देखिन्छ । मीन मीन राशि भएका व्याक्तिहरूका लागि २०७५ सालमा मिश्रीत फल मिल्नेछ । यो वर्ष व्यापार तथा व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । वर्षको पूर्वार्धमा बैंकिङ कारोबारबाट अधिक फाइदा हुनेछ फेन्सी तथा सजावटिका व्यवासायिलाई मनग्य फाइदा हुनेछ । भूधन विशेष लाभदायी रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै कीर्ति वृद्धिका योग देखिन्छन् । शेयर बजारले सफलता दिलाउनेछ भने उत्तरार्धमा शरीरमा आलस्य र मनमा निराशा छाउने छ । सवारी साधनको प्रयोग गर्दा वा पैदल यात्रा गर्दा ध्यान दिनुहोला । जेठ महिनामा केही धनमाल हराउने योग छ । आर्थिक दृष्टिकोणले भाद्र, पौष र माघ पहिना शुभ रहेका छन् भने असार, कार्तिक र फागुन महिना खर्चिलो रहनेछ । (ज्यो.प. नारायणप्रसाद दुलाल, सम्पर्क ९८४९५५९५०२)

सुशील कोइराला फाउण्डेशन र एनआरएनए बीच सम्झौता, मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्ने

काठमाडौं । सुशील कोइराला मेमोरियल फाउण्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो । एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउण्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। फाउण्डेशनका सदस्य-सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिएका छन् । फाउण्डेशनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ । विसं २०७३ असोज २३ मा स्थापना भएको फाउण्डेशनले यसअघि मदन भण्डारी स्पोर्टस एकेडेमीद्धारा आयोजित कार्यक्रमका विजेता खेलाडीलाई पुरस्कार, काठमाडौं विश्वविद्यालयमा इन्टर कलेज फुटबल प्रतियोगिता, प्रथम अन्तर्राष्ट्रिय ह्लचियर प्रतियोगिता, विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरणलगायतका सामाजिक कार्य सम्पन्न गरिसकेको छ । रासस

डढेलधुराको अमरगढीमा सानिमा लाइफ इन्स्योरेन्सकाे नयाँ शाखा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो व्यवसायिक लक्ष्य प्राप्तीका लागि देशभरी शाखा सञ्जाल विस्तार गर्ने कार्य अगाडी बढाएको छ । जीवन वीमा सेवा उपभोग गर्न नपाएका नेपालीहरुलाई जीवन बीमाको दायरामा ल्याई अत्याधुनिक स्तरको प्रविधियुक्त बीमा सेवा प्रदान गर्ने उद्देश्यले डढेलधुरा जिल्लाको अमरगढी नगर पालिकामा शाखा कार्यालय खोलेको जनाएको छ । कम्पनीको मुख्य प्रबन्धक गणेश चौलागाई र वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठको उपस्थितिमा उक्त शाखाको विधिवत उद्घाटन गरेको जानकारी दिएको छ । हाल कम्पनीको अधिकृत पूँजी रु ३ अर्ब, जारी पूँजी २ अर्ब, चुक्ता पूँजी १ अर्ब ४० करोड, जारी पूँजीको ३० प्रतिशत अर्थात रु ६० करोड रहेको कमपनीको भनाइ छ । कमपनीको अनुसार निकट भविष्यमा सर्वसाधारण शेयर बिक्री गरी चुक्ता पुँजी रु.२ अर्ब कायम गर्ने जनाएको छ ।  

हरेक घन्टा मेरो आँखा भन्सार बिन्दुमा पुगेको छ, त्यहाँको गतिविधी सीसी टीभीबाट हेरिरहेको छु : अर्थमन्त्री खतिवडा

व्यापारसँग सम्बन्धित पूर्वाधारको कुरा गर्दा सीमा क्षेत्रको त्यो विशेष अर्थिक क्षेत्रको होस् अथवा अन्य व्यवसायीका लागि सुलभ हुने पूर्वधार होस्, सरकारको ध्यान त्यसतिर केन्द्रित छ । हामीले हरेक प्रदेशमा विशेष आर्थिक क्षेत्रहरु स्थापना गर्ने कुराहरु गरिरहेका छौं । हिजो सुरु गरेका आयोजनाहरु अहिले वेवारिसे अवस्थामा छन् । २०६० सालमा बनेपामा सुरु गरिएको आईटी पार्कको रुपमा बनेन । त्यस्तै भैरहवाको सेजमा पनि काम सम्पन्न गर्न थप बजेट निकासा गरेको थिए । मुख्य सडकबाट विशेष आर्थिक क्षेत्रको सडक चौडा गर्ने बजेटको लागि काम गरेको थिए । १४ वर्षपछि त्यही कथा आज सुनिरहेका छौं । केही वर्षअघि मेरो व्यक्तिगत क्षमतामामा पनि मैल विराटनगरको आइसीपीको अवलोकन गरेको थिए । आइसीपीको काम एकातिर सकिएको छ भने, अर्कोतिर अधुरै रहेको देखिन्छ । त्यसको लागि मैले निर्देशन पनि दिइसकेको छु । सीमाको क्वारेन्टाइनमा कृषिका वस्तुहरु निकासी गर्दा ल्याबको लागि सयौं माइल टाढा जान पर्ने र धेरै दिन लाग्ने समस्या बुझेर हामीले कृषिका विषयमा भारत सरकारसँग प्रधानमन्त्रीकै तहमा सल्लाह गरेका छौं । हामीले कृषिको सहकार्य गरिरहँदा अध्ययन अनुसन्धान अग्र्यानिक खेतिको विकास प्रवद्र्धनको मात्र कुरा गरिरहेको छैनौं । हाम्रा कृषिजन्य वस्तुहरुको आवत–जावतको लागि आयात निर्यातको लागि सहज वातावरण बनाउने कुराहरु पनि त्यहाँभित्रै पर्छ । त्यसो हुनाले प्रधानमन्त्री तहमा छलफल भइसकेको र एक चरणको प्रक्रिया अघि बढेको छ । केही भारतीय सीमा क्षेत्रमा रेलवे सम्बन्ध थप प्रक्रिया अघि बढिसकेको छ । खासगरी नेपालगञ्जको पूर्वाधार र एयरपोट हाम्रंो ऐजेन्डामा छन् । हवाई विस्तार र रेलवे कनेक्सन, सडक विस्तार गर्ने कुराहरु सरकारको ऐजेन्डामा राखेको छ । बजेटमा दुई वर्षअघि सहरी विकास, जिल्ला सदरमुकाम हुदै सीमाना जोड्ने ठूलठूला सडकका योजनाहरु अघि सारेका थियौं । ती योजनाहरु तराइका २० ओटा जिल्लाहरुमा सक्रियताकासाथ अघि बढ्नेछ । ती क्रमश कार्यान्वयन हुदै श्रमदानको क्रममा जान्छन् । त्यसले हाम्रो सीमा पारिको व्यापारीक सम्बन्ध कायम हुन्छ । धेरै व्यवसायीक साथीहरुले चिन्ता गरेको विषय चाँही सरकारको कार्यशैलीप्रति देखिन्छ । खासगरी भन्सारमा राम्रोसँग चेकजाँच नगर्ने । भित्र्याएर सामान पक्रिने । भन्सारमा न्युनवीजकीकरण गर्ने, अनि बजारमा अर्कै निकायले छापा मार्ने । तपाईहरु सही बिलअनुसारको बिलिङ गर्न पनि नसक्ने, त्यस्तो बिलिङलाई रोक्न पनि नसक्ने अवस्था देखिनुहुन्छ । यो विषयमा अर्थमन्त्री भएको पहिलो दिन नै भनेको थिए । हामी मुल नै सफा गर्छौ भनेर । आयातित हुने वस्तुको मुल भन्सार बिन्दु हो र उत्पादीत हुने वस्तुको मुल कारखानाको ढोका हो । यो दुवै ठाँउमा हाम्रो निगरानी राम्रो रहन्छ । केही समयअघि मैले भन्सार ऐजेन्टहरुलाई भनेको थिएँ, ‘तपाईहरु तटस्थ हुनुहोस् । न व्यापारीको पक्षमा, न हाम्रो पक्षमा, यद्यपि वास्तविकताको आधारबाट भन्सार डिक्लेयर गराउनुहोस् ।’ कम परिमाण घोषणा गराउने, कम वस्तुको गुणस्तरलाई बढी गुणस्तरको मुल्यमा लिएर आउने अनि त्यसैगरी भान्सारका दरबन्दी वर–पर पारेर हामी गर्ने, न्युनवीजकीकरण गर्ने, जस्ता कुराहरुमा हाम्रा पनि कमि कमजोरी होलनान् । यो सरकार पारदर्शितामा विश्वास गर्छ, मलाइज्जा गर्दैन, अप्ठ्यारो पर्ने कुनै काम गर्दैन भन्ने भएपछि सहयोग पनि गर्नुपर्छ । स्वच्छ व्यवसाय र लगानी गर्नेलाई हामी सहयोग गछौं । तर हामी बीचकै कसैको कारणले उद्योगलाई संरक्षण पुग्दैन । हामीबीच कसैको कारणले तपाईले स्वच्छ व्यापार गर्नु सक्नुहुन्न भने त्यहाँ हामीले फेरी हाम्रो राज्य संयन्त्रलाई प्रयोग गर्नुपर्ने हुन्छ । त्यसमा तपाईहरुसँगै सहकार्य गर्छौ । हाल धेरै निकायले अनुगमन गरेको भनेर सरकारले त्यसलाई अलिकति व्यवस्थित गर्न खोजिरहेको छ । राजस्व अनुसन्धानको कुरालाई प्रधानमन्त्रीसम्म लान खोजिएको कारण पनि त्यही नै हो । अनुसन्धान विभागलाई समेत त्यहीँ लानु परेको छ । त्यो भनेको हामी कोही उच्च स्तरको अनुगमनको दायराबाट बाहिर जानु पर्दैन भनेको कुराको संकेत हो । त्यसअनुसार नै हामी अघि बढ्छौं । भन्सारको बिन्दुमा केही समस्या छ । मैले आफैले विराटनगर भ्रमण गरेर पनि हेरेको छु । मलाई रानी भन्सार बिन्दुमा पुग्नु निकै हम्मे–हम्पे पर्यो । त्यो मैले बुझेको छु । वीरगञ्जको कुरा पनि उठेको छ । हाम्रो आइजीसीको वैठक पनि चाँडै हुदैछ । हामीले पहिले नै कुरा उठाइसकेका छौं । त्यसलाई केही छिटो गर्ने प्रयत्नमा छौं । काठमाडौं वाउण्ड हुने ट्राफिक कोसी किनारबाट फेरी बिराटनगर लिएर आउछौं । त्यसको उपयुक्त समाधान छ भने, कोशी पारी खपत हुने सम्पुर्ण वस्तुहरु विराटनगर भन्सारमा स्कट गरेर फेरी ल्याएर आउन पर्ने कुरालाई हामीले व्यवस्थापन गर्न सक्यौं भने ट्राफिक व्यवस्थापन अलि सजिलो हुन्छ । हामीले पनि धेरे लामो समयसम्म क्यूमा राख्ने कुरा छन् । यो दुईतिर छन् । भन्सार तिर्न पर्ने सामानको एउटा भयो । कुनै सामान अपलोड गरेर नेपालबाट भारत जाने गाडीहरुमा पनि क्यूमा राख्ने गरेका छौं । त्यहाँ हाम्रा समस्या छन् । त्यो हामी छिटो समाधान गर्छौ । भन्सार बिन्दुलाई सफा राख्न चाहन्छौं । स्पष्ट राख्न चाहन्छौं । मेरो कोठामा सीसी टीभी छ । भन्सार बिन्दु हरेक १/१ घन्टामा मेरो आँखा पुगिरहेको हुन्छ । हामी हेर्दै छौं । कहाँ स्टापहरु छन् । कहाँ गाडीको क्यू छ । कहाँ काम भएको छ ? कहाँ छैन ? हामीलाई नयाँ प्रणालीमा जान केही समस्या भएको छ । हामी एकैपटक प्युरीफाइमा जान समय लाग्दोरहेछ । पानी पनि प्रशोधन गर्ने विभिन्न तहहरु हुन्छन् । यो पनि त्यस्तै रहेछ । हामी प्यूरीफाइको प्रक्रियामा छौं । हाल केही समस्या भए पनि पछि सम्पुर्ण राजस्व प्रशासनलाई प्युरिफाइड रुपमा अघि बढाउनेछौं । हाम्रो तीन तहको सरकार छ । अहिले हाम्रो राजनैतिक, व्यवसायीक प्रवृतिलाई हेर्ने हो भने सरकार धेरै ठाँउमा पुगिसकेको छ । सरकार सबैतिर छ । बुटवलमा छ, सुर्खेतमा छ । त्यसो हुनाले सार्वजनिक निजी साझेदारीमा गर्ने धेरै काम छन् । त्यसमा तपाईहरुको पनि सहभागीता आवश्यकता छ । नगरपालिकाले पनि सहयोग गर्छ । त्यो सबैमा सार्वजनिक हितका व्यवसायीक कुराहरु विकास गर्न आवश्यक छ । यहाँ नगर विकास कोष पनि छ । त्यसको क्षमता बढाउन हामी तयार छौं । त्यसले अनुदान, ऋण दिन्छ । त्यसैले साझेदारीको अबधारणाहरु स्थानीय तहमा आवश्यक छ । अब स्थानीय निकायले धेरै कुराहरु आफ्नो क्षमता, अधिकारभित्र आइसक्यो भन्ने बुझ्नु पर्छ । आफुले गर्न नसक्ने कुराहरु, अत्यन्तै धेरै पूँजी र प्रविधिहरु जो निजी साझेदारी हुन नसक्ने कुराहरु जस्तै एयरपोर्ट लगायतको कुरामा भने सरकारलाई भन्नु पर्ने हुन्छ । त्यसैले जिम्मेवारी बाडौं भन्ने मेरो चाहना हो । मूल्य अभिवृद्धि कर (भ्याट) को थ्रेसहोल्ड विषय धेरै पहिलेदेखि विवादित हुदै अहिले ५० लाख पुगिसकेको छ । यसमा मैले कमेन्ट गरिसकेको छु । फेरी गर्न चाहन्न । केही साथीहरु अझै पनि बहुदर भ्याटको कुरा ल्याइराख्नुभएको छ । कोही यो बढी भएको भने, कोही १ करोड पुर्याउनु पर्छ भनिरहेका छन् । यसमा हामीले ठूलो बहस गर्नु पर्ने आवश्यकता देखेको छु । कुन भ्याट छुटको विषय हो, कुन होइन भन्ने कुरामा पनि आन्तरिक छलफल भइरहेको छ । भ्याट प्रणालीमा समग्रमा छलफल गर्छौ । भ्याट र जीएसटीका एक अर्काका विशेषताहरुको विषयमा छलफल गर्दैछौं । जीएसटी र भ्याटको विषयमा कुन बढी वैज्ञानिक हो, कुन बढी वस्तुगत कर प्रणाली हो । कसले बढी राजस्वको दायरा, कर प्रणालीलाई व्यवस्थित गर्छ । यो पनि हाम्रो छलफको विषय बनेको छ । यसको लगि नेपाल उद्योग वाणिज्य महासंघको पनि रायको आवश्यकताको अपेक्षा गरेका छौं । म राष्ट्र बैंकको गभर्नर रहँदा कृषिमा सस्तो ब्याजदरमा अनुदान ऋण दिने विषयमा विधि, कानून, निर्देशीका जारी भयो । तर ऋण प्रवाह भएन । त्यसप्रति समेत हामी गम्भिर छौं । त्यसो त केही ऋणहरु प्रवाह भएका पनि छन् । मैले विगत देखिनै भनिरहेको छु । अब जोखिम बाँड्न ऋणहरुको बीमा अनिवार्य गर्नुपर्ने भएको छ । दोस्रो बैंकहरुले त्यो ऋण दिइरहँदा पैसा चाहिने भयो भने पुनःकर्जाको व्यवस्था गरेका छौं । अलिकति हामीले बैंकहरुलाई झकझक्याउनु पर्ने भएको छ । त्यसको लागि म बैंकिङ प्रणालीको नियामक संस्थासँग पनि म कुरा गर्नेछु । कपडा स्टेसनरी सामानहरु हाम्रो आयातमा देखिन्दैन । भन्सारमा देखिदैन तर बजारमा हामी सबैले उपयोग, उपभोग गरिरहेका छौं । भन्सारमा नदेखिने तर बजारमा उपभोग गरिने भएपछि बाँकी कुरा स्पष्ट हुन्छ । त्यसको लागि भन्सार दर घटाएर मुलुकको उद्योगलाई संरक्षण हुन्छ कि भन्सार नियमन प्रशासनलाई बलियो बनाउने ? यो छलफलको विषय हो । एकातिर भन्सार घटाउने माग गरिएको छ । अर्कोतिर फेरी स्वदेशी उद्योगहरुलाई संरक्षण गर्ने पनि भन्नुहुन्छ । भन्सारभन्दा अन्य बिन्दुबाट अबैध आयातलाई रोकेर भन्सार बिन्दुबाट ल्याउने हाम्रो प्रथमिकतामा पर्छ । त्यस हिसाबले मैले गृह प्रशासनसँग पनि धेरै कुरा गरेको छु । प्रशासन चुस्त दुरुस्त रुपमा सक्रिय भयो भने यो विकृति पनि हड्छ । प्रत्यक्ष विदेशी लगानी भित्र्याउने कुरामा तपाईहरुले सहकार्य गर्नुपर्छ । सरकारले छिटोभन्दा छिटो यस्तो विषयमा निर्णय गर्न चाहन्छ । तपाईहरुले सहकार्य गर्दै गर्नुभएको ठूलाठूला परियोजना पनि हामी अघि बढ्न तयार छौं । सरकार आफै पनि केही पूँजी परिचालन गर्ने क्रममा छ । तर आन्तरिक बजारबाट अहिले त्यसो गर्न सक्दैनौं । अहिले हामीलाई पनि बाह्बजार चाहेको छ । तपाईहरुले पनि बाह्य बजारबाट पूँजी परिचालन गर्नु होला । हामी त्यसको लागि सहजीकरण गर्न तयार छौं । खासगरी धेरै मुल्य अभिवृद्धि हुने निर्यातलाई हामीले सहुलियत दिनुपर्छ भन्नेमा सरकारको दुइमत छैन । त्यसको लागि सहकार्य गर्नेछौं । (नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारण सभाको दोस्रो दिन विभिन्न उद्योगी व्यवसायीहरुले उठाएको जिज्ञासाको उत्तर दिने क्रममा बिहीबार अर्थमन्त्री खतिवडाले राखेका धारणा)  

एनआईसी एशिया क्यापिटल निशुल्क लगानी सचेतना अभियानमा सक्रिय

काठमाडौं । लगानीका नयाँ अवसर र जोखिमका बारेमा नयाँ लगानीकर्तालाई अवगत गर्ने उद्देश्यका साथ एनआईसी एशिया क्यापिटलले ‘लगानी सचेतना अभियान’ सञ्चालन गर्दै आएको छ । अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्तालाई लगानीका व्यवहारीक तथा आधारभूत पक्षहरुको बारेमा जानकारी गराउदै आएको छ । विभिन्न तहमा अध्ययनरत विद्यार्थि तथा महिलाहरुको सुनिश्चित आर्थिक भविष्यको लागि लगानीले पुर्याउन सक्ने योगदानलाई आत्मसात गर्दै एनआईसी एशिया क्यापिटलले निस्शुल्क रुपमा अभियान सञ्चालन गर्दै आएको जनाएको छ । अभियान अन्तर्गत हाल सम्म २० भन्दा बढी संस्थाहरुमा एनआईसी एशिया क्यापिटलले लगानी सचेतना सेवा प्रदान गरिसकेको छ । कम्पनीको अनुसार इच्छुक समुह तथा संस्थाहरुले सो कार्यक्रम आफ्नो संस्थामा गराउनको लागि सम्पर्र्क गर्न सक्ने बताइकोे छ । लगानीकर्तालाई सवल, सुचित तथा उपयुक्त निर्णय लिन क्यापिटलले विभिन्न माध्यमबाट क्षमता अभिवृद्धिको सेवाहरुका साथै निशुल्क डिम्याट सेवा कम्पनीले प्रदान गर्दै आएको छ ।  

स्पर्स लघुवित्तको फिल्ड कर्मचारीहरुलाई तालिम

काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्थाले फिल्डमा काम गर्ने कर्मचारीहरुलाई ३ दिने फिल्ड व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न गरेको छ । उक्त तालिमको उद्घाटन बुधवार संस्थाका प्रमुख कार्यकारी अधिकृत सजल खड्काले गरेका थिए । फिल्डमा काम गर्दा आइपरेका समस्याहरु निराकरण गर्ने, फिल्ड कर्मचारीको लक्ष्य तथा प्रगती समिक्षा, विभिन्न शाखाको अनुभव आदानप्रदान तालिमको अबधिमा गरिएको जनाइएको छ । त्यस्तै फिल्डको गुणस्तर वृद्धि गर्ने, सदस्य तथा कर्जामा विस्तार गर्ने तथा विभिन्न जीवन वीमा कम्पनीका प्रतिनिधिहरुमार्फत जीवन वीमाको पोलिसीहरुको विक्री गर्न उत्प्रेरीत गराउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाको भनाइ छ ।

एनआईसी एशिया बैंकद्वारा नयाँ वर्षको क्यालेन्डर सार्वजनिक

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले नयाँ वर्षको अवसरमा २०७५ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका अध्यक्ष तुलसीराम अग्रवालद्वारा एक समारोहकोबीच काठमाडौंस्थित बैंकको रजिस्ट्र्राड कार्यालय, थापालीमा उक्त नयाँ सालकोे क्यालेन्डर सार्वजनिक गरेको हो । क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष  अग्रवालले नयाँ वर्षको शुभ अवसरमा सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनीहरु, नियमनकारी निकायहरु, कर्मचारी लगायत सम्पुर्णलाई शुभकामना दिएका थिए । कार्यक्रममा बैंकका निवर्तमान अध्यक्ष जगदीशप्रसाद अग्रवाल, अन्य सञ्चालकहरु, बैंकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने लगायतका उच्च पदाधिकारीहरुको उपस्थिति रहेको जनाइएको छ । हाल मुलुकभर बैंकले १९२ शाखा कार्यालयहरु, १९६ एटीएम, ४ एक्स्टेन्सन काउन्टर एवं ४ वटा शाखारहित बैंकिङ तथा सबैभन्दा धेरै सञ्जालमार्फत सेवा प्रदान गरिरहेको जानकारी दिएको छ । बैंकको वासलातको आकार रू १५५ अर्बभन्दा बढी पुगेको छ भने कुल कर्जा करिब रू १०७ अर्ब र कुल निक्षेप करिब १३१ अर्ब पुगिसकेको जनाएको छ ।