विकासन्युज

पोखरामा चैत २८ गतेदेखि ५ दिने फेवा महोत्सव, हेर्न जाने पर्यटकलाई आवसमा बीस प्रतिशत छुट

काठमाडौं, २२ चैत । पर्यटकीय नगरी पोखरामा आयोजना हुने फेवा महोत्सव हेर्न जाने पर्यटकलाई आवासमा २० प्रतिशत छुट दिइनेछ । आन्तरिक र वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्येश्यले फेवाताल किनारमा चैत २८ देखि वैशाख दुई गतेसम्म महोत्सव गर्न लागिएको हो । “आवासका अतिरिक्त अन्य सेवामा पनि छुट दिने बारेमा छलफल भइरहेको छ,” पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष भरतराज पराजुलीले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने । नेपालमा मुख्य शहरहरुमा अग्रेजी नयाँ वर्ष धुमधामका साथ मनाउने गरिएकोमा नेपाली नयाँ वर्ष पनि उत्तिकै महत्वका साथ प्रचार गरी आन्तरिक पर्यटकलाई प्राथमिकता दिएर महोत्सव गर्न लागिएको उनको भनाइ छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवका मूख्य आकर्षण हुन् । भूकम्प र नाकावन्दीले असर गरेको पर्यटनलाई उकास्न महोत्सवबाट सहयोग पुग्ने महोत्सवका संयोजक विकल तुलाचन बताउछन् । रासस

कृषि विकास बैंकको पुँजी वृद्धि योजना नयाँ, ५० प्रतिशत हकप्रद सेयर, ४० प्रतिशत बोनस सेयर

काठमाडौं, २० जेठ । कृषि विकास बैंकले ५० प्रतिशत हकप्रद सेयर र ४० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । बैंकले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै पहिलो चरणमा २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी गर्ने र दुई आर्थिक वर्षमा २०/२० प्रतिशतका दरले बोनस सेयर दिने घोषणा गरेको हो । राष्ट्र बैंकले अविमोच्य अग्राधिकार सेयर रकमलाई चुक्ता पुँजीमा गणना गर्न नमिल्ने जनाएपछि कृषि विकास बैंकले नयाँ पुँजी वृद्धि योजना बनाएको हो । बैंकले चालु आ.व. मा २ बराबर १ हकप्रद शेयर जारी गर्ने, आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २० प्रतिशत बोनस शेयर प्रदान गर्ने र आगामी आ.व. २०७३/७४ को नाफाबाट २० प्रतिशत वोनस शेयर प्रदान गर्ने गरी पुँजी वृद्धि योजना सञ्चालक समितिले स्वीकृत गरेको बैंकले जनाएको छ । यसअघि बैंकले सरकारसँग लिएको ६ प्रतिशत व्याजदरमा लिएको अग्राधिकार सेयर (फिर्ता गर्नु पर्ने पुँजी) लाई पनि चुक्ता पुँजीमा गणना गर्दै पुँजी वृद्धि सम्बन्धि योजना पेश गरेको थिएन । बैंकले सेयर पुँजी ३ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ मात्र छ । सरकारले ६ प्रतिशत व्याजमा दिएको अविमोच्य अग्राधिकार सेयर ६ अर्ब ४३ करोड रुपैयाँ छ । कम्पनी सचिव प्रताव सुवेदीका अनुसार हाल बैंकको सेयरपुँजी ३ अर्ब ९३ करोड ७६ लाख रुपैयाँ धारण गर्ने साधारण सेयरधनीले मात्र ५० प्रतिशत हकप्रद सेयर पाउने हुन् । साथै, बोनस सेयर पनि साधारण सेयरधनीले मात्र पाउनेछन् । सरकारी अविमोच्य सेयर राखेको सरकारले व्याज मात्र पाउने हो । यस बैंकले आर्थिक वर्ष २०६९/७० मा ३१.५८ प्रतिशत नगद लाभांश, आ.व.२०७०/७१ मा ८.७९ प्रतिशत नगद लाभांश र ७ प्रतिशत वोनस सेयर प्रदान गरेको छ भने पछिल्लो आ.व. २०७१/७२ को स्वीकृत १५ प्रतिशत वोनस शेयर दिएको छ । बैंकले गत चैत मसान्तसम्ममा निक्षेप ८३ अर्व ५१ करोड तथा कर्जा लगानी ७८ अर्व १० करोड परिचालन गरेको छ । त्यसैगरी सोही अवधिमा बैंकको पूंजी कोष १३.१९ प्रतिशत, निष्कृय कर्जा ४.८९ प्रतिशत, इक्विटीमा प्रतिफल १४.७० प्रतिशत तथा प्रतिशेयर आम्दानी ३१.२७ रुपैयाँ रहेको छ ।

कालो बजारीयाको सजाय १० वर्षबाट एक वर्षमा झार्ने को ? कानुन पढेका कानुन मन्त्री के गर्दै थिए ?

काठमाडौं, २० जेठ । कालो बजारीयाहरुको सजाय १० वर्षबाट घटेर एक अधिकतम एक वर्षमा सिमित भएको छ ।सरकारले नयाँ संबिधान बमोजिम पुराना कानुनहरुलाई अद्यावधिक गर्न भन्दै केहि नेपाल ऐनलाई संसोधन गर्न बनेको ऐन मार्फत कालोबजारीहरुको सजाय १० वर्षबाट घटाएर एक वर्षमा झारिदिएको हो । सरकारले कालोबजार तथा अन्य केहि सामाजिक अपराध तथा सजाय ऐन २०३२ मा संसोधन गरि ऐनको दफा २ को खण्ड (क), (ख), दफा ३ को उप दफा (१), दफा ४, दफा ५ तथा दफा ६ समेतलाई संसोधन गरि क्रमशः १० बर्ष, ३ बर्ष, ५ बर्ष, ५ बर्ष, ५ बर्ष, २ बर्ष सम्म कैद हुने र विगो बमोजिम जरीवाना वा दुबै सजाय प्रावधानहरुलाई संसोधन गरी सबै कसुरमा १ बर्ष सम्म वा सो भन्दा कम सजाय हुने व्यवस्था गरिएको छ । यसले जति ठुलो कालो बजारी गरेको भएपनि अधिकतम एक वर्ष भन्दा कम समय जेल सजाय हुनेछ । त्यति मात्रै नभएर विगो बमोजिमको जरिवानाको व्यवस्थालाई समेत संसोधनले हटाएको छ । विगो बमोजिमको सजाय र १० वर्षसम्म जेल सजायको कानुनी व्यवस्थालाई उल्टाएर जरिवानाको व्यवस्था हटाएर एक वर्षसम्म कैद गर्ने संसोधनमा उल्लेख छ । कर्पाेरेट कानुनका टाइकुन भनेर चिनिने कानुन मन्त्री अग्नि खरेललाई समेत चक्मा खुवाएर संसोधन गरियो वा यसमा उनकै संलग्नता छ, त्यो खोजीको विषय बनेको छ । यो संसोधनले कालो बजारी सम्बन्धी मुद्धालाई अदालत जानबाट रोकेर प्रमुख जिल्ला अधिकारीले नै छिनोफाने गर्ने व्यवस्था गरिएको छ । नयाँ संबिधानको धारा १५२(२) मा एक वर्ष भन्दा बढि सजाय हुने फौजदारी मुद्धा अदालतले हेर्ने उल्लेख गरिएको छ । एक वर्ष भन्दा कम सजाय हुने फौजदारी मुद्धा भने प्रमुख जिल्ला अधिकारी मार्फत अघि बढाउने संवैधानिक व्यवस्थाको फाइदा उठाउँदै कालो बजारी सम्बन्धी मुद्धालाई अदालत लैजानै नपाउने व्यवस्था गरिएको हो । सो संसोधन विरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका अधिवक्ता जगन्नाथ मिश्र भन्छन–‘अपराध घटेपछि कानुन संसोधन गरेर सजाय घटाउने हो तर यहाँ त कालो बजारी बढिरहेको छ, अनि सरकार ऐन संसोधन गरेर सजाय घटाईरहेको छ ।’ उनले कानुन संसोधनमा कर्मचारीतन्त्र हावी भएको दावी गरे । तर काुननी पृष्ठभूमिका कानुन मन्त्री अग्नि प्रसाद खरेलको आँखा छलियो वा उनले आँखा चिम्लिए भन्ने सवाल महत्वपुर्ण हुन आउँछ । केहि नेपाल ऐन संसोधन गर्न बनेको ऐन व्यवस्थापिका संसदबाट पास गरेर २०७२ फागुन १३ गते राजपत्रमा सूचना प्रकाहित गर्दै कार्यान्वयनमा ल्याएको थियो ।

लगानीकर्ताले पाउनै पर्ने जानकारीः आगामी आर्थिक बर्षदेखि यस्तो परिवर्तन हुदैछ पूँजी बजारमा

काठमाडौं, २० जेठ । धितोपत्र बजारको नियामक निकाय धितोपत्र वोर्डले आगामी आर्थिक बर्षदेखि कारोवारमा केही परिवर्तनहरु गर्न लागेको छ । सेयर कारोवारमा लागू हुने त्यस्ता परिवर्तनहरु पछि बजार विकासमा सहयोगी हुने बोर्डको भनाइ छ । बोर्डले केही ब्यवस्था १ साउन अर्थात आगामी आर्थिक बर्षको सुरुदेखि नै केही ब्यवस्थाहरु आगामी १ माघदेखि कार्यान्वयन गर्ने भएको छ । अबदेखि हकप्रद र बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा नै जम्मा हुने ब्यवस्था गर्न बोर्डले यसअघि नै निर्देशन दिइसकेको छ । यस्तै नगद लाभांस र आइपियोमा आवदेकको नपरेको पैसा निजहरुको खातामा जम्मा हुने ब्यवस्था पनि अगामी १ साउनदेखि लागू हुनेछ । बोर्डले अबदेखि लगानीकर्ता परिचयपत्र प्रदान गर्ने ब्यवस्था मिलाउनको लागि तयारी अन्तिम चरणमा पुर्याएको छ । आईपिओमा आगामी श्रावण महिनादेखि काठमाडौं उपत्यकामा र माघदेखि उपत्यकाबाहिर समेत डिम्याट खाता अनिवार्य गरिएको छ । काठमाडौं बाहिर दलाल व्यवसायीको शाखा खोल्ने नीतिगत विषयमा तथा सूचिकृत कम्पनीको सूचना नेप्सेको विण्डोमा राख्ने सम्बन्धमा नेप्सेलाई सचेतात्मक निर्देशन पनि बोर्डले दिएको छ । यस्तो निर्देशनले पूजी बजारको दायरा फराकिलो हुने अपेक्षा गरिएको छ । नागरिक लगानी कोषलाई डिलरको रुपमा सक्रिय गराउन प्राविधिक समितिको गठन गरिएको छ भने दलाल व्यवसायीलाई ४ दिन भित्र लगानीकर्तालाई रकम भुक्तानी गर्ने, सिडिएसलाई सेटलमेन्ट ग्यारेन्टी फण्डको कार्यविधि बनाउन भनिएको छ । यस्तै नेप्सेलाई २०५३ को सट्टा नयाँ सूचिकरण विनियमावली बनाउन निर्देशिन दिईएको छ । यसका साथैे, प्राथमिक तथा दोस्रो बजारमा संरचनात्मक सुधार गर्न लगानिकर्ता आइडीकार्डको व्यवस्था गर्न तथा आईपिओमा आवेदन रकम बैंकमा रोक्का राखी बैंक मार्फत दरखास्त दिने व्यवस्था एएसविए प्रणाली आगामी श्रावण महिनादेखि लागू गर्नका लागि आवश्यक कार्य अगाडि बढाइएको छ । धितोपत्रको सार्वजनिक निष्काशनदेखि कारोबारहुने अवस्थासम्म करीव ६ महिनाको समय लाग्ने गरेकोमा सो समयाअवधिलाई २ महिनामा ल्याउन आवश्यक कार्य भैरहेको बोर्डले जानकारी दिएको छ । बोर्डले १० व्यवसायी मिलेर एक डिपी कम्पनी खोल्न स्वीकृति दिन सकिने नीतिगत ब्यवस्था गरेको छ । यस्तै हकप्रद निस्कासन थप पारदर्शी बनाउन सुचना प्रवाह प्रभाबकारी बनाउन पनि बोर्डले भनेको छ  ।

हिमालयन जनरल इन्स्यारेन्समा सुशिल बज्राचार्य

काठमाडौं, १० साउन । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुशिल बज्राचार्य नियुक्त भएका छन । कम्पनीले बज्राचार्यलाई आगामी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । साउन १ गतेबाटै बज्राचार्यले कम्पनीको जिम्मेवारी सम्हाल्दै आएका छन । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले आइतबार नेपाल स्टक एक्सचेञ्जलाई पत्र लेखेर सो जानकारी गराएको हो । बज्राचार्य यसअघि सोही कम्पनीमा नायब महाप्रबन्धकमा कार्यरत थिए ।

जनता बैंकमा कुमार लम्साल, ग्लोवल आईएमईमा अनिल ज्ञवाली

७ जेठ । जनता बैंक नेपालको प्रमुख कार्यकारी अधिकृतमा कुमार लम्साल नियुक्त भएका छन् । जेठ ६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रमुख कार्यकारी अधिकृतमा लम्साललाई चार वर्षको लागि नियुक्त गरेको हो । लम्सालले विहीबारदेखि नै जनता बैंकमा जिम्मेवारी समालेका छन् । लम्साल यसअघि किष्ट र मर्जपछिको प्रभु बैंकमा छोटो अवधि कार्यकारी प्रमुख भएका थिए । उनले सानिमा बैंकमा साढे ६ वर्ष प्रमुख कार्यकारी अधिकृतको जिम्मेवार समालेका थिए । जनता बैंकमा डा रमेश कुमार भट्टराईले राजीनामा दिएपछि प्रमुख कार्यकारी अधिकृत पद खाली थियो ।त्यसैगरी ग्लोवल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतमा अनिल ज्ञवाली नियुक्त भएका छन् । ज्ञवाली नविल बैंकमा चार वर्षे कार्यकाल सकिए लगत्तै ग्लोवल आईएमईमा फर्केका हुन् । चार वर्षअघि उनी सोही बैंकमा एक कार्यकाल कार्यकारी प्रमुख भएर काम गरेका थिए । जेठको पहिलो सातामा तीन वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत फेरिएका छन् । जेठ १ गते सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य नियुक्त भएका थिए । ग्लोवल आईएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको चार वर्षे कार्यकाल बैशाख ३१ गते सकिए लगत्तै बज्राचार्यले नयाँ बैंकमा जिम्मेवारी समालेका हुन् । ग्लोवल आईएमई बैंकमा कार्यकारी प्रमुख हुनुपूर्व उनी एनसीसी बैंकमा चार वर्ष कार्यकारी प्रमुख थिए । त्यसअघि उनले नेपाल बैंकमा वित्तीय विदेशी व्यवस्थापन टोलीमा रहेर काम गरेका थिए ।

नवनियुक्त महानिर्देशक खतिवडाबाट पदवहाली

२ बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका नवनियुक्त महानिर्देशक धरणीधर खतिवडाले बुधबार महासंघमा महानिर्देशकको पदवहाली गरेका छन् । खतिवडा यसअघि महासंघको वरिष्ठ परामर्शदाताको रुपमा कार्यरत थिए । नेपाल सरकारका विभिन्न निकायहरुमा नेतृत्वदायी पदमा रही काम गर्नु भएका महानिर्देशक खतिवडा पछिल्लो पटक नेपाल सरकारको सचिवबाट सेवा निवृत्त भएका हुन् । पदवहाली पश्चात महासंघमा कार्यरत कर्मचारीहरुलाई संवोधन गर्नुहुंदै महानिर्देशक खतिवडाले महासंघको छविलाई राष्ट्रिय अन्तराष्ट्रिय रुपमा उच्च पार्दै यसका मुलभुत उद्देश्य सफल पार्ने कार्यमा सचिवालयका कर्मचारीहरुबाट आफूलाई सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।

भूकम्प प्रभावित १० जिल्लाका लागि १०८ स्वास्थ्यकर्मी माग

काठमाडौं, ११ जेठ । रोलिङ प्लान्स प्राइभेट लिमिटेडले भूकम्प प्रभावित १० जिल्लाहरुका लागि १०८ जना स्वास्थ्य कर्मचारीको माग गरेको छ । कम्पनीले हेल्थ फर लाइफ र नेपाल सरकारसँगको सहकार्यमा काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, रसुवा, दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर र गोरखा जिल्लामा स्वास्थ्य सम्बन्धी आवश्यक प्राविधिक सहयोगका कार्यक्रम गर्न स्वास्थ्यकर्मी माग गरेको हो । कम्पनीले मागेको समुदाय स्वास्थ्य सहायक पदका लागि हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, सी.एम.ए वा अ.न.मी मध्ये एक विषय उर्तीण गरी सरकारी वा गैह्र सरकारी स्वास्थ्य प्रणालीमा गुणस्तर सुधार सम्बन्धि कम्तीमा ३ वर्षको कार्य अनुभव भएको व्यक्तिले आवेदन गर्न सक्नेछन् । स्वास्थ्य सहायकहरुले कम्पनीले तोकेको जिल्लामा स्थानीय स्वास्थ्य सेवा सुदृढिकरण, तथ्यमा आधारित स्वास्थ्य सूचना प्रणालीद्धारा नीति र गुणस्तर सुधारका क्षेत्रमा कार्य गर्नुपर्नेछ ।