महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकले ९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । गत शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सो मात्राको लाभांश दिने निर्णय गरेको हो । बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई सो मात्राको नगद लाभांश वितरण गर्न लागेको हो । उक्त नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भै बैंकको साधारणसभाले अनुमोदन गरे पश्चात मात्र सेयरधनीलाई वितरण गरिने छ ।
नेप्सेमा सिद्धार्थ इक्विटी फण्डको कारोबार खुला, मूल्य प्रतिइकाई १० रुपैयाँ
काठमाडौं । आइतबारदेखि नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सिद्धार्थ इक्विटी फण्डको इकाई कारोबार खुलेको छ । नेप्सेका अनुसार कम्पनीले सो दिनको इकाई कारोबारको लागि प्रतिइकाई १० रुपैयाँ मूल्य तोकेको छ । सिद्धार्थ क्यापिटल अन्तर्गत संचालित यस सिद्धार्थ इक्विटीको कारोबार पुस ३० गते (आइतबार)देखि मात्रै खुलेको हो । हाल सम्म यस फण्डको एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ करोड इकाई नेप्सेमा सूचिकृत रहेको छ ।
भिसा कार्डबाट सपिङ गर्नुस्, भोली पल्टै खातामा थपिन्छ १० प्रतिशत नगद
काठमाडौं । के तपाईले भिसा कार्डबाट सपिङ गरिरहनु भएको छ, त्यसो भए अब तपाईको खातामा थपिनेछ १० प्रतिशतसम्म नगद । भिसा कार्डबाट वस्तु तथा सेवा खरिद गरेको भोली पल्टै तपाईको बैंक खातामा १० प्रतिशत क्यास ब्याक जम्मा हुनेछ । यस्तो सुविधासहितका सेवा नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा रहेको भिसा कार्ड सर्भिस प्रदायक बैंकहरुले ल्याएका हुन् । माघ १ गतेदेखि ३० गतेसम्म लागु हुने योजनामा ८ वटा बाणिज्य बैंक र ३ वटा विकास बैंकका कार्ड प्रयोगकर्ताले उपयोग गर्न सक्नेछन् । सेञ्चुरी, ग्लोबल आईएमई, कुमारी, महालक्ष्मी विकास बैंक, मेगा बैंक, मुक्तिनाथ विकास बैंक, एनसीसी, नेपाल इन्भेष्टमेन्ट, राष्ट्रिय बाणिज्य बैंक, सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताले यस्तो क्यास ब्याक अफर उपयोग गर्न पाउनेछन् । ‘भिसा कार्डबाट वस्तु तथा सेवा खरिद गरेको भोलीपल्टै अधिकतम १० प्रतिशत वा एक हजारसम्मको क्यास ब्याक सम्बन्धीत खरिदकर्ताकै बैंक खातामा जम्मा हुनेछ’, नेपाल इन्भेष्टमेन्ट बैंककी रिना चन्दले भनिन् । कस्तो छ नियम ? यो अफरका लागि न्युनतम ५ सय रुपैंयाँसम्मको वस्तु तथा सेवा खरिद गर्नुपर्नेछ । एक देखि ३ वटासम्म कारोबारमा २ प्रतिशत वा एक सय रुपैंयाँसम्म क्यास ब्याक पाइनेछ । ४ देखि १५ वटा कारोबारमा ५ प्रतिशत वा अधिकतम २ सय रुपैंयाँसम्म क्यास ब्याक पाइनेछ । त्यस्तै १६ देखि ३० वटासम्म कारोबार गर्दा ५ प्रतिशत वा ५ सय क्यास ब्याक पाइन्छ भने ३१ देखि ५० वटासम्म कारोबार गर्दा १० प्रतिशत वा एक हजारसम्म क्यास ब्याक पाइनेछ । कति छन् पल्स मेसिन ? हाल मुलुकका प्रमुख शहरहरुमा ४५ सय वटा पल्स मेसिनहरु रहेका छन् । तीमध्ये २ हजार वटा पल्स मेसिन नेपाल इन्भेष्टमेन्ट बैंककोे नेटवर्कमा आवद्ध रहेका छन् । सबै पल्स मेसिनहरुबाट हुने वस्तु तथा सेवा खरिदमा क्यास ब्याक अफर लागु हुनेछ । नेपाल इन्भेष्टमेन्ट बैंकको नेतृत्वमा रहेको भिसा कार्ड सर्भिस प्रोभाइडर बैंक अन्तर्गत १६ लाख कार्ड होल्डर रहेका छन् । दशैं तिहारपछिको उत्साह यी बैंकहरुले दशै, तिहार तथा छठको अवसरमा भिसा कार्डबाट हुने खरिदमा १० प्रतिशतसम्म क्यास ब्याक अफर ल्याएका थिए । सो अफरका कारण कार्डबाट हुने खरिद ५२ प्रतिशत बढेपछि बैंकहरुले उत्साहित हुँदै अहिले नयाँ पुनः सोही प्रकारको अफर ल्याएको बताएका छन् । क्यासलेस कारोबारको गतिलाई बढाउने उदेश्यले यस्तो सेवा आरम्भ गरेको उनीहरुको दावी छ ।
मञ्जुश्री फाइनान्सले ६ प्रतिशत बोनस र ५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, फाइनान्सले कर प्रयोजनको लागि ०.३२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र कम्पनीका सेयरधनीले सो मात्राको लाभांश पाउने छन् । साथै, यस संस्था ५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रक्रियामा रहेको छ । फाइनान्सले सो मात्राको हकप्रद जारी गर्नको लागि संस्थाको विशेष साधारणसभाले अनुमोदन तथा धितोपत्र बोर्डले अन्तिम स्विकृती दिनुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ७२ करोड ४३ लाख ७८ हजार रुपैयाँ रहेको छ । उक्त पुँजीमा कम्पनीले ६ प्रतिशत बोनस र ५ प्रतिशत हकप्रद सेयर दिने कम्पनीको प्रस्ताव रहेको छ । प्रस्तावित बोनस तथा हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ८० करोड ४० लाख रुपैयाँ पुग्ने छ ।
८३ प्रतिशत हकप्रद पछि श्री इन्भेष्टमेन्ट फाइनान्सको सेयर मूल्य समायोजन
काठमाडौं । श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । ८३ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको सेयरको मूल्य समायोजन भएको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५६ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता ३०१ रुपैयाँ थियो ।
नेको इन्स्योरेन्सको माघ ९ गते बुक क्लोज
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको आगामी माघ ९ गते बुक क्लोज हुने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि सो दिन इन्स्योरेन्सको बुक क्लोज गर्ने निर्णय गरेको हो । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्दै छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँका दरले ३९ लाख २० हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । इन्स्योरेन्सले बिक्री प्रबन्धक एनएमबी क्यापिटल मार्फत ३९ करोड २० लाख रुपैयाँ बराबरको सेयर जारी गर्न बोर्डको अनुमति पाएको हो । हाल कम्पनीको चुक्ता पुँजी ७८ करोड ४१ लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी एक अर्ब १७ करोड रुपैयाँ पुग्ने छ । बिहीबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८६० रुपैयाँ रहेको थियो ।
मध्यभोटेकोसी जलविद्युत ४० प्रतिशत मात्र सम्पन्न, २ वर्षभित्र सक्न निर्देशन
काठमाडौं । सरकारले निर्माणधिन १०२ मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनाको काम २ वर्षभित्र सक्न निर्देशन दिएको छ । ऊर्जा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकमा निर्माणाधीन आयोजनाको काम दुई वर्षभित्र सक्न निर्देशन दिएका हुन् । ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्र निर्माण सक्ने सुनिश्चित हुने एकीकृत समय तालिका तयार गरी सोही अनुसार सबै काम समानान्तरुपमा अगाडि बढाउन निर्देशन दिएका छन् । सचिव उपाध्याय र कार्यकारी निर्देशक घिसिङले शनिवार आयोजनाको स्थगलत निरीक्षण गरी आयोजना व्यवस्थापन, परामर्शदाता लाहमेयर इन्टरनेसनल र ठेकेदार क्वाङसी हाइड्रो एण्ड इलेक्ट्रिकल कन्ट्रक्सन तथा एन्ड्रिज हाइड्रोसँग छलफल गरेका थिए । सन् २०१७ जुनमा निर्माण सक्ने गरी सुरु गरिएको आयोजनाको काम अहिलेसम्म ४० प्रतिशत मात्रै सकिएको छ । जुरे पहिरो, भूकम्प, बाढीपहिरो, बाँध स्थलको जग्गा समयमा उपलब्ध गराउन नसक्नु, ठेकेदारले अपेक्षाकृत रुपमा काम गर्न नसक्दा लगायतका कारणबाट आयोजनाको काममा ढिलाई भएको हो । आयोजनाको निर्माण सन् २०१९को जुनमा सक्ने लक्ष्य राखिएको छ । निर्माण तालिकाले भने अझै अन्तिमरुप पाएको छैन । प्राधिकरण सञ्चालक समितिका अध्यक्ष समेत रहेका ऊर्जा सचिव उपाध्यायले स्थलगत निरीक्षणबाट आयोजनाको काम ठेक्का सम्झौता अनुसार हुन नसकेको देखिएको बताए । ‘कामलाई तिब्रता दिन जलशक्ति बढाउनु पर्ने देखिन्छ, ठेकेदारले व्यहोर्दे आएको नगद प्रवाहको समस्यालाई समाधान गरिदिन प्राधिकरण र आयोजनालाई पटक–पटक निर्देशन दिंदै आएका छौं’,उनले भने,‘सम्झौताअनुसार काम गरिनु पर्छ, कुनै पनि हालतमा आयोजना ढिला हुनुहुँदैन ।’ आयोजनाको बाँधस्थल, सुरुङ, विद्युत गृह लगायत सबैतिर काम भइरहेको छ । बाँधस्थल खन्न सुरु भएको छ भने विद्युत गृह रहने ठाउँ खन्ने काम सकिएको छ । ७.१ किलोमिटर मुख्य सुरुङमध्ये करिव तीन किलोमिटर खनिएको छ । विद्युत गृहमा रहने केही इलेक्ट्रोमेकानिकल उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनाको काम अपेक्षा अनुसार अगाडि बढ्न नसकेको बताए । उनले आयोजनाको काम अहिले सबैतर्फबाट भइरहेता पनि प्रगति सन्तोषजनक नरहेको उल्लेख गरे । ‘आयोजनाको चार वर्ष बितिसकेको छ, अब दुई वर्षभित्रमा जसरी पनि सक्नु पर्छ’,उनले भने,‘एकीकृत तालिका बनाएर सोहीअनुसार हरेक काम समानान्तररुपमा अगाढी बढाउनु होस्, अब आयोजना ढिलाई गर्नेलाई छुट दिन सकिंदैन ।’ दुई वर्षभित्र निर्माण सक्ने गरी कामदार थप गरी निर्माणलाई तिब्रता दिन, बाँधस्थलको काममा विशेष ध्यान दिन, निर्माण सामाग्रीको पर्याप्त व्यवस्था गर्न, ठेकेदारले व्यहोरिहेको नगद प्रवाहको समस्यालाई तत्काल समाधान गर्न निर्देशन दिए । घिसिङ चिलिमे कम्पनीको प्रवन्ध सञ्चालक रहेकावेला आयोजना अगाडि बढाइएको थियो । आयोजनाको लागत बढ्न नदिन सिभिल तथा हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ, खरिद र निर्माण (इपीसी) मोडेलमा चिनियाँ कम्पनी क्वाङसीले ठेक्का लिएको छ । इलेक्ट्रिमेकानिकलतर्फको काम भने एन्ड्रिजले गरिरहेको छ । १२ अर्ब २८ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको छ । चिलिमे कम्पनीको अगुवाईमा निर्माण भइरहेको आयोजनामा प्राधिकरण,सिन्धुपाल्चोका चार इन्भेष्टमेन्ट कम्पनीहरु, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता,सिन्धुपाल्चोकबासी, सर्वसाधारण लगायतको लगानी रहने छ । आयोजनाबाट वार्षिक वार्षिकरुपमा ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने छ । आयोजनाले विद्युत बिक्रीबाट वार्षिकरुपमा दुई अर्ब ९० करोड ४३ लाख रुपैयाँ आम्दानी गर्ने छ ।
लडर्स मोबाइल गेम २०१७ को उत्कृष्ट, खेलाडीको संख्या ९० लाख
काठमाडौं । “सबैेभन्दा प्रतिस्पर्धात्मक गेम” भनेर २०१६े मा उपाधि पाएको लर्डस् मोबाइल गेमलाई २०१७ मा “उत्कृष्ट मल्टिप्लियर अनलाई गेम” को उपाधिका लागि मनोनित गरिएको छ । यो गेम गृगल प्लेमा “सम्पादकको छनोट”े को विधामा पनि परेको छ । २०१६ मा विश्वभरका ६५ लाख खेलाडीहरुले खेलेको यो गेम हाल २०१७ मा विश्वभरका खेलाडीहरु बढेर ९० लाख पुगेको छ । यसको रेट गृगल प्लेमा ४.५ रहेको छ । लर्डस् मोबाइल गेम उत्पादक कम्पनी आइ गट गेमस् हो । एप ऐनीको अनुसार “लर्डस् मोबाइल” गेमले एप स्टोर, आईओएस र गृगल प्लेमा अत्याधिक गर्सिप प्राप्त गरेको छ । गृगल प्लेमा यो गेम गर्सिप चार्टको दोस्रो स्थामा रहेको छ र तेस्रो स्थानमा सोही गेम कम्पनिको अर्को गेम “क्ल्यस अपm कल्यान” परेको छ । क्ल्यस अपm कल्यान पनि गृगल प्लेमा “सम्पादकको छनोट”को विधामा यरेको छ । ४० नायकहरु रहेको यस गेममा सबै नायकहरुको विभिन्न क्षमता , विशेषता , डिजाईन र सबैको पृष्ठभुमि भिन्न रहेको छ । यो रणनीति भिडियो गेम र व्यापक मल्टीप्लेयर अनलाइन गेम हो । यो गेम उत्पादक कम्पनी आइ गट गेमस्का अनुसार यसमा भयानाक राक्षसहरु र शक्तिशाली दुश्मनहरुको अराजकतामा रहेका विदेशी जादुई भूमिहरुलाई स्वतन्त्र गराउन आवश्यक नायकको र साथीको छनोट गर्नुहोस् अनि युदमा गई विजय प्राप्त गरी आपmनो समराज्य बनाउनुहोस् । दुश्मनहरुलाई कैद गर्नुहोस् र आपmनो समराज्य बढाउनुहोस् ।