विकासन्युज

नेपाल लाइफको एफपीओ र फरवार्डको आइपिओ बाडफाँट शुक्रबार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको एफपिओ र फरवार्ड कम्युनीटी डेभलपमेन्ट बैंकको आइपीओ शुक्रबार बाडफाँट हुने भएको छ । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफलाई २२ गते र फरवार्डलाई २० गतेभित्र बाडफाँट गरिसक्न निर्देशन दिएको थियो । नेपाल लाइफको बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले शुक्रबार बिहान सढे ८ बजे एफपिओ बाडफाँट हुने जानकारी दिए । उता, फरवार्ड कम्युनिटी डेभलपमेन्ट बैंकको आइपिओको बाँडफाड पनि शुक्रबारै हुनेछ । फरवार्डको बिक्रि प्रबन्धक नविल इन्भेष्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले शुक्रबार बाडफाँट गर्ने तयार सकिएको जानकारी दिए । नेपाल लाइफको एफपिओ र फरवार्ड कम्युनीटीको आइपिओ बाँडफाड हुँदा ३ लाख ७० हजार लगानी कर्ताको ५५ अर्ब रुपैंयाँ बजारमा आउने छ ।

यस्ता छन् कोका-कोला मोस्मोत्सव झल्काउने दुई तस्विर

कोका-कोला मोस्मोत्सव अन्तर्गत बिसाल श्रेष्ठ र रबि पेसवान आर.सी.टि क्लबका टिम म्यानेजर अशोक मानन्धर संग मोमो र कोक खादै नेपाल फुटबलको वर्तमान अवस्था र भविष्य बारे गम्भीर छलफल गर्दै । कोका-कोला मो:मोत्सव अन्तर्गत राष्ट्रिय फुटबल खिलाडी अनन्त तामांग र हेमन गुरुङ कोक र मोमो कम्बोको आनन्द लिदै ।  

रकमान्तर काण्डमा अख्तियार तानिँदै अर्थमन्त्री कृष्ण बहादुर महरा

काठमाडौं । अर्थमन्त्री कृष्ण बहादुर महराले रोल्पा जिल्लामा गरेको करोडौं रकमान्तर प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ । अर्थमन्त्री महराले आफ्नो निर्वाचन जिल्ला रोल्पामा खुद्रे आयोजना खडा गरेर ६६ करोड रुपैंयाँ भन्दा बढि रकमान्तर गरेपछि आयोगले छानविन थालेको हो । ‘बजेटमा नभएका कार्यक्रममा भएको रकमान्तर प्रति आयोगको गम्भिर ध्यानाकर्षण भएको छ, हामी अनुसन्धान गरिरहेका छौं, गैर बजेटरी रकमान्तरलाई छाड्दैनौं’, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त दिप बस्न्यातले भने । व्यवस्थापिका संसदको विकास समितिमा स्थानिय तथा राष्ट्रिय विकासको कार्यप्रगति समिक्षामा उपस्थित कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले नियम मिचेर भैरहेको रकमान्तरलाई टुलुटुलु हेरेर नबस्ने स्पष्ट पारेका हुन् । ‘बर्षेनी बजेट आउँछ, त्यसमा कार्यक्रमहरु राखिन्छन, त्यसमा पनि पैसा पुगेन रकमान्तर गर्ने कानुन सम्बत व्यवस्था नै छ, तर यहाँ त बजेटमै नभएका कार्यक्रममा करोडौं रकम पठाइएको छ जुन गम्भिर कुरा हो’, कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले भने । अर्थमन्त्री महराले रोल्पामा ६६ करोड रुपैंयाँ भन्दा बढि रकमान्तर गरेका छन् । अर्थमन्त्री महराले निर्णय नम्बर १ मार्फत रोल्पा जिल्लामा उपभोक्ता समितिले निर्माण गर्ने २५ वटा सडकका लागि २० लाख देखि ५९ लाख रुपैंयाँसम्म रकमान्तर गरेका छन् । त्यस्तै, ठेक्का मार्फत निर्माण गर्नुपर्ने ११ वटा सडकका लागि एक एक करोड रुपैंयाँ रकमान्तर गरेका छन् । बजेटमै नभएका कार्यक्रम खडा गरेर रकमान्तर गरेपछि अख्तियारले छानविन थालेको हो ।

आरएसडिसीले १५% बोनस र २००% हकप्रद दिँदै, चैत १ गतेदेखि १२ दिन बुक क्लोज

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले २०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । सो मात्राको बोनस र हकप्रद प्रयोजनको लागि कम्पनीले चैत १ गतेदेखि चैत १२ गतेसम्म बैंकको बुक क्लोज गर्ने निर्णय गरेको छ । उक्त निर्णय फागुन १९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो ।

मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र रेमिट टू नेपाल प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । उक्त रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका तर्फबाट सहायक उपसिइओ रविना देशराज श्रेष्ठ र रेमिट टू नेपालका सिइओ चन्द्र भट्टले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि रेमिट टू नेपालमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, रेमिट टू नेपालको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ । यस सम्बन्धि साझेदारीपछि विशेषगरि खाडी, जापान र युरोपबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । मेगा बैंकको देशभर ४० वटा शाखा कार्यालय तथा देशभरि छरिएका १४ सय रेमिट एजेन्ट छन् ।

प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला फागुन २३ गतेदेखि शुरु, १० हजार बढिले अवलोकन गर्ने

काठमाडौं । पुष्प तथा आलङ्काकी बोट बिरुवाको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वाञ्चलका सुनसरी, मोरङ र झापा जिल्लामा प्रथम पूर्वाञ्चल पुष्प व्यापार मेला २०७३ गरिने भएको छ । पुष्पको व्यवसाय प्रवद्र्धन गर्न यही फागुन २३ देखि २५ गतेसम्म आयोजना गरिने मेलाको नारा ‘घर आँगन होस् या नदी किनारा, रोपी स्वदेशी फूल बिरुवा बनाऔँ पूर्वाञ्चल हराभरा’ रहेको आयोजक संस्था फ्लोरिकल्चर एसोसियसन नेपालले जनाएको छ । एसोसिएसनले पुष्प व्यवसाय प्रवद्र्धनका लागि समय अनुकूल व्यावसायिकतातर्फ उन्मुख गर्न पुष्प तथा आलङ्काकी बोट बिरुवाको विकास, विस्तार, पहिचान एवम् गुणस्तरीय उत्पादनमा सहयोग पुर्याउनका लागि मेला देशका विभिन्न भागमा यस किसिमका मेला आयोजना गर्दै आएको छ । मेलामा १० हजारभन्दा बढिले प्रत्यक्ष अवलोकन गर्ने साथै १० लाखको व्यावसायिक कारोबार हुने अपेक्षा गरिएको छ ।

टिसीएलको यूएचडी स्मार्ट टिभीको नयाँ मोडल नेपाली बजारमा

काठमाडौं । विश्वकै तेस्रो ठूलो टिभी ब्राण्ड टिसीएलले ५५ इन्च यूएचडी स्मार्ट टिभीको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ । स्टाइलिस डिजाइन भएको उक्त टिभीमा एनड्रोइड ५.१.१, २ एचडीएमआई पोर्ट, १ एचडीएमआइ (एमएचएल), ल्यान पोर्ट, अप्टिकल पोर्ट, २ वटा यूएसबी पोर्ट, ४० लाइन जस्ता विषेशताहरु रहेको कम्पनीले जनाएको छ । नेपालकालागि टिसीएल ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्राली रहेको छ ।

सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले उकालो लाग्दा ४१ करोडको सेयर कारोबार

काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियाली छाएको छ । बिहीबार नेप्से परिसूचक १२ दशमलब ६१ अंकले उकालो लागेर १३२९ दशमलब ४१ अंकमा पुगेको छ । १३४ कम्पनीको कारोबार भएको बजारमा ४१ करोड ११ हजारको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी कुमारी बैंकको सेयर कारोबार भएको छ । बैंकको १० करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता ५१६ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बङलादेश बैंक र नेपाल लाइफ इन्स्यारेन्सको २ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बिहीबार ३ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सेती फाइनान्स, आरएसडीसी लघुवित्त र सोल्टी होटलको क्रमशः ९.७९, ९.७५ र ९.७० प्रतिशतले सेयर मूल्य बढेको छ । सबैभन्दा बढी स्वरोजगार लघुवित्तको करिब ६ प्रतिशतले सेयर मूल्यमा गिरावट आएको छ ।