आर बी कम्पलेक्स व्यवसायीले बाढीपीडितलाई ६ लाख राहत दिने
काठमाडौं । आर बी कम्प्लेक्स व्यवसायी संघले नेपाल चेम्बर अफ कमर्सको डिजास्टर म्यानेजमेन्ट सेललाई बाढीपहिरो पीडितलाई वितरण गर्न एक लाख ११ हजार र पाँच लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी सामान हस्तान्तरण गरेको छ । आर बी कम्प्लेक्स व्यवसायी संघका अध्यक्ष पर्शुराम दाहालको उपस्थितिमा संघका उपाध्यक्ष सुसान्त घिमिरेले सेलका संयोजक एवं चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्ल नगद जिन्सी (लत्ताकपडा, जुता लगायतका) सामान दिएको हो । यस अवसरमा संघका महासचिव सन्दीपकुमार अग्रवाल, सचिव थानेश्वर ज्ञवाली, चेम्वर कार्यसमिति सदस्य टिकाराम शर्मालगायतको उपस्थिति रहेको थियो ।
स्याकार ट्रेडिङ्ले ‘जिम्मेवार चालकम’ रोड सेफ्टी अभियानको आयोजना गर्दै
काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कूटरका आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ले ‘जिम्मेवार चालकम’ नामक सीएसआर अभियानको लागिरोड सेफ्टी अभियानको आयोजना गरेको छ । ट्रेडिङ्ले रोटर्याक्ट क्लब अफ काठमाडौं मिड टाउन र करुणामय फाउण्डेसनसँग सहकार्य गर्दै साउन १७ गतेदेखि संचालन गर्दै अाएकाे छ । उक्त अभियान ६ महिनासम्म चल्नेछ । “जिम्मेवार चालकम” होण्डाकोे सडक अनुशासनलाई प्रोत्साहन दिन गरिएको एक प्रयास हो । मोडहरुमा साइड लाईट बाल्ने, आवश्क परिस्थितिमा मात्र हाई बिम लाईटको प्रयोग गर्ने र वाँया साइडबाट ओभरटेक नगर्ने यस रोड सेफ्टी अभियानको प्रतिज्ञा रहेको छ । पछिल्लो पटक “जिम्मेवार चालकम” अभियान असार, २०७१ मा नेपालभर रहेकाहोण्डा शोरुमबाट संचालन हुँदै आइरहेको छ । सन् १९७६ माहोन्डा मोटरसाइकलहरुकोे बिक्री वितरण सँगै स्थापना भएको स्याकार ट्रेडिङ्ग कम्पनी नेपालकै अग्रणी र प्रतिष्ठित कम्पनीहरु मध्ये एक हो जसका आधिकारिक वितरकहरु आज नेपालभर फैलिएका छन् ।
राजधानीमा बाढी सम्बन्धी बहस, डुबान प्रभावित ठाउँमा तटबन्ध बनाउनुपर्ने
काठमाडौं । नेपाल र भारत दुवै पक्षका जनतालाई डुबानबाट मुक्ति पाउनका लागि दुवै ठाउँमा तटबन्ध बनाउनु पर्नेमा वक्ताहरुले जोड दिएका छन् । बाँधका कारण वर्षेनी दुवै पक्षका जनता डुबानमा पर्ने गरेको बताउँदै दुवै देशको समन्वयमा डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउनु पर्नेमा उनीहरुले जोड दिएका हुन् । आज यहाँ बाँध सरोकार राष्ट्रिय मञ्चद्वारा आयोजित ‘भारतद्वारा निर्मित सीमावर्ती बाँध तथा तटबन्ध संरचनाले पारेको असर र प्रभावसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले दुवै पक्षका जनता डुबानबाट सुरक्षित हुने गरी तटबन्ध बनाउनु पर्ने बताए । उनले भारत पक्षले बनाएको बाँधका कारण वर्षेनी दुवै देशका जनता डुबानमा पर्ने गरेको भन्दै दुई देशबीच संयन्त्र बनाई डुबान प्रभावित क्षेत्रका जनतालाई बचाउन तटबन्ध निर्माण गर्नुपर्ने बताए । ‘वर्षेनी राहत सामग्री बाँड्नुको सट्टा दीर्घकालीन समाधानको बाटो अपनाउनु पर्छ’, उनले भने, ‘डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउन सके दुवैतर्फका सीमा क्षेत्रका जनताको सुरक्षा हुने थियो ।’ उनले डुबानबाट नेपालका क्षेत्र बढी प्रभावित भएकाले नेपालले नै पहलकदमी लिनुपर्ने धारणा राखेका थिए ।कार्यक्रममा सांसद वैजनाथ चौधरीले भारत पक्षले बनाएको बाँधका कारण नेपाली वर्षेनी डुबानमा पर्ने गरेको उल्लेख गर्दै दीर्घकालीन समाधानको उपाय अपनाउनु पर्ने बताए । उहाँले गण्डक बाँधका कारण तीन पुस्ता डुबानमा परेको भन्दै भारत सरकारले डुबानमा परेका नेपालीलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने धारणा राखे। सांसद चौधरीले बाढी र चुरे पहाड दोहनका कारण तराई मरुभूमिमा बन्ने बताए । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गोविन्द शर्मा पौडेलले भारतीय पक्षले एकतर्फी बनाएको बाँधका कारण तराई क्षेत्रमा स्वास्थ्य, शिक्षा र कृषिमा असर परेको बताए। कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले नेपाल र भारत पक्ष मिलेर संयन्त्र बनाएर डुबान प्रभावित क्षेत्रमा तटबन्ध बनाउनु पर्ने बताए। कार्यक्रममा प्राध्यापक रतन भण्डारीले ‘सीमावर्ती बाँधले स्थानीय जनताको जीविकोपार्जनमा पारेको असर’ बारे कार्यपत्र प्रस्तुत गर्दै भारतले अन्तर्राष्ट्रिय नियम विपरीत बनाएका बाँधका कारण हजाराैं नेपाली डुबानमा पर्ने गरेको भन्दै डुबानबाट रोक्नका लागि तटबन्ध बनाउनुपर्नेमा जोड दिए। रासस
बनेपामा सेयर कारोबार गर्नेको सङ्ख्या वृद्धि, सातामा १० करोड बढीकाे सेयर किनबेच
बनेपा। सेयर बजारको दायरा फराकिलो हुँदै जाँदा बनेपामा पनि कारोबार गर्नेको संख्या बढ्दै गएको छ । बनेपामा भिजन सेक्युरिटिज प्रालि (३४), डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालि (४४) नंले शाखा कार्यालयमार्फत डिम्याट गर्ने र सेयर कारोबारको काम छ महिनादेखि हुन थालेपछि सो कारोबार गर्नेको संख्या बढेको हो । भिजन सेक्युरिटिज प्रालि बनेपा शाखाका प्रमुख प्रकाश अधिकारीले गाउँ गाउँबाट सेयर कारोबार गर्न ग्राहक आउन थालेकाले गाउँको पैसा शहरमा परिचालन भएको बताए । उनले यस क्षेत्रमा शेयर कारोबार गर्ने महिलाको संख्या बढ्नुका साथै शेयर कारोबारप्रति जनचेतना बढ्दै गएको बताए । सो शाखामा एक साताको अवधिमा १० करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । चैतबाट उक्त कार्यालयले बनेपामा शुरु गरेको शेयर कारोबार गत साता चार दिनको अवधिमा छ करोड तीन लाख ४० हजार रुपैयाँ भएको थियो । त्यस्तै डायनामिक मनी म्यानेजर्स सेक्युरिटिज प्रालिले बनेपामा एक साताको अवधिमा ९१ लाख ११ हजार रूपैयाँ बराबरकाे कारोबार गरेको छ । गत साता सो कार्यालयले ८५ लाख ६० हजार रूपैयाँको कारोबार गरेको बनेपा शाखाका प्रमुख नमोः ओम श्रेष्ठले जानकारी दिए । “नयाँ नयाँ तर सानो कारोबार गर्ने ग्राहकको संख्या बढेको छ,” उनले भने । उक्त ब्रोकर कार्यालयले पाँच महिनादेखि बनेपामा सेयर कारोबार गर्दै आएको छ । यी दुई ब्रोकर कार्यालयबाहेक क्रियटिभ सेक्युरिटिज प्रालिले पनि शेयर कारोबार गर्दै आएको छ । बनेपा बजारलाई काभ्रेपलाञ्चोकको प्रमुख व्यापारिक केन्द्रको रुपमा हेरिँदै आएको छ । यहाँ आर्थिक कारोबार बढी हुने गर्छ ।
प्रिमियर इन्स्योरेन्सको ३७ औ शाखा दमकमा
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी नेपालको ३७ औ शाखा दमकमा रहेको छ । उक्त शाखाको उद्घाटन दमक नगरपालीकाका प्रमुख रोमनाथ ओलीले गरेका छन् । इन्स्योरेन्सले यस दमक शाखाले आफ्नो सेवालाइ अझ विस्तारीत गर्दै लैजाने प्रतिवद्धता प्रमुख कार्यकारी अधिकृत सुधुम्नप्रसाद उपाध्यायले व्यक्त गरेका छन् । कम्पनीले आर्थिक बर्ष ०७३।७४ मा एक अर्ब ३५ करोड रुपैयाँ विमाशुल्क संकलन गरेको छ । सो अवधिमा बैंकले अठार करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
सरकारले खाद्य संस्थाको महाप्रवन्धकको पदपूर्ति गर्न माग्यो आवेदन
काठमाडौं । सरकारले नेपाल खाद्य संस्थानमा महाप्रवन्धकको नियुक्तिको काम थालेको छ । खुला प्रतिस्पर्धाबाट महाप्रवन्धक नियुक्तिको तयारी सरकारले गरेको छ । भदौ १५ गतेसम्म आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन महाशाखा शिलवन्दी आवेदन दिन भनेको छ । अर्थशास्त्र, व्यापार र व्यवस्थापनमा न्युनतम स्नातक तहसम्म अध्ययन पुरा सम्बन्धित क्षेत्रमा ५ वर्षको अनुभव भएका व्यक्तिले मात्र आवेदन दिन सक्ने छन् ।
एकैदिन पाँच कम्पनीको सेयर मूल्य समायोजन, हेरौँ कुन कुनको भयो?
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा पाँच कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले एकैदिन(बिहीबार) किसान माइक्रोफाइनान्स वित्तीय संस्था, सुमीट माइक्रोफाइनान्स र सिन्धु विकास बैंकको हकप्रद सेयर पछिको सेयर मूल्य समायोजन गरेको छ । त्यस्तै, नेप्सेले सोही दिन अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीेको बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले किसान माइक्रोफाइनान्स वित्तीय संस्थाकोे २४.२२ प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २५९६ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १८७७ रुपैयाँ रहने भएको छ । त्यस्तै, नेप्सेले सुमीट माइक्रोफाइनान्सको शतप्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १९०५ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १७१६ रुपैयाँ रहने भएको छ । सिन्धु विकास बैंकको पनि ८० प्रतिशत हकप्रद पछिको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २२२ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य २८८ रुपैयाँ रहने भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट बैंक र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीे दुबैको १० प्रतिशत बोनस पछिको सेयर मूल्य नेप्से समायोजन गरेको छ । अरुण भ्यालीको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता २४४ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य ३१४ रुपैयाँ रहने भएको छ । त्यस्तै, सूर्या लाइफ इन्स्योरेन्सको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १०६८ रुपैयाँ तोकिएको छ । जसका लागि आधार मूल्य १०४१ रुपैयाँ रहने भएको छ ।
सामसुङका उपाध्यक्षलाई भ्रष्ट्रचारको आरोपमा पाँच वर्षको जेल सजाय
विश्वकै ठुलो स्मार्टफोन तथा अन्य विद्युतिय उपकरण निर्माता कम्पनी सामसुङका उत्तराधिकारी ली जेइ योङलाई भ्रष्टचारको आरोपमा पाँच वर्षको जेल सजाय दिइएको छ । सोही भ्रष्टाचार काण्डमा मुछिएका दक्षिण कोरियाका राष्ट्रपति पार्क ग्युन हेईले पनि पद गुमाउनुपरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । सामसुङका उपाध्यक्ष लीमाथी राष्ट्रपतिका एक गोप्य सहयोगीलाई सरकारको नीति कम्पनी अनुकुल बनाउनका लागि चार करोड अमेरिकी डलरको घुस दिएको आरोप छ । यसै आरोपमा उनलाई फेब्रुअरी १७ मा प्रहरीले गिरफ्तार गरी जेल चलान गरेको थियो । पक्राउ परेको दोस्रो दिनमा नै उनलाई हत्कडी बाधेर पुछताछ गरिएको थियो । अदालतले सामसुङका अन्य चार ठुला पदाधीकारीलाई पनि चार वर्षसम्मको जेल सजाय तोकेको छ । लीलाई सुनाइएको सजायले सामसुङले नेतृत्वमा असर पार्नसक्ने अनुमान गरिएको छ । #BREAKING Samsung heir Lee Jae-Yong convicted of bribery, embezzlement, capital flight, perjury: Yonhap — AFP news agency (@AFP) August 25, 2017 #BREAKING Samsung heir Lee Jae-Yong jailed for five years: Yonhap — AFP news agency (@AFP) August 25, 2017 को हुन् ली जेइ योङ ? ली जेइ योङ दक्षिण कोरियाको चर्चित एवं विशाल कम्पनी सामसुङ ग्रुपका उपाध्यक्ष हुन् । ली सामसुङ ग्रुपका प्रमुख ली कुन्हीका छोरा पनि हुन् । करिब आठ अर्ब अमेरिकी डलरका धनी ली दक्षिण कोरियाका तेस्रा धनी व्यक्तिमा गनिन्छन् । सन् २०१४मा फोर्ब्सले उनली विश्वका शक्तिशाली व्यक्तित्वहरुको सूचीमा ३५ औं स्थानमा राखेको थियो ।