नेपाली परम्परागत पोशाक अब अलाइनबाटै किन्न पाइने
काठमाडौं । लाबिज एण्ड बार्यन फेसन लिमिटेडले फेन्सी कपडाको अनलाइन बजार सुरु गरेको छ । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठले एक विशेष कार्यक्रमबिच कपडा डटकमको औपचारिक सुरुवात गरेका हुन् । लण्डनमा ३ वर्ष अघिदेखि सञ्चालनमा आएको कपडा डटकमले नेपाली परम्परागत पोशाकदेखि लिएर बजारमा उपलब्ध विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका पोशाक बिक्री गर्ने छ । पछिल्लो समयमा इ–कर्मश विश्व बजारमा निकै लोकप्रिय बन्दै गइरहेको र नेपालमा इ–कर्मश उद्योगको प्रवद्र्धन गर्न सघाउने उद्देश्य सहित यो अनलाइन साइट सञ्चालन गरिएको कपडा डट कमका प्रमुख कार्यकारी विष्णु पुरीले बताए । ग्रहाकले पोशाक ई–सेवा, पेपाल, डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी अनलाइनबाट खरिद गर्न सक्नेछन् । नेपाल भित्रका उपभोक्ताले भने क्यास अन डेलिभरी समेतको समेत सुविधा पाउने छन् । यो साइटमा उपभोक्ताले नेपाली गर्मेन्ट्स, फुटवेयर, विभिन्न किसिमका गिफ्टस आइटम, केक, विद्यालयका पोशाक लगायतका सामानहरु खरिद गर्न सक्नेछन् । यी सामानको खरिदमा होम डेलिभरीको सुवधा समेत रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं-वीरगञ्ज विद्युतिय रेलमार्गः सम्भावना खोज्ने कम्पनी एक हप्ताभित्रै
काठमाडौं । काठमाडौं-वीरगञ्ज विद्युतिय रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको टुंगो एक हप्ताभित्रै लाग्ने भएको छ । रेल विभागले प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनीले पेश गरेको आर्थिक र प्राबिधिक प्रस्तावका आधारमा एक हप्ताभित्र एउटा कम्पनीलाई छान्ने तयारी अन्तिम चरणमा पुर्याएको हो । ‘एक हप्ताभित्र काठमाडौं–वीरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनौट हुन्छ, त्यसको गृहकार्य सम्पन्न भैसकेको छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकासन्युजसँग भने । रेल विभागले सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा १५ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर आर्थिक तथा प्राबिधिक प्रस्ताव मागिएको थियो । ती प्राबिधिक प्रस्तावहरुको अध्ययन गरेर उच्चतम प्रबिधी र न्युनतम आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिन लागिएको हो ।त्यसरी तयार भएको सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा डिपिआर निर्माण र रेल मार्ग निर्माणको काम अघि बढाइनेछ । विभागले २०७३ मंसिर १९ गते काठमाडौं–वीरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनी खोज्न ग्लोबल टेण्डर आव्हान गरेको थियो । विभागले सम्भाव्यता अध्ययनका लागि ७ करोड बजेट विनियोजन गरेको थियो । करिब २ सय किलोमिटर लामो हुने पुर्वानुमान गरिएको काठमाडौं-वीरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनपछि डीपीआर निर्माण गरिने योजना विभागले बनाएको छ । यी हुन सम्भाव्यता अध्ययनका लागि प्रारम्भिक छनौटमा परेका कम्पनी
स्थानिय तहको अराजकता
केही स्थानिय तहले देशको मुल कानून संविधानको मर्म विपरित निर्णय गर्न थालेका छन् । कतिपय स्थानिय तहले केन्द्रले बनाएको कानून विपरित गएर काम गरेको समाचार धमाधम आइरहेका छन् । दोलखाको शैलुङेश्वरी गाउँपालिकाले चर्नावती जलविद्युत आयोजनालाई कर लगाएको समाचार आएको भोलिपल्ट बाजुरमा पनि यस्तै अर्को घटना भएको छ । बाजुरा जिल्लाको गौमुल गाउँपालिकाले कानून विपरित लघुवित्त संस्थालाई कारोबारमा रोक्न निर्देशन दिएको छ । गाउँपालिकाको फागुन ८ गते बसेको गाउँसभाले लघुवित्त कारोबार गरिरहेका ३ संस्थालाई १ मनिाभित्र कारोबार बन्द गर्न निर्देशन दिएको छ । गाउँपालिकाले निर्धन उत्थान विकास बैंक, किसान लघुवित्तीय संस्था लिमिटेड र डिप्रोक्स लघुवित्त विकास बैंकलाई कारोबार रोक्न निर्देशन दिएको हो । गाउँसभाले सहकारी संस्थालाई मात्र वित्तीय कारोबार गर्न दिने निर्णय गरेको खबर आएको छ । सरकारले वित्तीय पंहुच बढाइरहेका बेला नियम विपरित गाउँपालिकाले आफुखुसी निर्णय गरेर वित्तीय संस्था बन्द गराउन लागेका छन् । यता नियामक नेपाल राष्ट्र बैंकले कार्य क्षेत्रभन्दा बाहिर गएर यस्तो निर्णय स्थानीय तहले गर्न नसक्ने बताएको छ । लघुवित्त संस्थामा बचत गरेका बचकर्ताको रकम फिर्ता गरिदिन समेत निर्देशन दिइएको छ । शुक्रबार बसेको लघुवित्त बैंकर्स संघको बैठकले राष्ट्र बैंक समक्ष स्थानीय निकायबाट आउने यस्ता खालका निर्णयहरु रोक्न पहल गरिदिन आग्रह समेत गरेको छ । गाउँपालिकाको निर्णयले ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुंच पुर्याउने सरकारको योजनालाई चुनौति दिएको छ । सरकारले दुर्गमा गाउँमा बैंक तथा वित्तीय संस्थाको पहंच पुगेन भनेर बैंकलाई शाखा विस्तार गर्न जोड दिइरहेको बेला यस विपरित बाजुराको गौमुल गाउँपालिकाले सहकारी संस्थालाई मात्र प्रोत्साहन दिने भन्दै लघुवित्त संस्थालाई हटाउन थालेको छ । गाउँपालिकाको निर्णयबाट दुर्गम गाउँमा लघुवित्त सेवा दिदै आएका वित्तीय संस्था अन्यौलमा परेका छन् । बैंक तथा वित्तीय संस्था ऐनले देशका कुनै पनि भु–भागमा गएर बैंकिङ सेवा प्रदान गर्न खुला गरेको छ । तर त्यही क्षेत्रका जनताको जीवनस्तर उकास्न र उद्यमशिलताको विकासका हेतु स्थापना भएका संस्थालाई बन्द गरेर गाउँपालिकाकाले के गर्न खोजेको हो ? नेपालमा लघुवित्त सेवा प्रभावकारी बन्दै गएको छ । लघुवित्तले गर्दा ग्रामिण क्षेत्रमा लघु व्यवसाय सञ्चालन हुनुका साथै विशेष गरी महिलालाई बढी रोजगारी दिएको छ । बैंक नपुगेको क्षेत्रमा गएर लघुवित्तले कर्जा सुविधा प्रदान गर्दै आएको छ । बंगलादेशमा आज लघुवित्त सेवाले गर्दा मध्यमवर्गिय समाजको उदय भएको छ । यसले बंगलादेशको आर्थिक विकासमा ठुला टेवा पुर्याएको छ । राष्ट्र बैंकले दुर्गम स्थलमा लघुवित्त खोल्न चाहनेलाई अनुमति दिदै आएको छ । राष्ट्र बैंकको प्राथमिकता दुर्गम क्षेत्रमा लघुवित्त सेवा दिने छ । अझै आधा स्थानीय तहमा वित्तीय सेवा पुग्न नसकेपछि केन्द्रीय बैंकले ग्रामीण क्षेत्रमा जान बैंक तथा वित्तीय संस्थालाई दवाव दिदै आएको छ । बैंक तथा वित्तीय संस्था खोल्न सहज वातावरण बनाउनु पर्नेमा गाउँपालिका नै बन्द गर्न लागेपछि यो समस्या अन्य गाउँपालिकामा आउने भएको छ । आज गौमुल गाउँपालिकाको यो कानून विपरितको निर्णय गरेको छ । गौमुल जस्तै अन्य स्थानीय तहले पनि गर्न सक्छन् । त्यसैले गौमुलले यो निर्णयलाई सच्याउनुपर्छ । स्थानिय तह केन्द्रीय कानून विपरित कर उठाउने संस्था बन्द गर्नतर्फ उद्यत भएका दखिएका छन् । यस्ता स्थानीय तहलाई तत्काल लगाम लगाउनु पर्ने देखिएको छ ।
भारतमा एनएमबी बैंकको डेविटकार्डबाट कारोबार शुल्क १५० मात्र
काठमाडौं । एनएमबी बैंकले भारतबाट भीसा र डेविट कार्डबाट रकम झिक्दा घटाएको छ । भारतमा एनएमबी डेविट कार्डबाट कुनै पनि एटीएम कारोबार गर्दा शुल्क १५० रुपैयाँ मात्र लिने भएको छ । यसअघि यस्तो शुल्क २५० रुपैयाँ थियो । यो सहुलियत स्वास्थ्य परीक्षण र घुमफिरमा जानेलाई फाइदा हुने बैंकले जनाएको छ ।
मञ्जुश्री फाइनान्सले चैत १२ देखि हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चैत ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले चुक्तापुँजी बढाउन ५ प्रतिशत अर्थात ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २ लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बैशाख १२ गते बन्द हुने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धन एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासनपछि फाइनान्सको चुक्तापुँजी बढेर ८० करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको चुक्तापुँजी ७२ करोड ४३ लाख रुपैयाँ छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंकको सस्तो आवास कर्जा योजना, ८.८ प्रतिशत ब्याजमा पाइने
काठमाडौं । तपाइ सस्तो आवास कर्जा खोजिरहनु भएको छ ? कर्जा महंगो भएर नयाँ आवास खरिद वा निर्माण गर्न पाउनु भएको छैन ? अब चिन्ता नगर्नुस स्ट्याण्डर्ड चाटडै बैंकले सस्तो ब्याजदरमा आवास कर्जा योजना ल्याएको छ । बैंकहरुको कर्जाको ब्याजदर महंगो भएको बेला स्ट्याण्डर्ड चाटर्डले ८.८ प्रतिशतमा आवास कर्जा योजना ल्याएको छ । मासिक किस्ताको भार कम गराउन नयाँ आवास कर्जा योजना ल्याएको बैंकले जनाएको छ । आवास कर्जा लिदा सेवा शुल्क १.२५ प्रतिशत लाग्ने बैंकले जनाएको छ । पुर्ण आवास कर्जा लिनेलाई बैंकले निःशुल्क धितोको मूल्याँकन, निःशुल्क कर्जा सुचना शुुल्क, निःशुल्क क्रेडिट कार्ड र अनलाइन बैंकिङ सेवा प्रदान गर्ने जानकारी दिएको छ । कर्जाको आधार दर बमोजिम मात्र परिवर्तंन हुने बैंकले जनाएको छ । गत पुृससम्म बैंकको आधार ब्याजदर ५.८ प्रतिशत छ । अधिकाँश बैंकको आधार दर १० प्रतिशत भन्दा बढी रहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सको आकर्षक बोनसले लोभ्यायो, गतसाता सबैभन्दा बढी कारोबार
काठमाडौ । धितोपत्र बजारमा यससाता १ अर्ब ९६ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरका ४५ लाख २६ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार कारोबार रकम गत साताको भन्दा १५ प्रतिशत बढी हो । गत साता १७६ कम्पनीको कारोबार भएको थियो । गत साता १ अर्ब ७० करोड ७० लाख ६८ हजार बराबरका ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २. ७४ अंकले घटेर अन्तिम दिन १ हजार ३४५.९९ अंकमा पुगेको छ । स्टककाअनुसार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.२० अंकले घटेर २८५.३८ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको २२ करोड ६२ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएका थिए । नेपाल लाइफले ७० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको आठ लाख १२ हजार कित्ताको शेयर कारोबार भएको हो ।स्टककाअनुसार यससाता उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाको ५५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ । रासस
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको एकै साथ तीनवटा शाखा स्थापना
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले रुपन्देही जिल्लाका तिलोत्तमा नगरपालिकाको मंगलापुर, सैनामैना नगरपालिकाको रामापुर कलौनी र कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको जितपुर ४ नं. मा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयहरुको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालबाट एक औपचारिक कार्यक्रमका बीच समुद्घाटन गरेका छन् । साथै सोही अवसरमा मंगलापुर शाखा कार्यालयको प्रांगणमा रहेको एटिएमको समेत समुद्घाटन गरिएको छ । उक्त अवसरमा तिलोत्तमा नगरपालिका प्रमुख वाशुदेव घिमिरे, पूर्व सांसद तथा वरिष्ठ सामाजिक व्यक्तित्व बाबुराम राना तथा नेपाल राष्ट्र बैंक भैरहवा कार्यालयका प्रमुख अशोक पौडेलले शुभकामना व्यक्त गरेका थिए । बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले अध्यक्षता गरेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।