विकासन्युज

स्वदेशी लघुवित्तले ३ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डले दियो स्वीकृति

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ । सोमबार नेपाल धितोपत्र बोर्डले कम्पनीलाई एक सय अंकित दरका ३ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न स्वीकृति दिएको हो । कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटललाई नियुक्त गरेको छ । हाल कम्पनीको चुक्ता पूँजी ७ करोड रुपैयाँ रहेको छ । साधारण शेयर जारी पश्चात कम्पनीको पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।

नेको इन्स्योरेन्सको विशेष साधारणसभा चैत २७ गते, बुक क्लोज कहिले?

काठमाडौं । नेको इन्स्योरेन्सले आगामी चैत २७ गते विशेष साधारणसभा बोलाएको छ । सो प्रयोजनको लागि चैत १३ गते कम्पनीको बुक क्लोज रहने छ । हाल इन्स्योरेन्सको चुक्ता पूँजी ७१ करोड २८ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर प्रतिकित्ता ८४४ रुपैयाँमा कारोबार भइरहेको छ ।

सौरभ ज्योतिकाे उम्मेदवारी स्वतन्त्र कि रणनीतिक ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वका लागि शेखर गोल्छाले नेतृत्व गरेको समूह र किशोर प्रधानले नेतृत्व गरेको समूहबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । वरिष्ठ उपाध्यक्ष निर्वाचित भएको तीन वर्षपछि स्वात अध्यक्ष बन्ने व्यवस्था भएपछि पहिलो पटक वरिष्ठ उपाध्यक्ष पदका लागि गोल्छा प्रधानबीच प्रतिस्प्रर्धा हुँदैछ । गोल्छाको समूहले आइतबार भैरहवाबाट आफ्नो उम्मेदवारी घोषणा गरेको छ । उनको प्यानलबाट जिल्ला तथा नगर समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठ, एशोसिएट उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल, बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र कोषाध्यक्षमा ज्ञनेन्द्रलाल प्रधानले उम्मेदवारी घोषणा गरेका छन् । प्रधान समूहबाट जिल्ला तथा नगर समूहको उपाध्यक्षमा प्रमोद श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् भने बस्तुगततर्फ शंकर पाण्डे उपाध्यक्षको उम्मेदवार बनेका छन् । प्रधान समूहले अहिलेसम्म एशोसिएट तर्फको उपाध्यक्ष र कोषाध्यक्षको उम्मेदवार घोषणा गर्न सकेको छैन । एशोसिएट तर्फको उपाध्यक्षमा सौरभ ज्योतिलाई उम्मेदवार बनाउने भनिए पनि यो अझै टुङ्गो लागेको छैन । ज्योतिले आफू एशोसिएटतर्फको उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन् । उनले आफू कुनै प्यानलमा आवद्ध नभएको र स्वतन्त्र उम्मेदवार बन्ने बताउँदै आएका छन् । प्यानल–प्यानलबीचको प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवारलाई चुनाव जित्न सजिलो छैन । तर प्रधानको प्यानलमा ज्योति जोडिएनन भने प्रधान समूहले एशोसिएटतर्फको उपाध्यक्ष पदको लागि उम्मेदवार पाउनै नसक्ने अवस्था छ । गोल्छा प्यानलबाट एशोसिएट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल छन् । महासंघमा करिव ९०० एशोसिएट कम्पनीहरु छन् । एक कम्पनीले एक भोट हाल्न पाउँछ । एउटै व्यक्ति वा समूहको दर्जनौ कम्पनी महासंघमा एशोसिएट सदस्य छन् र प्रोक्सी (प्रतिनिधि) मार्फत भोटिङ हुने अभ्यास छ । करिव ९०० एशोसिएट कम्पनीहरु मध्ये करिव ६०० कम्पनीको प्रोक्सी चन्द्रप्रसाद ढकाल अर्थात गोल्छा प्यानलले संकलन गरिसकेको बताईएको छ । प्रचार गरिएजस्तै गोल्छा समूहले ६०० प्रोक्सी संकलन गरिसकेको हो भने ढकालसँग प्रतिस्पर्धामा आउने जो कोहीको हार सुनिश्चित छ । यहि कारण अहिलेसम्म किशोर प्रधान समूहले उम्मेदवार तय गर्न नसकेको बताइएको छ । एशोसिएट उपाध्यक्षबारे गृहकार्य भईरहेको प्रधानले बताए । ‘हाम्रो टिममा एशोसिएट तर्फ उपाध्यक्षको उम्मेदवार देखिने गरि पनि हुन सक्छ, नदेखिने गरि रणनीतिक उम्मेदवार पनि हुन सक्छ’ प्रधानले भने । ज्योतिको उम्मेदवारी स्वतन्त्र हुनेछ वा रणनीति हुनेछ वा उनी अर्को निर्वाचनको लागि सिट सुरक्षित गर्न चाहान्छन् ? महासंघको निर्वाचनमा चासो राख्ने धेरैको मनमा खुल्दुली चलेको छ ।

नागरिक लगानी कोषको ८० अर्ब लगानीमा २ अर्बमात्र उत्पादन मूलक क्षेत्रमा

काठमाडौं । समाजिक कल्याणका बचत तथा सामुहिक कोष कार्यक्रम सञ्चालन, संकलिन कोषको लगानी गरी आम सहभागिलाई उचित प्रतिफल दिने उद्देश्यले स्थापना भएको नागरिक लगानी कोषले संकलित रकमलाई उत्पादनमूलक क्षेत्रमा खर्च गर्न सकेको छैन । स्थापनाको २७ वर्षको अवधिमा कोषले उत्पादनमूलक क्षेत्रमा गरेको लगानी भनेको तामाकोशी जलविद्युत आयोजनको लागि २ अर्ब रुपैयाँमात्र हो । कुल ५ लाख ७० हजार सेवाग्राहीबाट संकलित ८५ अर्ब २६ करोड १२ लाख रकम मध्ये अन्य सबै रकम उत्पादन मूलक क्षेत्रमा लगानी गर्न नगरी सेयर , मुद्दती खातामै राखेर बसेको छ । सेयर बजारदेखि ठूला पूर्वाधारका क्षेत्रमा लगानी गर्न एकमुष्ठ रकम जुटाउने हैसियत भएका यस्ता कोषको रकम सामान्य बैकको सेयर तथा मु्द्दती खातामा थन्किएको छ । २१ करोड रुपैयाँ शेयरमा लगानी गरेको छ । यसबाहेक कोषको करीब रू. ५६ अर्ब विभिन्न २४ ओटा कमर्शियल बैंकको मुद्दती निक्षेपमा खातामा राखेको छ । यति ठूलो रकम बैंकको खातामा राखेर कोष भने आम नागरिकको पैसामा मोजमस्ती सहित सेवाग्राहीको दायित्व भुलेर बसिरहेको छ । ३ वर्ष अघिनै लगानीका लागि विभिन्न ठूला परियोजना लगानी प्रस्तावका लागि नागरिक लगानी कोषमा पुगेपनि अहिलेसम्म उत्पादनमूलक ठूला आयोजनामा लगानी गर्ने सम्बन्धमा कुनै निर्णय लिन सकेको छैन । जनताले सञ्चित गरेको रकमको ब्याजबाट कर्मचारीलाई १८ महिनासम्मको तलव खुवाएर बसिरहेको छ । यसका साथै कोषले जनकशिक्षा सामग्री केन्द्रलाई २९ करोड रुपैयाँ समयकालीन कर्जा प्रवाह गरेको छ । देशमा निर्माणाधिन परियोजना भने रकम पाउन सकिरहेका छन् । बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य पुँजी नभएपछि यस्ता आयोजनाले पहिला सम्झौता भएका ऋण समेत पाउन सकेको छैन । लगानी कोषले सञ्चित रकमलाई यस्ता परियोजनामा खर्च गर्न सकेको भए आर्थिक समृद्धि तथा विकासमा केही भएपनि टेवा पुग्ने देखिएको छ । यसो गर्न नसक्नुमा कोषको उचित भिजन नहुनु तथा समय सापेक्ष पहल गर्न नसक्नु नै पहिलो कमजोरी हो । कोषका नागरिक लगानी कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले उत्पादन मूलक क्षेत्रमा लगानी गर्ने वातावरण सिर्जना गर्न नसकेपछि सेवाग्राहीका लागि दुई महिना अघि शैक्षिक कर्जा र सरल कर्जा कार्यक्रम शुरू गरेको छ । कोषले सेवाग्राहीलाई सुविधा दिने उद्देश्यले सरल ब्याजदरमा करीब २ महीनादेखि उक्त कर्जा कार्यक्रम शुरू गरेको हो । यसअघि कोषले सेवाग्राहीको लागि घर बनाउन मात्रै आवास कर्जा दिने व्यवस्थालाई भने परिमार्जन गर्दै फ्ल्याट किन्नसमेत ऋण लिन पाउने व्यवस्था गरेको छ । कोषले फ्ल्याट किन्नका लागि ४० लाखसम्मको आवास कर्जा लिन पाउने नयाँ व्यवस्था हो । कोषले स्वैच्छिक वा अनिवार्य लगानीकर्ता हिसाब योजनाका सहभागीहरूको परिवारलाई शिक्षाको माध्यमबाट समुन्नत भविष्य निर्माण गर्न सघाउ पुर्याउनुको साथै लगानी विविधिकरण गर्ने उद्देश्यले शैक्षिक कर्जा कार्यक्रम २०७३ सञ्चालनमा ल्याएको हो । नेपाल सरकारबाट मान्यताप्राप्त विश्वविद्यालय वा सो सरहका शैक्षिक संस्थाबाट एमबीबीएस, एमडी, एमबीए, एक्जीक्युटिभ एमबीए, वी फार्मेसी, एम फार्मेसी, पाइलट, इञ्जिनीयरिङमा स्नातक वा स्नातकोत्तर, अर्थशास्त्रमा स्नातकोत्तर गर्नेलाई उपलब्ध गराउँदै आएको छ । चार्टर्ड एकाउण्टेन्सी, नर्सिङमा स्नातक वा स्नातकोत्तर, फूड टेक्नोलोजीमा स्नातक वा स्नातकोत्तर गर्न कर्जा लिन सकिने व्यवस्था कोषले गरेको छ । त्यस्तै, होटल एण्ड हस्पिट्यालिटी म्यानेजमेण्टमा स्नातक वा स्नातकोत्तर, सूचना प्रविधिमा स्नातक वा स्नातकोत्तर, कृषि र वन विषयमा स्नातक वा स्नातकोत्तर र पशु चिकित्सा विषयमा स्नातकमध्ये कुनै एक शैक्षिक उपाधि लिन नागरिक लगानी कोषबाट शैक्षिक कर्जा लिन सक्छन् । यो कर्जा प्राप्त गर्न अवकाश कोष वा बीमा कोषमा कोषकट्टी गरेको २ वर्ष पूरा भएको र नोकरी गर्ने सेवा अवधि न्यूनतम ५ वर्ष बाँकी भएको हुनुपर्ने कोषको भनाइ छ । यसबाहेक कोषले शैक्षिक कर्जा लिने सेवाग्राहीका लागि विभिन्न सीमा तोकेको छ । जसअन्तर्गत सहभागीको हाल कार्यरत तहको शुरू तलबमानको १२ वर्ष बराबरको तलब वा रू. ३५ लाखमा जुन कम हुन्छ त्यति रकमसम्म कर्जा प्रदान गर्न सकिने व्यवस्था गरेको छ । यस कर्जाको न्यूनतम स्वीकृत सीमा रू. ५ लाख हुनेछ । एक पटकमा न्यूनतम १ लाख रुपैयाँसम्म भुक्तानी गरिने बताइएको छ । कोषका अनुसार शैक्षिक कर्जाको ब्याजदर हाल वार्षिक ९ प्रतिशत रहेको छ ।

डिप्रोक्स लघुवित्तको शतप्रतिशत हकप्रद खुला, कहाँ कहाँबाट दिने आवेदन?

काठमाडौं । डिप्रोक्स लघुवित्त विकास बैंकले सर्वसाधारणको लागि शतप्रतिशत(एक बराबर एकको अनुपातमा) हकप्रद सेयरको बिक्री खुला गरेको छ । कम्पनीले एक सय अंकित दरका २५ लाख ७९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सो मात्राको हकप्रदको लागि इच्छुक लगानीकर्ताले नारायणचौरको नबिल इन्भेष्टमेन्ट बैंकिङ् लिमिटेड र डिप्रोक्स लघुवित्त विकास बैंकका सम्पूर्ण कार्यालय तथा शाखा कार्यालयहरुबाट आवदेन दिन सक्नेछन् । हाल कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

बर्दिबास-लालबन्दी रेल मार्ग निर्माणकाे अवराेध हट्याे, ११ हजार रुख काट्ने सरकारकाे निर्णय

काठमाडौं । मेची महाकाली विद्युत्तीय रेल मार्ग आयोजनाको सिमरा–बर्दीबास खण्ड अन्तर्गत सागरनाथ वन विकास परियोजना क्षेत्रभित्र परेका ११ हजार १२३ वटा रुख काट्ने सरकारले अनुमति दिएको छ । चैत ३ गते बसेको मन्त्रिपरिषद्का बैठकले उक्त रुख काट्न अनुमति दिने निर्णय गरेको रेल विभागले जनाएको छ । ती रुख काट्न नपाउँदा पूर्व पश्चिम रेल मार्ग निर्माणको कामले रोकिएको थियो । विभागले रेल मार्गमा पर्ने रुख काटेर सट्टा भर्नमा रुख रोपिदिने प्रतिवद्धता गर्दै ६ करोड बजेट समेत विनियोजन गरिसकेको छ । ‘हामीले रुख काटेर रोप्नका लागि आवश्यक बजेट समेत विनियोजन गरिसकेका छौं, सरकारले रुख काट्ने अनुमति दिएको छ । अब पूर्व पश्चिम रेल मार्ग निर्माणको कामले गति लिन्छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने । हाल विभागले बर्दिबास–लालबन्दी खण्डको ३० किलोमिरट रेल मार्ग निर्माणको काम अघि बढाएको छ । तर वन भएको क्षेत्रमा काम रोकिएको थियो । ९४५ किलोमिटर लम्बाईको मेची महाकाली रेल मार्ग प्रति घण्टा २०० किलोमिटर स्पिडमा दौडनेछ । यसले नेपाललाई ट्रान्स एसियन रेल वे नेटवर्कमा जोड्नेछ । यो रेल मार्ग बनाउन प्रति किलोमिटर ३५ देखि ४० करोड अनुमान गरिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा चैत २५ गते, के के छन् विशेष प्रस्ताव ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी चैत २५ गते कम्पनीको विशेष साधारणसभा बोलाएको छ । उक्त सभामा बैंकले एस डेभलपमेण्ट बैंकलाई प्राप्ती(एक्विजिशन) गर्ने सम्बन्धी विशेष प्रस्ताव लैजादैँ छ । सो प्रयोजनको लागि चैत १४ गतेदेखि चैत २५ गतेसम्म बैंकको बुक क्लोज हुने छ । कम्पनीले चैत २५ गते (शुक्रबार) बिहान १० बजे डिल्लीबजारको अमृतभोग क्याटरर्सका विशेष साधारणसभा बोलाएको छ । हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ७० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६९६ रुपैयाँमा कारोबार भइरहेको छ ।

५८ प्रतिशत बजार हिस्सा बुद्ध एयरको मात्रै, १७ लाख हवाई यात्रुमध्ये १० लाखको सेवा बुद्धबाट मात्रै

काठमाडौं । आन्तरिक वायुसेवामा सबैभन्दा ठूलो बजार हिस्सा बुद्ध एयरको रहेको छ । बढी यात्रु बोक्ने, जहाज संख्या धेरै भएको र सुगम गन्तव्यमा ठूला जहाजबाट उडान गर्ने यो वायुसेवाले वर्षेनी अग्रणी बजार हिस्सा ओगटिरहेको छ । आन्तरिक वायुसेवाको वार्षिक करिब ८ अर्ब रुपैयाँको बजारमा आधा भन्दा बढी एउटै वायुसेवाको छ । हाल आन्तरिक उडानमा निमियत उडानका जहाजको संख्या १० वटा पुगिसकेको छन् । काठमाडौं विमानस्थललाई आधार बनाएर उडान गर्ने वायुसेवामा सबैभन्दा राम्रो पकड पनि बुद्ध एयरकै छ । यो वायुसेवाले काठमाडौंबाट सबै सुगम गन्तव्य अर्थात सहरी क्षेत्रका विमानस्थलमा मात्रै उडान गर्ने गरेको छ । यो वायुसेवाले वर्षोदेखि सुरक्षित यात्रा गर्ने र यात्रु सेवामा सधै विश्वसनिय उडान गर्ने गरेकोले यात्रु आकर्षण गर्न सफल भएको यो वायुसेवाको भनाइ छ । नेपाली आकाशमा २०१६ मा काठमाडौं विमानस्थलको प्रयोग गर्ने र यो विमानस्थलमा अवतरण हुने जहाजको आवागतमको तथ्यांक १७ लाख ७५ हजार पुगेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको अपरेशन विभागले दिएको तथ्यांक अनुसार यो संख्या अघिल्लो वर्षको तुलनामा करिब ४ लाखले बढी हो । अभिल्लो वर्ष सन् २०१५ मा १३ लाख ६४ हजार यात्रुलाई विभिन्न आन्तरिक वायुसेवाले सेवा दिएका छने । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्त प्रेमनाथ ठाकुरका अनुसार यो तथ्यांक आन्तरिक उडानका सबै वायुसेवा र हेलिकोप्टरकोसहित हो । उनका अनुसार प्रमुख तथ्यांकको हिस्सामा आन्तरिक वायुसेवा नै हुन्छन् । हेलिकोप्टरले चार्टर उडान गर्ने र यात्रु पनि थोरै बोक्ने हुनाले यीनको संख्या कम नै हुने गरेको छ । आन्तरिक वायुसेवामा बुद्ध एयरले १० लाख ११ हजार यात्रु बोकेको छ । वुद्ध एयरले समग्र बजार हिस्सा यात्रु उडानको तथ्यांकमा ५८ प्रतिशत भएपनि दुर्गम क्षेत्र हटाएर हेर्ने हो भने ६७ प्रतिशत भन्दा बढी रहेको बुद्ध एयरले जानकारी दिएको छ । यो वायुसेवाका अनुसार हरेक वर्ष यसले यात्रु उडान घट्न नदिन र नयाँ जहाज थप गर्ने र बजार रणनीति बनाएर उडान गर्ने गरेकोले पनि बजार हिस्सा नघटेको बुद्ध एयरको अपरेशन विभागले जानकारी दिएको छ । विमानस्थलबाट दोस्रो बढी यात्रु बोक्नेमा यती र र तेस्रोमा तारा एयर रहेका छन् । यी वायुसेवाले क्रमश ४ लाख र ७० हजार यात्रु बोको छन् । सिम्रिक एयरले भने ४८ हजार यात्रु बोकेको तथ्यांकमा उल्लेख छ । ट