विकासन्युज

हामी २००४ देखि नै टप एक्स्पोटर हौ ।

एभरेष्ट पश्मिना किन्ट्टिङ एण्ड बुभिङ इन्डस्ट्रिज प्रा.लि. एभरेष्ट पश्मिना किन्ट्टिङ एण्ड बुभिङ इन्डस्ट्रिजले सन् २००२ देखि पश्मिना सल र पश्मिना स्वेटर उत्पादन गरी निर्यात गर्दैआएको छ । जतिबेला नेपालको पश्मिना उद्योग संकटमा परेको थियो त्यति बेला नै कर्केन ताङ्वे गुरुङ र उनका दुई भतिजाहरू सूर्य ताङ्वे, सन्तोष ताङ्जे मिलेर यो उद्योग सञ्चालनमा ल्याएका थिए । यो उद्योगले सन् २००४ देखि हालसम्म लगातार नेपालबाट सबैभन्दा बढी मूल्यको पश्मिना उत्पादन र निर्यात गर्दैआएको छ । त्यसैले सरकारले गत दुई आर्थिक वर्षमा पश्मिनातर्फ उत्कृष्ट उत्पादन र निर्यात गर्ने महत्वपूर्ण व्यवसायी व्यक्ति (सीआईपी) सम्मान दिएको छ । पश्मिना उत्पादन, निर्यातको विषयमा केन्द्रित भई गुरुङस“ग गरिएको विकास वहस यस अंकमा । सरकारबाट महत्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान पाउनुभएकोमा तपाईलाई बधाई छ । एक वर्षमा कति पश्मिना कति उत्पादन तथा निर्यात गर्नुहुन्छ ? गत आर्थिक करिब २५ करोड रुपैया““ बराबरको । वर्षमा करिब ३० हजार स्वेटर र ७० हजार पीस सल उत्पादन गरी निर्यात गछौं । आपैm“मा ठूलो परिणाममा निर्यात भइराखेको रहेनछ, किन ? हाम्रो उत्पादन हस्तकला उत्पादन हो । यो मेसिनरी उत्पादन होइन । हाम्रो उत्पादन गुणस्तरीय छ र लगभग सबै उत्पादन युरोप, अमेरिका निर्यात हुन्छ । देशमा अनुकूल स्थिति छैन । हाम्रो उत्पादनको माग छ तर हामीले अडर लिन सकिरहेका छैनौं । किनकी अडरअनुसार उत्पादन गरेर तोकिएको समयमा वस्तु सम्पन्धित बिक्रेतासम्म पु¥याउन निकै कठीन छ । राजनीति तरलता छ । विगतमा श्रम क्षेत्रमा फैलिएको आतंकले काम गर्न सकिएन । तैपनि हामी सन् २००३÷२००४ देखिनै टप एक्स्पोटर हौ । २००६ देखि नै नेपाल हस्तकाल महासंघ र नेपाल चेम्बर अफ कमर्शले पश्मिनातर्फ टप एक्पोर्ट गरेबाफत सम्मान गर्दैआएको छ । यो समयमा सरकारले सीआईपी अवार्ड कार्यक्रम गर्ने सकेन । त्यसैले सरकारबाट सीआईपी अवार्ड पाएको पहिलो पटक हो । अहिले व्यापार विस्तार गरिराख्नु भएको छैन ? प्रत्येक वर्ष १०/१५ प्रतिशत व्यापार विस्तार भइराखेको छ । सम्भावनाको हिसाबले १०० प्रतिशत व्यापार विस्तार गर्ने ठाउ“ छ । तर देशमा उद्योग व्यवसाय मैत्री वातावरण भएन । पश्मिना वा हस्तकलाजन्य उत्पादन भनेको श्रममा भर पर्ने उद्योग हो । गएको ६/७ वर्षमा श्रम क्षेत्रमा मजदूर आतंक फैलिएकोले माग हु“दा हु“दै पनि उत्पादन वृद्धि गर्न सकिएन । राजनीतिक तहबाट श्रमिक क्षेत्रमा अनावशक उक्साहट भयो । श्रमिकहरूको माग धेरै आए, अड्ताल हुने, काम बन्द गर्ने अवस्था आयो । एकतिर विदेशबाट हाम्रा उत्पादनको माग हुने, अर्कोतिर यहा“ श्रमिकहरूले पूरा गर्ने नसक्ने माग राखेर काम बन्द गर्ने अवस्था आयो । त्यसले हाम्रो मनोबल गिरेको थियो । अब विस्तारै स्थितिमा सुधार आउ“छ भन्ने हामीलाई विश्वास छ । श्रमिकहरूले पनि बुझ्दै गएका छन् । सरकारले पनि निर्यात व्यापारको महत्व बुझ्न थालेको छ । अहिले उद्योगको अवस्था कस्तो छ ? ललितपुरको झरोवारासीमा उद्योग छ । यो उद्योग १५ रोपनी जग्गामा फैलिएको छ । जाडो मौसममा ४÷५ सय कामदार हुन्छन् । गर्मी मौसाममा पनि कम्तीमा ३०० जनाले काम गरिरहेका हुन्छन् । अब हामी उत्पादन वृद्धिको योजना बनाइराखेका छौं । सीआईपी अवार्ड पाइसकेपछि तपाई र तपाईको कम्पनीमा के परिवर्तन आउ“छ ? आत्मविश्वास बढेको छ । व्यापार विस्तार गर्ने छौं । आगामी वर्ष तपाईलाई नया“ खबर दिने छौं । नेपालकामा पश्मिना व्यवसायको अवस्था कस्तो छ ? करिब १०० वटा उद्योग छन् । सन् १९९९, २००० ताका वर्षमा १० अर्बको पश्मिना निर्यात हुन्थ्यो । तर अहिले वर्षका करिव २ अर्बको मात्र निर्यात हुन्छ । पश्मिनाको मागमा कमि आएको होइन । सन् २००० मा विश्व बजारमा पश्मिनाको माग १० अर्ब रुपैया“ बराबरको थियो भने अहिले ३० अर्ब रुपैया“भन्दा बढीको माग छ । संसारमा पश्मिना चिनाएको नेपालले हो । तर नेपालको यो उद्योग अहिले चीन र भारतमा गयो । २८ अर्बको व्यापार चीन र भारतले गरिरहेको छन् । किन यो अवस्था आयो ? हामीले उत्पादनमात्र गर्ने हो । बिक्री गर्ने अमेरिका युरोपका व्यापारीले हो । उनीहरूले नेपाली वस्तु भनेर माया गर्ने कुरा हु“दैन । जसले सस्तो र गुणस्तरीय सामान समयमा दिन सक्छ, व्यापारीले उसैको सामान किन्छ । चीन र भारतमा उत्पादन हुने पश्मिनाभन्दा नेपाली पश्मिना महंगो छ ।

नेपालमा कर्पोरेट कल्चरको विकास भएन

प्रतिकूल अवस्था भनिरहदा पनि व्यवसायीहरुले लगानी विस्तार गरिरहेकै देखिन्छ । केडिया समूहले नयाँ के गरिराखेको छ ? उद्यामशीलता भनेको सिर्जनात्मकता कार्य हो, जसरी पेन्टरले नयाँ नयाँ पेन्टीङ गरिरहेको हुन्छ, गायकले नयाँ गीत गाईरहेको हुन्छ, कविले नयाँ कविता रचिरहेको हुन्छ । भैराखेको उद्योग व्यापारलाई चलाउनै पर्छ, त्यसको प्रवद्र्धन गरिरहनुपर्छ । साथै, नयाँ अवसरहरुको खोजी गर्ने, नयाँ क्षेत्रमा लगानी गर्ने काम गर्नैपर्छ । त्यो भईराखेको छ । केडिया समूहले गएको एक दशकमा कति लगानी विस्तार ग¥यो ? गएको दश वर्षमा नयाँ उद्योग व्यवसायमा हात हालेका छौं र सफलता पनि मिलेको छ । पछिल्लो समयमा सिद्धार्थ बैंक, सिद्धार्थ इन्स्योरेन्स, सिद्धार्थ म्यूचल फण्ड जस्ता सेवा मुलक क्षेत्रमा लगानी विस्तार गरेका छौं । डिएभी स्कूल, कलेजमा लगानी भएको छ । यति कार्पेट, वृज सिमेन्ट उद्योग चलाईरहेका छौं । जलविद्युत् योजनामा पार्टनरसिप गरेका छौं । भारतीय ट्राभल्स कम्पनीसँग मिलेर ओलम ट्राभल्स् स्थापना गरेका छौं । अटोमोवाईल टे«डिङमा नयाँ सुरुवात भएको छ । गएको दशक साह्रै उपलब्धि मुलक भएछ, होइन ? अप्ठ्यारा पनि भोग्नु प¥यो । चलिरहेका उद्योगहरु बन्द गर्नु प¥यो । कर्कटपाता उद्योग बन्द भयो । धान मिलहरु बन्द भए । भाडा वर्तन बनाउने, पश्मिना, हस्तकलाका सामान बनाउने साना तथा मझ्यौला उद्योगहरु थिए, ती बन्द भए । विदेशबाट विभिन्न सामानहरु आयात गथ्र्यौ, बिक्री वितरण गथ्र्यौ । यस्तो व्यापारमा धेरै कमी आएका छन् । बनस्पति ध्यू, तेल उद्योग अप्ठरोमा चलिरहेको छ । तर पछिल्लो समयमा कोर भ्यालुसहित नयाँ क्षेत्रमा आएका छौं । पुस्तौली पेशाको रुपमा व्यवसायिक क्षेत्रमा निरन्तर लाग्ने हामी पाँचौ पुस्ता हौं । यो पुस्ताले समय सापेक्ष निर्णय लिएको छ । हामी अगाडि बढिरहेका छौं । पारिवारिक व्यवसायिक घराना केडिया अर्गनाईजेशन भित्र कति परिवार छ, त्यसमा को को छन् ? हाम्रो परिवार ठूलै छ । सँगै बस्छौं । तर काम बाँढेर गर्छौ । फरक फरक कम्पनीको जिम्मेवारी लिएका छौं । नेपालका ठूला व्यवसायिक घरानाहरु मध्ये केडिया अर्गनाईजेशनको पोजिशन कति औं नम्बरमा पर्छ ? यो मैले भन्न सक्दिन, तपाईहरुले भन्ने हो । तर म आफूलाई यो परिवामा जन्मन पाएकोमा भाग्यशाली ठान्छु । बाबुबाजेले गर्दै आएको काममा ईटा थप्ने काम गरिरहेको छु । – See more at: http://www.bikasnews.com.np/index.php/2011-10-24-13-46-03/708-2013-09-22-07-29-09#sthash.NF2HkqXc.dpuf

एनसीसी बैंकका सेयरधनीले मर्जमा मर्जमा जान सहमति दिएका छन्-लक्ष्मीप्रपन्न निरौला

लक्ष्मीप्रपन्न निरौला, संयोजक, एनसीसी बैंक, (निर्देशक नेपाल राष्ट बैंक) नेपाल राष्ट्र बैंकले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा हस्तक्षेप गर्नुपर्ने अवस्था किन आयो ? सर्वप्रथम सञ्चालक समितिबीच नै विवाद भयो । सञ्चालक समितिमा दुई पक्षबीचको विवाद उत्कर्षमा पुग्यो र लामो समयसम्म बैठक नै बस्न सकेन । कुनै पनि विजनेश डिसिजन हुन सकेन । धेरै समयसम्म संस्थालाई त्यो अवस्थामा राख्नुभएन । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०६३ ले पनि सञ्चालक समितिको बैंठक न्यूनतम १२ पटक बस्नुपर्ने र तर दुईवटा बैठकको बीचको फरक २ महिनाभन्दा कम हुनुपर्ने भन्ने व्यवस्था छ । राष्ट्र बैंक विवाद मिलाउन लामो समयसम्म प्रयास ग¥यो तर दुई पक्ष अमिल्न सकेनन् । संस्थापक÷संस्थापकबीच झन् द्वन्द्व बढ्दै गयो । सर्वसाधारणको निक्षेप सुरक्षित गर्न र वित्तीय प्रणालीप्रतिको विश्वास कायम राख्न पनि राष्ट्र बैंकले बाध्य भएर हस्तक्षेप गरेको हो । राष्ट्र बैंकले हस्तक्षेप गर्नुको उद्देश्य के–के थिए ? पहिलो उद्देश्य संस्थापक सेयरधनी सम्बद्ध कर्जा लगानी असुलउपर गर्नु हो । त्यस्तो कर्जा सा“वा र व्याज गरी करिब ४० करोड रुपैया“ जति थियो । दोस्रो, साधारण सभा हु“दा सेयर संरचना परिवर्तन नभई पुनः समस्या दोहोरिने हुनाले कमन सेयर धारण गरेका त्यस बैकका शेयरधनीको अन्य बैंक तथा वित्तीय संस्थाको खोजी गर्ने । तेस्स्रो, बैंकको साधारसभा गराई नया“ निर्वाचित हुने सन्चालक समितिलाई एक वर्षभित्र तोकिएको संस्थास“ग मर्ज गर्ने जिम्मेवारी सुम्पने । तोकिएको ६ महिनाको समयावधिमा ती काम सम्पन्न हुन्छन् ? तोकिएको काम विभिन्न कारणले गर्दा समयमै सकिएन भने समय थप गर्नुपर्ने हुन्छ । तर, धेरै समय थप गर्नु पर्दैन । हालसम्म हामीले करिब १३ करोड रुपैया“भन्दा बढी संस्थापकस“ग सम्बद्ध कर्जा लगानी उठाएका छौं । संस्थापक सम्बध कर्जा उठाउन हरसम्भव लागि परेका छौं । कर्जा लिएका व्यक्तिले यथासक्दो छिटो कर्जा तिर्छौं भनेर कमिटमेन्ट गरेका छन् । यदि तिरेनन् भने बैंक तथा वित्तीय ऐनको दफा ५७ प्रयोग गरी उठाउने छौं । नेशनल हाइड्रो पावरमा रहेको सेयर बिक्रीमा केही ढिलाई भएको छ । अनेशनल हाइड्रो पावरमा रहेको सबै सेयर बिक्री भएपछि सबै कर्जा उठ्नेछ । संस्थापकहरू आफूले लिएको कर्जा तिर्ने मनस्थितिमा छन् कि धितो लिलामीबाट मात्र उठ्ने अवस्था छ ? हाम्रो पहिलो प्रयास ऋणी आपैm“ले धितो बेचेर कर्जा चुक्ता गरुन् भन्ने हो । त्यो प्रयासमा हामी ३५ प्रतिशत जति सफल भएका छौं । उनीहरूलाई त्यो मौका दिएका हौं । त्यसमा सोचेअनुरुप सफल हुन सकिएन । विशेषगरी नेशनल हाइड्रो पावरमा रहेको सेयर बेच्ने विषयमा हामीले सहयोग पाउन सकेनौं । राष्ट्र बैंकले हस्तक्षेप गरेको अवस्थामा पनि संस्थापकहरूले कर्जा तिर्न अटेर गरेको देखियो । किन यस्तो भइराखेको छ ? उनीहरूले कर्जा किन तिरेनन् भन्ने कुरा हामीलाई पनि थाहा भएन । तर, हामीले यही बीचमा शून्य दशमलव ५ प्रतिशतभन्दा बढी सेयर धारण गरेका सेयर धनीहरूको भेला गरेका थियौं । त्यसभेलाले कमन सेयर धारण गरेका संस्थास“ग मर्जमा जान सहमति दिएका छन् । यस्तै संस्थापक सम्बद्ध एक प्रभावशाली व्यक्तिले सार्वजनिक ठाउ“मा तत्काल सबै कर्जा चुक्ता गराउ“छु भन्ने प्रतिवद्धता जायर गर्नुभएको छ । त्यसले गर्दा पनि सबै कर्जा उठ्छ भन्नेमा आशावादी छौं । जसले प्रतिवद्धता गरे त्यो कत्तिको विश्वासयोग्य व्यक्ति हो ? त्यसको नतिजा हेर्न बा“की नै छ । प्रतिवद्धता जायर गरेपछि नेशनल हाइड्रोको १ लाख कित्ता सेयर बिक्री भइसकेको छ । अब १६ लाख जति कित्ता बिक्री गर्न बा“की छ । आशा गरौं, सबै कर्जा उठ्नेछ । ऋणीले नेशनल हाइड्रोको सेयर मूल्य बृद्धि भएका कारण बिक्री गर्न ढिलाई भइरहेको हो वा अन्य कारण पनि छन् ? त्यस सम्बन्धमा हामीलाई जानकारी छैन । त्यो सुरक्षण धनी उहा“हरूको नितान्त व्यक्तिगत विषय हो । आगामी दिनमा राष्ट्र बैंक व्यक्तिगत विषय भनेर चूप लागेर बस्छ वा कर्जा असुलीको प्रक्रियामा जान्छ ? यो प्रश्न स्वभाविक हो । तर, हामी ३५ प्रतिशत कर्जा असुल गर्न सफल भएका छौं । बा“की कर्जा ऋणीले कानुनतः नबुझाई ह“ुदैन । किनकि जति समय बढ्छ, उति नै व्याज बढ्दै जान्छ । पहिलो त संस्थापक सम्बद्ध एक प्रभावशाली व्यक्तिले सार्वजनिकरुपमा जुन बाचा गरेका छन्, त्यो पूरा गर्नुपर्छ र गर्नुहुन्छ भन्ने आशा गरेका छौं ।

लघु जलविद्युतले गाउँघर झलमल्ल, ६० घर परिवार लाभान्वित

रामेछाप ।रामेछाप दुरागाउँका स्थानीय समुदायले आफ्नै अग्रसरतामा लघु विद्युत आयोजना सञ्चालन गरेका छन् । जसका कारण अहिले सिंगो गाविस नै झिलिमिली भएको भने कसैले पनि अध्यारोमा बस्नु परेको छैन । गाउँका स्थानीय अगुवा तिलक बहादुर पौडेलको नेतृत्वमा स्थानीय समूहको निर्माण गरी स्थानीयले गरिवी निवारण कोषको सहयोगमा साब्राखोला लघु जलविद्युत आयोजना सञ्चालनमा ल्याएका हुन् । स्थानीयले प्रति परिवार १० हजार रुपैयाँका दरले पैसा उठाएका र गरिवी निवारण कोषको १० लाख गरी कुल १५ लाख रुपैयाँको लगानीमा निर्माण भएको हो । सो आयोजना निर्माणका लागी स्थानीयले ५० घरधुरीले पाँचलाख रुपैयाँजम्मा पारेका थिए भने आयोजनावाट कुल १५ किलोवाट विजुली निस्किएको थियो । पौडेलका अनुसार ५० घरधुरीले १५ किलोवाट विजुली सवै प्रयोग नभएको र करिव ९ किलोवाट विजुलि खेर गइरहेको बताए । त्यतिबेला १५ लाख रुपियाँ खर्च गरेर निर्माण गरेको उक्त आयोजनाले ५ वर्ष पुरा गरिसकेको छ। विजुली अभावका कारण सँगैको सैपु गाविस पूरै अन्धकार छ तर पोल तथा तारको अभावका कारण पल्लो गाविससम्म खेर गएको विजुली पुर्याउन नसकिएको उनले बताए । स्थानीय जलविद्युत उत्पादन समितिका व्यवस्थापक खडेन्द्र सुनुवारका अनुसार टिभी हेर्न र मोबाईल चार्ज गर्न पाउँदा झन्डै ६० घर धुरी दंग भएको बताए। एउटा समिति बनाएर गाउँलेहरुले सञ्चालन गरिरहेको सो लघु जलविद्युत आयोजना अहिले नाफा कमाउनमा व्यस्त छ। व्यवस्थापक सुनुवार भन्छन, “पहिले १० हजारपनि ऋण लिएका थियौं‌ । अहिले सबै तिरिसक्यौ र राम्रो आम्दानी गर्न थालेका छौं।” बिजुली बालेबापत प्रतिमहहिना १ सय ५० रुपैयाँ महसुल तिर्नुपर्ने नियम समितिले बनाएको छ । सजिलोसँग विद्युत खपत गर्न पाएका कतिपय गाउँलेका टिन वा ढुगांले छाएका घर बाहिर दिउँसो नै बत्ति बलि रहेको भेटिन्छ। उनी भन्छन्, “कहिले कहिले मेसिन बिग्रिएको समयमा बाहेक हामी लोडसेडिंग मुक्त भएर बस्न पाएका छौं। बिजुलीका कारण सञ्चार लगायतका सुविधा उपभोग गर्न पाएकाले गाउँलेको चेतनास्तर पनि बढेको छ।”