विकासन्युज

इन्जिनियरिङमा स्नातकोत्तरको डिग्री कसरी हासिल गर्ने ?

काठमाडौं । पछिल्लो समय स्नातक तहसम्मको अध्ययन सामान्य भइसकेको छ । कुनैपनि विषयमा विशेषज्ञता हासिल नगरि ठूला अवसर र सफलता प्राप्त गर्न सकिन्न । प्राविधिक विषय खासगरी इन्जिनियरिङ क्षेत्रमा पनि विशेषज्ञता हासिल गरेपछि नै ठूला अवसर र सफलता प्राप्त हुने गर्दछ । इन्जिनियरिङ शिक्षामा स्नातक अर्थात् मास्टर्स अध्ययन गर्नेहरूका लागि नेपाल इन्जिनियरिङ कलेज उत्कृष्ट गन्तव्य रहेको छ । ललितपुरको प्रयागपोखरीमा रहेको नेक सेन्टर फर पोस्टग्राजुएट स्टडिज (नेक-सिपिएस) मा एमएस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका विषयमा अध्यापन हुने गर्दछ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले नेपालको माटो, भूगोल तथा अन्तराष्ट्रिय बजारको माग अनुसार विषयहरूमा अध्यापन गराउँदै आएको नेक-सिपिएस कार्यक्रमका कार्यवाहक निर्देशक सह(प्राध्यापक रोवर्ट डंगोलको दावी छ । ‘हामीले मास्टर्स तहमा सञ्चालन गरेका कार्यक्रमहरूले मुलुकको आवश्यक्तासँगै अन्तराष्ट्रिय बजारको मागलाइ समेत संवोधन गर्न सकेको छ । कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्ट जस्ता विषय समय अनुसारका विशेषज्ञता हासिल गर्ने विषय हुन्,’ नेक-सिपिएस कार्यवाहक निर्देशक डंगोल भन्छन् । स्नातक तहको अध्ययनले एउटा फाउन्डेशन बनाएपनि कुनै एउटा विषयमा विशेषज्ञता हासिल गर्नका लागि स्नातकोत्तर तह अध्ययन गर्नै पर्ने उनको भनाइ छ । ‘ब्याचलर्स प्रोगामले एउटा फाउन्डेशन त बनाइदिन्छ तर, कुनै एउटा विशेषज्ञता हासिल गर्न मास्टर्स गर्नैपर्छ । बेसिक नलेजलाई डिप (गहिरो) नलेजमा रूपान्तरण गर्न मास्टर्स डिग्री गर्नैपर्छ,’ डंगोल भन्छन् । स्नातकोत्तर तह पुरा गरेपछि उच्च तहको पद र उच्च तलब भएका रोजगारीहरूमा सहज पहुँच पुग्दछ । पछिल्लो समय धेरै कम्पनी वा संस्थाहरूले स्नातकोत्तर योग्यतालाई प्राथमिकता दिन्छन्, विशेष गरी शैक्षिक, अनुसन्धान र प्रशासनिक क्षेत्रहरूमा । इन्जिनियरिङ क्षेत्रमा पनि स्नातकोत्तर गर्दा प्राप्त हुने अवसर धेरै रहेको कार्यवाहक निर्देशक डंगोल बताउँछन् । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेकमा सन् १९९९ देखि पोस्ट ग्राजुएट तहमा ४ वटा विषयमा अध्ययन अध्यापन हुने गरेको छ । एमएस्सी कन्ट्रक्सन मेनेजमेन्ट, इन्टरपिस्प्लीनरी वाटर रिसोर्स मेनेजमेन्ट, नेचुरल रिसोर्स मेनेजमेन्ट तथा ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टका विषयहरू अध्ययन गर्न सकिन्छ ।  साँझको समयमा पढाई हुने भएकाले सिपिएस कार्यक्रममा सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कार्यरत कर्मचारी, फिल्यान्सरहरुको ठूलो आकर्षण छ । काम गर्दै स्नातकोत्तर गर्न चाहनेहरुका लागि नेकले सञ्चालन गरेको सिपिएस कार्यक्रम प्रभावकारी छ । सामाजिक शैक्षिक संस्थाका रुपमा कलेज स्थापना भएपनि हाल यो कलेज नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले गठन गरेको नेपाल इन्जिनियरिङ कलेज सञ्चालक समिति अन्तरगत सञ्चालनमा रहेको छ । प्रयोगात्मक शिक्षण विधि, पूर्णकालिन अनुभवी प्राध्यापक, सोध, अनुसन्धानका लागि समयानुकुल व्यवस्थापन, सर्वसुलभ शुल्क कलेजको विशेषता हुन् । ‘हामीसँग स्नातक र स्नातकोत्तर दुवैमा पूर्णकालिन प्राध्यापकहरू हुनुहुन्छ, सोध र अनुसन्धानलाई प्राथमिकता दिएका छौं । खानेपानी, हाइड्रोपावर, यातायात व्यवस्थापन लगायत पाठ्यक्रम अनुसार प्रयोगात्मक अध्ययन विधिहरू अपनाउँछौं भने, हामी विद्यार्थीहरूलाई फेलोसिप समेत दिन्छौं,’ कार्यक्रम निर्देशक डंगोल भन्छन् । उद्योग र शिक्षालाई जोड्दै बजारको अवस्था, माग र अवसर हेरेर विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान दिने गरिएको छ । ‘हामी विद्यार्थीहरूलाई कुनै पनि विषयमा व्यवहारिक ज्ञान दिनेमा केन्द्रीत छौं । हामीले धेरै संघ संस्थाहरूसँग एमओयू गरेका छौं,  भिजिटिङ फ्याकल्टी, एक्सपर्टहरू बोलाउने,  बोलाउने, डाइरेक्ट इन्डष्ट्रीमा लैजाने गर्दछौं । विद्यार्थीहरूलाई वास्तविक समस्याहरू देखाउन फिल्डमै लैजान्छौं ।’ रिसर्च वेसको अध्ययनले विद्यार्थीहरूको सिकाई बलियो हुने सह-प्राध्यापक डंगोलको भनाइ छ । त्यसो त नेक सिपिएसबाट हालसम्म एक हजार बढी दक्ष विशेषज्ञ जनशक्ति उत्पादन गरिसकेको कलेजको दावी छ । प्रतिष्पर्धी बजारमा स्नातकोत्तर (मास्टर्स) नहुँदा भनेजस्तो अवसरहरू प्राप्त गर्न नसकिने भएकोले स्नातकोत्तर तहको शिक्षा अपरिहार्य रहेको सह-प्राध्यापक डंगोलको भनाई छ । 

एनआरएनए नर्वेमा उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको उपाध्यक्ष पदका लागि सदस्य हरिकृष्ण तिमल्सिनाले उम्मेदवारी घोषणा गरेका छन् । विगत दुई वर्षदेखि एनसीसी नर्वेमा सदस्यका रूपमा सक्रिय रहेका काउबोयले संस्थामा पारदर्शिता, विधानको सम्मान र सदस्यप्रतिको उत्तरदायित्वलाई आफ्नो कार्यको मूलमन्त्र बनाएको उल्लेख गरेका छन् । 'मेरो सेवा यात्रा साधारण सुरुवातबाट सुरू भए पनि मैले सधैं संस्थाको विधि र सदस्यहरूको हितलाई केन्द्रमा राखें,' उनले भने । अब उपाध्यक्ष पदमा उम्मेदवारी दिनुको कारण स्पष्ट पार्दै उनले भने, 'संस्थालाई अझ बढी उत्तरदायी, समावेशी र विश्वासिलो नेतृत्व आवश्यक छ भन्ने महसुसले मलाई यो निर्णयमा पुर्‍यायो ।' उनले आगामी कार्यकालमा संस्थाको पारदर्शिता, सदस्यहरूको सहभागिता र नीतिगत सुदृढीकरणमा जोड दिने बताएका छन् ।  

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको भौतिक प्रगति ५५ प्रतिशत

गण्डकी। पोखरा–मुग्लिन सडकको पश्चिम खण्ड (पोखरा–जामुने)को भौतिक प्रगति ५५.१० र वित्तीय प्रगति ४२.५० प्रतिशत पुगेको छ । कुल ३८.८८ किमी दूरीको उक्त खण्डमा हालसम्म ३७.७० किमीमा एकतर्फी पहिलो तहको कालोपत्र भइसकेको आयोजना कार्यालयले जनाएको छ । उक्त खण्डका प्रमुख इञ्जिनियर कृष्णबहादुर कुँवरका अनुसार २६.३८ किमीमा दुईतर्फी (चार लेन) र १०.३२ किमी सडकमा एकतर्फी (दुई लेन) कालोपत्र भइसकेको छ । विसं २०७८ भदौदेखि निर्माण सुरु गरिएको उक्त खण्डको ठेक्का म्याद आगामी पुससम्म रहेको छ । निर्माण कम्पनीले समयमा काम नगरेपछि यसअघि दुईपटकसम्म म्याद थप भएको इञ्जिनियर कुँवरले बताए । चिनियाँ निर्माण कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले उक्त खण्डमा सडक विस्तार एवं स्तरोन्नतिको काम गरिरहेको हो । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको आधा सडक छ लेन र आधाजति चार लेनको बन्ने इञ्जिनियर कुँवरले बताए । पश्चिम खण्डमा पर्ने १३ वटा पुलमध्ये ११ पुल बनिसकेको र दुई पुल निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो । एक सय पाँचवटा कल्भर्टमध्ये एक सय तीनवटा निर्माण भइसकेका छन् । तनहुँको म्याग्देखोला, कुम्लेखोला, ठाडेखोला, सम्धीखोला, मूलखोला, फेदीखोला–१, फेदीखोला–२, रुदीखोला, हलेदीखोला, कालीखोला र कास्कीको कोत्रेखोलामा पुल निर्माण सकिएको हो । सडक ठेक्काअन्तर्गत कास्कीको विजयपुर र पुल ठेक्काअन्तर्गत सेती पुल निर्माणको चरणमा छ । विजयपुर खोला पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छभने सेती पुलको भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ । विजयपुर पुल बन्न अझै पाँचदेखि छ महिनासम्म लाग्ने इञ्जिनियर कुँवरले बताए । आगामी भदौमा तीनवर्षे ठेक्का अवधि सकिन लागेको सेती पुलको भौतिक प्रगति पनि न्यून देखिएको छ । विसं २०७९ साउनमा निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सनले पुल निर्माणको जिम्मा लिएको थियो । पुलको डिजाइन स्वीकृतदेखि मापदण्डभित्रका संरचना हटाउनेसम्मका काममा ढिलाइ भएकाले पुल समयमा बन्न नसकेको इञ्जिनियर कुँवरले बताए । केबल–स्टेड प्रविधिको उक्त पुलमा सब–स्ट्रक्चरको काम सकिएको र अहिले डाउनस्ट्रिम पुलमा सुपर–स्ट्रक्चरको काम भइरहेको उहाँको भनाइ छ । आकर्षक डिजाइनमा बन्ने उक्त सिग्नेचर पुलको जग निर्माणमा बढी समय लागे पनि टावरलगायत माथिल्लो संरचनाको काम छिटो हुने निर्माण कम्पनीले जनाएको छ । छ लेनको उक्त सडकमा अहिले रहेको चाइना पुलको तल र माथि गरी आकर्षक बनावटका दुईवटा सिग्नेचर पुल बन्ने भएका हुन् । भ्याटबाहेक ९४ करोडको ठेक्कामा पुल निर्माणको काम भइरहेको हो । पुलमा कङ्क्रिट र फलामको प्रयोग गरिएको छ । पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको उक्त सडक एसियाली विकास बैंकको ऋण सहयोगमा विस्तार तथा स्तरोन्नतिको काम भइरहेको हो । निर्माणमा कुनै अवरोध नआएमा आगामी हिउँदसम्ममा सडक स्तरोन्नतिको काम सकिने आयोजना कार्यालयले जनाएको छ । गण्डकी प्रदेशको लाइफलाइनका रूपमा रहेको उक्त सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन)मा भने हालसम्म भौतिक प्रगति ८६ प्रतिशत पुगेको आयोजना कार्यालयले जनाएको छ । रासस

इरानको जेलबाट पाँच नेपाली थुनामुक्त, स्वेदश फिर्ता

काठमाडौं ।  इरानको जेलमा रहेका पाँच नेपाली परराष्ट्र मन्त्रालयलको पहलमा नागरिक थुनामुक्त भइ स्वेदश फर्किएका छन् । उनीहरुलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत  र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा बिहीबार काठमाडौँ ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्तिमार्फत यस प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्नुहुने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरु, तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनप्रति धन्यवाद ज्ञापन गरेको छ । इजरायल र इरानबीच गत जुन १३ देखि सुरु भएको द्वन्द्व जुन २३ का दिन दुवै पक्षबीच युद्धविराम भए पश्चात शान्ति सुरक्षाको स्थिति क्रमशः सहज हुँदै गएकाले जनजीवन सामान्यतर्फ उन्मुख छ ।  उक्त अवधिभित्र दुवै मुलुकमा रहेका नेपालीहरुको हकहित र सुरक्षालाई मध्यनजर गर्दै मन्त्रालयले यात्रासम्बन्धी सुझाव र सूचना जारी गरेको थियो । साथै आवश्यक परेको बखत आपतकालीन उद्धारका लागि विवरण सङ्कलन गरिएको थियो । द्वन्द्वको अवधिमै नेपाल सरकारले भारत सरकारलाई गरेको अनुरोधलाई सम्मान गर्दै  ‘अपरेसन सिन्धु’ अन्तर्गत भारतीय नागरिकहरुलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन चरणमा नौ जना नेपाली नागरिकलाई यसअघि नै इरानबाट उद्धार गरी भारत हुँदै निजहरु सबै जना स्थलमार्गबाट सकुशल आआफ्नो घर फिर्ता भइसकेका छन् ।  

सरकारले विकासको लहर ल्याएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशमा विकासको लहर ल्याएको बताएका छन् । महोत्तरी जिल्लाको मटिहानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता मुलुकका दुई ठूला राजनीतिक पार्टी मिलेर बनेको वर्तमान सरकार विकास र सुशासनका पक्षमा अहोरात्र खटेको बताए ।    उनले एमाले, कांग्रेस, लोसपा, जनमतसहितको वर्तमान संयुक्त सरकारले स्पष्ट नीति तथा कार्यक्रमसहित देशको तराई-मधेस, पहाड, हिमाल सबै क्षेत्रलाई समेटेर विकास निर्माणसहित देश र जनताका पक्षमा काम गरिरहेको स्पष्ट पारे ।  प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरतासहित विकास र सुशासनका लागि बनेको वर्तमान सरकारले शिक्षा, स्वास्थ्य, सडकलगायत आमजनतासँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रलाई विशेष प्राथमिकता दिएसँगै विकास निर्माणका काम द्रुतगतिमा अघि बढी उल्लेखनीय उपलब्धि हासिल भएको बताए ।  एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्म दुई ठूला राजनीतिक दल सम्मिलित सरकारको विकल्प नरहेको स्पष्ट पारे ।  उनले महोत्तरीको मटिहानीको विग्ही नदीमा बनेको पुल उद्घाटन भएसँगै यस क्षेत्रका जनतालाई जनकपुरसँग जोड्न तथा स्थानीय व्यापार व्यवसाय, उद्योग, कलकारखाना, शिक्षा, स्वास्थ्य सबै क्षेत्र लाभान्वित हुने विश्वास व्यक्त गरे ।  कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत वक्ताले मधेस प्रदेशमा रहेको पानीको समस्या दिगो रुपमा समाधान गर्न संयुक्त प्रयास हुनुपर्नेमा जोड दिए । उनीहरूले तीनै तहको सरकार, राजनीतिक पार्टी, नागरिक समाज र स्थानीय जनताकोसमेत साथ, सहयोग र समन्वयमा मधेस प्रदेशका समग्र समस्या समाधानका पक्षमा आआफ्नो ठाउँबाट सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

आवश्यकताअनुसार संविधान संशोधन हुन्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकताअनुसार संविधान संशोधन गरिने बताएका छन् । शुक्रबार सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय ढुण्डीराज शास्त्रीको स्वर्गारोहणको ४५औँ दिनको स्मृतिमा आयोजित सङ्घीय लोकतान्त्रिक गणतन्त्र र वर्तमान संविधान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले संविधान बहुलवादमा आधारित रहेकाले बदलिँदो समयको मागअनुसार संशोधन गर्न सकिने धारणा व्यक्त गरे। उनले भने, ‘नेपालको संविधान बहुलवादमा आधारित छ । संविधान संशोधनका विषयमा अहिले सबै क्षेत्रबाट आवाज उठिरहेका छन् । राष्ट्रियसभाको सभापति र उपसभापतिलाई राख्नुपर्छ भन्ने धारणा छ । त्यसैले आवश्यकताअनुसार संविधान संशोधन हुन्छ ।’ सभापति देउवाले देशमा चुनावका बेला नेपाल कम्युनिष्ट पार्टीजस्ता दलहरू फरक देखिए पनि व्यवहार र तहमा सबै प्रजातान्त्रिक शक्तिहरूले सहकार्य गर्दै आएको जानकारी गराए ।  सहिद स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष स्वर्गीय शास्त्रीको कांग्रेस पार्टी देश र नागरिकका लागि निकै उल्लेख्य योगदान भएको भन्दै सभापति देउवाले उनको प्रशंसासमेत गरे ।  त्यसैगरी कार्यक्रममा राष्ट्रियसभा संसदीय दलका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौला, पूर्वउपसभापति विमलेन्द्र निधि तथा कांग्रेस नेता अर्जुननरसिंह केसीले अध्यक्ष स्व शास्त्रीले गर्नुभएका योगदानहरूको स्मरण गर्दै उनको खुलेरै प्रशंसा गरेका थिए ।  शास्त्रीले जीवनभर कांग्रेसको सुदृढीकरण, लोकतान्त्रिक आन्दोलन तथा सामाजिक रुपान्तरणमा पुर्याएको योगदान उल्लेखनीय रहेको उनीहरूको भनाइ थियो ।   

राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरुद्ध मुद्दा दायर

काठमाडौं ।  राजस्व अनुसन्धान विभागअन्तर्गत रहेको राजस्व अनुसन्धान कार्यालय बुटवलले अवैध तस्करी र करछलीविरुद्ध फेरि ठूलो कारबाही गरेको छ । कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानका आधारमा बुटवलका स्थानीय व्यवसायी अजय बैङ्गल स्टोरले भारतबाट पशुपन्छी आहाराका नाममा गलत विवरण प्रस्तुत गरी ठूलो परिमाणमा करछली गरेको पाइएको हो ।  राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० बमोजिम दर्ता गरिएको अभियोगपत्र अनुसार अजय बैङ्गल स्टोरले पशुपन्छी आहाराको नाममा भारतबाट आयात गरिएका वस्तुहरू आन्तरिक बजारमा वास्तविक विवरण लुकाएर बिक्री गरेको पाइएको छ । अनुसन्धान अनुसार कम्पनीले करिब ९ करोड ९९ लाख ८९ हजार ८ सय ४१ रुपैयाँ बराबरको कारोबारमा कर छल्न खोजेको थियो । वास्तविक मूल्याङ्कनका आधारमा उक्त कारोबारमा लाग्ने कर मात्रै ४ करोड ८३ लाख २५ हजार ८ सय ८६ रुपैयाँ रहेको राजस्व अनुसन्धान कार्यालयले जनाएको छ । बिगो तथा जरिवानासहित उक्त सम्पूर्ण रकम असुलउपर गर्नका लागि तथा दोषीमाथि कैद सजायको माग गर्दै राजस्व विभागले उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ । यसमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क लगायतका सबै प्रकारका कर समावेश छन् ।  राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेका अनुसार अवैध व्यापार, तस्करी र करछलीमा संलग्न समूहहरूको खोजी, निगरानी तथा कारबाहीका लागि विशेष अभियान चलाइएको छ ।  ‘राजस्व सुरक्षाका लागि हाम्रो टोली निरन्तर सक्रिय छ, यस्ता कारबाहीहरू आगामी दिनमा अझ तीव्र पारिनेछ,’ घिमिरेले भने ।

भाटभटेनी सुपरमार्केट्समा थाइ महोत्सव

काठमाडौं । भाटभटेनी सुपरमार्केट्सले थाइ महोत्सव आयोजना गरेको छ । टंगालस्थित भाटभटेनी सुपरमार्केट्समा थाइ महोत्सवको आयोजना भएको हो ।  शुक्रबार बिहान परराष्ट्रमन्त्री आरजू राणा देउवाले महोत्सवको उद्घाटन गरिन् । उनले नेपाल र थाइल्यान्डबीचको सम्बन्धका बारेमा प्रष्ट पारेकी थिइन् ।  भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले महोत्सवले नेपाल र थाइल्यान्डबीचको सम्बन्धलाई प्रगाढ बनाउन सहयोग पुग्ने बताए ।  थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नसहित श्रीलंका, दक्षिण कोरिया र इजरायलका राजदूतसहित विदेशी कूटनीतिज्ञको उपस्थिति थियो ।