विकासन्युज

एनआईसी एशिया बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौं । एनआईसी एशिया बैंकद्वारा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार धरान स्थित वि.पि. कोईराला विज्ञान स्वास्थ्य प्रतिष्ठानको परिसरमा ९५० थान बिरुवाको वृक्षारोपण गरेको छ । बैंक र प्रतिष्ठान बिच भएको सम्झौता अनुरुप बैंकले प्रतिष्ठानको परिसरमा प्रतिष्ठानका पदाधिकारीहरु लगायत धरान स्थित उक्त कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्ना शाखाहरुको पहलमा देशका विभिन्न स्कुल, अस्पताल, सरकारी कार्यालय परिसर, उद्यान, खेलकुद मैदान आदि जस्ता स्थानहरुमा वृक्षारोपण एवं सो को यथोचित संरक्षणका लागि उपयुक्त स्थान छनौट गरि सम्बन्धित संघ संस्थाको सहकार्यमा वृक्षारोपण गरिरहेको छ । यसै क्रममा बैंकले यहि आर्थिक वर्ष २०७३/७४ भित्र ७००० विरुवाहरुको वृक्षरोपण गर्ने अठोट लिएर अघि बढीरहेको छ । यस्तो वृक्षारोपणबाट वातावरणीय सन्तुलन र हरियाली कायम गर्न योगदान पुग्ने विश्वास लिएको छ । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।

चितवन मेडिकल कलेजमा कार्यारत कर्मचारी आन्दोलित

काठमाडौं । चितवन मेडिकल कलेजमा कार्यारत १ सय १९ कर्मचारी मध्ये ६७ जना कर्मचारीहरु आन्दोलित भएका छन् । अखिल नेपाल स्वास्थ्य श्रमिक संघ मुल ईकाई कमिटीकी अध्यक्ष सरस्वती ढकालले २०६६ सालमा तत्कालिन आन्दोलनरत पक्ष र अस्पताल प्रशासनबीच भएको बिगतमा भएको १४ बुँदे सहमती र श्रम कार्यलय हेटौंडाबाट भएको सहमतीको पालना गर्न अस्पताल प्रशासन सहमत नभएको आरोप लगाएका छन् । मजदुर कर्मचारी र अस्पताल प्रशासनबीच २०६४ सालदेखी आफ्ना विभिन्न सेवा सुबिधाको माग गर्दै गरेको आन्दोलनले अझै सार्थकता नपाएको भन्दै भरतपुरमा पत्रकार सम्मेलन गर्दै विगतमा भएका सहमतीहरुको अक्षरस पालना गर्न माग गरिएको छ । साथै , उनले आफुहरुको मागप्रती अस्पताल प्रशासन दत्तचित्त भई नलागे आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । यता, अखिल नेपाल स्वास्थ्य श्रमिक संघ एवंम जिल्ला कमिटीका सचिव इन्द्र लम्सालले कर्मचारीहरुको आन्दोलन तथा मागका विषयमा श्रम अदालत हेंटौडाले गत बैशाख ७ गते अस्पतालमा कार्यरत २ सय ४० दिन काटेका मजदुर कर्मचारीहरुलाई स्थायी गर्न आदेश दिएपनि अस्पताल प्रशासनले अदालतको कदर नगरी कार्यान्वयन गर्नमा हिच्किचाएको आरोप लगाएका छन् । अस्पतालका प्रबन्ध निर्देशक डाक्टर हरिशचन्द्र न्यौपानेले मजदुर कर्मचारीका माग सहमतिमा ल्याइ सम्बोधन गर्नुको सट्टा अस्पतालमा ६७ जना कर्मचारीहरु नै नरहेको र मेडिकल कलेजमा कार्यरत नरहेको भन्ने ब्यहोराका चिठ्ठी जिल्ला प्रशासन कार्यलय चितवन र श्रम अदालत हेटौडामा मुद्धा दायर गरेकाले सहमति हुन नसकेको आरोप कर्मचारीहरुको रहेको छ । चितवन मेडिकल कलेजले थप तीन वटा अत्याधुनिक मेसिन सहित मृगौलाको डाईलेसिस् सेवा सुरु गरेको छ । बिरामीहरुको चापलाई मध्ययनजर गर्दै मेसिन थप गरिएको अस्पतालका वरिष्ठ मृगौला रोग बिशेषज्ञ डा. अरुण सेढाईले जानकारी दिए । उनले चितवनमा मृर्गौला परीक्षण गर्ने र सफा गर्ने बिरामीको चापको अनुपातमा मेसिन र दक्ष जनशक्तिको अभाब भईरहेको समयमा अस्पतालले यो सेवालाई छिटो छरितो बनाउनका लागि उच्च प्रबिधिको मेसिन ल्याएर काम गरेको बताए । यस अस्पतालले हाल सम्म २ सय १५ जनाको डाईलेसिस् गरिसकेको बताउँदै अस्पताल प्रशासनका अप्रेशन इन्चार्ज पारस अधिकारी भन्छन्, ‘एउटा मेसिनले एक जनाको मृर्गौला सफा गर्नका लागि यसअधि चार घण्टा लाग्ने गरेको र दिनमा चार जनाको मात्र परीक्षण गर्न सकिन्थ्यो तर अहिले थप तीनवटा मेसिन भित्राएपछि दैनिक ३२ जना लाई सेवा दिन सक्ने गरी क्षमता बिस्तार गरेका छौँ ।’ सरकारले आजिवन निःशुल्क घोषणा गरेको मुटुको रोग, क्यान्सर, स्पाईनल ईन्जुरी, हेडईन्जुरी, अल्जाईमर, आमा सुरक्षा, पाठेघरको अप्रेसन जस्ता रोगमा जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारीस लिएर आउने सबै बिरामीहरुलाई निःशुल्क सेवा समेत दिँदै आएको छ ।

दराज केमु मोबाइल सप्ताह असार १९ गतेदेखि शुरु, मोबाइल खरिदमा ५० प्रतिशत छुट

काठमाडौं । दराज केमु प्रालिले आफ्नो अनलाइन प्लेटफर्ममा मोबाइल सप्ताह २०१७ सञ्चालन गर्ने भएको छ । नेपाल सहित दक्षिण एशियाली मुलुकहरु पाकिस्तान, बंगलादेश, श्रीलंका तथा म्यानमारमा विगत तीन वर्षदेखि अनलाइन प्लेटफर्ममार्फत विभिन्न समग्रीको अधिक व्यापार गर्दै आएको दराज केमु प्रा.लि.ले आफ्नो मोबाइल सप्ताह सञ्चालन गर्न लागेको हो । असार १९ देखि २३ गतेसम्म तदनुसार जुलाई ३ देखि ७ तारिखसम्म केमुडटकम डटएनपीमा मोबाइल सप्ताह आयोजना हुने भएको छ । पाँच दिनसम्म केमुडटकम डटएनपीमा चल्ने अनलाइन मोबाइल सप्ताहमा अहिलेको बजार मुल्य भन्दा धेरै सस्तो मूल्यमा मोबाइल खरिद गर्न सकिने छ । सप्ताह अवधिभर अनलाइन स्टोरमा नेपालमा अधिक प्रयोगमा रहेका सबै ब्राण्डका मोबाइलहरु ५० प्रतिशतसम्म छुटमा किन्न पाइन्छ । यसका अलावा केमु डटकमडटएनपी बाट मोबाइल सप्ताह अवधिमा विभिन्न ब्राण्डका मोबाइल खरिद गर्ने ग्राहलाई आकर्षक उपहार पनि प्रदान गरिनेछ । उक्त अवधिमा मोबाइल खरिद गर्ने ग्राहकलाई थप नगद छुट साथै मोबाइल डाटा पनि निशुल्क उपलब्ध गराइने दराज केमुका प्रबन्ध निर्देशक राजिव अमात्यले बताए । सन् २०१६ मा ब्ल्याक फ्राइडे नामक अनलाइन शपिंग इभेण्टको अपार सफलता पछि दराज केमुले मोबाइल सप्ताह २०१७ आयोजना गरेको हो । उक्त मोबाइल सप्ताहमा सामसुंग, वान प्लस, माइक्रोम्याक्स, एप्पल, हुवावे, नोकिया, जोप्पो, ओप्पे लगायत अन्य धेरै ब्राण्डका मोबाइलहरु सहज रुपमा सुपथ मूल्यमा अनलाइन प्लेटफर्मबाट किन्न सकिनेछ । यसका साथै मोबाइलका अन्य उपकरणहरु इयरफोन, ब्लुटुथ, साउण्ड सिष्टम, पावर बैंक लगायतका सामग्री पनि मोबाइल सप्ताहको आकर्षण्का रुपमा रहने छन् । यस अघि आयोजना भएको व्ल्याक फ्राइडे इभेण्टमा केमु डटकम डटएनपीमा लाखौंको संख्यामा अनलाइन भिजिट आएको थियो । यसैको सफलताले आगामी दिनमा पनि अनलाइन प्लेटफर्ममा विभिन्न किसिमका कार्यक्रमहरु आयोजना गर्न आफुहरु उत्साहित भएको प्रबन्ध निर्देशक अमात्यले बताए । मोबाइल सप्ताह अवधिमा केमु डटकमडटएनपी भिजिट गरि आफुलाई आवश्यक पर्ने कुनै पनि मोबाइल तथा अन्य सामग्री सुपथ मूल्य खरिद गर्न सकिने छ । केमु अनलाइन स्टोरका सेवाग्राहीहरुको मायाले नै आजको सफलता प्रप्त गरेको हो । आगामी दिनमा पनि अनलाइन प्लेटफर्मका सेवाग्राहीको उक्त माया पाइरहने अपेक्षा लिइएको छ ।

सार्वजनिक गाडीमा एनटी बस इन्टरनेट सेवा सञ्चालन हुने, टेलिकम र साइबरनेटिक्सबीच सम्झौता

काठमाडौं । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा बस लगायतका सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवा सञ्चालन हुने भएको छ । मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनहरुमा यात्रा गर्ने यात्रुहरुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकुन भन्ने उद्देश्यले टेलिकम र साइबरनेटीक्स प्रा.लि.का बीच एनटी बस इन्टरनेट सञ्चालन सम्बन्धमा केही दिन अघि सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत प्रदिपराज उपाध्याय र साइबरनेटीक्स प्रा.लि. को तर्फबाट अध्यक्ष जेम्स न्याछ्योँले हस्ताक्षर गरेका थिए । एनटी बस इन्टरनेट सेवा सञ्चालनको शुभारम्भ कार्यक्रममा कम्पनीका कर्पोरेट तथा व्यावसायिक रणनीति विभागका प्रबन्धक प्रतिभा वैद्यले यस सहकार्यबाट लामो तथा छोटो दुरीका वस यात्रुहरुले यात्राका क्रममा वाइफाइ मार्फत निःशुल्क इन्टरनेट, भिडियोलगायत मल्टिमिडिया सेवा उपभोग गर्न सक्ने बताए । उक्त अवसरमा साइबरनेटीक्स प्रा.लि. का अध्यक्ष जेम्स न्याछ्योँले एनटी बस इन्टरनेट सेवा सम्बन्धी विस्तृत जानकारी गराएका थिए । एनटी बस इन्टरनेट सेवा मुलुकका ७५ वटै जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधनहरुमा प्रयोग गर्न सकिने छ । यो डब्लुसिडीएमए वा सिडीएमए प्रविधिबाट सञ्चालन हुने भएकोले नेपाल टेलिकमको सिडिएमए नेटवर्क भएको जुनसुकै ठाँउमा पनि यो सेवा लिन सकिन्छ । यसका लागि बस कम्पनीहरुले साइवरनेटीक्स प्रा. ली. सँग सम्पर्क गरी सो सुविधा प्राप्त गर्नुपर्छ । एनटी बस इन्टरनेट सेवाबाट कुनै पनि सवारी साधनहरु जस्तै: बस, माइक्रोबस, कार आदिमा यात्रा गर्दा सरल र सुलभ तरिकाले इन्टरनेट चलाउन सकिन्छ । एनटी बस इन्टरनेट सेवाबाट यात्रुहरुले आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याबलेट आदिमा वाइफाइ कनेक्ट गरी इन्टरनेट चलाउन सकिनेछ । एनटी बस इन्टरनेट डिभाइसको आफ्नै इन्टरनल स्टोरेज हुने भएकोले अफलाइनमा पनि फिल्म, भिडियो, गीतहरु सुन्न र हेर्नुको साथसाथै गेमहरु एवं एप्सहरु पनि निःशुल्क डाउनलोड गर्न सकिन्छ । साथै आफ्नो सवारी साधन कहाँ छ, सोको जानकारी जिपिएस प्रविधि मार्फत कुनै पनि क्षण कार्यालयबाट नै पत्ता लगाउन सकिनेछ । यो सेवा शुरु गर्ने सवारी साधनलाई एकपटकको लागि निःशुल्क रिम कार्ड सहित १० जिबी डाटा नेपाल टेलिकमले उपलब्ध गराउने छ ।

कृषि फार्मबाट मासिक डेढ लाख आम्दानी

पोखरा । कास्कीको पोखरा-लेखनाथ महानगरपालिका वडा नं ११ काहुँडाँडामा सञ्चालित काहुँ देउराली एकीकृत कृषि फार्मले मासिक रु एक लाख ५० हजार आम्दानी गर्दै आएको छ । काहुँ देउराली बहुउद्देश्यीय सहकारी संस्थाद्वारा दुई वर्षदेखि सञ्चालन भएको सो फार्ममा हाल ११३ वटा सानाठूला भैँसी रहेको संस्थाका प्रबन्धक दीपक प्रकाश आचार्यले बताए । पाँचसय साठी सेयर सदस्य रहेको सो संस्थाको पुँजी तीन करोड रुपैयाँ र बचत ११ करोड रुपैयाँ पुगेको छ । सो फार्ममा पालिएका भैँसीबाट ३१५ लिटर र संस्थाभन्दा बाहिरका कृषकबाट दैनिक ७०० देखि एक हजार लिटर दूध सङ्कलन गरेर पोखराको नगर क्षेत्रमा दूध बिक्री वितरण हुँदै आएको छ । कृषि फार्म सञ्चालनका लागि बृहत् भैँसी स्रोत केन्द्रबाट रु ४३ लाख ७५ हजार अनुदान प्राप्त भएकामा सो संस्थाले एक करोड ६० लाख रुपैयाँ लगानी गरेको केन्द्रका प्रबन्धक आचार्यले जानकारी दिए । मेहनत र परिश्रम गरे स्वदेशमै पनि केही गर्न सकिन्छ भन्ने एक उदाहरणीय सन्देश दिन कृषि फार्म खोलेको प्रबन्धक आचार्यको भनाइ छ । रासस

दशैं अघि काठमाडौंमा ६० यात्रु क्षमताका बस मात्रै गुड्ने छुट्टै रुट, विस्थापित हुँदै २६ माइक्रो र ३६ टेम्पो

काठमाडौं । दशैं अघि काठमाडौंमा ६० जना यात्रु क्षमताका ठुला बस मात्रै गुड्ने छुट्टै नयाँ रुट सञ्चालनमा आउने भएको छ । सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगम्बु हुँदै नयाँ बषर्पाकसम्म त्यस्तो रुट सञ्चालन हुनेछ । यो रुट १० दशमलब २ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ । यो रुटमा ८ देखि १० मिटर लम्बाईका ५० देखि ६० यात्रु क्षमताका १७ वटा ठुला बस मात्रै गुड्नेछन् । काठमाडौं दिगो शहरी यातायात योजनाले एशियाली विकास बैंकसँगको सहकार्यमा ठुला बस मात्रै सञ्चालन गर्ने नयाँ रुट छनौट गरेको हो । यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३६ वटा टेम्पो सञ्चालनमा छन् । यी टेम्पो र माइक्रो विस्थापित गरेर तीनै कामदार र लगानी कर्ताको सहभागीतामा १७ वटा ठुला नयाँ बस सञ्चालन गर्न लागिएको हो । त्यसका लागि टेम्पो र माइक्रोको ५०÷५० प्रतिशत सेयर हिस्सा हुनेगरि दिगो यातायात प्राली नामक कम्पनी समेत दर्ता भैसकेको छ । ‘एडिबीको सहयोगमा काठमाडौं दिगो शहरी यातायात योजनाले एस ५ नामको रुटलाई ठुला बस मात्रै गुड्ने नयाँ रुटका रुपमा पाइलट प्रोजेक्ट सञ्चालन गर्न लागेको हो, दशैं अगाडी यो रुटमा बस गुडिसक्छन’, योजना प्रमुख खड्गलाल श्रेष्ठले भने । उनले माइक्रो र टेम्पो चालक तथा मालिकहरुकै सहभागीतामा नयाँ कम्पनी खोलिएको र सहुलियत ऋण उपलब्ध गराएर मझौला बस सञ्चालन गर्न लागेको पनि जानकारी दिए । त्यसका लागि नगर विकास कोष मार्फत एसियाली विकास बैंकले ऋण लगानी गर्नेछ । ‘नगर विकास मार्फत एडिबीले ऋण दिन्छ, त्यसका लागि कोष र भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबिच सम्झौता पनि भैसकेको छ’, सिनियर डिभिजनल इञ्जिनियर श्रेष्ठले भने । टाटा कम्पनीबाट खारिद गरिने ती बसहरुको अनुमानित लागत प्रति बस ४० देखि ५० लाख हुनेछ । गाडी सञ्चालन गरेको अधिकतम ७ बर्षभित्रै पुर्ण रुपमा लगानी उठिसक्ने प्रक्षेपण पनि योजनाले गरेको छ ।‘हामीले एडिबीसँग मिलेर यात्रुको आवागमन, रुटको भौतिक पुर्वाधार र लगानी र लगानी उठ्न लाग्न अनुमानित समय सबै अध्ययन गरेपछि पाइलट प्रोजेक्ट अघि बढाउने निष्कर्षमा पुगेका हौं’, श्रेष्ठले सुनाए । ६४ रुटको पहिचान एडिबीसँगको सहकार्यमा योजनाले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सकडालाई बी ग्रेडमा राखिएको छ । ६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । दशैं अघि पाइलट प्रोजेक्टका रुपमा सञ्चालन गर्न लागिएको सडक भने बी ग्रेडको हो । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् । योजनाले दोश्रो पाइलट रुटका रुपमा किर्तिपुर–बल्खु–कालीमाटी–त्रिपुरेश्वर–रत्नपार्क हुँदै चप्पल कारखाना पुग्ने अर्को रुट सञ्चालनबारे छलफल गरेको भएपनि यातायात व्यवसायीले सहमति दिएका छैनन् ।

क्रेजि सेल मेला असार १७ गतेसम्म हुने, बिशेष छुट र सहुलियत मुल्यमा बिक्रि

काठमाडौं । शिखर शुजको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा भईरहेको क्रेजि सेल मेला यहि असार १७ गतेसम्म हुने भएको छ । यस मेलामा उपभोक्ताले सस्तो मुल्यमा आर्कषक जुत्ता चप्पल पाउने हुँदा ग्राहकको मागलाई ध्यानमा मेलाको समय अवधि ६ दिन थप गरिएको हो । यस मेलालाई हजारौ उपभोक्ताहरुले अभिरुचीपुर्वक अवलोकन गरिसकेका छन् । क्रेजि सेल मेलामा गर्मी याम लक्षित गरि नयाँ डिजाइनका जुत्ता तथा चप्पलहरु बिक्रि वितरणमा ल्याइएको छ । नयाँ डिजाईन एवं मोडलका जुत्ताहरु भृकुटीमण्डपको क्रेजि सेल मेलामा तथा शिखर सुजका शो रुमहरुमा मात्र उपलब्ध गराइएको छ । यी जुत्ताहरुमा खुद्रा बिक्रि मुल्यमा ८५ प्रतिशत सम्म छुट उपलब्ध गराइएको छ भने मेलामा ३८, ३९ र ४० नम्बरका जुत्ता चप्पलमा छुट पछि पनि छुटको व्यवस्था गरिएको छ । मेलामा रु. १०० देखि रु. ५ हजार सम्मका जुत्ता तथा चप्पल बिक्रि वितरणका लागि राखिएको छ । यस मेलामा उपभोक्ताले सर्वसुलभ मुल्यमा नेपाली जुत्ता तथा चप्पल प्रयोग गर्ने बानीको बिकासको लागी एक अनुपम थलो हुने विश्वास आयोजकको रहेको छ । शिखर शुजद्वारा उत्पादीत गुणस्तरिय जुत्ता चप्पलहरु बार्षिक रुपमा निश्चित समयको लागी बिशेष छुट र सहुलियत सहित आश्चर्यजनक मुल्यमा बिक्रि बितरण गरि नेपाली जुत्ता चप्पलहरुको प्रत्यक्ष प्रयोगकर्ता बढाउनु यस मेलाको प्रमुख उद्धेश्य रहेको शिखर शुजका प्रवन्ध निर्देशक रामकृष्ण प्रसाईले बताए । । शिखर सुज ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु क्रेजि सेल मेलामा उपलब्ध छन् ।

अन्तराष्ट्रिय योग दिवस सम्पन्न, टाटा मोटर्स तथा भारतीय राजदुतावासको संयुक्त सहयोग

काठमाडौं । नेपाल-टाटा मोटर्स एवं नेपालका लागि अधिकृत विक्रेता सिप्रदी ट्रेडिङ्गप्रा.लि.ले अन्तराष्ट्रिय योग दिवसका दिन इन्डिया हाउस, लाजिम्पाटमा एक समारोहको आयोजना गरेको थियो । हजारौ वर्ष अघि भारत वर्षमा शुत्रपात भएको योग विधा एक प्रकारको भौतिक, मानसिक एवं आध्यात्मिक अभ्यास वा विधि हो । यसको अभ्यासकर्ता लाई योग द्वारा पुग्न जाने योगदानलाई कदर गर्दै सयुंक्त राष्ट्र सघं द्वारा ३ वर्ष अघि जुन १० का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा गरे अनुसार नेपाल पनि यस दिवश मनाउन सहभागि भएको छ । उक्त समारोहलाई सम्बोधन गर्दै टाटा मोटर्सका अन्तर्राष्ट्रिय ब्यापार, कमर्सियल भेहिकल विभागका प्रमुख रुद्ररुप मैत्रले सिप्रदी ट्र्डिङ्ग प्रा.लि. एवं भारतीय राजदुतावासका साथ संयुक्त रुपमा यस वर्ष अन्तर्राष्ट्रिय योग दिवश समारोह मनाउन पाउदाँ गौरव लागेको व्यहोरा बताए । उक्त अवसरमा बोल्दै नेपालका लागि भारतीय राजदुत मनजीत सिहं पुरीले “योग सुस्वास्थ एवं सम्वृद्धिका लागि अति महत्वपूर्ण भएको” विषयमा जोड दिएका छन् । यो विषय केवल एक व्यायाम मात्र नभई, आफ्नो व्यक्तिगत पहिचान साथै त्यसलाई आत्मसात गर्न एक महत्वपूर्ण विधि भएको व्यहोरा बताए । सोही अवसरमा बोल्दै, सिप्रदी ट्रेडीङ्ग कम्पनीका सि.इ.ओ. राजन वावु श्रेष्ठले “पहिलो पटक यस वर्ष टाटा मोटर्स तथा सिप्रदीले भारतीय राजदुतावासद्वारा आयोजित अन्तर्राष्ट्रिय योग दिवशमा भाग लिएको” बताए । श्रेष्ठले पूर्ण सचेतना सहीत, आफु तथा प्रकृति प्रति पूर्ण उत्तर दायित्वका साथ पूर्ण रुपमा जीवन व्यतित गर्न सवैलाई आफ्नो व्यक्तिगत जीवनमा योग लाई अपनाउन तथा यसको अभ्यास गर्न आग्रह गरेका छन् ।