गैह्र अनुदानको दुई मल बेच्दै साल्ट ट्रेडिङ
काठमाडौं । सरकारी स्वामित्वको संस्था साल ट्रेडिङ कर्पोरेशनले पछिल्लो समय गैह्र अनुदानको दुई प्रकारको मल बिक्री गर्दै आएको छ । सरकारी अनुदानको रासायनिक मलको भार घटाउनका साथै कृषकलाई सन्तुलित मलखादको प्रयोगका लागि विकल्प प्रदान गर्ने उद्देश्यले सो मलहरु बिक्री गर्न थालिएको जनाइएको छ । ट्रेडिङले वितगमा सकारी अनुदानका युरिया, डीएपी लगायतका मल बिक्री गर्दै आएकोमा अब, सिङ्गल सुपर फस्फेट र एमोनियम सल्फेटको बिक्री गर्न थालिसकेको जनाएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी ट्रेडिङले औपचारिक रुपमा मल कम्पनीको सबै शाखा कार्यालयहरुदेखि बिक्री गर्न सुरु भइसकेको जानकारी दिएको छ । कृषि परामर्शदाता भगवान प्रसाद खतिवडाले सिङ्गल सुपर फस्फेटमा १६ प्रतिशत फस्फोरस, १२ प्रतिशत सल्फर तथा २१ प्रतिशत क्यालशियम रहने बताए । यसको अति सुक्ष्मतत्वहरु जिङ्क तथा वोरोन मिश्रण गरिएको हुँदा मल सबै बालीनालीहरुका लागि महत्वपूर्ण हुने उनको दावी छ । एमोनियम सल्फेटमा २१ प्रतिशत नाईट्रोजन तथा २४ प्रतिशत सल्फर रहेको उनको भनाइ छ । त्यस्तै विरुवालाई ठिक मात्रामा आवश्यक पर्ने नाईट्रोजनतत्व तथा मुख्य सहायक तत्वको रुपमा रहेको सल्फरले गर्दा यसले प्रभावकारी उत्पादन दिन सक्ने उनले जनाए । कार्यक्रममा कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कम्पनीले उक्त गैह्र अनुदानित रासायनिक मलहरु मुलुकभरको आफ्नो २८ ओटै बिक्रीकेन्द्रहरुबाट ग्राहकमाझ पुर्याउने बताए । कर्पोरेशनका अनुसार सिंगल सुपर सल्फेट भारत र एमोनियन सल्फेट दक्षिण कोरियाबाट आयात गरिदै आएको छ । ५० किलो बोरामा उपलब्ध हुने ती मलको मूल्य क्रमशः प्रतिकिलो २६ रुपैयाँ ५० पैसा र १८ रुपैयाँ कम्पनीले तोकेको छ ।
सौर्य विद्युत् उत्पादक संघमा गौतम निर्वाचित
काठमाडौं । नेपाल सौर्य विद्युत् उत्पादक संघको १७ औँ साधारणसभाले किरण गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । पोखरामा सम्पन्न साधारणसभाले संघको वरिष्ठ उपाध्यक्षमा इन्द्र खनाल, प्रथम उपाध्यक्षमा प्रकाशविक्रम बस्नेत, द्धितीय उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, महासचिवमा सुनिल ढकाल, सचिवमा किरण प्रधान, कोषाध्यक्षमा विनोद सापकोटा निर्वाचित भएका छन् । संघको कार्यकारी सदस्यमा केशव दाहाल, दीपक जोशी, विश्वविक्रम जोशी, ओम केसी, रुद्र पुन नवीन शाही, भरत मल्ल श्रीराम अधिकारी, पदम भट्टराई, दीपक गौतम र जीतेन्द्र भट्टराई रहेका छन् । संघमार्फत देशभर छ लाख १७ हजार ४६ वटा घरेलु सौर्य प्रणाली, एक लाख दुई हजार १९ वटा साना सौर्य प्रणाली, १४ हजार ६७६ संस्थागत सौर्य प्रणाली र एक हजार ६९६ का सौर्य पम्प जडान भएको सो अवसरमा जानकारी दिइयो । रासस
स्ट्याण्डर्ड चार्टर्ड र प्रभु बैंकमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण
काठमाडौं । सेयर बजार बढेसँगै लगानीकर्ताले आकर्षण दुई वाणिज्य बैंकमा देखिएको छ । सोमबार स्ट्याण्डर्ड चार्टर्ड बैंक र प्रभु बैंकको सबैभन्दा बढी सेयर कारोबार भएको छ । स्ट्याण्डर्डको प्रतिकित्ता १ हजार ३३ रुपैयाँमा २ करोड ८८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बैंकको सोमबार २८ हजार ७११ कित्ता कारोबार भएको छ । आइतबार स्ट्याण्डर्डको सेयर मूल्य समायोजन भएर प्रतिकित्ता ९५० रुपैयाँ कायम भएकोमा सोमबार बढेर १ हजार ३३ रुपैयाँ पुगेको छ । एक दिनको अन्तरालमा स्ट्याडर्ड चार्टर्ड बैंकका लगानीकर्ताले प्रतिकित्ता ८३ रुपैयाँ फाइदा गरेका छन् । स्ट्याण्डर्ड चाटर्डको सेयर मूल्य अझै बढ्न सक्ने अनुमान लगानीकर्ताकाे छ । राम्रो बैंक र प्रतिफल पनि आर्कषक भएकाले लगानीकर्ताको आकर्षण स्ट्याण्डर्डमा बढेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौड्याल बताउछन् । गत वर्षको गरेको आम्दानीबाट सेयरधनीलाई सतप्रतिशत बोनस सेयर दिएपछि बिहीबार स्ट्याण्डर्डको २२ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको थियो । शत्प्रतिशत बोनस सेयर वितरण गरेर स्ट्याण्डर्डले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याएको छ । यस्तै प्रभु बैंकको बुक क्लोजको समय आएकाले सेयर किनबेच बढेको हो । सोमबार प्रभुको प्रतिकित्ता ३२५ मा ८२ हजार ८०२ कित्ता सेयर किनबेच भएको छ । प्रभुको २ करोड ६७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दैछ । आइतबार प्रभुको प्रतिकित्ता १६० रुपैयाँमा ३ करोड ७८ लाख रुपैयाँको संस्थापक सेयर किनबेच भएको थियो ।
ब्याजदर नबढाउने बैंकको प्रतिवद्धताले सेयर बजारमा उछाल, एकैदिन ४४ अंकले बजार बढ्यो
काठमाडौं । बैंकहरुले ब्याजदर नबढाउन भनेपछि यसको सकरात्मक असर सेयर बजारमा परेको छ ।सोमबार सेयर बजार ४४.२२ अंकले बढेको छ । आइतबार २४ अंकले घटेको बजार सोमबार झण्डै दोब्बर अंकले बढेको छ । स्थिर ब्याजदरले लगानीकर्तामा आशा जगाएको छ । बजार निरन्तर घटेर संकट आउने अवस्था आएपछि नेपाल इन्भेष्टर्स फोरमले आइतबार बैंकर्सलाई भेटी ब्याजदर नबढाउन आग्रह गरेको थियो । नेपाल बैकर्स एसोसियसनको बैठकमा निक्षेपको ब्याज बढाउँदा यसको गम्भीर असर कर्जा लगानीमा पर्ने भन्दै केही समयका लागि स्थिर ब्याजदर राख्न आन्तरिक सहमति भएको थियो । बैंकले ब्याजदर बढाउदैनन् भन्ने मनोवैज्ञानिक असर लगानीकर्तामा परेको छ । सोमबार बजार बढ्नुमा बैंकले स्थिर ब्याजदर नै मुख्य कारण भएको फोरमा अध्यक्ष अम्बिकाप्रसाद पौडेल बताउछन् । सोमबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पादनमुलक र लघुवित्त सबैको सेयर मूल्य बढेको छ । बजार बढेपनि कारोबार रकम भने बढेको छैन् । सोमबार ४९ करोड ४३ लाख रुपैयाँको सेयर किनबेच भएको छ । अाइतबारकाे तुलनामा नेप्से परिसूचकमा सुधार अाएतापनि सेयर काराेबार भने गिरावट भएकाे छ । अाइतबारकाे बजारमा ५८ कराेडकाे सेयर किनबेच भएकाे थियाे ।
पाँच महिनामा वैदेशिक लगानी प्रतिवद्ता ३ गुणा बढ्यो
काठमाडौं । पाँच महिनामा वैदेशीक लगानीको प्रतिबद्धता झण्डै तीन गुणा बढेको छ । स्थानिय तहको निर्वाचन तथा राजनीतिक दलहरुले गरेका आर्थिक समृद्धिको प्रतिवद्धताको कारण वैदेशीक लगfनी बढेको हो । स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचनले नेपालमा राजनीतिक स्थायीत्व हुने संभावना बढेपछि लगानीको प्रतिवद्धता बढेको हो । उद्योग विभागको तथ्याङ्क अनुसार पाँच महिनामा २.९ प्रतिशत वैदेशीक लगानीको प्रतिबद्धता बढेको छ । तथ्याङ्क अनुसार चालु अर्थिक वर्षको पाँच महिनामा १३ अर्ब १२ करोड रुपैयाँको लगानी प्रतिवद्धता आएको हो । गएको वर्षको सोही महिनामा ४ अर्ब ४१ करोड रुपैयाँको मात्रै लगानीको प्रतिबद्धता आएको थियो । तथ्याङ्क अनुसार कृषि तथा वनजन्य क्षेत्रमा १ अर्ब ८५ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । जबकी गएको वर्ष सोही अबधिमा ४ करोड रुपैयाँको मात्रै लगानीको प्रतिबद्धता आएको थियो । त्यस्तै पाँच महिनाको अबधिमा निर्माण तथा प्रशोधन क्षेत्रमा ५ गुणा भन्दा बढी लगानीको प्रतिबद्धता प्राप्त भएको छ । तथ्याङ्क अनुसार यो पाँच महिनामा ५ अर्ब ३२ करोड रुपैयाँ लगानीको प्रतिबद्धता आएको छ । गएको सोही अबधिमा उक्त प्रतिबद्धता १ अर्ब ३ करोड रुपैयाँ मात्रै थियो । साथै उर्जा, सुचना सञ्चार प्रविधि लगायतको प्रतिवद्धता बढेको छ । उद्योग विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले ठूला परियोजना आएकोले लगानी प्रतिबद्धता समेत बढेको बताए । “मुलुकलाई ठूलो लगानीको आवश्यकता छ,” उनले भने “भूकम्पले क्षतिग्रस्त भौतिक संरचनाहरको निर्माण कार्यले गर्दा गएको वर्षभन्दा अहिले वैदेशिक लगानी ठूलो मात्रामा वृद्धि भएको हो ।”(प्रशिक्षार्थी)
भूकम्पले क्षति पुर्याएका ९०४ खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण सम्पन्न
काठमाडौं । भूकम्पले क्षति पुर्याएका ९०४ वटा खानेपानी तथा सरसफाइ आयोजनाको पुनःनिर्माण सम्पन्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । गोरखा भूकम्पबाट अति प्रभावित १४ र प्रभावित १७ जिल्लामा गरी तीन हजार २१२ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुगेको थियो । हाल ९६५ आयोजनाको पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले जानकारी दिए । यो आर्थिक वर्षमा खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणका लागि रु एक अर्ब १० करोड बजेट छुट्याइएको प्राधिकरणले जनाएको छ । पुनःनिर्माण सम्पन्न भइसकेका र भइरहेका गरी एक हजार ८६९ आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ आयोजना पुनःनिर्माणको प्रगति ५८ प्रतिशत पुगेको प्रवक्ता भुसालले बताए । आयोजना पुनःनिर्मााणका लागि सरकारको आह्वानमा विकास साझेदार संस्थाले सहयोग गरेकाले छिटो पुनःनिर्माण सम्पन्न हुन सकेको प्राधिकरणले जनाएको छ । रासस
सिजीको एलइडी टिभीमा ३ वर्षे वारेन्टी
काठमाडौं । नेपालको नं १ इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले उपभोक्ताहरुको मागअनुरुप सिजीका सम्पूर्ण एलइडी टिभीमा ३ वर्षेको वारेन्टी तोकेको छ । सिजीको गुणस्तरीय सामान सँगै अझै उपभोक्तालाई थप विश्वास पार्नका लागि सिजीले सम्पूर्ण एलइडी टिभीमा ३ वर्षे वारेन्टी अवधि तोकेको हो । यस योजना सिमित अवधिको लागि सम्पुर्ण मोडलहरुमा लागू गरिएको छ । भविष्यमा विश्वस्नीयतालाई अझ प्रगाड गर्नका लागि सिजीका अन्य विभिन्न प्रोडकमा पनि वारेन्टी अवधि बढाउदै लैजाने कम्पनीको भनाई छ । साथै, भविष्यमा अझै बृहत योजना सिजी एलइडी टिभीमा ल्याउने योजना बनाएको कुरा कम्पनीले बताएको छ ।
सिटिजनले एक अर्बको म्युचल फण्ड निष्काशन गर्ने, पायो बोर्डको अनुमति
काठमाडौं । सिटिजन म्युचल फण्ड-१ले एक अर्ब रुपैयाँ बराबरको म्युचल फण्ड निष्काशन गर्ने भएको छ । यस फण्डलाई सोमबार नेपाल धितोपत्र बोर्डले १० करोड इकाई निष्काशन गर्न अनुमति दिएको हो । यो फण्डले सिबीआइएल क्यापिटलमार्फत सो मात्राको म्युचल फण्ड निष्काशन गर्न लागेको हो ।