राष्ट्र बैंकले फाटेका नोट नलिने, नयाँ नोट एक महिनामै थोत्रो बनाएर नल्याउन राष्ट्र बैंकको आग्रह
काठमाडौं १९, कात्तिक । दशैंतिहारका बेला संरक्षण नगरी झुत्रो पारेका नोटलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखा भैरहवाले तत्काल सटही नगर्ने जनाएको छ । दशैंतिहार बीचको एक महिनामा सिद्धार्थनगर शाखाले ३ अर्ब २५ करोडका नयाँ नोट वितरण गरेको थियो ।उक्त रकम लुम्बिनी अञ्चलसहित रोल्पा र प्युठान गरी ८ जिल्लाका ४ सय २४ वटा बेंक तथा वित्तीय संस्थामार्फत वितरण गरिएको छ । नयाँ नोट एक महिनामै फटालेर बैंकमा तत्काल जम्मा वा सटही गर्न नल्याउन बेंक एवं वित्तीय संस्थालाई आग्रह गरिएको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक रेवतीप्रसािद नेपालले जानकारी दिए । अन्य महिनामा उक्त शाखाबाट मासिक औसत डेढ अर्ब पुराना नोटहरु वितरण हुने गरेको निर्देशक नेपालले बताए । अन्नपूर्ण पोष्टबाट ।
भारतको रोजगारीमा बेवास्ता, ११० मुलुकमा रोजगारी खुलेपनि धेरै नेपाली पुग्छन भारत
काठमाडौं १९, कात्तिक । भारत र नेपालबीचको सम्बन्ध छिमेकी राष्ट्रमा मात्रै सीमित छैन, रोटीबेटीको साइनोले झन प्रगाढ बनाएको छ । हुन पनि नेपाली र भारतीय नागरिक रोजगारीको शिलशिलामा एक अर्काका देशमा पुग्नु कुनै नौलो होइन । भारतबाट पनि काम खोज्दै नेपाल आउनेको सङ्ख्या कमी छैन । अर्को कुरा कुटुमेली साइनो, धर्म, संस्कारले पनि भारत र नेपालबीचको सम्बन्धलाई अझै नजिकाएको छ । भारत एक त छिमेकी मुलुक अर्को खुला सिमानाका कारण नेपाली र भारतीय नागरिकलाई काम खोज्दै एक अर्काका देश आतेजाते गर्न सजिलो पनि छ । पूर्वको काकडभिट्टादेखि पश्चिमको कञ्चनपुरसम्मका २२ वटा नाकाबाट दिनहुँ हजारौँ नेपाली काम खोज्दै भारतको विभिन्न सहरमा पुग्छन् । कोही मौसम अनुसार सानोतिनो रकम कमाएर फर्किन्छन् पनि । रोजगारी खोज्दै भारत जाने चलन धेरै पुरानो हो । पछिल्लो समयमा सरकारले खाडी मुलुकहरू, मलेसियालगायत ११० वटा मुलुकमा रोजगारीका लागि खुला गरेको छ । खुला गरिएका देशको रोजगारी धेरै युवालाई भारतको रोजगारीको विकल्प भएको छ । तर सुदूरपश्चिम र मध्यपश्चिम नेपालका नागरिकलाई खाडी मुलुकको रोजगारीभन्दा भारतकै रोजगारी काम लागेको छ । यस क्षेत्रमा प्रत्येक घरबाट कम्तीमा एकजना रोजगारीका लागि भारत गएको भेटिन्छन तर यति ठूलो सङ्ख्या रोजगारीका लागि पुगेका देशमा नागरिकको सुरक्षाका लागि कुनै निकाय नै छैन । त्यसो त भारतबाट पनि थुप्रै नेपाली रोजगारीका लागि नेपाल आएका छन तर उनीहरूको सुरक्षाका लागि भारतले पनि कुनै नीति बनाएको देखिँदैन । मलेसिया, खाडीलगायतका ११० मुलुकमा पुगेकालाई सुरक्षित गर्न र उनीहरूको रोजगारीलाई व्यवस्थित र मर्यादित गराउन श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको गठन गरिएको छ तर सुदूरपश्चिम र मध्यपश्चिमबाट रोजगारीका लागि भारतमा यति नै नेपाली गएका छन् । तिनीहरूका सुरक्षाका लागि कुनै नीति नै छैन । गोरखापत्र दैनिकबाट ।
बजार अनुगमन गर्छन बयान लिनै जान्दैनन् कर्मचारी, प्रतिवेदन र बयानमा स्पष्ट विवरण आउँदैन
काठमाडौं १९, कात्तिक । बजार अनुगमनमा खटिएका कर्मचारीहरु आफ्नो जिम्मेवारी पूरा गर्न असक्षम देखिएको आपूर्ति मन्त्रालयले जनाएको छ । ती कर्मचारीहरुमा कानुनबमोजिम बयान लिने सीप तथा क्षतासमेत नदेखिएको मन्त्रायलका अधिकारीहरु बताउँछन् । अनुगमनबाट बजारमा ठूलो विकृति देखिए पनि अनुगमनमा खटिएका कर्मचारीले कानुनबामोजिम बजार अनुगमनको प्रतिवेदन तयार गर्ने क्षमता नभएको र बयान नलिएको पाइएको छ । विभागबाट खटिएका अनुगमन टोलीले दैनिक बजार अनुगमन गर्छ । अनुगमनबाट व्यपारीले लेबल नभएका बस्तु म्याद नाघेका तथा अखाद्य वस्तु आदी बेचेको देखिन्छ । तर, प्रतिवेदन र बयानमा त्यसबारेमा स्पष्ट विवरण आउँदैनन् । ‘अनुगमन अधिकृतले बजारमा कालोबजारी भएको प्रतिवेदन बनाउँछ, त्यसमा कति मूल्य हुनुपर्ने र कति मूल्यमा व्यापारीले बिक्री गरिरेहका छन् भन्ने विषय उल्लेख गर्दैनन् ‘ आपूर्ति मन्त्रालयका उच्च अधिकारीले भने । कारोबार दैनिकबाट ।
आज पनि दुई पटक विमानस्थल ठप्प हुँदै, राडार बिग्रदा उडान व्यवस्थापनमा हम्मेहम्मे
काठमाडौं १९, कात्तिक । शुक्रबार बिहान भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंबाट जनकपुर जाँदा र पोखराबाट काठमाडौं आउँदा २ पटक विमानस्थल बन्द हुने भएको छ । भीभीआइपीको उडान व्यवस्थापन मिलाउन शुक्रबार बिहान १० देखि साढे १० बजेसम्म र बेलुका ४ बजेदेखि सवा पाँच बजेसम्म नोटिस टु एयर म्यान ९नोटाम० जारी भएको छ । नोटामको समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने विमानस्थका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । यो सूचना सबै वायुसवेलाई जानकारी भइसकेकोले सोही अनुसार उडान व्यवस्थापन हुने भएकोले पनि कुनै ठूलो उडान प्रभाव नपर्ने ठाकुरको भनाइ छ । मुखर्जी शुक्रबार बुद्ध एयरको जहाज चार्टर गरेर काठमाडौंबाट जनकपुर र पोखरा जाँदै छन् । सोही जहाजबाट काठमाडौं पर्कने र साँझ नयाँदिल्ली जाने कार्यक्रम रहेको छ । बुधबार समेत भारतीय राष्ट्रपति मुखर्जीको सवारीका कारण दिनभर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल प्रभावित भएको थियो । बिहीबार समेत दिनभर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको जहाजको गति, दिशा र उचाई देखाउने यन्त्र (राडार) बिग्रदा उडान व्यवस्थापनमै हम्मेहम्मे परेको थियो । बिहीबार राडारले काम नगर्दा पनि उडान व्यवस्थापन गर्नुपर्दा राडारमै अभ्यस्त एयर ट्राफिक कन्ट्रोलर ९एटीसी०लाई निकै असहज भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थलका प्रवक्ता ठाकुरका अनुसार बुधबार बेलुका ८ बजेदेखि बिग्रिएको राडार २१ घण्टापछि आर्थात् बिहिबार बेलुका ५ बजे मात्रै बनेको छ । अन्नपूर्ण पोस्ट दैनिकबाट ।
महाविद्यावारिधि प्राप्त मुखर्जी एसियाकै उच्च नेताः प्रधानमन्त्री दाहाल
काठमाडौं, १८ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई एसिया महादेशकै एक उच्च नेताका रुपमा चित्रण गरेका छन् । काठमाडौं विश्वविद्यालयले बिहीबार राष्ट्रपति मुखर्जीलाई मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गर्न बिहीबार आयोजना गरेको विशेष दीक्षान्त समारोहमा प्रधानमन्त्री दाहालले भारतलाई विकासको पथमा अग्रसर गराउन उनले निर्वाह गरेका भूमिकाको सराहना गरेका छन् । प्रधानमन्त्री दाहालले उच्च राजनीतिक छवि बोकेका मुखर्जीको राजनीतिक व्यक्तित्व र विचार अर्थपूर्ण जीवनका लागि प्रेरक हुने पनि उल्लेख गरेका छन् । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक सेवा र कुशल राजनीतिका लागि गुणस्तरीय शिक्षामा केन्द्रित काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधि प्रदान गरेको हो । प्रधानमन्त्रीले भने, “नेपाल–भारतबीचको सम्बन्धमा सांस्कृतिक, धार्मिक र सामाजिक समानता पाइनुका साथै मौलिकतायुक्त पनि छ । राष्ट्रपति मुखर्जीको भ्रमणले सम्बन्धमा थप व्यापकता आएको छ ।” जीवनमा पत्रकार, बैङ्कर, अर्थशास्त्री, कुशल राजनीतिज्ञ हुँदै उच्चतम ओहोदामा पुगेकोमा मुखर्जीलाई बधाई दिँदै प्रधानमन्त्री दाहालले उनको राष्ट्रपतीय कालमा भारतले ‘सफल स्टेटम्यानसिप’ पाइरहने विश्वास व्यक्त गरेका छन् । स्थापनाको २५ वर्षे यात्रामा सो विश्वविद्यालयले यसअघि नेपालका संस्कृतिविद् सत्यमोहन जोशी र भारतका राजनीतिज्ञ करण सिंहलाई मानार्थ महाविद्यावारिधि प्रदान गरिसकेको छ । मुखर्जीले यसअघि सन् २०१३ मा बङ्गलादेशको ढाका विश्वविद्यालय, सन् २०१४ मा भारतको कोलकात्ता विश्वविद्यालय, सन् २०१५ मा रसियन डिप्लोम्याटिक एकेडेमी, सन् २०१५ मा ब्रसेल्स स्टेट युनिभर्सिटी, सन् २०१५ मा जोर्डन विश्वविद्यालय र सोही वर्ष इजरायलको हेब्रु विश्वविद्यालयबाट मानार्थ महाविद्यावारिधि सम्मान प्राप्त गरिसकेका छन् । दीक्षान्त ग्रहण भाषण गर्दै भारतीय राष्ट्रपति मुखर्जीले सम्मानबाट आफू मानवसेवामा थप समर्पित हुन प्रेरणा मिलेको बताए । सो विश्वविद्यालयका विद्यार्थीलाई भविष्यका आशा र नेताका रुपमा सम्बोधन गर्दै उनले नवीन खोज र शिक्षा आर्जनबाट सार्वजनिक जीवनमा सार्थक योगदान दिन आह्वान गरेका छन् । मुखर्जीले भने, “नवीन खोजबाट नै विश्वमा औद्योगिक विकासको युग प्रारम्भ भएको हो । मैले काठमाडौं विश्वविद्यालयका विद्यार्थीबाट पनि त्यो काम हुने विश्वास लिएको छु । मलाई सम्मान दिएर म माथि गरिएको मानव सेवाको अपेक्षा पनि पूरा गर्ने सङ्कल्प गर्दछु ।” विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले शैक्षिक सुधारका लागि शिक्षाको पुनःपरिभाषा गर्दै उच्च शिक्षासम्मलाई समुदाय र सीपसँग जोड्नुपर्ने बताए । विसं २०४८ मा निजी क्षेत्रको पहिलो विश्वविद्यालयका रुपमा काठमाडौं विश्वविद्यालयको स्थापना भएको हो । सो विश्वविद्यालयबाट सयौँ भारतीय विद्यार्थीले उच्च शिक्षा हासिल गरिसकेका छन् । रासस
कतार एयरवेजद्वारा बिजनेश क्लासमा एक्सक्लुजिव कम्पानियन अफर सार्वजनिक
काठमाडौं, १८ कात्तिक । कतार एयरवेजले आफ्नो अनबोर्ड “वल्र्ड्स बेष्ट बिजनेश क्लास” अन्तर्गत एक्सक्लुजिव कम्पानियन अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत एयरवेजले एकसाथ यात्रा गर्ने योजना बनाएका जोडीका लागि उत्कृष्ट यात्रा अनुभव प्रदान गर्ने उद्देश्य रहेको जानकारी दिएको छ । सन् २०१६ नोवेम्बर १ देखि ७ सम्म जोडी, साथी तथा परिवारले “टू सिट्स्, वान ग्रेट अफर” योजनाको फाइदा उठाउन सक्नेछन् । सन् २०१६को १५ नोवेम्बर देखि सन् २०१७को १५ जून सम्म कतार एयरवेजको विश्वब्यापी सञ्जालमा यात्राका लागि योजनाको सदुपयोग गर्न सकिने कम्पनीले जानकारी दिएको छ । साथै, प्रमोशन अवधि भर कतार एयरवेजको लोयल्टि प्रोग्राम प्रिभ्लेज क्लबका सदस्यले हरेक बुकिङमा दोब्बर क्यूमाइल प्राप्त गर्न सक्नेछन् । यस योजना मार्फत फाइदा उठाउनका लागि यात्रुले qatarairways.com/np लगअन, +९७७ १ ४४४०४६७मा फोन वा नजिकको ट्राभल एजेन्टसँग सम्पर्क गर्न सक्नेछन् । “अहिलेको ब्यस्त होलिडे सिजनमा सार्वजनिक गरिएको यो अफरले परिवार तथा यात्राको बारेमा सोची रहेका मानिसलाई आफ्ना नजिकका मानिससँग वल्डर््स बेष्ट बिजनेश क्लासको अनबोर्ड लग्जरीको अनुभव लिन उल्लेख्य मात्रामा सघाउने छ” कतार एयरवेजका चिफ कमर्शियल अफिशर डा. ह्यूग डनलिभिले भने “यसले हाम्रा यात्रुलाई आफ्ना नजिकका मानिससँग यात्राको मिठो अनुभव आफ्नो स्मृतिमा सदाका लागि सजाइराख्न उल्लेख्य सहयोग पुग्ने हाम्रो विश्वास छ ।” यात्रुलाई यात्राको समयमा उत्कृष्ट अनुभव प्रदान गर्ने सोचका साथ कम्पनीले विभिन्न लग्जरी ब्राण्ड्ससँग सहकार्य गर्दै आइरहेको छ । उदाहरणका लागि कम्पनीले यात्रुका लागि यात्राको समयमा अनबोर्ड चकलेटको मज्जा दिने सोचका साथ लग्जरी फ्रेञ्च चोकोलाटियर भालरोहना तथा कतार एयरवेजका हेड सेफ नोबु माट्सुहिसा लगायत विश्व प्रख्यात शेफहरु मार्फत इनफ्लाइट डायनिङ अनुभव लिन सकिन्छ ।
सेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि, प्रवेश निःशुल्क
काठमाडौं १८ कात्तिक । प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शुरु हुँदैछ । यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका आठ र भारतका दुई टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता दिउँसो १२ बजेबाट सुरु भई अपराह्न ५ बजेसम्म सञ्चालन हुनेछ । नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिता हेर्न इच्छुक फुटबलप्रेमीलाई प्रवेश निःशुल्क गरिएको नेपाली सेनाले जनाएको छ । महिला फुटबलको स्तर सुधार्ने तथा नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताका लागि योग्य तुल्याउने उद्देश्यले नेपाली सेनाले उक्त प्रतियोगिता गर्दै आएको हो । त्यस्तै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पनि विभिन्न विधाका महिला खेलाडीलाई प्रशिक्षण प्रदान गर्दै आएको छ । नेपाली सेनाको आयोजनामा हुने उक्त प्रतियोगितामा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक सहयोग रहने छ । यस्ता प्रतियोगिताबाट नेपालको फुटबल विकास तथा महिला खेलाडीको प्रतिभा प्रदर्शन गर्न योगदान पुग्ने विश्वास सेनाले लिएको छ । रासस
बैंक ठूला बन्दै, जिम्मेवारी नयाँ पुस्तामा सर्दै
सुनिल केसी काठमाडौं, १८ कात्तिक । एनएमबी बैंकले आगामी चैत १ देखि लागू हुनेगरि प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी नियुक्त गर्यो । यस बैंकमा विगत १७ वर्षदेखि प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपेन्द्र पौडेल करिव ४ महिनापछि विदा हुँदैछन् । एक वर्षअघि चुक्ता पुँजी २ अर्ब रुपैयाँ भएको यो बैंक अहिले साढे चार अर्ब रुपैयाँको छ र एक वर्षभित्र चुक्ता पुँजी ८ अर्बको बैंक बन्दैछ । बैंकको पुँजी, व्यवसाय, जोखिम, दाहित्व बढ्दै गर्दा यस बैंकले १७ वर्षसम्म कार्यकारी प्रमुख भएर काम गरेको अनुभवी व्यक्तिलाई विदा गरेपछि डेपुटी प्रमुख कार्यकारी अधिकृत (सेकेण्ड म्यान) लाई प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्यो । एनएमबीले जस्तै माछापुच्छ्रे बैंकले पनि ग्लोबल आईएमई बैंकबाट डेपुटी प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा गरी बसेको निरज श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिए । निर्वतमान कार्यकारी प्रमुख निरज श्रेष्ठ तुलसीराम गौतमको चार वर्षको कार्यकालमा बैंकको नतिजा राम्रो देखिए पनि बैंक सञ्चालन समितिले सर्वसहमतिमा नयाँ अनुहार छान्यो । एक वर्ष अघिसम्म २ अर्ब ९६ करोड चुक्ता पुँजी भएको यो बैंक एक वर्षभित्र ८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंक बन्दैछ । चार वटा विकास बैंकहरुलाई आफूमा गाभ्दै गरेको एनसीसी बैंकले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्यो । यसअघि उनी सोही बैंकमा सेकेण्ड म्यानको भूमिकामा थिए । एक वर्ष अघिसम्म २ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको यो बैंकले पनि एक वर्षमा चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुर्याउँदैछ । एनआईसी बैंक र अफ एशिया मर्ज भई बनेको एनआईसी एशिया बैंकले सशीन जोशीको कार्यकाल सकिएपछि सेकेण्ड रमेशराज अर्याल म्यान लक्ष्मण रिसाललाई फष्ट म्यानको जिम्मेवारी दिइयो । प्रभु विकास बैंक र तत्कालिन किष्ट बैंक मर्जभई प्रभु बैंक बन्यो । मर्जभएको छोटो समयपछि प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाए अशोक शेरचनले । उमेरका हिसावले वाणिज्य बैंकहरुमा कान्छो सीईओको रुपमा उनको चर्चा पनि भयो । पछिल्लो समयमा सेन्चुरी कमर्शियल बैंकका अनुजराज तिमल्सिना, सानिमा बैंकमा भुवन दाहाल र कुमारी बैंक (कामु)मा राजीव गिरीले पहिलो पटक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाए । पछिल्लो समयमा बैंकहरुको पुँजी वृद्धि, कर्जा तथा निक्षेप वृद्धिसँगै बैंक सञ्चालन जोखिम पनि बढ्दै गएको छ । यहि समयमा लक्ष्मण रिसाल पुराना र अब्बल बैंकर्सहरुले भटाभट अवकाश पाउन थालेको छ । यतिबेला बैकिङ क्षेत्रमा राम्रो ख्याती कमाएका तुलसीराम गौतम, सोभनदेव पन्त, कृष्णप्रसाद शर्मा, अमृतचरण श्रेष्ठ, परशुराम कुँवर क्षेत्री जस्ता बैकर्स अवकाश प्राप्त जीवन बिताईरहेका छन् । बैंकमा नयाँ सीइओ आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने बताउँछन् नेशनल बैकिङ इन्स्टिच्यूतका प्रमुख कार्यकारी अधिकृत संजीव सुब्बा । ‘एउटै व्यक्ति एउटै पदमा ४ वर्ष वा ८ वर्ष बस्दा पुग्छ । १२ वर्षभन्दा बढी बस्नु राम्रो हुँदैन । लामो समय एउटै पदमा बस्न हुँदैन भनेर सोभनदेव पन्तले छोड्नु भयो, उपेन्द्र पौडेलले छोड्दै हुनुहुन्छ । यो राम्रो अभ्यास हो’ सुब्बा भन्छन्–‘वाणिज्य बैंकहरुमा प्रमुख कार्यकारी अधिकृत पदमा जो जो नयाँ व्यक्ति आउनु भएको छ, उहाँहरु सोही पदमा नयाँ भए पनि बैकिङ प्रोफेशनमा २०/२५ वर्ष अनुभवी भएकोले उहाँहरुले बैंकलाई सफल नेतृत्व दिन सक्छन् ।’ अशाेक शेरचन करिब दुर्इदशक बैकिङ क्षेत्रमा काम गरेको व्यक्तिले वाणिज्य बैंकको सीइओ जिम्मेवारी लिँदा उनीहरुको प्रर्फमेन्स पनि राम्रो देखिएको जानकारहरु बताउँछन् । बैंक व्यक्तिले चलाउने नभई सिस्टममा चल्ने संस्था भएकोले सिस्टम चलाउने टिमको क्षमता विकासमा सीईओ र सञ्चालक समितिले ध्यान दिनुपर्ने उनी बताउँछन् । ‘बैकिङ क्षेत्रको जनशक्ति विकासमा हामी एक दशक पछाडि परेका छौं । कर्मचारीलाई तालिम दिने र क्षमता विकास गराउने तर्फ ध्यान गएको छैन’ उनी भन्छन्–‘मौद्रिक नीतिमा कुल कर्मचारी खर्चको ३ प्रतिशत रकम बराबर कर्मचारीको क्षमता विकास गर्न तालिममा खर्च गर्नुपर्छ भनेको छ । तर त्यो रकम तालिमको नाममा विदेश भ्रमणमा र पिकनिकमा खर्च गर्न सक्छन, तालिममा ध्यान दिएका छैनन् ।’