चक्रपथभित्र ‘अघोषित कर्फ्यू’, सडक वरपरका घरको झ्याल ढोका समेत बन्द, मुखर्जीको सुरक्षार्थ नेपाली सेनाको हवाइ गस्ती
काठमाडौं, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जी आज साढे १२ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरिसकेका छन् । उनको आगमनका क्रममा आज काठमाडौंको सवारी आवागमन प्रभावित मात्र नभइ एक प्रकारको अघोषित कफ्र्यू लागेको जस्तै हुने भएको छ । दिनभर भीभीआईपी र भीआईपीहरुको सवारी हुने भएकाले दिनभर चत्रपथभित्र निजी तथा सार्वजनिक सवारी चल्ने सम्भावना छैन भने नेपाली सेनाले हवाइ गस्ती गर्ने तथा सडक छेउका झ्याल ढोका समेत बन्द गर्न लगाइएको छ । ११ः३० बजेदेखि २ बजेसम्मका लागि सवारी हुने बाटोको झ्याल ढोका समेत बन्द गर्न आदेश आएको ट्राफिक प्रहरी अधिकारीहरु बताउँछन् । भारतीय राष्ट्रपति प्रणम मुखर्जीलाई विमानस्थलमा स्वागत गर्दै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी गाडी चल्न नदिने र सर्वसाधारण समेत हिड्न नपाउने भएपछि चत्रपथभित्र एक प्रकारले ‘अघोषित कर्फ्यू’ जस्तै हुने देखिएको छ । उनको साथमा भारतका उच्च पदस्थ अधिकारी पनि आउँने कार्यक्रम रहेको छ । ट्राफिक प्रहरीले विभिन्न रुटमा सवारी चलाउन रोक लगाउँदै सर्वसाधारणलाई वैकल्पिक मार्गहरु प्रयोग गर्न सुझाएको छ । ट्राफ्रिक प्रहरी कार्यालयका प्रवक्ता लोकेन्द्रबहादुर मल्लका अनुसार मुखर्जीको सवारीका समयमा सार्वसाधारणलाई पैदल हिड्न समेत रोक लगाइनेछ । मुखर्जीको सवारीमा ज्यामरसहितका कार्केड हुनेछ । मोबाइल सिग्नल ज्यामरका कारणले एक सय मिटर वरपरको टेलिफोनसहित डिजिटल सम्पर्क विच्छेद हुनेछ । सुरक्षा प्रवन्ध र ट्राफिक व्यवस्थापनमा सहज होस् भनेर सरकारले आज सार्वजनिक विदा दिएको छ । त्यस्तै मुखर्जी नेपाल आउँदै गर्दा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल करिब ५० मिनेट बन्द गरिएकाे छ । मध्यान्ह १२ः१० बजेदेखि १ बजेसम्म आन्तरिक र वाह्य दुबै उडान पुरै बन्द गरिएको छ । मुखर्जीको सुरक्षामा मुखर्जी आउनुभन्दा पहिले र अवतरण गरिसकेपछि पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कुनैपनि विमान अवतरण र उडान गर्न रोकिएको छ । विमानस्थलले नोटिस फर एयरमेन (नोटाम) जारी गरेर भिभिआइपी आउनुभन्दा केही समय अघिदेखि र पछिसम्म विमानस्थल बन्द गर्ने बताएको छ । त्रिभुवन विमानस्थल मुखर्जीको विमान अवतरण भएको २५ मिनेटपछि मात्रै खुल्ने भएपनि त्रिभुवन विमानस्थलले ‘नोटाम’ अवधी थपिनसक्ने समेत बताएको छ । राष्ट्रपतिलाई स्वागत गर्न राष्ट्रपति विद्या भण्डारी आफैले त्रिभुवन विमानस्थलमा स्वागत गरेकी छिन् ।
रानी जमरा आयोजना समयमै पूरा नहुने, मुक्त कमैयाको बासोवास स्थान्तरण र रुख कटानमा ढिलाई
धनगढी, १७ कात्तिक । आर्थिक वर्ष २०७३/७४ सम्म निर्माण पूरा गर्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण समयमै पूरा नहुने देखिएको छ । मुक्त कमैयाको बासोवास रहेको ठाउँ बलचौर क्षेत्र आयोजनाको मूल नहरको रेखाङ्कनमा परेकाले उनीहरुलाई स्थानान्तरण गरी व्यवस्थापन गर्नुपर्ने तथा नहरको रेखाङ्कन गरिएको क्षेत्रका रुख कटानी प्रक्रियामा ढिलाइ भएका कारण समयमै सो आयोजना निर्माण पूरा हुन नसक्ने देखिएको हो । आयोजनाका इन्जिनियर प्रकाशराज सत्यालका अनुसार कर्णाली मुहान भएको उक्त आयोजनाको निर्माण कार्य हालसम्म ६० प्रतिशत मात्र पूरा भएको छ । सरकारले विश्व बैंकको सहयोगमा विसं २०६६ बाट निर्माण थालेको सो आयोजनाको इन्टेक (मुहान) तथा ‘लिङ्क क्यानल‘ निर्माण कार्य पूरा भएको छ । इन्टेक तथा लिङ्क क्यानलदेखि बलचौरसम्मको मूल नहर तथा ‘सेटलिङ्क बेसिन’ निर्माण कार्य करिब ७० प्रतिशत पूरा भएको छ । बलचौरदेखि कटासेसम्म मूल नहर, फिडर नहर, तथा पावर हाउस निर्माण कार्य भइरहेको छ । लम्कीतर्फको नयाँ शाखा नहर निर्माणका लागि प्रक्रिया अघि बढाइएको इन्जिनियर सत्यालले बताए । कटासेदेखि मोहनासम्म फिडर नहर, शाखा पुनःनिर्माण तथा सडकमा ग्राभेलको काम निर्माणाधीन छ । सिञ्चित क्षेत्रको बचावटका लागि कर्णाली, पथरैया, र मोहना नदीमा तटबन्धको लक्ष्य रहेको छ । “हालसम्म २१ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण भएको छ, बाँकी भागमा निर्माण कार्य जारी छ ,” उनले भने । मूल नहर निर्माणको दोस्रो प्याकेजअन्तर्गत निर्माण हुन लागेको विद्युत् आयोजना चार दशमलब ८८ मेगावाटको छ । आयोजना निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टिकापुर नगरपालिका र लम्कीचुहा नगरपालिका, पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिंपुर, नारायणपुर, मुनुवा गाविसको करिब २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने बताइएको छ । अयोजना निर्माणको कुल खर्च सरकार, विश्व बैंकको ऋण र अनुदान तथा उपभोक्ताको श्रमदानसहित १२ अर्ब ६३ करोड २१ लाख रुपैयाँ रहेको छ ।
राष्ट्रपति प्रणव मुखर्जीकाे भ्रमणमा कुनै सन्धि सम्झौता हुँदैन-परराष्ट्र मन्त्री महत
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको राजकीय भ्रमण गर्दै छन् । राष्ट्रपति मुखर्जीले कात्तिक १७ देखि १९ गतेसम्म गर्ने सद्भावना भ्रमणलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको छ । मुखर्जी अाउने दिन सार्वजिनक विदा दिएर जनस्तरबाट चर्काे अालाेचना खेपेकाे सरकारले यस प्रमणकाे तयारी कस्ताे गरेकाे छ ? के के विषयमा नयाँ सन्धि सम्भाैता हुदैछन् ? १८ वर्षपछि भारतका राष्ट्रपतिबाट हुन लागेको यो भ्रमणले दुई देशबीचको सम्बन्धमा कस्ताे असर पार्छ ? भारतले गत वर्षमात्र करिब ६ महिना लामाे नाकाबन्दी गरेर नेपालीकाे मुटुमा परेकाे चाेट याे भ्रमणले निकाे बनाउँछ ? प्रस्तुत छ नेपालका परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतसँग यिनै विषयमा गरिएकाे कुराकानी । भारतीय राष्ट्रपतिको भ्रमणको मुख्य कार्यक्रम के के छन्, त्यसको तयारी कस्तो छ ? लामो समयपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जीबाट नेपालको सद्भावना भ्रमण हुनु सकारात्मक भएकाले यसलाई हामीले उच्च महत्व दिएका छौं । राष्ट्रपति मुखर्जी विमानस्थलमा अवतरण गरेपछि त्यहाँ राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्वागत हुनेछ । त्यसपछि उहाँ सिधै राष्ट्रपति भवन शीतलनिवास जानुहुनेछ । त्यहाँ राष्ट्रपतिसँग भेटवार्ता हुनेछ । भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीबाट पशुपति मन्दिरमा पूजाअर्चना, काठमाडौं विश्वविद्यालयको कार्यक्रम, काठमाडौँ महानगरपालिकाले आयोजना गर्ने नागरिक अभिनन्दन, राष्ट्रपति र प्रधानमन्त्रीले उहाँको सम्मानमा आयोजना गर्नुहुने राजकीय भोजमा सरिक हुनेलगायत कार्यक्रम छन् । साथै, राष्ट्रपति मुखर्जीसँग उपराष्ट्रपति, प्रधानमन्त्री, प्रमुख राजनीतिक राजनीतिक दलका नेताले शिष्टाचार भेट गर्नुहुनेछ । उहाँले जनकपुरको भ्रमण गरी त्यहाँस्थित रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्नुहुनेछ भने त्यहाँ जनकपुरबासीले उहाँको नागरिक अभिनन्दन गर्नेछन् । त्यसैगरी, पोखराको भ्रमण गरी त्यहाँस्थित भारतीय पेन्सन क्याम्पमा आयोजना हुने कार्यक्रममा सहभागी भएर राष्ट्रपति मुखर्जी स्वदेश फर्कने कार्यक्रम छ । राष्ट्रपति मुखर्जीको भ्रमण एवम् सवारी व्यवस्थापन, सुरक्षालगायत आवश्यक सबै तयारी पूरा भएका छन् । भारतका राष्ट्राध्यक्षको भ्रमण भएकोले सुरक्षा संवेदनशीलतालाई विशेष महत्व दिएर उच्च प्राथमिकताका साथ तयारी भएको छ । यस भ्रमणको मूल सन्देश के हुन्छ ? यो भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ आधार सिर्जना गर्छ । एउटा भ्रमणले सबै लक्ष्य पूरा हुन्छन् भन्ने होइन । विभिन्न चरण पार गर्दै हामी यो स्थानमा आईपुगेका छौं । मलाई विश्वास छ, यसले विगतमा देखिएका तिक्ततालाई मेटाएर नयाँ चरणमा सम्बन्ध अघि बढाउन मद्दत गर्छ । राष्ट्राध्यक्षको भ्रमण भएकाले अरु कार्यकारी प्रमखको जस्तो द्विपक्षीय संयुक्त वक्तव्य जारी गर्ने र दुई देशको बीचमा सम्झौता, समझदारी हुँदैनन् । मुलतः यो भ्रमण दुई देशबीचको सद्भाव प्रवद्र्धनमा केन्द्रित हुने भएकाले यसबाट उच्चस्तरको विश्वास आर्जन हुने र यसले आपसी सद्भाव विकास गर्दै अझ उच्चतहमा एकअर्कालाई बुझ्ने तथा पारस्परिक भावनालाई सम्मान गर्ने आधारहरु सिर्जना हुनेछ भन्ने विश्वास हामीले लिएका छौं । यसैगरी, राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमणको स्वरुप पनि यस भ्रमणले तय गर्नेछ । ऐतिहासिक एवम् कूटनीतिकरुपमा यो भ्रमणको सान्दर्भिकता र महत्वलाई कसरी लिनुहुन्छ ? हामीले मुलुकको परराष्ट्र नीतिलाई कूटनीतिक तवरले नै हेर्नुपर्छ । समस्या उत्पन्न भए त्यसलाई कूटनीतिक माध्यमबाटै समाधान खोज्नुको विकल्प छैन । हामीले मुलतः दुई ठूला छिमेकी मुलुकसँगको सम्बन्धलाई प्राथमिकतामा राख्नुपर्छ । कूटनीतिलाई हाम्रो आन्तरिक राजनीतिसँग जोडेर हेर्न हुँदैन । आन्तरिक विषयवस्तुमा राजनीतिक दलले आपसमा बहस गर्नुपर्छ, आ–आफ्ना तर्क पेश गरौंला तर परराष्ट्र नीतिलाई आन्तरिक राजनीतिको परिपूरण गर्ने हतियारका रुपमा प्रयोग गर्न हुँदैन । मूलभूतरुपमा कूटनीतिक टेबलमा आफ्ना राष्ट्रिय स्वार्थ र आवश्यकताका विषयमा हामीले गहन गृहकार्यसहित स्पष्टरुपमा आफ्ना कुरा प्रस्तुत गर्ने गरेका छौं । भारत भ्रमणमा जाँदा हामीले त्यस्ता विषयमा आफ्ना कुरा स्पष्टरुपमा राखेका छौं । परराष्ट्रमन्त्रीका रुपमा मैले प्रधानमन्त्रीको भ्रमण अघि भारतमा भएका कार्यक्रममा ती विषय उठाएको छु । नेपाल ठूलो सैन्य तथा आर्थिक शक्ति होइन । हाम्रो पावर भनेको ‘पस्र्युएसनको पावर’ हो । हामीले आफ्ना कुरालाई तर्क र आधारसहित प्रस्तुत गर्ने र सहयोगका लागि आग्रह गर्ने हो । यो सरकार गठन भएपछि म चारपटक भारत गएँ, आफ्ना कुरा ठोस ढङ्गबाट राखेको छु । डुबानको समस्या, कतिपय पुराना सन्धि सम्झौताको कार्यान्वयन नभएका विषय, गण्डक सिँचाइको विषय नउठेको लामो समय भएको थियो । त्यो विषयले प्रवेश पाएको छ । त्यसका कारण कूटनीतिक बाटोबाट हामीले आफ्ना कुरालाई राख्नुपर्छ । त्यसकारण तर्कसङ्गतरुपमा आफ्ना कुरा राख्ने हो भने नतिजा आउँछ भन्ने मलाई विश्वास लागेको छ । भारतका राष्ट्रपतिको यो भ्रमणले दुईपक्षीय सम्बन्धलाई अझ विकसित पार्ने आधारशिलाको रुपमा हामीले लिएका छौं । यो भ्रमणले विगतका (नाकाबन्दीसहित) तिक्ततालाई समाप्त पार्न मद्दत पुग्ने विश्वास मलाई लागेको छ । केही समयअघि नेपाल–भारत सिमानामा उत्पन्न अवरोध र अन्य समयमा भएका कूटनीतिक चिसोपनलाई हटाउन यो भ्रमण सफल हुन्छ ? हामीले विगतका कुरामात्र गरेर समस्याको समाधान निस्कँदैन । समस्याहरु टेबलमा राख्ने र त्यसको यथार्थ विश्लेषणको आधारमा समाधान खोज्ने प्रयास भएको छ । मन्त्रिस्तरीय बैठकमा अधिकांश विषयलाई हामीले छलफल गरेका छौं । विगतमा भारतबाट मात्रै कुरा आउँछ भन्ने थियो तर अहिले हामीले धेरै विषय भारतसमक्ष राखेका छौं । यसपटक भारतीय पक्षबाट हामीले उठाएका कुरा राम्रोसँग सुनिएको छ । हाम्रा चासोका विषयलाई गम्भीरतापूर्वक लिइएको छ । यो सकारात्मक विषय हो । राष्ट्रपति मुखर्जीको यो भ्रमणलाई उत्तरको छिमेकी चीनलगायत मुलुकबाट हुने उच्चस्तरीय भ्रमणको सुरुवात मान्न सकिन्छ ? भारत र चीनका आ–आफ्नै विशेषता छन् । आफ्नो सम्बन्ध जुनजुन देशसँग जस्तो छ त्यसैमा केन्द्रित रहेर हामीले काम गर्नुपर्छ । त्यसपछि मात्र परिणाम आउँछ । हामीले विशेषगरी दुई छिमेकी देशसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेका छौँ । अन्य मित्रराष्ट्रले नेपाललाई सहयोग गरिरहेका छन्, उनीहरुसँग पनि सम्बन्धका विभिन्न विषयवस्तु र आयामहरु छन् । त्यसकै आधारमा सम्बन्धलाई विकसित गर्ने हो । भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा चीनका राष्ट्रपतिसँग भेटवार्ता हुँदा पनि मैले नेपालका राष्ट्रिय आवश्यकता र प्राथमिकतालाई स्पष्टरुपमा राखेको छु । दुई देशको सम्बन्धलाई विकसित गर्न चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण भएको छ । उहाँले नेपालको भ्रमण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँ चाँडै यहाँ आउने कुरो छ । चीनसँग भएका समझदारी र सम्झौतालाई कार्यान्वयन गर्ने विषयमा पनि गम्भीररुपमा छलफल भएको छ । हामी तिनलाई कार्यान्वयन गर्न क्रियाशील हुन्छौं । राष्ट्रपतिसँगको भेटघाटमा केही सम्झौतामा हस्ताक्षर हुने पनि कार्यक्रम छ ? त्यस्तो कार्यक्रम छैन । भारतका राष्ट्रपतिले सहयोगका विषयमा घोषणा गर्न चाहनुभयो भने केही आउन सक्छ, तर यो भ्रमण विशुद्ध सद्भावना भ्रमण नै हो । यसमा कुनै खास सहयोगका क्षेत्रमा हस्ताक्षर हुँदैन । विशेषगरी दुई देशबीचको सम्बन्ध विस्तार गर्ने र सद्भाव बढाउनमा नै वार्ता केन्द्रित हुन्छ । भ्रमणलाई फलदायी बनाउन के गर्न सकिन्छ ? यो भ्रमणलाई लिएर सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी हुनु उपयुक्त होइन । हामीले यसलाई सद्भाव र मित्रता सरकारी तहमा भन्दा पनि जनस्तरमै प्रस्तुत गर्नुपर्छ । हामी नेपाली पाहुनाको सत्कारका लागि संसारमै परिचित छौं, त्यो पहिचानलाई कायम राख्नुपर्छ । कुनै विषयलाई राजनीतिकरण गर्नु हुँदैन । यो भ्रमण राष्ट्रको प्रतिष्ठासँग गाँसिएको छ, त्यसलाई सबैले ख्याल गर्नुपर्छ । तपाईले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि नेपालको परराष्ट्र नीतिलाई कसरी सञ्चालन गर्ने सोच बनाउनु भएको छ ? परराष्ट्रनीति समग्रमा राष्ट्रको नीति हो । यसलाई कुनै पार्टीको रुपमा व्याख्या नगरी सबैको सल्लाह सुझाव लिने र सहयोग गर्ने साझा नीतिका रुपमा विकास गर्नुपर्छ । त्यसका लागि विदेश नीतिको विस्तृत पुनरावलोकन गरेर अन्तक्र्रियात्मक सहभागितामार्फत सुस्पष्ट साझा राष्ट्रिय धारणा विकसित गर्न हामी प्रयासरत छाँै । मुलुकको विदेशनीतिलाई सघाउने ‘थिङ्क ट्यांक’को आवश्यकता छ जसले विभिन्न विषयमा ठोस अनुसन्धानका आधारमा सुझाव एवम् सल्लाह परराष्ट्र मन्त्रालयलाई दिन सकोस् । परराष्ट्र मामिलाको अध्ययन प्रतिष्ठान त छ त्यसले अपेक्षानुसार काम गर्न सकेको छैन । यसलाई नयाँ रुपमा विकास गर्नुपर्छ । अहिले लाखौं नेपाली विदेशमा रोजगारीमा रहेकाले विदेशका हाम्रा मिसनलाई सशक्त बनाउँदै नेपाली कामदारको सुरक्षालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ । संयुक्त राष्ट्रसङ्घजस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालको सक्रियतामार्फत राम्रो उपस्थिति देखाउने हो । शान्ति सेनालगायत विषयमा नेपालको योगदानअनुसारको हैसियत प्राप्त गर्ने विषयमा पनि हाम्रो ध्यान गएको छ । जापान, युरोपेली मुलुक र अमेरिकासँगको सम्बन्धलाई बढी फलदायी बनाउने विषय पनि हाम्रो प्राथमिकतामा छन् । रासस
इन्टरनेट सपिङमा बढ्दो जोखिम, ह्याकरको निशानामा क्रेडिटकार्ड
अनलाईन सपिङमा ह्याकरहरुको जोखिम बढेको एक अध्ययनले देखाएको छ। यदि तपाइँ अनलाइन सपिंग गर्नुहुन्छ भने सावधान हुनुहोस् । र, हुनसक्छ की ह्याकरले तपाइँले गरेको अनलाइन सपिंगका बेला तपाइँको क्रेडिट कार्डको डाटा समेत चोरिरहेको हुनसक्छ । एक शोधबाट यो पत्ता लागेको छ की अनलाइन शपिंग गराउने झण्डै ६ हजार वेबसाइटले ग्राहकको क्रेडिट कार्डको जानकारीहरु चोरी गरी त्यसको गलत प्रयोग गर्ने गरेका छन् । डच डेभलपर विलियम डी ग्रूटका अनुसार प्रयोगकर्ताको क्रेडिट कार्डको कोड नम्बर साइबर अपराधीद्धारा विभिन्न वेबसाइटहरुमा प्रकाशित समेत गर्ने गरिएको छ । उनका अनुसार झण्डै ५ हजार ९२५ वटा यस्ता वेबसाइट पत्ता लागेका छन् जसले प्रयोगकर्ताका डाटा चोरी गर्दछन् । डी ग्रूट डच इ कमर्श साइट बाइट डट एनएलका सहसस्थापक समेत हुन् । उनले ब्लगस्पटमा भनेका छन् की ह्याकरहरुले सबैभन्दा बढि प्रयोग गरिने अनलाइन सपिंग साइटलाई आफ्नो निशाना बनाउने गर्दछन् । जब ह्याकरहरुले ती वेबसाइटहरुमा आफ्ना मार्ग बनाउँदछन् तब उनीहरुले ती साइटबाट प्रयोगकर्ताको क्रेडिट कार्ड तथा कारोबार सम्बन्धी विभिन्न जानकारी चोरी गर्दछन् । त्यसरी चोरी गरिएका क्रेडिट कार्डका डाटा प्रतिकार्ड ३० डलरको हिसाबले वेब मार्केटमा बेचिदिन्छन् । शोका क्रममा उनले चोरी गरिएका फरक फरक ९ प्रकारका कोड पत्ता लगाएका छन् । जसमा फरक फरक ह्याकर समूह संलग्न रहेका छन् । ग्रूटका अनुसार डाटा चोरीको चंगूलमा कार निर्माता कम्पनी, फेसन कम्पनी तथा सरकारी वेबसाइटहरु समेत पर्ने गरेका छन् । अनलाइन सपिंगका कारण सिर्जना हुने ह्याकिंग तथा डाटा चोरी जस्ता समस्या आउन नदिनका लागि आधिकारिक तथा विश्वसनीय साइटबाट मात्र सपिंग तथा भुक्तानी गर्नुपर्ने सुझाव उनको छ । साथै त्यस्ता साइटहरुलाई आफ्ना संवेदनशील सूचनाहरु दिनुअघि त्यसको प्रयोजन तथा परिणामको बारेमा सोँचविचार गर्नु अत्यावश्यक हुन्छ ।
मुस्ताङबाट २३ करोडको स्याउ बिक्री
मुस्ताङ, १४ कात्तिक । हिमाली जिल्ला मुस्ताङबाट २३ करोड रुपैयाँ मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म २३ करोड रुपैयाँको स्याउ बिक्री भइसकेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अझै आठ करोड रुपैयाँको हाराहारीमा स्याउ निर्यात हुने कृषि विकास कार्यालयका योजना अधिकृत तप्तबहादुर गुरुङले जानकारी दिए । “गत वर्ष मुस्ताङमा चार हजार ७०० मेट्रिक टन स्याउ उत्पादन भएको थियो । अहिले ४४ सय मेट्रिक टन उत्पादन हुने अनुमान गरेका छौँ”, योजना अधिकृत गुरुङले भने “अझै स्याउ टिप्ने क्रम जारी छ ।” अहिलेसम्म तीन हजार २०० मेट्रिक टन स्याउ बाहिरिएको उनले बताए । कृषकले लगाएको स्याउ ठेकेदारले हचुवाका भरमा पहिल्यै खरिद गर्ने चलन छ । साउनमै ठेक्कामा बिक्री गरेर कृषकले पैसा बुझिसकेका हुन्छन् । पोखरा, धादिङ, काठमाडौँका व्यापारी आएर होलसेल मूल्यमै बारीबाट स्याउ टिपेर लाने गरेका छन् । “हामीले पहिल्यै ठेक्कामा दिन्छौँ, घाटा नाफा व्यापारीको कुरा हो” मार्फा–९ का कृषक प्रेमबहादुर तामाङले भने, “यसपालि मैले डेढ करोडमा ठेक्का दिएको हुँ । असिना परेर बोटमा पातलो दाना लाग्यो, हिउँ खासै नपरेकोले उत्पादन घटेको छ ।” मुस्ताङी स्याउ निकै स्वादिलो हुने भएकाले पोखरा, काठमाडौँ लगायतका प्रमुख सहरमा व्यापारीले पु¥याउने गरेका छन् । यस वर्ष मुस्ताङका बगैँचाबाट कृषकले ठेक्कामा व्यापारीलाई स्याउ बिक्री गर्दा रु ७० देखि ८० प्रतिकिलो थोक मूल्य परेको छ । जिल्लाको मार्फा, टुकुचे, जोमसोम, कागबेनीलगायतका गाउँमा अत्यधिक स्याउ उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । रासस
नेपालको पर्यटन प्रवद्र्धनका लागि पहल गर्छुः अस्ट्रेलियाली सांसद
काठमाडौं, १४ कात्तिक । ‘नेपाल भ्रमण गरी पुनःनिर्माणका लागि सहयोग गरौँ’ भन्ने नारासहित अस्ट्रेलियाली सांसद जिङ लीसहितको प्रतिनिधिमण्डल नेपाल भ्रमण गरी आज स्वदेश फर्किएका छन्। एक साता लामो नेपाल भ्रमण सकी स्वदेश फर्किनुअघि यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद लीले भूकम्पपछि पनि नेपाल भ्रमण गर्न पूर्ण रुपमा सुरक्षित रहेको आफूले पाएको अनुभव सुनाउँदै नेपाल भ्रमण गरी पुनःनिर्माणमा सहयोग गर्न सबैसँग आग्रह गरे । पर्यटनमा रुचि राख्ने व्यक्तिले भ्रमण गर्नैपर्ने मुलुक नेपाल रहेको उनको भनाइ थियो । उनले भने, “इतिहास, कला, संस्कृति, पदयात्रा, हिमाल, वनजङ्गल, वन्यजन्तु जेजस्ता विषयमा रुचि छ, त्यो सबै पाउन सकिने मुलुक नेपाल भएको मैले पाएँ ।” आफूले काठमाडौं उपत्यका, पोखरा र चितवन घुमेको र तीमध्ये सबैभन्दा सुन्दर पोखरा लागेको अनुभव उनले सुनाए । सांसद लीले भने, “काठमाडौंको पुरानो कला, संस्कृति, पोखराको सुन्दरता, चितवनको हात्तीयात्रा र नेपालीको आतिथ्यता मेरा लागि सबैभन्दा अविस्मरणीय अनुभव रह्यो ।” अस्ट्रेलियाको सत्तारुढ दलका सांसद लीले दक्षिण अस्ट्रेलियाबाट नेपाल भ्रमण गर्ने आफू पहिलो सांसद भएको जिकिर गरे । धेरैभन्दा धेरै अस्ट्रेलियालीले नेपाल भ्रमण गरून् र नेपालबारे बुझून् भन्ने आफ्नो चाहना रहेको बताउँदै उनले त्यसका लागि स्वदेश फर्किएपछि पहल गर्ने प्रतिबद्धता जनाए । आफू अस्ट्रेलिया पुगेपछि नेपाल भ्रमण र यहाँको अवस्थाबारे त्यहाँका संसदमा बोल्ने उनको भनाइ थियो । भ्रमणका क्रममा उनले प्रधानमन्त्री, संस्कृति, पर्यटन, तथा नागरिक उड्डयनमन्त्री, सांसद लगायत उच्च सरकारी अधिकारीसँग पनि भेट गरेका थिए । भेटमा नेपाली अधिकारीले पुनःनिर्माणमा अस्ट्रेलिया सरकारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै नेपालको पर्यटन प्रवद्र्धनका लागि सांसद लीले चलाएको अभियानप्रति धन्यवाद व्यक्त गरेका थिए । पत्रकार सम्मेलनमा दक्षिण अस्ट्रेलियाका लागि नेपालका अवैतानिक दूत दीपक धमलाले सांसद लीको भ्रमणबाट दुईदेशबीचको सम्बन्ध सुदृढ तथा अस्ट्रेलियामा बसोबास गरिरहेका नेपालीको समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । सांसद लीले भूकम्पलगत्तै व्यक्तिगत रुपमा समेत प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा केही रकम सहयोग गरेका थिए । रासस
घरमा लक्ष्मी माताको बास गराउन यसरी गरौ पूजा
काठमाडौं, १४ कात्तिक । हरेक मानिसको चाहना हुन्छ, सधै उसको घरमा लक्ष्मीको वास गरुन्, आर्थिक स्थिति राम्रो होस्, व्यक्तिले सबै सुख भोग गर्न सकोस् । यी सबै कुरा प्राप्त गर्नको लागि हिन्दुधर्मालम्बीहरुले हरेक वर्ष कात्तिक कृष्ण औँसीका दिन आज धनधान्य तथा समृद्धिकी देवी लक्ष्मीको पूजा तथा आरधना छ । धनधान्य तथा सुखसमृद्धिकी देवी लक्ष्मीको पूजा तथा उपासना गर्दा घरमा धन सम्पत्ति वृद्धि हुनका साथै सुखसमृद्धि प्राप्त हुने जनविश्वास रहि आएको छ । परम्परादेखि तिहारको तेस्रो दिन लक्ष्मी पूजा पर्व मनाउने प्रचलन छ । आजका दिन घर वरिपरि सर–सर्फाइ गरी सिङ्गारेर बत्तीले झिलिमिली पारेर लक्ष्मीको आव्हान गरिन्छ । यस दिन लक्ष्मीमातालाई मन पर्ने जटा नरिवल, कमल तथा गुलावको फूल, विभिन्न फलफूल तथा पक्वान, सौभाग्यका सामन, कौडा तथा चाँदी तथा चाँदीबाट बनेका भाडाकुडा चढाउने प्रचलन छ । विविध धर्मशास्त्रअनुसार दिपावलीको रात माता लक्ष्मी रातभर पृथ्वीमा भ्रमण गर्नु हुन्छ । त्यसैले यस दिन लक्ष्मी कृपा भयो भने वर्ष भरि कहिल्यै खल्ती रित्तो हुँदैन । ज्योतिष विद्यांका अनुसार माता लक्ष्मीलाई खुसी राख्न तथा उहाँको कृपा प्राप्त गर्न, मानसिक पारिवारिक क्लेश, भूतप्रेतको वाधा आदि वाट छुट्कारा प्राप्त गर्न विशेष ध्यान दिनुपर्छ । यस दिन यी सात ठाउँमा दीप बाल्दा धनलाभ हुने घरमा जहाँ लक्ष्मी माताको पूजा आजा गरिन्छ, त्यहाँ दीप बाल्नु पर्छ र दीप रात भरि बालिराख्नु पर्छ निभ्नु हुँदैन् । ड्ड धनको कामना पूरा गर्नका लागि मूल ढोकाको बाहिर दुईवटा दियो बाल्नु राम्रो मानिन्छ । यदि धन सम्पत्तीको बहुतै समस्या भएको भय पिपलको फेदमा दीपावलीको राती दियो बाल्नु फलदायी मानिन्छ । तर, ध्यान दिनुपर्ने कुरा के हो भने दीप जलाएर हिडे पछि पछाडि फर्केर हेर्नु हुँदैन । घरको आसपासको खाली चौरमा दिपावलीको दिन रातको समय दिप जलाउदाँ पैसाको समस्या पर्दैन । घरको आसपासको मन्दिरमा लक्ष्मी पूजाको दिन दिप बाल्दा सबै देवीदेवताको कृपाका साथै परिवारिक क्लेश हट्ने छ र मानशिक तनावबाट छुट्कारा मिल्छ । वेलपत्रको फेदमा यस दिन दीप जलाउँदा भगवान शिव खुसी लक्ष्मी प्राप्त हुनका साथै मानिसका जीवनमा आउने हरेक प्रकारका दुःख हटेर जानेछ । यदि घर तथा कुनै मानिसको जीवनमा भूत प्रेतको समस्या छ भने दिपावलीको दिन मसान घाटमा पित्रृका नाममा बत्ती बाल्दा भूत प्रेतको भयबाट छुट्कारा मिल्नेछ । मूलढोकामा यी सात चिज राख्दा वर्षभरि धनको लाभ हुने वास्तवमा वास्तुशास्त्र अनुसार मूलढोकालाई महत्वपूर्ण मानिन्छ । यसै कारणले दिपावलीमा मूल ढोका सर–सफाइ तथा सजावट गरी दिप बाल्ने प्रचलन छ । मूलढोकामा यी चिजहरु राख्दा माता लक्ष्मी कृपा प्राप्त हुनेछ । दिपावलीको दिन राम्रो कलशमा शुद्ध जल भरेर कलशलाई सजाएर कलशलाई मूल ढोकाको पूर्व दिशा वा उत्तर दिशमा राख्दा घरको मूल मान्छेलाई लाभदायक हुन्छ । दिपावलीको समय घर वा व्यवसायिक स्थलको मूलढोकामा पूर्ण रुपले सजिएको तोरन ( पिपल, आप, अशोकको पात) लगाउँदा लाभदायक हुन्छ । यसले गर्दा घरभित्र भएका नकारात्मक ऊर्जा नष्ट हुने जनविश्वास रहि आएको छ । दिपावलीको दिन घर वा व्यवसायिक संस्थाको मूल ढोकामा चाँदीको स्वातिक बनाउनु पूर्ण फलदायक मानिन्छ । वास्तुका अनुसार यसो गर्दा घरमा कुनै प्रकारको दुःख विरामी हुनेछैन । यदि यो गर्न नसके कुमकुम (अविर) बाट पनि स्वातिक बनाउन सकिन्छ । दिपावलीका दिन घर वा व्यवसायिक स्थलको मूलढोकामा माता लक्ष्मीको पाइला बनाउनु धेरै लाभदायक मानिन्छ । लक्ष्मीमाताको पाइलाको छाप भने भित्र फर्किएको हुनु पर्दछ । दिपावलीको दिन घर वा व्यवसायिक स्थलको मूलढोकाको माथि माता लक्ष्मी कमलको फूलमाथि विराजमान भएको फोटो लगाउनु धेरै लाभप्रद हुनका साथै परिवारमा सुख र समृद्धि बढ्छ । विधिवत लक्ष्मी पूजा गर्नको लागि आवश्यक सामग्री सुख र समृद्धीकी देवी महालक्ष्मीको मूर्तिलाई स्नान गर्नका लागि तामाको पात्र, तामाको लोटा, जलको कलश, दूध, वस्त्र र आभूषण तयार गर्नु पर्दछ । त्यस्तै चामल, दियो, तेल, धूपबत्ती र अष्टगन्ध तयार पार्नुपर्छ । गुलाबका फूलहरू ल्याउनुस् । प्रसादका लागि फल, दूध, मिठाई, नरिवल, पञ्चामृत, सुक्खा मेवा, सक्खर, पान र दक्षिणा छुट्याउनु पर्छ । लक्ष्मी पूजा गर्ने विधि कुनै पनि शुभकार्य शुरू गर्नुअघि श्री गणेशको पूजा गर्नुपर्छ । भगवान गणेशलाई स्नान गराइ वस्त्र अर्पण गनुपर्दछ । चन्दन, पुष्प र अक्षता पनि चढाउनुस् । त्यसपछि देवी लक्ष्मीको पूजा शुरू गर्नुपर्छ । देवीको प्रतिमामा उहाँको आव्हान गरी आसन भगवतीलाई बसाल्नु पर्छ । स्नान गराउँदा पहिला जल अनि पञ्चामृत अनि फेरि जलले स्नान गराउनु पर्दछ । त्यसपछि माता लक्ष्मीलाई वस्त्र अर्पण गर्नु पर्दछ । अनि आभूषणहरू लगाइ फूलको माला पहिराइ दिनुपर्छ । सुगन्ध अर्पण गर्दै तिलक लगाइदिनु पूजा गर्दा उपयुक्त मानिन्छ । । अनि धूप र दीपले आरती बाल्नु पर्दछ । माता लक्ष्मीलाई गुलाब र कमलको फूल धेरै मन पर्छ । त्यो फूल चढाउन भुल्नु हु्रँदैन । त्यस्तै बेलपत्र चढाउँदा पनि लक्ष्मीमाता प्रसन्न हुनुहुन्छ । ११ वा २१ अक्षता गेडा चामल अर्पण गर्नुस् । श्रद्धानुसार घिउ वा तेलको दियो बाल्नुस् । आरती गरी देवीको प्रतिमालाई परिक्रमा गर्नु पर्दछ । अब नैवेद्य अर्पण गर्नु पर्दछ । महालक्ष्मी पूजा अवधिभरि ऊँ श्री महालक्ष्म्यै नमः भनी जप गर्नु पर्दछ । लक्ष्मीको वीच मन्त्र ॐ ह्रीं श्रीं लक्ष्मीभयो नमः।। लक्ष्मीको गायत्री मन्त्र ॐ श्री महालक्ष्म्यै च विद्महे विष्णु पत्न्यै च धीमहि तन्नो लक्ष्मी प्रचोदयात् ॐ।। महालक्ष्मी मन्त्र ॐ श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नमः।।
फेसबुकमा तिहारको शुभकामना कार्ड यसरी बनाउनुहोस्
काठमाडौँ, १३ कात्तिक। तिहार सुरु भएको छ। फेसबुकमा तिहार को रमझम देखिने प्रोफाइल फोटो, कभर फोटो र शुभकामनाका पोस्टहरु देखिन थालिसकेका छन् । फेसबुकमा यस्ता कार्ड बनाउन फोटोसप वा अरू सफ्टवयरको सहायता जरूरी छैन् । सामान्य मेहनतमै बनाउन सकिन्छ शुभकामना कार्ड । यसरी बनाउनुस् फेसबुकमा तिहारको शुभकामना सर्बप्रथम आफ्नो प्रोफाइलमा जानुहोस् र स्न्यापसागा डटकममा जानुहोस् त्यहाँ पेजको बायापट्टिको सिरानमा ‘भ्यू अल फ्रेम’ अर्थात् सबै फ्रेम हेर्नुहोस् देख्नुहुने छ । भ्यू अल फ्रेममा क्लिक गरेपछी तपाईलाई मनपर्ने फ्रेम हरुको संकलनमा वेबसाइटले लैजाने छ । उपलब्ध फ्रेममध्ये आफुलाई मनपर्ने फ्रेम छनोट गर्नुहोस् । अहिलेको लागि खुलेको पेजको पहिलो फ्रेम ‘शुभ दिपावली’ रोज्नुहोस । तपाईले रोजेको फ्रेममा क्लिक गरेपछि फोटोको पुछारमा ‘क्लिक हियर टु स्टार्ट’ लेखेको हरियो बटन देखिने छ । त्यस बटनलाई क्लिक गर्नुहोस् । पहिलोपटक स्न्यापसागा प्रयोग गर्दै गरेका प्रयोगकर्तालाई यो पेजमा जानु अगाडी यो एप्सको प्रयोग गर्न फेसबुकका सूचनाहरु जरुरी हुनेछ । बटन क्लिक गर्नेबितिकै पप-अपमा अर्को विन्डो ट्याब खुल्ने छ जसले प्रयोगकर्ताको फेसबुकको विवरण माग्ने छ । सिधै अर्को पेजमा जानु अघि प्रयोगकर्ताले सार्वजनिक प्रोफाइल र इमेल ठेगाना माग्ने छ । तर इमेल खुलाउन चहानुहुन्न भने एडिट अप्सनमा गएर इमेल लेखिएको बटनमा रहेको टिकमार्क हटाउनु पर्ने छ । त्यस पछि निलो बटनमा लेखिएको ‘कन्टिन्यु’ क्लिक गरेका आफ्नो तयार भएको तस्बिर हेर्न सकिने छ । यसको अन्त्यमा रहेको सेयर अन फेसबुकमार्फत तयार शुभकामना कार्डलाई सेयर गर्न सकिने छ ।