प्रभु बैंकको नयाँ शाखा कार्यालय बागलुङको वडिगाडमा
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो नयाँ शाखा कार्यालय बागलुङ जिल्लाको वडिगाड गाउँपालिकामा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले गरेका हुन् । आजदेखि सञ्चालनमा आएको बैंकको कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विश्वास रहेको छ । त्यस्तै, गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने बैंकको अपेक्षा छ ।
सिताराम दुधको बिक्री केन्द्र कुलेश्वरमा
काठमाडौं । सिताराम गोकुल मिल्कस् काठमाण्डौ प्रा.लिले आफनो आधिकारिक बिक्री केन्द्र ‘सिताराम डेरी बिक्री केन्द्र’ कुलेश्वरमा बिहीबारबाट खोलेको छ । उक्त बिक्री केन्द्रबाट बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म सिताराम गोकुल मिल्कसद्धारा उत्पादित सिताराम दुध, घ्यु, पनीर, बटर, दही तथा पेडाहरु बिक्री गरिनेछ । ग्राहक एवं उपभोक्ताहरुको मागलाई मध्यनजर गर्दै प्रालिले सर्बसुलभ तरीकाले आफ्ना उत्पादनहरु उपलब्ध गराउने यस बिक्री केन्द्रको उदेश्य रहेको छ । यस आधिकारिक बिक्री केन्द्रको उद्घाटन नेपाली चलचित्र क्षेत्रकी सफल निर्देशक एवं नायिका तथा हास्यकलाकार दिपा निरौला तथा जितु नेपालद्धारा संयुक्त रुपमा उद्घाटन गरेका हुन् । दिनानुदिन मानिसहरुको दुध सेवन बृद्धि भएको तथा दुध एउटा कम्पिल्ट फुड भएको कारण यसको यस्ता बिक्री केन्द्रहरु खोलिदै जानु राम्रो भएको अभिनेत्री निरौलाले बताइन् । साथै, उनले स्वास्थ्यको लागिअति नै महत्वपुर्ण एवं मानिसको शरीरलाई चाहिने आवश्यक पोषण दुधबाट मात्र सम्भव भएको बताइन् । आज उद्घाटित यो बिक्री केन्द्र पहिलो भएको कम्पनीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए । साथै, उनले आगामी ६ महिनाभित्रमा काठमाडौंका विभिन्न स्थानहरुमा आफनो बिक्री केन्द्र खोल्दै जाने बताएका छन् ।
धुर्मुस सुन्तलीले भने-पहिले नमूना नेपाल कि अन्तराष्ट्रिय क्रिकेट मैदान ?
काठमाडौं । नमूना बस्ती निर्माणबाट नमूना नेपाल बनाउन लागि परेका धुर्मुस सुन्तली फाउन्डेशनले अब अन्तराष्ट्रिय क्रिकेट मैदान निर्माण गर्ने भएका छन् । अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्वेको काम सकेर मास्टर प्लान, डि पिआर र ईआईए को प्रकृयामा अघि बढाएको फाउण्डेशनले क्रिकेट मैदान पनि निर्माण गर्ने भएको हो । सिताराम कट्टेल सामाजिक सञ्जालमा भनेका छन् – नेपालमा एउटा अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सो निर्माणको संयोजन पनि तपाईहरुले गरिदिनुपर्यो भनेर एकप्कारको सुझाव अनि अनुरोध आईरहेकै थियो । हामीलाई दुबै परियोजनालाई अघि बढाउन सकिन्छ कि सकिँदैन भन्ने ठुलो चिन्ता थियो । सबैको ईच्छा, चाहाना मात्र नभई क्रिकेटको स्तर उन्नती अनि खेलाडिहरुको मनोबल बढाउन पनि हामी दुबै चिजलाई अगाडि बढाउने निर्णयमा पुगेका छौं । नेपालको क्रिकेटले अन्र्तराष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ । र यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो । फाउण्डेशनले मात्र निर्माण संयोजन गर्नेछ । यसका लागि छुट्टै ईन्टरनेशनल क्रिकेट स्टेडियम निर्माण समिति बन्नेछ । त्यहि समितिको रोहवरमा ईन्टरनेशनल क्रिकेट स्टेडियम बन्नेछ । हामीले हरेक परियोजना सरकारको समन्वयमै सम्पन्न गर्न सकेका हौं र हाम्रो लक्ष्य, उदेश्य भनेकै सरकारलाई हरेक क्षेत्रमा सघाउनु हो । यो अभियान नितान्त सरकारलाई सघाउन गरिएको अभियान हो । यसमा नेपाल सरकारले गम्भिरता पूर्वक साथ, सहयोग अनि समन्वय गर्नेछ भन्नेमा हामी विश्वस्त छौं । सबै मिलेर निर्धारित समय भित्रै अन्र्तराष्ट्रिय स्तरको क्रिकेट स्टेडियम बनाउन हामी सक्नेछौं, विश्व चिनाउने अझै धेरै खेलाडिहरु उत्पादन गर्न सक्नेछौ, विश्वभरी नेपालको नाम चम्काउन सक्नेछौं । यसले सिंगो खेल जगतलाई मात्रै लाभ हुने होईन नेपाल लाईनै आर्थिक समृद्धि तर्फ अघि बढाउन पनि महत्वपुर्ण भुमिका खेल्नेछ । किनकी यो एउटा सुन्दर पर्यटकिय गन्तब्य पनि हुनेछ । राष्ट्रिय तथा अन्र्तराष्ट्रिय प्रतियोगीता भईरहँदा विश्व भरीबाट खेलका पारखीहरु अनि खेलाडिहरु नेपाल भित्रिँदा देशलाई महत्वपुर्ण आर्थिक लाभ मात्रै नभएर देशका हरेक महत्वपुर्ण सम्पदाहरुको प्रचार पनि स्टेडियमकै माध्यमले हुनेछ र देशका हरेक क्षेत्र फष्टाउनमा अहम भुमिका खेल्नेछ । त्यसैले यो अभियानमा सबैजना एकजुट भएर लागौं । हामी नेपालीका लागि दुबै परियोजना महत्वपुर्ण छन् नमुना नेपाल अनि क्रिकेट स्टेडियम । अब भन्नुहोस कुन चाँही पहिला ?
कलंकी-नागढुंगा सडकः ४ किलोमिटर बैशाख भित्रै कालोपत्रे
काठमाडौं । कलंकी-नागढुंगा सडकको ४ किलोमिटर खण्ड बैशाख भित्रै कालो पत्रे हुने भएको छ । काठमाडौं सडक विस्तार आयोजनाका प्रमुख दिपक केसीका अनुसार कलंकी नागढुंगा सडकको ४ किलोमिटर खण्ड बैशाख भित्रै कालो पत्रे गर्ने काम सुरु गरिएको हो । | ‘४ किलोमिटर सडक चाँही बैशाख भित्रै कालोपत्रे गर्ने तयारी भैसकेको छ, हामीले कहि काम सुरु गरिसकेका छौं’, केसीले भने । केसीका अनुसार अदालतको अवरोध नभएका बिभिन्न ठाउँमा गरि कुल ४ किलोमिटर सडक कालो पत्रे गर्ने काम अघि बढेको हो । सडक कालो पत्रे गर्नु पुर्वका सबै काम सम्पन्न भैसकेको पनि जानकारी दिए । ‘४ किलोमिटर खण्डमा ढल, खानेपानी, फुटपाथ, बिजुलीका पोल लगायतका सबै काम गरिसकिएको छ, कालोपत्रे गर्नु अघि बिछ्याइने माटो र ढुंगाको काम समेत सकिएको छ’, केसीले भने । आयोजनाले सो खण्डमा असार अघि कालो पत्रे सक्ने गरि काम अघि बढाउन लागेको थियो । तर प्रधामन्त्री कर्यालयले अदालतको अवरोध नभएको ठाउँमा कालो पत्रेको काम सन्पन्न गर्न निर्देशन दिएपछि आयोजनाले काम अघि बढाएको हो । १२.४८ किलोमिटर लामो कलंकी नागढुंगा सडक खण्डमा दर्जनौं मुद्धा परेका छन् । २०७४ साल असोजमा सर्वाेच्च अदालतले सडक विस्तारका सवालमा महत्वपुर्ण फैसला गरेको भएपनि अझैसम्म पुर्ण पाठ भने आईसकेको छैन् । सर्वाेच्च अदालतका प्रवक्ता नारायण प्रसाद पन्थीले सडक विस्तार सम्बन्धी फैसलाको पुर्ण पाठ कहिले आउने भन्नेबारे कुनै जानकारी नभएको बताए । फैसलाको पुर्ण पाठ कहिले आउँछ भन्ने जानकारी छैन्, फैसला लेखेर आयो भने हामी तुरुन्तै पठाईदिन्छौं’, सर्वाेच्च अदालतका प्रवक्ता पन्थीले भने । त्रिपुरेश्वर कलंकी नागढुंगा सडक खण्डमा ५७० वटा घर भत्काउन बाँकी छ भने ३१२ वटा विजुलीको पोल, १७२ वटा टेलिकमको पोल, ३० वटा रुख, २२ वटा स्ट्रिट लाइट, २७ वटा ट्रान्सफर्मर, १५ वटा टेलिफोन म्यान होल र एक वटा पानी ट्यांकीको अवरोध रहेको छ । सडक विस्तारको ठेक्का लागेको ३२ महिना बितिसक्दा जम्मा १७ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।
सेयर बजारप्रति काँग्रेसकाे गम्भीर ध्यानाकर्षण, बैठक भोलि बिहान ११ बजे पुनः बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सेयर बजार केही दिनदेखि नियमित ओरालो लागेको सम्बन्धमा छलफल भएको छ । वाम गठबन्धन दलहरुले १० प्रतिशत आर्थिक वृद्धि र समृद्धिको नारा दिएर सरकार गठन गर्ने बेला सेयर बजारको अवस्था ओरालो लागेकोप्रति काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । बैठकमा केन्द्रीय सदस्य भीष्मराज आङदम्बेले स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न भई मुलुकमा तुलनात्मक सहज राजनीतिक वातावरण बनेका बेला शेयर बजार नियमित ओरालो लाग्नु सुखद् पक्ष नभएको भनी टिप्पणी गरेका थिए । यसअघि बैठकमा काँग्रेस नेता डा रामशरण महतले पनि सेयर बजार ओरालो लागेको सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए । पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी चुनावी समीक्षा बैठकमा आज ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, आङदम्बे र महेन्द्र यादवले आफ्ना धारणा राखेका काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए । यही चैत ९ गतेदेखि शुरु भएको बैठकमा आजसम्म ३८ जना केन्द्रीय सदस्यले आफ्ना धारणा राखी सकेका छन्। संघीय संसद्लाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज सम्बोधन गर्ने कार्यक्रम भएकाले काँग्रेस बैठक आजका लागि सम्पन्न भएको छ । बैठक भोलि बिहान ११ बजे पुनः बस्ने उनले जानकारी दिए। रासस
नयाँ शहर ‘काठमाडौं उत्तर’को डिजाइन बनाउने ५ कम्पनीले मापदण्ड पुरा नगरेको भन्दै पुन: टेण्डर प्रक्रियामा
काठमाडौं । १० हजार रोपनी क्षेत्रफलमा बन्ने ‘काठमाडौं उत्तर’ नामक नयाँ शहरको डिजाइन (डीपीआर) निर्माणका लागि ५ कम्पनीबिच पुन टेण्डर प्रक्रिया सुरु भएको छ । डीपीआर निर्माणका लागि उपत्यका विकास प्राधिकरणमा यसअघि आवेदन परेका कम्पनीले मापदण्ड पुरा नगरेको भन्दै रद्ध गरिएको थियो । प्राधिकरण समिती र कम्पनीबिच भएको छलफलबाट पुन ५ वटै कम्पनी योग्य रहेको निस्कर्षपछि कम्पनीलाई पुन टेण्डर प्रक्रियामा बोलाइएको प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले बताए । ‘पहिले गरिएको टेण्डर प्रक्रियामा कम्पनीहरुले आवश्यक मापदण्ड पुर्याएका थिएनन, छलफलबाट कम्पनीले मापदण्ड पुरा गरेका छन्, कम्पनीलाई आवेदनको लागि १५ दिन दिइएको छ, छिटै कम्पनी छनोट हुनेछ’, तिवारीले विकासन्युजसँग भने । सामान्यतय टेण्डर प्रक्रयाको लागि ३० देखि ३५ दिन समयअवधि दिइने प्रचलन भएपनि पुन टेण्डर प्रक्रिया भएकोले १५ दिन मात्र दिइएको प्राधिकरणका इन्जिनियर भागवतभक्त खोखालीले बताए । उनका अनुसार पुन टेण्डर प्रक्रियामा बिडीए, मल्टिी, सिनेका, ट्युस एण्ड फुल ब्रेज र सिभिल इन्फरमेटिभ सोलुसन रहेका छन् । टेण्डर प्रक्रियामा भाग लिने सबै कम्पनी नेपाली रहेका छन् । ‘काठमाडौं उत्तर’ नामक यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसको पुर्वतिर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ । यस बाहेक काठमाडौं आग्नेय र काठमाडौं नैऋत्य शहर डिजाइनको जिम्मा पाएको इएमआरसी कम्पनीले पहिलो महिनाको रिपोर्ट बुझाइसकेको छ । १ लाख रोपनी क्षेत्रफलम बन्ने इशान काठमाडौं शहर डिजाइनको जिम्मा फिनल्याण्डको हेलेन एण्ड आर्किटेक जेभीले जिम्मा पाएको छ । सरकारले उपत्यकामा जनसंख्याको समानुपातिक वितरण गर्न नयाँ शहको निर्माणको सुरु गरेको हो ।
नेप्से परिसूचक दोहोरो अंकले उकालो, सबैभन्दा बढी मेघा बैंकको प्रमोटर सेयर बिक्री
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । दिनभर उतारचढाव आएको सो दिनको बजारमा अन्तत परिसूचक १५.४८ अंकले बढेर १२२० अंकमा पुगेको छ । बजारमा परिसूचकमा सुधार आएता पनि सेयर कारोबारमा भने गिरावट आएको छ । बुधबार ५१ करोडको कारोबार भएको बजारमा बिहीबार भने जम्मा ३८ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर बिक्री भएको छ । जुन अघिल्लो दिनको तुलनामा १३ करोड रुपैयाँ घटी हो । १६४ कम्पनीको कारोबार भएको सो दिनको बजारमा सबैभन्दा बढी मेघा बैंकको प्रमोटर बिक्री भएका छन् । यस बैंकको एकैदिन ३ करोड ६४ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर कारोबार भएको छ । बिहीबार यस कम्पनीको प्रमोटर सेयरको मूल्य प्रतिकित्ता २२५ रुपैयाँ रहेको छ ।
प्रोगेसिभ फाइनान्सको अध्यक्षमा किशोरकुमार महर्जन
काठमाडौं । प्रोगेसिभ फाइनान्स लिमिटेडको सञ्चालक समितिको अध्यक्ष्यमा किशोरकुमार महर्जन चयन भएका छन् । संस्थाको चैत १३ गते सम्पन्न संस्चालक समितिको बैठकले संचालक सदस्य महर्जनलाई सोही दिनदेखि लागु हुने गरि कम्पनीको अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । संस्थाको हाल संचालक समितिको अध्यक्षता गरिरहेका मुकुन्दप्रसाद दाहालले उक्त पदबाट राजिनामा दिए पछि नवनियुक्त महर्जनले उक्त पद सम्हाल्ने भएका हुन् । दाहाल भने यस संस्थाको संचालक सदस्यमा यथावत रहने भएका छन् । नवनियुक्त अध्यक्ष महर्जन सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा दुई कार्यकाल पुरा गरि अवकास प्राप्त गरेका छन् । त्यसका साथै, उनको नेपालको बैंकिङ्ग क्षेत्रमा करिव ३३ बर्षको अनुभव रहेको छ । संस्थाको चैत १२ गते बसेको समितिको बैठकले संस्थापक सेयरधनीको प्रतिनिधित्व गर्न महर्जनलाई नै संचालक सदस्यमा नियुक्त गरेको थियो ।