करको दायरा बढाउनु व्यवसायीको हितमा छः महानिर्देशक अधिकारी
काठमाडौं, ९ असार । राजश्व अनुसन्धान विभागका महानिर्देशक निलहरी अधिकारीले करको दायरा वढाउनु व्यवसायीहरुको हितमा रहेको बताएका छन् । राष्ट्रिय व्यापार संघले आयोजना गरेको राजश्व र कर सम्वन्धि वृहत अन्तरक्रिया कार्यक्रममा महानिर्देशक अधिकारीले सवै व्यवसायी करको दायरामा आए सहि कार्य गर्ने व्यवसायीहरुले दुःख पाउनुपर्ने अवस्था नआउने बताएका थिए । स्वच्छ व्यवसाय गर्ने व्यवसायीहरुलाई राजश्व अनुसन्धान विभागले अप्ठेरो नपार्ने बताउँदै उनले खराब काम गर्नलाई नछाड्ने घोषणा पनि गरे । यस्तै भन्सार विभागका निर्देशक सूर्य सेढाईले व्यवसायिहरुले भोग्दै आएको आयत निर्यातको समस्याको विविधतालाई एकरुपता ल्याउन व्यावसायी कोर्ड नं. को विकास गर्न लागेको जानकारी दिएका थिए । सेडाईले विभागले ल्याउन लागेको कोर्ड नं. प्राणाली प्रयोग गरी आप्mनो आयात निर्यातको तथ्याङ्कलाई व्यवस्थित वनाउन सहयोग गर्न सवै व्यवसायिहरुलाई आव्हान समेत गरे । कार्यक्रममा राष्ट्रिय व्यपार संघका अध्यक्ष नयन बहादुर पण्डित क्षेत्रीले व्यवसायीहरुले भोग्दै आएका नीतिगत समस्या समाधानका लागि आग्रह गरेका थिए । कार्यक्रममा करदाता सेवा कार्यलय न्यूरोडका प्रमुख मुक्ति आचार्यले आर्थिक वर्ष २०७३/०७४ मा राजश्व र कर सम्वन्धि भएका परिवर्तनका बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्यलय क्षेत्र न. २ का प्रतिनिधि एंव विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागिता रहेको थियो ।
एनसीसी बैंकको विशेष साधारणसभा असार २९ गते, प्रमुख अजेण्डा मर्जर सम्बन्धि
काठमाडौं, ९ जेठ । नेपाल क्रेडिट एण्ड कमर्श बैंक (एनसीसी) ले असार २९ गतेको लागि विशेष साधारणसभा बोलाएको छ । रुपन्देहीको सिद्धार्थ नगरमा बोलाईएको साधारणसभामा मुख्य अजेण्ड मर्जर सम्बन्धि छन् । मर्जर प्रक्रियामा यसअघि भएको निर्णयहरुको अनुमोदन गराउने र बाँकी कामका लागि सञ्चालक समितिलाई अख्तियारी दिने गरी चार वटा प्रस्ताव विशेष साधारणसभामा प्रस्तुत गरिनेछ । दुईवटा वाणिज्य बैंकहरु एनसीसी र कुमारी तथा चार वटा विकास बैंकहरु इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट, एपेक्स डेभलपमेन्ट, सुप्रिम डेभलपमेन्ट बैंक र इन्टरनेशनल डेभलपमेन्ट बैंक सहित ६ वटा बैंकबीच मर्ज प्रक्रिया चलिरहेको छ । यी बैंकहरुबीच मर्जर सम्वन्धि स्वाप रेसियोमा समेत सहमति भईसकेको छ ।
मोबाइल एक्स्पोमा ५० लाखको कारोबार, एसएलसी दिएर बसेकालाई विशेष उपहार
काठमाडौं, ८ असार । नयाँ बसपार्कको बीजी मलमा सञ्चालित मोबाइल एक्स्पोमा ५० लाख रुपैयाँको कारोबार भएको छ । मोबाइल एक्स्पोको आठौं दिनसम्ममा २५ हजार बढीले अवलोकन गरिसकेका छन् । हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजना सहित बीजी मलले मोबाइल एक्स्पोको आयोजना गरेको हो । मलका अध्यक्ष बासु गिरीले भने, ‘हामीले जुन लक्ष्यका साथ मोबाइल एक्स्पोको आयोजना गरेका छौं, त्यसबाट हाम्रा ग्राहकहरुले भरपुर फाइदा लिन सक्नु भएको महशुस भएको छ । यसलाई २५ हजार जनाको उपस्थितीमा ५० लाखको कारोबार हुनुले पनि पुष्टि गर्छ’ । आयोजकका अनुसार एक्स्पो अवधिमा ग्राहले बीजी मलका सबै फेन्सी पसलबाट सामान गरि गर्दा २० प्रतिशत छुट पाउने छन् भने उक्त अवधिमा मलमा आउने ग्राहक मध्ये २ जनाले दैनिक रुपमा लक्की ड्रमार्फत स्मार्टफोन पाउने छन् । साथैे हालसम्मा १६ जना भाग्यशाली विजेताले मोबाइल सेट उपहार स्वरुप प्राप्त गरिसकेका आयोजकले बताएका छन् । त्यसै गरि १० हजार रुपैंयाभन्दा बढीको सामान खरिद गर्ने ग्राहले अनिवार्य रुपमा आकर्षक उपहार पाउने छन् भने एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहक मध्ये २ जनाले नगद फिर्ता पाउने छन् । एक्स्पो अवधिमा एसएलसी दिएर बसेका विद्यार्थीहरुले विशेष उपहार पाउने छन् । मोबाइल एक्स्पोको अवसर पारेर यही शनिबार बीजी मल परिसरमा भव्य सांगीतिक कार्यक्रमको आयोजना हुँदैछ । एक्स्पोमा १ हजार देखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेटहरु राखिएका छन् । एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने मध्ये १ जोडीले २ रात ३ दिनको पोखरा ट्रिपको उपहार पाउने मलले जनाएको छ । एक्स्पो अवधिभर उपहार प्राप्त गर्ने सबै ग्राहकहरुको नाम बीजी मलको फेसबुक पेज www.facebook.com/mybgmall मा राखिने आयोजकले बताएका छन् ।
बाढी पहिरोको अनुगमन तथा उद्धारका लागि टोली गठन
काठमाडौं, ८ असार । वर्षातसँगै देशमा शुरु भएको बाढी पहिरोको अनुगमन तथा उद्धार गर्न सिचाई मन्त्रालयले सात सदस्यीय अनुगमन टोली गठन गरेको छ । जल उत्पन्न प्रकोप नियन्त्रण विभागका उपमहानिर्देशक प्रदीप पाठकको संयोजकत्वमा गठन भएको टोलीले बाढी पहिरोमा परेकालाई उद्धार गर्नुको साथै अनुगमन गर्ने सिचाई मन्त्री उमेशकुमार यादवले जानकारी दिए । देशैभरि आएको बाढी पहिरोको बारेमा छलफल गर्न मन्त्री यादवले मन्त्रालयमा सचिव गजेन्द्र ठाकुर, सिचाई विभागका महानिर्देशक रमानन्द यादव, जल उत्पन्न विभागका निरञ्जन देव पाण्डेलाई बोलाएर सो टोली गठन गरेका हुन् । साथै, जिल्लाका डिभिजन कार्यालयहरुलाई पनि बाढी पहिरोको अनुगमन गरी केन्द्रमा रिर्पोट गर्न निर्देशन दिएको छ । यसपालीको वर्षाले झापा, मोरगं, सुनसरीमा आएको बाढीले धनजनको क्षति गरिसकेको छ ।
सिटिजन्स बैंकको शाखारहित बैंकिङ्ग सेवा अब सुनसरीमा पनि
काठमाडौं, ८ असार । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सुनसरी जिल्लाकोे लौकही गा.वि.समा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बुधबार देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ बैंकले ९३औँ शाखा रहित उक्त सेवाको शुभारम्भ गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवा बैंकका इटहरी शाखाका शाखा प्रमुख सुब्रत रोयले उद्घाटन गरेका हुन् । साथै, बैंकले सोहि शाखारहित बैंकिङ्ग सेवा संचालनका लागि स्थानीय व्यवसायी अशोक कुमार यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको बैंकद्धारा जारी विज्ञेप्तिमा उल्लेख छ । बैंकिङ्ग सुविधा नपुगेका ग्रामीण भेगका जनतालाई अत्याधुनिक बैकिङ्ग सेवा जस्तै निक्षेप संकलन, रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु शाखारहित बैंकिङ्ग मार्फत उपलब्ध गराई राखेको बैंकले जनाएको छ । यस सेवाबाट दुर्गम क्षेत्रमा समेत बैंकिङ्ग साक्षरतामा विस्तार भई उपभोक्ताहरु बैंकिङ्ग कारोवारमा आवद्ध हुने विश्वास बैंकले लिएको छ ।
स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गर्न राजधानीमा खाद्य मेला
काठमाडौं, ८ असार । परम्परागत पोषिला र स्थानिय खाद्य पदार्थको प्रबद्र्धनका लागि खाद्य मेलाको आयोजना हुने भएको छ । खाद्य प्रबिधी तथा गुण नियन्त्रण विभागको आयोजना र कृषि उद्यम केन्द्र तथा नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिज्ञ संघको सह आयोजनामा असार १० र ११ गते भृकुटीमण्डपमा खाद्य मेलाको आयोजना गर्न लागिएको हो । मेलामा स्थानीय र अल्प प्रचलनमा रहेका पोषिला परिकारहरूको प्रचार प्रसार गर्ने, अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारबारे जानकारी प्रदान गर्ने, स्वदेशी खाद्य उत्पादनको प्रबर्द्धन गर्ने तथा खाद्य पोषणसम्बन्धी विविध जानकारी दिईने खाद्य प्रबिधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता पुर्णचन्द्र वस्तीले बताए । मेलामा विभिन्न जाति, जनजातिका परम्परागत परिकारसहितका १८ स्टल, विभिन्न संघसंस्थाका जानकारी मूलक २४ स्टल र विभिन्न उद्योगहरूबाट उत्पादित खाद्य वस्तु बिक्री वितरण गर्ने गरी ३६ स्टलसहित कुल ७८ स्टल रहने छन् । निःशुल्क प्रवेशको व्यवस्था गरिएको मेलाले खाने बानीमा परिवर्तनका लागि खाद्य स्वच्छता र पोषणसम्बन्धी जनचेतना बढाउन सहयोग पुग्ने वस्तीले बताए ।
द्वन्द्वग्रस्त मुलुकबाट फर्कन चाहने नेपालीलाई तत्काल फर्काउन निर्देशन
काठमाडौं, ८ असार । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा गत असार ६ गते भएको आत्मघाती आक्रमणमा परेर मृत्यु भएका नेपाली मृतकका परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेहरुको उपचार गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले नेपाली सवार बसमाथि भएको आक्रमणमा मृत्यु हुनेहरुलाई हार्दिक श्रद्धाजलि अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । उक्त आपराधिक आतकङ्कारी घटनाको भत्र्सना गर्दै बैठकले खेद प्रस्ताव पारित गरेको छ । बैठकले मृत्यु भएकाहरुको शव तत्काल नेपाल ल्याउन हवाईजहाज पठाएकामा सरकारलाई धन्यवाद ज्ञापन गर्दै उक्त घटनाको सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ । अफगानिस्तानलगायत द्वन्द्वग्रस्त मुलुकबाट नेपाल फर्कन चाहने नेपालीलाई तत्काल फर्काउने व्यवस्था मिलाउन बैठकले सरकारलाई निर्देशन दिएको छ । श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जान नपाउने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्न र श्रम स्वीकृति नलिइ अफगानिस्तानलगायतका मुलुकमा गैरकानुनीरुपमा कामदार पठाउने वा पठाउनमा संलग्न म्यानपावर कम्पनी, तस्कर, दलाल र कन्सल्टेन्सीलाई कडा कारबाही गर्न सरकार र श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ । बैठकले भारतलगायत अन्य देशका विमानस्थल प्रयोग गरी गैरकानुनी रुपमा तेस्रो मुलुक जाने नेपालीलाई सम्बन्धित देशका सरकारसँग प्रभावकारी कुटनीतिक पहल गरी रोक्न परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकमा बोल्ने सांसदहरुले द्वन्द्वग्रस्तमुलुक अफगानिस्तानमा रोजगारीका लागि खुला गर्ने सरकारी निर्णयकै कारण अहिलको दुःखद घटना भएको टिप्पणी गरे । उनीहरुले मृत्यु भएकाहरुलाई उचित क्षतिपूर्ति परिवारलाई रोजगारी तथा छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गरिनुपर्ने, द्वन्द्वग्रस्त मुलुकमा रोजगारीका लागि बन्द गरिनुपर्ने, त्यहाँ रहेका नेपालीहरुको उद्धार गर्नुपर्ने, अवैधानिक बाटोबाट पठाउने संस्था र व्यक्तिलाई कडा कारबाही गर्नुपर्ने, म्यानपावरको सङ्ख्या घटाउनुपर्नेलगायतका सुझाव दिएका थिए । बैठकमा परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले घटनामा १२ नेपालीको मत्यु सात घाइते भएको तथा तीमध्ये एक नेपालीको अवस्था चिन्ताजनक रहेको जानकारी दिए । श्रम तथा रोजगार मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले आर्थिक वर्ष २०६२/६३ मा अफगानिस्तानको निश्चित क्षेत्रमा रोजगारीका लागि खुला गरिएयता पनि हालसम्म वैधानिक ढङ्गबाट आठ हजार ६१४ जना नेपाली रोजगारीका लागि वैधानिक ढङ्गबाट अफगानिस्तान गएको जानकारी दिए । रासस
काबुलबाट १२ जना नेपालीको शव काठमाडौंं ल्याइयो
काठमाडौं, ८ असार । अफगानिस्तानको राजधानी काबुलमा गत सोमबार भएको आतङ्ककारी आक्रमणमा परी निधन भएका १२ जना नेपालीको शव काठमाडौं ल्याइएको छ । दिउँसो २ बजेर ४० मिनेटमा नेपाल वायु सेवा निगमको विमानबाट अन्य २४ नेपाली कामदार पनि आजै ल्याइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा र गृहमन्त्री शक्तिबहादुर बस्नेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । अहिले विमानस्थलमा मृतकका परिवार र आफन्तजनको घुइँचो लागेको छ । शवमा फूलमाला अर्पण गरेपछि आफन्तलाई शव बुझाइने गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताए । उनका अनुसार सरकारले मृतककै जिल्लामा शव पठाउने प्रबन्ध मिलाएको छ । सो आक्रमणमा परी घाइते भएका पाँच जनालाई उपचारका लागि भारतको नयाँदिल्ली लगिएको छ भने दुई जनाको उपचार काबुलमै भइरहेको छ । रासस