सिप्रदीलाई सुपर प्लाटीनम अवार्ड, वार्षिक ३५० मिलियन डलर राजश्वमा योगदान
काठमाण्डौं । सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले आफ्नो व्यवसायिक मान्यता अनुसार विशिष्ट रुपमा त्यसको पालना गरेको र ग्राहकमुखी सेवाहरु प्रदान गरे बापत सुपर प्लाटीनम अवार्ड प्राप्त गरेको छ । नेपाल उद्योग परिसंघ र अमेरिकामा प्रधान कार्यालय रहेको ‘फ्रस्ट एण्ड सुलेमान’ नामक आर्थिक तथा व्यवसायिक क्षेत्रको संस्थासँग साझेदारीमा यही मंगलबार कात्तिक २९ मा सम्पन्न ‘नेपाल बिजिनेस एक्सिलेन्स अवार्ड २०१७’ कार्यक्रममा उक्त अवार्ड सिप्रदीलाई प्रदान गरियो । नेपालको व्यवसायिक समुदायमा उक्त अवार्डलाई विशिष्ट दर्जामा मानिन्छ । विश्वमा मान्यता प्राप्त पाँच परिसूचकहरु जस्तै; दिगो आर्थिक तथा गैर आर्थिक फाईदाहरु, रणनीतिक साझेदारी, कर्मचारी तथा व्यवसायबीचको मैत्रीपूर्ण साझेदार, भरपर्दो व्यवस्थापन प्रक्रियाहरु तथा व्यापार उत्पादकताको आधारमा कम्पनीको कार्यहरुलाई मूल्याङ्कन गरी अवार्ड प्रदान गरिएको हो । प्रतिस्पर्धी कम्पनीको व्यवसायिक योजना तथा त्यसको कार्यान्वयन, सेवाको गुणस्तर, उपभोक्ताको सन्तुष्टि, आर्थिक विकास, दिगो व्यवसायिक विकास, सामाजिक उत्तरदायित्व जस्ता पक्षहरुको विश्लेषण गरी बिजिनेस एक्सिलेन्स अवार्ड २०१७ प्रदान गरिएको आयोजकले जनाएका छन् । सिप्रदीको प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले उक्त अवार्ड ग्रहण गर्दै भन्ने, “हामीले जहिले पनि श्रेष्ठतम सेवाहरु प्रदान गर्नेमा जोड दिएका छौं र आज हामीफ्रस्ट एण्ड सुलेमान बाट पनि प्रमाणित भएका छौं । यो अवार्डलाई हामी हाम्रो सम्पूर्ण मान्य ग्राहकवर्गहरुमा समर्पण गर्न चाहन्छौं र भविष्यमा अझै राम्रो सेवा प्रदान गर्ने प्रण गर्दछौं ।” फ्रस्ट एण्ड सुलेमानका अनुसार अवार्ड प्राप्त गर्ने कम्पनीहरुलाई तिनको भविष्यको योजना, भविष्यमा आउने विभिन्न चुनौतीहरुको सामना गर्न सक्ने गरी प्रतिस्पर्धा क्षमता तथा विशिष्ट प्रक्रियाहरुलाई अवलम्बन गर्न सक्ने तयारी भएका आधारमा सम्मान गरिएको हो । सन् १९६१ मा अमेरिकामा स्थापना भएको फ्रस्ट एण्ड सुलेमान विश्वव्यापी रणनीतिक कार्यहरुको अग्रसरता लिएको कन्सल्टिङ्ग कम्पनी हो । यस कम्पनीको विश्वभर ४५ वटा अफिसहरु छन् जसमध्ये नेपालमा पनि एउटा कार्यालय छ । सिप्रदी ट्रेडिङ्ग प्रा. लि. नेपालमा गाडीहरु र त्यससँग सम्बन्धित व्यवसायहरु संचालन गर्ने एउटा प्रतिष्ठित कम्पनी हो र सन् १९८२ देखि टाटा मोटर्सको नेपालमा एक मात्र आधिकारिक बिक्रेता हो । विगत ३४ वर्ष देखि व्यवसायिक अग्रसरता लिदैं सिप्रदीले वार्षिक ३५० मिलियन डलरको राजश्व तिर्ने र गाडी, इनर्जी, लुब्रिकेन्ट्स, फाईनान्स सेवाहरु, ईक्वीपमेन्ट व्यवसाय आदिमा आफ्नो अग्रसरता राखेको छ ।
सर्वोच्चले उल्टायो मन्त्रिपरिषद्को निर्णय, २ वर्षपछि नेसनल ट्रेडिङको महाप्रबन्धकमा फर्किए पूर्णशंकर बसी
काठमाडौं । सर्वोच्च अदालतले नेसनल ट्रेडिङ लिमिटेडको महाप्रबन्धकबाट बर्खास्त गरिएका पूर्णशंकर बसीलाई पुनर्बहाली गर्न फैसला गरेको छ । सरकारले गरेको बर्खास्ती न्यायसंगत नभएको भन्दै सर्वोच्चले यस्तो फैसला गरेको हो । आइतबार न्यायधीश ओमप्रकाश मिश्र र अनिलकुमार सिन्हाको संयुक्त इजलासले बसीको रिटमा सुनुवाई गर्दै उनको माग अनुसार फैसला जारी गरेको सर्वोच्च अदालतले जनाएको छ । बसीले आफूलाई बर्खास्त गर्ने सरकारको निर्णय खारेज गर्न अन्तरिम आदेश माग गर्दै दुई वर्ष अगाडी सर्वोच्चमा रिट दिएका थिए । आफूलाई चार वर्षका लागि नियुक्त गरिएको र गैरकानुनीरुपमा हटाएको जिकिर उनले गरेका थिए । दुई वर्षअगाडी मन्त्रीपरिषदले ‘अयोग्य’ ठहर गर्दै बसीलाई पदच्यूत गरेको थियो । मन्त्रिपरिषदको निर्णय विरुद्ध बसी सर्वोच्च पुगेका थिए । किर्ते गरेको आरोपका आधारमा २०७२ असोज २२ मा सुशिल कोइराला नेतृत्वको सरकारले बसीलाई पदबाट बर्खास्त गरेको थियो । मन्त्रिपरिषदले उनलाई किर्ते गरेको आरोपमा बर्खास्त गरी सत्यनारायण मेहतालाई नियुक्त गरेको थियो । खाद्य संस्थानमा ११ औं तहको कर्मचारीबाट अवकाश पाएपछि उनले बज्रयोगिनी ट्रेडर्समार्फत एकल सञ्चालकको रुपमा कारोबार सुरु गरेका थिए । सोही बेलामा उनले चामलका लागि टेन्डर भर्दा स्टाण्डर्ड चार्टर्ड बैंकको ६० लाख रुपैयाँ बराबरको फर्जी भौंचर पेश गरेको आरोप थियो । सरकार परिवर्तन हुनु एक दिन अगाडी मन्त्रीपरिषदले आफूलाई बर्खास्त गरेको बसीले जानकारी दिए । उनले भने, ‘मलाई स्पष्टिकरण लिएको ९ महिनापछि नै पदबाट हटाइएको थियो ।’ २०७१ माघ १२ मा उनलाई तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादूर थापाले संस्थानमा महाप्रबन्धकका रुपमा भित्र्याएका थिए । मन्त्रीपरिषदले उनलाई चार वर्षको कार्यकाल रहने गरी महाप्रबन्धकको जिम्मेवारी दिएको थियो । सर्वोच्चको निर्णयपछि अब उनले करिब १६ महिना कार्यकाल चलाउनेछन् । यसैगरी उनले दुई वर्ष अवधिमा महाप्रबन्धकले पाउनुपर्ने तलबभत्ता पनि पाउने मन्त्रालयले जानकारी दिएको छ । आफुलाई हटाएर नेसनल ट्रेडिङलाई डुबाउने षड्यन्त्र गरेको आरोप लगाए । उनले नेसनल ट्रेडिङको सम्पती लिलाम गर्दै बेचेकोमा सरकारको आलोचना गरेका छन् । उनले भने, ‘व्यापारिक संस्थानको क्लोजिङ गर्ने समयमा लिलामीका कामहरु भइरहेका छन् । भएका कर्मचारीहरुलाई पनि हटाइएका छन् ।’ सर्वोच्चको आदेशपछि बसीलाई प्रकृयागत हिसाबले मन्त्रालयले महाप्रबन्धकको जिम्मेवारी दिने तयारी गरेको आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्दप्रसाद पौड्यालले जानकारी दिए । उनका अनुसार मन्त्रीपरिषदबाटै निर्णय गराएर बसीलाई पुनर्बहाली गराउनुपर्ने प्रावधान छ । आफूलाई तीन वर्षको नियुक्ती दिएपनि पुरा कार्यकाल काम गर्न नदिएको भन्दै सत्यनारायण मेहताले फेरि महाप्रबन्धकको जिम्मेवारी पाउनुपर्ने दाबी गरेका छन् । उनले भने, ‘सर्वोच्चले किर्ते गरेको प्रमाण नहेरी बसीलाई पुनर्बहाली दिएको छ । मन्त्रिपरिषदको निर्णय मात्र हेर्ने हो भने मेरो पनि कार्यकाल अझै बाकी छ ।’ करोडौं अनियमितताको आरोपपछि भर्खरै मेहतालाई महाप्रबन्धकबाट स्वैच्छिक अवकाश दिएर हटाइएका थिए । मन्त्रालयले अर्को व्यवस्था नभएसम्म महाप्रबन्धकको जिम्मेवारी उपसचिव लवराज जोशीलाई दिएको थियो । ‘नेशनल ट्रेडिङ डुबाउने मेहतालाई पुनःमहाप्रबन्धक बनाउन मन्त्री शिवकुमार मण्डलको चलखेल’
डाबर नेपालले सुरु गर्यो ‘डाबर स्कुल इम्युनो च्याम्प २०१७’, विद्यार्थीको आन्तरिक शक्ति मापन गरिने
काठमाडौं । डाबर नेपाल प्रालिको ‘डाबर स्कुल इम्युनो च्याम्प २०१७’ आजबाट सुरू भएको छ । यो कार्यक्रम अन्तर्गत डाबरले विद्यार्थीका आन्तरिक शक्ती मापन गर्नेछ । जाडोको मौसमलाई लक्षित गरी सुरू गरिएको यो कार्यक्रममा डाबरले देशभरिका ८० भन्दा बढी विद्यालयहरूमा गएर आन्तरिक शक्ति, यसको आवश्यकता र विशेषता, आदिका बारेमा जानकारी प्रदान गर्न कार्यक्रम आयोजना गरेको हो । काठमाडौँको पूर्वीय र भक्तपुर क्षेत्र, काठमाडौँको पश्चिमी क्षेत्र, र ललितपुरका साथै उपत्यकाबाहिर चितवन र पोखराका विद्यालयहरूमा यो कार्यक्रम सञ्चालन गर्ने कम्पनीले जानकारी दिएको छ । यो कार्यक्रमबाट डाबर च्यवनप्राशले जाडो महिनामा आन्तरिक शक्ति वा इम्युनिटिको आवश्यकताको सन्देश प्रवाह गर्दै छ । कम्पनीका अनुसार यो कार्यक्रम करिब २ महिनासम्म चल्नेछ । यो कार्यक्रमको स्वास्थ्य संस्था पार्टनर वयोधा अस्पतालसँगको सहकार्यमा डाबर नेपालले प्रत्येक विद्यालयमा कक्षा ३ देखि कक्षा ८ सम्मकाविद्यार्थीहरूको उचाइ तथा वजनमापन गरी बडी मास इन्डेक्स (बि.एम.आइ.) नापिनेछ । त्यसै गरी शौचालय, खाजा र खानेपानीको व्यवस्थाका बारेमा पनि जानकारी लिइनेछ । यसैबाट नै प्रत्येक क्षेत्रबाट २ विद्यालयलाई विजेता घोषणा गरी समग्रमा १० विद्यालय विजयी हुनेछन् । यही कार्यक्रमबाट प्रयोग गर्ने सकिने न्यानो लुगाहरू पनि सङ्कलन गर्ने कम्पनीको योजना छ । सङ्कलन गरिएको सङ्ख्या थप नयाँ लुगाहरू थप गरी डाबर नेपालले सि.एन.एन. सुपर हिरो पुष्पा बस्नेतको संस्था अर्लि चाइल्डहुड डेभलपमेन्ट सेन्टरलार्ई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । डाबर नेपालमा मार्के्टिङ प्रमुखश्री अभय प्रसाद गोरखालीले भने, ‘गतवर्ष हामीले काठमाडौँ उपत्यकाका ३१ विद्यालयहरूमा १३ हजारभन्दा बढी विद्यार्थीहरूमाझ यो कार्यक्रम लगेका थियौँ । विगतको अत्यन्तै राम्रो माग र प्रतिक्रियाले यो वर्ष हामीलाई झन् धेरै विद्यार्थीहरूसँग अन्तरक्रियागर्ने हौसलादिएको हो । मलाई आशा छ – यो वर्ष पनिहामीले आन्तरिक शक्तिको महत्वकाबारेमाविद्यालय र विद्यार्थीहरूलाई राम्रो ज्ञान दिन सक्छौँ ।’
एनआईबिएल क्यापिटलको थप दुई शाखा लगनखेल र पोखरामा
काठमाडौं । एनआईबिएल क्यापिटल मार्केटस् लि.ले आफ्नो थप दुई शाखा ललितपुरको लगनखेल र पोखराको चिप्लेढुङ्गामा विस्तार गरेको छ । आफ्नो सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङ्ग अन्तर्गतका विभिन्न सेवाहरु सजिलै प्रदान गर्न आफ्नो शाखा विस्तार गरेको हो । क्यापिटलले बुधबार एक कार्यक्रमकाबीच उक्त दुई शाखाको उद्घाटन गरेको छ । ललितपुर शाखाको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले गरेका हुन् । एनआईबिएल क्यापिटलले शाखा कार्यालयहरुबाट पनि सेवाग्राहीलाई सर्वसुलभ तरिकाबाट उत्कृष्ट सेवा दिने विश्वस्तका साथ शाखा विस्तार गरेको जनाएको छ । नेपाल इन्भेष्टमेन्ट बैकको सहायक कम्पनी एनआईबिएल क्यापिटल मार्केट्सले प्रथम चरणमा दुई वटा शाखा विस्तार गरेको हो । साथै, यस क्यापिटलले निकट भविष्यमा देशका विभिन्न स्थानहरुमा समेत शाखा कार्यालयहरु खोलि आफ्ना सेवाग्राहीहरुलाई मर्चेन्ट बैंकिङ्ग सम्बन्धी सेवाहरु सजिलै प्रदान गर्ने बताएको छ ।
चितवनमा अन्तराष्ट्रिय भैंसी विज्ञ सम्मेलन सुरु, ९० वटा अनुसन्धानात्मकमुलक कार्यपत्र प्रस्तुत हुने
चितवन/चितवनको सौराहामा बुधबारदेखि अन्तराष्ट्रिय भैंसी विज्ञ सम्मेलन सुरु भएको छ । सम्मेलनको कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा.आईपी ढकालले समुद्घाटन गरेका छन् । सो क्रममा बोल्दै प्रमुख अतिथि उपकुलपति डा.ढकालले नेपालका रैथाने भैंसीको संरक्षण र नयाँ प्रजातिको विकासका लागि सम्मेलन फलदायी हुने बताए । नेपाललाई दुधमा आत्मनिर्भर बनाउन भैंसी पालनलाई व्यवसायिक बनाउनुपर्ने बेला आएको बताए । यस्तै कार्यक्रममा बोल्दै इन्टरनेशन बफेलो फेडेरेशनका अध्यक्ष अध्यक्ष प्राध्यापक डा.ऐनतेनियो बर्गिजले नेपालमा यसप्रकारको कार्यक्रम गर्न धेरै ढिलो भएको बताए । एशियाका अन्य देशमा यस्ता कार्यक्रमहरु हुँदा पनि नेपालमा हुन नसकेको भन्दै चितवनमा आयोजित सम्मेलनले राम्रो कामको सुरुवात भएको बताए । ‘भैंसीको उत्पादन वृद्धि’ मुल नाराका साथ नेपालमै पहिलो पटक सुरु भएको सम्मेलनमा भैंसीका विशेषज्ञ तथा अनुसन्धानकर्ता एवंम वैज्ञानिकहरुको सहभागिता रहेको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा सुरु भएको सम्मेलनमा नेपालसंगै भारत, चीन, पाकिस्तान, बंगलादेश, थाईल्याण्ड, फिलिपिन्स, अमेरिका र क्यानाडाको गरि झण्डै ५५ जना विदेशीसहित २ सय जना प्रतिनिधिको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने सम्मेलनमा इन्टरनेशन बफेलो फेडेरेशनका अध्यक्ष प्राध्यापक डा.ऐनतेनियो बर्गिज र युनिभर्सिटि अफ भेटेनरी एण्ड एनिमल साईन्स लाहोर पाकिस्तानका प्रोभाईस चान्सलर नसिम अहमदको विशेष कार्यपत्र प्रस्तुत हुने आयोजक समितिकी संयोजक डिन डा.शारदा थपलियाले जानकारी दिइन् । उनले भैंसीको अनुवंशीक गुण वृद्धि गरि उत्पादन बढाउँने र पोषणा स्वाथ्य तथा भैंसीको व्यवस्थापनको विषयमा छलफल हुने जानकारी दिए । सम्मेलनमा भैंसीको बाली लाग्ने समय परिवर्तन र विकासका विषयमा समेत अनुभव आदान–प्रदान गरिने आयोजकले जनाएको छ । सम्मेलनमा ९० वटा अनुसन्धानात्मकमुलक कार्यपत्र प्रस्तुत हुनेछ । आज सम्पन्न उद्घाटन सत्रमा एशियन बफेलो एशोसियसनका अध्यक्ष इन्दरजित सिंह, कृषि तथा वन विज्ञान विश्वविद्यालयका रिजष्टार प्राध्यापक डा.मनराज कुलाक्षपति, पशु सेवा विभागका महानिर्देशक डा.विमल कुमार निर्मल, मेचिगन स्टेट युनिभर्सिटिका प्राध्यापक नन्दप्रसाद जोशी, पशु सेवा विभागका कार्यक्रम निर्देशकहरु, नेपाल कृषि अनुसन्धान परिषद् महाशाखाका प्रमुखहरु, पशु सेवा विभाग अन्तरगतका क्षेत्रीय निर्देशकहरुलगायतको सहभागिता रहेको थियो ।
अग्नि मोटो इन्कको सर्भिस सल्लाह तथा प्राविधिक कार्यक्रम सम्पन्न, १९ जनाले लिए प्रशिक्षण
काठमाडौं । अग्नि ग्रुपअन्तर्गतको अग्नि मोटो इन्क प्रालिको सर्भिस सल्लाह तथा प्राविधिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दुई दिनसम्म आयोजना भएको कार्यक्रममा देशभरका १९ जना प्राविधिकहरु सहभागी भएका थिए । महिन्द्र टु ह्वीलरहरुको विक्रीवितरण गर्दै आएको अग्निमोटो इन्क प्रा.लिले नेपालभरका प्राविधिकहरुलाई २ दिनसम्मको प्रशिक्षण दिएको थियोे । प्रशिक्षणमा अर्डर लिने प्रक्रिया, टुल्सहरुको जानकारी, गोस्टो स्कुटरको इन्जिन सम्बन्धी जानकारी दिइएको थियो । त्यस्तै कम्पनीले विभिन्न पार्टहरुको स्टकलाई कसरी व्यवस्थितगर्ने भन्ने कुरा, सर्भिसिङ्गगर्ने प्रक्रिया, कुनकुन समयमा कस्ता कस्ता पार्ट फेर्नु पर्दछ भन्ने जानकारीदेखि लिएर रिपोर्ट जेनेरेटसम्मको प्रशिक्षण दिएको थियो ।
अबदेखि ‘आइएमई पे’ मार्फत विद्युतकाे महसुल तिर्न सकिने
काठमाडौं । विद्युत् महसुल वापतको रकम अबदेखि ‘आइएमई पे’ बाट भुक्तानी गर्न सकिने भएको छ । देश विदेशमा रहेने सबैले यस्तो सेवा मार्फत विद्युत महसुल भुक्तान गर्न सक्ने व्यवस्था मिलाईएको छ । नेपाल विद्युत् प्राधिकरणले भर्खरै अनलाइन बिल भुक्तानी सेवा सुभारम्भ गरेपछि यस्तो सेवा शुरु गर्न थालिएको हो । यसले आम सेवाग्राहीहरूलाई बिल भुक्तानीका लागि लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्त गरेको छ भने सेवाग्राहीहरूको समय पनि बचत गर्नेछ । प्राधिकरणले अहिले उपत्यका भित्रका सबै शाखाहरुको महसुल संकलन अनलाइन पद्तीबाट गर्न शुरु गरिसकेको छ । प्राधिकरणका कर्मचारीहरुले मिटर रिडिङ्ग गर्दा उपलब्ध गराएको बिलका आधारमा आफुलाई पायक पर्ने आईएमई एजेण्ट आउटलेट मार्फत प्राधिकरणको अनलाइन बिल भुक्तान सेवा लिन सकिन्छ भने आईएमई पे डाउनलोड गरेका सेवाग्राहीहरूले यस्तो सेवा आफ्नै मोबाइलबाट सजिलै लिन सकिने व्यवस्था मिलाईएको छ । मोबाईल एप्लिकेसनबाट बिजुलीको बिल भुक्तान गर्ने व्यवस्था आइएमई पे ले ‘पे पोइन्ट’ को सहकार्यमा गरेको हो ।
चन्द्रागिरि हिल्स ‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’ बाट सम्मानित
काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेड ‘सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७’बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्थाले उक्त अर्वाड प्रदान गरेको हो । उक्त संस्थाले चन्द्रागिरिले स्थापनाको छोटो समयमै अन्तर्राष्ट्रिय अभ्यास अनुरुप कार्य गर्दै आएकोले यस अवार्ड चन्द्रागिरि हिल्सलाई प्रदान गरेको हो । फ्रोस्र्ट एण्ड सुलिभानर सिएनआईले आयोजना गरेको एक कार्यक्रममा चन्द्रागिरि हिल्सको तर्फबाट संस्थापक अध्यक्ष एवम् संचालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् । चन्द्रागिरि हिल्सलाई सोहि संस्थाले गतवर्ष पनि ‘बेष्ट डेसटिनेशन अवार्ड-२०१६’ ले सम्मानित गरेको थियो । ‘नेपाल बिजनेश एक्सलेन्स अवार्ड-२०१७’ को समापनको अवसरमा मङ्गलबार काठमाडौं स्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो । व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्ट एण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ । कार्यक्रममा चन्द्रागिरिका अध्यक्ष एवम् संचालक ढकालले चन्द्रागिरि हिल्स लिमिटेडले विश्व ब्यापी व्यवसायका मान्यतालाई आत्मसाथ गर्दै अगाडी बढेको अवस्थामा प्राप्त भएको सम्मानले आफु र आफ्नो समूहलाई झनै प्रोत्साहन मिलेको बताएका छन् ।