विकासन्युज

६ महिनामा सरकारले ३ खर्ब २४ अर्ब राजश्व उठायो, राजश्वको लक्ष्य पुरा

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको ६ महिनामा राजश्व संकलनमा लिएको पुरा भएको छ । सरकारले गत पुस ३० गतेसम्म ३ खर्ब २४ अर्ब रुपैयाँ राजश्व संकलन गरेको छ । सरकारले लिएको लक्ष्य पुरा भएको अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङानाले बताए । उनका अनुसार राजश्व वृद्धिदर २२ प्रतिशत रहेको छ । विकास खर्च बढ्यो भने राजश्व अझै बढ्ने उनको भनाई छ । हालसम्म कुल लक्ष्यको ४५ प्रतिशत राजश्व संकलन भएको छ । सरकारले चालु आवमा ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य लिएको छ । अर्थले यो वर्ष साढे ७ खर्ब रुपैयाँ राजश्व संकलन हुने अनुमान गरेको छ । पछिल्लो समयमा राजश्व संकलन सन्तोषजनक नभएकाले लक्ष्य मात्र पुरा हुने संभावना देखिएको छ । गत शुक्रबारसम्म सरकारले कुल बजेटको ३१ प्रतिशत खर्च गरेको महालेखा नियन्त्रकको कार्यलयले जनाएको छ । कार्यलयका अनुसार सरकारले पुस २९ गतेसम्म ३ खर्ब ९७ अर्ब १५ करोड रुपैयाँको चेक काटेको छ । सरकारले चालु आवका लागि १२ खर्ब ७९ अर्ब रुपैयाँको बजेट ल्याएको । हालसम्म भएको कुल खर्च मध्ये ४१ प्रतिशत अर्थात ३ खर्ब २९ अर्ब ८७ करोड रुपैयाँ भएको छ । चालु आवमा सरकारले ८ खर्ब ३ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । पुँजीगत खर्च अझै सुस्त रहेको छ । हालसम्म १४ प्रतिशत अर्थात ४७ अर्ब १२ करोड रुपैयाँ मात्र खर्च भएको महालेखाले जनाएको छ । चालु आवमा सरकारले ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ विकास खर्च गर्ने लक्ष्य लिएको छ । ठेकेदारलाई अर्बो रुपैयाँ भुक्तानी हुन बाँकी रहेकाले पुँजीगत खर्च अझै बढ्ने देखिएको छ । ठेकेदारलाई १० अर्ब रुपैयाँ भुक्तानी दिन बाँकी छ । यस्तै साँवा फिर्ता अर्थात वित्तीयतर्फ १४.३७ प्रतिशत अर्थात २० अर्ब १६ करोड रुपैयाँ खर्च भएको छ । चालु आवमा वित्तीयतर्फ १ खर्ब ४० अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको छ । राजश्व संकलन र खर्चबीच असन्तुलन हुदा चालु आवको ६ महिनामा बजेट घाटा ८० अर्ब ८८ करोड रुपैयाँ रहेको महालेखाले जनाएको छ । साउन १ र मंसिर १ मा दुई किस्ता गरी सरकारले ७५३ स्थानिय तहलाई १ खर्ब ५० अर्ब रुपैयाँ निकासा गरेका छ । तर स्थानिय तहमा निकासा भएको रकम लक्ष्यअनुसार खर्च हुन सकेको छैन् । त्यसैले विकास खर्च कम देखिएको अर्थको भनाई छ ।

बस र ट्याम्पोमा यात्रा गर्नेको सुबिधाको लागि ‘मोटरभाडा’ एप

काठमाडौं, नेपालको यातायातप्रणालीलाई डिजिटल बनाउने उद्देश्यले कार्यालय भेन्चर्स प्रालिको इन्फर्मेशन टेक्नोलोजी कम्पनी कार्यालय आइटीले दुई भाषामा प्रयोग गर्न सकिने सार्वजनिक यातायात एप ‘मोटरभाडा’ र ‘बिटुबि’ एप ‘मोटरभाडा कम्पनी’ को सुरुवात गरेको छ । कम्पनीले उक्त एप नेपालकै पहिलो र विस्तृत रहेको दावी गरेको छ । गाडी भाडा, रुट, गाडी आउने समय, लाइभ ट्रयाकिंग र प्रत्यक्ष ट्राफिक अपडेट अब एपबाटै   एप एण्ड्रोइड र आइओएस दुवै प्लाटफर्ममा उपलब्ध हुने जनाइएको छ । मोटरभाडा एपले यात्रालाई धेरै सहज बनाउने कम्पनीको भनाइ छ । एपबाट प्रयोगकर्ताले मोटर भाडा, रुट, नजिकैको स्टेशन, गाडी आउने समय, लाइभ ट्रयाकिंग र प्रत्यक्ष ट्राफिक अपडेट सजिलै प्राप्तगर्न सक्ने जनाइएको छ । त्यस्तै कम्पनीको अनुसार बिटुबी एप मोटरभाडा कम्पनी एण्ड्रोइड प्लाटफर्म माउपलब्ध छ । यस एपबाट सार्वजनिक सवारी, भाडाका सवारी, गैर सरकारी संस्था, ट्राभल एजेन्सी, विद्यालय, अस्पताल, सरकारी तथा निजी संघ–संस्था र कुनै समूह वा व्यक्तिले प्रत्यक्ष आफ्नो गाडी ट्रयाक गर्न सक्नेछ । यस एपमा भएको प्रोफाईल, स्टार्ट, नोटिफिकेशन, ट्राफिकजाम, खाना, गाडी बिग्रियो, दुर्घटना, बन्द/हडताल, प्राकृतिक प्रकोप, बाटो निर्माण, मेडिकल इमर्जेन्सी र सुरक्षा जाँच जस्ता फिचरहरुबा टकम्पनीले रियल–टाइममा सजिलै आफ्नो गाडीको जानकारी र अवस्था थाहा पाउन सक्ने जनाइएको छ । यो विशेष सेवाको लागि कम्पनीहरुले पहिला दर्ता गर्नुपर्ने हुन्छ ।

१७३ विद्यार्थी तथा शिक्षकद्धारा रक्तदान

काठमाडौं । ईन्टरनेशनल स्कूल अफ टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजले स्कूल परिसर ज्ञानेश्वरमा पुस २६ गते रक्तदान कार्यक्रम आयोजना गरेको छ । जम्मा १७३ विद्यार्थी, शिक्षक तथा कर्मचारीले रक्तदान गरेका छन् । कलेजले विगत ८ वर्षदेखि रक्तदान कार्यक्रम गर्दै आएको छ ।

विश्व बैंकलाई हस्तकलामा लागानी गर्न उद्योगमन्त्रीको आग्रह

काठमाडौं। उद्योगमन्त्री सुनिलबहादुर थापाले ग्रामिण क्षेत्रमा सहयोग पुग्ने गरी हस्तकला क्षेत्रमा लगानी गर्न विश्व बैंकलाई आग्रह गरेका छन् । गरिबी निवारण कोषको आयोजनामा राजधानीमा तीन दिनसम्म सञ्चालन भएको दक्षिण एसियाली हस्तकला महोत्सवको आइतबार भएको समापन कार्यक्रममा बोल्दै उनले नेपालको ग्रामिण क्षेत्रको लागि हस्तकला सम्बन्धी कार्यक्रमहरुमा लगानी गर्न बैंकलाई अग्रह गरेका हुन् । साथै उनले हालको कार्यक्रमहरुलाई समेत जारी राख्न पर्ने धारणा व्यक्त गरे । ‘समाजको दिगो विकासको लागि ग्रामिण क्षेत्रमा हस्तकलाको विकास हुन आवश्यक छ,’ उनले भने ‘हस्तकलाकोे विकासले गरिबी न्यूनिकरणमा सहयोग पुग्नका साथै मुलुकको व्यापार घाटा घटाउन समेत टेवा मिल्नेछ ।’ नेपाली कालिगढहरुले उत्पादन गरेको  ‘नेपाल को’ ब्राण्डलाई अझ निर्यातमूखी बनाउदै लान पर्ने उनको जोड छ । कार्यक्रममा वाणिज्य मन्त्रालयको सचिव चन्द्रकुमार घिमिरेले गरिबी न्यूनिकरण, दिगो विकास लगयतलाई हस्तकलाले सहयोग गर्ने बताए । ‘सरकारले पछिल्लो समय स्वदेशी उत्पादनलाई अघि बढाउन एकीकृत व्यापार रणनीति (एनटीआईएस) ल्याएको छ,’ उनले भने ‘त्यसले हस्तकला तथा हस्तकलाका उद्योगी कालिगढहरुलाई सहयोग पुग्नेछ ।’ त्यस्तै हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले महोत्सव उपलब्धिमुलक भएको बताए । महोत्सव अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको लागि सुरुवाती खुड्कीलो भएको उनको बुझाइ छ । अझै गर्न पर्ने धेरै रहेको उनले बताए । महोत्सवमा नेपालका एक सयभन्दा बढी कालिगढसहित भारतीय र पाकिस्तानी कालीगढहरूले बनाएका हस्तकलाहरू प्रदर्शन भएको थियो । साथै महोत्सवमा हस्तकला सम्बन्धी क्षेत्रीय चुनौती र सिकाईबारे समेत छलफल, एकआपसका अनुभवहरु आदानप्रदान गरिएको आयोजकको भनाइ छ ।    

इन्टरनेसनल सिमेन्टको ब्रान्ड एम्बेसडरमा राजेश हमाल नियुक्त

काठमाडौं । इन्टरनेसनल सिमेन्टले अभिनेता राजेश हमाललाई आफ्ना उत्पादनहरुको ब्रान्ड एम्बेसडर बनाएको छ । कम्पनी र अभिनेता हमालबीच शनिबार सो सम्बन्धी अनुबन्ध पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा कम्पनी सञ्चालक विमल अग्रवाल र हमालले हस्ताक्षर गरेका छन् । अब इन्टरनेसनल सिमेन्टका उत्पादनहरुको प्रवद्र्धन अभियान तथा प्रचार सामग्रीमा अभिनेता हमाल सामेल हुनेछन् । वीरगन्जस्थित इन्टरनेसनल सिमेन्टले ओम, ज्योति र रुद्राक्ष, ब्रान्ड नाममा सिमेन्ट उत्पादन गर्दै आएको छ । कम्पनी सञ्चालक अग्रवालले हमालको सहभागिताबाट आफ्ना ब्रान्डको बजार प्रवद्र्धनमा ठूलो सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

ज्योति विकास बैंकको सीईओमा मनोज ज्ञवाली

काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । डेपुटी सीईओ रहेका ज्ञवालीलाई सञ्चालक समितिले आइतबार सीईओमा नियुक्त गरेको हो । नेपाल राष्ट्र बैंकको सहायक निर्देशक, ग्लोबल आईएमई बैंक, ग्लोबल आईएमई क्यापिटल लिमिटडमा काम गरिसकेका छन् । सीए ज्ञवाली नेपाल जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडमा सञ्चालक पनि रहेका छन् ।

ज्योति विकास बैंकको साधारणसभा सम्पन्न, १० प्रतिशत बोनस सेयर पारित

काठमाडौं । ज्योति विकास बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको आइतबार राजधानीमा सम्पन्न १० औं वार्षिक साधारणसभाले बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई चुक्तापूँजीकोे १० प्रतिशतका दरले हुुने २२ करोड ८ लाख ६३ हजार रुपैयाँ बराबरको बोनस सेयर स्वीकृत गरेको हो । सभाले तत्कालिन राप्तीभेरी बिकास बैंकका शेयरधनीलाई संचालक समितिबाट पारित वित्तीय विवरणका आधारमा चुक्तापूँजीकोे ६ प्रतिशतका दरले हुुने ९४ लाख २३ हजार रुपैयाँ बोनस सेयर वितरण गर्न स्वीकृत प्रदान गरेको छ । यसपछि बैकको चुक्तापूँजी २ अर्ब ५९ करोड रुपैयाँ पुग्ने छ ।सो अवसरमा बैंक संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैंकले निःशुल्क ईन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, लकर, एटिएम, ३६५ दिने बैंकिङ्गका साथै एबीबीएस सेवा समेत उपलब्ध गराएको छ । साविकको राप्तीभेरीलाई प्राप्ति गरे पश्चात ११ वटा नयाँशाखा संचालनमा आउने भएका छन् । यसपछि शाखा सञ्जाल ४९ वटा, १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।  हालसम्म बैंकले १३अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब १० करोड रुपैयाँ ऋण लगान गरेको छ ।

चार जना पत्रकारलाई ‘प्याफ’ जर्नालिज्म पुरस्कार, प्रत्येकले पाए ४० हजार

काठमाडौं। गरिबी निवारण क्षेत्रमा सशक्त रुपमा कलम चलाउदै आएका चार जना पत्रकारलाई ‘प्याफ नेशनल जर्नालिजम एवार्ड–२०७४ वितरण गरिएको छ । आइतबार राजधानीमा दक्षिण एसियाली हस्तकला महोत्सवको समापनको अवसरमा पत्रकारहरुलाई उद्योगमन्त्री सुनिलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए । चार विधामा पुरस्कार वितरण गरिएको थियो । जसमा नेपाली छापामा नागरिक दैनिकका महेशकुमार दास, अंग्रेजी छापामा हिमालय टाइम्सका बाजुराका संवाददाता प्रकाशसिंह, विद्युतिय इलेक्ट्रोनिककातर्फबाट कमिनिटी रेडियो नेटवर्कका लक्ष्मी बस्नेत पुरस्कृत भएका छन् । त्यस्तै मोफसलतर्फ जनता पत्र सिन्धुपाल्चोकका टिका सुवेदी पुरस्कृत भएका छन् । उनीहरुलाई जनही ४० हजार रुपैयाँ, प्रमाण पत्र लगायत प्रदान गरिएको छ । प्याफले विगत वर्षदेखिनै गरिबी निवारण सम्बन्धमा कलम चलाउने पत्रकारलाई पुरस्कार वितरण गर्दै आएको छ । गरिबी निवारण विकास सम्बन्धमा सशक्त कलम चलाएको, पत्रकारीता गरेको अबधि लगायत तथा निर्णय मण्डलले गरेको छनौट गरेको आधारमा ती पत्रकारहरु पुरस्कृत गरिएको बताइएको छ ।