विकासन्युज

स्वास्थ्यमन्त्रीले सात अंग दान गर्ने, मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज दान गर्न मञ्जुरी

भक्तपुर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्ना शरीरका सात वटा अंग दान गरेका छन् । उनले मृत्युपश्चात् मुटु, फोक्सो, कलेजो, प्यान्क्रियाज, मिर्गौलालगायत दान गर्ने मञ्जुरी दिएका हुन् । स्वास्थ्य सेवा दिवसको अवसरमा आइतबार मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले मृत्युपश्चात् अंग दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका हुन् । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार स्वास्थ्यमन्त्री थापा मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज दान गर्न मञ्जुरी दिने प्रथम नेपालीसमेत बन्न सफल भएका छन् । मिर्गौला दान गर्न मञ्जुरी दिने प्रथम नेपाली भने वरिष्ठ प्रत्यारोपणविद् डा। श्रेष्ठ आफैं हुन् । उक्त कार्यक्रममा ६० जनाले मृत्युपश्चात् मुटु, कलेजो, फोक्सो, मिर्गौला र प्यान्क्रियाज दान गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेको केन्द्रले जनाएको छ । त्यस्तै, स्वास्थ्य सेवा दिवसकै अवसरमा आयोजित निःशुल्क मिर्गौला जाँच शिविरमा दुई सय २२ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।जसमा दुई सय २२ जनाकै पिसाब जाँच, एक सय ७५ जनाको रगत जाँच र ४० जनाको अल्ट्रासाउन्ड गरिएको थियो । उक्त शिविरमा २१ जनामा मिर्गौलाको रोग लागेको पाइएको केन्द्रका कार्यकारी निर्देशक डा। श्रेष्ठले जानकारी दिए । अन्नपूर्ण पोस्टबाट ।

चैतबाट युरो–४ मापदण्डको इन्धन, कम धुवा फाल्नेदेखि बढी माइलेन्स दिने

काठमाडौं – नेपाल आयल निगमले १९ चैत ९१ अप्रिल०देखि भारतबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने भएको छ । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)सँग आगामी ५ वर्षका लागि मार्चमा इन्धन खरिद सम्झौता नवीकरण गर्दै छ । सम्झौता नवीकरणपछि १ अप्रिलबाट युरो–४ मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात हुनेछ । हाल युरो–३ मापदण्डको इन्धन आयात र वितरण भइरहेको छ । आयल निगमका प्रवक्ता भानु खनालले इन्धन सम्झौता नवीकरणको आवश्यक तयारी भइरहेको बताए । उनले भने, ‘अहिलेसम्म सम्झौता नवीकरणका लागि २ पटक औपचारिक छलफल भएको छ, हालको सम्झौता मार्च महिनामा सकिन्छ । त्यसैले मार्चमै नयाँ सम्झौता गरी १ अप्रिलबाट युरो–४ मापदण्डको इन्धन आयात गर्ने समझदारी भएको छ ।’ भारतले सन् २०१७ बाट युरो–३ मापदण्डको इन्धन प्रयोगमा प्रतिबन्ध लगाई युरो–४ प्रयोग गर्ने घोषणा गरिसकेको छ । त्यसैले नेपालले पनि युरो–४ मापदण्डकै इन्धन आइओसीबाट ल्याउन लागेको हो । युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले तुलनात्मक रूपमा कम धुवाँ फाल्छन्, जसकारण प्रदूषण न्यूनीकरणमा फाइदा पुग्छ । ‘काठमाडौं सहरजस्तो प्रदूषित सहरका लागि युरो–४ मापदण्डको इन्धनले धेरै फाइदा पुग्छ,’ खनाले भने । प्रदूषण कम, सवारीको आयु बढ्ने स् युरो–४ मापदण्डको इन्धन प्रयोग भएको सवारीसाधनले धुवाँ कम फाल्ने भएका कारण वातावरण प्रदूषणमा कमी आउ“छ । त्यस्तै, सवारीसाधनको आयुसमेत बढ्छ । अहिले व्यवसायीले युरो–४ मापदण्डको इन्जिनयुक्त गाडी भित्याइरहेका कारण पनि यही मापदण्डको इन्धन ल्याउँदा थप फाइदा हुने देखिन्छ । यद्यपि, युरो–४ मापदण्डको इन्धन मूल्य युरो–३ भन्दा महँगो पर्ने गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए । ‘युरो–४ मापदण्डको तेल उत्पादन गर्न प्रशोधन लागत नै बढी हुन्छ,’ उनले भने, ‘यस्तो तेल प्रयोग भएको सवारीले प्रदूषण कम गर्ने, आयु बढी हुने हुन्छ । काठमाडौंजस्तो प्रदूषण बढी भएको सहरका लागि त युरो–४ को तेल नै ठीक हुन्छ ।’ चीनबाट आएको थियो स् गत वर्ष भारतीय नाकाबन्दीका समयमा चीनबाट १३ लाख लिटर पेट्रोल आयात भएको थियो । उक्त पेट्रोल युरो–४ मापदण्डको थियो । इन्धन लिन चीन गएको नेपाली टोलीले युरो–३ मापदण्डको आयात गरिरहेको कारण देखाउँदै सोही मापदण्डको पेट्रोल उपलब्ध गराउन आग्रह गरेको थियो । तर, चीनले सन् २०१७ देखि युरो–३ उत्पादन बन्द गरी युरो–४ मापदण्डको तेललाई अनिवार्य गर्न लागेको भन्दै युरो–३ को तेल दिन नसक्ने जवाफ दिएको थियो । सो पेट्रोल उपत्यकाका निजी सवारीसाधनलाई मात्रै वितरण गरिएको थियो । नयाा पत्रिका दैनिकबाट ।

सडक भत्काउने ठूला सवारी नाकामौ, सडक जोगाउने सरकारको नयाँ आइडिया

काठमाडौं । राजधानी भित्रिने मालवाहक सवारीसाधनका लागि सीमा क्षेत्रमा छुट्टै पार्किङस्थल निर्माण गरिने भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले अत्याधिक भारका मालवाहक सवारीसाधनले सडक भत्काएको र ट्राफिक जाम बढाएको भन्दै सीमा क्षेत्रमा ठूला सवारी पार्किङको अवधारणा ल्याएको हो । मालवाहक सवारीको अत्याधिक भारकै कारण सडक छिया छिया बनेको बताउँदै प्राधिकरण आयुक्त डा.भाइकाजी तिवारीले चालू आर्थिक बर्षदेखि नाका क्षेत्रमा पार्किङस्थल सम्भाव्यता अध्ययन गरिने बताए । अर्थमन्त्रालयले प्राधिकरण अन्तर्गत विभिन्न योजनालाई १५ करोड रुपैयाँ सम्भाव्यता अध्ययनका लागि छुट्टयाएको तिवारीले बताए । नागरिक दैनिकबाट ।

मोबाइल मर्मत गरेरै मासिक पचास हजार आम्दानी

काभ्रे । उग्रचण्डी नाला गाविस– २ कोइपाटोलका महेश श्रेष्ठले मोबाइल, टेलिभिजन, रेडियो, घडीलगायत सामग्री मर्मत गरेर मासिक ५० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्। इलेक्ट्रोनिक्स इन्जिनियरिङ विषय पढेका श्रेष्ठले आफूले पढेको विषयलाई व्यवहारमा उतारेका हुन् । उनले आफ्नो घरमै इलेक्ट्रोनिक पसल सञ्चालन गरेका छन् । पढेको कुरालाई व्यवहारमा उतार्न सके स्वदेशमै मनग्य आम्दानी गर्न सकिने २४ वर्षीय श्रेष्ठ बताए । “नेपालमै मनग्य आम्दानी गर्न सकिने सम्भावना छ, आफ्नो पढाइप्रतिको असन्तुष्टिका कारण दिनहुँ युवा विदेशीने गरेका छन् ।”, उनले भने, पाँच वर्षअघि मैले रु आठ हजार लगानी गरी यो पसल सञ्चालन गरेको हूँ ।” आठ हजारमा पसल सञ्चालन गरेका श्रेष्टको अहिले पाँच रु लाख बराबरको सम्पति छ सुरुमा उनको पसलमा थोरै ग्राहक आउने गरे पनि चित्त बुझ्दो काम गरेपछि अहिले श्रेष्ठलाई काममा भ्याइनभ्याइ छ । ‘काम गरे पुँजी सङ्कलन हुँदै जान्छ, लगानीको खासै समस्या हुन्न ।’ उनले बताए । “पहिला सामान्य खर्चका लागि समेत घरपरिवारमाथी निर्भर हुनुपथ्र्यो, अहिले परिवारको पूरै खर्च मैलै नै धान्दै आएको छु ।” श्रेष्ठले भने । पसलमा आउने ग्राहकलाई उहाँ प्राविधिक पढ्न सल्लाह दिने गर्छन् । आफ्नो बहिनीलाई समेत ब्यूटिपार्लर सम्बन्धी अध्ययन गरारहेका छन् । इलेक्ट्रोनिक पसललाई नै विस्तृत रूपमा अगाडि बढाउने श्रेष्ठको योजना छ । गाउँका अन्यलाई समेत सो सम्बन्धी तालिम दिएर स्वरोजगार बनाउने उनको योजना छ । हाल श्रेष्ठले मोबाइलको चार्जर, सोलार चार्जर र मोबाइलमा राख्ने प्रोटेक्टेक्सन ग्लास समेत आफैँले बनाउन थालेका छन् । नेपालमा नै प्राविधिक विषय पढेर इलेक्ट्रोनिक्स पसल सञ्चालन गरिरहेका उनले नेपालमा नै आफूले अवसर खोज्न सके प्रशस्तै सम्भावना रहेको बताउछन् । रासस

एडिबी नेपाल प्रमुखका २ आशंका, २ प्रसंशा

काठमाडौं । एसियाली विकास बैंक(एडिबी) नेपालका प्रमुखले २ आशंका र २ प्रसंशा व्यक्त गरेका छन् । राजधानीमा सन २०१६ को पोर्टफोलियो रिभ्यु कार्यक्रममा एडिबीका नेपाल प्रमुख केनीची योकोयामाले मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणाली तथा वातावरिणय सवाल र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका सवालमा आंशका पैदा भएको बताए । तर मेलम्ची खानेपानी आयोजनाको सुरुङ लगायतका संरचनाको निर्माण र सासेक सडक आयोजनाको प्रगतिको भने प्रंसशा गरे । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको छ भने मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणालीको पाइप बिछ्याउने काम धमाधम अघि बढिरहेको छ । पाइप बिछ्याउँदा वातावरिणय प्रदुषण बढेको भन्दै आलोचना भैरहेको छ । यी दुबै आयोजनामा एडिबीको लगानी रहेको छ । कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदीले सरकारी निकायलाई मात्रै दोष दिन नमिल्ने बताएका थिए । उनले विकास आयोजनाको समिक्षामा जनशक्ति अभाव, वातावरण र झण्झटिलो प्रक्रियालाई देखाएर सरकारी पक्षलाई मात्रै दोषी देखाउनु गलत भएको बताएका थिए ।

सङ्घीय संरचनाको ढाँचामा बीमा संस्थालाई रुपान्तरण गर्नुपर्ने

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महराले राष्ट्रिय बीमा संस्थानलाई संस्थाको सङ्गठनात्मक संरचनालाई सङ्घीय संरचनाको ढाँचामा रुपान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । बिमा संस्थान ५० औँ वर्ष प्रवेशका अवसरमा संस्थान परिसरमा निर्माण गरिएको स्वर्ण जयन्ती स्मारकको आइतबार अनावरण गर्दै उनले सरकारी स्वामित्वमा सञ्चालित बीमा संस्थानले आफ्नो सेवालाई ग्रामीण क्षेत्रका साथै विदेश जाने नेपालीमा पनि केन्द्रित गर्नुपर्ने बताए । संस्थानको व्यवसाय निजी क्षेत्रको तुलनामा अगाडि आउनुपर्ने भन्दै उनले बक्यौता लेखा परीक्षण यथाशक्य छिटो गर्न निर्देशन दिए । संस्थानको पुँजी योजनालाई बीमा समितिसँग नीतिगत सल्लाह गरेर अगाडि बढाउनुपर्ने उनको सुझाव छ । बीमा संस्थान सञ्चालक समितिका अध्यक्ष डा खाेमराज खरेलले पर्याप्त मात्रामा आधुनिक सूचना प्रविधिमैत्री जनशक्तिको अभावमा पनि संस्थानले स्थापनाकालदेखि नै विश्वसनीय संस्थाका रूपमा आफ्नो स्थान बनाउन सफल भएको बताए । संस्थानका प्रशासक अश्विनीकुमार ठाकुरले सरकारको उदार एवम् खुला प्रतिष्पर्धात्मक अर्थ नीतिको भावना अनुकूल समयसापेक्ष प्रतिष्पर्धात्मक बीमा बजारका चुनौतीको सामना गर्दै प्रतिष्पर्धाको लहरमा आफूलाई उभ्याइसकेको बताए । संस्थानले माथिल्लो तामाकोसी जलविद्युत् आयोजना, जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादक कम्पनीलगायतका अन्य क्षेत्र गरी आफ्नो पुँजी कोषबाट रु १५ अर्ब लगानी गरेको छ ।

राजविराज र धरानमा सिद्धार्थ इन्स्योरेन्सका दुई शाखा थपिए

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले राजविराज र धरानमा दुई नयाँ शाखा थपेको छ । दुबै शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका सञ्चालक दिव्यकुमार अधिकारीले संयुक्त रुपमा गरेका थिए । उद्घाटन कार्यक्रममा मन्तव्य राख्दै बीमा समितिका अध्यक्ष चापागाईले सिद्धार्थ इन्स्योरेन्स सर्वसाधारणमा बीमाको चेतना जगाउने काममा अगाडी बढेकाले भोलिका दिनमा अझै सेवा बिस्तार गर्दै जानेमा आफु विश्वास रहेको बताए । उनले नयाँ शाखा मार्फत कम्पनीले स्थानियलाई बीमाको पहुँच पुर्यान सहयोग पुग्ने बताए । उक्त अवसरमा स्थानिय व्याक्तित्वहरुले पनि सिद्धार्थ इन्स्योरेन्सले यस क्षेत्रलाई महत्व दिएकोमा खुशी व्यक्त गरेका थिए । यी दुई शाखा सहित सिद्धार्थ इन्स्योरेन्सको शाखा संख्या ३४ पुगेको छ ।

किंग्स् कलेजले ‘हाम्रो उत्सव’को आयोजना गर्ने, फाल्गुन १७ गतेदेखि शुरु

काठमाडौं । किंग्स कलेजले श्रृजना, प्रतिस्पर्धा रमनोरञ्जन विषय बस्तुअन्तर्गत यहि फाल्गुन १७ देखि १८ गतेसम्म काठमाडौं कमलादीस्थित एकेडेमी हलमा ‘हाम्रो उत्सव’को आयोजना गर्न लागेको छ । गत वर्षको किंग्स् उत्सवको अपार सफलतापछि कलेजले यस कार्यक्रमलाई आफ्नो वार्षिक फ्ल्यागसिप कार्यक्रममको रुपमा स्थापना गर्ने उदेश्यका साथ हाम्रो उत्सवको नाममा आयोजना गर्न लागेको हो । किंग्स् कलेजको प्रमख दृष्टिकोण तीनवटा ईः यजुकेशन(शिक्षा), आन्टरप्रेनरशिप (उद्यमशिलता) र इन्टरटेनमेण्ट (मनोरञ्जन) माथि प्रमुखजोड दिइएको यस उत्सव स्नातकोत्तर र स्नातक तहका विद्यार्थीहरुकालागि नेपालको सबैभन्दा बृहत कार्यक्रम हुने अपेक्षा लिइएको छ । साथै, यस सातदिने वार्षिक कार्यक्रमले विद्यार्थीहरुलाई उनीहरुको ज्ञान, शिप, अनभव र प्रतिभाको प्रस्फुटन गराउन अत्यावशेक मञ्च प्रदान गर्नेछ । विभिन्न क्रियाकलाप तथा प्रतिस्पर्धाहरुको सँगालो यस उत्सवले विद्यार्थीहरुलाई उनीहरुको उद्यमशिलता क्षमताको प्रदर्शन गर्न, लुकेर बसेको श्रृजनशिलताको उद्घाटन गर्न र मनोरञ्जन र उत्साहको क्षण प्रदान गर्न सहयोग गर्नेछ । “गतवर्ष किंग्स् उत्वसको नाममाअन्तर विजनेश स्कुलप्रति स्पर्धाको रुपमा सुरु भएको यस कार्यक्रम हाम्रो उत्सवको रुपमा परिबर्तीत र बिस्तारित भइ नेपाल भरीको विद्यार्थीहरुकामाझ एक बृहत प्रतिस्पर्धाको रुपमा स्थापित हुन लागेको छ,”कलेजका कार्यकारी निर्देशकएवं प्रिन्सिपल नरोत्तम अर्यालले भने, “हामीले आफ्नो स्वरुप र क्षमताको प्रबद्र्धनद्धारा धेरै भन्दा धेरै विद्यार्थी एवं सरोकारवालाहरु सम्म पहुँच राखि हरेक पटक आफुलाई सुधार गर्दै विद्यार्थीहरुको विविधताको सम्मानमा पृकथ रुपमा प्रस्तुत हुने उदेश्य राखेका छौँ ।” “हाम्रो उत्सव जस्तो कार्यक्रमले प्रतिभाशाली विद्यार्थीलाई एकै थलोमा जमघट गराइ उनीहरुको ज्ञान र बझाइ बृद्धि गर्न र विभिन्न स्वरुपको प्रतिस्पर्धाहरुद्धारा उनीहरुमा अनेक किसिमका शैक्षिक तथा उद्यमशिलता सम्बन्धि समस्याहरुको समाधान गर्नमा नेतृत्वदायी भूमिकाको प्रबद्र्धन गर्न उपयुक्त माध्यम प्रदान गर्ने हामीले विश्वास लिएका छौँ । हामीले जोडदिने गरेको कक्षा कोठा बाहिरको शिकाइ बास्तवमा यहि नै हो ।” किंग्स् कलेजका विद्यार्थीहरुको क्लबले ब्यवस्थापन गर्ने यस उत्सवले नेपालभरीका १७ वटा कलेजहरुका विभिन्न संकायहरुको जस्तै विज्ञान, कला, मानविकी, ब्यवस्थापन, फेसन लगायत ५०० भन्दा बढी विद्यार्थीहरुलाई एकै थलोमा ल्याउने अपेक्षा लिइएको छ ।