आशा लघुवित्तले जारी पूँजी दोब्बर तथा चुक्ता पूँजी १४ करोड पुर्याउने
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो विशेष साधारण सभा सम्पन्न गरेको छ । केन्द्रीय कार्यालयमा सम्पन्न भएको विशेष साधारण सभाले हाल रहेको अधिकृत तथा जारी पूँजी रू. १० करोडलाई बृद्धि गरि २० करोड रुपैयाँ पुर्याउने निर्णय गरेको छ । साथै १ः१ बराबर हकप्रद शेयर जारी गरी चुक्ता पूँजी रू १४ करोड पुयाउने समेत निर्णय गरेको छ । संस्थाकाे फागुन मसान्तसम्ममा संस्थाको ग्राहक सदस्य २८ हजार ५३५, लगानीमा रही रहेको कर्जा १ अर्व एक करोड ४६ लाख ३१ हजार र बचत १८ करोड २ लाख ९५ हजार रहेको छ । संस्थाले २३ जिल्लामा ३६ वटा शाखा कार्यालयहरुमार्फत न्युन आय भएका तथा विपन्नवर्गका महिलाहरुलाई कर्जा प्रदान गरेर उद्यमशील बनाइ रहेको जानकारी दिएको छ ।
एनएमबी बैंकको एफपीओमा ढिलाइ, कहिले आउछ १ करोड १४ लाख किता ?
काठमाडौं । एनएमबी बैंकको थप निष्कासन (एफपीओ) मा ढिलाइ भएको छ । चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन एनएमबीले गत जेठ २२ गते प्रिमियम मूल्यमा एफपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको थियो । बैंकले १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ निष्कास गर्न लागेको हो । निवेदन दिएको १० महिना बितिसक्दा पनि बैंकले बोर्डबाट एफपीओ निष्कासको स्वीकृति पाएको छैन् । बोर्डबाट स्वीकृति पाउनसाथ एफपीओ निष्कासन हुने एनएमबीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । प्रक्रियागत कारणले ढिलाइ हुन गएको बताउदै उनले चाँडै एफपीओ निष्कासन हुने जानकारी दिए । एफपीओ प्रिमियम मूल्य टुङो लाग्न बाँकी रहेको केसीले जानकारी दिए । बैंकको सेयर मूल्य प्रतिकित्ता ४२१ रुपैयाँ छ । बजार घटेपछि बैंकको सेयर मूल्यमा पनि गिरावट आएको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ४६ करोड ५४ लाख रुपैयाँ छ । बैंकले अझै १ अर्ब ५४ करोड रुपैयाँ चुक्तापुँजी पुर्याउन बाँकी छ । बैंकले आउदो असारसम्म चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने योजना राष्ट्र बैंकमा पेश गरेको छ ।
महासंघमा फेरी प्रत्यक्ष निर्वाचित अध्यक्षको पक्षमा लबिङ तिव्र, शेखर गाेल्छा अध्यक्ष बन्न राेक्ने कसरत !
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभामा विधान संशोधनको प्रस्ताव आउने भएको छ । २०७३ मंसिर ४ गते संशोधन गरिएको महासंघको विधान १८ महिना नवित्दै फेरी संशोधन गर्न लागिएको हो । महासंघको विधान संशोधनको विषयमा छलफल शुरु भएको र आगामी साधारणसभामा विधान संशोधन मागको प्रस्ताव आउन सक्ने महासंघका जिल्ला तथा नगर उपाध्यक्ष किशोर प्रधानले बताए । महासंघले यहि चैत २८ र २९ गते ५२औं वार्षिक साधारणसभा बोलाएको छ । तीन वटा विषयमा विधान संशोधन गर्न छलफल चलिरहेको उनले बताए । ‘पहिलो, कार्यसमितिको कार्यकाल ३ वर्षबाट घटाएर २ वर्ष बनाउनुपर्छ भन्ने आवाज आईरहेको छ । दोस्रो, महासंघको बरिष्ठ उपाध्यक्ष ३ वर्षपछि स्वतः अध्यक्ष हुने वर्तमान व्यवस्था खारेज गरी प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष चयन गरिनुपर्छ भन्ने माग भईरहेको छ । तेस्रो, महासंघको प्रदेश संरचना बलियो बनाउनु पर्छ र अधिकार पनि प्रदेशलाई बढाउनु पर्छ भन्ने माग आईरहेको छ’ विकासन्युजसँग कुरा गर्दै महासंघको उपाध्यक्ष प्रधानले भने । प्रत्यक्ष निर्वाचित अध्यक्षयात्मक व्यवस्था हुनुपर्छ भनेर जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले माग गरिरहेको र यसको पक्षमा महासंघका सदस्यहरुको मत बढ्दै गएको उनको दावी छ । साधारणसभामा विधान संशोधनको माग हुने, साधारणसभाबाटै विधान संशोधन समिति गठन हुने, त्यस समितिको सुझावका आधारमा विशेष साधारणसभा गरि विधान संशोधन गरिने उनले बताए । यी सबै प्रक्रिया पुरा गर्न ८/९ महिना लाग्ने उनले बताए । यसअघि पनि महासंघका सदस्यहरुले प्रत्यक्ष मतदान गरी अध्यक्ष चयन गर्दै आएको थिए । २०७३ मंसिर ४ गते भएको विशेष साधारणसभाले विधान संशोधन गर्दै प्रत्यक्ष निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष चयन गर्ने र अध्यक्षको कार्यकाल सकिएपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरेको थियो । उक्त साधारणसभाले तत्कालिन वरिष्ठ उपाध्यक्ष भवानी राणालाई स्वतः अध्यक्ष बनाउने विशेष व्यवस्था पनि गरेको थियो । त्यतिबेला भएको विधान संशोधनमा पूर्व अध्यक्षहरु चण्डीराज ढकाल र रविभक्त श्रेष्ठबाहेक सबै पूर्वअध्यक्षहरुले लिखित र सार्वजनिक रुपमा विरोध गरेका थिए । उनीहरुले विशेषसाधारणसभा समेत वहिस्कार गरेका थिए । महासंघको पूर्व अध्यक्षहरु चण्डीराज ढकाल, रविभक्त श्रेष्ठ र तत्कालिन अध्यक्ष पशुपति मुरारकाले भवानी राणालाई अध्यक्ष बनाउनैका लागि विधान संशोधन गरेको आरोप महासंघका सदस्यहरुले लगाएका थिए । उक्त आरोपलाई पुष्टि हुने गरी अध्यक्ष राणाको कार्यकालमा नै विधान संशोधन गरी नयाँ अध्यक्षको प्रत्यक्ष चुनाव हुने व्यवस्था गर्न लागिएको छ । गोल्छालाई अध्यक्ष बन्न राेक्ने ! विधानतः दुई वर्षपछि महासंघको अध्यक्ष निश्चित भएका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छालाई अप्ठ्यारोमा पार्ने नियतले महासंघको विधान संशोधनको कुरा उठाइएको केही व्यवसायीहरुको विश्लेषण छ । एक वर्षअघि भएको महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका गोल्छा र प्रधानबीच प्रतिस्पर्धा भएको थियो । चुनाव गोल्छाले जिते, प्रधानले हारे । तर खेल त्यतिमा सकिएन । त्यतिबेला जिल्ला तथा नगर उद्योग वाणिज्य संघ तर्फको उपाध्यक्षमा विजयी भएको प्रमोद श्रेष्ठलाई राजनीतिक कारण देखाएर हटाईयो । रिक्त पदका लागि गत फागुन २५ गते भएको निर्वाचनमा प्रधान विजयी भए । गोल्छा र प्रधानबीच फेरी नयाँ प्रतिस्पर्धाको खेल शुरु भएको व्यवसायीहरु बताउँछन् । विधान संशोधन भएपनि वर्तमान वरिष्ठ उपाध्यक्ष गोल्छालाई अध्यक्ष बन्न ढोका बन्द नहुने बताउँछन् महासंघका कार्यसमिति सदस्या प्रबलजंङ पाण्डे । तर उपाध्यक्ष प्रधानको मत फरक छ । उनले भने ‘विशेष साधारणसभाले जे निर्णय गर्छ त्यहि हुन्छ । त्यतिबेला नै विधानमा उल्लेख गरिने छ कि वर्तमान वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने वा चुनावबाट चयन गर्ने ?’ वरिष्ठ उपाध्यक्ष गोल्छाले यस विषयमा उपयुक्त समयमा बोल्ने बताए । आलोचना महासंघका अध्यक्ष भवानी राणा भए पनि पूर्वअध्यक्ष चण्डिराज ढकालले महासंघलाई चलाउँदै आएको यस संस्थाका सदस्यहरु बताउँछन् । राणाले गोल्छालाई भन्दा ढकाललाई उच्च महत्व दिदै आएकी छिन् । कतिसम्म भने महासंघको मर्यादा क्रममा अध्यक्ष राणाले गोल्छालाई भन्दा ढकाललाई अगाडि राखेकी छिन् । महासंघले विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्षलाई ‘वेटिङ प्रेसिडेन्ट’ का रुपमा पावरफूल बनाउन खोजेको छ । तर व्यवहारमा वरिष्ठ उपाध्यक्षलाई झन् कमजोर बनाउने काम भईरहेको छ । यसअघि महासंघको नेतृत्वको मर्यादाक्रममा निवर्तमान अध्यक्ष दोस्रो र वरिष्ठ उपाध्यक्षलाई तेस्रो नम्बरमा राखिन्थ्यो । अहिले वरिष्ठ उपाध्यक्षको हैसियत कार्यसमितिमा चौथो नम्बरमा झारिएको छ । निवर्तमान अध्यक्ष पशुपति मुरारका महासंघमा जरुरी काम पर्दा मात्र जान्छन् । ढकालले आफ्नो दायाँ बाँयाँको सिटमा अध्यक्ष राणा र वरिष्ठ उपाध्यक्ष गोल्छालाई राखेर महासंघ चलाउदै आएका छन् । अरू पूर्व अध्यक्षहरू महासंघका सचिवालयमा मात्र हाेइन र महासंघकाे ठूला कार्यक्रममा पनि विरलै देखिन्छन् । कार्यान्वयन नहुँदै विरोध प्रत्यक्ष निर्वाचनबाट वरिष्ठ उपाध्यक्ष चयन गर्ने र त्यसपछि स्वत अध्यक्ष बनाउने बैद्यानिक व्यवस्था कार्यान्वयनमा नआउँदा विरोध हुनुलाई महासंघमा व्यक्तिगत स्वार्थ हावी भएको रुपमा चित्रण गरिएको छ । प्रत्यक्ष निर्वाचनबाट पहिलो पटक वरिष्ठ उपाध्यक्ष बनेका गोल्छाले अध्यक्ष बन्ने मौका नै पाएका छैनन् । उनले कार्यकाल कस्तो हुन्छ भनेर परीक्षण पनि गरेका छैन । तर गोल्छाको विरोध र विधान संशोधनको आवाज उठिसकेको छ । महासंघका हरेक निर्वाचनअघि अध्यक्षका आकांक्षीहरु जिल्ला तथा नगर भ्रमणमा निस्कन्थे । भोट फकाउन जिल्ला तथा नगर उद्योग वाणिज्य संघका समस्या सुन्ने, आश्वासन दिने, कतिपय अवस्थामा आर्थिक सहयोग पनि जुटाउने, जिल्ला तथा नगर उद्योग वाणिज्य संघका नेतृत्वसँग भ्रमणमा निस्कने गर्दथे । अध्यक्ष निश्चित भएपछि यस्तो गतिविधिमा गोल्छा सक्रिय भएका छैनन् । भावी अध्यक्षसँग बैठक गर्न, छलफल गर्न, सँगै घुम्न र फेसबुकमा फोटो हाल्न नपाएपछि उनीहरु आक्रोशित भएको व्यवसायीहरु बताउँछन् । यहि मौकामा महासंघको चुनावलाई व्यापारमा परिणत गर्दै ‘कर्पाेरेट पावर एक्सरसाईज’ गर्दै आएको व्यक्तिहरु विधान संशोधनको मागलाई बल पुर्याउने काममा लागेको जानकारहरु बताउँछन् ।
हुन्डाई अफर विजेता घोषणा, अधिकारी र सपलायर्सले जिते हुन्डाईको गाडी
काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट’ अफरको विजेताहरु घोषणा गरिएको छ । ‘हुन्डाई फेसटिभ डिलाइट’ अफर अन्तर्गत शुसनप्रसाद अधिकारीले हुन्डाई इलाईट आई २० जितेका छन् । साथै कन्काई आयल सपलायर्सले हुन्डाई एक्सेनट भेहिकल जितेका छन् । उनीहरुले अफरको बम्पर ड्र अन्तर्गत उक्त हुन्डाईका भेहिकल प्राप्त गर्न सफल भएका हुन् । अफरमा हरेक नँया हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ५ लाखसम्मको छुट र एक वर्षको निशुल्क बिमा साथै स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुटको व्यवस्था गरिएको थियो । त्यस्तै लक्कि ड्र मार्फत सय जना भाग्यमानी विजेताहरुलाई १०/१० ग्राम सुन, १० जोडीलाई दुबई भ्रमण र बम्पर लक्कि ड्रबाट २ जनालाई हुन्डाई एलाईट आई १० र हुन्डाई एक्सेनट जित्ने अवसर उपलब्ध गराइएको थियो । ‘हुन्डाई फेसटिभ डिलाइट’ अफरको विजेता लक्की ड्रमार्फत शुक्रबार घोषणा गरिएको थियो । उक्त अफर अन्तर्गत सय जना भाग्याशाली विजेताहरुको लक्की ड्र आई नेपालको अनामनगर अवस्थित कार्यालयमा गरिएको थियो । अफरका सय जना भाग्याशाली विजेताहरुको नाम हुन्डाई नेपालको फेसबुक पेजमा समेत समावेश गरिएको कम्पनीको जनाएको छ । दुबई भ्रमणको १० जना भाग्यशाली जोडीहरुको समेत छनोट लक्की ड्रमार्फत गरिएको थियो । सुजा बास्तोला, महेस राजकर्णिकार, कृष्ण राज पोख्रेल लगायत रहेका छन् । सो योजना ८ भदौदेखि १० कात्तिकसम्म लागू गरिएको थियो ।
सेयर बजार साढे ३३ अंकले ओरालो लाग्यो, नेप्से परिसुचक ११०० अंक भन्दा तल
काठमाडौं । सेयर बजार साढे ३३ अंकले ओरालो लागेको छ । आइतबार बजार खुलेको ५० मिनेटमै बजार भारी गिरावट आएको हो । सेयर बजार निरन्तर ओरालो लागेपछि नेप्से परिसुचक १ हजार १ सय अंक भन्दा तल झरेको छ । आइतबार बैंक, वित्त, होटल, जलविद्युत, उत्पादन, लघुवित्तलगायत सबै क्षेत्रको सेयर मूल्य घटेको छ ।
काठमाडौं महानगरपालिकाभित्र अब फ्रि वाइफाइ
काठमाडौं । तपाईले इन्टनेट सेवाका लागि पैसा खर्च गरिरहनु भएको छ ? तपाइले सेवा प्रयोग गर्न पाउनु भएको छैन ? अब चिन्ता नलिनुस काठमाडौं महानगरपालिकाले निशुल्क वाइफाइ सेवा दिने भएको छ । महानगरले काठमाडौंका विभिन्न ६ स्थानमा फ्रि वाइफाई सेवा प्रदान गर्न लागेको हो छ । निशुल्क वाइफाइ सेवा उपलब्ध गराउन काठमाडौं महानगर र इन्टरनेट सेवा प्रदायक वल्र्ड लिकं कम्युनिकेसनबीच आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । अब राजधानीको हनुमान ढोका, पशुपति, स्वयम्भु, बौद्ध, बालाजु र शंखपार्क क्षेत्रमा फ्रि वाइफाइ सेवा सञ्चालन हुनेछ । समझदारीपत्रमा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र वल्र्ड लिकंंका तर्फबाट निर्देशक विजयकुमार जलानले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार वल्र्ड लिकंले ६० दिन भित्रमा सम्पुर्ण काम सकी निशुल्क वाइफाइ सेवा सञ्चालनमा ल्याउनेछ । यसमा महानगरपालिकालाई कुनै पनि आर्थिक दायित्व पर्ने छैन । आर्थिक तथा प्राविधिक पक्ष सबै वल्र्ड लिकंले व्यवस्था गर्ने समझदारीमा उल्लेख गरिएको छ । यी क्षेत्रका वासिन्दा प्रत्येकले दिनमा ३० मिनेट फ्रि वाइफाई चलाउन पाउनेछन् । वाइफाई मोबाइलमा अटोमेटिक कनेक्ट हुनेछ । वाइफाइ जडान सम्बन्धी गरिएको अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ । जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यामा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा हुनेछन् । अध्ययन अनुसार एक पटकमा वाइफाइका प्रयोगकर्ताको न्युनतम संख्यालाई आधार मानेर हरेक स्थानमा १० एमविपिएस व्याण्डविथ क्षमताको सेवा जडान हुनेछ । जसमा पशुपति क्षेत्रमा एक्सेस प्वाइन्ट ११ वटा हुनेछन् भने बौद्धमा ४ वटा, शंखपार्कमा २ वटा, वालाजु वाइसधारा उद्यामा ७ वटा, स्वयम्भूमा ५ वटा र वसन्तपुरमा ९ वटा हुनेछन् । प्रयोगकर्ताको दृष्टिले पशुपति क्षेत्रमा एक पटकमा २०० देखि ७०० जनासम्मले वाइफाइ प्रयोग गर्ने अध्ययनले देखाएको छ भने बौद्धमा २५० जनादेखि ५०० जना, शंख पार्कमा ५० देखि २०० जना, बालाजुमा २०० देखि ७०० जना, स्वयम्भूमा २०० देखि ३०० जना, बसन्तपुरमा २०० देखि ३०० जनासम्मले सेवा लिनेछन् । सेवामा सवैको पहुँच पुगोस् भन्ने दृष्टिले एक पटक वाइफाइ चलाउनेले ३० मिनेट सेवा लिइसकेपछि सिस्टमले उसलाई त्यसदिन कनेक्सन हुनबाट रोक्नेछ । तर अर्को एक्सेस प्वाइन्टबाट सेवा लिन सक्नेछ ।
बैंकहरुको डलर कारोबारको हेर्ने काम २ वर्षदेखि बन्द, अनुसन्धान भए राष्ट्र बैंकका कर्मचारी फस्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले २ वर्षदेखि बैंकहरुको विदेशी मुद्रा कारोबार हेर्न छाडेको छ । जनशक्ति अभावको कारण देखाउदै बैंकले गर्नै सबै प्रकारको विदेशी मुद्राको कारोबार हेर्न छाडेको हो । विदेशमा रकम पठाउन, वस्तु तथा सेवा आयात गर्दा खोलिने प्रतितपत्र (एलसी) र टीटी कारोबारको फाइल खोलेर हेर्ने काम काम अहिले बन्द छ । बैंकले मासिक रुपमा पठाएको विवरण कर्मचारीले बोरामा राखेर भण्डारन गर्ने काम मात्र भएको छ । बैंकले पठाएको कारोबार विवरणको फाइल हेर्ने काम २ वर्षदेखि नै बढी बन्द भएको स्रोतले बतायो । कर्मचारीको अभावले बैंकले पठाएको फाइलको अध्ययन, अनुसन्धानका साथै स्थलगत निरीक्षणको काम समेत बन्द रहेको स्रोतको भनाई छ । “एलसीलगायत अन्य कारोबारबाट विदेशी मुद्रा अपचलन भएको हुन सक्छ” स्रोतले भन्यो “तर बैंकले पठाएको फाइल खोल्नेदेखि स्थलगत निरीक्षण भएको छैन, त्यसैले विदेशी मुद्रा अपचलन भएपनि राष्ट्र बैंकलाई जानकारी छैन् । किनभने उसले कारोबारको फाइल हेर्ने काम नै गरेको छैन ।” वाणिज्य बैंकहरुले विदेशी मुद्रा कारोबारको ४० प्रकारको विवरण केन्द्रीय बैंकलाई बुझाउनु पर्ने हुन्छ । बैंकहरुले मासिक रुपमा राष्ट्र बैंकमा विवरण बुझाउदै आएका छन् । एलसी खोल्दा सामान नल्याएर डलर अपचलनको गरेको पनि हुन सक्ने स्रोतको भनाई छ । आयातकर्ताले एलसी खोलेर निर्धारित समयमा सामान आयात नगरे विदेशी मुद्रा अपचलन गरेको ठहरिन्छ । यसअघि सामान आयात नगरी डलर अपचलन गरेका ठुला एलसी काण्ड भएका थिए । “बैंकले विदेशी मुद्रा अपचलन भएको विवरण पठाएको हुन सक्छन, तर केन्द्रीय बैंकले नहेर्दा बाहिर आउन सकेको छैन्” स्रोतले भन्यो । विदेशी मुद्राको कारोबार फाइल नखोल्दा र कैफियत भेटिएमा स्थलगत अनुसन्धानको काम नगरेको अवस्थामा आधिकारिक निकायले अनुसन्धान गरे राष्ट्र बैंकका कर्मचारी पनि फस्न सक्ने संभावना रहेको स्रोतको भनाई छ । अहिले नै जनशक्ति अभाव भएका बेला जेठसम्म सयौं कमचारीले केन्द्रीय बैंकबाट अवकास पाउदैछन् । गभर्नर डा. चिरन्जिवि नेपाललाई गुहार्दा पनि कर्मचारी व्यवस्थापन हुन नसकेको स्रोतको भनाई छ ।
नेपाल इन्स्योरेन्सले बैंशाख ५ देखि हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले बैशाख ५ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन ३० करोड १९ लाख ८८ हजार रुपैयाँ बराबरको ३० लाख १९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन जेठ ८ गते बन्द हुने कम्पनीले जनाएको छ । चैत २२ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका सेयरधनीले हकप्रद सेयर भर्न पाउने भएका छन् । हकप्रद सेयर बाँडफाँडपछि कम्पनीको चुक्तापुँजी दोब्बर बढेर ६० करोड ३९ लाख ७७ हजार रुपैयाँ पुग्ने ।