विकासन्युज

धुलोमुक्त काठमाडौंमा ‘ब्रुमरको तगारो’

काठमाडौं । काठमाडौं महानगरपालिकालाई धुलो मुक्त बनाउन भन्दै सुरु भएको ब्रुमर खरिद प्रक्रिया अन्यौलमा परेको छ । महानगरपालिकाले धुलोमुक्त काठमाडौं बनाउने भन्दै पाँच वटा ब्रुमर खरिद प्रक्रिया अघि बढाएको थियो । तर दोश्रो पटक टेण्डर निकाल्दा समेत उपयुक्त प्रस्ताव आएन् । ‘पाँच वटा ब्रुमर किन्न दोश्रो पटक टेण्डर निकालिसक्यौं तर पनि कसैले उपयुक्त प्रस्ताव हालेनन्, अब के गर्ने भन्नेबारे सोच्दैछौं’, काठमाडौं महानगरपालिकाका खरिद शाखा प्रमुख देवेन्द्र पोखरेलले विकासन्युजसँग भने । काठमाडौं महानगरपालिकासँग चीनले अनुदानमा दिएको २ वटा ब्रुमर रहेको छ । सकड विभागसँग अर्काे २ वटा ब्रुमर रहेको छ । तर ती चारवटै ब्रुमर राम्रोसँग काम गर्न नसक्ने अवस्थाका छन् । महानगरपालिकाले निर्वाचन पुर्व खुल्लामञ्च, रत्नपार्क भद्रकाली, शहिदगेट लगायतको क्षेत्रलाई धुलोमुक्त पार्ने बताउँदै आएको थियो । बिहिबार दिउसोँ एउटा ब्रमुर चलाएर धुलो उठाउने प्रयास गरेको महानगरपालिका त्यसमा पनि सफल हुन सकेन् । पुराना ब्रुमर र सडक किनारामा जम्मा भएको धुलोका कारण सफलता हाल पार्न नसकेको देखियो । ब्रमुरले मुलक सडकको धुलो मात्रै उठाउन सक्छ । तर राजधानीका सडक किनारा र फुटपाथमा धुलो जम्मा हुने गरेको छ । तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले ब्रुमर लगाएर तथा पानी प्रयोग गरेर भएपछि महानगरपालिकालाई धुलो मुक्त बनाउन गत माघ २१ गते नै निर्देशन दिएको थियो । महानगरपालिकाले पाँच वटा ब्रुमर प्रयोग गरेर राजधानीका सडकबाट धुलो उठाउने बताउँदै आएको थियो । तर टेण्डरमै गतिलो प्रस्ताव नआएपछि धुलो मुक्त महानगर अभियानमा तगारो तेर्सिएको हो । पुनः मूल्याकनको तयारी काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनिराम शर्माका अनुसार महानगरपालिकाले अनुमान गरेको भन्दा २० प्रतिशत बढि मूल्य कबोल गरेर ब्रुमर बिक्रेताको आवेदन आएको थियो । ‘हाम्रो लागत अनुमान भन्दा २० प्रतिशत बढिका प्रस्तावहरु आएका थिए, अब भने ब्रमुरको मूल्यमै पुनः मूल्यांकन गर्नुपर्ने देखिएको छ ।’, महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शर्माले विकासन्युजसँग भने ।

सिजीका नयाँ वासिङ्ग मेसिनहरु नेपाली बजारमा, आकर्षक विशेषता सहित १० वर्षे वारेन्टी

काठमाडौं । सिजीले विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको मोटरमा १० वर्ष वारेण्टी भएको वासिङ्ग मेसिनहरु नेपाली बजारमा ल्याएको छ । जसमा वाटर म्याजिक क्यिूब, वासर तथा ड्रायर जस्ता विशेषताहरु रहेका छन् । जस मार्फत ग्राहकहरुले केवल एक बटन थिचेर आफ्नो सबै घरको धुलाई सजिलैसँग धुन र सुकाउन सक्नेछन् । वाटर म्याजिक क्यिूब अन्तर्गत सुपर्स विङ्गस् र वाटर क्यिूब ड्रम रहेका छन् । यसले अरु वासिङ्ग मेसिनभन्दा ३३ प्रतिशत कम पानीको खपत गर्दछ । सिजीका वासिङ्ग मेसिनले ग्राहकको बहुमुल्य समय र शक्ति बचाउनुका साथै ग्राहकहरुको जिवनचर्यालाई सहज बनाई दिने कम्पनीको विश्वास रहेको छ ।

गुराँस लाइफ इन्स्योरेन्सको संचालकमा सौरभ दुगड नियुक्त

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालकमा सौरभ दुगड नियुक्त भएका छन् । कम्पनीको मंसिर १० गते बसेको कम्पनी संचालक समितिकोे बैठकले दुगडलाई कम्पनी संचालकमा नियुक्त गरेको हो । कम्पनीको १४२ औं बैठकले संस्थापक शेयरधनीको तर्फबाट नवनियुक्त दुगड़लाई संचालक समितिको बाँकि कार्यकालको लागि नियुक्त गरेको छ ।

बैंकरले भने, ‘ह्याकरको जोखिम बढ्यो’

काठमाडौं । मुलुकका बैंक तथा वित्तीय संस्थाको रकम कम्प्युटरको माध्यमबाट गैरकानुनी ढंगले हासिल गर्नेहरुबाट जोगाउनु ज्यादै चुनौतीपूर्ण बन्दै गएको निष्कर्षमा ‘बैंकर’हरु पुगेका छन् । साथै उनीहरूले ‘साइबर क्राइम’ नियन्त्रण राज्यको प्राथमिकता हुनुपर्ने बताएका छन् । विश्वभरको ‘बैंकिङ’ प्रणाली‘साइबर क्राइम’को चपेटामा परेको र त्यसको नियन्त्रण चुनौतीपूर्ण बनिरहेको सन्दर्भमा मुलुकमा पहिलोपटक साइबर क्राइम र दु्रत रकम प्रवाह सेवा (स्विफ्ट)लाई सुरक्षित तुल्याउने उपायबारे छलफल गर्न आज राजधानीमा एकदिवसीय सम्मेलन आयोजना गरेको छ । नेशनल बैंकिङ इन्स्टिच्युटले आयोजना गरेको उक्त सम्मेलनलाई सम्बोधन गर्दै इन्स्टिच्युटका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले स्विफ्ट सेवालाई सुरक्षित तुल्याउन र त्यसलाई ‘ह्याकर’बाट जोगाउन बैंक तथा वित्तीय संस्थाले पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिए । “सूचना तथा सञ्चार प्रविधिले सुविधासँगै चुनौती पनि थपेकाले त्यसको सामना गर्न लगानी पनि बढाउन अपरिहार्य भएको छ । सेवा प्रदायकको अस्तित्व नै समाप्त पार्ने किसिमको जोखिम बढेको छ,” उनले भने । नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकेशरी शाहले सञ्चालन खर्च जोगाउने उद्देश्यले अधिकांश बैंकले असली विद्युतीय उपकरण उपयोग नगरेका बताउँदै प्रविधिक क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर जनशक्ति र उपकरणमा यथेष्ट लगानी गर्नुपर्ने बताए । नेशनल वैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जिव सुब्बाले नेपालका बैंक तथा वित्तीय संस्थासमेत ह्याकरको निशानामा परेकाले बेलैमा सुरक्षणका उपाय अवलम्बन नगरे दुर्घटना हुने चेतावनी दिए । सम्मेलनमा साइबर क्राइम नियन्त्रणको क्षेत्रमा काम गरेका भारत र बंगलादेशका जानकार, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, वाणिज्य तथा विकास बैंकका साथै विप्रेषण तथा वित्तीय कारोबार गर्ने संघसंस्थाका १८० उच्च अधिकारी सहभागी छन् । हालै एनआइसि एशिया बैंकको खाताबाट ४० करोड रुपैयाँ भन्दा बढी रकम चोरी (ह्याक)भएको थियो भने गत वर्ष बंगालदेशको केन्द्रीय बैंकबाट आठ करोड १० लाख अमेरिकी डलर चोरी भएको थियो । गत महिना ताइवानको फार इष्टर्न इन्टरनेशनल बैंकको छ करोड डलर स्विफ्ट सेवा ह्याक गरेर चोरी भएको थियो । भारतको केन्द्रीय बैक रिजर्भ बैंक अफ इण्डियाले सन् २०१५/१६ मा १६ हजार ४६८ वटा वित्तसम्बन्धी साइबर क्राइम भएका विवरण सार्वजनिक गरेको थियो । रासस

मेलम्चीलाई कारवाही गर्ने महानगरपालिकाको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले मेलम्ची खानेपानी आयोजनालाई कारवाही गर्ने चेतावनी दिएको छ । अनुमति बिना फुटपाथ भत्काएको भन्दै महानगरपालिकाले बिहिबार विज्ञप्ति जारी गरेको छ । उक्त विज्ञप्ती अनुसार -‘आगामी दिनमा महानगर क्षेत्रभित्र विकास निर्माण, कार्यक्रम तथा आयोजना सञ्चालन गर्दा महानगरपालिकासँग समन्वय गर्नुहुन, सहरी पूर्वाधार विकास एवं सहरी सेवा सुविधा वितरणमा काम गर्ने विषयगत साझेदार कार्यालयहरुलाई पुनः अनुरोध गर्दछौं । आगामी दिनमा यसो हुन नसकेमा, महानगरबासीको हितलाई ध्यानमा राखी आवश्यक कारवाही गर्न महानगरपालिका वाध्य हुने सम्बद्ध सबैमा जानकारी गराउन चाहन्छौं ।’ महानगरपालिकाले आफ्नो धुलो मुक्त काठमाडौं अभियान चलिरहेका बेला अनुमति बिनै फुटपाथ खन्ने काम गरेको भन्दै आपत्ती जनाएको हो । ‘हामीले अघिल्लो दिन फुटपाथ बनायौं, तर भोली पल्टै हामीलाई नसोधी फुटपाथ खन्ने काम भएको छ, अब त्यस्तो काम नहोस भन्ने हाम्रो अनुरोध छ’, महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनीराम शर्माले भने । महानगरपालिकाको क्षेत्राधिकार भित्रका सञ्चालन हुने कुनै पनि विकास निर्माणका काममा आफुसँग समन्वय गर्न पनि अनुरोध गरेको छ । मेलम्ची खानेपानी आयोजना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड र काठमाडौं उपत्यका विकास प्राधिकरणले आफुसँग समन्वय नगरेको भन्दै महानगरपालिकाले आपत्ती पनि जनाएको छ । स्थानीय निकायको निर्वाचन भएर निर्वाचित जनप्रतिनिधीले नागरिकको काम गरिहेको अवस्थामा विकास निर्माणका काम गर्दा आवश्यक समन्वय हुनु आवश्यक रहेको पनि महानगरले जनाएको छ । महानगरपालिकाले बिहिबार विज्ञप्ति नै निकालेर महानरपालिका भित्र विकास निर्माणका काम गर्दा आवश्यक समन्वय गर्न भनेको हो । ‘सरकारका विभिन्न निकायहरुले महानगरसँग समन्वय नगरी आफू खुशी सडक तथा फुटपाथ भत्काउने र लामो समयसम्म मर्मत नगर्ने प्रवृत्ति देखिएको छ ।यस कार्यको सुधारकालागि महानगरपालिकाबाट पटक पटक लिखित तथा मौखिक अनुरोध गर्दा समेत आफू खुशी काम गर्ने प्रवृत्ति रोकिएको छैन । यसमा महानगरको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

११ महिनामा १ हजार कसरी बन्यो ११ हजार ? यस्तो छ भर्चुअल मुद्राको रहस्य

काठमाडौं । पछिल्लो केही महिनामा धेरैपटक बिटक्वाइन चर्चा साम्य हुने कुरा चलिरहेको छ । तर, भर्चुअल मुद्रा बिटक्वाइनको भाउ घट्ने संकेत समेत देखिएको छैन । सन् २०१७ को अहिले ११ महिनाबितिसकेको छ । एउटा बिटक्वाइनको मूल्य ११ हजार अमेरिकी डलरसम्म पुगेको छ । ठिक एक वर्ष अघि बिटक्वाइनको भाउ ७ सय ५३ डलर पुगेको थियो । एक वर्षमा यसमा करिब १ हजार तीन सय प्रतिशतले उछालिएको छ । लक्जमबर्गमा आधारित बिटक्वाइन एक्सचेञ्जका अनुसार बिटक्वाइनले यो वर्ष आफ्नो यात्रा १ हजार डलरबाट सुरु गरेको थियो । अर्थात जनवरीको सुरुवातमा १ बिटक्वाइनको मूल्य १ हजार डलरमा पाइन्थ्यो । सन् २००९ मा सार्वजनिक भएपछि यो भर्चुअल मुद्राको भाउमा ठुलो उतारचढाव आइरहेको छ । प्रत्यक्षरुपमा अस्तित्वमा नभएको मुद्राको भाउ कसरी दिन प्रतिदिन बढिरहेको छ ? यसमा लगानी कसले गरिरहेको छ ? रिसर्च फर्म अटोनोमस नेक्स्टले यसको पत्ता लगाउने कोसिस गरेको छ । यसको पछाडी हेज फण्ड्सको खेल रहेको दाबी गरिएको छ । जो सेयर किन्दै त्यसलाई फेरि मूनाफामा बेच्ने गर्छ । फाइनान्सियल मार्केटमा हेज फण्डको लगानीका लागि छुट्टै वैकल्पिक कोष खडा गरिएको छ । जसको प्रयोग राम्रो मुनाफा लिनका लागिगरिन्छ । यो फण्डले एकैचोटी लगानीका लागि थुप्रो रणनीतिहरु अपनाउछ । जसले मुनाफा सुनिश्चित गर्दछ । अटोनोमस नेक्स्टका अनुसार यो वर्ष बिटक्वाइनको खरीद-बिक्रीमा हेज फण्ड्सको साझेदारी ३० बाट बढेर १ सय ३० सम्म पुगेको छ । यसका कारण बिटक्वाइनले ठुलै मुनाफा दिएको छ । यसको मुनाफा संसारमा सबैभन्दा बढी मुनाफा दिने कम्पनी डिज्नी, आईबीएम वा म्याकडोनल्डको भन्दा बढी छ । विश्लेषक नाथनियल पपरले यही कुरालाई अघि बढाउँदै बिटक्वाइनको खरीदकर्ताहरु संसारभरमा में फैलिएका छन् । न्यूयोर्क टाइम्समा लेखिएको एक लेखमा पपरले लेखेका छन्, “सुनसँग प्रतिस्पर्धा गर्नसक्ने लगानीको क्षेत्र भेटिएको उनी स्विकार्छन् । यो यस्तो लगानीको क्षेत्र हो जसमा कम्पनीहरुको अधिकार छैन र यसमा सरकारको पनि नियन्त्रण छैन ।” बिटक्वाइन के हो ? बिटक्वाइन एउटा भर्चुअल मुद्रा हो जसमा कुनै सरकारी नियन्त्रण छैन । यो मुद्रालाई संसारको कुनै बैंकले पनि जारी गरेको छैन । किनभने यो कुनैपनि देशको मुद्रा होइन । त्यसैले यसमा कुनै पनि ट्याक्स लगाइएको छैन । बिटक्वाइन पूर्णरुपमा गुप्त मुद्रा हो । यसलाई सरकारबाट लुकाएर राखिएको हुन्छ ।

२५ करोड फिर्ता पाउने भएपछि युनाइटेड इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं । सिजी इलोट्रोनिक्सले दावी वापत लगेको २५ करोड रुपैयाँ फिर्ता हुने भएपछि युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको सेयर मुल्य करिब १०(अर्थात ९.९६) प्रतिशतले बढेको छ । बिहीबार युनाइटेडको सेयर मूल्य प्रतिकित्ता १२२ रुपैयाँ बढेर १ हजार ३४७ रुपैयाँ पुगेको छ । बिहीबार युनाइटेडको ४ करोड ५५ लाख ११ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यो सबैभन्दा बढी हो । सेयर मूल्य बढेपछि युनाइटेडका लगानीकर्ताले एकै दिन १२२ रुपैयाँ कमाएका छन् । सीजी र युनाइटेड दुबै चौधरी ग्रुप अन्र्तगतका कम्पनी हुन् । सीजीले ४ वटा गोदाममा आगलागी भएपछि तत्काल युनाइटेडबाट २५ करोड रुपैयाँ दावी भुक्तानी पाएको थियो । पाटन उच्च अदालतले दावी रकम फिर्ता गर्न सीजीलाई आदेश दिएपछि यसको असर बजारमा परेको हो । २०६९ असोज २९ गते राजधानीको सतुंगलस्थित सिजीअन्तर्गतका चारवटा इलोक्ट्रोनिक्स उद्योगको गोदाममा आगलागी भएको थियो । चारवटा बिमा पोलिसीअन्तर्गत करिब ८५ करोड रुपैयाँ बराबरको सम्पत्तिमा भएको आगलागी पछि बीमा सर्भेयरले ५८ करोड रुपैयाँ क्षति भएको प्रतिवेदन बुझाएको थियो । सोहीअनुसार युनाइटेडले सीजीलाई आंशिक रुपमा २५ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो । उच्च अदालतको आदेश विरुद्धमा चौधरी ग्रुप सर्वोच्च अदालतमा जाने तयारी गरेको छ । युनाइटेडमा चौधरीका विभिन्न कम्पनीको नाममा १६ प्रतिशत लगानी छ ।

सेयर बजारमा उतारचढाव, नेप्से सामान्य अंकले उकालो

काठमाडौं । बिहीबारको सेयर बजारमा उतारचढाव देखिएको छ । बजार खुल्नासाथ उकालो लागेर १५४० अंकमा पुगको नेप्से करिब २ घण्टामा ओरालो लागेर १५२७ अंकमा झरेको थियो । त्यसपछिको बजारमा भने नेप्सेलाई केही टेवा पुगेको देखिन्छ । अन्ततः बजार बन्द हुँदा नेप्से परिसूचक सामान्य १.५५ अंकले उकालो लागेर १५३७.६७ अंकमा पुगेको छ । बुधबारको तुलनामा नेप्सेमा सामान्य सुधार भएता पनि कारोबार रकमा भने भारी गिरावट आएको छ । बुधबार एक अर्ब बढी रुपैयाँको कारोबार भएको सेयर बजारमा बिहीबार जम्मा ७४ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । उक्त रकम अघिल्लो दिनको तुलनामा करिब २५ करोड रुपैयाँ घटी हो । बिहीबारको बजारमा जम्मा १६४ कम्पनीको १३ लाख ५२ हजार कित्ता सेयर किनबेच भएका छन् । साताको अन्तिम कारोबारमा सबैभन्दा बढी होटल समूहको परिसूचक २५ अंकले बढेको छ । त्यस्तै, हाइड्रो समूहको परिसूचक २१ र बीमाको २० अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक सामान्य अंकले झरेका छन् भने बाँकी समूहको परिसूचक सामान्य अंकले उकालो लागेका छन् ।