काँकडभिट्टा नाकाबाट ४७ अर्ब ६० करोड बराबरको सामान आयात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट गत आर्थिक वर्ष २०८१/८२ मा ४७ अर्ब ६० करोड छ लाख ९३ हजार रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान आयात गरिएको छ । आव २०८०/८१ को तुलनामा गत आवमा २ अर्ब ९३ करोड ८१ लाख बढीको सामान आयात गरिएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी एंव भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सबैभन्दा बढी आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । उनले पेट्रोलियम पदार्थ १९ अर्ब ९४ करोड रुपैयाँको आयात हुँदा ४ अर्ब ४५ करोड बढीका जुट तथा जुटका सामग्री आयात भएका जानकारी दिए । गत आवमा आयात र निर्यातमा सामान्य वृद्धि भएको भन्सार अधिकृत हुमागाईंले बताए । उनका अनुसार आयातमा छ दशमलव ५८ प्रतिशत अर्थात् रु दुई अर्ब ९३ करोडले वृद्धि हुँदा निर्यात भने दुई दशमलव ९६ प्रतिशत अर्थात् ७२ करोड २७ लाखले बढेको छ । गत वर्ष यो नाका हुँदै २५ अर्ब १३ करोड ९७ लाख मूल्य बढीका वस्तु तथा सामान निर्यात गरिएको भन्सार अधिकृत हुमागाईंले जानकारी दिए । आव २०८०/८१ मा २४ अर्ब ४१ करोड ७० लाख मूल्य बराबरको वस्तु निर्यात गरिएको थियो । पूर्वीनाकाबाट निर्यात हुने मुख्य वस्तुमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्रिसो, भेनिउर सिट, मोलासिसलगायत रहेका छन् ।
म एमालेमै छु, कसैकाे इच्छाले मेरो सदस्यता खारेज हुँदैन : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि नेकपा एमालेमै रहेको बताएकी छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पूर्वराष्ट्रपति भण्डारीले आफूले सदस्यता नवीकरण गरिसकेको र अहिले पनि एमालेमै रहेको बताएकी हुन् । उनले अब आफू राजनीतिमा सक्रिय हुने संकल्प गरेको बताइन् । आफूले विधिपूर्वक नेकपा एमालेको सदस्यता नवीकरण गरेको बताएकी हुन् । ‘पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ, अहिले पनि एमालेमै छु, कसैको इच्छाअनुसार पार्टी चल्दैन, विधानले चल्छ,’ उनले भनिन् । उनले आफूलाई कुनै पदको महत्वाकांक्षा र आशक्ति नभएको पनि बताएकी छन् । ‘कुनै पदप्रति लालसा, महत्त्वकांक्षा र आशक्ति छैन, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ भण्डारीले भनिन् । जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादले विधिको शासन संविधानको सर्वोच्चततालाई स्विकारेकोले जवज मान्ने दलले व्यक्तिको संवैधानिक अधिकार खोस्न नहुने विद्याको तर्क रहेको छ।
बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको 'दक्षिण एसियाको सर्वश्रेष्ठ वितरक' उपाधि
काठमाडौं । बतास एमएडब्ल्यू कमर्सियल भेहिकल (बीएमसीभी) भोल्भो आइसर कमर्सियल भेहिकल (भीईसीभी) द्वारा आयोजित अन्तर्राष्ट्रिय वार्षिक डिलर सम्मेलन २०२५ मा प्रतिष्ठित सर्वश्रेष्ठ वितरक दक्षिण एसिया पुरस्कारबाट सम्मानित भएको छ। १६ जुलाई २०२५ देखि २० जुलाई २०२५ सम्म मलेसियामा आयोजित सम्मेलनमा यो पुरस्कार भीईसीभीका एमडी तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनोद अग्रवालले प्रदान गरेका थिए । हेमन्त पुराणिक र शान्ता राजबतासले उक्त पुरस्कार ग्रहण गरे । दक्षिण एसिया भीईसीभीको अन्तर्राष्ट्रिय व्यापारको लागि सबैभन्दा महत्त्वपूर्ण क्षेत्रहरू मध्ये एक हो र यसक्षेत्रमा उत्कृष्ट वितरकको रूपमा सम्मानित हुनु बीएमसीभीको लागि एउटा ऐतिहासिक उपलब्धि हो । बिक्री तथा बिक्रीपछिको सेवावृद्धि, बजार साझेदारी आदि जस्ता विभिन्न पक्षहरूको गहन मूल्याङ्कनको आधारमा भीईसीभीका १० प्रतिष्ठित विज्ञहरूको निर्णायक मण्डलले पुरस्कारलाई अन्तिम रूप दिएको हो ।
‘पल्सर स्पोर्ट्स अवार्ड’ पहिलोपटक पोखरामा हुँदै, गोल्छा ग्रुपसँग थप ५ वर्षको सम्झौता
काठमाडौं । नेपाली खेलकुद क्षेत्रको सबैभन्दा प्रतिष्ठित अवार्ड, ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ यसपटक पहिलोपटक काठमाडौं उपत्यका बाहिर आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै अवार्डको २२ औं संस्करण पर्यटकीय नगरी पोखरामा आगामी भदौ २९ गते गर्ने घोषणा गरेको हो । ‘पोखरा भ्रमण वर्ष २०२५’ लाई समेत सघाउने उद्देश्यले अवार्डलाई पोखरामा आयोजना गर्ने निर्णय लिइएको मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले बताए । उनले भने, ‘नेपाली खेलकुदको दायरा फराकिलो भइरहेको छ । त्यसैअनुरूप हामीले पनि स्पोर्ट्स अवार्डलाई देशव्यापी फैलाउने उद्देश्य राखेका छौं। काठमाडौं बाहिर अवार्ड आयोजना गर्नु चुनौतीपूर्ण भए पनि हामीले यसलाई अवसरका रूपमा लिएका छौं ।’ गोल्छा ग्रुपसँग थप ५ वर्षको सम्झौता कार्यक्रममा मञ्चले अवार्डको मुख्य प्रायोजक हंशराज हुलासचन्द एण्ड कम्पनी (गोल्छा ग्रुप) सँग थप ५ वर्षका लागि मुख्य प्रायोजन सम्झौता नवीकरण गरेको छ । योसँगै मञ्च र गोल्छा ग्रुपबीचको सहकार्य १७ वर्ष पुगेको छ, जुन नेपाली खेलकुद अवार्ड इतिहासकै एक लामो र सफल साझेदारी हो । गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले यो सहकार्यप्रति गर्व व्यक्त गर्दै यस वर्ष प्रायोजन रकममा ३३ प्रतिशतले वृद्धि गरी करिब ४० लाख रुपैयाँ बराबरको सहयोग गर्ने जानकारी दिए । उनका अनुसार यसपटक पाँच विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । १० विधामा अवार्ड, विजेतालाई मोटरसाइकल र नगद ‘पल्सर स्पोट्र्स अवार्ड २०८१’ मा विभिन्न १० विधामा खेलाडी, प्रशिक्षक तथा खेलकर्मीलाई सम्मान गरिनेछ । अवार्डमा वर्षका उत्कृष्ट खेलाडी (पुरुष), वर्षका उत्कृष्ट खेलाडी (महिला), युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेका छन् । वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ। अन्य विधाका विजेता तथा सम्मानित व्यक्तित्वलाई जनही १ लाख रुपैयाँ प्रदान गरिने मञ्चका महासचिव अञ्जन खड्काले जानकारी दिए । गत वर्ष पुरुषतर्फ क्रिकेटका रोहित पौडेल, महिलातर्फ करातेकी एरिका गुरुङ, युवातर्फ भारोत्तोलनका हेमन्त पाल, प्रशिक्षकतर्फ करातेका कुशल श्रेष्ठ र पिपल्स च्वाइस अवार्ड भलिबलकी कविता भट्टले जितेका थिए ।
सिद्धार्थ बैंकका ग्राहकलाई सारंग हेल्थ केयरमा १० प्रतिशतसम्म छुट
काठमाडौं । सिद्धार्थ बैंक र सारंग हेल्थ केयर प्रालिबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बखुडोल, ललितपुर स्थित सारंग हेल्थ केयरमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे क्लिनिकल सेवाहरूको भुक्तानी गर्दा ५ प्रतिशतसम्मको छुट तथा ल्याबोरेटरी सेवाहरूको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिन्छ ।
बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा, प्रधानमन्त्री ओलीले पनि विवादित मन्त्रीलाई विदा गर्दै
काठमाडौं । बागमती सरकारका चार जना मन्त्रीले राजीनामा दिएका छन् । शुक्रबार कांग्रेसका चार जना मन्त्रीले राजीनामा दिएका हुन् । राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने रहेका छन् । मुख्यमन्त्रीसहित कांग्रेसबाट सरकारमा ८ जना सामेल छन् । कांग्रेसभित्र आन्तरिक मनमुटटावले ती मन्त्रीहरुले राजीनामा दिएको बुझिएको छ । कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउनका लागि उनीहरुले राजीनामा दिएको बुझिएको हो । संसदीय दलको नेताबाट लामालाई हटाएर नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रियाका लागि कांग्रेस सांसदहरूले प्रक्रिया अघि बढाएका छन् । कांग्रेसमा पछिल्लो समय दरार सिर्जना भएको छ । शेखर कोइराला पक्षले पछिल्लो समय गुटगत भेला राखेर यस विषयमा छलफल गर्दै आएको छ । यसको प्रभाव अहिले केन्द्रमा पनि मन्त्री हेरफेर हुने चर्चा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्न सक्ने सम्भावना रहेको स्रोतको दाबी छ । उनले एमाले र कांग्रेसका केही विवादित मन्त्रीलाई फिर्ता पठाएर नयाँ मन्त्रीहरू नियुक्त गर्ने गृहकार्य गरिरहेका छन् ।
काठमाडौंभित्र सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक ५ सय जरिवाना तिर्नुपर्ने
काठमाडौं । महानगरपालिकाभित्रका सार्वजनिक स्थलमा धुम्रपान गरे प्रत्येक पटक ५ सय जरिवाना गर्ने काठमाडौं महानगरपालिकाले बताएको छ । हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२/८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो । काठमाडौं महानगरपालिका भित्रको सार्वजनिक स्थलमा अत्यधिक धुम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्नेगरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरे सबै किसिमका तीनपारी सवारीसाधन मोटरसाईकल स्कूटरलाई एकहजार जरिबाना गरिनेछ । सबै किसिमका चारपाङ्ग्रे सवारीसाधन (कार, जीप, डेलिभरी भ्यान) लाई २५०० जरिवाना गरिनेछ । मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई ३ हजार ५ सय जरिवाना गरिनेछ । सबै किसिमका ठूला सवारी साधन । बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ । प्रचलित कानूनले निषेध गरेको विज्ञापन गरेमा १० हजार जरिवाना गरिनेछ । विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होडिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एकलाखसम्म जरिवाना हुन सक्ने महानगरले जनाएकाे छ । पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार समाग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ । खम्बा, पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्य प्रतिस्थान ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ भने स्वीकृत नलिई बेलुन वा यस्तै प्रकारले विज्ञापन गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ । सार्वजनिक स्थलमा गेट तथा स्वागतद्वार निर्माण गरेमा महानगरले ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्नेछ । सार्वजनिक स्थल वा संरक्षित स्थानमा रहेका रुख, विरुवामा क्षति पुर्याएमा पाँचसयदेखि पचास हजारसम्म जरिवाना गरिनेछ ।
कुलिङ अफ पिरियड संसदीय छानविन समितिको म्याद सात दिन थपियो
काठमाडौं । संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडको व्यवस्थामा भएको छेड्खानीका सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिको म्याद सात दिन थपिएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा समितिको म्याद थपसम्बन्धी सभामुख देवराज घिमिरेले प्रस्तुत गरेको प्रस्ताव सभाले स्वीकृत गरेको हो । असार २३ गते बसेको प्रतिनिधि सभा बैठकले निजामती सेवा विधेयकमा व्यवस्था भएको कुलिङ पिरियडबारे भएको छेडखानीको अध्ययन र छानबिन गर्न संसदीय छानबिन समिति गठन गरेको थियो । समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुई/दुई जना सदस्य र माओवादी केन्द्र, रास्वपा र राप्रपाबाट एक/एक जना रहेका छन् ।