नेपालको सानदार जित, पपुवा न्युगिनी ६ विकेटले पराजित
काठमाडौं । नेपालले पपुवा न्युगिनी विरुद्ध जित हात पारेको छ । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले २७.२ ओभरमा ११४ रनमै अल आउट गर्यो । नेपाललका लागि सन्दिप लामिछाने र दिपेन्द्रसिंह ऐरीले समान ४-४ विकेट लिए भने करण केसी र सोमपाल कामीले एक-एक विकेट लिए । नेपालका लागि पारस खड्काले २० रन बनाउँदा ओपनर ज्ञानेन्द्र मल्ल १ रनमै आउट भएका थिए । त्यस्तै आरिफ शेखले २६ रन जोड्दा दिपेन्द्रसिंह ऐरीले नटआउट ५० रन जोडे ।
एलजीको वासिङ्ग मेसिनहरु बजारमा लोकप्रिय हुँदै, ग्राहकलाई दियाे धन्यवाद
काठमाडौं । नेपाली बजारमा एलजीको वासिङ्ग मेसिनहरु सर्वाधिक बिक्री भइरहेका छन् । त्यसमध्ये पनि ८ के.जी.को फ्रन्ट लोड वासिङ्ग मसिनलाई नेपाली ग्राहकहरुले अत्याधिक रुचाएका कम्पनीले जनाएको छ । कम्पनीकाे ६ केजी, ७ केजी, ९ केजी र १० केजी वासिङ्ग मसिनहरु पनि बजारमा लोकप्रिय हुँदै गइरहेका छन् । एलजीका कर्मसियल वासिङ्ग मसिनहरु र ड्रायर पनि राम्रो बिक्री हुँदै आएको कम्पनीले जनाएको छ । सोही उपलक्ष्यमा एलजीले आफ्ना सम्पूर्ण ग्राहकहरुलाई धन्यवाद दिएको छ । नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुपअन्तर्गत सिजी इम्पेक्स प्राली हो ।
आइएमई र मुथुत फाइनान्सबीच भारत-नेपाल रेमिटेन्स सेवा शुरु
काठमाडौं । नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सले भारत-नेपाल रेमिटेन्स सेवा शुरु गर्ने भएका छन् । यी दुई कम्पनीले बुधबार(आज)देखि उक्त सेवा शुरु गरेका हुन् । नेपालस्थित आइएमई लिमिटेड र भारतस्थित मुथुत फाइनान्सबीच गत मङ्सिर महिनामा रेमिटेन्स सम्झौता भएको थियो । उक्त सम्झौता पत्रमा आइएमईका तर्फबाट प्रमुख सञ्चालन अधिकृत खिलेन्द्र पौडेल र मुथुत फाइनान्सका तर्फबाट प्रमुख महाप्रबन्धक के. आर. बिजिमोनले हस्ताक्षर गरेका थिए । यस सेवाको शुरुवातसँगै भारतमा रहेका नेपाली नागरिकले मुथुत फाइनान्सका ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसरी पठाएको रकम नेपालका ७ हजार १ सय भन्दाबढी आइएमई एजेन्ट आउटलेटबाट सम्बन्धित व्यक्तिद्धारा सजिलै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ । साथै, नगद भुक्तानी सेवाका अतिरिक्त सम्बन्धित व्यक्तिको बैंक खातामा जम्मा गर्ने सुविधा पनि प्राप्त गर्न सकिनेछ । नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंक यो सेवाका लागि बैंकिङ साझेदार संस्था हुनेछन् ।
खानेपानीको पाइप घर घर पुग्न सकेन
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पाइप विस्तार गर्दा सम्पुर्ण घरलाई समेट्न नसकेको स्थानीयबासीले गुनासो गरेका छन् । काठमाडौं महानगरपालिकाको वडा न २८ अन्तर्गत सबै घरमा मेलम्चीको पाइप पुग्न नसकेको हो । स्थानीयबासी मन बहादुर खड्की हरी, खड्की, बालकृष्ण पाण्डे लगायतका घरमा मेलम्ची खानेपानीको विस्तार हुन नसकेको हो । मेलम्ची खानेपानीका लिला प्रसाद ढकालले अहिले खाइरहेको खानेपानीको बिल नतिरेको भएमा त्यस्ता घरमा पाइप नजोडिने बताए । यदि कुनै प्रविधिक कारणबाट पाइप नपुगेको भएमा पीडीआईको कार्यलयमा सम्पर्क गर्न सक्ने ढकालले जानकारी दिए ।
प्रधानन्यायाधीश पराजुलीद्धारा राजीनामा
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले बिहीबार पदबाट राजीनामा दिएका छन् । उमेरसम्बन्धी विवादमा परेका पराजुलीलाई न्यायपरिषद्का सचिवले गत साउन २१ मै अवकाश भइसकेको भनी बुधबार पत्राचार गरेपछि बिहीबार उनले शीतल निवास पुगी पदबाट राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालयका सहप्रवक्ता केशव घिमिरेका अनुसार संविधान बमोजिम अवकाश प्राप्त प्रधानन्यायाधीशले राजीनामा दिएपछि स्वीकृत गरिरहनु पर्दैन, स्वतः पद रिक्त हुनेछ । सर्वोच्च अदालतमा आजैदेखि वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीश भई पेशी तोक्न शुरु गरेका छन् । आजै हुने राष्ट्रियसभा अध्यक्षको शपथमा कायममुकायम प्रधानन्यायाधीशका हैसियतमा जोशी सहभागी हुने भएका छन् ।
नेपालको कसिलो फिल्डिङ २७ ओभरमा पपुवा न्युगिनी ११४ रनमा अल आउट
काठमाडौं । नेपालले पपुवा न्युगिनी विरुद्ध सानदार पर्दशन गरेको छ । पहिले टस जितेर फिल्डिङ रोजेको नेपालले सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीको ४-४ विकेटको मद्धतमा न्युगिनीलाई ११४ रनमा अल आउट गरेको हो । नेपाल केहिबेरमा ब्याटिङमा उत्रिनेछ ।
बजारमा २३ करोड ३७ लाखको कारोबार, चार कम्पनीको एक करोड बढीको सेयर किनबेच
काठमाडौं । अघिल्लो दिनको तुलनामा बिहीबारको सेयर कारोबारमा सुधार आएको छ । बिहीबारकोे बजारमा कुल २३ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिन(अर्थात बुधबार)काे तुलनामा ५ कराेड रूपैयाँ बढी हाे । बुधबार १८ करोडको सेयर किनबेच भएको थियो । कारोबारमा आएका कुल १५१ कम्पनीमध्ये ४ कम्पनीको एक करोड रुपैयाँ बढीको सेयर किनबेच भएका छन् । सबैभन्दा बढी नेपाल बैंकको एक करोड ५४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएका छन् । त्यस्तै, नबिल बैंकको एक करोड १५ लाख, नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईसी एशियाको १/१ करोड रुपैयाँको सेयर कारोबार भएको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक २.४० अंकले उकालो लागेर १२८८.३७ अंकमा पुगेको छ । सो दिन उत्पादनमूलक समूह बाहेक कारोबारमा आएका सबै समूह उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूह ७५ अंकले बढेको छ ।
२ अर्ब पूँजीका उद्योग प्रदेशमै, घरेलु उद्योगलाई स्थानीय तहमा
काठमाडौं । २ अर्ब रुपैयाँसम्म पूँजी लगानी भएका ठूला उद्योगलाई प्रदेश सरकारमा लैजाने तयारी भइरहेको छ । संघिय संरचनाअनुसार २ अर्ब रुपैयाँसम्म लगानी भएका ठूला उद्योगहरु प्रदेश सरकारले हेर्ने तयारी उद्योग, वाणिज्य तथा अापूर्ति मन्त्रालयले गरेको हो । ‘अहिले २ अर्ब रुपैयाँसम्मको उद्योग प्रदेशमा जाने तयारी भएपनि सो रकम अझै बढ्न सक्ने सम्भावना रहेको छ,’ मन्त्रालयका प्रवक्ता गोपिकृष्ण खनालले भने, ‘त्यस सम्बन्धमा समेत मन्त्रालयमा व्यापक छलफल भइरहेको छ ।’ विगतमा ठूला लगानी भएका सबै उद्योग केन्द्रले हेर्ने गरेकोमा अब प्रदेश सरकारमा पनि जाने भएको छ । यद्यपि विदेशी लगानी भएका र अनुमति लिन पर्ने मदिरा, खरखजाना, बारुद लगायतका साना, मझौला तथा ठूला उद्योगहरु भने सम्पूर्ण केन्द्र सरकारले नै हेर्ने उनकोे भनाइ छ । त्यस्तै, उनले लघु, घरेलुु तथा साना उद्योगहरु स्थानीय तहमा जाने बताए । १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मका मझौला उद्योगहरु प्रदेश सरकारमा दर्ता गरिने उनको भनाइ छ । तीबाहेक निश्चि रकमका ठूला उद्योगहरु समेत प्रदेश सरकारले हेर्ने सम्बन्धमा छलफल भइरहेको हो । विभागको प्रवत्ता दुर्गाप्रसाद भुसालले २ अर्ब रुपैयाँसम्मको पूँजी भएका उद्योग दर्ता प्रदेश सरकारमा गर्न उपर्युक्त हुने भएकोले उक्त प्रस्ताव मन्त्रालयमा लगेको बताए । ‘त्यस्तै घरेलु तथा साना उद्योग विभागको काम समेत स्थानिय तहमा जाने र उक्त विभाग उद्योग विभागमै मिसिने तयारी भइरहेको छ,’ उनले भने । संविधानमा सबै किसिमको उद्योग प्रदेशमा दर्ता हुने व्यवस्था गरिएको छ । सोही व्यवस्थाअनुसार अहिले २ अर्ब रुपैयाँसम्म पूँजी भएका उद्योगहरु प्रदेश सरकारमा दर्ता गर्ने तयारी गरिरहेको उद्योग विभागले जनाएको छ । योभन्दाअघि १० करोड रुपैयाँभन्दा माथि पूँजी भएका सम्पूर्ण उद्योगहरु विभागमै दर्ता हुदै आएको थियो ।