स्कुल नजाने १८ लाख ५३ हजार साक्षर ! ३ अर्ब १४ करोड खर्च
काठमाडौं । स्कुल नजाने १८ लाख ५३ हजार साक्षर भएका छन् । १५ देखि ६० वर्ष उमेर समुहका सबैलाई साक्षर बनाउने उद्देश्यले २०५६ सालमा स्थापना भएको अनौपचारिक शिक्षा केन्द्रले आर्थिक वर्ष २०७१/७२ देखि २०७३/७४ सालसम्मको तीन वर्षको अबधिमा १८ लाख ५३ हजार २ सय ६० जनालाई साक्षर बनाएको हाे । केन्द्रको अनुसार आर्थिक वर्ष २०७१/७२ मा १६ लाख ८९ हजार ५ सय ८२ जनालाई साक्षर बनाउने लक्ष्य लिएकोमा १५ लाख ६५ हजार ६ सय ६५ जना साक्षर भएका थिए । जसमा २ अर्ब ५७ करोड ३ लाख ७९ हजार सरुपैयाँ खर्च भएको थियो । ९२.६ प्रतिशत लक्ष्य हासिल गर्न सफल भएको केन्द्रको भनाइ छ । आर्थिक वर्ष २०७२/७३ मा १ लाख ४६ हजार १० जनालाई साक्षर बनाउने लक्ष्य लिएकोमा १ लाख ३६ हजार ४ सय ८९ जना साक्षर भएका थिए । जसमा ७१ करोड ६८ लाख ६ हजार रुपैयाँ खर्च भएको थियो । उक्त वर्ष ९३.४८ प्रतिशत लक्ष्य हासिले भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा १ लाख ५७ हजार ३ सय ४३ जनालाई साक्षर बनाउने लक्ष्य लिएकोमा १ लाख ५१ हजार १ सय १५ जना साक्षर भएका थिए । जसमा ३७ करोड ८३ लाख ४० हजार रुपैयाँ खर्च भएको थियो । उक्त आर्थिक वर्षमा गएका वर्षहरुको भन्दा बढि ९४.०४ प्रतिशत लक्ष्य हासिल भएको केन्द्रले जानकारी दिएको छ । केन्द्रकाे अनुसार तीन वर्षमा विभिन्न कारणले स्कुल जान नसक्ने जनशक्तीलाई साक्षर बनाउनका लागि ३ अर्ब १४ करोड ७४ लाख ५ हजार सरुपैयाँ खर्च भएको छ । जसमा प्रतिव्यक्ती साक्षर बनाउन १ हजार ६ सय ९७ रुपैयाँ खर्च भएको केन्द्रका सूचना अधिकारी दिनेश घिमिरेले बताए । उनका अनुसार हाल देशभर २ हजार १ सय ५१ वटा सामूदायीक सिकाई केन्द्रहरु संचालमा छन् । सबै भन्दा बढि सिन्धुपाल्चो र नुवाकोटमा ४८/४८ वटा, कम मुस्ताङमा ११ र मनाङमा ६ वटा सामूदायीक सिकाई केन्द्रहरु छन् । उक्त क्षेत्रमा अनौपचारिक तथा निरन्तर शिक्षा, विद्यालय विकास क्षेत्र विकस, सबैका लागि शिक्षा र पढाई सीप प्रवर्धन कार्यक्रम संचालन भइरहेका छन् । त्यस्तै हिमालमा १०, पहाडमा १५ र तराई वा उपत्यकामा २० जना राखेर कक्षा सञ्चालन भैरहेको केन्द्रका सूचना अधिकारी घिमिरेले बताए । ‘एउटा कक्षामा १८ प्रतिशत दलित , ३५ प्रतिशत जनजाती र अन्य समुदायका सहभागी छन्,’ उनले भने ‘सहभागीहरुको अनकुलता अनुसार प्रतिदिन २ घन्टाको दरले हप्तामा ६ दिन कक्षा सञ्चालन भैरहेको छ ।’ सरकारले सय आर्थिक वर्ष पनि निरन्तरता दिदै १ लाख ६८ हजार ८ सय १५ जनालाई अनौपचारिक शिक्षा दिने लक्ष्य राखेको छ । जसको लागि ८ करोड ११ लाख ९ हजार बजेट छुट्याइएको छ ।
२० वर्ष नाघेका भाडाका ३२५ सवारी साधन प्रतिबन्ध
भीमदत्तनगर । चैत १ गतेदेखि सरकारले देशभर २० वर्ष नाघेका भाडाका सवारी साधन गुड्न प्रतिबन्ध लगाएसँगै महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयले पनि पुराना गाडी प्रतिबन्ध लगाउन थालेको छ । यातायातमा दर्ता भएका ३२५ सवारी साधन प्रतिबन्ध लगाएको यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरका नायब सुब्बा नन्दराज भट्टले जानकारी दिए । उनले २० वर्ष नाघेका सवारी साधन चलाउन रोक लगाएसँगै कार्यालयमा दर्ता भएका सो संख्याका सवारी गुडाउन बन्देज लगाइएको बताए । प्रतिबन्धित सवारी साधनमाथि निगरानी बढाउन अनुगमन टोलीसमेत गठन गरिएको छ । गत फागुन मसान्तसम्ममा २० वर्ष पुराना सार्वजनिक सवारी साधनको इन्जिन नम्बर कार्यालयमा बुझाउन सवारीधनीलाई निर्देशनसमेत दिइएको थियो । “ट्राफिक प्रहरीसित प्रतिबन्ध लगाउन समन्वय गरेका छौँ,” भट्टले भने “अनुगमन समितिले पनि जाँच गर्दैछ ।” पुराना सवारी साधनले वायु प्रदूषण र सवारी दुर्घटनासमेत बढ्न थालेपछि यातायात व्यवस्था विभागले गत चैत १ गतेदेखि हटाउने निर्णय गरेको हो । विभागले सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरी देशभरबाट २० वर्ष पुराना सवारी साधन हटाउन लागेको यातायात कार्यालयले जनाएको छ । प्रतिबन्धमा परेका भाडाका सवारी साधनमध्ये बस १२४, ट्रक १०६, मिनीबस तीन, टिपर १० र एक/एक वटा कन्टेनर तथा मिनीट्रक रहेका छन् । त्यस्तै ट्र्याक्टर १३, जिप ५२ र १५ टेम्पो गुड्न नपाउने भएका छन् । दुई हजार १०१ सवारी साधन दर्ता यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल महेन्द्रनगरमा ११ महिनामा दुई हजार १०१ सवारी साधन दर्ता भएका छन् । यातायात व्यवस्था कार्यालय महाकाली अञ्चल कार्यालयका नायब सुब्बा नन्दराज भट्टका अनुसार चालू आर्थिक वर्षको फागुन मसान्त सम्ममा विभिन्न सवारी साधन दर्ताका भएका हुन् । कार्यालयका अनुसार नयाँ दर्ता भएका सावरी साधनमा सबैभन्दा बढी एक हजार ५६२ मोटरसाइकल, सात वटा बस, मिनीबस÷ट्रक चार, एक्साभेटर ४३, जिप÷कार ३२ र माइक्रो १९ रहेका छन् । सरकारी मोटरसाइकल ३७ र ट्र्याक्टर तथा इ–रिक्सा चार गरी ८४ वटा दर्ता भएका छन् । महाकाली अञ्चल यातायात व्यवस्था कार्यालयका लेखापाल अनिल चन्दका अनुसार चालू आवको फागुनसम्ममा रु आठ करोड ७४ लाख ९२ हजार राजश्व संकलन भएको छ ।
नेपाल भित्रिने कार्गोमा ‘ट्रयाकिङ सिस्टम’ एक महिना भित्रै लागू हुने
काठमाडौं । भारतबाट नेपाल भित्रिने कार्गोमा इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ सिस्टम (इसीटीएस) एक महिनाभित्र लागू हुने भएकाे छ। अायातकाे क्रममा भारत र नेपालबीचकाे सीमा क्षेत्रमा हुने विभिन्न अबरोध हटाउने तथा चुवावट राेक्न उद्देश्यले सरकारले पहिलो पटक उक्त ट्रयाकिङ सिस्टम सञ्चालन गर्न लागेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले भारतबाट नेपालमा भित्रिने कार्गोमा ट्रयाकिङ सिस्टम जडानका सम्पूर्ण सामानहरु आइसकेको बताए । ‘सञ्चालनको कार्य अन्तिम चरणमा पुगेको छ,’ उनले भने ‘महिना दिन भित्रै सिस्टम सञ्चालनमा आउनेछ ।’ उनकाअनुसार शुरुमा पाइलट प्रोगामको रुपमा कोलकोत्तादेखि विरगन्ज तथा विराटनगर आउने कार्गोहरुमा याे प्रणाली लागू गरिनेछ । कार्गो सहि समयमा नआउने गरेको, एउटा कार्गो पास हुन महिनौ लाग्ने, आयात प्रकृयामा चोरीपैठारी, ढिलाइ बढेको तथा सामान बिग्रिने जस्ता समस्याका गुनासो बढेपछि मन्त्रालयले उक्त प्रणाली सञ्चालन कार्य अघि बढाएको थियो । उक्त नयाँ प्रविधि सञ्चालन आएसँगै भारतबाट पास हुने सामानको गतिविधि निरीक्षण गर्न सकिने, विलम्ब तथा जाँचपास शुल्कलाई कटौती गर्न सकिने र नियमित राजश्व संकलनमा योगदान पुग्ने विश्वास सरकारले लिएको छ । मन्त्रालयका अनुसार प्रविधिको माध्यमबाट भारतदेखि नेपाल भित्रिदै गरेको कार्गो कहाँ पुग्यो भन्ने जानकारी हुन्छ । ग्लोबल पोजिसन अनुसार ट्रयाकिङ हुन्छ । जुनसुकै बेला पनि कार्गेको गतिबिधि थाहा पाउन सकिन्छ । जसबाट कार्गो ढुवानीमा प्रभावकारी बढ्नेछ ।कलकत्ता बन्दरगाहदेखि नेपालको सीमानाकासम्म दैनिक सयाैं कार्गोहरु भित्रिने गरेका छन् । यो प्रविधि रेल र सडकबाट आउने सामानहरुका लागि प्रयोग गरिने मन्त्रलयले जनाएकाे छ । उक्त इसीटीएस पूर्णरुपमा वायरलेस प्रविधि हो । जसमा रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन, वेबद्वारा सञ्चालित सफ्टवेयर तथा अन्य विभिन्न प्रविधीको प्रयोग गरिएको हुन्छ ।
हनुमानढोका-स्वयम्भु सम्पदामार्ग निर्माणमा जोड
काठमाडौं । काठमाडौं महानगरपालिकाको हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भुनाथसम्म ‘सम्पदा मार्ग’ निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । कामपा–१५ ले आयोजना गरेको अन्तर्क्रियामा विश्वसम्पदा क्षेत्रमा सूचीकृत दुवै सम्पदास्थलको दूरी करीव दुई किलोमिटर मात्र रहेको हुँदा उक्त सञ्जाललाई ‘सम्पदा मार्ग’ कारुपमा विकास गर्न सुझाइएको छ । सांसद जीवनराम श्रेष्ठले विश्व सम्पदास्थलदेखि विश्व सम्पदास्थलसम्मको यात्रालाई व्यवस्थित बनाउनसकेमा विश्वमा नौलो प्रयोग हुने बताउँदै त्यहाँका संरचना परम्परागत शैलीमा निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उनले त्यस क्षेत्रका सम्पदास्थलको संरक्षण तथा प्रवद्र्धनका लागि उक्त योजना महत्वपूर्ण हुने र मुलुकमा रहेका विभिन्न सम्पदालाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न पनि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सामुदायिक स्वास्थ्य सेवा परिषद्, भुइँखेल टोल सुधार समिति, तपिता टोल सुधार समिति, चागल क्लवलगायतका संघसंस्था र सरोकार पक्षका प्रतिनिधिले पनि ‘सम्पदा मार्ग’को औचित्य र आवश्यकताबारे प्रष्ट हुनुपर्ने विचार व्यक्त गरे । कामपा–१५ का वडा अध्यक्ष ईश्वरमान डंगोलले मुलुकका सम्पदालाई प्रचारप्रसार गर्न जनस्तरबाट विशेष भूमिका निर्वाह हुँदै आएको स्मरण गर्दै ‘सम्पदा मार्ग’को अवधारणालाई सफल बनाउनुपर्ने बताए। विश्वसम्पदा उत्सव मूल समारोह समितिले आगामी वैशाख ५ गते हुने विश्व सम्पदा दिवसका अवसरमा सम्पदा सचेतना कार्यक्रम गर्ने जनाइएको छ । रासस
नारायणगढ-मुग्लिन सडक खण्ड आगामी जेठभित्र सम्पन्न हुन्छ: मन्त्री महासेठ
चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नारायणगढ-मुग्लिन सडक विस्तारको काम वर्षात्अघि नै सम्पन्न हुने बताएका छन् । सो सडकको आइतबार अनुगमनपछि यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले जेठ १६ गते भित्र सडकको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण हुने बताए । उनले भने, “हिजो के भयो त्यतातिर जान चाहदिन, ढुक्क हुनुहोस् अब समयमै सम्पन्न हुन्छ ।” समयमा सम्पन्न नभए कारबाही गर्ने भन्दै उनले भने, “जेठ १६ गतेभित्र सडकको काम सम्पन्न भएन भने सरकारले नियमानुसार कारबाही गर्छ ।” निर्माण कम्पनीले प्रतिबद्धता जनाएको र आफूले सोहीअनुसार निर्देशन दिइसकेको भन्दै उनले वर्षाद्मा बाटो नरोकिने बताए । सरकार सडकका बारेमा गम्भीर बनेको भन्दै उनले अब निर्माण कम्पनीको चलखेल नचल्ने बताए । यो सडक केन्द्रीय सरकारको मातहतमा रहेको भन्दै उनले सडक सुरक्षाका विषयमा सरकार सचेत रहेको छ भने । सडक निर्माणका क्रममा सुरक्षालाई ध्यानमा राखेर काम गरिएको भन्दै उनले यस सडकका पर्ने पुल निर्माणको कामलाई तीव्रता दिइने बताएका छन् । उनले भने, “मैले पहिलो हस्ताक्षर नै यही सडकको १४ वटा पुल बनाउन गरेको छु ।” सो सडक खण्डमा रहेका १८ मध्ये चारवटा पुल ठेक्का भई निर्माण भइरहेका छन् भने १४ वटा ठेक्का हुन बाँकी छ । उनले सन् २०१९ को अगस्तसम्ममा सबै पुल सम्पन्न गर्ने लक्ष्य राखिएको बताएका छन् । उनले देशका सबै राजमार्गमा वैशाख १५ गतेसम्म खाल्डाखुल्डी पुरी सक्न निर्देशन दिएको बताएका छन् । उनले भने, “वैशाख १५ पछि सडक विभागले हेर्ने सडकमा खाल्डाखुल्डी देख्न पाउनु हुने छैन । कहीँ देखियो भने सोझै मलाई फोन गर्न सक्नुहुन्छ ।” उनले काठमाडौं उपत्यकाभित्र भने १५ दिनभित्र खाल्डाखुल्डी नपुरे कारबाही गर्ने बताएका छन् । फरक प्रसंगमा उनले पाँच वर्षभित्र चीनबाट काठमाडौँ हुँदै पोखरा–लुम्बिनी जोड्न रेल आउने बताए। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र रेल आउँछ भन्ने कुरा सत्य भएको भन्दै उनले दुई वर्षभित्रमा नेपालमा जहाँ भए पनि रेल गुड्ने बताएका छन् । सन् २०१५ को अप्रिलबाट दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का दिइएको नारायणगढ–मुग्लिन सडक पटकपटक गरी चार पटक मिति थपिएको छ । पछिल्लो थपिएको मिति अनुसार २०१८ को मे ३० भित्र सम्पन्न गर्नुपर्ने हुन्छ । हालसम्म ८२ प्रतिशत काम सम्पन्न भएको छ । रासस
खिम्ती २ मा ७९२ लाख अमेरिकी डलर चिनियाँ लगानी, उत्पादन थालेको ७०० दिनभित्र लगानी फिर्ता
काठमाडौं । ४८.८० मेगावाट क्षमताको खिम्ती २ जलविद्युत आयोजनामा चिनियाँ कम्पनीले ७९२ लाख अमेरिकी डलर बराबरको लगानी गर्ने भएको छ । इञ्जिनियरिङ प्रोक्युरमेन्ट कन्सट्रक्सन एण्ड फाइनान्सीङ(इपीसीएफ) मोडलमा निर्माण हुने आयोजनाको कुल लागत ८८० लाख अमेरिकी डलर हुने प्रक्षेपण गरिएको छ । आयोजनाको प्रवद्र्धक पिपुल्स इनर्जीले चीन सरकारको लगानी रहेको चोङजिङ वाटर एण्ड टर्बाइन वक्र्स(सीडब्ल्युटीडब्ल्यु)सँग ठेक्का सम्झौता गरेको हो । सम्झौता अनुसार पिपुल्स इनर्जीले कुल लागतको १० प्रतिशत अर्थात ८८ लाख डलर अग्रिम भुक्तानी दिनेछ भने बाँकी रकम चिनियाँ कम्पनीले नै जुटाउनेछ । आयोजनाले विद्युत उत्पादन आरम्भ गरेको ७०० दिनभित्र चिनियाँ कम्पनीको ७९२ लाख डलर रकम फिर्ता गरिने समझदारी भएको छ ।पिपुल्स इनर्जीले फिर्ता गर्नुपर्ने ७९२ लाख अमेरिकी डलरमा ब्याज समेत समेटिएको कार्यकारी अध्यक्ष कृष्ण आचार्यले जानकारी दिए । खिम्ती २ आयोजनाको सन २०२१ मार्चमा निर्माण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ । खिम्ति २ ले चिनियाँ कम्पनीलाई ७०० दिनभित्र आफ्नो आम्दानीबाट २ अर्ब ५० करोड भन्दा बढि तिर्नेछ । बाँकी रकम भने सानिमा बैंकको नेतृत्वमा ९ वटा बाणिज्य बैंकको कर्साेर्टियम समुहले उपलब्ध गराउनेछ । समयमा काम सम्पन्न हुनुका साथै जोखिम काम हुने भएकाले यो खाकामा आयोजना निर्माण हुन लागेको आचार्यले बताए । आयोजनाको कुल लागत साढे १० अर्ब रुपैयाँ छ । दुई चिनियाँ कम्पनीले आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलको काम सम्पन्न गर्ने भएका छन् । यस्तै वातावरण,जग्गा खरिद, आवासय निर्माणलगायत अन्य काम पिपल्स इनर्जीले गर्ने उनले जानकारी दिए । आयोजनाको वार्षिक आम्दानी प्रथम वर्ष १ अर्ब ४० करोड रुपैयाँ र वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि ८ पटक हुदा ९ वर्षमा आम्दानी बढेर १ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ । नदीको वहावमा आधारित (रन अफ दी रिभर) प्रकृतिको आयोजनाबाट वार्षिक २६ करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । सुख्खायाममा साढे ४ करोड र वर्षातमा साढे २१ करोड युनिट बिजुली उत्पादन हुनेछ ।
सहारा विकास बैंकलाई बोर्डको अनुमति, २५० प्रतिशत हकप्रद निष्काशन गर्ने
काठमाडौं । सहारा विकास बैंक लिमिटेडले २५० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई अंकित मूल्य एक सय रुपैयाँको १८ लाख २४ हजार कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनुमति सँगै बैंकले १ बराबर २.५ को अनुपात अर्थात १८ करोड २४ लाख कित्ता रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ । हाल बैंकको चुक्ता पुँजी ७ करोड २९ लाख रुपैयाँ रहेको छ । २५० प्रतिशत हकप्रद पश्चात बैंकको पुँजी २५ करोड ५४ लाख रुपैयाँ नाघ्ने छ ।
अनियमित नापतौल गर्ने दुई हजार बढी व्यापारी कारवाहीमा
काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने दुई हजार १३६ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा अनियमित रुपमा नापतौल गर्दै आएका व्यापारीलाई कारवाही गरेको कार्यालयका प्रमुख शशिभूषण यादवले जानकारी दिएका छन्। कार्यालयबाट चालु आवमा एक हजार १५६ व्यवसायीले नयाँ अनुमतिपत्र र ४२ व्यवसायीले इजाजतपत्र लिएका छन् । यस्तै चार हजार ४३० व्यवसायीले नाप्ने तौलने यन्त्रको जाँच, ३४० पेट्रोलपम्प जाँच र १६ पेट्रोलियम ढुवानी ट्याङ्कर जाँच गरिएको छ । कार्यालयले चालू आवमा करीव रु एक करोड ८६ हजार राजश्व संकलनसमेत गरेको छ । रासस