लण्डनमा पाईलटले मदिरा पिएर विमान उडान भर्न खोजेपछि तनाव
लन्डन, ५ साउन । मदिरा सेवन गरेर उडान गर्न लागेको आरोपमा दुई जना विमान चालकलाई स्कटल्यान्डमा सोमबार पक्राउ गरिएको छ । विमान चालकले स्कटल्यान्डबाट टोरोन्टोका लागि सोमबार एयर ट्रान्साटको ए ३१० विमानमा २५० यात्रु लिएर उडान भर्ने तयारीमा रहेका बेला मदिरा सेवन गरेका बताइएपछि तत्कालै उनीहरुलाई पक्राउ गरिएको थियो । मङ्गलबार स्कटल्यान्डका ३९ वर्ष र ३७ वर्षका दुवै जनालाई पेस्ली सेरिफ कोर्टमा उपस्थित गराइने बताइएको छ । चालकहरुलाई मदिरा सेवन गरेको आरोपमा पक्राउ गरिएपछि उक्त विमानको उडान स्थगित गरी यात्रुहरुलाई होटलमा राखिएको थियो । एयर ट्रान्साटका प्रवक्ताले विमानका दुई कर्मचारी पक्राउ परेको पुष्टि गरेपनि उनीहरुको मुद्दा अदालतमा पुगिसकेकाले अनुसन्धानपूर्व केही नबताउने बताए । हामी चालक दलका सदस्य र यात्रुको सुरक्षाप्रति सजक छौँ र रहने छौँ एयर ट्रान्साटका प्रवक्ताले बताए । स्थगित विमानको मङ्गलबार टोरोन्टोका लागि उडान हुने बताइएको छ । रासस÷एएफपी
अरनिको डेभलपमेन्ट बैंकको नाफा ५ करोड ८४ लाख, १८ प्रतिशत बोनस सेयर दिन सक्ने
काठमाडौं, ५ साउन । अरनिको डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ५ करोड ८४ लाख रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ८६ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ३ करोड १३ लाख रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब १८ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी २५ करोड ७८ लाख रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई बोनस सेयर दिनुपर्ने बाध्याता छ । निक्षेप २ अर्ब १ करोड छ भने कर्जा तथा लगानी १ अर्ब ७९ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.९८ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ७५ प्रतिशत छ ।
जिल्ला अस्पतालको जग्गा अतिक्रमण गरेर घर निर्माण
जाजरकोट, ५ साउन । जाजरकोट जिल्ला अस्पतालको जग्गा अतिक्रमणको चपेटामा परेको छ । स्थानीयवासीबाटै अस्पतालको जग्गा अतिक्रमण भएको हो । सदरमुकामको ठाटीबजारमा रहेको अस्पतालको ४० रोपनी जग्गामा पाँच रोपनीभन्दा बढी जग्गा स्थानीयवासीबाट कब्जा भएको अस्पताल विकास समितिका अध्यक्ष नगेन्द्र शाहले जानकारी दिए । दर्जन बढी पक्की घर बनेका छन । लभ रोडको दायाँबायाँ र थाप्लेचौर जाने बाटोको दायाँबायाँको जग्गा स्थानीयवासीबाट अतिक्रमण भएको अध्यक्ष शाहले बताए । अतिक्रमण हटाउन आफ्नो एकल प्रयासले नसकिने भन्दै शाहले यसतर्फ सरोकारवाला सबैले चासो दिनुपर्ने कुरा बताए । जाजरकोटमा २०३३ सालमा अस्पताल स्थापना हुँदा उक्त जग्गा अस्पतालको नाममा प्राप्त भएको थियो । चालीस रोपनी जग्गामा आठ रोपनी जग्गा जिल्ला अदालतलाई, डेढ रोपनी खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयलाई र ११ आना जग्गा वृद्धाश्रमलाई उपलब्ध गराइसकेको जिल्ला अस्पताल जाजरकोटका प्रमुख डाक्टर राजेन्द्र जिसीले जानकारी दिए । बाँकी रहेको जग्गामा स्थानीयवासीले घर निर्माण गरेको जिसीको भनाइ छ । सरकारी जग्गा कब्जा गरेर घर निर्माण गरिनु राम्रो पक्ष नरहेको भन्दै जिसीले अस्पतालले जतिबेला पनि सो जग्गा खाली गराउन सक्ने जिसीको भनाइ रहेको छ । त्यसैगरी, जिल्लामा जिल्ला वन कार्यालय, राष्ट्रिय अनुसन्धान, प्रहरी, अस्पताललगायत कार्यालयका सरकारी जग्गा स्थानीयवासीबाट अतिक्रमण गरिएको बताइएको छ । सरकारी सम्पत्तिमा स्थानीयवासीले रजाइँ गर्दासमेत नियमक निकाय भने मौन रहेका छन् । रासस
एनआईसी एशियाको नाफा १ अर्ब ७ करोड, १८ प्रतिशत बोनस सेयर दिन सक्ने
काठमाडौं, ५ साउन । एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्ष १ अर्ब ७ करोड रुपैँया खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलानामा बैंकले ५७ प्रतिशत नाफा बढाएको छ । अघिल्लो आर्थिक वर्ष बैंकले ६८ करोड ३ लाख रुपैँया खुद नाफा गरेको थियो । बैंकले गत आर्थिक वर्षको नाफाबाट करिब १८ प्रतिशत बोनस सेयर दिन सक्ने देखिएको छ । कम्पनीको चुक्ता पुँजी ४अर्ब ५७ करोड रुपैयाँ मात्र छ । पुँजी वृद्धि सम्बन्धि राष्ट्र बैंकको निर्देशनका कारण यस बैंकलाई पनि बोनस सेयर दिनुपर्ने बाध्याता छ । यस बैंकले निक्षेप ६९ अर्ब ४८ करोड र कर्जा तथा लगानी ७१ अर्ब ३४ करोड रुपैयाँ परिचालन गरेको छ । बैंकको खराब कर्जा ०.८२ प्रतिशत मात्र रहेको छ भने कर्जा निक्षेप अनुपात ७८ प्रतिशत छ ।
सरकारी कर्मचारीको तलव सार्वजनिक, कार्यकारी प्रधानमन्त्रीको भन्दा सेरेमोनियल राष्ट्रपतिको तलव दोब्बर बढी
काठमाडौं, ४ असार । चालु आर्थिक वर्षको बजेटमा कर्मचारीको तलव २५ प्रतिशतले वृद्धि गर्ने उल्लेख भए अनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलवमान सुविधा मंगलबार सार्वजनिक गरेको छ । सरकारी कर्मचारीको तलवका साथै पेन्सन पनि बढेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलवमान तथा सुविधालाई स्वीकृत गरेपछि अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो । नयाँ तलवमान अनुसार राष्ट्रपतिको १ लाख ५० हजार ४५०, उपराष्ट्रपतिको १ लाख ८ हजार ३०, प्रधानमन्त्रीको ७७ हजार २८०, उपप्रधानमन्त्रीको ६५ हजार २००, मन्त्रीको ६० हजार ९७०, राज्यमन्त्रीको ५७ हजार ७८० र सहायक मन्त्रीको ५६ हजार ४९० रुपैयाँ पुगेको छ । सरकारको कार्यकारी प्रमुख प्रधानमन्त्रीको भन्दा सेरेमोनियर राष्ट्रपति (सरकारी निर्णयमा सहि मात्र गर्नें)को तलव दोब्बर रहेको छ । यस्तै सभामुखको ६७ हजार ३२०, उपसभामुखको ६० हजार ९७०, साँसदको ५५ हजार २३०, राष्ट्रिय योजना आयोगको उपाध्यक्षको ६० हजार ९७० र सदस्यको ५६ हजार ४९० रुपैयाँ पुगेको छ । यस्तै सर्वोच्च अदालतको प्रधानन्यायधिशको ७३ हजार ६८०, न्यायधिशको ६० हजार ९७० छ । यस्तै निजामति सेवा अन्र्तगत ग्रेड सुविधा समेत गरी मुख्यसचिवको ५८ हजार ८८०, सचिवको ५४ हजार ८४८, सहसचिवको ४९ हजार ५१६, उपसचिवको ४३ हजार ३४८, शाखा अधिकृतको ३८ हजार ६३६ रुपैयाँ पुगेको छ । प्रधानसेनापतिको ५८ हजार ८८०, नेपाल प्रहरी र शसस्त्र पहरी महानिरीक्षकको ५४ हजार ८४८ रुपैयाँ पुगेको छ । सबैको तलव सूचि यस्तो छ ।
अक्टोवरमा फोरजीका अाउने, सर्वसाधारणले के के फाइदा पाउँछन ?
काठमाडौं, ४ साउन : नेपाल टेलिकम र एनसेलले दुई महिनाको समयावधि माग गरेका कारण फोरजी सेवा सञ्चालन गर्न दुई महिनाको समय माग गरेका छन्। नेपालमा बहुप्रतिक्षित मानिएको यो सेवा सुचारु गर्नका लागि समय उनीहरुले समय माग गरेका हुन्। गत असार २८ गते रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्य निर्धारण समितिले दुरसञ्चार सेवाको रेडियो फ्रिक्वेन्सी बाँडफाँड तथा मूल्यसम्वन्धि नीति संसोधनसहित पास गरेपछि दुरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई सेवा अगाडि बढाउन बाटो खुलेको हो। पुरानै फ्रिक्वेन्सी ब्याण्डमा टेक्नोलोजी न्युट्रल गरेर नयाँ प्रविधिको फोर जी सेवा चलाउन मिल्नेगरी नियम संसोधन सहित पास भएको छ।टेलिकम र एनसेलले पहिलेदेखि नै फोर जी सेवा सञ्चालनका लागि फ्रिक्वेन्सीको माग गर्दै आइरहेका छन्। पहिले टेलिकम र एनसेलले १८ सय मेगाहर्ज फ्रिक्वेन्सीमा थ्रिजीको सुविधा दिइरहेका थिए। अब उनीहरुले त्यहि फ्रिक्वेन्सीमा फोरजीको सेवा दिन सक्नेछन्। फ्रिक्वेन्सीका लागि भने पहिलेको भन्दा दोब्वर शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ। के फाइदा पाउँछन् सर्वसाधारणले फोरजी अाएपछि? दुरसञ्चार प्राधिकरणका अनुसार अागामी अक्टोवरमा अाउने सर्वसाधारणका लागि अाउन लागेको यो सेवाले अाम मानिसदेखि अाईटीको क्षेत्रमा काम गर्ने सवैका लागि फाइदा पुग्दछ। विशेषत शहरी क्षेत्रका र घना बस्ति भएका ठाउँमा पहिले दिने गरी सेवा प्रदायकले काम थाल्ने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन्। फोरजी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ । यो सेवामा पर्छन्। यसवाट अाफुले चाहेको समय तथा मोवाइलवाटै सम्पूर्ण कामहरु धेरै चाँडो चलाउन र सफर गर्न मिल्छ। सवै सुविधा मोवाइलवाट हुने भएकाले ग्राहक र उपभोगकर्ताले फोरजीको उपयोग गर्न सक्छन कि सक्दैनन् यो विषय अहिले धेरै नै सतहमा अाएको अर्याल बताउँछन्। नेपालीहरुको अाय स्तर मध्यम भएको र फोर जी ले दिने सवै सेवाहरु चलाएमा नर्मल समयको भन्दा केहि महंगो हुन सक्छ। टेलिकमले तयारी थाल्ने रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले फोरजीका लागि बाटो खुल्ला गरेसंगै नेपाल टेलिकमले तत्काल फोरजीका लागि काम कार्वाहि अगाडि बढाउन लागेको टेलिकमले जनाएको छ। टावर, व्यकअप र अरु इन्फ्रास्टक्चरमा कुनै समस्या नभएको र ‘टेक्नोलोजी न्युट्रल गरेपछि धेरै समस्या नपर्ने र सफ्टवेयर अपग्रेड गरे हुने टेलिकमले जनाएको छ। टेलिकमले थ्रीजीका लागि टावर र यसमा लाग्ने सामाग्री खरिद गर्दा नै नयाँ प्रविधिसंग पनि अपग्रेड गर्दा काम गर्ने सामाग्रि खरिद गरेको थियो। टेलिकमले विटिएस टावरका लागि धेरैमात्रामा चिनियाँ इलेक्ट्रोनिक्स कम्पनी हुवावेका सामाग्रिहरु धेरै प्रयोग गर्ने गरेको छ। यो कम्पनीले टुजी, थ्रिजी र फोरजी एकै टावरबाट चल्ने सुविधा रहेको हुन्छ।
धितोपत्र बोडमा तयार भयो सेयर बजारका सुधार ८ बुँदे कार्ययोजना, नेप्से र सीडीएसको पनि सहमति
काठमाडौं, ४ साउन । सेयर बजारमा देखिएका समस्या तत्काल समाधान गर्न नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड बीच तत्काल काम गर्ने गरी ८ बुँदे कार्ययोजना बनेको छ । बढदो बजारको आयतन सँगसँगै लगानीकर्ताहरुलाई सहज र सरल रुपमा कारोबार र कारोबार पश्चातको फछर्यौट तथा राफसाफ चुस्त बनाउने साथै बजारमा देखिएका समस्याहरु समाधान गर्न यि काम गर्न लागिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अध्यक्ष्य डा रेवतबहादुर कार्कीको अध्यक्षता सोमबार बसेको बैंठकमा बोर्डका उच्च अधिकृतहरु, नेप्से र सिडिएस एण्ड क्लियरिङ्ग लि.का उच्च अधिकृतहरुसँगको समेत सहभागितमा बनेको बनेको समयसिमा सहितको योजना र निर्णय निम्नअनुसार भएको बोर्डले जनाएको छ । १. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले क्लियरिङ्ग बैंक थप्ने सम्बन्धमा कार्य अगाडि बढाइसकेकोमा यही साउन मसान्तअर्थात अगष्ट १६ सम्ममा प्राविधिक कार्य सम्पन्न गरी क्लियरिङ्ग बैंक थप्ने कार्यलाई सम्पन्न गर्ने । २. लगानीकर्ताको पहिचानका लागि यूनिक इन्भेष्टर आइडिन्टिफिकेशन (इन्भेष्टर आइडि) प्रदान गर्न बार्डले आवश्यक प्रविधि तथा प्रकृया विकास गर्ने सम्बन्धमा प्रकृया अगाडी बढाइ सकिएकोमा यसलाई आगामी भाद्र १५ गते सम्ममा अन्तिम रुप दिने सम्बन्धमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट आवश्यक कार्य गर्ने । ३. धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट विनियमावली, २०६९ को व्यवस्था बमोजिम धितोपत्र तथा रकमको राफसाफ सम्बन्धमा टीप्लस टूमा नै पे–इनगर्न लगाउने, टीप्लसस थ्रीमा खरीदकर्ताको खातामा धितोपत्र तथा बिक्री कर्ता खातामा रकम जम्मा हुने व्यवस्था गर्ने र लगानीकर्ताले ढिलोमा कारोबार भएको चौथो दिनभित्र धितोपत्र तथा रकम पाउने व्यवस्था गर्न सम्पूर्ण निक्षेप सदस्य तथा राफसाफ सदस्यलाई सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले परिपत्र गरी कडाइका साथ सो को पालना गर्ने गराउने । ४. धितोपत्र दलाल व्यवसायीको भौतिक पूर्वाधार सहित मार्जिन लेण्डिङ्ग, डिलरसिप कार्य गर्न दिने सम्बन्धमा आवश्यक पुनरावलोकन गर्न आवश्यक देखिए बमोजिम यस सम्बन्धमा पहिलेनै नेपाल स्टक एक्सचेञ्जबाट राय सुझाव माग गरेकोमा नेप्सेले यही साउन मसान्तसम्ममा राय सुझाव उपलब्ध गराउने । ५. काठमाडौं बाहिर धितोपत्र दलाल व्यवसायीको कार्यालय विस्तार गर्ने सम्बन्धमा नेप्सेबाट कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेकोमा उक्त कार्यदलबाट यथाशिघ्र प्रतिवेदन प्राप्त गरी आवश्यक कार्य अगाडि बढाउने । ६. नेप्सेले धितोपत्र बजारको सदस्यता तथा कारोबार विनियमावली, २०५५ तथा धितोपत्र सूचिकरण विनियमावली, २०५३ लाई प्रतिस्थापन गर्न पेश गरेको विनियमावलीहरुमा बोर्डको सुझाव अनुसार परिमार्जन गरी आगामी भाद्र १५ गते भित्र बोर्डको स्वीकृतिका लागि पेश गर्ने । ७. हालबजारमा दैनिक २ अर्बको कारोबार हुन लागि सकेको परिपे्रक्ष्यमा सेटलमेन्टको जोखिमसमेत बढदै गइरहेकोले त्यसलाई न्युनीकरण गर्न सेटलमेन्ट ग्यारेण्टी फण्ड तथा अक्सन मार्केटको व्यवस्था गर्ने सम्बन्धमा आवश्यक कार्यविधी तयार गरी नेप्सेले आगामी भाद्र १५ गते भित्रबोर्डमा पेश गर्ने । ८. सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले उक्त संस्थाको विनियमावलीका बिभिन्न दफाहरुमा संशोधन गर्न बोर्डको स्वीकृतिका लागि पठाएकोमा विभिन्न समयमा आएका संशोधनलाई एकीकृत गरी पेश गर्ने र बोर्डले स्वीकृति सम्बन्धीकार्य अविलम्ब अगाडि बढाउने ।
हिरोले अहिलेसम्मकै सवैभन्दा धेरै माइलेज दिने स्प्लेन्डर ल्यायो अझ शक्तिशाली भएको दावी
काठमाडौं, ४ साउन। हिरो मोटोकर्पले भारतमा नर्मल सेगमेन्टको वाइकमा सवैभन्दा धेरै माइलेज दिने भनिएको हिरो आई स्मार्ट स्प्लेन्डर एकसय १० सिसिको मोटरसाइकल सार्वजनिक गरेको छ। दिल्लीमा रहेको एक्स शोरुमका अनुसार भारतीय बजारमा यसको मूल्य ५३ हजार तीनसय रुपैया भारु तोकिएको छ। आइथ्रिएस प्रविधिमा रहेको यो मोटरसाइकलले धेरै माइलेज दिने बताइएको छ। यो प्रविधिले मोटरसाइकल रोकेर राखेको अवस्थामा स्वचालित रुपमा इन्जिन बन्द गरिदिन्छ र पुन चलाउनु परेमा क्लचमात्र तान्दा हुने कम्पनीले जनाएको छ। जसले गर्दा इन्धनको बचत धेरै हुने कम्पनीको दाबी रहेको छ। विशेषगरी धेरै भिडभाड भएको अवस्थामा र जाम भएका ठाउँहरुमा यसको प्रभावकारीता धेरै हुने कम्पनीले जनाएको छ। यद्यपी यो नयाँ मोटरसाइकलमा पहिलेको हिरो आइ स्मार्ट एकसय सिसिको भन्दा धेरै फरक भने रहेको छैन। यसमा पहिलेको भन्दा धेरै आकर्षक र पहिलेको जस्तै डुअल टोन कलरमा उपलब्ध रहने कम्पनीले जनाएको छ। कम्पनीका अनुसा यसले हाल बजारमा भएको सय सिसिको आइस्मार्टभन्दा दश प्रतिशत धेरै शक्ति उत्पन्न गर्ने क्षमताको रहेको छ। कम्पनीको दाबी हेर्ने हो भने हाल बजारमा रहेको सवैभन्दा धेरै माइलेज दिने वाइकहरुमा हिरो आइस्मार्ट नै पर्छ र नयाँ आउने एकसय १० सिसिको नयाँ मोटरसाइकलले पहिलेको भन्दा धेरै माइलेज दिन सक्ने अनुमान गर्न सकिन्छ। भारतमा सार्वजनिक भएको यो मोटरसाइकल चाँडै नै नेपालमा सार्वजनिक हुने जनाइएको छ।