नेसनल ट्रेडिङका अवकाशप्राप्त कर्मचारीले दिए अख्तियारमा उजुरी
काठमाडौं । सरकारी स्वामित्वको संस्थान नेसनल ट्रेडिङ लिमिटेडमा ९ जना कर्मचारीलाई मात्र ग्रेड थप गरी स्वेच्छिक अवकाश दिएको भन्दै केही कर्मचारीले अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । उक्त उजुरीका आधारमा अख्तियारले मन्त्रालयसँग स्पष्टिकरण माग गरेको छ । स्वेच्छिक अवकास दिईएका कर्मचारीमध्ये ना.अ.व. गिता निरौला लगायत ९ जना कर्मचारीलाई मात्र २ ग्रेड थप गरी स्वेच्छिक अवकास दिएको भन्दै उजुरी परेको अख्तियारले जनाएको छ । अख्तियारले के आधारमा ग्रेड थप गरेको ? भन्दै स्पष्टिकरण सोधेको छ । त्यस्तै स्वेच्छिक अवकासपछि पनि ३६ जना कर्मचारी करारमा लिएको उजुरीमा उल्लेख छ । त्यस्तै गयल हाजिर गरी अन्तै निकायमा काम गरी रहेका ना.अ.व. कमल रेग्मीलाई कार्यालयमा हाजिर गराई २३० दिन गयल कट्टी सहित ९६१ दिन सेवा अवधिमा घटाई स्वेच्छिक अवकास दिइएको उजुरीमा उल्लेख छ । उल्लेखित उजुरी सम्बन्धित स्पष्टिकरण सहित पेश गर्न मन्त्रालयलाई अख्तियारले पत्राचार गरेको छ । नेसनल ट्रेडिङले गत असारमा आफ्ना कर्मचारीहरूलाई बिदावारी गरेको थियो । घाटा चुलिएपछि जग्गा बिक्री गरेर कर्मचारीलाई स्वैच्छिक अवकाश दिइएको थियो । आयस्रोत नभएपछि लिमिटेडको नोक्सानी बर्सेनि बढ्दै गएको थियो । नेसनलको घाटा १ अर्ब ३४ करोड रुपैयाँ छ । घाटाका कारण कर्मचारीहरूले ५ महिनादेखि तलब पाएका थिएनन् । उपदान र सञ्चय कोष करिब ४ वर्षदेखि नपाएको लिमिटेडले जनाएको छ । अवकाशका दिनका लागि चाहिने रकम जुटाउन लिमिटेडले टेकुमा रहेको ४९ रोपनी १० आना जग्गा बिक्री गरिसकेको छ । तलब सुविधा नपाएपछि गत वर्ष चैत ११ गते बसेको साधारणसभाले जग्गा बिक्री गरेर अवकाश हुने निर्णय गरेको थियो । सोहीअनुसार १८ गते मन्त्रालयमा पत्राचार गरेको थियो । मन्त्रालयबाट स्वीकृति भएपछि थप अनुमतिका लागि अर्थ मन्त्रालयमा पत्राचार भएको थियो । अर्थको अनुमतिसँगै जग्गा बिक्रीको फाइल मन्त्रिपरिषद्मा पेस गरिएको थियो । मन्त्रिपरिषद्बाट पनि स्वीकृत भएपछि टेकुमा रहेको नेसनलको जग्गा आयल निगमले किनेको छ । हाल नेसनलसँग धनगढी दुई बिघा, विराटनगरमा चार, वीरगन्जमा पाँच, दाङमा दुई, नेपालगन्जमा दुई र कञ्चनपुरमा पनि एक बिघा जग्गा छ । भद्रकालीमा पनि २५ रोपनी १५ आना जग्गा छ ।
हुवावेले नेपाली बजारमा भित्र्यायो ४ वटा क्यामरा भएको नोवा आई टू, मूल्य ३३ हजार ९ सय रुपैयाँ
काठमाडौं । हुवावेले बहुप्रतिक्षित नयाँ फोन नोवा आई टू नेपाली बजारमा भित्र्याएको छ । हुवावेले बुधबार नोवा आई टू सार्वजनिक गरेको हो ।यसको बजार मूल्य ३३ हजार ९ सय रुपैयाँ रहेको छ । यसै सातादेखि नेपाली बजारमा उपलब्ध हुन गइरहेको नोभा २ आई ग्राफिट ब्ल्याक तथा प्रेस्टिजिएस गोल्ड गरी दुई वटा कलरहरुमा उपलब्ध छ । गत अक्टोबरमा भारतमा सार्वजनिक भएको थियो । यो स्मार्टफोनको ब्याट्री क्षमता ३३४० एमएच रहेको छ । यो मोबाइलको ५.५० ईञ्चको स्क्रिन साइज रहेको छ । कम्पनीका अनुसार यसको रिजोलूशन १०८०*२१६० पिक्सल रहेको छ । यो स्मार्टफोन १.७ गीगाहर्ज अक्टा(कोर प्रोसेसरको हाइसिलिकन किरिन ६५९ मोडलमा आधारित छ । यसको आन्तरिक स्टोरेज ६४ जिबिको छ भने ४ जिबिको र्याम रहेको छ । यसको स्टोरेजलाई २५६ जिबिसम्म बढाउन सकिने कम्पनीले जानकारी दिएको छ । १६ मेगापिक्सलको रियर क्यामरा रहेको यो मोबाइलको फ्रन्ट क्यामरा ९सेल्फि क्यामरा० १३ मेगापिक्सलको रहेको छ । यो एन्ड्रोइन ७.० भर्सनको अपरेटिङ सिस्टमबाट सञ्चालित छ । १५६.२०*७५*७.५० (लम्बाई, चौडाई र मोटाई) नापको यो मोबाइलको तौल १६४ ग्राम रहेको छ । कम्पनीले मूल्यबारे भने खुलाएको छैन । हुवावे एक चिनियाँ टेलिकम्युनिकेशन कम्पनी हो । हुवावे विश्वकै तेस्रो ठुलो मोबाइल कम्पनी हो ।
ज्योति विकास बैंकको भरतपुर शाखा स्थानान्तरण
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको चितवनको भरतपुर शाखा कार्यालय पारस बसपार्क भरतपुरबाट हाकिमचोकमा स्थानान्तरण भएको छ । बुधबार बैंकद्धारा आयोजित एक कार्यक्रममा उक्त शाखाको स्थानान्तरण गरी औपचारिक रुपमा नँया स्थानबाट कारोबार संचालनमा ल्याइएको छ । उक्त शाखाको शुभारम्भ बैंकका संचलकहरु छत्रमान श्रेष्ठ, धु्रव कोइराला र जगदीश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरेका हुन् । उक्त बैंकले यही कात्तिक २७ र २८ गते मकवानपुर जिल्लाको बागमती गाउँपालिका फापरबारी र हेटौडा बजारमा नयाँ शाखा कार्यालय स्थापना गरी औपचारिक रुपमा संचालनमा ल्याएको थियो । हाल विकास बैंकले ४६ वटा शाखा कार्यालय तथा १४ वटा एटिएम मार्फत विभिन्न निक्षेप योजना तथा कर्जा सुविधा सहित एविविएस, आश्वा लगायतका सम्पुर्ण आधुनिक बैकिंङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
सेञ्चुरी बैंकले ल्यायो थप तीन आधुनिक सेवा, नोक्सानी तथा नगद चोरी न्यूनिकरण गर्ने
काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले आफ्नो सेवालाई विस्तार गर्ने क्रममा थप तीन वटा आधुनिक सेवा (टेक्नो बेसड) सेवाहरु ल्याएको छ । बैंकले “मल्टी करेन्सी कार्ड”, “इन्डो-नेपाल इजी रेमिट” र “मोबाइल एप्स” गरी थप तीन सेवाको शुरु गरेको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बुधबार एक कार्यक्रमका बीच उक्त तीन सेवाको शुभारम्भ गरेका हुन् । बैंकले भारतको एक्सिस बैंकको सहकार्यमा नेपालमा नै पहिलो पटक “मल्टी करेन्सी कार्ड”को शुरुवात गरेको हो । जसअन्तर्गत ग्राहकले विदेश जादाँ विश्वका १६ देशमा ती देशहरुको मुद्रा एउटै कार्डमा लोड गरी लैजान सक्नेछन् । यसबाट नगद विदेशी मुद्रा अभाग झेलिरहेका ग्राहकहरुलाई केही राहत मिल्ने र अमेरिकी डलर सटही गरी अन्य मुद्रामा भुक्तानी गर्दा हुने विनिमयको नोक्सानी तथा नगद चोरी जस्ता जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकले जनाएको छ । यसैगरी, बैंकले एक्सिस बैंककै सहकार्यमा “इन्डो नेपाल इजी रेमिट” को शुरुवात गरेको छ । यो सेवाबाट भारतमा रहेका नेपालीहरुले एक्सिस् बैंकका ३,५०० शाखा कार्यालयहरुबाट नेपालमा पैसा पठाउन सक्नेछन् । यसले बैंकको ग्राहक संख्यामा वृद्धि हुन गई बैंकको शाख अभिवृद्धि हुने बैंकको अपेक्षा रहेको छ । साथै, बैंकले मोबाइल बैंकिङको नाममा “मोबाइल एप्स” को शुरुवात गरेको छ । यसबाट ग्राहकहरुले आफ्नो मोबाईलबाट रकम भुक्तानी ट्रान्सफर तथा यूटिलिटी बिलका साथै बैंकमा आवद्ध विभिन्न भेन्डरहरुको भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
मंसिर अन्तिम साता बाहिरी चक्रपथको शिलान्यास, चीनले कालोपत्र गरिदिने
काठमाडौैं । मंसिर महिनाको अन्तिम साता बहुप्रतिक्षित बाहिरी चक्रपथ आयोजनाको पाइलट प्रोजेक्टको शिलान्यास हुने भएको छ । शहरी विकास मन्त्री दिलनाथ गिरीले मंसिरको अन्तिम साता बाहिरी चक्रपथको शिलान्यास गर्ने कार्यतालिका तयार भएको बताएका हुन् । ‘अहिले निर्वाचनको आचार संहिता लागेको छ, ठुला आयोजना शिलान्यास गर्न मिल्दैन, निर्वाचन सकिए लगत्तै म आफ्नै हातले शिलान्यास गर्नेछु’, मन्त्री गिरीले बुधबार मन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा भने । बाहिरी चक्रपथ विकास आयोजनाले शिलान्यास भएको २ बर्षभित्रै जग्गा एकिकरण र ग्राभेलस्तरको सडक तयार पार्ने कार्ययोजना निर्माण गरिसकेको छ । चोभारदेखि सतुंगलसम्मको ६.६१८ किलोमिटर सडकलाई पाइलट प्रोजेक्टका रुपमा निर्माण गर्न लागिएको हो । यसको अनमानित लागत ६ अर्ब रहेको छ । ग्राभेलस्तरको सडक तयार भएपछि कालोपत्रे भने चीनले गरिदिनेछ । बाहिरी चक्रपथ सडक कालोपत्रे गर्नेबारे नेपाल र चीनबिच यस अघि नै सम्झौता भैसकेको छ ।
ग्लोबल आइएमई बैंकमा अनलाइनबाटै खाता खोल्न सकिने, कसरी खोल्ने ?
काठमाडौं । ग्लोबल आइएमई बैंकले विज्ञान प्रबिधिका नयाँ नयाँ आयामहरुलाई भित्र्याउने क्रममा अनलाइन मार्फत खाता खोल्ने व्यवस्था मिलाएको छ । बैंकल विशेषगरि विदेशमा बस्ने नेपालीहरुलाई खाता खोल्न सहज होस् भन्ने उद्देश्यले यो व्यवस्था मिलाएको हो । यस व्यवस्था अन्तर्गत अनलाईन मार्फत जुनसुकै समयमा आफुले चाहेको शाखामा खाता खोल्न सकिनेछ । त्यस्तै, विदेशमा बस्ने नेपालीहरुले अनलाईन मार्फत खाता खोलि इमेल मार्फत खाता नम्बर प्राप्त गर्न सक्नेछन् भने उक्त खाता मार्फत सजिल्यैसंग रेमिट्यान्स नेपालमा पठाउन सकिने बैंकले जनाएको छ । यो सेवा प्रयोग गर्नका लागि बैंकको वेबसाइट www.globalimebank.com मा गई खाता खोल्ने फारम भरी सजिलै खाता खोल्न सकिनेछ । हालसम्म बैंकले १०८ वटा शाखा ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर, १२५ वटा एटीएम, ४६ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।
निर्वाचन आयोगद्धारा ‘नमूना मतदान’ अभ्यास
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गरेको छ । आयोगले बुधबार मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समय कति लाग्छ भन्ने समय निर्धारणका लागि आफ्ना कर्मचारीद्वारा नमूना मतदान अभ्यास गरेको प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले बताए। नमूना मतदानबाट मतदान केन्द्रले ओगट्ने स्थानको जानकारी हुने र कर्मचारीको व्यस्थापनमा पनि सहजता हुने बताउँदै उनले “पहिले आफ्ना कर्मचारीलाई सिकाएर त्यसपछि फिल्डमा सिकाउन खटाउने योजनाअुनसार हाल जिल्ला जिल्लामा नमूना मतदान भइरहेको छ,” भने । उम्मेदवारमाथि भएका केही आक्रमणका घटनाका सम्बन्धमा प्रमुख आयुक्त डा यादवले दुःख व्यक्त गर्दै त्यस सम्बन्धमा सरकारसँग उच्चस्तरमा कुरा भइरहेको र यसलाई सरकारले गम्भीरतापूर्वक लिई सुरक्षाको पूर्ण प्रत्याुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरेको बताए । शुरुमा नमूना मतदान गर्नुभएका निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले तीनवटै मतपत्रमा मतदान गर्न एकजना मतदातालाई २ मिनेट समय लागेको बताउँदै यसले मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समयका बारेमा समेत जानकारी हुने बताए । उनले निर्वाचनमा उम्मेदवारलाई सुरक्षाको चुनौती आएमा विश्लेषणसहित जिल्ला सुरक्षा समितिमा सम्पर्क गरे सुरक्षा उपलब्ध गराउने सरकारको प्रतिवद्धता रहेको बताए। आयोग परिसरमा गरिएको नमूना अभ्यासमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी, स्वंसेवक, पर्यवेक्षक, मतदान प्रतिनिधि, सञ्चारकर्मीलगायत सम्पूर्ण व्यवस्था गरिएको थियो । नमूना मतदानमा तथ्याङ्कबमोजिम महिला पुरुषको लाइनअनुसार मिलाएर नाम रुजु गरी पहिले हरियो मतपत्र (प्रतिनिधिसभाको) प्रदान गरिएको थियो । कर्मचारीले त्यसमा मन परेको कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई पहिलो मतपेटिकामा खसालेका थिए । त्यसपछि दोस्रो कालो मतपत्र ९प्रदेशसभाको० दिइएको थियो । त्यसमा पनि मन परेको कुनै एक चिह्नमा छाप लगाई सकेपछि कर्मचारीले दोस्रो मतपेटिकामा मतपत्र खसालेका थिए । लगत्तै तेस्रो रातो मतपत्र (समानुपातिक) दिइएको थियो । उक्त मतपत्रमा माथि प्रतिनिधिसभाका दलको चिह्न थियो भने तल प्रदेशसभाका दलको निर्वाचन चिह्न थियो । कर्मचारीले त्यस मतपत्रमा माथि एक र तल एक गरी दुई स्वस्तिक छाप लगाइसकेपछि अन्तिम मतपेटिकामा मतपत्र खसालेका थिए । नमूना मतपत्रका बारेमा आयोगका सूचना अधिकरी सूर्यप्रसाद अर्यालले जानकारी गराएका थिए । रासस
सेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । यस साताको शुरुवातदेखि नै दोहोरो अंकले उकालो लागेको सेयर बजार आज भने दोहोरो अंकले ओरालो लागेको छ । बुधबार नेप्से परिसूचक ११.२३ अंकले झरेर १५०४ अंकमा अडेको छ । बजारमा परिसूचक सँगै सेयर कारोबारमा पनि गिरावट आएको छ । सो दिन ५९ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम अघिल्लो दिन(मंगलबार)को तुलनामा करिब १६ करोड रुपैयाँ घटि हो । मंगलबारको बजारमा ७५ करोडको सेयर किनबेच भएको थियो । बजारमा बीमा समूह सबैभन्दा बढी अंकले ओरालो लागेको छ । यस समूह १०३ अंकले ओरालो लागेको हो । बुधबार तीन समूह(उत्पादनमूलक, होटल र अन्य समूह)बाहेक बाँकी समूहको परिसूचक राताम्मे भएका छन् । दोहोरो अंकले घटेको बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्सका लगानीकर्ताले ५.४४ प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी हिमालयन डिष्टीलरीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । सो दिन चिलिमे हाइड्रोपावर, नेपाल बैंक र नेपाल दुरसञ्चार कम्पनीको तीन करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।