विकासन्युज

माछापुच्छ्रे बैंकका अध्यक्षले गरे गभर्नर सामु सपथ ग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नबनियुक्त अध्यक्ष रोशन केसीले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । बैक तथा वित्तीय संथा सम्बन्धी ऐन २०७३ को प्राबधान बमोजिम अध्यक्ष केसीले पद तथा गोपनियताको सपथ लिएका हुन् । यस अघि बैंकको संचालक समितिको मिति २०७४/०१/१४ मा बसेको बैठकले रोशन केसी.लाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

काठमाडौं महानगरमा काँग्रेस एमाले/टक्कर, पछि परे साझा र विवेकशिल

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेपाली काँग्रेस र नेकपा(एमाले)बिच कडा प्रतिष्पर्धा सुरु भएको छ । केहि समयसम्म काँग्रेसलाई पछि पारेर एमालेसँग प्रतिष्पर्धामा देखिएका साझा पार्टीका किशोर थापा र विवेकशिलकी रञ्जु दर्शनालाई काँग्रेसले धेरैपछि छाडेको छ । अपरान्ह २ बजेको मत परिणाम अनुसार एमालेका विद्या सुन्दर शाक्यले ३२५ मत पाएका छन भने काँग्रेसका राजुराज जोशीले ३१४ मत ल्याएका छन् । साझा पार्टीका किशोर थापाले २०४ मत ल्याउँदा विवेकशिलकी रञ्जु दर्शनाले १६८ मत ल्याएकी छिन् । हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर र १ र ३२ को मत गणना भैरहेको छ ।

मंगलबार मात्रै २ करोड ४९ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, क- कसको कति?

काठमाडौं । मंगलबार मात्रै २ करोड ४९ लाख २६ हजार ५०० कित्ता सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । एकै दिन एक करोड १३ लाख ३३ हजार ७७५ कित्ता बोनस र एक करोड ३५ लाख ९२ हजार ७२५ कित्ता हकप्रद सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । मंगलबारको बजारमा करिब ८ कम्पनीको सेयर सूचिकृत भएको छ । त्यसमध्ये ५ वटा कम्पनीको बोनस सेयर र बाँकी कम्पनीको हकप्रद सेयर सुचिकृत भएकोे छ । सेती फाइनान्सको ८ लाख ३४ हजार ४०० कित्ता बोनस र हिमालयन बैंक लि को ६४ लाख कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, प्राइम कमर्सियल बैंकको ८५ लाख २२ हजार १०३ कित्ता बोनस सेयर सूचिकृत भएको छ । उता वेष्र्टन डेभलपमेन्ट बैंकको १५ लाख ६९ हजार ६०० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । नमस्ते वित्तीय संस्थाको बोनस र हकप्रद दुबै सेयर सूचिकृत भएको छ । कम्पनीको ९० हजार कित्ता बोनस र ३ लाख ७५ हजार कित्ता हकप्रद सेयर सुचिकृत भएको हो । सोही दिन जेबिल्स फाइनान्स र फेवा विकास बैंकको क्रमशः ३ लाख २१ हजार ६२ कित्ता र २० लाख ४९ हजार ७०० कित्ता बोनस सेयर सूचिकृत भएका छन् । त्यसैगरि, मञ्जुश्री फाइनान्सको पनि बोनस र हकप्रद गरि ४७ लाख ३७ हजार २८५ कित्ता सेयर नेप्सेमा थपिएको छ । कम्पनीको ३ लाख ५० हजार ९१० कित्ता बोनस र ४३ लाख ८६ हजार ३७५ कित्ता हकप्रद सेयर गरि सो मात्राको सेयर एकै दिन नेप्सेमा थपिएको हो ।

कास्कीको मादी गाउँपालिका प्रमुख र उपप्रमुखमै एमाले विजयी

काठमाडौं । कास्कीको मादी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार वेदबहादुर गुरुङ विजयी भएका छन् । गुरुङले ४ हजार ६ सय ३७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ३ हजार ६ सय ५३ मत प्राप्त गरेका छन् । गाउँपालिकाको उपप्रमुखमा एमालेका विष्णु पौडेल ४ हजार ५ सय २३ मतसहित विजयी भएकी छिन् । प्रतिद्वन्द्वी उम्मेदवार कांग्रेसकी प्रभाश्री गुरुङले ३ हजार १ सय ३१ मत मात्रै ल्याएकी छिन् ।

स्ट्याण्डार्ड चार्टर्ड बैंकको २५ लाख कित्ता एफपीओ नेप्सेमा सूचिकृत

काठमाडौं । स्ट्याण्डार्ड चार्टर्ड बैंकको २५ लाख ५ हजार १४० कित्ता एफपीओ नेप्सेमा सुचिकृत भएको छ । मंगलबार मात्रै बैंकको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत गरिएको हो । मंगलबार बैंकको सेयर प्रतिकित्ता २ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

दैलेखको डुंगेश्वरमा काँग्रेस विजयी

काठमाडौं । गाउँपालिकामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । दैलेखको डुंगेश्वर गाउँपालिकामा नेपाली कांग्रेसका नगेन्द्रबहादुर विजयी भएका छन् । उनले २ हजार ७८७ मत ल्याएर चुनाव जित्दा २ हजार ६ सय ६९ मत ल्याएका एमालेका मानबहादुर विष्ट पराजित भएका हुन् । त्यस्तै, उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै सीता ज्ञवाली २ हजार ६२८ मत प्राप्त गरी विजयी भएकी छन् । उनले एमालेकी कलावती न्यौपानेलाई पराजित गरेकी हुन् । न्यौपानेले २ हजार ६१८ मत प्राप्त गरेकी थिइन ।

१० वटा जीवन बीमा कम्पनीले यसै साता लाइसेन्स पाउने, स्ट्याण्डर्ड र यूनिलाईफ प्रक्रियाबाट अाउट

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार परिवर्तन हुनु अघि नै अर्थमन्त्रालयले १० वटा जीवन बीमा कम्पनीहरुलाई लाईसेन्स वितरण गर्न स्वीकृति दिने भएकोछ । बीमा समितिले १० वटा जीवन बीमा कम्पनीलाई सञ्चालन अनुमति दिनको लागि अर्थमन्त्रालयमा सिफारिस गरिसकेको छ । बीमा समितिबाट १० वटा जीबन बीमा कम्पनीलाई लाईसेन्स दिन सिफारिस भई आएको अर्थमन्त्रालयका सहसचिव आनन्दराज ढकालले बताए । उक्त विषयमा अहिलेसम्म कुनै निर्णय नभएको उनले बताए । अर्थमन्त्री विदेशमा भएकोले निर्णय हुन नसकेको अर्थमन्त्रालय स्रोतले बतायो । ओबीओआरमा हस्ताक्षर गर्ने क्रममा चीन भ्रमणमा रहेका अर्थमन्त्री कृष्णवहादुर महरा आज अध्ययन्न नेपाल फर्कने कार्यक्रम छ । ‘मन्त्रीज्यु भोली मात्र मन्त्रालय आउनुहुन्छ होला, उहाँ आउनुभएपछि यस विषयमा टुङ्गो लाग्छ’ स्रोतले भन्यो । बीमा समितिले गरेको सिफारिस अनुसार सबै कम्पनीलाई लाईसेन्स दिन अर्थमन्त्रालयले सहमति दिने सम्भावना छ । लाईसेन्स वितरणको काम भने बीमा समितिले नै गर्नेछ । बीमा समितिले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, स्टार लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई लाईसेन्स दिने सहमति माग्दै मन्त्रालयमा सिफारिस गरेको छ । जीवन बीमा सेवा सञ्चालन गर्नको लागि १२ वटा कम्पनीले बीमा समितिमा आवेदन गरेकोमा स्ट्याण्डर्ड लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनिलाईफ लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई बीमा समितिले सिफारिस गरेको छैन । ‘बीमा समितिले तोके अनुसार कागजात तथा विवरण बुझाउन नसकेकाले दुई कम्पनीलाई लाईसेन्स दिन सिफारिस गर्न नसकिएको बीमा समिति स्रोतले बतायो । निर्जीबन बीमा कम्पनीतर्फ सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेड, जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड, अजोड इन्स्योरेन्स लिमिटेड र मनकामना इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि सञ्चालन अनुमति मागेका छन् । उनीहरुलाई बीमा समितिले स्वीकृत दिन सकछ । निर्जीवन बीमा कम्पनीहरुको लागि अर्थमन्त्रालयको सिफारिस आवश्यक पर्दैन । कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भई बीमा समितिसँग लाईसेन्स माग गर्ने कम्पनीहरुलाई प्रक्रिया पुरा गरेर बैंशाख २४ गतेसम्म आउन बीमा समितिले निर्देशन दिएको थियो । १७ वटा कम्पनी प्रक्रियामा रहेकोमा २ वटा जीवन बीमा र एउटा निर्जीवन बीमा कम्पनी प्रक्रियाबाट बाहिरिन पुगेका छन् । १६:५५ बजे सच्यार्इएकाे ट्याण्डर्ड लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आवश्यक प्रक्रिया पुरा नगरेको हुनुपर्नेमा अन्यथा हुन गएकोले सम्पादन गरिएकाे छ । सम्पादक  

सानिमा बैंकले निशुल्क आश्वा सेवा दिने, मंगलबारदेखि लागू गरिँदै

काठमाडौं । सानिमा बैंक लिमिटेडले निःशुल्क आश्वा सेवा दिने भएको छ । बैंकले यस सेवा जेठ २ गते (मंगलबार)देखि निःशुल्क गरेको जनाएको छ । साथै, ग्राहकहरुले आश्बा अन्तर्गत अनलाईन शेयर आवेदन दिन सकिने बैंकले जनाएको छ । यो सुबिधा बैंकमा खाता हुने ग्राहकहरुद्वारा ईन्टरनेट बैंकिङ्ग मार्फत उपयोग गर्न सकिने छ । सानिमा बैंकको मेची देखि महाकाली सम्म ४५ वटा शाखा संजाल तथा ५३ वटा ए.टि.एम. रहेका छन् ।