विकासन्युज

गोल्डस्टार जुत्ताको दुई नयाँ आधिकारिक सोरूम पुरानो बानेश्वर र कालिमाटीमा

काठमाडौं । किरण सुज म्यानुफ्याक्चरर्स, गोल्डस्टार जुत्ताहरूको एकमात्र निर्माता तथा वितरक कम्पनीले पुरानो बानेश्वर र कालिमाटीमा नयाँ आधिकारिक सोरूमहरू उद्घाटन गरेको छ । सोलमेट्स इन्टरप्राइजेज, पुरानो बानेश्वर तथा फस्र्ट स्टेप इन्टरप्राइजेज, कालिमाटी गोल्डस्टार जुत्ताहरूको आधिकारिक फ्रान्चाइजी सोरूमहरू हुन् । किरण सुज म्यानुफ्याक्चर्सकी निर्देशक विदुषी राणाले भने, “गोल्डस्टार जुत्ताको प्रसिद्धी र चौतर्फी मागकाकारण हामीले ग्राहकहरूको आवश्यकतालाई बुझी नयाँ सोरूमहरू बनाउँदै आएका हौँ । अबका आउँदा दिनहरूमा पनि यस्तै सोरूमहरूबाट सेवा दिन हामीले नेपालभरि नै फ्रान्चाइजी सोरूमहरू स्थापना गर्ने लक्ष्य लिएका छौँ ।” गोल्डस्टार जुत्ताका आधिकारिक सोरूमहरू यस अघि सिभिलमल, सुनधारा तथा ज्योतिभवन, जमलमा स्थापना भइसकेका छन् । नयाँ वर्ष २०१८को शुभकामना व्यक्त गर्दै किरण सुज म्यानुफ्याक्चरर्सले नयाँ जुत्ताहरू, नयाँ जमानाको फेसनसँग मिल्ने उत्पादनहरू आफ्नो फ्रान्चाइजी सोरूमहरूबाट बिक्री–वितरण गर्नेछ ।

जलविद्युत कम्पनीलाई आइपीओ निष्काशनमा कडाई, बोर्डले ल्यायो आधा दर्जन सर्त

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जलविद्युत कम्पनीलाई आइपीओ निष्काशन गर्न आधा दर्जन सर्त अघि सारेको छ । बोर्डले खराब वित्तिय अवस्था भएका जलविद्युत कम्पनीले समेत आइपीओ निष्काशन गर्न थालेको भन्दै सर्त अघि सारेको हो । बोर्डले कम्पनीको पछिल्लो लेखापरिक्षण भएको वित्तीय विवरण बमोजिम प्रति शेयर खुद सम्पत्ति प्रति शेयर अङ्कित मूल्यभन्दा कम भएका र सबैभन्दा न्यून रेटिङ्ग प्राप्त गरेका कम्पनीलाई आइपीओ निष्कासनमा रोक लागएको हो । यस्ता छन् बोर्डले अघि सारेका सर्तहरु १) सार्वजनिक निष्काशनका लागि तयार गरिने विवरण पत्रको मुख पृष्ठमा स्पष्ट देखिने गरी देहाय बमोजिमको विवरणहरु बक्समा प्रस्तुत गर्ने । क) सञ्चालन अवधि तीन वर्ष व्यतित भैसकेको अवस्थामा विगत तीन वर्षको र तीन वर्ष व्यतीत भैनसकेको अवस्थामा सञ्चालन अवधिभरको लेखापरीक्षण भएको वित्तीय विवरण बमोजिम प्रति शेयर खुद सम्पत्ति, प्रति शेयर आम्दानी । ख) जलविद्युत आयोजना भएमा प्रति मेगावाट लागत, विद्युत उत्पादन अनुमतिको बाँकी अवधि, लगानी फिर्ता हुने अवधि( पे ब्याक पेरियड) ग) क्रेडिट रेटिङ्गको ग्रेड । २) प्रक्षेपित वित्तीय विवरण प्रमाणित गर्दा निष्काशन कर्ता संस्थाको लेखापरीक्षकले प्रक्षेपित वित्तीय विवरण ठिक रहेको भनी स्पष्ट रुपमा प्रमाणित गर्ने । ३) संगठित संस्थाले विवरण पत्रमा प्रक्षेपण गरेको विवरणहरु तथा वास्तविकविवरण तुलनात्मक रुपमा बार्षिक प्रतिवेदनमा तालिकामा प्रस्तुत गर्नुपर्ने । साथै प्रक्षेपित विवरण भन्दा वास्तविकविवरण फरक पर्न गएमा सोको कारण खुलाई आफ्नो बार्षिक प्रतिवेदनमा प्रक्षेपित अवधिसम्म प्रत्येक बर्ष प्रस्तुत गर्नुपर्ने । ४) धितोपत्रको सार्वजनिक निष्काशनका लागि तयार गरिने विवरण पत्र निष्काशन कर्ता कम्पनीको वेभसाइटमा कम्तिमा वित्तीय विवरण प्रक्षेपण गरिएको अवधिसम्म अनिवार्यरुपमा राख्नुपर्ने, निष्काशन तथा विक्री प्रबन्धकको वेभसाइटमा धितोपत्रको बाँडफाँट नभएसम्म राख्नुपर्ने र आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाको अनलाइन आवेदन गर्ने स्थानमा विवरण पत्रको लिङ्क निष्काशन अवधि भरी राख्ने । ५) सर्वसाधारण लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्काशनमा लिखित वा विद्युतीय माध्यमबाट आवेदन दिंदा अनिवार्य रुपमा उक्त निष्काशनको लागि तयार गरेको विवरण पत्र पढी आफ्नो स्वविवेकले दरखास्त दिएको हो भन्ने उद्घोषण गराउने व्यवस्था गर्ने । ६) क्रेडिट रेटिङ्ग कम्पनीले सार्वजनिक निष्काशन गर्ने धितोपत्रलाई न्यून ग्रेड प्रदान गरेमा र सङ्गठित संस्थाको पछिल्लो लेखा परिक्षण भएको वित्तीय विवरण बमोजिम प्रति शेयर खुद सम्पत्ति प्रति शेयर अङ्कित मूल्य भन्दा कम भएमा त्यस सम्बन्धी विवरण निष्काशन कर्ता कम्पनीले सार्वजनिक निष्काशनको लागि प्रकाशन गर्ने आह्वान पत्रलगायत अन्य सूचनाहरुमा स्पष्ट देखिने गरी ठूलो अक्षरमा उल्लेख गर्नुपर्ने ।

काठमाडौंका चर्चित अस्पतालबाट १३ प्रतिशतभन्दा बढी स्वास्थ्य सेवा कर असुली

काठमाडौं । सरकारले बिरामीसँग कुनै पनि शीर्षकमा स्वास्थ्य सेवा कर लिनुहुँदैन भन्ने आवाज उठिरहेका बेला राजधानीका नाम चलेका अस्पतालले भने बिरामीसँग गैरकानूनीरुपमा सेवाशुल्क लिँदै आएका छन् । निजीस्तरमा सञ्चालित नाम चलेका अस्पतालले उपचार सेवा शुल्कका नाम बिरामीसँग विभिन्न शीर्षकमा गैरकानूनीरुपमा १३ प्रतिशतभन्दा बढी शुल्क लिने गरेको पाइएको हो । दुई महिनायता आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनका क्रममा बिरामीसँग अस्पतालको ढोका प्रवेशदेखि बिरामीसँग दोहोरो शय्या शुल्क, नर्सिङ, नर्सिङ सेवा शुल्क, बिरामी कुरुवा शुल्कजस्ता शीर्षक गैरकानूनीरुपमा १० प्रतिशतभन्दा सेवा शुल्क असुली गरेको पाइएको हो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले यसरी बिरामीसँग अनावश्यकरुपमा बढी रकम असुल गर्ने अस्पताललाई सम्पूर्ण प्रमाणसहित मुद्दा चलाउन आजै महानगरीय प्रहरी परिसर हनुमानढोकामा नामावली पठाइएको जानकारी दिए । “बिरामीले रु एक लाख बराबरको उपचार गराएको छ भने उसले अस्पताललाई अतिरिक्त रु २५ हजार सेवा शुल्क बुझाएको छ, अस्पतालले बिरामीलाई ठग्ने काम गरेका छन्, उनीहरुका विषयमा सम्बन्धित निकायले पनि आवाज उठाउन आवश्यक छ”, महानिर्देशक दाहालले भने। विभागले प्रचलित कानून बमोजिम कारबाही अगाडि बढाउन बिएण्डबी अस्पताल, न्यूरो अस्पताल बाँसबारी र इशान बाल तथा महिला अस्पताल प्रालि वसुन्धारालाई अनुगमनका क्रममा भेटिएका प्रमाण, बिरामी र अस्पतालको बयानसहितको पत्र प्रहरीकहाँ पठाएको हो । विभागका महानिर्देशक दाहालले भने, “हामी आज तिनै वटा अस्पतालले गैरकानूनीरुपमा बिरामीसँग अतिरिक्त सेवा शुल्क लिइएको पाएपछि कारबाही प्रक्रियाका लागि प्रहरीकामा पठाएका छौँ, स्वास्थ्यमा हामीले कारबाहीका लागि पहिलोपल्ट पठाएका हौँ, अरु अस्पताल पनि छन् ती भोलि पठाउँछौँ ।” सरकारले व्यवस्था गरेको पाँच प्रतिशत स्वास्थ्य सेवा करबाहेक अस्पतालले बिरामीसँग थप १० विभिन्न सेवा शुल्कका नाममा अनावश्यक रकम असुल्ने अस्पतालमा थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, बयोधा अस्पताललगायतको नाम पनि कारबाहीको सूचीमा छ । “धेरै अस्पतालले बिरामीसँग १३ प्रतिशत स्वास्थ्यकर पनि लिएर अरु शीर्षकमा थप रकम पनि उठाएका छन् भने केही अस्पतालले पाँच प्रतिशत स्वास्थ्य कर पनि नलिएको देखिएको छ त्यो थप शंकाको विषय छ ।” प्रदर्शनीमार्गमा रहेको काठमाडौं मोडल अस्पतालले बिरामीसँगै कुनै सेवा शुल्क नलिएको पाइएको छ । सरकारले अनिवार्य गरेको पाँच प्रतिशत स्वास्थ्य कर पनि किन नलिएको भन्ने अर्को अनुसन्धानको विषय भएको विभागको भनाइ छ । विभागले आजै चौधरी गु्रपको लगानी रहेको अरुण इन्टर कन्टिनेन्टल ट्रेडर्सलाई पनि गाडीको बिक्रीमा गैरकानूनी शीर्षकमा अतिरिक्त रकम लिइएको भन्दै थप अनुसन्धान र कारबाहीका लागि प्रहरीलाई पत्र पठाएको छ । अरुण इन्टर कन्टिनेन्टल ट्रेडर्सले ग्राहकलाई सम्पूर्ण करसहित नौ लाख ९६ हजारमा आउने गाडीमा विभिन्न शीर्षकका गैरकानूनी कर जोडेर रु १५ लाख ३२ हजारसम्म बिक्री गरेको पाइएको विभागले जनाएको छ । अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर बिक्री गर्न पाइने भए पनि सो कम्पनीले विज्ञापन खर्च, दुई फरक शीर्षकमा पेट्रोल खर्चलगायत लिइएको पाइएको विभागले जानकारी दिएको छ । विभागका अनुसार उक्त कम्पनीले एक हजार ३०० गाडी बिक्री गर्दा रु ४३ करोडभन्दा बढी लिएको अनुगमनका क्रममा फेला परेको छ । रासस

आइएमइ अटोमोटिभ्सद्धारा मोबाइल सर्विस भ्यानको सुरुवात

काठमाडौं । नेपालका लागि एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टहरुको आधिकारिक वितरक आइएमइ अटोमोटिभ्स प्रालिले मोबाइल सर्विस भ्यानको सुरुवात गरेको छ । कम्पनीले आइतबारबाट यस एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टहरुका ग्राहकहरुको सुबिधालाई मध्यनजर राख्दै उक्त सेवाको सुरुवात गरेको हो । यस आइएमइ अटोमोटिभ्सले हाल नेपाल भरि सेल्स, सर्विस, र पार्ट्सको सुबिधा ग्राहकमाझ आफ्नै ब्रान्च अफिस तथा डिलर शाखाहरु मार्फत पुर्याएको छ । कम्पनीको प्रमुख उद्देश्य आफ्ना ग्राहकहरुलाई सर्व सुलभ तरिका बाट बिक्रि पछिको सेवा उपलब्ध गराउने नै रहेको छ । यसै उद्देश्यलाई कार्यान्वयन गर्दै मोबाइल सर्विस भ्यानको सुरुवात कम्पनीले यस हेवी इक्विपमेन्ट डिभिजनमा पनि गरेको छ । आइएमइ अटोमोटिभ्सले एस्कर्ट्स ब्रान्डका कन्स्ट्रक्सन इक्विपमेन्टहरुको नेपालका लागि आधिकारिक बिक्रेताभएर काम गरेको सन् २०१४ देखि हो र सुरुवात देखि नै यस ब्रान्डले नेपालमा सफलता पनि पाएको छ । एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्ट लिमिटेड, इंडिया प्रतिष्ठित एस्कर्ट्स ग्रुप अन्तर्गतको भगिनी संस्था हो । नेपालमा यस ब्रान्ड काब्याकहो लोडर, क्रेन, रोलर, कम्पैक्टर आदि खरिदका लागि उपलब्ध छन् । आइएम इ ग्रुप नेपालमा अटोमोबाइल बिजनेसमा आधिकारिक वितरकका रुपमा गत केहि वर्ष देखि काम गरि रहेको छ । यस ग्रुपसँग आबद्धित रहेका ब्रान्डहरुमा यु एममोटर साइकल र अशोक लेलैंड ब्रान्डका कमर्सियल भेहिकलहरु पर्दछन् । आइएम इ संग गासिएको सम्बन्ध संग संगै देशमा एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टहरुको बजार अझ बढ्ने क्रममा छ ।

इन्भेष्टमेण्ट बैंकको एक्स्टेन्सन काउन्टर रााष्ट्रिय ट्रमा सेन्टरमा, बिरामीले सुविधा पाउने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाडौं महानगरपालिकाको माहांकालस्थित रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्ने छ । काउन्टरले ट्रमा सेन्टरमा आउने बिरामीको उपचारका क्रममा टिकट काट्नेदेखि विल भुक्तानीमा पनि सहयोग गर्ने छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा संचालन हुने गरी ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको हो । यस सेवाले अस्पतालमा आउने विरामीले सुविधा पाउनेमा बैंक विश्वस्त छ । साथै बैंकले निकट भविस्यमै ट्रमा सेन्टरको परिसर मै आफनो ९८औं एटिएम संचालनमा ल्याउने छ । राष्ट्रिय ट्रमा सेन्टरको प्रबेशद्धार रहने एटिएमबाट अस्पतालमा आउने सेवाग्राहीका साथै सर्वसाधारणले पनि सेवा लिन सक्नेछन् । आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणगढ र पर्सा शाखा स्थानान्तरणको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको  बैंकको ५४ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी १० अर्ब ६३ करोड रुपैयाँ रहेको यस बैंकको हाल निक्षेप १३१ अर्ब रुपैयाँ तथा कूल कर्जा लगानी १०७ अर्ब रुपैयाँ पुगेको छ ।

क्रिकेट हेर्दै ‘आत्म हत्याको कथा’ सुन्छन् सेयर बजारका लगानीकर्ता

काठमाडौं । ‘कोहिले फाइनान्स(सहकारी)को पैसा जग्गामा हाल्ने, जग्गा बेचेर सेयरमा पैसा हाल्ने रहेछन, अनि सेयर बजार ओरालो लागेपछि सेयर बजार जिन्दावाद भनेर धरहराबाट हाम फाल्दा रहेछन्, अहिले पो धरहरा छैन्’, यो कथा सुनाउने पात्र हुन लगानी कर्ता रामप्रसाद अमगाईँ । उनले अर्काे कथा पनि सुनाए–‘भक्तपुरका एक जना पासाले सेयरबाट करोड कमाए, अब अर्ब कमाउँछु भन्दै सेयर धितो राखेर ऋण लिए अनि फेरी सेयर किने । तर बजार ओरालो लागेपछि बैंकले मार्जिन कल गर्यो अनि पुरै सेयर बेचिदियो, अहिले पासा पुर्पुरोमा हात लगाएर बसेका छन् ।’ आइतबार कालिका सेक्युरीटीजमा करिब २० जना लगानी कर्ता देखिन्थे । उनीहरुका आँखा नेप्से इण्डेक्स र नजिकैको टेलिभिजनमा बराबर घुमिरहेको हुन्थ्यो । अर्का एक लगानीकर्ताले सोधे–यहाँ आउने एक जना विद्यार्थी कता हराए ?  एक जना लगानीकर्ताले जवाफ फर्काए–विद्यार्थीले २८ सयमा साना किसानको सेयर किनेको रे, घटेर १४ सयमा आएछ, अहिले उमेरमै दारी पालेर हिडेका छन रे । अर्का लगानीकर्ता बोले–सेयर बजार ओरालो लाग्दा देशमा धेरै विद्धान मान्छेहरु बिग्रन्छन । उनको भनाईको आसय थिायो, सेयर बजार घट्दा धेरै मान्छे पागल हुन्छन् । निर्मल प्रधानले सेयर बजारमा गर्ने चलखेलको किस्सा पनि कालिका सेक्युरीटीजमा सुन्न पाइन्थ्यो । प्रधानले एक दिन कसरी बजार घटाएर सेयर किन्थे र अर्काे दिन कसरी मूल्य बढाएर बेच्थे भन्ने कथा सुनाईरहेका थिए । त्यहिबिचमा एक जनाले भने–अधिकांश ब्रोकरहरुमा महिला लगानी कर्ताहरुको संख्या घटेको देखिन्छ । ब्रोकर एसोसियसनका अध्यक्ष प्रियराज रेग्मीको क्रिष्टल सेक्युरीटिज पुग्दा पनि एक दर्जन भन्दा बढि लगानी कर्ता नेप्से इण्डेक्स हेरिरहेका थिए । उनीहरुले भने आइतबार सेयर बजार घट्नुमा नेपाल टेलिकम र स्ट्याण्डर्ड चाटर्ड बैंकलाई दोष दिए । ‘टेलिकम र स्ट्याण्डर्ड चाटर्ड बैंकले गर्दा आज सेयर बजार घट्यो’, क्रिष्टल सेक्युरीटिजमा भेटिएका लगानी कर्ताहरुले भनिरहेका थिए । सेयर बजारका लगानी कर्ताहरुलाई सरकार कहिले बन्छ भन्ने प्रश्नले पनि सताएको देखियो । उनीहरु भन्दै थिए–नयाँ सरकार फागुन दोश्रो साता मात्रै आउँछ रे, त्यतिञ्जेल यस्तै हो ।’ हाँसो र पिँडा मिश्रित हल्लाखल्लाका बिच लगानीकर्ताहरु बजार सुधारिनेमा भने आशावादी नै देखिएका छन् ।

यस्ता छन् सन् २०१७ मा भएका मुख्य १४ घटना

काठमाडौं । सन् २०१७ पनि अघिल्ला वर्षहरुझैँ धेरै उतार चढावका साथ विदा हुँदैछ । अमेरिकामा नयाँ राष्ट्रपतिका रुपमा डोनाल्ड ट्रम्पले पद बहाली गरेसँगै सुरु भएको विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै रह्यो । यसवर्ष सबैभन्दा धेरै राष्ट्रपति ट्रम्प नै विवादमा आए । उनले माफी माग्ने देखि चेतावनी दिनेसम्मका घटना भए र तिनले विश्वमा चर्चा पनि पाए । त्यस बाहेक उनीसँग जोडिएर उत्तर कोरिया र रुस आइनै रहे भने प्राकृतिक प्रकोप र आतङ्ककारी हमला पनि भए । सन् २०१७ लाई विदा गर्दैगर्दा यस वर्षका मुख्य घटनाहरुलाई संक्षिप्त रुपमा स्मरण गर्ने प्रयास गरिएको छ । अमेरिकी बन्दुक मोह सन् २०१७ मा अमेरिकी नागरिकको बन्दुकबाट मात्र कम्तीमा ३४६ जनाको ज्यान गइसकेको छ । यसरी अमेरिकामा गएका तीन वर्षयताको तथ्याङ्क हेर्दा प्रत्येक दिन बन्दुकबाटै कम्तीमा एकजनाको ज्यान गइरहेको छ । सन् २०१४ मा निकालिएको पछिल्लो तथ्याङ्कमा अमेरिकामा भएका हत्याकाण्डबाट करिब १५ हजार जनाको ज्यान गएको थियो । ती हत्यामध्ये करिब ६८ प्रतिशतको ज्यान नागरिकका बन्दुकबाटै भएको थियो । अमेरिकामा मात्रै यस वर्ष एक महिनाको अन्तरमा दुई ठूला गोलीकाण्ड भए, त्यसबाट सय भन्दा बढी मारिए । अमेरिकी सहर लस भेगसमा गएको अक्टोबर ३ मा भिषण आक्रमण हुँदा कम्तीमा ५९ जनाको ज्यान गयो । अरु ५२७ जना घाइते भए । त्यो आक्रमण एउटै व्यक्तिले गरेको थियो । कन्सर्ट भइरहेको स्थानमा नजिकको होटलको ३२औँ तल्लाबाट भूईँमा गरेको आक्रमणबाट ५९ जना मारिएका छन् भने ५०० भन्दाबढी घाइते भए । ६४ वर्षीय अमेरिकी नागरिक स्टेफन प्याडकले आफूसँगको अनुमति प्राप्त बन्दुकले लस भेगासमा गरेको नरसंहारको संसारमै चर्चामा रह्यो । त्यसैगरी लास भेगासमा भएको सो नरसंहारपछि त्यसको ठीक पाँच हप्ताअघि अर्थात नोभेम्बर ६ मा गोलीहानी अमेरिकाकै सदरल्याण्ड स्प्रिङ्गस्थित एउटा चर्चमा आइतबार बिहानको प्रार्थनाको समयमा २६ जनाको ज्यान लिने गरी अर्को हत्याकाण्ड भएको थियो । यस दुर्घटनालाई पनि अमेरिकाको इतिहासको दर्दनाक नरसंहार भनिएको छ । उत्तर कोरियाको आणविक तनाव सन् २०१७ मा पनि अमेरिका र उत्तर कोरियाको तनाव वर्षभरी चर्चामै रह्यो भने उत्तर कोरियाले मिसाइल परीक्षण गरिरहेको विषयले विश्वलाई तर्साइरह्यो । अमेरिका र उत्तर कोरियाले एकले अर्कोलाई ध्वस्तपार्ने चेतावनीदेखि तल्लोस्तरको गाली गलौज गर्न पनि पछि हटेनन् । यो आणविक हतियारको होडबाजीले संसारमा ठूलो तहल्का मच्चायो । संयुक्त राष्ट्रसंघ, संयुक्त राज्य अमेरिकालगायत संसारका धेरै देशको आग्रह एवं आणविक शस्त्रको विरोध हुँदाहुँदै उत्तर कोरियाले पछिल्लो पटक सेप्टेम्बर ३ मा निकै शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्यो । उसका अनुसार सो क्षेप्यास्त्रले अमेरिकासम्म मार हान्न सक्छ । अमेरिका रुस चुनावी विवाद अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको हात रहेको भनी निर्वाचनताका विवादमा आएको यो मुद्दाले अमेरिकी मिडियाको सन् २०१७ को पनि अधिकांश समय र स्थान लिएको छ । यसबाट अमेरिकामा निकै लामो विवाद पनि उत्पन्न भयो । यो विवाद अमेरिकाको सिनेट समितिसम्म पनि पुग्यो र उक्त समितिमा राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरालाई संसदीय सुनुवाइका लागि नै उभ्यायो । निर्वाचनका समयमा ट्रम्पलाई पुटिनको सूचना तथा प्रविधिको सञ्जालले सघाएको भनी गरिएको प्रचारको विरोधमा उनी उभिएको भए पनि एकजना रुसी वकिलसँग उनका जेठा छोराले नै त्यस समयमा डिल गरेको तथ्य खुल्न आयो । यसले अमेरिकीहरुमा एक हिसाबले ठेस नै लाग्न पुगेको थियो । संसारमै अब्बल दर्जाको देश र नागरिक ठान्ने देश र नागरिकले आफ्नो निर्वाचनमा आफ्नो परम्परागत विरोधी रही आएको रुसको प्रभाव देखिनु र त्यो प्रमाणित पनि हुनुले उनीहरुको प्रतिष्ठामा आँच आएको महसुश भएको थियो । यसले पुटिन र ट्रम्प सम्बन्धमा राम्रो गरेपनि अमेरिकी नागरिकको सोँचमा भने ह्रास ल्याइदिएको महसुश भएको छ । ‘ब्रेक्जिट’ को कसरत जारी युरोपेली संघका नेता बेलायत इयुबाट बाहिरिने प्रक्रिया ब्रेक्जिटको दोस्रो चरणको छलफलको तयारीमा जुटेका छन् । इयुका नेताले ब्रेक्जिटको प्रक्रिया पूरा भएपछि युनियनभित्रका देशसँगको सम्बन्धका बारेमा स्पष्ट हुन बेलायतसँग आग्रह गरेका छन् । बेलायत सन् २०१९ को मार्चदेखि इयुबाट बाहिरिने छ । त्यसपछिको फेरिएको अवस्थालाई पूर्ण रुपमा मिलाउनका लागि दुई वर्ष लाग्ने अनुमान गरिएको छ । बेलायत इयुबाट बहिरिने की नबाहिरिने भन्ने विषयले सरकार परिवर्तन नै गरायो । बाहिरिनु पर्छ की पर्दैन भन्ने विषयमा २०१६ को जुलाईमा भएको जनमत संग्रहमा बाहिरिनु पर्ने पक्षमा मत प्राप्त भएको थियो । भ्रष्टाचारका कारण राष्ट्रपति र प्रधानमन्त्री अपदस्थ सन् २०१७ मा दुई मुलुकका शक्तिशाली व्यक्तिलाई अदालतले भ्रष्टाचारी ठहर गरेर अपदस्थ गरिदिएको छ । दक्षिण कोरियाकी राष्ट्रपति पार्क गेउन हाइलाई भ्रष्टाचार गरेको र शक्तिको दुरुपयोग गरेको आरोपमा महाअभियोग लगाइयो र पछि अदालतको आदेशमा नै थुनामा राखिएको छ । अदालतको आदेशपछि पार्कलाई प्रहरीले नियन्त्रणमा लिई सोलको दक्षिणी भागमा रहेको एउटा कारागारमा राखिएको थियो । ६५ वर्षीया पार्कलाई कडा सुरक्षाका साथ कारागारमा राखिएको थियो । पार्कलाई एक अदालतले दोषी ठहर गरेपछि यसैवर्ष पक्राउ गरिएको थियो । तर उनी सर्वोच्च अदालत गएका छन् र हाल त्यस सम्मका लागि धरौटीमा छन् । त्यसैगरी चार वर्षअघि तेस्रोपटक प्रधानमन्त्री पद सम्हाल्दै गर्दा पाकिस्तानलाई ‘एसियाको टाइगर’ बनाउने घोषणा गरेका नवाज सरिफ अहिले आफै भ्रष्टाचारको आरोपमा निकालिएका छन् । आर्थिक रूपमा सबल पारी एसियाकै उत्कृष्ट मुलुक बनाउने योजना पूरागर्न ‘भ्रष्टाचार’ मुख्य बाधक रहेको बताउने सरिफ आफै भ्रष्टाचारको महाअभियोगमा परेका छन्। प्रधानमन्त्री पदको सपथ लिइरहँदा उनले ‘भ्रष्टाचारप्रति शून्य सहनशीलता’ अपनाउने वाचा गरेका थिए। पाकिस्तानको ठूलो स्टिल कम्पनी ‘इत्तेफाक’ का मालिकसमेत रहेका सरिफमाथि पदीय दुरुपयोगगर्दै आफ्नो कम्पनीलाई फाइदा दिलाएको र सरकारी स्रोतमा अनियमितता गरेको आरोप थियो । पानामा पेपर्स नामक एक विश्वचर्चित भ्रष्टाचारको खोजीले उनलाई पनि दोषी देखाएको थियो । पछि अदालतले नै उनलाई दोषी ठहरायो र पदबाट राजिनामा दिनुपर्ने भयो । त्यस बारेमा अहिले पनि अदालतको सुनुवाई जारी छ । के कस्तो सजायँ हुने हो भन्ने बारेमा भने अहिले नै केही आएको छैन । अमानवीय व्यवहार भोग्दै रोहिङ्ग्या गएको अगष्ट महिनामा म्यानमारका रोहिङग््या मुसलमान समुदायका विरुद्ध म्यान्माली सेनाले सञ्चालन गरेको कारवाहीमा परी कम्तीमा पनि ६ हजार ७०० जना सर्वसाधारण नागरिक मारिएको प्रतिवेदन सार्वजनिक भएको थियो । डाक्टर विदाउट बोर्डरर्स, एमएसएफले तयार पारेको प्रतिवेदन अनुसार राखिन राज्यमा गत अक्टोबर १० देखि एक महिनासम्म गरेको कारबाहीका क्रममा मारिनेमा ७३० जना बालबालिका पनि छन् । उनीहरुमाथिको यो ज्यादतिपछि उनीहरु गत अगष्ट २५ देखि झण्डै छ लाख २० हजार भन्दा बढी म्यान्माली शरणार्थी बङ्गलादेश पुगेका छन् । यती धेरै शरणार्थी भएको यो विश्वकै एक मात्र घटना भएको अन्तर्राष्ट्रिय निकायहरुले जनाएका छन् । यस्तो क्रुर अमानवीय व्यवहारको पक्षधरता लिएको भन्दै म्यानमारकी नेतृ आङसाङ सुकीलाई दिइएको नोवेल शान्ति पुरस्कार फिर्ता गराउनु पर्ने आवाज पनि विश्वभरीबाट उठेको छ । यो विवाद पनि सन् २०१७ को एक विश्वव्यापी घटनाका रुपमा रह्यो । स्पेन टुक्र्याउने प्रयास असफल स्पेनको क्याटालोनिया राज्यलाई गत अक्टोबरमा स्वतन्त्र घोषणा गर्ने जनमत संग्रहको निर्णयसँगै क्याटालोनीय विश्व राजनीतिमा चर्चामा छ । जनमत संग्रहको निर्णय अनुसार भन्दै क्याटालोनीयालाई त्यहाँका शासकहरुले छुट्टै राज्यको घोषणा गरेपछि केन्द्रीय सरकारले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको छ । केन्द्र सरकारले राज्य सरकारका पूर्व सदस्यहरु मध्ये आठ जना शिर्ष नेताहरुसहित कैयौलाई कारबाही चलाएको छ भने कतिपय देश छाडेर भागेका छन् । उनीहरुलाई देशद्रोह, विद्रोह र पृथकतावादी आन्दोलन चलाएको तथा राज्यकोषको चरम दुरुपयोग गरेको भन्दै सरकारले अदालतमा मुद्धा दायर गरेको थियो । स्पेनको संविधानको धारा १५५ अनुसार प्रधानमन्त्री मारिआनो राजोएले उनीहरूलाई निलम्बन गरी क्याटलोनीया प्रदेशलाई डिसेम्बरको २१ तारिखका दिन गराएको निर्वाचनमा पनि पृथकताबादीहरुको पार्टीले अत्याधिक बहुमत ल्याएको छ । तर उनीहरुलाई पृथक हुने अधिकार भने दिइएको छैन । पत्नीका कारण सत्ता गुम्यो जिम्बाबेका राष्ट्रपति रोबर्ट मुगावेको ३७ वर्षे एकछत्र शासनकालको राजनीतिमा बढी पत्नीमोह देखाएको कारण अन्त्य भएको छ । सेनाले ‘कु’ गरेसँगै दबाबमा परेका राष्ट्रपति मुगाबेले आफूविरुद्ध संसद्मा महाभियोग प्रस्ताव टेबल हुनुअघि पदबाट राजीनामा दिए । तिरानब्बे वर्षीय मुगावे सन् १९८० मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेसँगै निरन्तर सत्ताको नेतृत्व गरिरहनु भएको थियो । कमजोर स्वास्थ्य र बढ्दो उमेरसँगै सत्ताको उत्तराधिकारी चयन गर्ने विषयमा उनकी पत्नी ग्रेस मुगाबे र उपराष्ट्रपतिबीच विवाद देखिएपछि सेनाले हस्तक्षेप गरी उनलाई नजरबन्दमा राखेको थियो । उनले आफ्नै पत्नीलाई सत्ता सुम्पिने योजनासहित उपराष्ट्रपतिलाई पदबाट बर्खास्त पनि गरेका थिए । स्वतन्त्रता प्राप्तिका सेनानी मुगावेलाई सम्मानपूर्वक सत्ताबाट हटाउन सेनाले वार्ता गरी राजीनामा दिन आग्रह गरेपनि मुगावेले अस्वीकार गरेपछि सेनाले कु गरेको हो । सेनाको नजरबन्दबाटै मुगाबेले राजिनामा बुझाएपछि सेनाको समर्थन प्राप्त पूर्वउपराष्ट्रपति इमर्सन मनङ्वा नयाँ राष्ट्रपति भएका छन् । चर्चामा चीन चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले राष्ट्रपति सि चिनफिङलाई पार्टीको विधानमा माओ त्सेतुङ सरहको स्थान दिएको छ । पार्टीको महाधिवेशनको अन्तिम सत्रले विधान संशोधन गर्दै अध्यक्ष सिको राजनीतिक विचारलाई ‘नयाँ युगको चिनियाँ विशेषतासहित समाजवादबारे सि चिनफिपिङको विचार’ भन्ने नारा समाविष्ट गरेको छ । चीनमा हालसम्म त्यस्तो सम्मान कम्युनिष्ट पार्टीका संस्थापक नेता माओलाई र सन् १९८० को दशकमा चीनमा आर्थिक सुधार ल्याएका देङ सिआओपिङलाई मात्रै दिइएको छ । यसले चीनको तेस्रो युग सुरु भएको व्यख्या गरिएको छ । गत अक्टोबरको दोस्रो हप्ता सुरु भएको चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ काँग्रेसले पार्टीको विधानमा गरिएको अन्य संशोधनले राष्ट्रपति सिलाई थप शक्तिशाली बनाएको छ भने नयाँ उत्तराधिकारी चयन नगरेकाले उनको सत्ता आयु अझै लम्बिने देखिएको छ । भारतीय काँग्रेस पार्टीमा नेतृत्व हस्तान्तरण भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसको नेतृत्व १९ वर्षपछि अर्को पुस्तामा हस्तान्तरण भएको छ । गत १९ वर्ष देखि पार्टीको अध्यक्ष रहनु भएकी सोनिया गान्धीले उपाध्यक्ष राहुल गान्धीलाई नै अध्यक्ष बनाएको विषयले भारतमा चर्चा पायो । काँग्रेसको सबैभन्दा माथिल्लो पदका लागि राहुलबाहेक कसैले पनि उम्मेदवारी दिएनन् । अहिले ४७ वर्ष पुग्नु भएका राहुलले अध्यक्ष भएपछि अब पार्टीलाई प्रभावकारी बनाउने विश्वास धेरैले गरेपनि कतिपयले भने संशय व्यक्त गरेका छन् । यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो । सोनीय अध्यक्ष भएकै बेला अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले काँग्रेसलाई आम निर्वाचनमा नराम्ररी पराजित गराएको थियो । बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ । नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ । अमेरिका प्रवेशमा सात मुस्लिम राष्ट्रका नागरिकलाई निषेध डोनाल्ड ट्रम्पले मुस्लिम बाहुल विभिन्न ७ देशका नारिकलाई अमेरिका प्रवेशमा रोक लगाउने कानुन बनाए । तर त्यसको विश्वका मुस्लिम देशहरुले विरोध गरे र भने कि यसरी कुनै देश नै तोकेर अर्को देशमा प्रवेश गर्न नपाउने भनी गरेको निर्णय मानवअधिकार विरोधी भएको बताए । त्यसले गर्दा अदालतलको आँखा पर्यो र अदालतले सो निर्णयको विरुद्धमा फैसला गरिदियो । पुनः ट्रम्प प्रशासन माथिल्ले अदालत गयो, यसको विरुद्धमा । उहाँको त्यो निर्णयको पक्षमा दियो सर्वोच्च अदालतले फैसला । निकै विवाद नै भए पनि उनको यो एउटा निर्णयले मात्र अमेरिकी राष्ट्रपतिको कामलाई सदर गरिदियो । अन्यथा उनका हरेक कामलाई अदालतले प्रश्न गरेको छ । जर्मन चान्सलरमा फेरि मर्केल जर्मन चान्सलर एन्जेला मार्केल सन् २०१७ मा पनि चर्चाको शिखर रहे । गएको सेप्टेम्बर महिनामा भएको निर्वाचनबाट उनी चौथो पटक पनि जर्मन चान्सलरमा निर्वाचित हुन सफल हुनु भएकोले उनको चर्चा चुलिएको हो । प्रभावकारी नेताको पहिचान दिन सफल मार्केल यस पटक चौथो पटक यहाँको चान्सलर हुन सफल भएपछि चर्चामा आएका हुन् । कतारसँग छिमेकीको सम्बन्ध विच्छेद इरानको मुख्य विरोधी साउदी अरेबियासहित केही मुलुकहरुले कतारसँग गएको जुन ५ मा सम्बन्ध तोडेका छन् । कतारले आतङ्कवादलाई सहयोग पु¥याएको उनीहरुको आरोप छ । यस आरोपलाई कतारले भने अस्वीकार गर्दै आएको छ । कतारमा आउने खाद्यान्नको चालीस प्रतिशत उसको जमिन जोडिएको छिमेकी साउदी अरेबियाबाट आउँथ्यो । आइएसका सशस्त्र लडाकू समूहलाई भित्रभित्रै सहयोग गरेको, अमेरिका, युरोपेली संघलगायत पश्चिमी मुलुकहरुद्वारा कडा प्रतिबन्ध लगाइएको इरानसँग गहिरो साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रबीच आपसी मतभेदकारी नीति अवलम्बन गरेकोजस्ता आरोपमा गल्फका छ अरबी राष्ट्रहरु–इजिप्ट, लिबिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन, यमन तथा टाढाको दक्षिण एसियाली राष्ट्र माल्दिभ्ससमेत सातवटा मुलुकले कतारसँग दौत्य सम्बन्ध बिच्छेद गरेका थिए । ती मुलुकले कतारस्थित आ–आफ्ना कूटनीतिक नियोग वा राजदूतावासबाट राजदूतलगायत सबै कर्मचारी फिर्ता बोलाउनुका साथै आफ्नो मुलुकमा रहेका कतारका सबै कूटनीतिक कर्मचारी एवम् नागरिकलाई देश छोड्ने आदेश दिएका थिए । त्यति मात्र नभई ती राष्ट्रले आफ्नो जलमार्ग, स्थलमार्ग तथा हवाइमार्गका नाका प्रयोग गर्नबाट कतारका पानी जहाज, गाडी तथा विमानलाई प्रतिबन्ध लगाउने तथा आफ्नो देशका सबै विमान सेवाले कतारका कुनै पनि गन्तब्यतर्फ उडान नगर्ने निर्णय लिएका थिए । अझ कतारसँग स्थल सीमा जोडिएको मुलुक युनाइटेड अरब इमिरेट्सले आफ्नो सीमासमेत बन्द गरेको थियो । अमेरिकाका कारण जेरुसेलम विवाद इजरायलको राजधानी जेरुसेलमलाई अमेरिकाले मान्यतादिने निर्णय अकस्मात सार्वजनिक गर्यो । यसले विश्वका मुस्लिम देशहरुलाई आन्दोलित बनायो । यसैका कारण अमेरिका पनि विश्व समुदायबाट पहिलो पटक नराम्ररी एक्लिन पुग्यो । राष्टपति टम्पले यही डिसेम्बर ६ मा यो निर्णय सार्वजनिक गरेका थिए । तर त्यसलाई मुस्लिम राष्ट्रहरुले तत्कालै विरोध गरे र त्यसयता लगभग दिनहुँजसो विश्वका मुस्लिम देशहरुमा अमेरिकाको विरुद्धमा जुलुस निस्किन थाल्यो । पछि यस मुद्दामा राष्ट्रसंघीय महासभामा डिसेम्बर २१ म मतदान नै भयो । अरब र मुस्लिम देशहरूको माग बमोजिम १ सय ९३ सदस्यीय महासभामा मतदान भयो । यसरी मतदान हुँदा अमेरिकी प्रस्तावको पक्षमा अर्थात जेरुसेलमलाई राजधानी मान्ने पक्षमा ९ मात्र र नमान्ने पक्षमा १२८ मुलुकहरूले मतदान गरेका थिए । मतदानको समयमा ३५ वटा मुलुक भने अनुपस्थित रहेका थिए । रासस (विभिन्न एजेन्सीहरुको सहयोगमा)

नेप्से परिसूचक २४ अंकले ओरालो, होटल बाहेक सबै सूचक राताम्मे

काठमाडौं । आइतबारको नेप्से परिसूचक २४ अंकल ओरालो लागेर १३९०.५८ अंकमा अडेको छ । कारोबार खुलेको करिब २ घण्टामा करिब ३० अंकले घटेको बजार त्यसपछिको कारोबारमा भने परिसूचकलाई केही टेवा पुगेको हो । दोहोरो अंकले घटेको बजारमा ५८ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कुल १५८ कम्पनीको १८ लाख २५ हजार कित्ता सेयर किनबेच भएका छन् । आइतबार होटल समूह बाहेक अन्य समूहका परिसूचक राताम्मे भएका छन् । सो दिन बीमा समूहको ८३, अन्य समूहको ५५, माइक्रोफाइनान्सको ३७, विकास बैंक र बैंकिङको १६/१६ अंकले र हाइड्रोको १२ अंकले परिसूचक ओरालो लागेका हुन् । होटल समूहको भने सामान्य ४ अंकले बजार उकालो लागेको छ । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी पोखरा फाइनान्सका लगानीकर्ताले ५ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् ।