प्राइम लाइफ इन्स्योरेन्सको नाफामा १७९ प्रतिशतले वृद्धि
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा राम्रो प्रगति हासिल गरेको छ । कम्पनीले तीन महिनामा ६ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले २ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीले तीन महिनामा ४६ करोड ४१ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा ३७ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको थियो । दाबी भुक्तानी पनि गत वर्षको प्रथम त्रैमासमा ७ करोड ८२ लाख रुपैयाँ भएकोमा यस वर्ष ४ करोड ७४ लाख रुपैयाँ मात्र भएको छ । आम्दानीमा उच्च वृद्धि र दाबी भुक्तानीमा उच्च गिरावट आउँदा कम्पनीमा नाफामा राम्रो सहयोग मिलेको छ । कम्पनीको व्यवस्थापन खर्च ६ लाख रुपैयाँले मात्र वृद्धि भएको छ । चुक्ता पुँजी ६१ करोड रुपैयाँ भएको यस कम्पनीको बीमा कोष ५२ करोड छ भने जगेडा कोषमा ९ करोड र महाविपत्ती कोषमा करिव ८ करोड रुपैयाँ रहेको छ । लामो समय विभिन्न समस्याबाट गुज्रिएको यो कम्पनी पछिल्लो समयमा सहि ट्रयाकमा अगाडि बढेको देखिएकाे छ ।
२० अर्ब कर हिनामिना गर्ने फछ्र्याेट आयोगका अध्यक्ष महत र ढकालले गरे आत्मसमर्पण
काठमाडौं । तत्कालिन कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाल जेलमा पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेपछि फरार रहेका महत र ढकाल सम्पर्कमा आएपछि उनीहरुलाई जेल चलान गरिएको हो । विशेष अदालतले महत र ढकालसंग बुधबार बयान लिएको थियो । गत असोजमा दुबैले वयानका लागि पत्र बुझे पनि नआएपछि पक्राउ परेका हुन् । छानविनपछि परार भएका महत र ढकाललाई अख्तियारले गत असार ८ गते एक साताभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको थियो । कर फच्यौट आयोगको सदस्य चुडामणि शर्माले आर्थिक अनियमितता गरी राज्यलाई २० अर्ब रुपैयाँ नोक्सान पुर्याएको भन्दै अख्तियारले दायर गरेको आरोपपत्र विचारधिन रहेको छ । अख्तियारले साउनको पहिलो साता नै अध्यक्ष महत, आयुत्त ढकाल र सदस्यसचिव शर्मा विरुद्द १० अर्ब २ करोड बिगोदाबीसहितको मुद्दा दायर गरेको थियो । अनियमित ढंगले व्यवसायीलाई कर छुट दिएर दिई साढे २० अर्ब रुपैयाँ बढी नोक्सानी पुर्याएको आरोपमा अख्तियारले जेठको दोस्रो साता तत्कालिन आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मालाई पक्राउ गरेको थियो । कर असुलीमा विवाद आएपछि सरकारले २०७१ मा चाटर्ड एकाउन्टेट लुम्बध्वज महतको अध्यक्षतामा ३ सदस्य कर फछ्यौट आयोग गठन गरेको थियो । आयोगले १ हजार ६९ करदाताबाट असुल हुनुपर्ने ३० अर्ब ५२ करोड ५८ लाख रुपैयाँमा ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँमा सम्झौता गरी ०७२ मंसिरमा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई विवरण बुझाएको थियो । यो समग्र राजश्व उठाउने वक्यौता रकमको ६८.७३ प्रतिशत मिनाहा दिइ सम्झौता भएको थियो । महालेखा परीक्षकको कार्यलय र संसदीय समितिले भ्रष्टचार भएको देखाएपछि अख्तियारले अनुसन्धान थालेको हो । आयोग तत्कालि प्रधानमन्त्री सुशील कोइरालाको सरकारका पालमा अर्थमन्त्री डा. रामशरण महतले गठन गरेका हुन् । डा. महतले आयोगको बचाउ गर्दे आएका छन् । यता शेरबहादुर देउवा नेतृत्वको सरकारले महत र ढकाललाई जेल पठाएको छ ।
ओरियन्टल होटलका नाफा बढेर २ करोड ५५ लाख
काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडको खुदनाफा ०.१४ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको ३ महिनामा होटलले २ करोड ५५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २५ करोड ५१ लाख रुपैयाँ नाफा गरेको थियो । आम्दानीमा कमी आएपनि खर्च कटौतीले नाफामा सामान्य वृद्धि भएको ओरियन्टलले जनाएको छ । समीक्षा अवधिमा कम्पनीको आम्दानीमा ०.११ प्रतिशत कमी आएको छ । गत आवको सोही अवधिमा कम्पनीले २ करोड ५५ लाख १६ हजार नाफा गरेको थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी घटेर ३ रुपैयाँ २३ पैसामा सीमित भएको छ । गत असारमा ईपीएस ३० रुपैयाँ थियो । कम्पनीको संचित कोषमा १ अर्ब ४ करोड ६० लाख रुपैयाँ छ ।
सानिमामाई हाइड्रोपावरको खुदनाफा घटेर १५ करोड १९ लाख
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सानिमामाई हाइड्रोपावर लिमिटेडको नाफा घटेको छ । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १५ करोड १९ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा सानिमाको नाफा १७ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा यो वर्ष सानिमामाईको नाफा झण्डै २ करोड रुपैयाँ घटेको छ । कम्पनीले बिजुली बेचेर गर्ने आम्दानीमा पनि गिरावट आएको छ । चालु आवको असोजसम्म कम्पनीले बिजुली बिक्री र अन्य स्रोतबाट गरी २९ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३० करोड रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १४ रुपैयाँ ४१ पैसा छ । कम्पनीको संचित कोषमा ४४ करोड १७ लाख रुपैयाँ रहेको छ । कम्पनीले २२ मेगावाटको सानिमामाई र ७ मेगावाटका सानिमा क्यासकेड आयोजना सञ्चालन गरिरहेको छ ।
सिन्धुलीमा प्राकृतिक देवदेवीका आकृतिहरु फेला परेपछि भक्तजनहरुको घुईचो
सिन्धुली । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउ“पालिका वडा नम्बर ८ क्यानेश्वर स्थित चुरे पहाड जंगलमा प्रानकृतिक शिव लिंङग लगायतका विभिन्न देव देवताका आकृतिहरु फेला परेपछि पुजा अर्चना गर्ने भक्तजनको घुईचो लाग्न थालेको छ । चुरे पहाड जंगलको श्रृखलामा एक महिना अगाडी स्थानीय बासिन्दा जंगबहादुर माझीले सपनामा कम्पन आउदा फेला पारेको शिवलिंङग लगायत गणेश, गढीमाई, ईच्छामाई, चमेलीमाई,जलदेवी, हनुमान पाईला, सतीदेवी बैश्मदेवी पापधर्म मोचन, ईच्छाधारी नाग, कालीनाग, लगायतका देवदेवीहरुका प्राकृतिक आकृतिहरु फेला परेपछि सो स्थानमा श्रद्धालु भक्तजनहरुको घुईचो लाग्न थालेको छ । फेला परेका प्राकृतिक शिवलिंङगलाई स्थानीयले जलेश्वर महादेवको नाममा दैनिक रुपमा पुजा आराधना गर्दा कतिपय भक्तजनहरुको मनोकांक्षा समेत पुरा भएपछि स्थानीय श्रद्धालु भक्तजनहरुले ती प्राकृतिक देव देवीहरुका आकृतिहरुको संरक्षणकालागि सरकारी सम्बन्धित निकायले चा“सो देखाउनु पर्ने पुजारी जंग बहादुर माझीले बताएका छन् । चुरे पहाडको वन श्रृखलामा देव देवीका आकृतिहरु फेलापरेपछि सिन्धुली जिल्ला विभिन्न स्थान तथा सर्लाही,महोतरी,धनुषा,रौतहट लगाएत विभिन्न जिल्लाबाट श्रद्धालु भक्तजनहरुको आगमन हुन थालेकाले सो स्थानमा श्रावण महिनामा महोदेवको शिललिंङगमा जल चढाई मेला लगाउनु पर्ने पुजारी जंग बहादुर माझीले बताए । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाही जिल्लाको हरिवनबाट करिव १२ किलो मिटरको दुरीमा सिन्धुलीको क्यानेश्वर पथराही,पानतले हुदै सो स्थानमा पुगिने भएपछि नया“ पाकृतिक देवदेवीको आकृति अवलोकन गर्न तथा पुजा अर्चना गर्नेहरुको भीड बढेको स्थानीय समाजसेवी रामशरण स्यांतानले बताए । सिन्धुली जिल्लाको क्यानेश्वरमा जिल्लाकै सबैभन्दा ठुलो ऐतिहासिक कुण्डताल भएको स्थान नजिकै प्रूाकृतिक देव देवीको आकृतिहरु पेला परेपछि क्यानेश्रलाई पर्यटकीय क्षेत्रको रुपमा बिकास र बिस्तार गर्न समेत सघाउ पुग्ने स्थानीय जनप्रतिनिधि बालकृष्ण नेपाल बताउनु हुन्छ । सिन्धुलीको क्यानेश्वरको चुरे पहाड वन श्रृखलामा फेला परेका विभिन्न देव देवीका आकृतिहरु खोटाङ जिल्लाको हलेसी महादेवस“ग मिल्ने प्रकृतिका प्राकृतिहरु आकृतिहरु देखिएपछि स्थानीयले संरक्षण तथा मठ मन्दीरको निर्माण गर्ने तयारी समेत गरिरहेका छन् ।
प्राइम लाइफ र नेसनल लाइफले १ अर्ब ६० करोडको हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । दुई जीवन बीमा कम्पनीले चुक्ता पुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब ६० करोड ३८ लाख ४७ हजार ७५४ रुपैयाँको १ करोड ६० लाख ३८ हजार ४७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् । जसअनुसार प्राइम लाइफले १ बराबर १ अनुपातमा ६१ करोड २ लाख रुपैयाँ बराबरको ६१ लाख २ हजार कित्ता र नेसनल लाइफले १० बराबर ६ अनुपातमा ९९ करोड ३६ लाख ४७ हजार ७५४ रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएका छन् । हकप्रद निष्कासनका लागि दुवै कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिएका छन् । नियामक बीमा समितिले आउदो असारसम्म जीवन बीमा कम्पनीले २ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि दुबै कम्पनीले हकप्रदबाट पुँजी बढाउन लागेका हुन् । प्राइम लाइफको चुक्तापुँजी ६१ करोड २ लाख रुपैयाँ छ । यस्तै नेसनल लाइफको १ अर्ब ६६ करोड ४१ लाख रुपैयाँ छ । हालसम्म १८ कम्पनीले ११ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ बराबरको ११ करोड ६४ लाख ५५ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । साउनयता बोर्डले १८ कम्पनीलाई ९ अर्ब ५३ करोड ३२ लाख रुपैयाँ बराबरको ९ करोड ५३ लाख ३२ हजार कित्ता हकप्रद निष्कासनका लागि अनुमति दिएको छ । बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले चुक्तापुँजी बढाउनु पर्ने बाध्यकारी व्यवस्था भएकाले यो वर्ष हकप्रद सेयरको बाढी आउने भएको छ ।
हस्तकला व्यापार मेला मंसिर १ देखि ५ गतेसम्म, १० हजार आगन्तुकलाई निःशुल्क प्रवेश
काठमाडौं । नेपाल हस्तकला महासंघले मंसिर १ देखि ५ गतेसम्म आयोजना गर्न लागेको १५औ हस्तकला व्यापार मेला तथा १३ औै हस्तकला प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । निर्यातकर्ता, आन्तरिक उपभोक्ता, थोक तथा खुद्रा बिक्रेता र अन्तर्राष्ट्रिय क्षेत्रका उद्यमी, व्यबसायी आयातकर्ता आदिलाई लक्षित गरि यो मेला आयोजना गर्न लागिएको महासंघले जनाएको छ । मेलामा चीन, जापान, जर्मन, पाकिस्तान, भुटान, भारत, श्रीलंकालगायतका देशहरुबाट ३५ जनाभन्दा बढि विदेशी व्यवसायिक खरिदकर्ता आउने मेला आयोजक समितिको संयोजक हेमरत्न शाक्यले बताए । मेलामा झण्डै १ लाख आगन्तुक आउने अनुमानगरिएको छ भने १० करोडभन्दा बढीको कारोवार हुने अपेक्षा आयोजकको छ । व्यापार मेला अवलोकन गर्नको लागि प्रवेश टिकटको दर ५० निर्धारण गरिएको छ । त्यसमा विद्यार्थीलाई ५० प्रतिशत सहुलियतको व्यवस्था गरिएकोे र वृद्धवृद्धालाई निशुल्क गरिएको महासंघले जनाएको छ । १० हजार मान्छेको लागि टिकट फ्रिको व्यवस्था गरिएको बताइएको छ । मेलामा १० वटा प्याभिलियनसहित करिब २०० स्टल रहने छन् । व्यापार मेलामा नेपाल भित्रबाट महासंघका जिल्ला हस्तकला संघहरु, बस्तुगत संघहरुको साथै ती संघमा आवद्ध र नेपाल सरकारको गरिबीनिवारण कोष समेतको सहयोगितामा करिव २५ वटा जिल्लाका उद्यमी व्यवसायीहरु सहभागी हुने भएका छन् । मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्टका सामान, उनी तथा सुती एवं ढाकाका सामान, पश्मिना, हाते कागजका सामान, छालाजन्य सामान, प्राकृति करेसा र वाँसका सामानहरुसाथै जडिवुटी, अर्थोडक्स चिया लगायतको बस्तु प्रर्दशनी तथा बिक्रीका लागि राखिने महासंघको निवर्तमान अध्यक्ष तथा मेला आयोजक समितिको संयोजक हेमरत्न शाक्यले जानकारी दिए । नेपाल एकिकृत व्यापार रणनीति भित्र समावेश हस्तकला सँगका वस्तुहरुलाई मेलामा विशेष रुपमा प्रदर्शनी गर्ने कार्यक्रम बताइएको छ । व्यापार मेलमा सहभागी भएका फर्म कम्पनीहरुको ब्यवसाय प्रवद्र्धन एवं विकास गर्न मेला अवधिभर बिभिन्न स्वदेशी एवं बिदेशी क्रेताहरु र विक्रेता र्फम कम्पनीहरुबीच मेला स्थलमा क्रेता बिक्रेता वैठक (विटूबी) आयोजना गरिने भएको छ । यसै गरि मेलाको दोस्रो दिन अर्थात मंसिर २ गते अन्नपूर्ण होटलमा पनि विदेशबाट आएका क्रेताहरु र मेलामा सहभागी लगायत महासंघका निकासीकर्ता सदस्य बिक्रेताहरु बीच भेला गराई क्रेता बिक्रेता भेला गर्ने कार्यक्रम रहेको महासंघले जनाएको छ । उत्कृष्टलाई सम्मान मेलामा रहने प्याभिलियनहरु मध्येबाट उत्कृष्ट हुने एकप्याभिलियन र एक स्टललाई आकर्षक नगद पुरस्कारको पनि व्यवस्था गरिएको महासंघको अध्यक्ष धर्मराज शाक्यले बताए । त्यस्तै, नवोदित वस्तुको उजागर तथा निर्यात योग्य वस्तु विकास गरी निर्यात प्रवद्र्धनमा सहयोग पु–याउने उद्देश्यबाट उत्कृष्ट वस्तुहरु संकलन गरि ती वस्तुहरुलाई एकै स्थानमा प्रर्दशन गर्ने व्यवस्था मिलाईने छ । यसरी संकलित वस्तुहरुमध्येबाट परम्परामा आधारित समकालिन हस्तकला वस्तु विधा, टेक्सटाईल (होमडेकोर र फेशन एसेसरिज) र गरगहना आदि तीन वर्गीकरण मा परेका वस्तु मध्येबाट उत्कृष्ट एक/एक वस्तुलाई पुरष्कृत गरिने छ । यस अवसरमा नेपाली हस्तकला उद्योग व्यवसायको विकास, विस्तार तथा प्रबद्र्धनमा निरन्तर क्रियाशील भई विशेष योगदान पु¥याउनु हुने उत्कृष्ट उद्यमी, उत्कृष्ट निकासीकर्ता र उत्कृष्ट कलाकारलाई सम्मान गरिने संयोजक शाक्यले बताए । महासंंघले आफ्नौ निकासीकर्ता सदस्यहरु मध्ये ३ जना निकासीकर्ता र गै¥ह निकासीकर्ता सदस्यहरु मध्ये १ जनानिकासीकर्तालाई विषैश सम्मान र उपाहार प्रदान गर्ने योजना बनाएको छ । त्यसैगरि हस्तकला सामाग्री विक्रीको हिसाबले १ करौड भन्दा बढी निकासीगर्ने सदस्यहरुलाई र ५ करौड भन्दा बढी निकासी गरी आय आर्जन गर्ने निकासीकर्तालाई पनि महासंघले सम्मान र उपाहार प्रदान गर्ने कार्यक्रम बनाएको छ।
एनालग टेलिभिजन सेवा बुधबारदेखि बन्द, सेटअप बक्स बिना टेलिभिजन हेर्न नपाइने
काठमाडौं । सरकारले एनालग प्रविधिबाट सञ्चालन भईरहेका केवल टेलिभिजन बुधबारदेखि बन्द गरेको छ ।बुधबार ८ वटा एनालगमै चलिरहेका केबल टेलिभिजनको कन्ट्रोल रुमको ज्याक सिल गरेको छ । राजधानीका ८ वटा केबल टेलिभिजन बन्द भएका छन् । बन्द हुनेमा सुबिसुको एनालग केबल टेलिभिजन, सोनिङ, जाउलाखेल, काठमाडौं, स्काई, स्पेशटाइम, सिईसी र टिपीलिंक केबलको एनालग सेवा बन्द गरिएको हो । ०७५ वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द गर्ने सरकारको तयारी छ । यसअघि सरकारले केबल अपरेटर कम्पनीहरुलाई एनालग केबल प्रणाली हटाएर डिजिटल प्रणाली लागू गर्न १५ दिने अल्टिमेटम दिएको थियो । त्यसबेला सुचना तथा सञ्चार मन्त्रालयले कात्तिक २९ गतेबाट सञ्चार मन्त्रालयले अनुगमन गरी एनालग केबल बन्द गर्ने जानकारी दिएको थियो । मन्त्रालयले पहिलो चरणमा महानगरपालिका, उपमहानगर र नगरपालिकामा अवैद्य रुपमा सञ्चालन भइरहेका एनालग टेलिभजन बन्द गरेको हो । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा पटकपटक हटाउन दिइएको निर्देशन विपरित केबल कम्पनीहरुले नहटाएपछि बुधबारदेखि लाइन काटिएको मन्त्रालयले जनाएको छ । हालसम्म १० वटा केबल कम्पनीले मात्र डिजिटल प्रणालीको लाइसेन्स लिएका छन् । ती मध्ये ८ वटा सञ्चालनमा छन् । यद्दपी उपत्यकामा २५ भन्दा बढी केबल कम्पनी छन् । यसअघि मन्त्रालयले गत बैशाख १५ पछि काठमाडौंसहित ललितपुर, वीरगञ्ज, बिराटनगर, पोखरा महानगरपालिकाहरुमा केबल टेलिभिजन डिजिटलाइजेशन भएनन् भने टीभी नचल्ने जानकारी दिएको थियो । तर ६ महिना बितिसक्दा पनि यो लागू हुन सकेको थिएन । एनालगबाट सरकारले वार्षिक करोडौं रुपैयाँ राजश्व गुमाएको छ ।