एक कलको शुल्क तीन सय १ रुपैयाँ
म्याग्दी, ६ मङ्सिर । एक मिनेट फोन गरेको शुल्क कति लाग्ला रु दुई रुपैयाँ, पाँच रुपैयाँ, १० रुपैयाँ । सुन्दा अचम्म लाग्न सक्छ, म्याग्दीकै एक ठाउँबाट अर्को ठाउँमा फोन गरेको प्रतिमिनेट रु तीन सय शुल्क लाग्छ भन्दा । तर यो वास्तविकता हो । मुदी गाविसमा रहेको धौलागिरि आधार शिविरको भ्रमणमा जाने पदयात्री तथा पर्यटकले फोनमा कुराकानी गर्दा अहिले प्रतिमिनेट रु तीन सय शुल्क तिर्दै आएका छन् । तैपनि पदमार्गअन्तर्गत इटाली बेसक्याम्पमा लामो समयदेखि होटल व्यवसाय गर्दै आएका हरिप्रसाद तिलिजाले स्याटलाइट फोन जडान गरेपछि मात्रै यो सेवा उपलब्ध भएको हो । त्यहाँ उनले फोनमा कुरा गर्ने विदेशीलाई प्रतिमिनेट तीन सय रुपैयाँ र नेपालीलाई दुई सय रुपैयाँ शुल्क लिने गरेका छन् । स्याटलाइट टेलिफोनमार्फत देशभित्रका जुनसुकै ठाउँमा फोन गर्दा प्रतिमिनेट एक सय ५६ शुल्क काट्ने हुँदा आफूले प्रतिमिनेट तीन सयसम्म शुल्क लिने गरेको तिलिजाले बताए । तीन वर्षअगाडि एक लाख ४५ हजारमा स्याटलाइट प्रविधिको फोन र १२ हजार रुपैयाँमा पाँच सयमा विदेशी नंको सिमकार्ड खरिद गरी इटाली बेसक्याम्पमा सञ्चारको पहुँच जोडेको तिलिजाले जानकारी दिए । “यसअगाडि यस क्षेत्रमा कुनै पनि सञ्चार सुविधा थिएन, पदयात्राका क्रममा पर्यटक बिरामी भएमा र लडेर घाइते भएमा समेत सूचना आदानप्रदानमा निकै कठिन थियो, अहिले स्याटलाइट फोन जडान भएपछि महँगो भए पनि आकस्मिक सेवाका रुपमा पर्यटक र पदयात्रीले प्रयोग गर्ने गरेका छन्,” तिलिजाले भने । उक्त स्याटलाइट फोनबाट आकाश खुलेको समयमा धौलागिरि हिमालको आधार शिविर क्षेत्रबाट समेत फोन गर्न सकिन्छ । धौलागिरि पदयात्राअन्तर्गत मुदीको बगरसम्म स्काई र सिडिएमए प्रविधिको फोनको सामान्य पहुँच भए पनि त्यहाँदेखि माथि भने सञ्चार सम्पर्क विच्छेद हुने गर्छ । बगरदेखि एक दिनको पैदलयात्रामा पुगिने दोभानमा होटल व्यवसाय गर्दै आएका बोमबहादुर पुनले त्यहाँ सिडिएमए प्रविधिको फोन जडान गरेपनि त्यो भरपर्दो छैन । मौसममा आउने फेरबदलले उक्त प्रविधिको टेलिफोनमा बारम्बार समस्या आउने गरेको छ । धौलागिरि आधार शिविर जाने प्रमुख पदमार्ग क्षेत्रमा सञ्चारको पहुँच नहुँदा वर्षौ पहिलेदेखि पदमार्ग सञ्चालनमा आए पनि अहिलेसम्म पनि अपेक्षाकृत रुपमा पर्यटकको आगमन बढ्न नसकेको स्थानीयवासीको भनाइ छ । सञ्चारको पहुँच नहुँदा आधार शिविर पुगेर बिरामी परेका र पदयात्राका क्रममा हराएका कतिपय पर्यटकको उपचार र उद्धारमा समेत कठिनाइ हुँदै आएको छ । रासस
अन्ततः बढेरै बन्द भयो बजार, कारोबार रकममा भने गिरावट
काठमाडौैं, ६ मंसिर । सोमबार सेयर बजार अत्यन्तै अस्थिर भएको छ । कारोबारको सुरुमा एक अंकले बढेको सेयर बजार परिसुचक (नेप्से) साढे १२ बजेसम्ममा २७ अंकले ओरालो लाग्यो । त्यसपछि फेरी बढ्न सुरु गरेको नेप्से ४२ अंकसम्म उकालो लागेको थियो । कारोबार सुरु भएको अढाइ घण्टामा नै नेप्से फेरी ओरालो लाग्न सुरु गर्यो र ३० अंकसम्म ओर्लियो । दुई बजेपछि बढ्न सुरु गरेको नेप्से कारोबार बन्द हुदा सम्ममा ६.६७ अंकले बढेर १६०६.२९ अंकमा अडिएको छ । आइतबार बजार १५९९ अंकमा अडिएको थियो । “बजारमा यस्तो उतारचढाव आएर बढेरै बन्द हुनु भनेको सामान्य करेक्सन मात्र होे भन्छन्—” सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेम अग्रवाल । ठूलो दुर्घटना हुने अवस्थामा मात्र बजार घट्दो क्रममा जाने बताउँदै उनले भने —“दुईदिन मात्र घटेको बजार स्टेवल हुनु त थियो नै र भयो पनि ।” नेपाल इन्भेटर्स फोरमा अध्यक्ष आत्मराम घिमिरेका अनुसार लगानीकर्ताको खस्कदो मनोवलका कारण सोमबार बजारमा उतार चढाव आएको हो । उनले लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । यसदिन बैकिङ समूह पनि ७.६४ अंकले बढेको छ भने होटल २२.४१ अंकले बढेको छ । त्यस्तै ट्रेडिङ १.१२ अंकले, फाइनान्स १२.१७ अंकले र अन्य समूह २०.२५ अंकले बढेको छ । त्यस्तै विकास बैंक १३.६४ अंकले, जलविद्युत ०.६५ अंकले र विमा १०.७३ अंकले घटेको छ । सोमबार सवैभन्दा बढी एभरेष्ट बैंकको नै कारोबार भएको छ । सो बैंकले सोमबार पनि १२ करोड ८० लाख बराबरको कारोबार गरेको छ । त्यस्तै धेरै कारोबार हुने कम्पनीहरुमा नेसनल लाइफ इन्सुरेन्स ५ करोड ४७ लाख, बैंक अफ काठमाडौ लुम्बिनी ४ करोड ४० लाख, प्रुडेन्सियल इन्सुरेन्स ३ करोड ९१ लाख र स्टयान्डर्ड चार्टड बैंकको ३ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार सवैभन्दा बढी कमाउनेमा सिर्जना फाइनान्स,अल्पाइन डेभलपमेन्ट बैंक, सिनर्जी फाइनान्स,साल्ट ट्रेडिङ कर्पोरेसन लगायतका लगानीकर्ताहरु रहेका छन् । त्यस्तै धेरै गुमाउनेहरुमा लक्ष्मी लघुवित्त वित्तिय संस्था, राष्ट्रिय विमा कम्पनी, सेती फाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकका लगानीकर्ताहरु रहेका छन् । दिनभर १२७ कम्पनीको ९२ करोड ८७ लाख बराबरको सेयर किनवेच भएको छ ।
बन्ने भयो लप्राकमा नमुना बस्ती, पुनःनिर्माण प्राधिकरणले दियो अनुमति
काठमाडौं ६ मंसिर । गैरआवासीय नेपाली संघले गोर्खाको लाप्राकमा बनाउन लागेको नमूना वस्ती निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले बाटो खोलिदिएको छ । यसअघि सरकारले दिएको अनुमतिमा एनआरएनले कार्यबिधिअनुसारु वस्ती निर्माण गर्नुपर्ने सर्त थियो । जसको अर्थ लाभाग्राहीकै हातमा सरकारले तोकेको तीन लाख रुपैयाँ हस्तान्तरण गर्नुपर्ने थियो । तर, लाप्राकका स्थानीय वासिन्दाले गैरआवासीय नेपाली संघले नै वस्ती बनाइदियोस् भन्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि सरकारले ुपाइलट प्रोजेक्टुका रुपमा गैरआवासीय नेपाली संघले नै घर बनाइदिन पाउनेगरी नयाँ निर्णय गरेको हो । प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाका अनुसार अब लाप्राकको नमुना बस्ती निर्माणमा कार्यविधिमा रहेको ३ लाखको सिलिङ लागू हुने छैन । साथै पीडितको खातामा पैसा जम्मा गर्नु पर्ने र घर पीडितले बनाउनु पर्ने व्यवस्था पनि लागू हुने छैन् । कार्यबिधिअनुसार बनाउनुपर्ने सरकारी सर्तका कारण राष्ट्रपतिको उपस्थीतिमा सरकारसँग सम्झौता भएको ८ महिनासम्म पनि काम सुरु हुन सकेको थिएन । वस्ती निर्माणमा सहज हुनेगरी निर्णय गराउन गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले एक हप्तादेखि काठमाण्डौमा बसेर पहल गरिरहेका थिए । लाप्राकबासी र गैरआवासीय नेपालीहरुको चाहना बमोजिम सरकारले नमुना वस्ती बनाउन भइरहेका बाधा फुकुवा गर्दै नयाँ निर्णय गरेको छु अध्यक्ष घलेले भने हामी आजैदेखि गाउँ पुगेर काम थाल्छौं । गैरआवासीय नेपाली संघले लाप्राकमा करिव ६ सय घर बनाउन यसअघि नै गुरुयोजना निर्माण गरिसकेको छ । जसलाई केही समयपहिले प्रधानमन्त्री पुष्पकमल दाहालले लाप्राक पुगेर अनावरण गरेका थिए । उच्च हिमाली क्षेत्र भएको हुँदा सरकारले तोकेको सिलिङ अनुसार घर बनाउन कठिनाई उत्पन्न भएपछि गैरआवासीय नेपाली संघले वाधा फुकाई नमुना वस्ती निर्माणको बाटो खुला गरिदिन पहल गरिरहेको थियो । अध्यक्ष घलेले राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र गैरआवासीय नेपाली संघ मिलेर नमुना वस्ती निर्माणका लागि देखिएका कठिनाई अन्त्य गर्दै छिटोभन्दा छिटो वस्ती निर्माण गरी हस्तान्तरण गरिने बताए ।
बैंकहरूले उद्योगलार्इ २ प्रतिशत व्याज बढाउँदा सेयर लगानीकर्तालार्इ ६ प्रतिशत व्याज बढाएकाे अाराेप
काठमाडौं, ६ मंसिर । गत साउन १२ गते १८८१ विन्दुमा पुगेको नेप्से परिसूचक मंसिर ५ गते १५९९ अंकमा झ्यो । साढे तीन महिनामा नेप्से परिसूचिक २८२ अंकले घटेको छ । विहीबार एकै दिने नेप्से ४० अंकले घट्यो भने आईतबार एकै दिन ५८ अंकले घट्यो ? बजार किन घटिरहेको छ ? मर्चेन्ट बैंकर्स संघको अध्यक्ष प्रविणरमण पराजुली तीन वटा कारण दिन्छन् । ‘सेयर आपूर्ति बढ्यो, तरलताको अभाव भयो, बजार अझ घट्छ भन्ने डरले आत्तिएर सेयर बेच्न थाले ।’ बजार अझै निकै घट्न सक्ने अनमान गर्दै नाम उल्लेख नगर्ने सर्तमा सेयर बजारका ठूला मध्ये एक लगानीकर्ताले भने–‘सेयर बजार आगामी एक देखि ढेड वर्षको लागि निकै पीडादायक हुनेछ ।’ बैंकको व्याजदर बढ्नु नै सेयर बजारको लागि सबैभन्दा ठूलो पीडाको विषय भएको उनले बताए । ‘बैंकमा तरलता (लगानी योग्य पुँजी) बढी हुँदा बैंकर्सहरु सेयर बजारका ठूला लगानीकर्तालाई ऋण लिईदिनु अनुरोध गर्दै आउँछन् । उद्योगलाई ८ प्रतिशत व्याजका कर्जा दिईरहेका छन्् भने सेयरमा लगानी गर्न ६ प्रतिशत व्याजदरमा कर्जा दिन तयार हुन्छन्’ आफ्नो अनुभव सुनाउँदै उनले भने–‘जब बैकमा तरलताको कमी हुन्छ, त्यतिबेला उद्योगलाई १० प्रतिशतमा कर्जा दिन तयार हुन्छन्, सेयरमा लगानी गर्नेसँग १२ प्रतिशत व्याज लगाउँछन् ।’ उनले भने उद्योगलाई २ प्रतिशत व्याज बढाउँदा पुँजीबजारका लगानीकर्तालाई ६ प्रतिशत व्याज बढाउने बैंकिङ कल्चर नै सबैभन्दा ठूलो समस्या भएको उनको किटानी छ । पुँजीबजार प्रति बैंकर्स, नियामक, नीति निर्माताको सोचमा परिवर्तन नआएसम्म पुँजी बजारमा चरम अस्थिरता हुने उनको तर्क छ । बैंकले निक्षेपको व्याजदर बढाएपछि संस्थागत लगानीकर्ता तथा ठूला लगानीकर्ता निक्षेपतर्फ आकर्षित भएको छन् । बैंकहरुले मुद्दती निक्षेपमा ८ प्रतिशत व्याज दिने सूचना प्रकाशित गरेपनि ठूला निक्षेपकर्तालाई ९ प्रतिशतसम्म व्याज दिन थालेको बताईएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत विवेक झा भन्छन्–‘बैंकले ८/९ व्याज दिँदा लगानीकर्ता निक्षेपमा नै आकर्षित हुन्छन् । मुद्दती खातामा राखेको पैसा जोखिम हुँदैन । जोखिम विना ८/९ प्रतिशत रिर्टन आउँछ भने उच्च जोखिम मोलेर किन सेयरमा लगानी गर्ने ?’
सांसद्हरुको तलब अब एक लाखभन्दा माथि
काठमाडौं, ६ मंसिर । सांसदहरुले आफ्नो सेवा सुविधा बढाउन फाष्ट ट्रयाकमार्फत संसदीय समितिमा छलफलनै नगरी विधेयक पारित गरेका छन् । विधेयक पारित पश्चात अब सांसदहरुको मासिक तलव एक लाख रुपैयाँ भन्दा माथि पुग्ने भएको छ । सांसदले आफनो हात जगन्नाथ गरी अन्तरराष्ट्रिय अभ्यासभन्दा फरक धारमार्फत विधेयक पारित गरेका हुन् । सांसदहरुको सेवा सुविधा बढाउने सम्बन्धमा चौतर्फी रुपबाट चासो आइरहेको बेला व्यवस्थापिका संसद्ले सांसदहरुको तलव भत्ता बढाउने विधेयक पास गरेको हो । अन्तरराष्ट्रिय जगतमा आफैले सेवा सुविधा बढाएर आफैले भोग्ने व्यवस्था नभएको कुटनीतिज्ञ डा.शंकर शर्माले बताए । ‘विश्वका अधिकांश मुलुकहरुमा अहिले बढाइएको सेवा सुविधा अर्को नयाँ अर्थात चुनाव पछि आउने सांसद्हरुले पाउने व्यवस्थाको अभ्यास छ,’ उनले भने । नेपालमा कति विधेयकहरु वर्षौदेखि थन्किएका भएपनि आफ्नो सेवा सुविधा बढाउन छोटो माध्यमबाट विधेयक पारित भएको उनको भनाइ छ । आइतबार सांसद्हरुले आफ्ना लागि आफै भत्ता बढाएर विधेयक पारित गरेका हुन् । हाल बढेको तलव भत्ता सहित अब सभामुखको मासिक तलव एक लाख ६ हजार रहेको छ । ‘संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ व्यवस्थापिका संसदले आइतबार संशोधनसहित बहुमतले पास गरेपछि सांसदको तलव ८० हजार २ सय ३० पुग्ने भएको हो । हाल सांसद्हरुले मासिक तलव भत्ता तथा अन्य सुपिधा गरी ६५ हजार बुझ्दै आएका छन् । व्यवस्थापिका संसदले पारित गरेको विधेयकमा सांसदहरुको मासिक पारिश्रमिक ५५ हजार २ सय ३० रुपैयाँ पुगेको छ । यसअघि सांसद्हरुको मासिक ४४ हजार १ सय ८० रपैयाँ थियो । त्यसैगरी सांसद्हरुले आवास सुविधामा ६ हजार ५ सयले वृद्धि गरी १८ हजार, टेलिफोन तथा पत्रपत्रिका खर्च ३ हजार सुविधा पाउने भएका छन् । त्यस्तै धारा बिजुलीको २ हजार, अतिथि सत्कार र विशेष भत्ता मासिक एक/एक हजार पाउने व्यवस्था पारित विधेयकमा उल्लेख गरिएकोछ । यसबाहेक दैनिक बैठक भत्ता दिनको एक हजार पाउने व्यवस्था गरिएको छ । सरकारले उक्त बैठक भत्ताको लागि ५ सय रुपैयाँ प्रस्ताव गरेको थियो । प्रस्तावित विधेयकमा दैनिक पैदल भ्रमण भत्ता समेत समावेश गरिएपनि सो व्यवस्था भने खारेज भएको छ । व्यवस्थापिका सांसदका कतिपय सांसदहरुले हालको तलब भत्ताले जीविकोपार्जन गर्न गाह्रो भएको भन्दै गुनासो गर्दै आएका थिए । ‘धेरै जना सांसदहरुहरुबाट तलव कम भएको गुनासो आइरहेको थियो,’ नेपाली काग्रेसकी सांसद कमला पन्तले भनिन् ‘विधेयकले पास भएपछि अब सांसद्हरु उनीहरुको हैसियत अनुसार जीविकोपार्जन गर्न सक्छन् ।’ बिहीबार अपरान्ह कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रका चारसहित ११ जना सांसद्ले संशोधन प्रस्ताव दर्ता गरेका हुन् । नेपाली कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले अहिले सांसद्हरुले पाएको सुविधा अपुग छ, आवश्यक नहुनेले नलिन पनि सक्नु हुन्छ भन्दै विधेयक दर्ता गराएका थिए । विधेयकमाथिको संयुक्त संशोधनमा कांग्रेसका राम अयोध्याप्रसाद यादव, प्रेमकिशोरप्रसाद साह तेली, एमालेका तारादेवी राई, माओवादी केन्द्रका जुठबहादुर टुहुरेले हस्ताक्षर गरेका थिए । ७२ घण्टे समय सकिने अन्तिम दिन उनीहरूले सुविधा थप वृद्धि हुनेगरी विधेयक प्रस्ताव दर्ता गराएका हुन् । कतिपय सांसदहरुले चाँहि आफूलाई अहिलेको तलब भत्ताले जीवीकोपार्जन गर्न गाह्रो भइरहेको बताउँदै आएका थिए । नयाँ व्यवस्था अनुसार व्यवस्थापिका संसदको बैठकमा महिना १० दिन मात्रै बस्यो भने सांसदहरुले १० हजार रुपैयाँ मात्र बैठक भत्ता पाउने छन् । यस अघि सांसद्हरुले २ सय बैठक भत्ता पाउँदै आएका थिए । यातायात सुविधा लागि प्रतिदिन एक हजार पाउने व्यवस्था गरिएको छ । माथि भनिएजस्तै १० दिन बैठकमा १० हजार नै यातायात भत्ता पाउनेछन् । यसबाहेक सांसदहरुको दैनिक भ्रमण भत्ता २५ सय तोकिएको छ । यदि कुनै सांसद महिनामा पाँच दिन आफ्नो जिल्ला र क्षेत्रको भ्रमण जान्छ भनेर मान्दा भने उसले भ्रमणभत्ता १२ हजार ५ सय पाउने छ । यी सहित आइतबार पारित भएको विधेयकले सांसद्हरुले वार्षिक रुपमा १५ हजार फर्निचर खर्च राज्यले दिनेछ । साथै १० लाखको विमा, मृतयु भएमा २ लाख र अशक्त भएमा ५० हजार दिने विधेयकमा उल्लेख गरिएको छ । हाल पारित भएको सेवा सुविधा तत्काल लागू हुने भएको छ ।
सेन्चुरीले कमायो सात करोड ४२ लाख, चार करोड १६ लाख प्रोभिजनमा
काठमाडौं । सेन्चुरी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सात करोड ४२ लाख ७४ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा बैंकले सात करोड ४२ लाख २४ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । गत वर्षको तुलनामा बैंकले ५० हजार मात्र बढी नाफा कमाएको छ । दुई अर्ब ८४ करोड आठ लाख रूपैयाँ चुक्ता पुँजी रहेको छ । बैंकले पहिलो त्रैमासमा ३१ अर्ब ६८ करोड रूपैयाँ निक्षेप संकलन गरी २७ अर्ब ५९ करोड रूपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । २१ करोड ८१ लाख ६० हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको छ बैंकले गत वर्ष १८ करोड ४१ लाख रुपैयाँ व्याज आम्दानी गरेको थियो । बैंकले प्रोभिजनमा चार करोड १६ लाख १२ हजार रूपैयाँ छुट्याएको छ । बैंकको रिजर्भ कोषमा ६० करोड ६९ लाख २० हजार रूपैयाँ छ । प्रतिसेयर आम्दानी १० रूपैयाँ ४६ पैसा रहेको यो बैंकको प्रतिसेयर नेटवर्थ १२१ रूपैयाँ ३६ पैसा छ ।
प्रुडेन्सियल इन्सुरेन्सले २० प्रतिशत बोनस र ३० प्रतिशत हकप्रद सेयर दिने
काठमाडौं, ६ मंसिर । प्रुडेन्सियल इन्सुरेन्स कम्पनीले २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.०५ प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको हो । प्रुडेन्सियलले बोनस वितरणपछि कायम हुने पुँजीमा ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णयसमेत गरेको छ । चुक्ता पुँजी बढाउन कम्पनीले बोनस र हकप्रदको योजना अघि सारेको हो । कम्पनीको निर्णयलाई नियामक बिमा समिति र साधारण सभाले पारित गरेपछि मात्र कार्यान्वयनमा आउने छ ।
सांसदलाई दिने ३ करोडमा पूर्वसभामुख नेम्वाङका २४ योजना
इलाम, ६ मङ्सिर । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत इलाम क्षेत्र नं २ का सांसद तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जिल्ला विकास समितिमा आफ्नो निर्वाचन क्षेत्रमा २४ वटा योजना पेस गरेका छन् । आव ०७३÷०७४ का लागि सरकारको बजेट वक्तव्यमा व्यवस्था गरे अनुसार प्रत्येक निर्वाचन क्षेत्रका निर्वाचन सांसदका लागि तीन करोड रुपैयाँका दरले सरकारले दिने व्यवस्था भए बमोजिम निर्वाचित सांसद नेम्वाङले बजेट कार्यान्वयनका निम्ति २४ वटा योजना पेस गरेका हुन् । उनले जिल्लाको पश्चिमी क्षेत्रका आमचोक, फुएतप्पा, लुम्दे, गजुरमुखी इभाङको ग्रामीण विद्युतीकरणका लागि रु ५० लाख विनियोजन गरेका छन् । बाँझो–२, चुलाचुली–८ र साकफाराको तोरीबारीको विद्युतीकरणमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यसबाहेक उनको रोजाइमा परेको धेरै सडकमा १० लाख विनियोजन भएका छन् । केही सडक मर्मतमा १५ लाख छुट्याइएको छ । जीतपुर–आमबोटे–देनपा जोड्ने सडकका लागि १० लाख रुपैयाँ प्रहरी चौकीको भान्साघर निर्माणका लागि १४ लाख रुपैयाँ, एकतप्पा–९ रुपटारमा निर्माणाधीन किराँत हाङसाम माङहिम (मन्दिर) निर्माणका लागि १० लाख, मङ्गलबारे बहुमुखी क्याम्पसको भौतिक निर्माणका लागि ११ लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन् । योजना छनोट गर्दा अधिकांश सांसदको रोजाइमा सडकनै पर्ने गरेको छ । रासस