मलेसियाद्वारा उत्तरकोरियाली राजदूतलाई देशनिकाला गरेको घोषणा
मलेसिया । उत्तरकोरियाली नेता किम जोङ उनको सौतेनी दाजु किमजोङ नामको मलेसियामा भएको हत्या प्रकरणसँगै कूटनीतिक सङ्कट देखिइरहेकै समयमा मलेसियाका लागि उत्तर कोरियाली राजदूतलाई देश निकाला गरिएकोे शनिबार क्वालालम्पुरले बताएको छ । “उत्तरकोरियाली राजदूतलाई मलेसियामा राख्न सम्भव नभएको सरकारले घोषणा गरेको छ”– मलेसियाको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी बताएको छ । मन्त्रालयले किमको हत्या प्रकरणपछि शव परीक्षणबारे आएका अभिव्यक्तिलाई लिएर उत्तर कोरियासँग क्षमा याचना गर्न भनेको तर प्यायोङयाङले यसमा सकारात्मक नबेपछि राजदूतलाई देश निकाला गर्ने निर्णय गरिएको बताएको छ । मलेसियाका लागि उत्तर कोरियाली राजदूतले राष्ट्रपति किम जोङ उनका सौतेनी दाजु किम जोङ नामको मलेसियाद्वारा दिएको शव परीक्षणलाई चुनौती दिँदै नामको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताएका थिए । उनले नाम मुटु, मधुमेह तथा उच्च रक्तचापका बिरामी भएको र उहाँको मृत्यु यसैकारण भएको हुनसक्ने बताएका हुन् । मलेसियाले यस भनाइको खण्डन गरिसकेको छ । उत्तर कोरियाली नेता किमका दाजुको मृत्युले मलेसिया र प्योङयाङबीच कूटनीतिक सम्बन्धमा नै समस्या ल्याएको छ । उत्तर कोरियाली नेताका सौतेनी दाजू जोङ नामको मृत्युपछि शव परीक्षण (पोस्ट मार्टम) गर्ने विषय संवेदनशील भएको बताउँदै स्वदेशमै झिकाउने प्रयास गरिएको थियो । तर मलेसियाले प्योङयाङको आग्रहलाई बेवास्ता गर्दै शव परीक्षण गरेको थियो । क्लालम्पुरले आफ्नो देशको कानुनको पालना गर्दै शवको परीक्षण गरिएको र शव परीक्षण नतिजामा नामको विषाक्त ग्यासको प्रयोगबाट मृत्यु भएको पाइएको बताएको छ । बिहीबार मलेसियाले उत्तर कोरिया विनाभिसा नै प्रवेश गर्न पाउने प्रावधानलाई रद्द गर्न लागिएको बताएको थियो । रासस/एएफपी/सिन्ह्वा
प्रेस काउन्सिलबाट सञ्चार निर्देशिका जारी
काठमाडौं । प्रेस काउन्सिल नेपालले अपाङ्गतामैत्री सञ्चार निर्देशिका-०७३, बालमैत्री सञ्चार निर्देशिका–०७३ र विज्ञापनसम्वन्धी सञ्चार निर्देशिका-२०७३ जारी गरेको छ । बिशेषज्ञसम्मिलित कार्यदलले बृहत छलफलपछि तयार गरेको उक्त निर्देशिकाको मसौदाउपर प्रेस काउन्सिल नेपालको शुक्रबार बसेको बैठकले पारित गरेपछि जारी भएको हो । आमसञ्चारमाध्यमलाई बालमैत्री, अपाङ्गतामैत्री बनाउँदै स्वस्थ, मर्यादित पत्रकारिताको विकासको लागि पत्रकार आचारसंहिता-२०७३ को दफा (१२) ले दिएको अधिकार प्रयोग गरी काउन्सिलले नेपाल पत्रकार महासंघ लगायत सरोकारवाला संघ/संस्थाको सल्लाह र सम्मतिमा उक्त निर्देशिकाहरु जारी गरेको हो । छिट्टै महिला सञ्चार निर्देशिका र दलितमैत्री सञ्चार निर्देशिकासमेत जारी गर्नेगरी तयारी भैरहेको प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले बताए ।
आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनद्धारा चन्द्रागिरि केबलकारको भ्रमण
काठमाडौं । आइतबार उपराष्ट्रपति नन्दबहादुर पुनले चन्द्रागिरि हिल्स लिमिटेडको अनौपचारिक भ्रमण गरेका छन् । उक्त अवसरमा उपराष्ट्रपतिले चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरको दर्शन गरेका छन् । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा यस कम्पनीले निर्माण गरेका पूर्वाधारहरु विषेश गरि भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हलको अवलोकन गरेका छन् । साथै भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिम श्रृखलाहरुको समेत दृश्यावलोकन गरेका छन् । साथै, उपराष्ट्रपतिले अवलोकन भ्रमण पश्चात यस कम्पनीको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै कम्पनी परिवारलाई हौसला प्रदान गरेका छन् ।
३३ किलो सुन तस्करीमा संलग्न १२ जना पक्राउ, सगंठित अपराधको मुद्धा हालियो
काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोले ३३ किलो सुन तस्करीमा संलग्न १२ जनालाई पक्राउ गरेको छ । सिइआईबीले पत्रकार सम्मेलन गर्दै सुन तस्करीमा संलग्न १२ जनालाई सार्वजनिक गरेको हो । पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याएको ३३ किलो सुन बरामद गरेको थियो । विमानस्थलको सुरक्षा कमाण्ड सम्हालेको तत्कालिन एसएसपी श्याम खत्री, युएईबाट सुनको लगेज ल्याउने गोपाल शाही सहित सन्तोष काफ्ले, दिलबन्धु थापा, श्रीनारायण यादव, राजकुमार खरेल, श्याम श्रेष्ठ, रामहरी कार्की पक्राउ परेका हुन् । पक्राउ परेका अन्य तस्करहरुमा मनोज श्रेष्ठ, सुनील श्रेष्ठ, राजेश शाक्य र सपन श्रेष्ठ रहेका छन् । अन्य १८ जना भने अझै फरार रहेको सिइआइबीले जनाएको छ । सिआइबीले पक्राउ गरिएकाहरु विरुद्ध सगंठित अपराध निवारण ऐन, २०७० अनुसार काठमाडौं जिल्ला अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।
नेप्से परिसूचक २५ अंकले उकालो, ६१ करोडको सेयर कारोबार
काठमाडौं । आइतबार नेप्से परिसूचक २४ दशमलब ९३ अंकले उकालो लागेको छ । करिब २५ अंकले उकालो लागेको परिसूचक बढेर १३५४ दशमलब ३४ अंकमा पुगेको छ । पछिल्लो समय ओरालो लागेको बजारमा आइतबार भने केही सुधार देखिएको छ । बजारमा परिसूचकसँगै कारोबार रकममा पनि सुधारात्मक संकेत देखिएको छ । आइतबार ६१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । जुन अघिल्लो कारोबारको भन्दा २० करोड रुपैयाँ बढी हो । आइतबार १४१ कम्पनीको ११ लाख ८५ हजार ४८५ कित्ता सेयर किनबेच भएको छ । आइतबार अन्य समूहको परिसूचक बाहेक सबै समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २२६ अंकले उकालो लागेको छ । अन्य समूहको परिसूचक भने शून्य दशमलब २९ अंकले ओरालो लागेको छ । सो दिन सबैभन्दा बढी आरएसडिसी लघुवित्त संस्थाको सेयर मूल्य ९.९२ प्रतिशतले बढेको छ । करिब १० प्रतिशतले बढेको सो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३२ रुपैयाँ रहेको छ । त्यस्तै, नेरुडे लघुवित्त विकास बैंक र एनबी इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ९.७८ र ९.६० प्रतिशतले बढेका छन् । सबैभन्दा बढी गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनीको साढे ३ प्रतिशतले घटेको छ । आइतबार कारोबार गर्ने १० उत्कृष्ट कम्पनीहरु:
ज्ञान मल्टिग्रेन आटा नेपाली बजारमा, ७ वटा प्राकृतिक अन्नको समिश्रणबाट उत्पादित
काठमाडौं । के. एल दुगड समूहले ज्ञान मल्टिग्रेन आटाको उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण शुरु गरेको छ । समुहले ७ वटा प्राकृतिक अन्नहरु:गहुँ, मकै, चना, भटमास, ओट्स, रागी र जौ को समिश्रण बाट उक्त आटा तयार पारेको जनाएको छ । उक्त आटामा सात वटा प्राकृतिक अन्नहरुबाट पाइने शक्ति प्रोटिन, भिटामिन, खनिज तत्व तथा डाइटरी फाइवर एकै साथ प्राप्त हुनुका साथै उक्त तत्वहरु बाट मानिसलाई भरपुर शक्ति प्रदान गरी स्वस्थ्य बनाउँछ । साथै शुद्ध गहुँको आटाको तुलनामा प्राकृतिक अन्नहरुको समिश्रण बाट विशेष रुपमा तयार पारेको यस आटाको ग्लाइसेमिक इन्डेक्स कम हुने हुदाँ सुगर सचेत ब्यक्तिको लागि बढी फाइदा जनक रहेको कम्पनीले जनाएको छ । यो आटा बजारमा २ के जी को प्याकमा उपलब्ध छ । स्वास्थ्थ प्रति सचेत र खान पानमा बढी ध्यान दिने आजको पुस्तालाई लछित गर्दै के एल दुगड सुमुहले यो मल्टिग्रेन आटा बजारमा ल्याएको हो । यो मल्टिग्रेन आटा अर्थात विभिन्न अन्न बाट बनाएकोले भिन्न भिन्न अन्नबाटा प्राप्त हुने सबै प्रकारका तत्वहरु अत्यन्तै पोेस्टिक हुनुका साथै स्वस्त्य बर्धक छ । यो मल्टिग्रेन आटा नेपालमा पहिलो पटक उत्पादन गरि बिक्रि वितरण शुरु गरिएको हो ।
लेखा समितिले माग्यो वाइडबडी जहाज खरिद प्रक्रियाको विवरण
काठमाडौं । व्यवस्थापिका संसदको लेखा समितिले वाइडबडी जहाज खरिद प्रक्रियाको विवरण मागेको छ । आइतबार बसेको समिति बैठकले वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको आंशकामा विस्तृत विवरण मागेको हो । ‘नेपाल वायु सेवा निगमले वाइडबडी जहाज खरिदका क्रममा अनियमिता भएको भन्ने उजुरी समितिमा परेको थियो, त्यसमाथी भएको छलफलपछि खरिद प्रक्रियाको सम्पुर्ण विवरण ५ दिन भित्रै समितिमा उपलब्ध गराउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देश गरिन्छ’, समितिले भनेको छ । निगमले दुई वटा वाइडबडी जहाज ए३०० खरिदका लागि बैना रकम समेत पठाईसकेको छ । त्यस्तै, बैठकले आगामी तीन महिनाभित्रै निगममा उपयुक्त विदेशी साँझेदार भित्र्याइसक्न पनि समितिले निर्देशन दिएको छ । समिति बैठकले चिनियाँ जहाजको खरिद लागत तथा हाल सञ्चालनबाट प्राप्त भैरहेको उपलब्धिका बारेमा पनि प्रतिवेदन बुझाउन भनेको छ । समितिले नेपाल बायु सेवा निगम सञ्चालन सम्बन्धी वित्तिय योजना पनि पेश गर्न भनेको छ । बैठकमा उपस्थित पर्यटन मन्त्री जीवन बहादुर शाहीले निगमलाई परिवार नियोजन गरेको अवस्थाबाट फेरी नयाँ उचाईमा पुर्याउन आफु लागिपरेको बताएका थिए । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने निगमलाई गरिखाने सरकारी संस्थानका रुपमा स्थापित गराउने प्रतिवद्धता व्यक्त गरे । कंसारकारले एयरबस३३० खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा निगमका आर्थिक विनियमावली अक्षरस पालना गरेको पनि जानकारी गराए । उनले नेपाल बायु सेवा निगमलाई जहाज खरिद गर्न नदिएर डुबाउने अभियानमा ठूलै शक्ति लागिपरेको आरोप पनि लगाएका थिए । कंसाकारले सबै खाले अवरोधलाई चिरेर वाइडबडी जहाल ल्याएर देखाउने प्रतिवद्धता पनि व्यक्त गरे ।
सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण शुरु, करिब पचास लाख लागत लाग्ने अनुमान
वालिङ । स्याङ्जाको माझकोट शिवालय गाविसको बुढाकोटमा सौर्य लिफ्टिङ खानेपानी योजनाको निर्माण थालिएको छ । नेपाल सरकार र फिनल्यान्ड सरकारको संयुक्त लगानीमा माझकोट शिवालय सौर्य लिफ्टिङ खानेपानी योजनाको काम शुरु गरिएको हो । गाउँभन्दा मुनि रहेको मूलबाट करिब तीन सय मिटरको उचाइमा पानी तानेर गाउँमा रहेको ट्याङ्कीमा सङ्कलन गर्ने योजना बनाएको खानेपानी उपभोक्ता समितिका कोषाध्यक्ष जमबहादुर गुरुङले बताए । पानीको सहजता भएपछि बुढाकोटका ३५ घरधुरी लाभान्वित हुनेछन् । २०७३ साल चैत मसान्तसम्म निर्माण कार्य सक्ने गरी सुरु गरिएको उक्त योजनाको ४९ लाख चार हजार एक सय रुपैयाँ लागत अनुमान गरिएको छ । खानेपानीको समस्या भएकै कारण यस ठाउँबाट बसाइँसराइ जाने गरेकामा अब भने गाउँमै खानेपानीको पहुँच पुग्ने भएपछि बसाइँसराइ रोकिने विश्वास लिएको समितिका कोषाध्यक्ष गुरुङले बताए । पिउने पानीका लागि त्यहाँका बासिन्दाले अहिले आधा घन्टादेखि एक घन्टासम्मको समय लगाएर एक गाग्री खानेपानीको जोहो गर्ने गरेका छन् । रासस