महाधिवेशन विवाद समाधानका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक आज
काठमाडौं । नेपाली कांग्रेसले आन्तरिक विवाद समाधान तथा आसन्न निर्वाचनका तयारीका सन्दर्भमा आज (शुक्रबार) दिउँसो १ बजे केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक बोलाएको छ । पार्टीले २१ फागुनमा तय भएको निर्वाचनलाई मध्यनजर गर्दै महाधिवेशन गर्ने नगर्ने विषयमा आफ्नो अन्तिम धारणा बनाउने उद्देश्यले बैठक आयोजना गरिएको हो । विधानत केन्द्रीय समितिको बैठक चलिरहेकोले सम्पादन समितिको अनौपचारिक बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद गौतमले जानकारी दिए । उनका अनुसार बैठक ललितपुरको धोबीघाटस्थित पार्टी कार्यालयमा बस्नेछ । हाल पार्टीभित्र समयमै महाधिवेशन हुने कि नहुने भन्ने विषयमा मतभेद बढ्दै गएपछि सहमति निकाल्न शीर्ष नेतृत्व सक्रिय बनेको छ । एक पदाधिकारीका अनुसार आजको बैठकले चुनाव अघि महाधिवेशन गर्ने गरी तालिका ल्याउने कि नल्याउने विषयमा टुंगोमा पुग्ने प्रयास गर्नेछ । नेतृत्वको भूमिकाबारे उठेका आन्तरिक आलोचना, महाधिवेशनको समयतालिका, संगठनात्मक तयारी तथा आगामी निर्वाचनका रणनीतिलाई केन्द्रमा राखेर हुने आजको बैठकलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।
पुरानो धन, नयाँ सोच : भारतका मिलेनियल र जेन–जेड उत्तराधिकारीको स्टार्टअपतर्फ झुकाव
काठमाडौं । मुम्बईस्थित मेहता समूहका उत्तराधिकारी रजत मेहता बुधबार बिलियनब्रेन्स गराज भेन्चर्स (जीआरओडब्ल्यूडब्ल्यू) को लिस्टिङ समारोहबाट बाहिरिँदा आत्मसन्तुष्ट महसुस गर्दै थिए । २०१६ मा उनले सुरुआती चरणमै करिब १३ लाख डलर मूल्यांकनमा लगानी गरेको जीआरओडब्ल्यूडब्ल्यू अहिले नेशनल स्टक एक्सचेन्जमा ८.६ अर्ब डलर मूल्यमा डेब्यू गर्यो। ३६ वर्षे रजतले गर्वको अनुभूति गरे जब उनका बुबा राकेशक मेहताले भने, ‘अब अर्को जीआरओडब्ल्यूडब्ल्यू खोजेर लगानी गरौं ।’ सलाहकार, वेल्थ म्यानेजमेन्ट र ब्रोकरेज सेवामा आधारित पारिवारिक व्यवसायबाट आएका मेहताहरू परम्परागत रूपमा सूचीकृत कम्पनीमै लगानी गर्न रुचाउँथे । तर २०१३ मा व्यवसायमा प्रवेश गरेपछि युवा रजतले परिवारलाई सूचीबाहिरका सम्पत्ति र स्टार्टअपमा लगानी गर्नतर्फ मोडिदिए । ‘मैले पहिलो लगानी गरेको स्टार्टअप तीन महिनामै बन्द भयो,’ उनले सम्झिँदै भने, ‘तर मैले त्यसबाट सिकेँ र लगानी जारी राखेँ ।’ अहिले उनले ३५ वटा स्टार्टअपमा लगानी गरेका छन्, जसमध्ये कतिपयको मूल्यांकन अर्बौं डलर छ र लिस्टिङ प्रक्रियामा छन् । मिलेनियल पुस्ता भारतका धनी परिवारहरूमा स्टार्टअप लगानीतर्फको ठूलो परिवर्तनको हिस्सा बनेका छन् । यो वर्ष जुनमा जारी ज्युलियस बेयर र ईवाईको रिपोर्टअनुसार भारतमा आगामी दशकमा करिब १.५ ट्रिलियन डलर बराबरको पिँढीगत सम्पत्ति हस्तान्तरण हुने अनुमान छ । २०१८ देखि २०२४ सम्म भारतमा फ्यामली अफिसको संख्या ४५ बाट बढेर ३०० नाघ्यो जुन ५०० प्रतिशतभन्दा बढी वृद्धि हो । त्यस्तै, ३० मिलियन डलरभन्दा माथिको सम्पत्ति भएका अल्ट्राहाई नेटवर्थ परिवारहरूको संख्या पनि सोही अवधिमा १३ हजारजति पुगेको छ । धेरै वेल्थ म्यानेजरहरूका अनुसार भारतमा वास्तविक फ्यामली अफिसको संख्या यसका पाँचदेखि दस गुणासम्म हुन सक्छ । अर्को पुस्ताका लगानीकर्ता दिल्लीस्थित प्रक्सीमा क्यापिटल सर्भिसेजका पार्टनर विक्रान्त अग्रवालका अनुसार धनी परिवारका नयाँ पुस्ता प्रायः उच्च शिक्षित छन्, धेरैजसोले अन्तर्राष्ट्रिय डिग्री लिएका छन् र उनीहरू पारम्परिक पारिवारिक व्यवसायमा धेरै आकर्षित नहुन सक्छन् । भारतका धेरै पुराना सम्पन्न परिवार विशेषगरी स–साना सहरका अझै पनि जमिन र सुनजस्ता भौतिक सम्पत्तिमा धन राख्छन् । यी भौतिक सम्पत्ति वित्तीय सम्पत्तिमा रूपान्तरण भएपछि फ्यामली अफिसको संख्या तीव्र गतिमा बढ्ने त्रिजेन वेल्थका संस्थापक शैलेश बालाचन्द्रन बताउँछन् । भारतका ‘नयाँ धनी’ समूह स्टार्टअप कर्मचारीहरूका स्टक अप्सन रकम, विदेशबाट फर्किएका एनआरआईहरूको धनराशि र दह्रो चलिरहेको स्टक मार्केटबाट जन्मिँदै छन् । पुराना धनाढ्य पुस्तातर्फ भने बेबी बूमरहरू ठूलो परिमाणमा सम्पत्ति उत्तराधिकारमा हस्तान्तरण गर्दैछन् । यो हस्तान्तरणले भौतिक सम्पत्तिबाट वित्तीय सम्पत्तितर्फको रूपान्तरणलाई अझै छिटो बनाइरहेको छ । वित्तीय सम्पत्ति बाँडफाँड गर्न सजिलो हुन्छ । नयाँ पुस्ता मात्र धन जोगाउन होइन, उच्च जोखिम लिने र बढी प्रतिफल दिने लगानीबाट धन सृजना गर्न चाहन्छन् । एक कपडा व्यवसाय चलाउने परिवारका उत्तराधिकारी जसका बुबा रियल स्टेट र बैंक डिपोजिटभन्दा बाहिर कहिल्यै लगानी नगर्ने अहिले स्टार्टअपजस्ता उच्च जोखिम लगानीमा रुचि देखाइरहेका छन् । कति परिवारहरू अब आफ्नो पोर्टफोलियोको २० प्रतिशत वा बढी हिस्सा स्टार्टअपलाई छुट्याउन चाहन्छन् । भेन्चर क्यापिटल पनि फाइदा उठाउँदै बेंगलुरुस्थित इनफ्लेक्सर भेन्चरले आफ्नो तेस्रो कोषका लागि १५० मिलियन डलर उठाउने तयारी गर्दैछ, जसले एआई, रोबोटिक्स, स्पेस र अटोमेसन स्टार्टअपमा लगानी गर्नेछ । यसको दोस्रो कोषको आधा रकम भारतीय फ्यामली अफिसबाट आएको पार्टनर मुरली कृष्ण गुन्तुरुले बताए । २०२१ मा जब ४५ भारतीय स्टार्टअप युनिकर्न बने धेरै फ्यामली अफिसहरूले स्टार्टअप लगानीको फाइदा देखे । अहिले कतिपय आफैले सीधा लगानी गर्न थालेका छन् । गुन्तुरुका अनुसार ‘अब परिवारहरू आफ्नै व्यवसायसँग सम्बन्धित स्टार्टअपमा सीधा लगानी गर्छन् । उदाहरणका लागि नोपो जुन कार्बन न्यानोट्युब बनाउने स्टार्टअप हो । जसमा हामीले भेन्चर क्यापिटलमार्फत लगानी गरेका हौं, तर सुझाव भने एउटा फ्यामली अफिसले दिएको थियो ।’ मिलेनियल र जेन–जेड पुस्ताले पारिवारिक व्यवसायसँग उनीहरूको रुचि मेल नखाए पनि स्टार्टअप लगानीलाई नयाँ व्यवसायको रूपमा हेर्छन् । गत वर्ष क्विक–कमर्स स्टार्टअप जेप्टोले नयाँ लगानी खोज्दा भारतीय फ्यामली अफिसहरूले मात्र चार हप्तामा ३०० मिलियन डलर जम्मा गरेका थिए । अन्य लगानीले १५ प्रतिशत वार्षिक प्रतिफल दिन सक्छ, तर स्टार्टअप लगानीले अत्यधिक फाइदा दिने सम्भावना हुन्छ । ‘युवाहरूको विश्वास छ, १० स्टार्टअपमध्ये एउटा जोमाटो जस्तै अत्यन्त ठूलो बन्न सक्छ,’ बालाचन्द्रन भन्छन् । ‘सूचीकृत पारम्परिक कम्पनीहरूले ट्रिलियन–रुपैयाँ मूल्यांकनमा पुग्न दशकौं लाग्यो, तर जोमाटोले सूचीकरणपछि केही महिनामै त्यो लक्ष्य छोयो,’ उनले थपे । सुनको मूल्य प्रतिऔंस ४ हजार २०० डलर नाघ्यो, अमेरिकी शटडाउन समाप्तिपछि बजार उत्साहित घरेलु बजारमा दबाब बढेपछि बीवाईडीको नजर विदेशी बजारमा, २०२६ मा १६ लाख सवारी बिक्री लक्ष्य पोर्शेमा आएको संकटले शीर्ष सेयरधनीको नाफा धराशायी
कर्जा नीति र सेवा शुल्क पुनरावलोकन गर्न सिबिफिनको माग
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) का अध्यक्ष उपेन्द्र पौड्यालले कर्जाका नीतिगत व्यवस्था र सेवा शुल्कमा पुनरावलोकन हुनुपर्ने माग गरेका छन् । शुक्रबार सिबिफिनको छैठौं साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बैंकको मुख्य आम्दानी खुद ब्याज आम्दानी रहेको बताउँदै उनदे अब यसको पुनरावलोकन गर्नु पर्ने धारणा राखे । यस्तै, बैंकको आम्दानीका मोडल विविधीकरण गर्नुपर्ने आवश्यकता रहेको पनि उनले सुनाए । ‘निर्देशनात्मक कर्जा नीति पनि पुनरावलोकन गर्नुपर्ने आवश्यकता छ, लचिलो तथा समावेशी नीति अगाडि सार्न पनि माग गर्दर्छां,’ उनले भने, नेपालका बैंक तथा वित्तीय संस्था सेवाग्राहीप्रति प्रतिबद्ध छन् ।’ कार्यक्रममा उनले साना तथा मझौला उद्यमलाई रोजगारी सिर्जना गर्न, उद्यमशिलताको विकास र बैंकिङ क्षेत्रको ज्ञान अर्थतन्त्रको विकासमा हुनु पर्नेमा जोड दिए । ‘हामी दीगो बैंकिङप्रति प्रतिबद्ध छौं, नीतिगत प्रोत्साहनका कार्यक्रम ल्याउन माग गर्दछौं, अर्थतन्त्रको मेरुदण्ड बैंकिङ क्षेत्र हो । निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी छ । तर, त्यसमा बैंकको योगदानो विषयमा चर्चा हुँदैन, उद्यमशिलता र वित्तीय क्षेत्रको सुदृढता गर्न हातेमालो गर्न आवश्यक छ,’ उनले भने । यस्तै, देश ग्रे लिष्टमा पर्नु चिन्ताको विषय रहेको उल्लेख गर्दै अब त्यसबाट बाहिर निस्कनका लागि सिबिफिन विभिन्न निकायसँग हातेमालो गर्न तयार रहेको सुनाए । ‘अर्थतन्त्रमा समस्या देखिए पनि समाधानको तत्परता देखिएको छैन । अब हाम्रै बलबुतामा चुनौती न्यूनीकरण गर्नुपर्छ । त्यसका लागि सरोकारवालासँग आपसी विश्वास र समन्वय आवश्यक छ । मुलुकलाई लगानीको हबका रुपमा विकास गर्न सकिन्छ,’ कार्यक्रममा उनले भने ।
एसएमई र कृषि कर्जामाथि गभर्नरको प्रश्न
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले साना तथा मझौला (एसएमई र कृर्जामाथि प्रश्न गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) को छैठौं साधारणसभामा आफ्नो धारणा राख्दै उनले राष्ट्र बैंकले बैंकहरुमाफर्त एसएमई र कृषि कर्जा प्रवाहमा प्राथमिकता दिए पनि त्यसको सदुपयोगको विषयमा प्रश्न गरेका हुन् । उनले अहिले बैंकको खराब कर्जा अनुपात बढेको बताउँदै त्यसको एउटा कारण ऋणको सदुपयोगको विषय रहेको उल्लेख गरे । ‘एसएमई कर्जाले चाहेको जस्तो काम गरेको छकि छैन ? कृषि कर्जा कृषिमा माटो खेलाउनका लागि गएको छ कि अन्य ठाउँमा प्रवाह भएको छ ? कृषि लोन भनेर विदेश गइरहेको छ कि कागज खेलाउन कर्जा लगानी भइरहेको छ कि भन्ने कुरा बुझ्नुपर्छ,’ उनले भने । यी दुवै क्षेत्रमा भएको कर्जाले राम्रो पफर्मेन्स दिनुपर्ने भए पनि त्यस्तो नभएोले यस विषयमा अध्ययन गर्न आवश्यक रहेको सुनाए । कृषि कर्जा सदुपयोग भएो भए उद्यमशिलता बढ्थ्यो, रोजगारी बढ्थ्यो । तर, त्यस्तो भएको छैन । यसमा लघुवित्तको भूमिका के छ ? कर्जा दिने बैंकका म्यानेजरले कस्तो भूमिका खेलेका छन् । यो विषय अध्ययन गर्न आवश्यक छ,’ उनले भने । यस्तै, उनले लोन लस प्रोभिजनको विषय अहिलेको समस्याका रुपमा रहेको सुनाए । उनका अनुसार पछिल्लो समय चेक बाउन्स र कालोसूचीको विषय पनि समस्याको रुपमा देखिएको छ । ‘१९ लाख ऋणी छन् । डेढ लाख ऋणी कालोसूचीमा पर्नु भनेको ठूलो समस्या हो । उनीहरु कालोसूचीमा पर्दा ऋण प्रवाह नभएको होकि भनेर पनि बुझ्नुपर्छ,’ उनले भने । उनले बैंकको शाखाको संख्याको विषयमा पनि अध्ययन गर्न आवश्यक रहेको सुनाए । सबै शाखा प्रभावकारी रुपमा चलिरहेका छन् कि छैनन भनेर विश्लेषण गर्न आवश्यक रहेको सुनाए ।
होण्डाले २००१ देखि २०१४ सम्मका मोडेलका गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्ने
काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘सेफ्टी रिकल’ अभियानको घोषणा गरेको छ । यस अभियानअन्तर्गत कम्पनीले सन् २००१ देखि २०१४ सम्मका मोडेलका होण्डा गाडीहरूको एयरब्याग पूर्ण रूपमा निःशुल्क परिवर्तन गर्ने भएको छ । यो ुसेफ्टी रिकलु अभियान होण्डा मोटर कम्पनी, जापानको विश्वव्यापी अभियानको एक हिस्सा हो । ग्राहकप्रतिको आफ्नो उत्तरदायित्वलाई मनन गर्दै स्याकार ट्रेडिङले नेपालमा पनि यो अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गरेको हो । यस अभियान अन्तर्गत ज्याज, अकर्ड, सीआर-भी, सिभिक, सिटी र स्ट्रिम मोडेलका गाडीहरू समावेश गरिएका छन् । कम्पनीले यी गाडीहरूको एयरब्याग कुनै पनि शुल्क नलिई दक्ष प्राविधिकहरूद्वारा परिवर्तन गरिदिने व्यवस्था मिलाएको छ । स्याकार ट्रेडिङले उल्लेखित मोडेलका गाडीधनीहरूलाई आफ्नो गाडी यस अभियानमा समावेश छ वा छैन भनी यकिन गर्न र तुरुन्तै अपोइन्टमेन्टका लागि नजिकको आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
पुष्पकमल दाहाल नेतृत्वको नेकपाविरुद्ध निर्वाचन आयोगमा उजुरी
काठमाडौं । कार्त्तिक १९ गते विभिन्न १० वाम घटकबीचको एकतापछि गठन भएको नेपाली कम्युनिष्ट पार्टी विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । नवगठित पार्टीले सोही दिन आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो । यही प्रक्रिया विरुद्ध नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष लोकनारायण सुवेदीले कार्त्तिक २६ गते आयोगमा उजुरी दिएका हुन् । उनी नेतृत्वको दल पहिले नै नेकपा नाममा दर्ता भइसकेकोले सोही नाम प्रयोग गर्दै नवगठित दलले पनि उस्तै नाम तथा छोटकरी अपनाएको दाबी उजुरीमा गरिएको छ । सुवेदीले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ६ को ख उद्धृत गर्दै नाम र संक्षिप्त रूप मिल्ने भएकाले मतदातामा भ्रम सिर्जना हुने तथा दलको स्पष्ट पहिचान नदेखिने भन्दै नवगठित दल दर्ता नगर्न आयोगलाई अनुरोध गरेका छन् । उजुरीमा भनिएको छ, ‘नाममा सामान्य मात्रको हेरफेर गरेर वा बाई मात्राको प्रयोग गरेर पहिचान छुट्टिन्छ भन्ने दाबी अस्वाभाविक छ, किनकि छोटकरीमा नेकपा र अंग्रेजीमा सीपीएन दुवै पक्षमा उस्तै रूपमा प्रयोग हुन्छ जसले भ्रम पैदा गर्छ ।’ नेपालको संविधान २०७२ को धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन २०७३ का दफा ३ र ५ अनुसार सुवेदी नेतृत्वको दल निर्वाचन आयोगमा विधिवत् दर्ता भइसकेको हुँदा उस्तै नाम वा संक्षिप्त नाम प्रयोग गर्ने अर्को दल दर्ता गर्नु कानुनविपरीत हुने समेत उजुरीमा उल्लेख गरिएको छ ।
नेपाली सडकका लागि उत्तम इलेक्ट्रिक एसयुभी हुन्डाईको क्रेटा
काठमाडौं । अहिले नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति चासो र भरोसा दिनप्रतिदिन बढिरहेको छ । यतिबेला बजारमा उपलब्ध विभिन्न ईभीहरूमध्ये हुन्डाई क्रेटा इभी नेपाली ग्राहकहरूबीच सबैभन्दा विश्वसनीय र व्यावहारिक विकल्पका रूपमा उदाउँदै गएको छ। यसको डिजाइनदेखि प्रदर्शन, सुरक्षा र सेवा सबै पक्षले नेपाली भौगोलिक अवस्था तथा प्रयोगशैलीलाई ध्यानमा राखेर तयार गरिएको देखिन्छ । ह्युन्डाई क्रेटा इभीले २०० मिमि ग्राउन्ड क्लियरेन्स प्रदान गर्छ, जसले गर्दा नेपालका असमान, खाल्डाखुल्डी र पहाडी सडकमा सहजै ड्राइभ गर्न सकिन्छ । ४२।२ किलोवाट आवर क्षमताको ब्याट्रीले ३०० किमिसम्मको ड्राइभिङ रेन्ज दिन्छ, जुन काठमाडौं–पोखरा मात्र होइन, देशका अधिकांश सहर तथा ग्रामीण मार्गहरूका लागि पनि पर्याप्त छ । क्रेटा इभीमा समावेश गरिएको रेजेनरेटिभ ब्रेकिङ प्याडल शिफ्टर यसको सबैभन्दा प्रमुख विशेषतिमध्ये एक हो । यो सुविधा विशेषगरी नेपालजस्तो पहाडी देशका लागि निकै उत्तम हुन्छ । यसबाहेक यो प्रणालीले ब्याट्री चार्ज पुनः प्राप्त गर्ने कार्यसमेत गर्ने हुँदा लामो यात्रामा ऊर्जा–दक्षता अझै बढ्छ । ह्युन्डाई नेपालले देशभर विस्तारित सेवा केन्द्र, दक्ष तथा तालिमप्राप्त प्राविधिक, जेनुइन पाट्र्सको सहज उपलब्धता र अत्याधुनिक मेन्टेनेन्स सुविधाहरूको मार्फत ग्राहकलाई अतिरिक्त भरोसा दिएको छ । इलेक्ट्रिक सवारीसँग सम्बन्धित सम्भावित प्राविधिक आवश्यकताहरूलाई हेर्दा यस्तो विश्वसनीय र छरितो सेवा सञ्जाल उपभोक्ताका लागि ठूलो लाभ मानिन्छ । ह्युन्डाई क्रेटा इभी नेपालमा उपलब्ध इलेक्ट्रिक गाडीहरूमध्ये सबैभन्दा सन्तुलित, सुरक्षित र प्रयोगमैत्री विकल्पका रूपमा स्थापित हुँदैछ ।
दिपल एस ०५ विर्तामोडमा सार्वजनिक
वीरगञ्ज । नेपालका लागि ‘फ्युचरिस्टिक’ र ‘इन्टेलिजेन्ट’ ईभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले कोशी प्रदेशको केन्द्र विर्तामोडमा ईभी एसयुभी दिपल एस ०५ सार्वजनिक गरेको छ । बिहीबार आयोजना गरिएको विशेष कार्यक्रममा विर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा, कन्काई नगरपालिका प्रमुख राजेन्द्र पोखरेल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, दिपल विर्तामोड आरए मोटर्सका अध्यक्ष राजेन्द्र थापा र प्रबन्ध निर्देशक अनुस्थान थापाले दिपल एस ०५ सार्वजनिक गरेका हुन् । नेपालमा सार्वजनिक भएको केही सातामै दुई सय युनिट भन्दा धेरै विक्री भइसकेको दिपल एस ०५ ले अब पूर्वी नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ । दिपल एस ०५ मा संसारकै ठूलो ब्याट्री निर्माता सीएटीएलको ‘गोल्डेन शिल्ड ब्याट्री सिस्टम २.०’ दिइएको छ जसको चार्जिङ साइकल ५ हजार (६ लाख किलोमिटर) को लाइफस्पान छ । दिपल एस ०५ मा दुवै ‘फ्रन्ट सिट वेलकमिंग, भेन्टिलेटेड र हिटेड’ छन् । साथै यसमा ‘क्विन कोपाइलट सिट’ दिइएको छ जसले ‘जिरो ग्राभिटी’, ‘लेग सपोर्ट र वान टच न्याप मोड’ मार्फत यात्रामा आराम दिन्छ । साथै यसमा ‘सेग्मेन्ट–एक्स्क्लुसिभ’ ‘रिमोट इन एन्ड आउट पार्किंग’को सुविधा छ जसले साँचोको प्रयोग गरेर ड्राइभरले सजिलैसँग गाडीलाई अगाडि र पछाडि सार्न सकिन्छ । यसमा सेग्मेन्टमै पहिलो पटक ‘अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले’ छ जसले ‘लाइभ नेभिगेसन’ दिनुका साथै अत्यावश्यक ड्राइभिंग सूचना सीधै ‘विन्डशिल्ड’मा प्रोजेक्ट गर्छ । १४.४ इन्चको ‘सनफ्लावर टचस्क्रिन’ रहेको दिपल एस०५ मा ‘इन्टरनेट कनेक्टिभिटी’ रहेको छ । यसैबीच विर्तामोडमा नयाँ स्टेट अफ आर्ट सोरुमको उद्घाटन गरिएको छ । अब यो क्षेत्रमा आरए मोटर्सले दिपलका अत्याधुनिक इभीको विक्रीवितरण र विक्री पछिको सेवा उपलब्ध गराउनेछ । यसै अवसरमा विभिन्न अफरहरुसहित यहाँ शनिबारबाट तीन दिने लामो विशेष टेस्ट ड्राइभ एन्ड एक्सचेन्ज सुरु भएको छ । कार्यक्रममा दिपलका अत्याधुनिक ईभी लाइनअप नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस ०७ आईसीए, स्टाइलिस सेडान एल ०७ र अल्ट्राप्रिमियम लक्जरी एसयुभी अवतार ११ र केही साताअघि सार्वजनिक भएको दिपल एस ०५ को पनि टेस्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ । यो एक्सचेन्जमा ग्राहकले आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडेलमा नगद छुट, निःशुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै निशुल्क ट्राभल चार्जर पनि पाउनेछन् ।