विकासन्युज

खाता भएको बाहेक अन्य बैंकबाट रकम जम्मा गर्दा शुल्क लाग्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले कार्यन्वयनमा ल्याएको जुनसुकै बैंकको शाखामा पनि रकम जम्मा गर्न पाउने व्यवस्था अन्र्तगत बैंकले शुल्क लिने भएका छन् । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गरी जुनसुकै बैंकको शाखाबाट नगद र चेक दुबै जम्मा गर्ने व्यवस्था कार्यन्वयनमा ल्याएको छ । यस्तो कारोबारमा शुल्क लाग्ने माछापुच्छे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजकुमार श्रेष्ठले बताए । शुल्क लिने विषयमा बैंकहरुबीच अहिले छलफल भइरहेको उनले सुनाए । लिने शुल्कका विषयमा केही दिन भित्र टुङो लाग्ने उनको भनाई छ । इन्टर बैंक पेमेन्ट सिष्टमअन्र्तगत सम्बन्धित बैंकमा रहेको खातामा रकम जम्मा हुने छ । चेक नेपाल क्लियरिङ हाउस लिमिटेडमार्फत सम्बन्धित बैंकको खातामा र नगद सिधै इन्टर बैंकमार्फत जम्मा हुने छ ।  आफुलाई पायक पर्ने ठाउँमा भएको बैंक तथा वित्तीय संस्थाका शाखाबाट रकम जम्मा गर्दा समयको वचत हुने छ भने सम्बन्धित बैंकमा पुग्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।  

पुतलीसडकमा स्मार्ट टेलिकमले खोल्यो स्मार्ट सेन्टर, भक्तपुरमा पनि खोल्ने तयारी

काठमाडौं। ग्राहकहरुलाई उत्कृष्ट सेवाप्रदान गर्ने उद्देश्य सहित हालै फोर जी सेवा सुरु गरेको स्मार्ट टेलिकमले आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउन काठमाडौंको पुतली सडकमा आधिकारिक स्मार्ट सेन्टरको प्रारम्भ गरेको छ । सोमबारबाट प्रारम्भ गरिएको स्मार्ट सेन्टरबाट ग्राहलाई प्रभावकारी सेवा उपलब्ध गराउनका साथै स्मार्टका उत्पादन तथा सेवाहरु सम्बन्धमा जानकारी दिने जनाइएको छ । स्मार्ट टेलिकमका अनुसार सेन्टरबाट ग्राहकहरुका सम्पूर्ण आवश्यकता एवं जिज्ञाशाको समाधान गरिनेछ । सेन्टरको उद्घाटन कम्पनीका अध्यक्ष सर्वेस जोशीले गरेका हुन् । स्मार्ट सेलले चाँडै भक्तपुरमा पनि आफ्नो सेन्टर स्थापना गर्ने लक्ष्य लिएको उद्घाटन कार्यक्रममा जानकारी गराइएको छ ।

उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर भित्रिदै

काठमाडौं। नेपाली बजारमा उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर भित्रिने भएको छ । मेशिनका आधिकारिक बिक्रेता श्रेष्ठ अमृत ट्रेडर्स प्रालिले हप्तादिनभित्रै नेपाली बजारमा उच्च क्षमताको लेमिनेशन मेशिन र प्रिन्टर सार्वजनिक गर्ने बताएको हो । ट्रेडर्सका सेल्स एण्ड मार्केटीङ कोर्डिनेटर निरजकुमार श्रेष्ठले सार्वजनि हुने लेमिनेशन मेशिन लामि कर्पोरेशन जापानीज ब्राण्डको रहेको बताए । उनका अनुसार कम्पनीले ‘एजेलिया १६०० सीएल’ लेमिनेशन मेशिन, मिमाकी फ्लाटबेड यूभी प्रिन्टर ‘यूजेएफ ३०४२ एमके दोस्रो’, एनाजेटको डाइरेक्ट टु गार्मेन्ट प्रिन्टर मेशिन सार्वजनिक गर्न लागेको हो । ‘कम्पनीले माघ दोस्रो हप्ता हुने क्यान इन्फोटेक मेलामा उक्त मेशिनहरु सार्वजनिक गर्ने तयारी गरेको छ,’ उनले भने ‘यी मेशिनहरुको उच्च क्षमताका छन् ।’ हाल बिक्री भइरहेकोभन्दा नयाँ प्रविधिका मेशिन हुन् । कम्पनीको अनुसार एजेलिया लेमिनेशन मेशिन ५ फिट चौडाइको रहेको छ । हालसम्म कम्पनीले बिक्री गरेकोभन्दा चौडाइ ठूलो छ । त्यस्तै मिमाकी प्रिन्टर ‘मेट एण्ड ग्लोसिको फिनिसीङको लागि राम्रो हुन्छ । उक्त मेशिन ‘सिएमवाईके प्लस ह्वाइट ऐडिसनको रहेको कोर्डिनेटर श्रेष्ठको भनाइ छ । उनका अनुसार एनाजेटको डाइरेक्ट टु गार्मेन्ट प्रिन्टर मेशिनले प्रिन्ट गर्नका साथै सुकाउने काम गर्दछ । साथै यसमा अन्य थप नयाँ प्रविधिका फिचर्सहरु समेत रहेको उनले जानकरी दिए । ‘मेशिनहरुको मूल्य भने, मेशिन सार्वजनिक भएकै दिन सार्वजनिक गर्नेछौं’, उनले भने ।

पाँच महिनामा ८ कम्पनी मात्र दर्ता

काठमाडौं । व्यवस्थापिका-संसद्ले कम्पनीमा दर्ता गरेर सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दिएको पाँच महिनामा आठ कम्पनी मात्र दर्ता भएका छन् । कम्पनी दर्ता हुनुअघि यातायात व्यवस्था विभागमा पञ्जीकरण हुनुपर्ने प्रावधान सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा गरिएको छ । सो व्यवस्थानुसार गत भदौ ५ गतेपछि ती कम्पनी दर्ता भएको विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए । ह्याप्पी नेपाल प्रालि, रेसुंगा यातायात प्रालि, बूढानीलकण्ठ यातायात प्रालि, प्रदेश यातायात सेवा प्रालि, शुभ साप्ताहिक यातायात प्रालि, मयूर यातायात प्रालि, शारदा यातायात प्रालि र जयमालिका यातायात प्रालि विभागमा पञ्जीकरण भई कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको छ । भदौ ५ गते तत्कालीन व्यवस्थापिका-संसद्, विकास समितिले यातायात समितिहरुलाई संघसंस्था ऐन, २०३४ अनुसार नवीकरण नगर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो । भदौ ५ गतेअघि १०० कम्पनी विभागमा पञ्जीकरण भएको प्रवक्ता वीरबहादुर स्वाँरले जानकारी दिएका छन् । हाल नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र नेपाल यातायात व्यवसायी राष्ट्रिय सर्वोच्च महासङ्घसँग आबद्ध यातायात संस्था जिल्ला प्रशासन कार्यालयमा सामाजिक संस्थाका रुपमा दर्ता भई काम गरिरहेका छन् । कम्पनीमा दर्ता भएपछि राजश्व पनि बढ्ने समितिको ठहर थियो । रासस

जेजे ज्वेलर्स शोरुम न्यूरोडको वसन्तपुरमा, गहना खरिदमा आर्कषक अफर

काठमाडौं । सुन, चाँदी तथा हीराका उत्कृष्ट डिजाईनहरुको कलेक्सन रहेको जेजे ज्वेलर्स् (एमेरल्ड प्रा. लि.) ले सोमबार न्यूरोडको वसन्तपुरमा आफ्नो शानदार शोरुमको उद्घाटन गरेको छ । नेपालका बहुप्रतिष्ठित कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यले रिबन काँटी उक्त शोरुमको उद्घाटन गरेका हुन्। उक्त शोरुम जेजे ज्वेलर्समा भएका उत्कृष्ट गहनाहरु विशेष गरी ग्राहकहरुको चाहना र मागलाई ध्यानमा राखी निमार्ण गरिएको छ । उद्घाटनको आफ्नो पहिलो हप्ताको अवसर पारेर जेजे ज्वेलर्सले माघ ८ गतेदेखि माघ १४ सम्म ग्राहकहरुका लागि आकर्षक गहनाहरुमा अफर समेत ल्याएको छ ।

सनराइज बैंकद्धारा बचतकर्ता सामुहिक दुर्घटना बीमा रकम भुक्तानी

काठमाडौं । सनराइज बैंकले वचतकर्ताको मृत्यु दावी भुक्तानी गरेको छ । सवारी दुर्घटनामा परी निधन भएका नारायणगढ शाखाका निक्षेपकर्ता मनोजकुमार पोखरेलकी श्रीमतिलाई २ लाख ५६ हजार रुपैयाँ प्रदान गरेको छ । वचतकर्ता सामूहिक दुर्घटना बीमा व्यवस्था अन्र्तगत मृतककी श्रीमति सुशीलाकुमारी बाँनियालाई रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ । आफ्ना बचत खाताका ग्राहकहरुको लागि बचतकर्ता सामुहिक दुर्घटना बीमा व्यवस्था गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा अशक्त भएमा ५ लाख रुपैयाँ नबढ्ने गरी बचत खातामा रहेको मौज्दातको ४ गुणासम्म दावी भुक्तानी हुने बैंकले जनाएको छ ।  

१५ करोड खर्चेर विश्व बजारमा नेपाली पर्यटन गन्तव्यको प्रचार प्रसार

काठमाडौं । नेपाल पर्यटन बोर्डले १५ करोड रूपैयाँ खर्चेर विश्व बजारमा नेपाली पर्यटन गन्तव्यहरुको प्रचार प्रसार गरेको छ । बोर्डले गत आर्थिक बर्ष २०७३/०७४ मा १५ करोड ५८ लाख ६८ हाजार ३ सय खर्च गरी विश्व बजारमा नेपाली पर्यटन गन्तव्यहरुको प्रचार प्रसार गरेको हो । बोर्डले बीबीसी, सीएनएन र इनफ्लाइट म्यागेजिन लगायतका विश्व व्यापी पहुँच भएका सञ्चार माध्यम मार्फत पर्यटन क्षेत्रको प्रचार प्रसार गरेको हो । बीबीसीमा ३ करोड ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो । सि एन एनमा ३ करोड ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो । इनफ्लाइट म्यागयजिनमा ५० लाखको विज्ञापनबाट प्रचार प्रसार गरेको हो । उक्त विज्ञापनले नेपालको पर्यटकीय स्थलहरुको बारेमा विश्वासामु जानकारी पुर्याउने, विज्ञापनले नेपालको पर्याटक आगमनमा वृृद्घि गराउने भएको छ । साथै, भूकम्पबाट अस्तव्यस्त भएको नेपालको पर्यटन क्षेत्रलाई उत्थानका निम्ती सहयोग गर्ने र विश्वलाई जानकारी नभएको पर्यटकीय स्थलहरुको जानकारी समेत गराउने नेपाल टुरिजम बोर्डका अधिकृत सूदन सुवेदिले बताएका छन् ।

एनआईसी एशिया बैंकको २ नयाँ शाखा झापाको धुलाबारी र काकरभिट्टामा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो २ नयाँ शाखा झापाको काकरभिट्टा र मेचिनगरमा विस्तार गरेको छ । सोमबार एक समारोहका बीच मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले उक्त नयाँ शाखाको औपचारिक रुपमा उद्घाटन गरेका हुन् । यस २ शाखा कार्यालयहरुको उद्घाटन सँगै हाल यस बैंकले १५७ शाखा कार्यालयहरु, १४६ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।