विकासन्युज

एकै वर्ष ३ सय भन्दा बढी उद्योग दर्ता, २० हजार मानिसले रोजगारी पाउने

काठमाडौं । करिब २० हजारलाई प्रत्यक्ष रोजगारी दिने लक्ष्यसहित उद्योग विभागमा ३०२ उद्योग दर्ता भएका छन् । चालू आर्थिक वर्षको आठ महिनामा स्वदेशी तथा विदेशी लगानीकर्ताले नयाँ उद्योग स्थापनाका लागि विभागमा आवेदन दिएका हुन् । विभागका अनुसार कूल उद्योगमध्ये १९४ वटा उद्योग विदेशी लगानीका उद्योग हुन् भने १०८ उद्योग नेपाली लगानीकर्ताले नयाँ दर्ता गरेका हुन् ।विभागका अनुसार कृषिजन्य १५, निर्माण तीन, ऊर्जामूलक २६, सूचना, प्रसारण तथा सञ्चार प्रविधि १५, उत्पादनमूलक ८७, खनिज तीन, सेवामूलक ६७ र पर्यटन ८६ उद्योग दर्ता भएका हुन् । मुलुक राजनीतिक स्थायित्वको चरणमा प्रवेश गरेको र लगानीकर्तामा विश्वासको वातावरण समेत पैदा भएकाले पछिल्ला दिनमा नयाँ उद्योग दर्ता गरेर सञ्चालन गर्ने क्रम बढेको छ ।प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि मुलुकमा राजनीतिक स्थायित्व देखिएको र प्रायः सबै राजनीतिक दलले आर्थिक समृद्धिको विषयलाई नै प्रमुख प्राथमिकतामा राखेका कारण पनि लगानीका नयाँ अवसर थपिएका हुन् । पछिल्लो आठ महिनामा दर्ता भएका उद्योगमा रु दुई खर्ब ३२ अर्ब ८७ करोड ९६ लाख बराबरको लगानी हुने भएको छ । विभागका अनुसार पर्यटन क्षेत्रमा मात्रै रु १२ अर्ब ७४ करोड ४० लाख बराबरको नयाँ लगानीसम्बन्धी प्रतिबद्धता आएको छ । ती उद्योगबाट तीन हजार २५८ जनाले नयाँ रोजगारी पाउने भएका छन् । नेपालको आर्थिक समृद्धिको आधारका रुपमा लिइएको पर्यटन क्षेत्रमा पछिल्लो पटक लगानीको मात्रा बढ्दै गएको हो । सरकारले सन् २०२० सम्म करिब १५ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकाले सो लक्ष्य पूरा गर्ने उद्देश्यले उद्यमी व्यवसायीले पाँचतारे होटलदेखि पर्यटकीय होटल तथा रेष्टुराँमा लगानी बढाएका हुन् । लगानीमैत्री वातावरण बनेको भन्दै पर्यटन क्षेत्रमा लगानी बढेको होटल एशोसिएशन अफ नेपाल९हान०का महासचिव विनायक शाहको भनाइ छ । यस्तै सेवामूलक क्षेत्रमा रु तीन अर्ब ८९ करोड ५८ लाख लगानी गर्ने प्रतिबद्धता आएको छ । सो उद्योगबाट करिब तीन हजार जनाले नयाँ रोजगारी पाउनेछन् । आर्थिक समृद्धिको अर्को आधारका रुपमा रहेको ऊर्जा क्षेत्रमा समेत लगानीको मात्रा बढेको छ । पछिल्लो आठ महिनाको तथ्यांकलाई हेर्ने हो भने सो क्षेत्रमा रु एक खर्ब ५० अर्ब ७९ करोड लगानी भित्रिने प्रतिबद्धता आएको छ । सो परिमाणको लगानीबाट एक हजार ६०८ जनाले नयाँ रोजगारीको अवसर पाउने विभागले जनाएको छ । उत्पादनमूलक क्षत्रेमा लगानी गर्ने लक्ष्यसहित ८७ विभागमा दर्ता भएका छन् । त्यसमा रु ५६ अर्ब ४८ करोड २० लाखको नयाँ लगानी हुनेछ । ती उद्योगबाट करिब १० हजार जनाका लागि नयाँ रोजगारीको अवसर सिर्जना हुनेछ । सूचना प्रविधिको बढ्दो विकासलाई पछ्याउँदै उद्योगमा लगानी गर्ने क्रम समेत बढेको विभागको पछिल्लो तथ्यांकमा देखिएको छ । चालू आवको आठ महिनामा सूचना प्रविधिका क्षेत्रमा मात्रै १५ नयाँ उद्योग थपिएका छन् । ती उद्योगको कूल लगानी रु ५९ करोड ३० लाख बराबरको छ । ती उद्योगबााट करिब एक हजार जनाले नयाँ रोजगारीको अवसर प्राप्त गर्ने विभागले लक्ष्य लिएको छ । त्यस्तै कृषिजन्य उद्योगमा थप रु दुई अर्ब १३ करोड नयाँ लगानी भित्रिने भएको छ । नेपाल कृषि प्रधान देश भए पनि संगठित रुपमा कृषिमा लगानी नभइरहेको सन्दर्भमा नयाँ उद्योगले कृषिउपजको बजारीकरण तथा आर्थिक उन्नयनमा सहयोग पु¥याउने विश्वास लिइएको छ । नयाँ दर्ता भएको उद्योगबाट ३५१ जनाले नयाँ रोजगारी पाउने छन् । विभागका अनुसार निर्माण उद्योगमा नयाँ तीन उद्योग थपिने भएका छन् । ती उद्योगमा रु चार अर्ब एक करोड बराबरको लगानी हुनेछ भने २२८ जनाले रोजगारीको अवसर पाउने छन् । खनिजतर्फ नयाँ तीन उद्योग दर्ता भएका छन् । ती उद्योगमा रु दुई अर्ब २२ करोड २२ लाख बराबरको लगानी हुनेछ जस्मा ५२० जनाले रोजगारी पाउने जनाइएकोे छ । रासस

सवारी साधनमा गीत बजाए बापत रोयल्टी तिर्नुपर्ने

काठमाडौं । सवारी साधनमा गीत बजाए बापत पैसा तिर्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले जारी गरेको मापदण्ड तथा निर्देशिकामा कलाकारसम्म पुग्ने गरी रोयल्टी रकम उठाउन लागिएको हो । नेपाली गायन क्षेत्रमा लाग्ने कलाकारको आम्दानीको स्रोत सकिदैं गएको भन्दै रोयल्टी रकम उठाउन लागिएको हो । संगित रोयल्टी संकलन समाुजका अध्यक्ष महेश खड्काका अनुसार सफल रुपमा सवारी साधनबाट रोयल्टी रकम उठाउन सकेमा वार्षिक २० करोड रुपैंया संकलन हुनेछ । रोयल्टी संकलन कार्यविधी अनुसार ठुला बसले वार्षिक २ हजार तिर्नु पर्नेछ । त्यसैगरी माइक्रो बसले १ हजार, टेम्पोले ८ सय, पिक अप ९ सय र ट्रक १२ सय तिर्नु पर्नेछ । नियम कार्यन्वयनको लागि भोलीबाटै रोयल्टी समाजले काम सुरु गर्नेछ ।

सेयर बजार घटेका बेला लगानीकर्ता स्ट्याण्डड चाटर्ड र नविल बैंकमा झुम्मिए, यस्तो छ कारण

काठमाडौं । सेयर बजार घटेका बेला लगानीकर्ता भने दुई बैंकमा झुम्मिएका छन् । स्ट्याण्डर्ड चाटर्ड बैंक र नविल बैंकमा लगानीकर्ताको झुम्मिन पुगेका हुन ।   स्ट्याण्डर्डको प्रतिकित्ता ८२५ रुपैयाँमा १ करोड ७० लाख ६८ हजार रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै नविल बैंकको पनि प्रतिकित्ता ९४५ रुपैयाँमा १ करोड ४४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । गत बिहीबारको तुलनमा आइतबार स्ट्याण्डर्डको सेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँ र नविलको २५ रुपैयाँ घटेको छ । बैंकको सेयर मूल्य सस्तो हुदै गएको छ । दुबै बैंकको सेयर मूल्य १ हजार माथि थियो । स्ट्याण्डर्ड र नविल दुबैले लगानीकर्तालाई लाभांश वितरण गरिसकेका छन् । दुबै बैंकको सेयर मुल्य सस्तो भएपछि लगानीकर्ताको आकर्षण बढेको एक ब्रोकरले बताए । दुबै बैंकको वित्तीय अवस्था राम्रो हुनुका साथै आगामी वर्षमा पनि राम्रो प्रतिफल दिने लोभमा लगानीकर्ताले सेयर किनेको ती ब्रोकरको विश्लेषण छ । स्ट्याण्डर्ड चाटर्ड र नविलले लगानीकर्तालाई राम्रो प्रतिफल दिदै आएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पनि १ करोड प्रतिकित्ता १ हजार ५६ रुपैयाँमा १ करोड ३५ लाख ७० हजार रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफले पनि लगानीकर्तालाई आकर्षक प्रतिफल दिदै आएको छ । नेपाल लाइफको गत बिहीबार प्रतिकित्ता १ हजार १ सय रुपैयाँमा करोबार भएको थियो । आइतबार ४४ रुपैयाँ घटेको छ ।

आइएमई जनरल इन्स्योरेन्स र भरपर्दो कृषक सहकारीबीच बीमा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र बलाजुमा रहेको भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडबीच संस्थाका सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र भरपर्दो कृषक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश तिमल्सिनाले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात सहकारी संस्थाका भरपर्दो नियमित जीवन साहारा बचत योजना अन्तर्गतका ५ सय जनाभन्दा बढी सदस्यहरुको स्वास्थ्य बीमा तथा सामुहिक दूर्घटना बीमा हुने जनाइएको छ । सोही अवसरमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले सहकारी संस्थाले आफैले बीमा शुल्क भुक्तानी गरेर आफ्ना ग्राहक हरुको रू ५० हजारको औषधोपचार बीमा तथा रू १ लाखको व्यक्तिगत दुर्घटना बीमा गरेको बताए । साथै संस्था तथा संस्थासंग आवद्ध सदस्यहरुलाइ आवश्यक सबै निर्जीवन बीमा सेवा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट प्राप्त हुने भन्दै ढुक्क भएर सेवा लिन उनको आव्हान थियो ।

यातायात व्यवसायीको दादागिरी सकियो, सिन्डीकेट लगाउन खोजे ठाउँको ठाउँ कारवाही हुने

काठमाडौं । यातायात व्यवसायीले अघोषित रुपमा लगाउँदै आएको सिन्डिकेट आज आइतबारबाट अन्त्य भएको छ । यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ को नियम ६२ ले दिएको अधिकार प्रयोग गर्दै सिन्डिकेट तोडेको घोषणा गरेको हो । सिन्डिकेट तोडिएको जानकारी गराउँदै विभागका निर्देशक तल्सीराम अर्यालले अब सार्वजनिक सवारी व्यवस्थापन प्रभावकारी हुने बताए । सिन्डिकेटको अन्त्य हुदाँ प्रतिस्पर्धात्मक ढंगले सार्वजनिक सवारी साधनहरु सञ्चालन हुने, सडक दुर्घटना न्युनिकरण, वर्कशप, संगित रोयल्टी, ड्राइभिङ स्कुलहरुको नियमन प्रभावकारी हुने विभागले जनाएको छ । यस नियमलाई नमान्ने जुनसुकै यातायात व्यावसायी संघलाई तुरुन्त कारवाहि गर्न विभागले निर्देशन दिएको छ । मयुर यातायात कम्पनीको बस सेवालाई यातायात व्यवसायीले रोक्ने प्रयास गरेपछि विभागले कानून बमोजिम सिण्डिकेट खारेज गरेको जानकारी गराएको हो ।विभागले १० वटा निर्देशिका तथा मापदण्डहरु बनाएर लागू गरेको छ । यस्ता छन् विभागले जारी गरेको निर्देशिका तथा मापदण्डहरु १. यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० संशोधन २०७४ २. सवारी प्रदुषण परीक्षण निर्देशिका, २०७४ ३. मालवाहक सवारी साधनको भारवहन नियमन सम्बन्धी निर्देशिका,२०७४ ४. मझौला तथा साना सवारी परिक्षाण सम्बन्धी मापदण्ड,२०७४ ५. बाटो निर्धारण निर्देशिका,२०७४ ६. स्कुल बस निर्देशिका, २०७४ ७. बस बडी बिल्डिङ निर्देशिका, २०७४ ८. कारखाना तथा वर्कशप सञ्चालन निर्देशिका, २०७४ ९. सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ १०. मझौला तथा साना सवारी निरीक्षण सम्बन्धी मापदण्ड, २०७४  

गर्मी भगाउन स्प्राईटको समर क्याम्पेन सार्वजनिक

काठमाडौं । पेय पदार्थ उत्पादक कम्पनी कोकाकोला नेपालले लेमोन र लाइम स्वादका आफ्ना उत्पादन ‘स्प्राईट’को समर क्याम्पेन सार्वजनिक गरेको छ । कम्पनीले यो क्याम्पेनको प्रचार प्रसारमा ‘ज्ञान बिलायो, रिफ्रेस बनायो’ नामक योजना सञ्चालनमा ल्याएको छ । उक्त ‘ज्ञान बिलायो, रिफ्रेस बनायो’ थिमको समर क्याम्पेन आफ्ना उपभोक्ताको गर्मी भगाउन कम्पनीले ल्याएको जनाएको छ । नयाँ स्प्राइटको टिभिसी एक ‘सरप्राइज’को रुपमा आएको कम्पनीले बताएको छ । कन्सेप्टको बारेमा जानकारी दिदै कोकाकोला नेपालका कन्ट्रि डाईरेक्टर अम्बुज सिंहले स्प्राईट एउटा रिफे्रसिङ चिसो पेय पदार्थ हो, जसले प्यास मेटाउँछ र दिमागलाई ताजा बनाउने बताए ।  

अर्थमन्त्रीको संस्थागत र नीतिगत सुधार संकेतलाई लगानीकर्ताले पत्याएनन्, सेयर बजार २४ अंकले घट्यो

काठमाडौं । सरकारले सेयर बजारको विकासका लागि ठुलो परिमाणको लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधार गर्ने संकेतलाई लगानीकर्ताले पत्याएनन् । अर्थमन्त्री डा. युवराज खतिवडाले शुक्रबार श्वेतपत्र सार्वजनिक गर्दै पुँजीबजारमा ठुलो लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधार आवश्यक भएको औल्याएका थिए । अर्थमन्त्रीले संस्थागत र नीतिगत सुधार गर्ने श्वतेपत्रमार्फत संकेत गरेका छन् । श्वेतपत्रमा नीतिगत सुधारका कुरा आएपछि आइतबारदेखि बजारमा केही सुधार हुने अपेक्षा गरिएको थियो । सो विपरित बजार २४ अंकले घट्यो । नेप्से परिसुचक १ हजार १ सय भन्दा तल झरेको छ । यसबाट सरकारलाई सेयर बजारले नपत्याएको स्पष्ट हुन्छ । सेयरको मूल्य घटेसंगै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार ३१ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजार खुलेको ५० मिनेटमै साढे ३३ अंकले घटेको बजार विस्तार सम्हालिदै २४ अंकमा सीमित भएको छ । बैंकिङ, होटल, बीमा, जलद्यिुत, बीमा, लघुवित्त र उत्पादनमुलकलगायत सबै क्षेत्रको सेयर मूल्य घटेको छ । अर्थमन्त्रीले संस्थागत र नीतिगत सुधारको कुरा गरेपनि नेपालको पुँजीबजार सतही भएको र दायरा पनि संकुचित भएको उल्लेख गरेका थिए । उनले बजार धितोपत्र कारोबारमा मात्र सिमित रहेको र यसलाई ऋण बजारको रुपमा विकास नसकिएको बताएका छन् ।

सिजीले ल्यायो नयाँवर्ष उपहार योजना, एउटा सामानको खरिदमा अर्को सित्तैमा

काठमाडौं । नयाँवर्ष २०७५ सालमा सिजीले आफ्ना समस्त ग्राहकहरुको लागि विभिन्न सामानहरुको खरिदमा आकर्षक र उपयोगी योजनाहरु बजारमा ल्याएको छ । ‘सिजी नगदमा गद् द्’ नामक उक्त योजना अन्तर्गत सिजीका सामानहरु खरिद गरे बापत विभिन्न आकर्षक पक्का उपहारहरु तथा २० प्रतिशत नगद छुट प्राप्त गर्ने अबसर रहेको कम्पनीको भनाइ छ । ओजाना अनुसार ४९ इन्चदेखि माथिका साइजका टिभीहरुको खरिदमा सिजीकै आकर्षक २.१ मोडलको स्पिकर प्रदान गरिने छ । त्यसभन्दाकम  साइजका टिभीको खरिदमा (२० इन्च देखि ४३ इन्च) सम्म २० प्रतिशत नगद छुट उपलब्ध गराउने जनाइएको छ । त्यसैगरि डलब डोर फ्रिजमा केन्टको एग् बोइलर र सिङगल डोरमा २० प्रतिशत नगद छुट खरिदकर्ताले प्राप्त गर्न सक्नेछन् । एसिमा निशुल्क जडानको सुविधा, ट्रलि स्पिकर तथा साउण्ड बारमा सिजीकै टिसर्ट, माईक्रोवेभ ओभनमा कुकिङ किट, फ्रन्ट लोडिङ वासिङ मेसिनमा सिजीको इन्डक्सन र टपलोडि वासिङ मेसिनमा सिजी कै आइरन प्राप्त गर्न सक्ने जानाइएको छ । साे योजना आइतबारदेखि देश भर सिमित अवधिकाला लागू गरिएको कम्पनीको भनाइ छ ।