विकासन्युज

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार हेटौंडामा सम्पन्न निर्वाचनमा बानियाँले बहुमत मत प्राप्त गर्दै संसदीय दलको नेतृत्व सम्हालेका हुन् । कुल ३७ मत खसेको उक्त निर्वाचनमा बानियाँले २२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत ल्याएका थिए । एक मत बदर भएको थियो । बहुमत अर्थात् २२ मतसहित बानियाँ संसदीय दलको नेता निर्वाचित भएका हुन् । यसअघि बानियाँकै अगुवाइमा तत्कालीन संसदीय दलका नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। सो प्रस्ताव पनि दलका २२ सांसदको समर्थनमा पारित भएको थियो । रिक्त रहेको नेताको पद पूर्ति गर्न बुधबार पुनः निर्वाचन गरिएको हो । यही कार्यकालमा बानियाँ र लामा दोस्रो पटक आमनेसामने भिडेका हुन् । २०७९ सालमा लामाले बानियाँलाई पराजित गर्दै नेतामा निर्वाचित भएका थिए । बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका प्रदेश सभापति समेत हुन् । अब उनले पार्टीको संगठनात्मक नेतृत्वसँगै संसदीय दलको पनि बागडोर सम्हाल्ने भएका छन् ।

भरतपुरमा २ लाखदेखि तीन करोडसम्मको जग्गा, यी हुन् सस्तो मूल्यमा जग्गा पाइने ठाउँ

काठमाडौं । भरतपुर महानगरपालिकाले आर्थिक ऐन, २०८२ मार्फत जिल्लाभित्रका विभिन्न क्षेत्रहरूको जग्गाको मूल्यांकन गरेको छ । आर्थिक ऐनले चितवनमा जग्गाको मूल्य प्रतिकठ्ठा न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम तीन करोड रुपैयाँसम्म तोकिएको छ । शिक्षा, स्वास्थ्य, यातायातलगायत विभिन्न भौतिक पूर्वाधारले सम्पन्न क्षेत्र चितवनको नारायणगढ क्षेत्रमा जग्गाको मूल्य प्रतिकठ्ठा ३ करोड रुपैयाँसम्म तोकिएको छ । उक्त क्षेत्रअर्न्तगत लायन्स चोकबाट सहिद चोक पुल्चोक हुँदै नारायणी पुलसम्मका महेन्द्र राजमार्ग जोडिएका जग्गाहरूको मूल्य प्रतिकठ्ठा तीन करोड ८ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । यो मूल्य औद्योगिक क्षेत्रभित्र पर्ने जग्गाको हकमा हो । मुग्लिन-नारायणगढ राजमार्गअन्तर्गतको लीला चोकदेखि पुल्चोकसम्मको घडेरी प्रतिकठ्ठा २ करोड ४० लाख रुपैयाँ तोकिएको छ । सहिदचोक क्षेत्रमा पनि जग्गाको मूल्य प्रतिकठ्ठा २ करोड ४० लाख रुपैयाँ नै मूल्यांकन गरिएको छ ।  त्यस्तै, मुग्लिन नारायणगढ राजमार्गमा पर्ने पोखरा बसपार्कबाट लिला चोकसम्मको जग्गाको मूल्य औद्योगिक क्षेत्रमा एक करोड ७० लाख रुपैयाँसम्म तोकिएको छ । उक्त क्षेत्रभित्रकै दियालो मार्ग (पोखरा बसपार्कबाट भानु मावि, गौरेश्वर मन्दिर हुँदै लिलाचोक)सम्म पर्ने जग्गाको मूल्य एक करोड रुपैयाँसम्म मूल्यांकन गरिएको छ । नारायणगढमा बाटो नभएको ठाउँमा जग्गाको मूल्य २४ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । वडा न १ मा आर्थिक ऐनअनुसार जग्गाको मूल्य न्यूनतम ४ लाख रुपैयाँदेखि मूल्यांकन गरिएको छ । उक्त क्षेत्रमा कच्ची सडकमा भएका जग्गाहरुको मूल्य चार लाख ८ हजार रुपैयाँदेखि ४ लाख ८० हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । महेन्द्र राजमार्ग हाकिमचोकबाट केन्द्रीय बस टर्मिनलसम्म जोडिएका घडेरी जग्गाको मूल्य प्रतिकठ्ठा १ करोड २ लाख रुपैयाँ तोकिएको छ । रामनगर क्षेत्रमा जग्गाको मूल्य औद्योगिक क्षेत्रअर्न्तगत न्यूनतम ४ लाख रुपैयाँदेखि १५ लाख ५० हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । वडाअनुसार जग्गाको मूल्यांकन वडा न १ मा  पर्ने जग्गाहरुको मूल्य औद्योगिक क्षेत्रमा न्यूनतम ३ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । उक्त वडाको आवसीय क्षेत्रहरुमा जग्गाको न्यूनतम मूल्य प्रतिकठ्ठा २ लाख रुपैयाँसम्म तोकिएको छ । व्यवसायिक क्षेत्रमा जग्गाको मूल्यांकन न्यूनतम तीन लाख ४१ हजार रुपैयाँ मूल्यांकन गरिएको छ । त्यस्तै, कृषि क्षेत्रमा जग्गाको मूल्यांकन न्युनतम ४ लाख ३४ हजार रुपैयाँ तोकिएको छ ।  वडा न २ मा पर्ने जग्गाहरूको न्यूनतम मूल्य औद्योगिक क्षेत्रतर्फ प्रतिकठ्ठा १९ लाख रुपैयाँदेखि १ करोड ७० लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । आवासीय क्षेत्रतर्फ न्यूनतम १९ लाख रुपैयाँदेखि अधिकतम १ करोड ६२ लाख रुपैयाँ मूल्यांकन गरिएको छ ।  त्यस्तै, महानगरले उक्त वडाभित्रको जग्गाहरुको मूल्य व्यवासायिक क्षेत्रहरूमा प्रतिकठ्ठा न्यूनतम ९१ लाख रुपैयाँदेखि १ करोड ७० लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । वडा न ३ पर्ने जग्गाहरुको मूल्य न्यूनतम प्रतिकठ्ठा औद्योगिक क्षेत्रतर्फ १५ लाख रुपैयाँदेखि अधिकतम २ करोड ८५ लाख रुपैयाँसम्म तोकिएको छ । त्यस्तै आवासीय क्षेत्रमा पर्ने जग्गाको मूल्यांकन न्यूनतम २७ लाख रुपैयाँदेखि अधिकतम २ करोड ९९ लाख रुपैयाँ मूल्यांंकन गरिएको छ ।  सोही वडामा पर्ने जग्गाको मूल्य व्यवसायिक क्षेत्रमा प्रतिकठ्ठा न्यूनतम ७९ लाख रुपैयाँदेखि अधिकतम ३ करोड १३ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । त्यस्तै, कृषि क्षेत्रतर्फको जग्गाको मूल्यांकन प्रतिकठ्ठा न्यूनतम १३ लाख रुपैयाँदेखि अधिकतम २ करोड ४२ लाख २५ हजार रुपैयाँसम्म तोकिएको छ । वडा न ४ मा पर्ने जग्गाहरूको मूल्यांकन औद्योगिक क्षेत्रमा न्यूनतम १६ लाख रुपैयाँदेखि ४८ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । आवासीयतर्फ प्रतिकठ्ठा न्यूनतम १७ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म तोकिएको छ । त्यस्तै,  व्यवसायिक क्षेत्रतर्फ न्यूनतम १८ लाख रुपैयाँदेखि मूल्यांकन गरिएको छ । त्यस्तै, वडा न ५ मा पर्ने जग्गाहरूको मूल्य अधिकतम ८ लाख ८० हजार रुपैयाँदेखि अधिकतम ३७ लाख ४५ हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । वडा न ६ मा पर्ने जग्गाहरूको मूल्यांकन न्यूनतम ४ लाख ४० हजार २६ लाख रुपैयाँसम्म तोकिएको छ । वडा न ७ मा पर्ने जग्गाहरुको मूल्य प्रतिकठ्ठा न्यूनतम १५ लाख ५० हजार रुपैयाँदेखि ५७ लाख ५० हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । त्यस्तै, वडा नं ८ मा पर्ने जग्गाहरूको न्यूनतम मूल्यांकन प्रतिकठ्ठा ११ लाख रुपैयाँखेखि ४७ लाख ५० हजार रुपैयाँसम्म तोकिएको छ । वडा नं ९ मा पर्ने जग्गाहरूको मूल्यांकन अधिकतम एक करोड २ लाख तोकिएको छ। यस्ताे छ जग्गाकाे मूल्यांकन   

लाम्बोर्गिनीको सञ्चालन आम्दानी घट्यो, गाडी बिक्रीमा भने कीर्तिमान

काठमाडौं । इटालियन लक्जरी स्पोट्र्स कार निर्माता लाम्बोर्गिनीले बुधबार पहिलो छ महिनामा कीर्तिमानी गाडी बिक्री भए पनि सञ्चालकीय आम्दानी अलि घटेको जनाएको छ । जसको मुख्य कारण विनिमय दरमा आएको प्रतिकूल असर हो । कम्पनीका अनुसार जनवरीदेखि जुनसम्मको अवधिमा सञ्चालन आम्दानी ४३१ मिलियन युरो (४९७ मिलियन डलर) रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा भएको ४५८ मिलियन युरोको तुलनामा कम हो । यसमा दोस्रो त्रैमासिकमा देखिएको प्रतिकूल विनिमय दर प्रमुख कारण हो। । ‘वैश्विक आर्थिक र राजनीतिक अस्थिरताको बाबजुद पनि नतिजा ठोस छन्,’ लाम्बोर्गिनीका सीईओ स्टेफान विन्केलम्यानले भने । कम्पनीको कुल आम्दानी १.६२ अर्ब युरो पुगेको छ, जबकि ५ हजार ६८१ वटा गाडी बिक्री गरिएको थियो– यो पहिलो छ महिनामा अहिलेसम्मकै उच्च हो । लाम्बोर्गिनी जर्मन कम्पनी फक्सवागन समूहअन्तर्गत पर्छ । यद्यपि सञ्चालन नाफाको मार्जिन २८.३ प्रतिशतबाट घटेर २६.६ प्रतिशतमा झरेको छ । विन्केलम्यानका अनुसार सबै मोडेललाई हाइब्रिड बनाउने निर्णय सही साबित भएको छ । उनले भने, ‘हाम्रो हाइब्रिड रणनीतिलाई ग्राहकहरूले साथ दिएका छन् ।’ इटालीको उत्तरमा पर्ने बोलोनीयाको छेउमा रहेको लाम्बोर्गिनीले भने युरोपेली संघ (ईयू) र अमेरिकाबीच हालैको व्यापार सम्झौतामा कुनै टिप्पणी गरेको छैन, जसले अधिकांश युरोपेली वस्तुहरूमा अमेरिकाले १५ प्रतिशत आयात महसुल लगाउने निर्णय गरेको हो । पहिलो छ महिनामा कम्पनीको ३० प्रतिशत गाडी अमेरिका महादेशमा (१ हजार ७३२ गाडी) बिक्री भएको थियो । त्यस अवधिमा युरोप, मध्यपूर्व र अफ्रिकामा २ हजार ७०८ गाडी बिक्री भएको थियो जबकि एशिया प्यासिफिक क्षेत्रमा १ हजार २४१ गाडी बिक्री गरिएको थियो। यस वर्षको सुरुमा विन्केलम्यानले भनेका थिए कि अमेरिकी महसुलले लाम्बोर्गिनीको आम्दानीमा असर पर्नेछ, यद्यपि लक्जरी उत्पादन निर्माता कम्पनीहरूले त्यो अतिरिक्त लागत ग्राहकहरूमाथि सार्न सक्छन् । ब्याट्रीमा चीनमाथिको निर्भरता घटाउँदै टेस्ला, एलजीईएससँग ४.३ अर्ब डलरको सम्झौता  

जग्गाको विवरण पठाउन २२ वटा स्वास्थ्य संस्थालाई मन्त्रालयले पठायो पत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जग्गाको विवरण पठाउन मातहतका स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । अस्पतालको नाममा रहेको जग्गा अतिक्रमण भएको गुनासो आएपछि २२ वटा स्वास्थ्य संस्थालाई पत्र पठाएर जग्गाको विवरण पठाउन भनेको हो ।   मन्त्रालयले स्वास्थ्य सेवा विभाग टेकु, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग टेकु, औषधी व्यवस्था विभाग, वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टरलाई पत्र पठाएर संस्थाको नाममा कति जग्गा दर्ता छ र सबै प्रयोगमा छ वा छैन भन्ने विवरण मागेको छ । यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र टेकु, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्र , भेरी अस्पताल नेपालगञ्ज,भरतपुर अस्पताल चितवन नारायणी अस्पताल वीरगञ्ज, लगायत विभिन्न २२ संस्थालाई पत्र पठाएको छ ।  स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्देशन दिएपछि मन्त्रालयले मातहतका विभाग केन्द्र, अस्पताललाई विवरण मागेको हो । मन्त्रालयले सात दिनभित्र जग्गा प्रयोग भए, नभएको सबै विवरण मन्त्रालयमा पठाउन भनेको छ ।

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन् । बुधबार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानान्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।  उनले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति जनाए । भ्रष्टाचार गर्नेलाई कारबाही नगर्ने भन्दै प्रश्न गरे । यसअघि बैठकको शुन्य समयमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यावाची जस्तै बनेको आरोप लगाएका थिए । मुलुकमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषि स्वयं सरकार भएको आरोप थियो ।  प्रधानमन्त्री ओलीले भने, ‘सरकारले एकदुई जनालाई कारबाही गर्यो भने सरकार र भ्रष्टाचार पर्यावाची भन्छन् । छ्यालब्याल रैछ भन्छन् । भ्रष्टाचार गर्नेलाई कारबाही ने नगर्ने त ? भ्रष्टाचार गर्न दिइन्न । कसैले गर्यो भने कारबाही हुन्छ । त्यहि त गर्ने होला नि । सरकार  भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ । कहाँको भ्रष्टाचारको पर्याय ? गम्भीर विषयमा छलफल हुँदा खेरी हामी त्यही गम्भीरता साथ लिनुपर्छ भन्ने म ठान्छु ।’ उनले विकास र आर्थिक वृद्धिका मामलामा साझा प्रयासका साथ अगाडि बढ्नुपर्ने पनि बताए ।   

४७ अंकले घट्यो नेप्से, १६ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४७ अंकले घटेर २९५४ बिन्दुमा झरेको छ । आज २३ कम्पनीको मूल्य बढ्दा २२६ कम्पनीको मूल्य घटेको हो । बुधबार ३२७ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ४४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको १ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन डिस्टिलरीको ७२ करोड, शिवभ् सिमेन्टको ५७ करोड, ग्रीन भेन्चरको ५६ करोड र नेपाल रिइन्स्योरेन्सको ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अन्यबाहेक सबै समूहका सूचक घटेका छन् । अन्य समूह ०.८५ प्रतिशतले बढेको छ । बैंकिङ १.५५, विकास बैंक ३.२७, फाइनान्स २.७०, होटल तथा पर्यटन २.१०, हाइड्रोपावर १.६३, लगानी १.६५, जीवन बीमा १.७६, उत्पादन तथा प्रशोधन १.३२, माइक्रोफाइनान्स ३.२८, निर्जीवन बीमा १.५४ तथा व्यापार १.७२ प्रतिशतले घटेका छन् । आज २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सान्भी इनर्जी र ट्रेड टावरको सेयर मूल्यमा १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

एनआईसी एशिया बैंकका ग्राहकलाई लेमोन ट्री प्रिमियरमा २० प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरूले अब लेमोन ट्री प्रिमियर, बुढानीलकण्ठमा सेवा लिँदा डिजिटल माध्यमबाट भुक्तानी गरे छुट प्राप्त गर्न सक्ने भएका छन् । एनआईसी एशिया बैंक र बुढानीलकण्ठ हेरिटेज लिमिटेडबीच भएको सम्झौताअनुसार बैंकका ग्राहकहरूले उक्त होटलमा आवास, भोजन तथा स्पा सेवामा छुट पाउने व्यवस्था गरिएको छ । सम्झौतापछि ग्राहकहरूले होटलको आवास सेवा, खाना तथा पेय पदार्थमा १५ प्रतिशत र स्पा सेवामा २० प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्न सक्नेछन् । सम्झौतामा बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिस्टम प्रमुख बिमल लम्साल र बुढानीलकण्ठ हेरिटेज लिमिटेडका तर्फबाट जनरल म्यानेजर मनोज कुमार थापाले हस्ताक्षर गरेका हुन् । यस सुविधा उपभोग गर्न ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गर्नुपर्नेछ वा मोबैंक एपमार्फत डिजिटल भुक्तानी गर्नुपर्नेछ । बैंकले उक्त सहकार्यले ग्राहकलाई विशेष सुविधा उपलब्ध गराउनुका साथै डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

बढी लाभांश दिने टप टेन कम्पनी, यसरी पाए सफलता

कामठाडौं । ‘पुँजी बजार भएकाले यहाँ पूँजीवाद मात्र लागू भएको हो कि जस्तो लाग्छ । तर, गहिरिएर विश्लेषण गर्ने हो भने यसभित्र समाजवाद छ । प्राइभेट कम्पनीमा सीमित लगानीकर्ता हुन्छन् र नाफा पनि उनीहरूले मात्र लिन्छन् । तर, सूचीकृत कम्पनीमा हजारौं, लाखौं लगानीकर्ता हुन्छन् । सूचीकृत कम्पनीले गरेको नाफा धेरै मानिसमा बाँडफाँट भएको हुन्छ । खास यसको उद्देश्य एक जनाले मात्रै नाफा नलेऊ भन्न खोजेको हो । जस्तो एनसेल- कम्पनी छ थोरैको, नाफा दिन्छ ४/५ सय प्रतिशत । एउटै कम्पनीले १६/१७ अर्ब कमाउँछ । 'समाजवादी मोडलमा दुई तरिकाबाट लागू हुन्छ । पहिलो, नाफामा कर उठाएर जनतामा लगानी गर्ने हो । दोस्रो, कम्पनीको सेयर जनतालाई पनि दिनु पर्छ भन्ने हो,’ स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले विकास वहसमा भने ।  उनका अनुसार राम्रा कम्पनीको सेयरमा लगानी गर्नेहरू सधैं डुब्दैनन् । जस्तो फस्ट माइक्रो फाइनान्सको सेयर १४ सय रुपैयाँमा किन्नेलाई आज पनि घाटा छैन । किनभने त्यो संस्थाले हरेक वर्ष ९/१० प्रतिशत बोनस दिइरहेको हुन्छ । यूनिलिभर जस्तो १५/१६ सय प्रतिशत लाभांश दिने कम्पनीमा लगानी गर्दा घाटा हुँदैन ।  तर, सेयधरनीहरुले आज किनेर भोलि बेच्नु मात्रै हो पुँजी बजार बुझेको उनको भनाइ छ । पब्लिकलाई सेयर दिनु भनेको नाफा हुन्छ र प्रतिफल दिन्छ भन्न खोजिएको उनले बताए । आज १ सय रुपैयाँको सेयर पुँजी बजारमा ३ सय रुपैयाँ पुग्छ र बेचेर नाफा खाऊ भन्न नखोजेको उनले सुनाए । कम्पनीले दिने प्रतिफल पनि लेऊ भन्ने खोजेको उनी सुनाउँछन् ।  नेप्सेका अनुसार सेयर बजारमा म्युचुअल फण्ड बाहेक २७२ कम्पनी सूचीकृत छन् । तर, गत वर्ष सबै कम्पनीले लाभांश दिएनन् । आर्थिक वर्ष २०८०/८१ को नाफाबाट गत वर्ष साधारण सभा बोलाएर सेयरधनीहरूलाई लाभांश वितरण गर्नु पर्थ्याे । तर, थोरै कम्पनीले मात्रै गत वर्ष अघिल्लो वर्षको नाफा बाँडे । सूचीकृत कम्पनीको सेयर कारोबार मात्रै नभई लाभांश प्राप्तका लागि पनि लगानीकर्ता लगानी गरिरहेका हुन्छन् । त्यसैले अघिल्लो वर्षको नाफाबाट गत वर्ष सबैभन्दा धेरै लाभांश वितरण गर्ने १० कम्पनी (टप टेन) कम्पनीका विषयमा यहाँ उल्लेख गर्न खोजिएको छ । जुन कम्पनीले धेरै लाभांश वितरण गर्छ सो कम्पनीमा लगानीकर्ताहरुको आकर्षण हुनु स्वभाविक हो ।  नेप्सेमा सूचीकृत कम्पनीमध्ये आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सबैभन्दा धेरै लाभांश दिने १० कम्पनीको सूचीमा यूनिलिभर नेपाल, बोटलर्स नेपाल, सोल्टी होटल, नेपाल दूरसञ्चार कम्पनी (एनटीसी), सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सिटिजन लाइफ इन्स्योरेन्स, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल ल्युव आयल, आइएमई लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स पर्न सफल भएका छन् ।  यूनिलिभर नेपाल नेप्सेमा सूचीकृत २७२ कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश वितरण गर्ने कम्पनीको अग्रस्थानमा छ, यूनिलिभर नेपाल । उत्पादन तथा प्रशोधन समूहमा रहेको यूनिलिभरले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १ हजार ७१४ प्रतिशत नगद लाभांश वितरण गरेको हो । कम्पनीले आफ्नो इतिहासकै सर्वाधिक लाभांश सेयरधनीहरूलाई वितरण गरेको हो । हरेक घरमा, हरेक मनमा कम्पनीको ब्राण्ड र उत्पादन पुर्याउने रणनीतिका व्यवसाय गरिरहेको यस कम्पनीले आर्थिक शिथिलतामा पनि सेयरधनीहरूलाई धेरै लाभांश खुवाउन सफल भएको हो । ९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले नगद लाभांशमा जोड दिँदै आएको छ । थोरै पुँजी र उच्च नगद लाभांश वितरण गर्ने यस कम्पनीको सेयर मूल्य सेयर बजारमा सबैभन्दा धेरै छ । बोटलर्स नेपाल (तराई) नेप्सेमा सूचीकृत कम्पनीहरूमा सबैभन्दा धेरै लाभांश दिने कम्पनीको सूचीमा दोस्रो नम्बरमा छ, बोटलर्स नेपाल (तराई) । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५० प्रतिशत नगद लाभांश वितरण गरेको छ । यस कम्पनीले पनि सेयरधनीहरुलाई नाफाबाट नगद प्रतिफल वितरण गर्दै आएको छ ।  विश्व प्रसिद्ध ब्राण्ड कोकाकोला सन् १९७३ मा बोटलर्स नेपाल लिमिटेडको रुपमा भित्रिएको थियो । कम्पनीको काठमाडौंमा पहिलो र सन् १९८७ मा चितवनको भरतपुरमा दोस्रो उद्योग बोटर्लस नेपाल तराईको स्थापना गरेको थियो । बोटलर्स नेपाल (तराई) लिमिटेड बोटलर्स नेपाल लिमिटेडको सहायक कम्पनी हो । भरतपुर चितवनमा कार्यालय रहेको बोटलर्स नेपाल (तराई) झण्डै ५ दशकदेखि नेपालमा सञ्चालनमा रहेको पब्लिक कम्पनी हो । बोटलर्स नेपाल (तराई) ले कोकाकोला, स्प्राईट, फ्यान्टा, कोक जीरो तथा किन्ले ब्राण्डमा कार्वोनेट मिश्रित गैर मदिराजन्य हलुका पेय पदार्थ तथा शीलबन्द पिउने पानीको उत्पादन, निर्माण, विक्री, वितरण तथा आपुर्ति गर्ने गर्दछ । कम्पनीको सेयर मूल्य उच्च भएकाले लगानीकर्ताले लागि हट केकका रुपमा लिन्छन् । बोटलर्स नेपाल (तराई) मा प्रमोटर सेयर ७५ प्रतिशत अर्थात् ९ लाख ७ हजार ५ सय कित्ता र पब्लिक सेयर २५ प्रतिशत अर्थात् ३ लाख २ हजार ५ सय कित्ता सेयर गरी कूल १२ लाख १० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत छन् । सोल्टी होटल होटल तथा पर्यटन समूहमा रहेको सोल्टी होटलले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश वितरण गरेको छ । कम्पनीले वितरण गरेको लाभांश सूचीकृत कम्पनीहरूमा तेस्रो स्थानमा छ । २०६४ साउन ९ गते नेप्सेमा सूचीकृत भएको सोल्टी होटलको चुक्ता पुँजी १ अर्ब २ करोड १८ लाख ६२ हजार रुपैयाँ रहेको छ । नेपालमा होटल क्षेत्रलाई व्यवसायको रुपमा सुरु गर्ने श्रेय यस कम्पनीलाई जान्छ । कम्पनीको कम्पनीमा संस्थापक समूहको ८५ प्रतिशत सेयर र सर्वसाधारण लगानीकर्ताको १५ प्रतिशत सेयर स्वामित्व रहेको छ । पाँच तारे यस होटलले आफ्नो सञ्जाल देशभर विस्तार गरिरहेको छ ।  एनटीसी  सरकारको बहुमत सेयर स्वामित्व रहेको नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)ले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश वितरण गरेको छ । जुन नेप्सेमा सूचीकृत कम्पनीहरुको सूचीमा पाँचौं स्थानमा पर्छ । १७ अर्ब ९९ करोड ९९ लाख ९८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा ९१.५३ प्रतिशत संस्थापक र ८.४७ प्रतिशत सर्वसाधारण सेयरधनीहरुको स्वामित्व रहेको छ ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स निर्जीवन बीमा समूहमा रहेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ३० नगद लाभांश वितरण गरेको छ । साविक सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्ज भइ बनेको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले निर्जीवन बीमा व्यवसायमा उल्लेख व्यवसाय गर्दै आएको छ । बीमा व्यवसायमा हरेक सूचकमा अग्रणी स्थानमा रहेको यस कम्पनीले हरेक सूचकमा आफूलाई अब्बल बनाइरहेको छ । २ अर्ब ८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा ५१ प्रतिशत सेयर स्वामित्व संस्थापक समूह र ३० प्रतिशत सर्वसाधारण सेयरधनी समूहको रहेको छ । सिटिजन लाइफ इन्स्योरेन्स सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरुलाई २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.४२ प्रतिशत नगद गरी कुल २८.४० प्रतिशत लाभांश वितरण गरेको छ । विसं २०७४ कात्तिकबाट व्यावसायिक कारोबार सुरु गरेको सिटिजनले छोटो समयमै दशकौं पूराना कम्पनीहरूलाई टक्कर दिइरहेको छ । ‘समृद्धि तपाईंको, साथ हाम्रो’ मूल नारा रहेको कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीका अनुसार १८ अर्ब २ करोड १९ लाख रुपैयाँभन्दा बढीको जीवन बीमा कोष खडा गरेको छ । साढे २२ अर्ब रुपैयाँ कुल लगानी रहेको यो कम्पनीसँग ३ अर्ब बराबरको जगेडा कोष रहेको छ ।  स्ट्याण्डर्ड चार्टर्ड बैंक स्ट्याण्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गरेको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा चार दशको योगदान रहेको स्ट्याण्डर्ड चार्टर्ड वि.सं २०६४ सूचीकृत भएको थियो । बैंकमा संस्थापक समूहको ७०.२१ प्रतिशत सेयर स्वामित्व र सर्वसाधारण समूहको २९.७९ प्रतिशत सेयर स्वामित्व रहेको स्ट्याण्डर्ड चार्टर्ड पुँजी बजारको ‘हटकेक’ सेयर हो । बैंकबाट लगानीकर्ताले पाउने लाभांश, बैंकको बिजनेस, कुल नाफामा वितरणयोग्य नाफा, कुल कर्जामा खराब कर्जाको अुनपात र राष्ट्र बैंकको हरेक कम्प्लायन्स पालनामा अब्बल रहेको छ ।  नेपाल ल्युव आयल नेपाल ल्युव आयलले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको छ । लुब्रिकेन्टस् व्यवसाय गर्ने यस कम्पनीको अध्यक्ष अरुण चौधरी रहेका छन् भने करण कुमार चौधरी कार्यकारी निर्देशक रहेका छन् । ७ करोड २९ लाख ६४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा ७९.७६ प्रतिशत संस्थापक र २०.२४ प्रतिशत सर्वसाधारण सेयर स्वामित्व रहेको छ ।  आइएमई लाइफ इन्स्योरेन्स आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश वितरण गरेको छ । ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा ७० प्रतिशत अर्थात् ३.५ अर्ब रुपैयाँ संस्थापक सेयर स्वामित्व छ भने ३० प्रतिशत अर्थात् रु. १.५ अर्ब रुपैयाँ सर्वसाधारण सयरधनीहरुको स्वामित्व छ । कम्पनीको अध्यक्ष डा. रामहरि अर्याल रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्का छन् । नेपाल लाइफ इन्स्योरेन्स नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.०५ प्रतिशत नगद गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गरेको छ । ९ अर्ब २ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीमा २ खर्ब २५ अर्ब ६७ करोड रुपैयाँ बराबरको जीवन बीमा कोष रहेको छ । कम्पनीले १ खर्ब ५९ अर्ब रुपैयाँ दीर्घकालीन लगानी र २८ अर्ब ७४ करोड रुपैयाँ अल्पकालीन लगानी गरेको छ । बीमा कम्पनीहरूमा सबैभन्दा उच्च व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ अग्रणी स्थानमा रहन्छ ।