विकासन्युज

तानसेन नगरपालिकाको बजेट ६९ करोड

पाल्पा । तानसेन नगरपालिकाले चालु आवमा ६९ करोड ११ लाख ३१ हजार ९ सय ४७ रुपैयााँ बजेट विनियोजन गरेको छ । नगरपालिकाले आन्तरिक आयमा ४ करोड ६४ लाख ८० हजार रुपैयाँ, नेपाल सरकारको निशर्त अनुदान २३ करोड ८२ लाख ४७ हजार रुपैयाँ , गत आवको नगरपालिकाको बाँकी रकम ६ करोड ९२ लाख १० हजार ९ सय ४७ रुपैयाँ गरी कुल निशर्त अनुदान ३५ करोड ३९ लाख ३७ हजार ९ ४७ रुपैयाँ, सशर्त अनुदान १९ करोड २९ लाख ४४ हजार रुपैयाँ , सामाजिक सुरक्षा ५करोड रुपैयाँ , दातृ संस्थाको सहयोगबाट सञ्चालित आयोजनालाई अनुदान ७ करोड १२ लाख ५० हजार, कन्टीन्जेन्सीबाट आम्दानी ३० लाख रुपैयाँ र जनसहभागिताबाट १ करोड ५० लाख रुपैयाँबाट बजेट विनियोजन गरेको हो । आव २०७४/७५ मा कुल निशर्त १३‌‍/१३ प्रतिशत योगदान आन्तरिक आयबाट हुनेछ । यो वर्ष आन्तरिकमा १ करोड ६८ लाख रुपैयाँ थप प्रक्षेपण गरिने विहिबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख अशोककुमार शाहीले बताए । १४ वडा कार्यालय सञ्चालनका लागि कुल १ करोड ७७ लाख ७८ हजार ७ सय रुपैयाँ र नपामा ४ करोड ४ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । विहिबार सम्पन्न नगरपालिकाको प्रथम नगरसभाले यस आवको नीति, बजेट तथा कार्यक्रममा १ करोड रुपैयाँ कर्मचारी अवकासमा खर्च गर्नेछ । नगरपालिकाले प्रत्येक वडालाई चालु र पूँजीगत खर्च १२ लाख ७० हजार रुपैयाँ र ४५ लाख रुपैयाँ गरी कुल ८ करोड सातलाख ९९ हजार ७९२ रुपैयाँ बजेट निशर्त बजेटको २२।८२ प्रतिशत रहेको छ । वडा र नगर कार्यपालिका व्यवस्थापनका ४ करोड ५७ लाख रुपैयाँ , सूचना र सञ्चार क्षेत्रमा २० लाख रुपैयाँ, संस्थागत विकासका लागि ७५ लाख रुपैयाँ , सम्पदा संरक्षणमा ३३ लाख रुपैयाँ , गरिबी न्यूनीकरणमा ६७ लाख रुपैयाँ, वातावरण प्रवद्र्धनमा ३० लाख रुपैयाँ , आन्तरिक राजस्व अभिवृद्धि र सुशासन प्रवद्र्धनमा २५ लाख रुपैयाँ विनियोजन गरिएको प्रमुख शाहीले बताए । विपन्न परिवारलाई निःशुल्क बीमामा २५ लाख रुपैयाँ , दिगो शहरी विकासका लागि १२ करोड १६ लाख रुपैयाँ विनियोजित बजेटमध्ये भौतिक पूर्वाधारमा १ करोड ८५ लाख रुपैयाँ , आर्थिक पूर्वाधारतर्फ २६ लाख रुपैयाा , संस्थागत विकासमा ४३ लाख रुपैयाँ , राष्ट्रिय अन्तरराष्ट्रिय सम्बन्ध विकासमा ३८ लाख रुपैयाँ , बस्ती विकास सम्भाव्यता अध्ययनका लागि ३८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको शाहीले बताए । तानसेनको खानेपानी उपभोक्ता समितिलाई २५ लाख रुपैयाँ र राष्ट्रिय पत्रकारिता पुरस्कारको अक्षयकोषका लागि ५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । नगरप्रमुख शाहीले यस वर्ष सडक वर्षको रुपमा तानसेनलाई चिनाउने बताए । ‘जनतासँग प्रमुख’ रेडियो कुराकानीसमेत नीति, बजेट तथा कार्यक्रममा रहेको नगरपालिकाका प्रवक्ता दामोदर घिमिरेले जानकारी दिए । रासस ––––––––––

सामसङ इलेक्ट्रोनिक्सले टिभि तथा होम अप्लाइन्सहरुमा ३३ प्रतिशतसम्म छुट दिने

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले चाडपर्वलाई लक्षित गर्दै खुशी फर्की आयो योजना ल्याएको छ । यस योजना अन्तर्गत हरेक सामसङ टिभि तथा होम अप्लाइन्सहरुको खरिदमा  ३३ प्रतिशतसम्मको छुटको व्यवस्था ल्याएकाे छ । यो फेस्टिभ प्राइस अन्तर्गत २२ प्रतिशतदेखि ३३ प्रतिशतसम्मको छुटमा सामसङका ीभ्म् टिभि तथा १२ देखि २२ प्रतिशतसम्मको छुटमा सामसङका होम अप्लाइन्सहरु खरिद गर्न सकिने छ । सामसङका निश्चित टिभिहरुमा २ वर्षको वारेन्टी सुविधा पनि उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । सामसङका २४एच४००३, ३२एफएच४००३ तथा के सिरिज र एम सिरिज सबै एलइडी टीभीहरुमा २ वर्षको वारेन्टी सुविधा उपलब्ध हुने छ । ग्राहकले टिभिको वारेन्टीलाई दर्ता गर्न सामसङको ग्राहकसेवा केन्द्रमा टोलफ्री नम्बर १६६०–०१–७२६६७(एनटीसी), ९८०–१५–७२६६७(एनसेल)मा सम्पर्क गरी टिभीको मोडेल नम्बर, खरिद मिति र बिलनम्बर तथा टिभिमा भएको सिरियल नम्बर उपलब्ध गराउनु पर्ने कम्पनीले जनाएको छ । यो योजनाहिम इलेक्ट्रोनिक्स तथात्रिवेणी व्यापारले प्रस्तुत गरेकाहुन् । योजना २०७४ भदौं ३० गतेदेखि कात्तिक १४ गतेसम्म सामसङ इलेक्ट्रोनिक्सका आधिकारिक स्टोरहरुमा मात्र लागू हुने कम्पनीको जानकारी दिएको छ ।  

नेपाल बिजुलीमा आत्मनिर्भर भई ३ वर्षपछि आयात बन्द, उर्जा बैंक स्थापनाको तयारी

काठमाडौं ।आउदौ ३ वर्षपछि नेपाल बिजुली उत्पादन आत्मनिर्भर हुने भएको छ । निर्माणधिन सबैभन्दा ठुलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि भारतबाट हुदै आएको विद्युत आयात लगभग बन्द हुने छ । आउदो ३ वर्षमा १ हजार २ सय मेगावाट बिजुली थप भई कुल जडित क्षमता २ हजार १ सय मेगावाट नाघने छ । सुख्खायाममा केही आयात गरेपनि वर्षादमा पुरै बन्द हुने भएको छ । माथिल्लो तामाकोसीका अतिरित्त निजी र सार्वजनिक क्षेत्रबाट धेरै आयोजना सम्पन्न भई विद्युत उत्पादन थप हुने भएपछि भारतबाट बिजुली आयात बन्द हुने नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । माथिल्लो तामाकोसीको पहिलो युनिट ०७५ को असारसम्म र अन्य युनिट सोही वर्षको पुससम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको उनले जानकारी दिए । उनका अनुसार माथिल्लो तामाकोसी आएपछि वर्षादको ६ महिना हामी बिजुली बढी भई निकासीको अवस्थामा पुग्ने देखिएको छ । लोडसेडिङ हटाउन प्राधिकरणले भारतबाट विद्युत आयात गरिरहेको छ । गत वर्ष भारतबाट ३८० मेगावाटसम्म बिजुली आयात गरिसकेको छ । यो वर्ष १ सय मेगावाट थप आयात गरी ४८० मेगावाटसम्म बिजुली आयात गर्ने प्राधिकरणको तयारी छ । यसका लागि आवश्य पुर्वाधार तयारी हुनका साथ प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणका क्रममा स्वीच थिचेर आयातको शुभारम्भ भइसकेको छ । तामाकोसी अर्धजलासययुक्त आयोजना भएकाले साँझको मागलाई पुरा गर्ने छ । यस्तै कुलेखानी चमेलिया जस्ता अर्धजलासययुक्त आयोजना पनि सम्पन्न हुने चरणमा रहेका छन् । यो वर्ष निजी क्षेत्र र सार्वजनिक गरी २४५ मेगावाट बिजुली थप हुदैछ । गत वर्ष ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भइसकेको छ । हाल बिजुलीको माग बढेर १ हजार ३५० मेगावाट पुगेको छ । सुख्खायाममा रोल्वालिङ खोलाको पानी ६ किलोमिटर सुरुङ निर्माण गरी तामाकोसीमा ल्याएर थप साढे १६ करोड युनिट बिजुली थप्ने योजना अघि बढेको छ । यसको संभाव्यता अध्ययन सम्पन्न भइसकेको छ । माथिल्लो तामाकोसी आयोजना सम्पन्न भएपछि वर्षादको ४ महिना बढी हुने बिजुली व्यवस्थापन गर्न ऊर्जा बैंक स्थापनका तयारी भएको छ । विद्युत प्राधिकरणले वर्षादमा बढी भएको बिजुली निकासी र सुख्खायाममा आयात गर्न लागि भारतसंग ऊर्जा बैंकिङ अवधारणामा छलफल सुरु गरेको छ । ऊर्जा बैंकको काम अघि बढाएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए । विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत नियमन आयोगका अतिरित्त नेपालमा बिजुली व्यापार गर्ने नोडल एजेन्सी एनभीभीएन विद्युत व्यापार निगम लिमिटेडलसंग छलफल सुरु भएको छ । माथिल्लो तामाकोसीलगायत अन्य केही ठुला आयोजना सञ्चालनमा आएपछि ०७६ देखि वर्षादको ४ महिना बिजुली उत्पादन बढी हुने प्रक्षप्रणका आधारमा विद्युत् प्राधिकरणले वर्षादमा बढी भएको बिजुली भारतलाई बेचेर सुख्खायाममा भारतबाट खरिद गर्न ऊर्जा बैंकिङ स्थापना गर्न लागेको हो । ४५६ मेगावाटको माथिल्लो तामाकोसीलगायत अन्य केही आयोजना सञ्चालनमा आएपछि वर्षादमा बिजुली बढी हुने र सुख्खायाममा कम हुने देखिएपछि यसको व्यवस्थापनका लागि विद्युतसंग सम्बद्ध भारतीय अधिकारीसंग छलफल भएको हो । वर्षादमा बढी भएको बिजुली भारतमा निकासी गरेर सुख्खायाममा आयात हुने गरी ऊर्जा बैंकिङको अवधारणा लागु गर्न खोजिएको उनको भनाई छ । यसबाट वर्षादमा बढी भएको बिजुली निकासी गर्ने र सुख्खामा आयात हुने छ । तामाकोसीले वर्षादको ३ महिना मात्र पुर्ण क्षमता ४५६ मेगावाट बिजुली उत्पादन गर्ने छ । मंसिर, पुस, माघ, फागुन, चैत, बैशाख र जेठसम्म नदीको पानी वहाव घटेपछि यसको असर उत्पादनमा परी ९० मेगावाटमा झर्ने छ । तामाकोसी आएपछि वर्षादमा बिजुली छेलोखेलो भएपनि सुख्खायामा उत्पादन घटेर केही घण्टा लोडसेडिङ हुने अवस्था अझै पनि छ ।  

कामना विकास बैंकले हकप्रद सेयर लिलाम गर्दे

काठमाडौं । कामना विकास बैंकले बिक्री नभएका हकप्रद सेयर लिलामी गर्ने भएको छ । बैंकको बिक्री हुन बाँकी ४५ हजार ४८७ कित्ता संस्थापक र साधारण हकप्रद सेयर बिक्री गर्नका लागि बोलपत्र आब्हान गरेको छ । बैंकले आउदो ८ गतेदेखि बोलपत्र पेश गर्न खुला हुने र असोज २२ गतेसम्म बोलपत्र पेश गर्ने मिति तोकेको छ । बैंकले संस्थापक सेयर २७ हजार १२० र सर्वसाधारण सेयर १८ हजार ३६७ कित्ता बिक्री गर्न लागेको हो ।

अमेरिकाले नेपाललाई दियो ५० अर्ब , सडक र विद्युत विकासमा खर्च हुने

काठमाडौं । जलविद्युत प्रसारणलाइन र सडकलगायत अन्य पुर्वाधार निर्माण गर्न नेपाललाई अमेरिकाले (५० करोड डलर) ५० अर्ब रुपैयाँ भन्दा बढी सहयोग गरेको छ । अमेरिकाले आफनो कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) मार्फत सो रकम सहयोग गरेको हो । सहयोगसम्बन्धी सम्झौतामा बिहीबार अमेरिकाको वासिङ्गटन डिसीमा हस्ताक्षर भएको छ । अमेरिकाले एकमुष्ठ गरेको हालसम्म कै सबैभन्दा ठुलो सहयोग हो । अमेरिकी सरकारको तर्फबाट एमसिसी च्यालेन्जका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत जोनाथन नासा र नेपालको तर्फबाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका छन् । यो कार्यक्रमअन्तर्गत अमेरिकाले नेपाललाई ५० करोड डलर बराबरको रकम सहयोगस्वरुप उपलब्ध गराउनेछ । नेपालले १३ करोड डलर रकमको योगदान गर्नेछ । यसरी ६३ करोड डलर अर्थात् करिब ६३ अर्ब रुपैयाँ बराबरको यो आयोजना ५ वर्ष्भित्र सम्पन्न गरिसक्नुपर्ने बाध्यात्मक व्यवस्था गरिएको एमसीसीले जनाएको छ । यसबाट २१३ किलोमिटर विद्युत् प्रसारणलाइनको निर्माण र सडक विस्तारमा खर्च गरिने भएको छ । पुर्वाधारमा लगानी गर्नका लागि नेपालमा ४ वर्षअघि नै एमसीसीको कार्यलय स्थापन भई आयोजना छनौटको काम भइरहेको छ । सहयोग विद्युत र यातायात क्षेत्रमा केन्द्रीत हुने एमसीसीले जानकारी दिएको छ । हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दे अमेरिकाका उपविदेशमन्त्री जोन जे सुलिभानले नेपालको आर्थिक विकासको माध्यमबाट न्यून आय भएका जनताको जीवनस्तर उकास्न अमेरिकी सरकारले सहयोग पु¥याउन पाएकोमा खुशी व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री कार्कीले नेपाल अमेरिकाको सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको घडीमा यो सम्झौता एउटा कोशेढुंगा सावित भएको बताए । कार्यक्रममा एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत नासाले एमसिसी च्यालेन्जको माध्यमबाट विभिन्न क्षेत्रमा सहयोग गरिएको चर्चा गर्दै दक्षिण एशियाली देशमध्ये नेपालको गरिबी निवारणका लागि यो रकम सहयोग गरिएको जानकारी दिए । डिसीस्थित स्टेट डिपार्टमेन्टको ट्रिटी हलमा आयोजित समारोहमा नेपालका लागि अमेरिकी राजदूत एलिना वी टेप्लीज, अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुनबहादुर कार्की, न्यूयोर्कका लागि कन्सुलेट जनरल मधुकुमार मरासिनी, अर्थमन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल, स्टेट डिपार्टमेन्टका अधिकारी, जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट, एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेललगायतको उपस्थिति थियो ।  

प्रतिबन्धित भारतीय नोट नेपाल भित्रने क्रम बढ्यो, साढे तीन कराेड भारूसहित ५ जना पक्राउ

काठमाडौं । भारतमा प्रतिबन्धित पाँच सय र एक हजार दरका नोट नेपाल आउन थालेका छन् । खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालमा प्रतिबन्धित नोट भित्रिन थालेको हो । आन्तरिक राजस्व विभागका सूचना अधिकारी देवीप्रसाद थपलियाले प्रतिबन्धित भारतीय नोट आएको जानकारी दिए । ‘प्रतिबन्धपछि भारतबाट नेपालमा यस्ता नोट आउने क्रम बढेको छ’, उनले भने, ‘नेपालमा साटिन्छ भन्ने सोचले यस्ता नोट आएका छन् ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत २३ कात्तिकमा गैरकानुनी कारोबार रोक्न भारतीय मुद्रा पाँच सय र एक हजारको नोटमाथि प्रतिबन्धको घोषणा गरेका थिए । त्यस क्रममा ५० दिनसम्म सर्वसाधारणसँग भएको नोट बैं कमा जम्मा गर्ने सुविधा दिइएको थियो । त्यसपछि नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलमार्फत नेपालमा रहेका भारु पाँच सय र एक हजार दरका नोट साट्ने पहल गरेको थियो । पटक पटक भारतीय रिजर्भ बैंकमार्फत प्रतिबन्धित नोट साट्न पहल गरे पनि अहिलेसम्म सफल हुन सकेको छैन । बैंकिङ च्यानलमार्फत पैसा जम्मा गर्दा वैध आर्जनको बाटो खोजिने भएकाले कतिपय भारतीय व्यापारीले यस्तो पैसा आपूmसँग राख्दै आएका छन् । ८ जेठ ०७४ मा भारत हरियाणा प्रदेश रोहतक डिस्ट्रिक्ट, थाना पोस्ट अफिस रोहतक ८१३ वडा २, इन्द्रा कोलोनी घर भएका अनिलकुमार सोनी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका थिए । उनीको साथबाट प्रहरीले ५० लाख ५० हजार रुपैयाँको प्रतिबन्धित नोट बरामद गरेको थियो । अनुसन्धानका क्रममा सोनीले उक्त रकम दिल्लीको चाँदनी चोकका होलसेल व्यापारी रामकुमार अग्रवालले पठाएको बताए । डेराबाट पक्राउ परेका उनी ४ जेठमा नेपाल एयरलाइन्सको उडानमार्फत दिल्लीबाट काठमाडौं आएका थिए । उनले आफू काठमाडौंमा पुराना टायर मर्मतको काम गर्दै आएको बताएका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ०७४ वैशाखपछि प्रतिबन्धित नोटसँग सम्बन्धित पाँच घटना विभागको जिम्मा लगाएको छ । पाँच घटनामा तीन करोड ३९ लाख प्रतिबन्धित नोट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले पठाएको विवरणका आधारमा थप अनुसन्धान गरेर विभागले मुद्दा दर्ता गर्दै आएको छ । दुई करोड १६ लाख प्रतिबन्धित भारुसहित पक्राउ परेका अंकुर अग्रवाल र दिनेश अग्रवालले काठमाडौंंमा सटही हुने सुनेकाले भारतबाट विमल मेहतासँग मागेर ल्याएको बयान दिएका छन् । नेपाली र भारतीयसहित १४ जनाको समूह मिलेर भारतबाट ल्याएको नोट गैरीघाटस्थित कमला भण्डारीको डेराबाट बरामद भएको थियो । १५ असार ०७४ मा प्रहरीले सुरक्षा जाँच गर्दा बुद्धनगरबाट पाँच लाख भारुसहित गणेश घिमिरे र तीर्थ पोखरेल पक्राउ परेका थिए । नेपालमा कस्मेटिक सामान आयात गर्दै आएका उनीहरूले भारतमा सस्तो मूल्यमा पाएका कारण भारु ल्याएको बताएका थिए । नेपालमा साट्न सकिन्छ भन्ने सोचका साथ उनीहरूले भारु ल्याएका थिए । विभागका सूचना अधिकारी थपलिया अहिले पनि नेपालमा साटिन्छ भन्दै प्रतिबन्धित भारु ल्याउने क्रम जारी रहेको बताउँछन् । अन्नपूर्ण पोष्टबाट

बाल्ट्राको दुई घरेलु सामान: आरओ र डिप फ्रिजर नेपाली बजारमा

काठमाडौं । बाल्ट्रा होम एप्लाइन्सेस्ले बाल्ट्राको आरओ र डिप फ्रिजर लाई नेपाली बजारमा सार्वजनिक गरेको छ । शुद्ध पिउने पानीको समस्यालाई मध्यनजर गर्दै बाल्ट्राले १२ चरणको शुद्धीकरण प्रक्रिया भएको आरओलाई नेपाली बजारमा भित्र्याएको हो । नेचुरल्ला र ओस्मस नामका दुई मोडलमा उपलब्ध बाल्ट्राको च्इमा क्यान्डल मिनिरल, सेडिमेन्ट कार्बन फिल्टर, एबिएस बडी, आरओ र यसभी का साथ टिडिएस कन्ट्रोल जस्ता अन्य धेरै विशेषताहरु रहेका छन् । त्यसै गरी बाल्ट्राले डिप फ्रिजर पनि नेपाली बजारमा ल्याएको छ । आर्टिक (बिडिएफ – २०१)  र आर्टिक (बिडिएफ- २०२०) गरी दुई मोडलमा उपलब्ध छ । यसमा १००% कप्पर कम्पेर्सर, झिक्नमिल्ने बास्केट, बाहिरी साँचो, भित्रिलाईट जस्ता अन्यविशेषताहरु रहेका छन् । बाल्ट्रा होम एप्लाइन्सेसले विगत १० वर्षदेखि ईलेक्ट्रोनिक तथा घरेलु सामानहरुमा नयाँ उत्पादनहरु उत्पादन गर्दै आएको छ ।

ऊर्जा क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, २९ भदौ । सरकारले चीन सरकारसँग ऊर्जा क्षेत्रको पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेकाे छ । शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको १०० दिन पुगेका अवसरमा यहाँँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा ऊर्जा क्षेत्रको बिस्तृत विकास र विकासका लागि चीन सरकारसँग समझदारीपत्रमा हस्ताक्षर भएको जनाएको छ । उपप्रधान एवं परराष्ट्रमन्त्रीको केही दिनअघि सम्पन्न चीन भ्रमणका समयमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रअनुसार नेपाल र चीनबीच अन्तरदेशीय प्रसारण लाइन निर्माण तथा नेपालको जलविद्युत् क्षेत्रमा थप लगानी भित्रने विश्वास सरकारले लिएको छ । यस्तै मुलुकका विभिन्न नदी जलाधार क्षेत्रमा अध्ययन गर्नसमेत उक्त समझदारीपत्रमा भएको हस्ताक्षरपछि मार्ग प्रशस्त भएको छ । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले सम्झौता नेपालको सन्दर्भमा महत्वपूर्ण भएको बताए। यस्तै विद्युत् उत्पादन कम्पनीले आयोजना विकासका लागि किमाथांका अरुण, जगदूल्ला, फूकोट कर्णाली लगायतका विद्युत् आयोजना निर्माणको प्रक्रिया अगाडि बढाएको समेत सो अवसरमा जानकारी दिइयो । यस्तै प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा रक्सौल–परवानीपुर र कुशाहा–कटैया १३२ केभी क्षमताको प्रसारण लाइनको संयुक्तरुपमा उद्घाटन भएको समेत सरकारको १०० दिनको प्रगतिमा समेटिएको छ । ती दुवै प्रसारण लाइनबाट थप ५०/५० मेगावाट विद्युत् आयात गर्न सकिने र आगामी हिउँदमा हुनसक्ने विद्युत्को उच्च मागलाई सम्बोधन गर्न सकिने सरकारको विश्वास लिइएको छ । ती प्रसारण लाइन विगत छ महिना पहिल्यै निर्माण भएको भए पनि भारतसँग सम्झौता नहुँदा विद्युत् आयात गर्न सकिएको थिएन । प्रधानमन्त्रीको भारत भ्रमणपछि ती प्रसारण लाइनको उद्घाटन गरिएको हो । रासस